spot_img
Home Blog Page 48

नेकपा एमालेद्वारा दाङ २(१) को कार्यालय स्थापना

घोराहीको विकासलाई बंगलाचुली पु¥याउने रानाको उद्घोष

राप्ती पोष्ट

घोराही, असोज । निर्वाचनको दिन नजिक आउँदै गर्दा राजनीतिक दलले गतिविधि तिव्र पारेका छन् । सोही क्रममा नेकपा एमालेले दाङ क्षेत्र नं. २ को (१) को कार्यालय स्थापना गरेको छ । घोराही उपमहानगरपालिकाको वडा नं. १८ मा कार्यालय स्थापना गरिएको छ ।

नेकपा एमालेका नेता तथा दाङ क्षेत्र नम्वर २ (१)का उमेदवार बलिभद्र रानाले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटनमा बोल्दै रानाले यस क्षेत्रको विकास र समृद्धिका लागि बंगलाचुली र घोराहीलाई सँगसँगै जोडेर लैजानु पर्ने बताउनु भयो । उहाँले बंगलाचुलीमा विकास पु¥याउनका लागि आफूले विगतदेखि नै भूमिका खेल्दै आएको दावी गर्दै प्रदेश सभामा पुगेर बंगलाचुली र समग्र प्रदेश सभा क्षेत्रको विकासका लागि यथासक्य प्रयास गर्ने बताउनुभयो ।

उहाँले आफू काममा विश्वास गर्ने मान्छे भएकाले पार्टीले विश्वास गरेर सर्वसम्मत रुपमा उमेदवार बनाएकाले आफूले सोही अनुसार काम गर्ने बताउनुभयो । ‘मलाई पार्टी कार्यकर्ताले सर्वसम्मत बनाउनुभयो अव आम मतदाताले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ रानाले भन्नुभयो । उहाँले आफूले जितेर यस क्षेत्रको विकास र समृद्धिका लागि बंगलाचुली र घोराहीलाई सँगसँगै जोडेर लैजाने योजना बनाएको बताउनुभयो । रानाले थप्नुभयो, ‘बंगलाचुली घोराहीकै सिरानमा भएर पनि अहिलेसम्म विकटता झेलिरहेको छ । घोराहीका कतिपय वडाहरु अहिले पनि विकट छन्, बजार क्षेत्रलाई व्यवस्थित गर्न जरुरीछ, यी सबै कामलाई सही तरिकाले अगाडी बढाउनका लागि म उमेदवार भएको हुँ ।’

मुलुकलाई नै हाँक्न सक्ने नेता शंकर पोख्रेल यस क्षेत्रको संघीय उमेदवार भएकोमा सबैले गर्व महशुस गरिरहेको चर्चा गर्दै नेता रानाले एमालेको सरकार प्रदेश र केन्द्रमा बने अबको पाँच वर्षभित्र यो क्षेत्रको विकास र समृद्धिले तिब्ररुपमा गति लिने बताउनुभयो । बंगलाचुलीलाई सर्वसम्पन्न क्षेत्र, घोराहीलाई व्यवस्थित विकास आजको आवश्यकता भएको बताउँदै नेता रानाले एमालेलाई ढुक्क भएर मतदान गर्न सबैमा अनुरोध गर्नुभयो ।

लामो समयदेखि निर्माण क्षेत्रको नेतृत्व गर्नु भएका रानाले सामाजिक संघसंस्थाहरुको समेत नेतृत्व गरेर पहिले देखि नै यस क्षेत्रको विकास र समृद्धिका लागि नेतृत्वदायि भूमिका खेल्दै आउनु भएको छ । राजनीतिक बृत्तमा पनि उहाँले लोभलाग्दो तवरले काम गरेकै कारण पछिल्लो समयमा बंगलाचुली, घोराही क्षेत्रमा स्थानीय तहको निर्वाचनपछि हजार बढि नेता, कार्यकर्ता अन्य पार्टीबाट प्रवेश गरिसकेका छन् ।

विकासको सम्भावना जुटाउन उमेदवारी दिएका भट्टराइ

गंगाराम भट्टराई
उमेदवार, दाङ क्षेत्र नं. १ (१)

राप्ती पोष्ट

लमही, असोज
गंगाराम भट्टराई दाङ देउखुरीका लागि नौलो नाम होइन । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनीतिक यात्रामा अघि बढ्नु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भट्टराई मंसिर ४ गते हुदै गरेको प्रदेश सभा सदस्य प्रत्येक्ष निर्वाचनमा दाङ क्षेत्र नम्बर १(१) को प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

सामाजिक रुपमा सक्रिय भट्टराई राजनीतिक यात्राका माध्यमबाट समाजको विकास, सुशासन, पारदर्शिता, जवाफदेहीता, सेवा प्रवाहमा चुस्तता कायम गराउदै लुम्विनी प्रदेश राजधानी ब्यवस्थापन तथा अविलम्व कार्य सम्पादन संचालनका लागि उमेदवार दिएको बताउनुहुन्छ ।

बुवा इश्वरीराज उपाध्याय । आमा सीता देवि भट्टराईको कोखबाट वि.सं.२०३६ साल बैशाख १७ गते प्यूठानमा जन्मिनु भएका भट्टराईले ११ बर्षको कलिलो उमेरमा बुवा गुमाउनुभयो । बुवाको निधन पछि भट्टराईको परिवारले निकै दुःख भोग्नु पर्याे । कक्षा ७ मा पढ्दापढ्दै भट्टराई कामको खोजिमा भारत पस्नुपर्याे । आफु भन्दा मुनिको बहिनी र आमाको ख्याल गर्नुपर्ने अर्काे जिम्मेवारी पनि थियो ।

दोहोरो जिम्मेवारीलाई काँधमा बोकेर भट्टराईले बाल्यकालमा समेत परिपक्व र दिर्घकालिन सोच लिइ आफ्नो कुशल नेतृत्व भूमिका निर्वाह गर्नु भयो । कक्षा १० सम्मको यात्रा यस्तै चल्यो । भर्ना हुने काममा भारत जाने, परीक्षा दिन घर आउने, भर्ना हुने फेरि भारत जाने क्रम चलिरह्यो । भारतमा काम गर्दा थुप्रै दुःख कष्ट भोग्नु पर्याे । तर, भट्टराई यति बेला सम्म काम गर्न सिकिसकेकाले कतै बिचलित हुनु भएन । भारतको पञ्जावमा १६ बर्षको उमेरमा सिलाइकटाइ सिकि सोही क्षेत्रको नामुद गार्मेन्ट कम्पनीमा समेत करीव दुई सय मजदुरहरुको नेतृत्व गरी मजदुर हकहितका लागि उहाँको राजनीतिक यात्रा अघि बढ्यो ।

पारिवारीक जिम्मेवारीका कारण पुनः नेपाल फर्कि सिकेको सिपले प्युठान खलंगामा समाजलाई चुनौति दिदै श्रम र सिपको सम्मान गरी भट्टराई सिलाइ सेन्टरको नाममा ब्यवसायिक टेलर समेत संचालन भएको थियो । गरिबी के हो ? दुःख के हो ? एक छाक राम्रोसँग खान नपाउदाको पीडा र संर्घष भट्टराईलाई राम्रो संग अनुभव छ । यस्ता सामाजिक बिभेद , अभाव र गरिविलाई उत्थानका लागि उनि संग प्रभावकारी कार्य योजना रहेकाले यस लाई राजनीतिक नेतृत्व लिइ जनताको अवस्थामा परिवर्तन ल्याउने दैडमा लाग्नुभएको छ ।

सामाजिक योग्दान र नेतृत्व 

प्यूठानबाट बसाइँसराइ गरेर २०५७ सालमा राप्ती गाउँपालिका वडा नं. ८ पिपरी आएपछी भट्टराई राजनीतिक तथा सामाजिक काममा सक्रिय हुनु भयो । साविक सिसहनिया गाविसको राजनीतिक संयन्त्रमा समेत रहेर विकास निर्माणको कामलाई नजिकबाट नेतृत्व गर्ने अवसर पाउनु भयो । यति मात्रै होइन सिंगो देउखुरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ लगायत पूर्वाधार विकासमा उहाँले भूमिका खेल्नु भएको छ ।

उहाँले विभिन्न विकास निर्माणका अभियानहरुको नेतृत्व गर्नु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य हँुदै साविक लालमटीयाको सभापति समेतको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उतिबेला उहाँको नेतृत्वमा भारतीय दुतावासबाट एम्बुलेन्स समेत प्राप्त भएको र हाल समेत सञ्चालनमा छ । सिसहनिया स्वास्थ्य चौकीको स्ततरबृद्दि र सेवासुविधा थपको लागि समेत भट्टराईले लिएको पहलकदमीले सार्थकता पायो । कुनै बेला सिसहनिया स्वास्थ्य चौकीले थालोको नवजात शिशुको लागि न्यानो कपडा कार्यक्रम देशभर नमुना बन्न पुगेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरबृद्दि गरि अस्पताल निर्माण गर्ने, लमहीमा मालपोत, नापी कार्यालय स्थापना गर्नथालिएको पहलमा समेत भट्टराई अग्रपंक्तिमा हुनुहुन्थ्यो । मिति २०६९ सालमा देउखुरी उद्योग बाणिज्य संघको उपाध्यक्ष भएर समग्र देउखुरीको आर्थिक विकास, उद्योगी व्यवसायीको हकहितमा समेत समर्पित भएर लाग्नु भयो । नेपाल सरकारले गठन गरेको अव्यवस्थित वसोवास आयोगको जिल्ला अध्यक्ष समेत हुनु भएका भट्टराईले आफ्नो कार्यकालमा भूमिहिन किसानलाई जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया थाल्नु भएको थियो । तर, आयोग विघटन भएपछी उतिबेला त्यो जिम्मेवारीले पूर्णता पाउन सकेन । समुदाय स्तर देखि नीति निर्माण तह सम्म काम गरेको अनुभव भट्टराई संग छ ।

सामुदायिक बन, बचत तथा ऋण सहकारीको अध्यक्ष भएर काम गर्नु भएको छ । लमही नगर विकास समितिको सदस्यको जिम्मेवारीमा रहेर लमही बजारको पुर्ब पश्चिम राजमार्ग चौडा गर्ने कामको अगुवाइ समेत गर्नु भएको थियो । देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्र, देउखुरी क्रिकेट क्लवको आजिवन सदस्य समेत रही आफ्ना अनुभवलाई कार्यान्वयन तह सम्म पुर्याउन भुमिका खेल्दै आइरहनुभएको छ ।

१० बर्ष अघि देउखुरीमा बाढीमा परेर चार जनाको निधन भएको थियो । तीन हजार बढी नागरिक बिस्थापित भएका थिए । दोलही खोलामा आएको बाढीले डुबान र कटान गरेको थियो । तत्कालीन रुपमा राहात र पुनःस्थापनको काम अघि बढ्यो । दिर्घकालिन रुपमा समस्या समाधान गर्न भट्टराईको नेतृत्वमा दोलही खोला तटबन्ध व्यवस्थापन समन्वय समिति गठन भयो । यो समितिले काम अघि बढायो । काठमाडौं मन्त्रालयमा डेलिगेसन गयो । फाइल तयार भयो । बहुबर्षिय योजना स्वृकित भयो । अहिलेसम्म करिब ५० करोड बढि बजेटबाट दोलही खोलाको दुबै किनारमा तटबन्ध भयो । दर्जनौं बस्ति सुरक्षित भए । यसको नेतृत्व भट्टराईले गर्नु भएको हो । जुन आज पनि स्मरणीय रहेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उहाँ क्षेत्र नं. १ को १ बाट उमेदवार बन्नुभएको छ । कहिले व्यावसायिक रुपमा त कहिले सामाजिक रुपमा क्रियाशिल रहँदै आउनुभएका भट्टराईको उमेदवारीलाई यस क्षेत्रका जनताले कुन रुपमा लिनेहुन त्यो त मंसिर ४ पछि नै थाहा हुन्छ । तर देशव्यापी रुपमा नेकपा एमालेप्रति रहेको जनलहर, नेकपा एमालेले गरिरहेको विकास र समृद्धिको नेतृत्वलाई लाई अझ व्यवस्थितगर्नका लागि उहाँको उमेदवारी सहयोगी हुने विश्वास धेरैले गरेका छन् । दाङको क्षेत्र नं. १ को १ लुम्विनी प्रदेशको राजधानीका रुपमा रहेको छ । राजधानीलाई स्थापित गर्नका लागि यसै क्षेत्रको भएको नाताले सक्रियताका साथ भूमिका खेल्ने अपेक्षा आम मतदाताले गरेका छन् । भट्टाइको राजनीतिक यात्रा प्रदेश सभाको सदस्यका रुपमा अघि बढ्न सकोस शुभकामना ।

 

केसीलाई जिताउन तयारी बैठक

राप्ती पोष्ट

दाङ, असोज । नेकपा एमालेबाट दाङ क्षेत्र नं. २ को २ मा उमेदवार बन्नुभएका गिरिराज केसीलाई विजयी बनाउनका लागि तयारी थालिएको छ । निर्वाचन निर्देशक समितिका संयोजक तुलसा केसीको अध्यक्षता तथा नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सह–इञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले वडागत रुपमा जिम्मेवारी प्रदान गरेको छ ।

जस अनुसार प्रदेश सभा २ (२)मा रहेका घोराहीका आठवटा र तुलसीपुरका चारवटा वडाका लागि प्रदेश कमिटी सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ । घोराहीको वडा नं. ६ र ७ मा प्रमोद शर्मा, वडा नं. ८ मा गणेश लम्साल र लिला विकलाई जिम्मेवारी दिएको छ । यसैगरी वडा नं. ९ मा गणेश लम्साल र शरद अधिकारी, वडा नं. १० मा गोविन्द आचार्य र प्याउली केसी, वडा नं. ११ सुरेश गौतम, वडा नं. १२ मा गोविन्द आचार्य र वडा नं. १६ मा अरुण शर्मालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका अन्तरगतका वडाहरुमध्य मध्य वडा नं. १६ का लागि धु्रव आचार्य, वडा नं. १७ मा बामदेव खनाल, वडा नं. १८ मा ज्ञानबहादुर बस्नेत र केशव शर्मा र वडा नंं १९ मा टोपेन्द्र केसी र शिव थापालाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी बैठकले तुलसा केसीको संयोजकत्वमा गोविन्द आचार्य, प्रमोद शर्मा, धु्रव आचार्य, मानबहादुर बस्नेत, कुलबहादुर लामिछाने र लोकबहादुर वली रहेको सचिवालय गठन गरेको छ । यसैगरी क्षेत्र नं. २ को २ का उमेदवारलाई विजयी गराउनका प्रचार काम व्यवस्थित गर्न शरद अधिकारीको संयोजकत्वमा सुरेश गौतम र प्रमोद शर्मा रहेको प्रचार प्रसार कमिटी गठन गरिएको छ ।

बैठकमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश कमिटीका सह–इञ्चार्ज गौतमले देशव्यापी रुपमा नेकपा एमालेको पक्षमा चुनावी माहौल रहेको भन्दै नेकपा एमालेका उमेदवारलाई विजयी गराउनका लागि भूमिका खेल्न आग्रह गर्नुभयो । बैठकमा उमेदवार गिरिराज केसीले आफू लामो समयदेखि जनताको बीचमा रहेकाले जनताको समस्यालाई नजिकबाट बुझेको बताउनुभयो । उहाँले जनताको अपेक्षालाई पुरा गर्नका लागि आफू तयार रहेको र पार्टीको सहयोगले आफूले जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । बैठकमा प्रदेश कमिटीका सचिवालय सदस्य शिवकुमार आचार्यले पनि सम्वोधन गर्नुभएको थियो ।

माओवादीका स्थानीय नेता एमालेमा


नेकपा माओवादी केन्द्रको पूर्व जिल्ला कमिटीका सदस्यहरु समेत चार जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ९ मा आयोजित कार्यक्रममा पूर्व जिल्ला सदस्यहरु अर्जुन रावत र प्रकाश अली, शिक्षक संगठनमा आवद्ध बावुराम विक र कृष्ण केसी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश कमिटीका सह इञ्चार्ज जीवन गौतम लगायतले उहाँहरुलाई नेकपा एमालेमा प्रवेश गराउनुभएको हो । नेकपा एमालेले मात्रै मुलुकको भविश्य निर्माण गर्न सक्ने भन्दै उहाँहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य प्रमोद शर्माले जानकारी दिनुभयो ।

उत्साहजनक रुपमा उम्मेदवारी दर्ता, सबै तहमा एमालेको उम्मेदवारी

छबि पुरी/राप्ती पोष्ट

घोराही, असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आईतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको छ । वर्षाका बीच पनि राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका तथा केही स्वतन्त्र उम्मेदवारले निर्धारित समयमा निर्वाचन अधिृकतको कार्यालय पुगेर उत्साहपूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका छन् । दाङमा ३ संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश निर्वाचन  क्षेत्रका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म दाङको क्षेत्र नम्वर १ मा संघ तर्फ तथा प्रदेश तर्फ सरकारमा सामेल मन्त्रीले पनि उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्र रुपमा पनि दलका तर्फबाट टिकट नपाएर असन्तुष्ट बनेकाहरुले उम्मेदवारी दर्ता गएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको भने सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने
प्रदेशसभा सदस्यका लागि दाङ १ (क) मा एमालेबाट गंगाराम भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सत्ता गठबन्धका तर्फबाट माओवादी केन्द्रका इन्द्रजीत थारुले उम्मेदवारी दिनुभएको छ ।
प्रदेशसभा सदस्यका लागि दाङ १ (ख) मा एमालेबाट कुलबहादुर केसीले उम्मेदवारी दर्ता  गराउँदा सत्ता गठबन्धनका तर्फबाट  अनुराग खड्काले उम्मेदवारी दिनुभएको छ । यस्तै, स्वतन्त्र रुपमा संघीय निर्वाचनमा गंगा चौधरीको उम्मेदवारी परेको छ ।

यस्तै, संघीय निर्वाचन क्षेत्र नम्बर २ मा संघीय निर्वाचनका लागि १२ वटा राजनीतिक दलका तर्फबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्  भने स्वतन्त्र रुपमा २ जनाले  उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

प्रतिनिधिसभातर्फ मनोनययन गराउनेमा नेकपा माले, नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस बिपी, मंगोल नेशनल अर्गनाईजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय     प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेपाल आमा पार्टी, नेकपा एमाले  र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट केही  पुराना अनुहार  केही नयाँ अनुहारका रुपमा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, संघीय निर्वाचनमा दुई जनाले दुई नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार, प्रतिनिधि सभा दाङ क्षेत्र  २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँ २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्य मन्त्री बन्नुभएको थियो । त्यसैगरी नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा क्षेत्र  नम्बर २ को (क ) मा बलिभद्र राना र (ख) मा गिरीराज केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गठबन्धनका तर्फबाट माओवादीकी रेखा शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट (क) मा राजु खनाल र (ख) मा प्रचण्डविक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै प्रदेश सभा तर्फ क्षेत्र नम्बर २ को  क मा ६ वटा दलबाट ६ जनाको उम्मेदवारी  पर्दा १ जनाले स्वन्तन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, २ को ख  मा ५ राजनीतिक दलका तर्फबाट ५ जनाको उम्मेदवारी परेको छ ।
उता, संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा पनि ८ वटा राजनीतिक दलका तर्फबाट ८ जना र स्वतन्त्र रुपमा १ जनाले उम्मेदवारी दर्ता  गराउनुभएको छ ।  प्रदेश अन्तर्गत क्षेत्र नम्बर ३ को क  मा ६ जना र ख मा ५ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उता, दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमाले बाट कोमल वलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । वलीले क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभयो भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, एमालेबाट क्षेत्र नं. ३ (क)  मा घनश्याम पाण्डे र २ (ख) मा हुकुम बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको  छ  भने गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरी र ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैबीच, प्रदेश निर्वाचन कार्यालय दाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा १ सय ५३ मतदान स्थल तोकेको छ । प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार १५३ मतदान स्थलमा ४६५ मतदान केन्द्र तोकिएको छ ।

दाङमा क्षेत्र नम्बर १ को क मा २४ वटा मतदान स्थल र ७८ वटा मतदानकेन्द्र कायम गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर १ को ख मा २७ मतदान स्थल, ७४ मतदान केन्द्र, क्षेत्र नम्बर २ को क मा २५ मतदान स्थल र ६८ मतदान केन्द्र, क्षेत्र नम्बर २ को ख मा २३ मतदान स्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ३ को क मा २१ मतदान स्थल, ७४ मतदान केन्द्र, क्षेत्र नम्बर ३ को ख मा ३३ मतदान स्थल र ९३ वटा मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पर्यटन दिवसमा गरियो पर्यटकिय स्थलको भ्रमण

छबि पुरी/राप्ती पोष्ट

घोराही, असोज । ४३ औँ विश्व पर्यटन दिवसका अवसरमा दाङका पालिकाले आफु मातहतका पर्यटकीय, धार्मिक सांस्कृति सम्पदाहरुको अवस्था र भावी कार्य योजनाका बारेमा स्थलगत निरिक्षण गर्दै समीक्षा गरेका छन् । ‘पर्यटनका लागि पुनर्विचार’ भन्ने नाराका साथ यस वर्षको विश्व पर्यटन दिवस मनाउने क्रममा पालिकास्तरमा रहेका सम्पदा क्षेत्रको पहिचान गर्दै त्यसको दीगो विकासमा लाग्ने प्रतिवद्धता पनि जनाएका हुन्. ।

सोही क्रममा घोराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजनामा मंगलबार पालिकाभित्रका विभिन्न पर्यटकीय तथा धार्मिक सांस्कृतिक स्थलहरुको स्थलगत अनुगमन अध्ययन गरेर भव्य रुपमा पर्यटन दिवस मनाईएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारामा रहेको सरयु नदी (बबई नदी) को उद्गमस्थल, सोही वडाको चरिङ्गे दह, चेपे दह तथा घोराही १७ चौघेरास्थित गोरक्ष रत्ननाथ मन्दिर परिसरको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै पालिकाबाट आगामी दिनमा योजनासहित थप प्राथमिकताका कार्यक्रम गरिने बताईएको छ ।

बन्द कोठामा गरिने औपचारिक कार्यक्रम भन्दा स्थलगत रुपमा बस्तुस्थिति बारे जानकारी लिने तथा पर्यटन पूर्वाधारका लागि आगामि दिनमा चाल्नु पर्ने कदमका बारेमा नवीन सोच पैदा गर्न सहज भएको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बताउनुभयो । उहाँले पालिकामा रहेका पर्यटकीय सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व स्थानीय सरकारको रहेको बताउँदै आवश्यक पूर्वाधार विकासमा आगामि दिनमा विशेष ध्यान बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकास गर्दै आर्थिक समृद्धिमा टेवा पुग्ने गरी काम पालिकाबाट काम भईरहेको बताउनुभयो ।

सो अवसरमा, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकामा रहेका पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको दीर्घकालीन विकासका लागि माथिल्लो निकायसँग गर्न सकिने सबै खालका सहयोग रहने बताउनुभयो । पालिकाले पर्यटन दिवसका अवसरमा पर्यटकीय तथा धार्मिक सांस्कृतिक क्षेत्रमै पुगेर कार्यक्रम गरेर नौलो अभ्यास शुरु गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । घोराहीमा पर्यटकीय क्षेत्रका रुपमा रहेका दर्जनौ सम्पदा रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चेतना चौधरी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद भट्टराई, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङ शाखा उपाध्यक्षद्वय सन्तोष सुवेदी बसुन्धरा गौतम, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजाल, चेम्बर वरिष्ठ उपाध्यक्ष घनश्याम अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग सदस्य भरत रेग्मी, कर्मचारी बालकृष्ण खनाल, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।
स्थलगत निरिक्षण एवम् अनुगमनको समन्वय तथा सहजीकरण महेन्द्र बहुमुखी क्याम्पसमा संस्कृति विषय प्राध्यापनरत उपप्राध्यापक सुन्दर गौतमले गर्नुभएको थियो ।

यसैगरी तुलसीपुर उपमहानगरले पनि पर्यटन दिवस मनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने वातावरण निमार्ण गर्नुपर्ने बताउनुभयो । उहाँले बिशेष गरेर आन्तरिक पर्यटकलाई स्वदेशमै रोजगार दिन र बाह्य पर्यटकलाई भित्र्याउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

पर्यटकीय स्थलले कुनै पनि ठाउँलाई चिनाउने मात्र नभएर त्यहाँको व्यापार व्यावसायमा पनि वृद्धि गर्ने बताउनुभयो । त्यस अबसरमा प्राध्यापक डाक्टर गोबिन्द आचार्यले पर्यटकीय क्षेत्रलाई संरक्षण गरेर आफ्नो ठाउँलाई नमुना बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा तुलसीपुरका विभिन्न ठाउँहरु पर्यटकीय हिसाबले अत्यन्तै राम्रो भएकाले यिनको संरक्षण, प्रचार प्रसार गर्न आवश्यक रहेको वक्ताहरुले बताएका छन् । तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएके कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका शिक्षाध्यक्ष माधव अधिकारी लगायतको उपस्थिति थियो ।

रोल्पामा उमेदवार छनौट गर्न किन सकस भयो माओवादीलाई ?

राप्ती पोष्ट

रोल्पा, असोज । माओवादी जनयुद्धको उद्गम थलो मानिने रोल्पामा उमेदवार छनौट गर्न माओवादीलाई सकस परेको छ । संघ अन्तरगत एउटा र प्रदेश अन्तरगत दुईवटा निर्वाचन क्षेत्र रहेको रोल्पामा कसलाई उमेदवार बनाउने भन्ने विषयमा समस्या परेको हो ।

२०७४ सालको निर्वाचनमा सर्वसम्मत उम्मेदवार छानेको नेकपा माओवादी केन्द्रले यसपटक प्रतिनिधिसभाका लागि छ जनाको नाम सिफारिस ग¥यो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी र कुलप्रसाद केसीलाई सिफारिस गरेको माओवादीको जिल्ला समितिले समानुपातिक तर्फ तारा घर्तीको नाममात्रै सिफारिस गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको संविधान सभाको पहिलो निर्वाचनमा रोल्पामा दुईवटा निर्वाचन क्षेत्र थिए । त्यतिवेला एउटा निर्वाचन क्षेत्रबाट जयपुरी घर्ती र अर्को क्षेत्रबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल उमेदवार बन्नुभएको थियो । पछि दाहालले रोल्पा छोडेपछि भएको निर्वाचनमा सन्तोष बुढामगरले जित्नुभएको थियो । यसैगरी दोस्रो संविधान सभा निर्वाचनमा माओवादीका तर्फबाट ओनसरी घर्ती र कृष्णबहादुर महरा विजयी बन्नुभएको थियो । २०७४ सालमा आइपुग्दा रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र भएको थियो । रोल्पाबाट बर्षमान पुनः अनन्त विजयी बन्नुभएको थियो । प्रदेश सभा निर्वाचनमा भने कुलप्रसाद केसी र दिपेन्द्र पुन मगर निर्वाचित हुनुभएको थियो ।

अहिले पनि रोल्पामा पुराना पुस्ताकै नेताहरु उमेदवार हुनका लागि प्रतिष्पर्धा गरिरहेका कारणले गर्दा नयाँले अवसर नपाउने निश्चित भएको छ । यस्तै रोल्पाको प्रदेश सभा ख मा नेपाली काँग्रेसले पनि दावी गरिरहेको छ । मुख्यमन्त्रीको आकाँक्षी सहित नेपाली काँग्रेस प्रदेश सभापति अमर सिंह पुनले उमेदवार हुने इच्छा गरेपछि माओवादीलाई पनि समस्या परेको छ । आफ्ना नेताको व्यवस्थापनको योजना सहित माओवादीले दुवै प्रदेश निर्वाचन क्षेत्र माग गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीमगर शीर्ष नेताहरुलाई नयाँ पिँढीलाई अवसर दिन आग्रह गरेको बताउनुहुन्छ । ‘नयाँ पिँढीलाई पनि अवसर दिन एक पटक अवसर लिएकाहरुलाई नदोहोरिनुस् भनेका छौं, दोहोरिने हो भने अन्य जिल्लामा जान आग्रह गरेका छौं’ उहाँले भन्नुभयो । राष्ट्रिय व्यक्तित्व बनाइसकेकाहरुले अरु जिल्लाबाट पनि चुनाव जित्न सक्ने भन्दै उहाँले नयाँलाई अवसर दिएमा संसदमा जिल्लाको प्रतिनिधित्व पनि बढी हुने बताउनुभयो ।

रोल्पामा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुईवटा निर्वाचन क्षेत्र छन् । क्षेत्र थोरै र नेता धेरै भएकाले यहाँका नेताहरु अन्य जिल्लामा गएर जनप्रतिनिधि बनेका छन् । नेकपा माओवादी केन्द्रको उपाध्यक्षसमेत रहनुभएका पूर्व सभामुख कृष्णबहादुर महरा २०७४ सालमा दाङ–२ बाट निर्वाचित हुनुभयो । २०४८ सालमा रोल्पा–२ बाट प्रतिनिधि सभाको चुनाव जित्नुभएका महरा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दाङमा आउनुभयो । त्यतिबेला दाङ–३ बाट निर्वाचित महरा २०७० सालमा भने रोल्पा –१ बाट निर्वाचित हुनुभयो ।

चुनाव क्षेत्रको संकटकै कारण महराले निर्वाचन नै नलड्ने घोषणा गर्नुभएको छ । उहाँ समानुपातिक सूचीमा पहिलो नम्वरमा पर्नुभएको छ । आफू अन्तिम पटक प्रतिनिधी बन्न चाहेको भन्दै प्रत्यक्ष तर्फ अरुलाई नै छोड्न चाहेको धारणा महराको छ । यसलाई कतिपयले महरा निर्वाचनबाट डराएको भनिरहेका छन् भने कतिपयले सुझवुझपूर्ण निर्णय भनेका छन् । महरा समानुपातिक तर्फ जाने कुराले दाङको क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई निर्वाचनमा होमिन सहज हुने अनुमान गर्न थालिएको छ ।

रोल्पा घर भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृह जिल्लाबाट चुनाव लडेको २०७४ सालमा हो । २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर–२ बाट निर्वाचित हुनुभएको थियो भने उहाँ २०७० सालको निर्वाचनमा मोरङ–७ बाट पराजित हुनुभयो । यसपटक रोल्पाबाटै उम्मेदवार बन्न चाहेका पुनसँगै पत्नी ओनसरी पनि उम्मेदवारमा सिफारिस हुनुभएको छ । वर्षमान रोल्पामै दोहोरिँदा ओनसरीले टिकट पाउन सम्भव छैन । ओनसरीले आफू समानुपातिकमा नजाने र प्रत्यक्षतर्फ जाने बताउनुभएको छ । माओवादीले उहाँलाई काठमाडौं– २ बाट उम्मेदवार बनाउने चर्चा पनि छ । यद्यपि सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट नै टुंगिएको छैन । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट निर्वाचित हुनुभएको थियो भने २०७० सालमा रोल्पा–२ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । २०७४ सालमा भने ओनसरी समानुपातिक पद्धतिबाट सांसद बन्नुभयो ।

रोल्पाकै नेता जयपुरी घर्ती २०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट निर्वाचित हुनुभयो । २०६९ सालमा पार्टी विभाजन हुँदा मोहन वैद्यको पार्टीमा गएपछि उहाँ २०७० सालमा उमेदवार बन्नुभएन । माओवादीमै फर्किएपछि २०७४ सालमा उहाँ समानुपातिक पद्धतिबाट सांसद बन्नुभयो । रोल्पाको एक क्षेत्रबाट धेरै नेताको प्रतिस्पर्धा भएका कारण उहाँले टिकट पाउने सम्भावना कम छ । झक्कुप्रसाद सुवेदीले २०६४ सालको संविधानसभा चुनाव काठमाडौं–२ बाट नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आउनुभएको थियो । उहाँ पछि काठमाडौंबाटै चुनाव लड्दा भने पराजित हुनुभयो । २०७० र २०७४ को चुनावमा पराजित भएपछि उहाँले नि रोल्पाबाट उमेदवार हुने इच्छा राख्नुभएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि प्रदेश छाडेर प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनुभएको छ । उहाँ पुनःमुख्यमन्त्री नै बन्न पाउने भरपर्दो आश्वासन पाए प्रदेशमा दोहो¥याउन तयार भएको बताइन्छ । २०७४ सालको निर्वाचनमा रोल्पा प्रदेशसभा (क) बाट निर्वाचित भएर करिव साढे तीन बर्ष आन्तरिक मामिला मन्त्री भएपछि उहाँ मुख्यमन्त्री बन्नुभएको हो । माओवादीका जिल्ला नेताहरु यस पटक केसीले प्रदेशसभा निर्वाचन क्षेत्र पाउन मुश्किल रहेको बताउँछन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा लामो समय काम गरेका जोखबहादुर महरा रोल्पाबाट प्रदेशसभामा उठ्ने निश्चित जस्तै भएको रोल्पा माओवादीका नेताहरु बताउँछन । उहाँ प्रदेशसभा क बाट सिफारिसमा पर्नुभएको छ । यसअघि २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।

दुई पटक जितेको क्षेत्रमा महरालाई डर

राप्ती पोष्ट

दाङ, भदौ । २०४८ सालमा रोल्पाबाट निर्वाचन जित्नुभएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पाँचौं पटक निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । २०६४ सालको निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचन जित्नुभएका महरा त्यसपछिको निर्वाचनमा रोल्पा पुग्नुभएको थियो । पहिलो संविधान सभाको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई क्षेत्र छोड्नुपर्ने बाध्यता उहाँका लागि थियो । दोस्रो संविधान सभाको निर्वाचन २०७० मा हुँदा दाहालले रोल्पा छोडेपछि त्यहा पुग्नुभएका महरा त्यसपछि पुन दाङ फर्कनुभयो । अहिले दाङमा आउने कि नआउने भन्ने दोधारका बीच उहाँको नाम सिफारिसमा परेको छ तर उहाँले निर्वाचन लड्ने बारेमा निश्चित नभएका सम्वन्धित पार्टीका जिम्मेवार नेताहरुले नै बताएका छन् ।

संविधान सभा निर्वाचनको समयमा दाङमा ५ वटा निर्वाचन क्षेत्र थिए । त्यतिवेला उहाँले क्षेत्र नं. ३ बाट जित्नुभएको थियो । २०७४ सालको निर्वाचनमा दाङमा ३ वटा मात्रै निर्वाचन क्षेत्र बनाइयो । त्यतिवेला क्षेत्र नं. २ बाट नेकपा एमालेका नेता शंकर पोखरेल उठ्ने कि महरा उठ्ने भन्ने अन्यौल थियो । पछि पोखरेल प्रदेश सरकारको नेतृत्वमा जाने र महरा संघीय निर्वाचन क्षेत्रमा उमेदवार हुने सहमती भयो । उहाँले ४० हजार भन्दा बढी मत लिएर जित्नुभयो । निर्वाचन जितेपछि उहाँ सभामुख हुनुभयो । फेरि निर्वाचन आएको छ उहाँको नाम दाङ क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बन्नका लागि सिफारिस भएको छ तर उहाँको नाम एकल गएको छैन । जवकी यहि क्षेत्रबाट उठ्नका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलको एकल नाम गएको छ । यसले पनि महरालाई निकै अफ्ठेरो पारिरहेको राजनीतिका जानकारहरु बताउँछन ।

आइतबार नेकपा माओवादी केन्द्रले महरा लगायत तीन जनाको नाम सिफारिस गरेको छ । तीन जनाको नाम सिफारिस गरिएसंगै महराको शक्ति पहिलेको भन्दा क्षिण भएको सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो समय उहाँले देउखुरी क्षेत्रमा आफ्नो ध्यान दिनुभएको बताइन्छ । रोल्पामा धेरै नेताहरु रहेको र व्यवस्थापन गर्न समस्या परिरहेको छ । यसपाली आफूले जितेको क्षेत्रमा पनि महराको नाम सर्वसम्मत सिफारिसमा परेन । यसपाली माओवादीबाट महरा संगै स्थायी कमिटी सदस्य रेखा शर्मा र केन्द्रिय सदस्य निर्मल आचार्यको नाम सिफारिस भएको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभएकमो छ ।

संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकै उपस्थितिमा बसेको बैठकले प्रतिनिधिसभामा दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । विगतमा दुई पटक निर्वाचन जितेको क्षेत्रमा उठ्न महरा डराउनुको कारण अहिलेको जनमत नै रहेको जानकारहरु बताउँछन् । पाँच दलिय गठवन्धनबाट निर्वाचन लड्दा पनि क्षेत्र नं. २ गठवन्धनका लागि सुरक्षित देखिदैन । यो क्षेत्रमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका १५ वटा वडा र तुलसीपुर उपमहानगपालिकाका चारवटा वडाहरु पर्दछन् ।

गलाचुलीमा गठवन्धनले जितेको थियो गएको स्थानीय तह निर्वाचनमा । घोराहीका १९ मध्य १५ वटा वडा क्षेत्र नं. २ मा पर्दछन । जहाँ ९ वटा वडा एमालेले जितेको छ । गएको निर्वाचनमा बंगलाचुली गाउँपालिकाका चारवटा वडा र घोराहीको एउटा वडा मात्रै माओवादीले जितेको थियो । काँग्रेसले घोराहीका पाँचवटा वडा जितेको थियो ।

तुलसीपुरका चारवटा वडामध्य दुईवटा वडा एमालेले गठवन्धन एकातिर हुँदा पनि जितेको थियो । तुलसीपुरको एउटा वडामा स्वतन्त्रले जितेका थिए भने अर्को वडामा काँगे्रसले जितेको थियो । स्वतन्त्रले जितेको वडामा सदस्यहरु एमालेले जितेको थियो भने काँग्रेसले जितेको वडामा पनि सदस्यहरु एमालेले जितेको थियो । यस हिसावले महराका लागि दाङको क्षेत्र नं. ३ प्रतिकुल देखिन्छ ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङद्वारा योग प्रशिक्षण आयोजना

राप्ती पोष्ट

घोराही, भदौ । लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजनामा सात दिनका लागि योग विज्ञान शिविर सुरु भएको छ । पतञ्जली सेवा समितिको सहयोगमा ‘नियमित गरौ योग, सधै रहौ निरोग’ भन्ने मुल नाराका साथ योग विज्ञान शिविर राप्ती इञ्जिनियरिङ कलेजको सभा हलमा आयोजना गरिएको छ ।

योग विज्ञान प्रशिक्षणको शुुक्रबार एक समारोहका बीच लायन्स क्लव इन्टरनेशनल ३२५ एनका प्रथम भाइस गर्भनर लायन मुकुट ढकालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै ढकालले व्यक्तिको सर्वार्णिङ विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले सवैलाई सक्रियताका साथ सहभागि हुन आग्रह गर्नुभयो ।

योग शिविरको उद्घाटन गर्दै लायन्स क्लव इन्टरनेशनल ३२५ एनका प्रथम भाइस गर्भनर मुकुट ढकाल

 

कार्यक्रमका बोल्दै पतञ्जली योग समिति लुम्बिनी पदेशका अध्यक्ष प्रेम शाहले योग विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताउनुभएको थियो । यस्तै घोराही उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तारा बहादुर डि.सी.ले योग विज्ञान शिविरको माध्यामद्वारा मानवमा देखिने सम्पूर्ण समस्याहरुलाई निराकरण गर्न सकिने भएकोले यसलाई सबैले निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया नं २ का अध्यक्ष एवं लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ संस्थापक अध्यक्ष डा.भीमसेन गिरीले स्वागत मन्तव्यका क्रममा नियमित योग गर्नाले हरेक मानिस स्वस्थ रहन सहयोग गर्ने बताउनुभयो । उहाँले कलेजको वरिपरी रहेका टोलमा बसोबास गर्न आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुको स्वास्थ्य स्वस्थ्य राख्नको लागि योग शिविरको आयोजना गरिएको बताउनुभयो ।

लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष पवन योगी, पतञ्जली योग समितिका दाङका अध्यक्ष उदय डाँगी, लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका पूर्व अध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरी, पतञ्जली योग समिति दाङका महासचिव माधव सुवेदी, पतञ्जली योग समिति महिला जिल्ला कोषाध्यक्ष यमा गौतम, पतञ्जली योग समिति नगर मिडिया प्रभारी बसन्ती ढकाल, योग प्रशिक्षक विष्णु ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङका सचिव लायन धनेश्वर चौधरीले गर्नुभएको थियो । योग प्रशिक्षण कार्यक्रममा मुना, शक्ति, सानीअम्बापर, मित्रनगर, सिर्जना, सर्रा र इञ्जिनियरिङ टोलका करिब एक सय २० जना महिला र पुरुषको सहभागिताछ ।

धराप बन्दै लमही – तुलसीपुर सडक

निर्माण थालेयता कतिजनाको भयो मृत्यु

राप्ती पोष्ट

घोराही, २१ भदौ ।
एकातिर तुलसीपुर–घोराही–लमही चार लेन सडक निर्माणको गति सुस्त भने अर्कोतिर यो सडक मृत्युमार्ग बन्दै गएको छ । सडक निर्माणले गति नलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ । निर्माणका क्रममा पुरानो सडक भत्काउँदा सवारी दुर्घटना बढेको हो ।

यो सडक खण्डमा दैनिक जसो दुर्घटनाका घटनाहरु भइरहेका छन । साना ठूला सवारीका साधनहरु दुर्घटना भइरहन्छन । दैनिक रुपमा हुने दुर्घटनाले गर्दा सडक धरापमा परिणत हुँदै गएको छ । सडक निर्माणको काम शुरु भएयता मात्रै २२ जना नागरिकको मृत्यु भइसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार यो सडकमा दुर्घटनाको जोखिम बढीरहेको छ । सडक निर्माणको म्याद पटक पटक थप्दा पनि भौतिक प्रगति १० प्रतिशत पनि पुगेको छैन ।

निर्माण कम्पनीका अनुसार हालसम्म ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको छ ।
अहिले पनि काम सन्तोषजनक नभएको र यही अवस्थामा यो योजना सम्पन्न हुने सम्भावना नरहेको भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीका प्रमुख अर्जुनकुमार बमले बताउनुभयो । ठेकेदारको लापरबाहीले नै काम हुन सकेको छैन ।

नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट बैंकको ऋण सम्झौतामा सडक आयोजना सुरु भएको हो । एक करोड २१ लाख ८२ हजार अमेरिकी डलर बजेट रहेको उक्त सडक निर्माणको ठेक्का भारतको तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक चार लेन र दुई लेनको बन्दै छ ।

सडक दुर्घटनाको कारक बन्दै गएपछि नागरिकहरु ऋाक्रोशित बनेका छन । सडकको काम समयमै सक्न वा सडक निर्माणका लागि ठेक्का तोड्नका लागि निर्माण कम्पनीलाई दवाव बढीरहेको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको काम सुस्त हुँदा भारत सरकारले रकम दिएको छैन । जसले गर्दा निर्माणको जिम्मा पाएको नेपाली निर्माण कम्पनी डुव्ने अवस्थामा पुगेको छ ।

लुम्बिनी अस्पतालको ठेक्का प्रक्रिया रोक्न उच्च अदालतको आदेश

राप्ती पोष्ट

तुलसीपुर, भदौ । विवादमा परेको लुम्विनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ । उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्काप्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

गत साउन २५ गतेका दिन उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा उच्च अदालत तुलसीपुरले अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको छ ।

अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएपछि उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले अस्पतालको ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै प्रदेश पूर्वाधार प्राधिकरणको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हाल्नुभएको थियो ।

उच्च अदालत बुटवल इजलासमा न्यायाधीशद्वय कृष्णबहादुर थापा र रमेशराज पोखरेलको इजलासले बोलपत्रको मापदण्डमा समेत फरक पर्ने गरी पटक–पटक बोलपत्र संशोधन गरेको देखिएको र यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत प्राधिकरणलाई दुई पटक पत्र पठाएर ध्यानाकर्षण गराएको भन्दै सुविधा र सन्तुलनको दृष्टिबाट अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश सुनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्काका ३ शर्तहरु संशोधन गर्न निर्देशन दिएको थियो । १ भदौमा निर्देशनात्मक पत्र लेख्दै १९ साउनमा पीपीएमओले लखेको पत्रमा उठाइएका विषयहरुमा प्राधिकरणले दिएको जवाफ चित्त बुझ्दो नभएको ठहर गरेको थियो ।