spot_img
spot_img

दुई पटक जितेको क्षेत्रमा महरालाई डर

राप्ती पोष्ट

दाङ, भदौ । २०४८ सालमा रोल्पाबाट निर्वाचन जित्नुभएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पाँचौं पटक निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । २०६४ सालको निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचन जित्नुभएका महरा त्यसपछिको निर्वाचनमा रोल्पा पुग्नुभएको थियो । पहिलो संविधान सभाको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई क्षेत्र छोड्नुपर्ने बाध्यता उहाँका लागि थियो । दोस्रो संविधान सभाको निर्वाचन २०७० मा हुँदा दाहालले रोल्पा छोडेपछि त्यहा पुग्नुभएका महरा त्यसपछि पुन दाङ फर्कनुभयो । अहिले दाङमा आउने कि नआउने भन्ने दोधारका बीच उहाँको नाम सिफारिसमा परेको छ तर उहाँले निर्वाचन लड्ने बारेमा निश्चित नभएका सम्वन्धित पार्टीका जिम्मेवार नेताहरुले नै बताएका छन् ।

संविधान सभा निर्वाचनको समयमा दाङमा ५ वटा निर्वाचन क्षेत्र थिए । त्यतिवेला उहाँले क्षेत्र नं. ३ बाट जित्नुभएको थियो । २०७४ सालको निर्वाचनमा दाङमा ३ वटा मात्रै निर्वाचन क्षेत्र बनाइयो । त्यतिवेला क्षेत्र नं. २ बाट नेकपा एमालेका नेता शंकर पोखरेल उठ्ने कि महरा उठ्ने भन्ने अन्यौल थियो । पछि पोखरेल प्रदेश सरकारको नेतृत्वमा जाने र महरा संघीय निर्वाचन क्षेत्रमा उमेदवार हुने सहमती भयो । उहाँले ४० हजार भन्दा बढी मत लिएर जित्नुभयो । निर्वाचन जितेपछि उहाँ सभामुख हुनुभयो । फेरि निर्वाचन आएको छ उहाँको नाम दाङ क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बन्नका लागि सिफारिस भएको छ तर उहाँको नाम एकल गएको छैन । जवकी यहि क्षेत्रबाट उठ्नका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलको एकल नाम गएको छ । यसले पनि महरालाई निकै अफ्ठेरो पारिरहेको राजनीतिका जानकारहरु बताउँछन ।

आइतबार नेकपा माओवादी केन्द्रले महरा लगायत तीन जनाको नाम सिफारिस गरेको छ । तीन जनाको नाम सिफारिस गरिएसंगै महराको शक्ति पहिलेको भन्दा क्षिण भएको सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो समय उहाँले देउखुरी क्षेत्रमा आफ्नो ध्यान दिनुभएको बताइन्छ । रोल्पामा धेरै नेताहरु रहेको र व्यवस्थापन गर्न समस्या परिरहेको छ । यसपाली आफूले जितेको क्षेत्रमा पनि महराको नाम सर्वसम्मत सिफारिसमा परेन । यसपाली माओवादीबाट महरा संगै स्थायी कमिटी सदस्य रेखा शर्मा र केन्द्रिय सदस्य निर्मल आचार्यको नाम सिफारिस भएको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभएकमो छ ।

संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकै उपस्थितिमा बसेको बैठकले प्रतिनिधिसभामा दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । विगतमा दुई पटक निर्वाचन जितेको क्षेत्रमा उठ्न महरा डराउनुको कारण अहिलेको जनमत नै रहेको जानकारहरु बताउँछन् । पाँच दलिय गठवन्धनबाट निर्वाचन लड्दा पनि क्षेत्र नं. २ गठवन्धनका लागि सुरक्षित देखिदैन । यो क्षेत्रमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका १५ वटा वडा र तुलसीपुर उपमहानगपालिकाका चारवटा वडाहरु पर्दछन् ।

गलाचुलीमा गठवन्धनले जितेको थियो गएको स्थानीय तह निर्वाचनमा । घोराहीका १९ मध्य १५ वटा वडा क्षेत्र नं. २ मा पर्दछन । जहाँ ९ वटा वडा एमालेले जितेको छ । गएको निर्वाचनमा बंगलाचुली गाउँपालिकाका चारवटा वडा र घोराहीको एउटा वडा मात्रै माओवादीले जितेको थियो । काँग्रेसले घोराहीका पाँचवटा वडा जितेको थियो ।

तुलसीपुरका चारवटा वडामध्य दुईवटा वडा एमालेले गठवन्धन एकातिर हुँदा पनि जितेको थियो । तुलसीपुरको एउटा वडामा स्वतन्त्रले जितेका थिए भने अर्को वडामा काँगे्रसले जितेको थियो । स्वतन्त्रले जितेको वडामा सदस्यहरु एमालेले जितेको थियो भने काँग्रेसले जितेको वडामा पनि सदस्यहरु एमालेले जितेको थियो । यस हिसावले महराका लागि दाङको क्षेत्र नं. ३ प्रतिकुल देखिन्छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img