घोराही/ कोरोना महामारी बढेको भढेको भन्दै दाङमा जारी लकडाउनका बीच नियम मिचेर अटो रिक्सा चलाएको भन्दै ट्राफिक प्रहरीले दाङका विभिन्न स्थानबाट सयौँ अटो रिक्सा नियन्त्रणमा लिएको छ ।
आईतबार जिल्लाका विभिन्न स्थानबाट नियम मिचेर जबरजस्ती अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिनुभयो ।
सरकारले लकडाउनका बेला अत्यावश्यक बाहेकका सवारी चलाउन रोक लगाएको बेलामा यात्रु बोकेर चलाएको भन्दै नियम उल्लंघन भएको भन्दै नियन्त्रणमा लिनु परेको कार्यालय प्रमुख जिसीको भनाई छ । उहाँका अनुसार लकडाउनमा भीडभाड हुने गरी अटो चलाएको, मनलाग्दी यात्रु ओसारेको तथा सवारी चालक अनुमति बिना सवारी चलाएको भन्दै चलाउन रोक लगाईएको हो ।
जिल्लाका विभिन्न स्थानबाट यात्रु बोकेर आएका ती अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि चालकहरु अन्योलमा परेका थिए । यो अवस्थामा सकेसम्म नचलाउन आग्रह गर्दै पहिलोपटकलाई सम्झाई बुझाई बिना जरिवाना अपरान्ह सबै अटो रिक्सा चालकलाई प्रतिवद्धता व्यक्त गर्न लगाएर छाडिएको उहाँको भनाई छ । आइन्दा अटेरी गरेर नियम मिचेर अटो रिक्स चलाएमा कडा कारवाही गर्ने चेतावनी दिइएको उहाँले बताउनुभयो ।
उहाँले आफुहरुलाई अटो चलाउनु पर्ने वा मानिस, समान बोक्नु पर्ने अवस्था आएमा तत्काल ट्राफिक प्रहरीमा समन्वय गरी सञ्चालन गर्न आग्रह गर्नुभएको छ । जिल्लामा जारी लकडाउन असार १५ गते बेलुकी ६ बजेसम्म लागू भएको छ । दाङमा करीव ८ सय अटो रिक्सा संचालनमा रहेको ट्राफिक प्रहरीको भनाई छ ।
डा. मधूसुदन लामिछाने पीडा भोगिरहेछ चातक बरा पानी सुक्यो मूुलको बाँच्ने हो कसरी ? बढ्यो छटपटी के दोष हो मेघको ? कल्ले सक्छ र रोक्न झिम्झिम झरी पानी पुग्यो लौ भनी कल्ले सक्छ र मेट्न ? कर्मगति त्यो हा राम जान्छन्मरी ।।
हामी जे नहोओस् भनेर रातदिन कामना गर्दछौँ त्यही हुन्छ । जे होओस् भनी सदैव प्रार्थना गर्दछौँ त्यो हुँदै हुँदैन । दुःखको मूुल कारण पनि यही हो जस्तो लाग्छ मलाई । जो अस्ति छँदै थिएन, आज छ र भोलि रहनेवाला छैन । यो निश्चय हो प्राणीहरू मर्नका लागि जन्मन्छन् । उदय हुनु अस्ताउनका लागि हो । जाग्न वा उम्रनु ढल्नका लागि हो । बग्दैजानु वर्षा हुनका लागि हो । आराम गर्नै पाउँदैन रातदिन बग्ने नदीले । सानो खोल्सा साना नदीमा पुग्न पाउँदा आनन्द मान्दछन् । सानो नदी ठूलो नदीलाई भेट्टाउन निकै हतार गर्छ र पुग्दछ पनि । अब त मेरो स्वरूप विशाल भयो आराम हुन्छ होला है भनेको त झन दुःखी हुँदै सागर भेट्न दौडन्छन् नदीहरू । सागरमा के आनन्द हुन्थ्यो, उनीहरू त महासागरतिर लम्केका देखिन्छन् । सहायद लाग्दो हो महासागरमा पुगपछि परमानन्द होला । ओहो ! के आनन्द हुन्थ्यो त्यहाँ ? हो त्यहाँ त भित्र निकै पोल्दो हो । भित्रको त्यो तापमा बिचरो हिमगङ्गाबाट बगेको शक्तिशाली भ्रुणजस्तो महासागरको त्यो बडबानलमा के सुख पाउँथ्यो र । हे ईश्वर ! यो पीडाबाट छिटै मुक्त हुन पाउँ भनी कामना गरेको जस्तो अनुभूुति हुन्छ ।
आप्mनो स्थान कसलाई मन पर्दैन र । हिमालका शिरबाट बगेको नदी पुनः बाफ बनी आकातिरको यात्रा आरम्भ गर्दछ । बाफ बादलमा रूपान्तरण भई आकाश मार्गको बिशाल यात्रा पार गर्दै पुनः त्यो हिमालकै शिरमा हिउँ बनी वर्षा हुन्छ । यो प्राकृतिक नियम हो । यो कसैको अधिनमा छैन । आजको वैज्ञानिक युगमा मानिसले जतिसुकै भौतिक उन्नति गरे पनि प्रकृतिका नियमहरूलाई आप्mनो वशमा पारेको देखिदैन । पानी एक तरल पदार्थले त आप्mनो जन्मस्थानको खोज गर्दै अन्त्यमा त्यही हिमालमा झरेर क्षणिक परमानन्दको अनुभव ग¥यो । सदैव आनन्द त कहाँ पो पाइन्थ्यो र । पुनः दुःखको यात्रा त आरम्भ भयो नै ।
आगाका झिल्काहरू पनि आकाश ताक्दै बिलाउँछन् । बलेको दियोको ज्योति पनि आकाश ताक्दै समाप्त हुन्छ । माटाका भाँडाहरू प्याट्ट फुटे भने यही माटामै मिल्दछन्। धुँवा वायुसँगै आकाशतिर गइरहेको हामीले देखेका छौँ । वायुले विश्राम गरेको कतै पनि देखिदैन । हो हामीले माया गरेर सजाएको घैटो प्याट्ट फुट्यो भने एकछिन त अवश्य पनि दुःख लाग्दछ । तर यसो गहिरिए विचार गर्दा न त माटो मेरो हो न घडा । के बिग्रेको छ र माटोबाट बनेको घडा माटैमा मिलेको छ । आकाशबाट आएका सूुर्यका किरणहरू हामीलाई न्यानो प्रवाह गरी आकासतिरै फर्कन्छन् । आँपको वगैचामा गएर एकछिन्राम्ररी रूखतिर नियाल्यौँ भने पनि त कति आनन्द आउँछ । रूखले निकै स्वादिला आँप फलायो । पकायो तर के गर्ने धर्तीबाट उम्रेको वीजले पुन धर्ती नै खोज्यो । जति बल लगाए पनि आप्mनो सन्तान आँपका दानालाई रूखले आपूmुमै समाहित गरिरहन सकेन । आँप पाकेर धर्तीमा प्यात्त खस्दा सहायद रूखलाई एकछिन त आप्mनो सन्तान गुमाउँदा दुःख नै लाग्यो होला । अनि एकछिनपछि सम्झन्छ होला के फरक पर्छ र ? पुनः जागेर फेरि पक्कै फल दिन्छ । यी सबैका लागि सामान्य कुरा हुन् तर गहिएर हेर्नै हो भने यहाँ श्रीमद्भगवत्गीताको दर्शन छ ।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूुयः
अजो नित्यः शाश्वतोयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। श्रीमद्भगवत् गीता ( ३.२०)
समस्त जीवहरूभित्र अवस्थित आत्मा कहिले जन्मदैन र मर्दैन पनि । शरीर मर्छ र जन्मन्छ । शरीरको नाश भए पनि जन्महीन, विनाशरहित, अविकृत र नित्य आत्माको नाश हुँदैन । उत्पत्ति र विनाश गरी शरीरका दुई विकार छन् भने आत्माका यस्ता विकार हुँदैनन् । नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। श्रीमद्भगवत्गीता (२.२३) अर्थात्आत्मालाई शस्त्रहरूले काट्न सक्दैनन् । आगोले पनि डढाउन सक्दैन । पानीले भिजाउन सक्दैन र न वायुले सुकाउन सक्छ । यहाँ के भन्न सकिन्छ भने आत्मालाई कुनै विकारले पनि स्पर्श गर्नै सक्दैन । हामीले नयाँ लुगा किनेर पुरानो लुगा फालेभैंm आत्माले यो शरीरलाई त्याग गरेको हो भन्ने कुरामा पूुर्वीय चिन्तकहरू विश्वास गर्दछन् ।
मैले यी गन्थन गर्नाको यौटै कारण छ, त्योहो हाम्रा श्रद्धेय माइला मामा उमाभक्त दहालको देहावसान । आषाढ १ गते साँझ ५.१५ बजे मामाले आप्mनो पाञ्चभौतिक देह विसर्जन गर्नुभयो । २००६ सालमा सल्यान जिल्लाको झिम्पे मूुलखोलामा जन्मनु भएका उमाभक्त दहालले एस.एल.सी उत्तीर्ण पश्चात्सरकारी सेवामा प्रवेश गरी जागिरी आरम्भ गर्नुभयो । सबैका मनमा बस्न सफल, परोपकारी, ज्ञानी र सत्कर्मी व्यक्तित्वको दैहिक अवसानले धेरैलाई पीडाबोध गरायो । सुर्खेत, दाङको जिल्ला अस्पत्ताल घोराही, कोलेनिका मुसिकोट रुकुम, जिल्ला शिक्षा कार्यालय दाङ जस्तो विविध स्थानमा नेपाल सरकारको लेखा क्षेत्रको कर्मचारीका रूपमा रहेर लामो समयसम्म सेवा गरी उमेरका कारणले सेवानिवृत्त हुनु भएका उमाभक्त दहाल एक इमान्दार कर्तव्यनिष्ठ, राष्ट्रसेवकका रूपमा रहनु भयो । आप्mनै हाकिमले तपाईले यो हिसाव गर्नैपर्छ चेक तयार गर्नुहोस् भनी अनियमित हिसावकितावमा दबाफ दिएपछि मेरो नैतिकता र धर्मले यस्तो हिसाब गर्न दिंदैन भन्दै हाकिमको आज्ञालाई अवज्ञा गरेका उदाहरणहरू हामीले सुन्थ्यौँ । हाकिम रिसाएपछि गरिदिएको ग्रेड घटुवाको पीडा सहेर बरु बस्नु भयो गलत व्रिmयाकलाप कहिल्यै गर्नु भएन । आर्थिक क्षेत्रमा सदा पारदर्शिताको कलम चलाउने व्यक्तित्व उमाभक्त दहाल सबैको आँखाको नानी बन्न पुग्नु भयो । त्यसैले आज वहाँको देहावशानमा उहाँका सहकर्मी साथीहरूले पनि पीडाबोध गरेका छन्। त्याग र समर्पणको भाव भएकै कारण उहाँ सबैका माझ श्रद्धेय र प्रशंसनीय व्यक्तित्वका रूपमा रहन सक्नुभयो । भोगभन्दा दानलाई प्राथमिकता दिने स्वभाव भएकाले आज बन्धुबान्धव, इष्टमित्र, सहकर्मी साथीभाइ र छरछिमेकमा उहाँबिना सबैले शून्यबोध गरेको बुझिन्छ ।
उमाभक्त दहाल
बिहान उठेर नित्यकर्म पश्चात् आपूmलाई ब्रह्मचिन्तनमा समाहित गरेर नित्य विष्णुसहस्रणाम, गीता, श्रीमद्भागवत र वेदजस्ता पौरस्त्य ग्रन्थहरूको पाठ, मनन, चिन्तन गरेर मात्रै भोजन गर्ने, अतिथिको निकै स्वागत्र सेवा गर्ने, सेवानिवृत्त भए पनि ७२ वर्षसम्मको बुढेसकालमा आपैmले कम्प्युटर चलाएर अडिट गर्दै हिड्ने कर्मयोगी, देवयज्ञ, पितृयज्ञ र भूतयज्ञमा आपूmुलाई समाहित गर्ने, अहिलेको प्रविधि र विधिमा आपूmुलाई सव्रिmय बनाउने, समाज, देश र विदेशमा कहाँ के भइरहेको छ चासो राखी अध्ययन गर्ने, समाजमा परेका समस्याहरूमा अग्रसर भई समाधानका उपायहरू निकाल्ने, सत्य र न्यायलाई पहिलो प्राथमिकतामा राख्ने जस्ता उहाँका वैयक्तिक विशेषताहरू हाम्रा लागि सदा मार्ग निर्देशन बन्ने छन् ।
तीर्थब्रत गर्न र दानधर्म गर्न निकै रुचाउने मामा उमाभक्तका निर्देशनमा मैले बाआमाका साथ उत्तरापन्थका चारधाममा तीर्थ गर्ने मौका पाएको थिएँ । आज एकादशी हो, आज पूुर्णिमा हो, आज मेरो ब्रत हो भन्दै ती दिनहरूमा तीर्थमा सबैलाई आप्mनै पैसाबाट भोजन गराउँने, गर्मीले पीडित भएका बेला सर्वत पिलाउने, जाडो भएको समयमा तोतो दूध पिलाउने, निकै प्रसन्न भएर सबै खर्च आपूmुले मात्र गर्ने पाउँदा सुखी हुने स्वभाव भएका व्यक्तित्व मामा उमाभक्तका जीवनबाट हामीले धेरै कुराहरू सिक्नु आवश्यक छ । सात्विक विचारधाराका मानिसहरूको अन्त्य पनि सुखद नै हुँदो रहेछ । आषाढ १ गते उहाँको देहावसान भयो । एक दिन अगाडि अर्थात् ३१ गते मात्रै उहाँसँग फोन सम्पर्क भएको थियो । मृत्युशैयामा छटपटाइरहेको बेला पनि उहाँले विष्णुसहस्रनाम पाठ गरिरहनु भएको थियो । देवीभागवत्का पद्यहरू सुनाउँदै हुनुहुन्थ्यो । मैले फोनमा मामा सन्चो लाग्छ नआत्तिनु होला भन्दा उहाँले बडो धैर्यताका साथ खुसी हुँदै सन्चो लाग्ला भान्ज भन्नु भएको थियो । सन्चो नभए पनि ………….छदैछ नि भन्नु भयो । मलाई यसबेला बालकृष्ण समको ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ भन्ने भनाइको याद आयो । मलाई लाग्छ उहाँ विषयभन्दामाथि उठेर अर्थात्बाँच्न पाउँभन्नु भन्दा पनि मुक्तिको चाहनामा समाधिस्थ हुनुहुन्थ्यो । उहाँ सुप्त समाधिमा रहेको अवस्थाको विवरण मलाई उहाँकी जेठी छोरी नर्मदाले दिएकी थिइन् । साथमा रहेर सेवामा समर्पित छोरी नर्मदाले आमालाई, भाइलाई, मामालाई, बहिनीहरूलाई, ज्वाइहरूलाई बोलाऊँ बुवा भनी सोधेको प्रश्नमा ओठ चलाइरहेको अवस्थामा हातले नाई भनेर सङ्केत गर्नु नै विषयभन्दा माथि उठ्नु हो । उहाँहरूलाई देखेपछि मनमा उदाउने विषयात्मक भावनाले अन्तिम अवस्थाको चिन्तन र चेतनामा फरक पार्न सक्दछ भन्ने ज्ञान उहाँमा थियो । भान्ज अब त मुक्तिका लागि गर्ने हो, यहाँ जे जति गरियो गरियो । अब लोभ गरेर पनि केही काम छैन, अघिपछि पनि भन्नुहुन्थ्यो । शारीरिक अवस्था अलि जटिल हुँदै गएको जस्तो देखेपछि भान्ज वासुदेवले,“मामा केही भन्नु छ ? ” भनी सोधेको प्रश्नमा मामाले, “मेरो के छ र भान्ज, सबै उहाँकै हो । केही भन्नु छैन, मेरो भाग्यले तपाई आउनु भएको छ ।” उहाँका अन्तिम अवस्थाका यी शब्दहरूले पनि यही सङ्केत गरेको छ कि भौतिक चाहनाभन्दा आत्मिक चाहना ठूुलो हो । मन्दगतिमा ओठ चलाइरहने कार्यले पनि पुष्टि गरेको देखिन्छ ।
सधैं गीता पाठ गर्ने मामालाई यो कुरा थाहा थियो कि अन्तकाले च मामेव स्मरन्मुत्वा कलेवरण । यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ।। ( श्रीमद्भगवत्गीता ८.५.) अर्थात् मरणावस्थामा मलाई नै याद गर्दै जुन मानिसले शरीर त्याग्दछ त्यसले वैष्णव तत्व प्राप्त गर्दछ । भगवान् श्रीकृष्णको मुखारविन्दबाट निस्केका यो महावाणीहरूलाई मामाले राम्ररी बुभ्mनु भएको थियो । मलाई मानिसको मायाभन्दा परमेश्वरको माया चाहिएको छ भन्ने कुरामा विश्वस्त भएर उहाँ सुप्त समाधिमा हुनुहुन्थ्यो ।
एक दिन त जसरी भएपनि यो पाञ्च भौतिक शरीर छोड्नु नै छ । रुख जतिसुकै बलियो भए पनि शिशिर ऋतुमा आप्mना पात आपूmसँग राख्न सक्दैन । पाकेका फल हाँगाले आपूmुसँग राख्न सक्दैन । जति रोक्न खोजेपनि बाँध फोरेर नदी आप्mनो बाटो बनाउँदै बग्दछन् । हामीलाई न्यानो चाहियो भनेर हुँदैन, सूुर्य अवश्य पनि अस्ताउँछ । बाल्यावस्था, कुमारावस्था, युवावस्था, रोक्नै सकिदैन, नचाहँदा नचाहँदै पनि वृद्धावस्थाले छुन्छ । यति विशाल भौतिक सुखसुविधा भोग्ने इच्छा हुँदाहुँदै पनि सबै छोडेर एक दिन सबै जानैपर्छ । मामा तपाईँ जानुभयो । हाम्रा भविष्यका सबै योजनाहरू चक्नाचुर भए । तपाईको माया, छाया, मार्ग निर्देशन हाम्रा लागि अनमोल सम्पत्ति थिए । ती सबै अब स्मृतिको पानामा रहने छन् । यता तपाईका केही आभ्यान्तरिक इच्छाहरू हामी सबैद्वारा अवश्य पूुरा हुने नै छन् । तपाईको यस पृथ्वीको कर्ममार्ग जति सफल भयो त्यतिकै देहावसानपछिको उत्तर मार्ग पनि सफल होओस् । हामी सबै विश्वस्त छौँ कि हजुरको आत्माले अवश्य पनि परमपद प्राप्त गरेको छ । ॐ पूर्णमदः पूर्णमिदं पूुणात्पूुर्णमुदच्यते । पूर्णस्य पूुर्णमादाय पूुर्णमेवा वशिष्यते ।। ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।। अस्तु
सल्यान, हाल काठमाडौं ।
केएल बुढाथोकी
दाङ, २२ जेठ । घरको उत्तरतिर तीन कठ्ठा जग्गामा कागतीको मनोरम बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र फल पनि उत्तिकै छन् । हरियाली एवं मोहक कागती बगैंचामा पुग्दा जो पनि रमाउँछ ।
यो दृष्य घोराही १७ गुलरिया निवासी राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापाको घर परिसरको हो । लकडाउनको यो सकसमय समयमा कागती बगैंचामा रमाउँदै थापाका दिनहरु बितिरहेका छन् ।
हिजो आज उहाँलाई राजनीतिले त्यति छोएको छैन । सधैको व्यस्त राजनीतिक जीवनबाट केही फुर्सद मिलेको जस्तो भएको छ । राजनीतिमा देखिएका उतार चढावको चिन्ता छ तर लकडाउनले घरमा आएपछि उहाँको दैनिकी फेरिएको हो । भन्नुहुन्छ “ हिजो आज फूल र फल लागेका कागती बगैंचामा टहल्दा आनन्द अनुभूति हुन्छ । शरीरमा एक किसिमको उर्जा र पुनर्ताजगी पैदा हुन्छ ।“
करीब ५ वर्ष पहिले नेता थापाले ३ कठ्ठा जग्गामा स्थानीय जातको बाह्रमासे कागतीका ५५ बिरुवा रोप्नुभएको थियो । राजनीतिमा पूर्णकालीन भएको हुँदा कागती खेतीमा खास समय दिन सक्नुभएको थिएन । समयमा सिंचाइ, मल, औषधि, गोडमेल लगायत अन्य हेरचाह गर्न नसक्दा कागतीका बिरुवा अपेक्षाकृत सप्रन सकेका थिएनन् । त्यसमा पनि उहाँमा कागती खेतीबारे राम्रो ज्ञान पनि थिएन ।
कोरोना कहरसंगै जब पहिलोपटक देशमा लकडाउन शुरु भयो जिल्ला बाहिर रहेका नेता थापा घरमा आउनुभयो । घरमा आएपछि उहाँको काम कागतीका बिरुवा स्याहार्ने हुन थाल्यो । थापा भन्नुहुन्छ । “गत वर्षको लकडाउनमा बल्ल मैले कागतीका विरुवा स्याहार्न पाएँ । मल र औषधि हालेर गोडमेल गरें । त्यसपछि बल्ल कागती सप्रिए ।“
वि. सं. २०४६ पछि राजनीतिमा सक्रिय रहनुभएका थापा यो वर्षको लकडाउनमा फेरि आफ्नो कार्यक्षेत्रबाट घर फर्किनुभएको छ । र फेरि कागती खेतीको स्याहारमा जुटनुभएको छ । शुरुका वर्षहरुमा त्यति राम्रा नभएका कागतीका बोट अहिले रहर लाग्दा भएका छन् । प्रायः सबै बोटहरुमा फल लागेका छन् । कागतीको व्यवसायिक खेती गर्ने योजना विस्तारै मूर्त बन्दै गएकोमा नेता थापा केहीहदसम्म संतुष्ट र रोमान्चित देखिनुहुन्छ ।
आफ्नो अनुभव र केही सोधखोजले नेता थापाले अब कागती खेतीबारे धेरै ज्ञान हासिल गर्नुभएको छ । कागती खेतीका लागि उहाँमा थप जाँगर र उत्साह जागेको छ । लगत्तै थप दुई कठ्ठामा कागती रोप्ने तयारीमा हुनुहुन्छ । “खाल्डा खनेर तयार गरिसकेको छु । अब केही दिनमै बिरुवा रोप्ने तयारीमा छु ।“ नेता थापाले भन्नुभयो । करिव १० वर्ष अघि तत्कालीन कृषि विकास कार्यालय घोराहीमा व्यवसायिक खेतीबारे बुझ्न जाँदा नेता थापालाई वागबानी अधिकृत टिकाराम चौधरीले कागती खेती गर्न सल्लाह दिनुभएको थियो । अधिकृत चौधरीले कागती खेतीका लागि दाङको माटो उपयुक्त भएको र बजार पनि राम्रो भएको बताएपछि नेता थापाले कागती खेती गर्ने सोच बनाउनुभयो । कागती खेती गर्ने सोच दस वर्षअघि बनेपनि नेता थापाले त्यसको पाँचवर्षपछि मात्र कागती खेती शुरु गर्नुभयो ।
कागतीमा फल लाग्न शुरु गरेपछि उत्साहित र आनन्दित भएका नेता थापालाई यो कागती बगैंचाको स्वच्छ र मनोरम वातावरणले लकडाउनको सकस पनि बिर्साएको छ । अचेल श्रीमती कृष्णा रानासहित कागतीकस बोटहरुसंग रमाउँदै दिन बिताइरहनुभएको छ । यो संगै नेता थापाले राजनीति र उत्पादनसंग जोडिएर समाजलाई एउटा सुन्दर सन्देश पनि दिन सफल हुनुभएको छ ।
राप्ती पोष्ट
दाङ, २२ जेठ । आउदो आर्थिक वर्ष २०७८÷ ०७९ को बजेटमा भएका कर संशोधन सम्वन्धमा यहाँका विभिन्न उद्योगी तथा व्यवसायीहरुलाई जानकारी दिएको छ । अनलाइको माध्यमवाट उद्योगी तथा व्यवसायीहरुलाई वजेटमा करमा गरेको संशोधनका वारेमा जानकारी गराइएको थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले डि वी सेठी एशोसियट घोराहीको सहकार्यमा यस प्रकारको कार्यक्रम गरेको हो । त्यस अवसरमा सि ए दीपक सेठीले सरकारले आउदो आर्थिक वर्ष २०७८÷०७९ मा करमा गरिएको संशोधन, करमा आएको परिवर्तन, आय कर संशोधन, कस्ता क्षेत्रमा सरकारले राजस्व विशेष छुटको व्यवस्था ल्याएको लगाएका विषयमा जानकारी गरानुभएको थियो । सहभागि उद्योगी, व्यवसायीहरु हरुले आ आफनो जिज्ञासा राखेका थिए ।
संघिय सरकारले गरेको करमा गरिएको संशोधनका बारेमा जानकारी दिन यस प्रकारको कार्यक्रमको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनुभयो । सरकारले ल्याउने नितीका वारेमा जानकारी गराउन संघले यस प्रकारको कार्यक्रम निरन्तर रुपमा गदै आएको उहाँले बताउनुभयो । ‘जानकारी नहुदा उद्योगी, व्यवसायिहरुलाई समस्या हुने भएकाले यस प्रकारको कार्यक्रम गरिएको हो ’ उहाँले भन्नुभयो । यसले उद्योगी तथा व्यवसायिहरुलाइ व्यवसाय गर्दा सहयोग पु¥याउने विश्वास रहेको बुढाथोकीले बताउनुभयो । ‘अहिले अवस्थामा भौतिक रुपमा सहभागिता भएर कार्यक्रम गर्ने नसकिने भएकाले अनलाइन मार्फत गरिएको पनि बुढाथोकीको भनाई छ ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले उद्योगी, व्यवासायिहरु सरकारले ल्याउने नितीका बारेमा जानकार हुनु पर्ने बताउनुभयो । यसका लागि संघले तालिम तथा सचेतना मुलक कार्यले व्यवसायीहरुलाई फाइदा पुग्ने पनि बताउनुभयो । कार्यक्रममा घोराही क्षेत्रमा रहेका विभिन्न् व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकी र संघका व्यवसायिक सल्लाहाकार धनेश्वर शर्माले गर्नुभएको थियो ।
राप्ती पोष्ट
गढवा २० जेठ । गढवा गाउँपालिकाका सात बिद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको एक करोड १५ लाख बजेटबाट भौतिक निर्माण कार्य संचालनमा आएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।
जसमध्ये छ वटा बिद्यालयहरुमा १८ लाखको दरले भवन निर्माणका काम सुरु भएका छन् भने एउटा मदरासामा साढे सातलाख बजेटबाट स्मार्ट सौचालय निर्माणको क्रममा रहेको छ । नेपाल सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिकाले सिफारिस गरेका जनता माबि कालाकाटे, सरस्वती माबि गोबरडिहा, आदर्शरात्री आधारभूत गोबरडिहा, जनमुखि आधारभूत रङसिङ, सरस्वती आधारभूत चन्दनपुर र माबि चैनपुर गरी ५ वटा बिद्यालयहरुलाई १८ लाखको दरले र गढवा बजारको मदरासामा स्मार्ट शौचालयका लागि साढे सातलाख बजेट स्विकृत भै काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।
यसैबीच बिहीवार सरस्वती आधारभूत बिद्यालय चन्दनपुरको भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखको लागतमा निर्माणकार्य सुरु हुन थालेको उक्त भवनको शिलान्यास गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको हो । भवनको शिलान्यास गर्दै अध्यक्ष यादवले बिद्यालयहरुको भौतिक निर्माण र शैक्षिक गुणस्तर सुधारमा गाउपालीकाले सधैव पहल गरिरहेको र शिक्षक तथा अभिभावकहरुबाट पनि पहल हुनुपर्ने बताउनु भयो ।
गढवा गाउँपालिकाका बिभिन्न बिद्यालयहरुमा प्राबिधिक धारका शिक्षाहरु संचालनमा आएको र राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहामा ल्याउन पालिकाले १ करोड बजेट समेत ब्यवस्थापन गरेको उहाँले बताउनु भयो ।
राप्ती पोष्ट
दाङ, २० जेठ । सोसल मिडियामार्फत अपरिचित व्यक्ति तथा संस्थाबाट तपाईको नाममा लटरी चिट्ठा, उपहार परेको छ भनि आर्थिक प्रलोभनमा पारी ठगी गरेको भन्ने गुनासो तथा निवेदन आउने क्रम बढेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले सबैलाई सचेत हुन आग्रह गरेको छ ।
प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चिट्ठा, लटरी परेको रकम पठाई दिन्छौँ भनि कोही कसैले व्यक्तिगत विवरण, खाता नम्बर, फोन नम्बर, पिनकोड र पासवर्ड जस्ता गोप्य विवरण मागी उक्त विवरण दुरुपयोग गरी खातामा भएको रकम ठगि गर्ने, खाता र विवरणको दुरुपयोग गरी गिरोहले ठगि गर्ने गरेको हुँदा त्यस्ता अपरीचित व्यक्तिको फोन, म्यासेज र सन्देशको बिश्वासमा नपर्न र कुनै पनि खालको रकम नपठाउनु अनुरोध गर्नु भएको हो ।
साथै लटरी, चिट्ठा, उपहार परेको छ भनि नचिनेको व्यक्ति समुहले स्वदेश तथा बिदेशबाट संकापद फोनकल, म्यासेज, सन्देश प्राप्त भई कुनै खालको रकम माग गरेमा वा व्यक्तिगत विवरण खाता नम्बर, पासवर्ड, पिनकोर्ड माग गरेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी खबर गर्न प्रहरी नायव उपरीक्षक रिजालले अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले केही महिना अघि लटरी, चिट्ठा परेको छ भन्दै रकम असुल गर्ने ३ जना गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गएको असोज २९ गते सामाजिक सञ्जाल इमोमार्फत लटरी पर्यो भनेर ठगी गर्ने तीन जना पक्राउ परेका थिए ।
वडाध्यक्षहरुद्वारा दुव्र्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग
राप्ती पोष्ट
घोराही, १९ जेठ । हालै मात्रै जिल्ला प्रहरी कार्यालयमा आएका प्रहरी निरिक्षक रामनारायण गुप्ताले एक पछि अर्को ज्याददी गर्न थालेका छन् । हालै मात्रै जिल्ला प्रहरी कार्यालयमा आएको गुप्ताको पछिल्लो शिकार घोराही उपमहानगपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे हुनुभएको छ ।
कोरोनाको महामारीको समयमा वडाध्यक्षहरु जनताका घरदैलोमा पुग्नुपर्छ र पुगिरहेका छन् । कतिवेला कहाँ पुग्नुपर्छ भन्ने थाहा हुँदैन । सोही क्रममा मंगलबार घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे एकजना कोरोना संक्रमितको घरमा जाँदै हुनुहुन्थ्यो । उहाँ वडा कार्यालयबाट दक्षिण तर्फ जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय अघिल्तिर प्रहरी चेकिङ थियो । चेकिङमा थिए तिनै गुप्ता । जसले एक दिन अघि राष्ट्रिय सभा उप निर्वाचनस्थलमा पनि पत्रकारहरुमाथि दुव्र्यवहार गरेका थिए । वडाध्यक्ष पाण्डेले आफू यहि वडाको जनप्रतिनिधि रहेको र एकजना कोरोना संक्रमितको घरमा जान थालेको भन्दा भन्दै पनि गुप्ताले अध्यक्ष चढेको स्कुटीलाई रोकेर नियन्त्रणमा ल्याएका थिए ।
वडाध्यक्ष पाण्डेले स्कुटरको कागजात रहेको तर अहिले आफूसंग नरहेको लाईसेन्स रहेको बताउँदा पनि प्रहरी रिरिक्षक गुप्ताले पाण्डेलाई स्कुटरबाट ओरालेर स्कुटर जिल्ला प्रहरी कार्यालय परिसरमा हालेका थिए । ‘पाण्डे चेकिङ नजिकै पुग्दा प्रहरी निरिक्षक गुप्ताले झर्कदै ‘यहाँ चेकिङ छ भन्ने थाहा छैन ?’ भन्दै रुखो व्यवहार प्रस्तुत गरेका थिए । पाण्डेले चेकिङ देखेरै रोकेको भनेपछि प्रहरी निरिक्षकले कागजात मागेका थिए । पाण्डेले आफू जनप्रतिनिधि रहेको र कोरोना संक्रमितको घरमा पुग्न हतार भएको बताउँदा पनि प्रहरी निरिक्षकले कुनै सुनुवाई गरेनन् । प्रहरी निरिक्षकको उक्त व्यवहारको चौतर्फी आलोचना भएको छ ।
दाङका प्रहरी प्रमुख गणेश चन्दले भोलिपल्ट अर्थात बुधबारका दिन पाण्डेलाई आएर स्कुटर लैजान भन्नुभएको छ । ‘मलाई एसपी सावले स्कुटर लैजान भन्नुभएको छ तर मैले लिएको छैन । प्रहरि निरिक्षकले दुव्र्यवहारको महशुस नगरेसम्म आफूले स्कुटर नलिने अडान राखेको बताउनुभयो ।
वडाध्यक्षप्रति भएको घटनाका बारेमा घोराहीका सवैजसो वडाध्यक्षहरुले संयुक्त विज्ञप्ती निकालेका छन् । वडाध्यक्षहरुले निकालेको विज्ञप्तीमा भनिएकोछ । ‘नेपाल सहित विश्व नै यतिबेला कोरोना महामारीको समयम छ । यो महामारीमा दाङ जिल्लाका कोरोना संक्रमीतहरुको सेवा र कोरोना महामारी नियन्त्रणकालागी अग्रपक्तीमा जनप्रतिनीधी खटिने गरेका छौ । यो महामारीलाई कसरी नियन्त्रणमा लिने र संक्रमीतहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिएर जनप्रतिनीधीहरु लागिपरेका छौ । घोराही उपमहानगरपालिकामा पनि कोरोना संक्रमण दर उच्च छ । घोराही उपमहानगरपालिका हामी वडा अध्यक्षहरु पनि यो महामारीको समयमा वडाबासीहरु एवं आवश्यक भएमा अन्य वडा एवं पालिकाका संक्रमीतहरुको उपचार र समस्या समाधानका गर्न लागिपरेका छौ ।
विज्ञप्तीमा भनिएको छ ।‘महामारीको समयमा कोरोना संक्रमीतहरुको उपचारकालागि खटिएका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेमाथी मंगलवार घोराहीमा प्रहरीबाट भएको दुव्र्यवहारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । वडाअध्यक्ष रमेशकुमार पाण्डे होम आईशोलेसनमा रहेका एक जना कोरोना संक्रमीतकालागि अक्सीजन सिलिन्डरको व्यवस्थापनमा जार्दै गर्दा जिल्ला प्रहरी कार्यालय दाङको गेट आगडी जिप्रका दाङमा कार्यरत प्रहरी निरिक्षक रामनारायण गुप्ताबाट भएको दुव्र्यवहारको हामी घोर भत्सना गर्दछौ ।’
विज्ञप्तीमा भनिएकोछ–‘स्थानीय सरकारका प्रतिनीधीहरुमाथी प्रहरी प्रशासनबाट भएको यो व्यवहार निकै आपत्तिजनक छ । दुव्र्यवहारको विरोधमा आज वुधवार वडा कार्यालयहरु पनि बन्द रहेको जानकारी गराउन चाहन्छौ । महामारीको समयमा अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुप्रति हामी सम्मान गर्दछौ । तर जनताको सेवामा अहोरात्र खटिने जनप्रतिनीधीहरुलाई यस्तो किसिमको दुव्र्यवहार गरि हतोत्साहित बनाउने काम नगर्न पनि सम्बन्धीत निकायलाई अनुरोध गर्दछौ । घटनाका दोषी प्रहरी निरिक्षकलाई तत्काल कारबाही गर्न जोडदार माग पनि गर्दछौ । यो कोरोना संकटको समयमा सबैको हातेमालोबाटमात्र महामारी नियन्त्रण गर्न सकिने भएकाले सबै आफ्नो क्षेत्रबाट लागिपर्न पनि अनुरोध गर्दछौ ।’
यसरी विज्ञप्ती जारी गर्नेहरुमा घोराही उपमहानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नं. १८ का अध्यक्ष भरत अर्याल, वडानं. ३ का अध्यक्ष माधव चौधरी, वडा नं. ४ का भिमबहादुर सार्की, वडा नंं ५ का अध्यक्ष विष्णुमणी दाहाल, वडा नं. ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, वडा नं. ७ का अध्यक्ष खोपिराम चौधरी, वडा नं. ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा नं. ९ का अध्यक्ष मानबहादुर बस्नेत, वडा नं. १० का अध्यक्ष चित्रबहादुर डाँगी, वडा नं. १२ का अध्यक्ष राजेन्द्र बुढा, वडा नं. १३ का अध्यक्ष रविलाल घर्ति, वडा नं. १४ का अध्यक्ष शक्तीराम डाँगी, वडा नं. १६ का अध्यक्ष ताराबहादुर डिसी र वडा नं. १७ का अध्यक्ष खुसीराम चौधरी हुनुहुन्छ ।
कोरोना संकट ब्यबस्थापन समितिको निर्णय बिरुद्ध अन्तरीम आदेश
राप्ती पोष्ट
दाङ, १८ जेठ । नदीजन्यपदार्थ ब्यबस्थापनका सम्बन्धमा जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्र दाङले हालै गरेको निर्णय विरुद्ध उच्च अदालत तुलसीपुरले आज मंगलबार अन्तरिम आदेश जारि गरेको छ ।
नदीजन्य पदार्थ ब्यबस्थापन सम्बन्धि संकट ब्यबस्थापन समितिको गत जेठ १४ गतेको निर्णयको बुँदानम्वर ५ मा ढुंगा, गिट्टी र वालुवा –नदीजन्य पदार्थ) ढुवानी, स्थानीय तहको अनुमतीमा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म गर्न सकिने छ भनिएको थियो । यस्तै चुनढुंगा ढुवानीका लागि होलेरीतर्फ बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म र बंगलाचुलीतर्फ बेलुकी ५ बजेदेखि राती १२ बजेसम्मको समय तोकिएको थियो ।
उच्च अदालत तुलसीपुरले उक्त निर्णय लुम्बिनी प्रदेश कानून बिपरित भएको अन्तरिम आदेशमा जनाएको छ । प्रदेश वित्त ब्यबस्थापन ऐन दफा २०७५ को उपदफा ९ र प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी ऐन दफा १५ को उपदफा (५)ले दिएको अधिकारमा शहर वा वजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेको सवारी साधन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन पाईने छैन भनिएको छ ।
नदिजन्य पदार्थ ब्यबस्थापन कार्यबिधि २०७५को दफा १३(१) (ङ) बमोजिमको तोकिएको समय सिमाभित्रमात्र नदीजन्य पदार्थ बोकेको सवारी साधनहरु सञ्चालन गर्न तथा चलाउन दिनु, चलाउन लगाउन भनि बिपक्षहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरीएको छ ।
उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल ईजलासले अन्तरिम आदेश जारि गर्दै बाटाको म्यादबाहेक १५ दिनभित्र बिपक्षहरुलाई उच्च सरकारी वकील कार्यालय तुलसीपुर मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ । रिट निबेदक उच्च बार एशोसियसन तुलसीपुरका अध्यक्ष अधिबक्ता रबिन्द्रकुमार शर्माले बहस गर्नुभएको थियो
राप्ती पोष्ट
काठमाडौं । यस बर्ष पनि एसइईको परिक्षा नहुने भएको छ । गत बर्ष पनि कोरोना महामारी कारणले गर्दा इसईई भएको थिएन ।
सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।
बैठकमा सहभागि मन्त्रीका अनुसार मन्त्रिपषिद बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभएको थियो । करोना महामारी झन बढ्दै गएकाले उहाँको प्रस्ताव अनुसार नै बैठकले निर्णय गरेको थियो ।
राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको हो ।
यस बर्ष शैक्षिक सत्र ढीलो गरी सुरु भएको थियो । असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरी जेठमा इसईको जाँच गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको थियो । बैशाख लाग्दा नलाग्दै देशभर कोरोना संक्रमण बढेपछि सरकारले विद्यालय बन्दको घोषणा गरेको थियो । विद्यालय बन्द भएपछि यस बर्ष अन्य कक्षाको नतिजामा पनि प्रभाव परेको छ ।
राष्टिय सभा उप निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारको मतभार ४१४०, नेकपा एमालेका उमेदवारको मतभार ३६१२
रुखमा प्रदेश सांसद ४२
सूर्यमा प्रदेश सांसद ४०
स्थानीयमा रुखमा ११८
स्थानीयमा सूर्यमा ९४
राप्ती पोष्ट
दाङ १७ जेठ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा काँग्रेस–माओवादी गठवन्धनका उमेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । पाण्डे नेकपा एमालेबाट प्रदेश सभा सांसदबाट हालै राजीनामा दिनुभएको थियो ।
उहाँले चार हजार एक सय ४० मतभार प्राप्त गर्नुभएको थियो । यसैगरी उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेबाट उमेदवार बन्नुभएका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मतभार प्राप्त गर्नुभएको थियो ।
निर्वाचनमा प्रदेस सभाका सदस्यहरु र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गरेका थिए । निर्वाचनमा प्रदेस सभाका ८३ जना सांसदले मतदान गरेका थिए भने पालिका तर्फ एक सय १४ मत परेको थियो ।
प्रदेशभर रहेका एक सय नौ पालिकाका प्रमुख र उप प्रमुख गरेर दुई सय १८ मतदाता हुनुपर्नेमा एकजना दिवंगत भएको र तीन जना अनुपस्थित थिए । मतदानमा राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित धवलशमशेर राणाले अहिलेको अवस्थामा उपनिर्वाचनमा जान आवश्यक नभएको भन्दै बहिष्कार गर्नुभएको थियो भने गुल्मीको दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापा र जसपा उपेन्द्र पक्षका बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह कोरोना संक्रमित भई उपचारका क्रममा रहेकाले उपस्थित हुन नसकेको बताइएको छ ।