spot_img
spot_img

नियम विपरित चलेको भन्दै ट्राफिक प्रहरीद्वारा सयौं अटो नियन्त्रणमा

छवि पुरी/राप्ती पोष्ट

घोराही/ कोरोना महामारी बढेको भढेको भन्दै दाङमा जारी लकडाउनका बीच नियम मिचेर अटो रिक्सा चलाएको भन्दै ट्राफिक प्रहरीले दाङका विभिन्न स्थानबाट सयौँ अटो रिक्सा नियन्त्रणमा लिएको छ ।

आईतबार जिल्लाका विभिन्न स्थानबाट नियम मिचेर जबरजस्ती अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिनुभयो ।

सरकारले लकडाउनका बेला अत्यावश्यक बाहेकका सवारी चलाउन रोक लगाएको बेलामा यात्रु बोकेर चलाएको भन्दै नियम उल्लंघन भएको भन्दै नियन्त्रणमा लिनु परेको कार्यालय प्रमुख जिसीको भनाई छ । उहाँका अनुसार लकडाउनमा भीडभाड हुने गरी अटो चलाएको, मनलाग्दी यात्रु ओसारेको तथा सवारी चालक अनुमति बिना सवारी चलाएको भन्दै चलाउन रोक लगाईएको हो ।

जिल्लाका विभिन्न स्थानबाट यात्रु बोकेर आएका ती अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि चालकहरु अन्योलमा परेका थिए । यो अवस्थामा सकेसम्म नचलाउन आग्रह गर्दै पहिलोपटकलाई सम्झाई बुझाई बिना जरिवाना अपरान्ह सबै अटो रिक्सा चालकलाई प्रतिवद्धता व्यक्त गर्न लगाएर छाडिएको उहाँको भनाई छ । आइन्दा अटेरी गरेर नियम मिचेर अटो रिक्स चलाएमा कडा कारवाही गर्ने चेतावनी दिइएको उहाँले बताउनुभयो ।

उहाँले आफुहरुलाई अटो चलाउनु पर्ने वा मानिस, समान बोक्नु पर्ने अवस्था आएमा तत्काल ट्राफिक प्रहरीमा समन्वय गरी सञ्चालन गर्न आग्रह गर्नुभएको छ । जिल्लामा जारी लकडाउन असार १५ गते बेलुकी ६ बजेसम्म लागू भएको छ । दाङमा करीव ८ सय अटो रिक्सा संचालनमा रहेको ट्राफिक प्रहरीको भनाई छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img