राप्ती पोष्ट
काठमाडौं । यस बर्ष पनि एसइईको परिक्षा नहुने भएको छ । गत बर्ष पनि कोरोना महामारी कारणले गर्दा इसईई भएको थिएन ।
सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।
बैठकमा सहभागि मन्त्रीका अनुसार मन्त्रिपषिद बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभएको थियो । करोना महामारी झन बढ्दै गएकाले उहाँको प्रस्ताव अनुसार नै बैठकले निर्णय गरेको थियो ।
राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको हो ।
यस बर्ष शैक्षिक सत्र ढीलो गरी सुरु भएको थियो । असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरी जेठमा इसईको जाँच गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको थियो । बैशाख लाग्दा नलाग्दै देशभर कोरोना संक्रमण बढेपछि सरकारले विद्यालय बन्दको घोषणा गरेको थियो । विद्यालय बन्द भएपछि यस बर्ष अन्य कक्षाको नतिजामा पनि प्रभाव परेको छ ।