spot_img
spot_img

मामा हजुरमा शव्द श्रद्धाञ्जली

डा. मधूसुदन लामिछाने
पीडा भोगिरहेछ चातक बरा पानी सुक्यो मूुलको
बाँच्ने हो कसरी ? बढ्यो छटपटी के दोष हो मेघको ?
कल्ले सक्छ र रोक्न झिम्झिम झरी पानी पुग्यो लौ भनी
कल्ले सक्छ र मेट्न ? कर्मगति त्यो हा राम जान्छन्मरी ।।

हामी जे नहोओस् भनेर रातदिन कामना गर्दछौँ त्यही हुन्छ । जे होओस् भनी सदैव प्रार्थना गर्दछौँ त्यो हुँदै हुँदैन । दुःखको मूुल कारण पनि यही हो जस्तो लाग्छ मलाई । जो अस्ति छँदै थिएन, आज छ र भोलि रहनेवाला छैन । यो निश्चय हो प्राणीहरू मर्नका लागि जन्मन्छन् । उदय हुनु अस्ताउनका लागि हो । जाग्न वा उम्रनु ढल्नका लागि हो । बग्दैजानु वर्षा हुनका लागि हो । आराम गर्नै पाउँदैन रातदिन बग्ने नदीले । सानो खोल्सा साना नदीमा पुग्न पाउँदा आनन्द मान्दछन् । सानो नदी ठूलो नदीलाई भेट्टाउन निकै हतार गर्छ र पुग्दछ पनि । अब त मेरो स्वरूप विशाल भयो आराम हुन्छ होला है भनेको त झन दुःखी हुँदै सागर भेट्न दौडन्छन् नदीहरू । सागरमा के आनन्द हुन्थ्यो, उनीहरू त महासागरतिर लम्केका देखिन्छन् । सहायद लाग्दो हो महासागरमा पुगपछि परमानन्द होला । ओहो ! के आनन्द हुन्थ्यो त्यहाँ ? हो त्यहाँ त भित्र निकै पोल्दो हो । भित्रको त्यो तापमा बिचरो हिमगङ्गाबाट बगेको शक्तिशाली भ्रुणजस्तो महासागरको त्यो बडबानलमा के सुख पाउँथ्यो र । हे ईश्वर ! यो पीडाबाट छिटै मुक्त हुन पाउँ भनी कामना गरेको जस्तो अनुभूुति हुन्छ ।
आप्mनो स्थान कसलाई मन पर्दैन र । हिमालका शिरबाट बगेको नदी पुनः बाफ बनी आकातिरको यात्रा आरम्भ गर्दछ । बाफ बादलमा रूपान्तरण भई आकाश मार्गको बिशाल यात्रा पार गर्दै पुनः त्यो हिमालकै शिरमा हिउँ बनी वर्षा हुन्छ । यो प्राकृतिक नियम हो । यो कसैको अधिनमा छैन । आजको वैज्ञानिक युगमा मानिसले जतिसुकै भौतिक उन्नति गरे पनि प्रकृतिका नियमहरूलाई आप्mनो वशमा पारेको देखिदैन । पानी एक तरल पदार्थले त आप्mनो जन्मस्थानको खोज गर्दै अन्त्यमा त्यही हिमालमा झरेर क्षणिक परमानन्दको अनुभव ग¥यो । सदैव आनन्द त कहाँ पो पाइन्थ्यो र । पुनः दुःखको यात्रा त आरम्भ भयो नै ।

आगाका झिल्काहरू पनि आकाश ताक्दै बिलाउँछन् । बलेको दियोको ज्योति पनि आकाश ताक्दै समाप्त हुन्छ । माटाका भाँडाहरू प्याट्ट फुटे भने यही माटामै मिल्दछन्। धुँवा वायुसँगै आकाशतिर गइरहेको हामीले देखेका छौँ । वायुले विश्राम गरेको कतै पनि देखिदैन । हो हामीले माया गरेर सजाएको घैटो प्याट्ट फुट्यो भने एकछिन त अवश्य पनि दुःख लाग्दछ । तर यसो गहिरिए विचार गर्दा न त माटो मेरो हो न घडा । के बिग्रेको छ र माटोबाट बनेको घडा माटैमा मिलेको छ । आकाशबाट आएका सूुर्यका किरणहरू हामीलाई न्यानो प्रवाह गरी आकासतिरै फर्कन्छन् । आँपको वगैचामा गएर एकछिन्राम्ररी रूखतिर नियाल्यौँ भने पनि त कति आनन्द आउँछ । रूखले निकै स्वादिला आँप फलायो । पकायो तर के गर्ने धर्तीबाट उम्रेको वीजले पुन धर्ती नै खोज्यो । जति बल लगाए पनि आप्mनो सन्तान आँपका दानालाई रूखले आपूmुमै समाहित गरिरहन सकेन । आँप पाकेर धर्तीमा प्यात्त खस्दा सहायद रूखलाई एकछिन त आप्mनो सन्तान गुमाउँदा दुःख नै लाग्यो होला । अनि एकछिनपछि सम्झन्छ होला के फरक पर्छ र ? पुनः जागेर फेरि पक्कै फल दिन्छ । यी सबैका लागि सामान्य कुरा हुन् तर गहिएर हेर्नै हो भने यहाँ श्रीमद्भगवत्गीताको दर्शन छ ।

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूुयः
अजो नित्यः शाश्वतोयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। श्रीमद्भगवत् गीता ( ३.२०)
समस्त जीवहरूभित्र अवस्थित आत्मा कहिले जन्मदैन र मर्दैन पनि । शरीर मर्छ र जन्मन्छ । शरीरको नाश भए पनि जन्महीन, विनाशरहित, अविकृत र नित्य आत्माको नाश हुँदैन । उत्पत्ति र विनाश गरी शरीरका दुई विकार छन् भने आत्माका यस्ता विकार हुँदैनन् । नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। श्रीमद्भगवत्गीता (२.२३) अर्थात्आत्मालाई शस्त्रहरूले काट्न सक्दैनन् । आगोले पनि डढाउन सक्दैन । पानीले भिजाउन सक्दैन र न वायुले सुकाउन सक्छ । यहाँ के भन्न सकिन्छ भने आत्मालाई कुनै विकारले पनि स्पर्श गर्नै सक्दैन । हामीले नयाँ लुगा किनेर पुरानो लुगा फालेभैंm आत्माले यो शरीरलाई त्याग गरेको हो भन्ने कुरामा पूुर्वीय चिन्तकहरू विश्वास गर्दछन् ।

मैले यी गन्थन गर्नाको यौटै कारण छ, त्योहो हाम्रा श्रद्धेय माइला मामा उमाभक्त दहालको देहावसान । आषाढ १ गते साँझ ५.१५ बजे मामाले आप्mनो पाञ्चभौतिक देह विसर्जन गर्नुभयो । २००६ सालमा सल्यान जिल्लाको झिम्पे मूुलखोलामा जन्मनु भएका उमाभक्त दहालले एस.एल.सी उत्तीर्ण पश्चात्सरकारी सेवामा प्रवेश गरी जागिरी आरम्भ गर्नुभयो । सबैका मनमा बस्न सफल, परोपकारी, ज्ञानी र सत्कर्मी व्यक्तित्वको दैहिक अवसानले धेरैलाई पीडाबोध गरायो । सुर्खेत, दाङको जिल्ला अस्पत्ताल घोराही, कोलेनिका मुसिकोट रुकुम, जिल्ला शिक्षा कार्यालय दाङ जस्तो विविध स्थानमा नेपाल सरकारको लेखा क्षेत्रको कर्मचारीका रूपमा रहेर लामो समयसम्म सेवा गरी उमेरका कारणले सेवानिवृत्त हुनु भएका उमाभक्त दहाल एक इमान्दार कर्तव्यनिष्ठ, राष्ट्रसेवकका रूपमा रहनु भयो । आप्mनै हाकिमले तपाईले यो हिसाव गर्नैपर्छ चेक तयार गर्नुहोस् भनी अनियमित हिसावकितावमा दबाफ दिएपछि मेरो नैतिकता र धर्मले यस्तो हिसाब गर्न दिंदैन भन्दै हाकिमको आज्ञालाई अवज्ञा गरेका उदाहरणहरू हामीले सुन्थ्यौँ । हाकिम रिसाएपछि गरिदिएको ग्रेड घटुवाको पीडा सहेर बरु बस्नु भयो गलत व्रिmयाकलाप कहिल्यै गर्नु भएन । आर्थिक क्षेत्रमा सदा पारदर्शिताको कलम चलाउने व्यक्तित्व उमाभक्त दहाल सबैको आँखाको नानी बन्न पुग्नु भयो । त्यसैले आज वहाँको देहावशानमा उहाँका सहकर्मी साथीहरूले पनि पीडाबोध गरेका छन्। त्याग र समर्पणको भाव भएकै कारण उहाँ सबैका माझ श्रद्धेय र प्रशंसनीय व्यक्तित्वका रूपमा रहन सक्नुभयो । भोगभन्दा दानलाई प्राथमिकता दिने स्वभाव भएकाले आज बन्धुबान्धव, इष्टमित्र, सहकर्मी साथीभाइ र छरछिमेकमा उहाँबिना सबैले शून्यबोध गरेको बुझिन्छ ।

उमाभक्त दहाल

बिहान उठेर नित्यकर्म पश्चात् आपूmलाई ब्रह्मचिन्तनमा समाहित गरेर नित्य विष्णुसहस्रणाम, गीता, श्रीमद्भागवत र वेदजस्ता पौरस्त्य ग्रन्थहरूको पाठ, मनन, चिन्तन गरेर मात्रै भोजन गर्ने, अतिथिको निकै स्वागत्र सेवा गर्ने, सेवानिवृत्त भए पनि ७२ वर्षसम्मको बुढेसकालमा आपैmले कम्प्युटर चलाएर अडिट गर्दै हिड्ने कर्मयोगी, देवयज्ञ, पितृयज्ञ र भूतयज्ञमा आपूmुलाई समाहित गर्ने, अहिलेको प्रविधि र विधिमा आपूmुलाई सव्रिmय बनाउने, समाज, देश र विदेशमा कहाँ के भइरहेको छ चासो राखी अध्ययन गर्ने, समाजमा परेका समस्याहरूमा अग्रसर भई समाधानका उपायहरू निकाल्ने, सत्य र न्यायलाई पहिलो प्राथमिकतामा राख्ने जस्ता उहाँका वैयक्तिक विशेषताहरू हाम्रा लागि सदा मार्ग निर्देशन बन्ने छन् ।

तीर्थब्रत गर्न र दानधर्म गर्न निकै रुचाउने मामा उमाभक्तका निर्देशनमा मैले बाआमाका साथ उत्तरापन्थका चारधाममा तीर्थ गर्ने मौका पाएको थिएँ । आज एकादशी हो, आज पूुर्णिमा हो, आज मेरो ब्रत हो भन्दै ती दिनहरूमा तीर्थमा सबैलाई आप्mनै पैसाबाट भोजन गराउँने, गर्मीले पीडित भएका बेला सर्वत पिलाउने, जाडो भएको समयमा तोतो दूध पिलाउने, निकै प्रसन्न भएर सबै खर्च आपूmुले मात्र गर्ने पाउँदा सुखी हुने स्वभाव भएका व्यक्तित्व मामा उमाभक्तका जीवनबाट हामीले धेरै कुराहरू सिक्नु आवश्यक छ । सात्विक विचारधाराका मानिसहरूको अन्त्य पनि सुखद नै हुँदो रहेछ । आषाढ १ गते उहाँको देहावसान भयो । एक दिन अगाडि अर्थात् ३१ गते मात्रै उहाँसँग फोन सम्पर्क भएको थियो । मृत्युशैयामा छटपटाइरहेको बेला पनि उहाँले विष्णुसहस्रनाम पाठ गरिरहनु भएको थियो । देवीभागवत्का पद्यहरू सुनाउँदै हुनुहुन्थ्यो । मैले फोनमा मामा सन्चो लाग्छ नआत्तिनु होला भन्दा उहाँले बडो धैर्यताका साथ खुसी हुँदै सन्चो लाग्ला भान्ज भन्नु भएको थियो । सन्चो नभए पनि ………….छदैछ नि भन्नु भयो । मलाई यसबेला बालकृष्ण समको ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ भन्ने भनाइको याद आयो । मलाई लाग्छ उहाँ विषयभन्दामाथि उठेर अर्थात्बाँच्न पाउँभन्नु भन्दा पनि मुक्तिको चाहनामा समाधिस्थ हुनुहुन्थ्यो । उहाँ सुप्त समाधिमा रहेको अवस्थाको विवरण मलाई उहाँकी जेठी छोरी नर्मदाले दिएकी थिइन् । साथमा रहेर सेवामा समर्पित छोरी नर्मदाले आमालाई, भाइलाई, मामालाई, बहिनीहरूलाई, ज्वाइहरूलाई बोलाऊँ बुवा भनी सोधेको प्रश्नमा ओठ चलाइरहेको अवस्थामा हातले नाई भनेर सङ्केत गर्नु नै विषयभन्दा माथि उठ्नु हो । उहाँहरूलाई देखेपछि मनमा उदाउने विषयात्मक भावनाले अन्तिम अवस्थाको चिन्तन र चेतनामा फरक पार्न सक्दछ भन्ने ज्ञान उहाँमा थियो । भान्ज अब त मुक्तिका लागि गर्ने हो, यहाँ जे जति गरियो गरियो । अब लोभ गरेर पनि केही काम छैन, अघिपछि पनि भन्नुहुन्थ्यो । शारीरिक अवस्था अलि जटिल हुँदै गएको जस्तो देखेपछि भान्ज वासुदेवले,“मामा केही भन्नु छ ? ” भनी सोधेको प्रश्नमा मामाले, “मेरो के छ र भान्ज, सबै उहाँकै हो । केही भन्नु छैन, मेरो भाग्यले तपाई आउनु भएको छ ।” उहाँका अन्तिम अवस्थाका यी शब्दहरूले पनि यही सङ्केत गरेको छ कि भौतिक चाहनाभन्दा आत्मिक चाहना ठूुलो हो । मन्दगतिमा ओठ चलाइरहने कार्यले पनि पुष्टि गरेको देखिन्छ ।

सधैं गीता पाठ गर्ने मामालाई यो कुरा थाहा थियो कि अन्तकाले च मामेव स्मरन्मुत्वा कलेवरण । यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ।। ( श्रीमद्भगवत्गीता ८.५.) अर्थात् मरणावस्थामा मलाई नै याद गर्दै जुन मानिसले शरीर त्याग्दछ त्यसले वैष्णव तत्व प्राप्त गर्दछ । भगवान् श्रीकृष्णको मुखारविन्दबाट निस्केका यो महावाणीहरूलाई मामाले राम्ररी बुभ्mनु भएको थियो । मलाई मानिसको मायाभन्दा परमेश्वरको माया चाहिएको छ भन्ने कुरामा विश्वस्त भएर उहाँ सुप्त समाधिमा हुनुहुन्थ्यो ।

एक दिन त जसरी भएपनि यो पाञ्च भौतिक शरीर छोड्नु नै छ । रुख जतिसुकै बलियो भए पनि शिशिर ऋतुमा आप्mना पात आपूmसँग राख्न सक्दैन । पाकेका फल हाँगाले आपूmुसँग राख्न सक्दैन । जति रोक्न खोजेपनि बाँध फोरेर नदी आप्mनो बाटो बनाउँदै बग्दछन् । हामीलाई न्यानो चाहियो भनेर हुँदैन, सूुर्य अवश्य पनि अस्ताउँछ । बाल्यावस्था, कुमारावस्था, युवावस्था, रोक्नै सकिदैन, नचाहँदा नचाहँदै पनि वृद्धावस्थाले छुन्छ । यति विशाल भौतिक सुखसुविधा भोग्ने इच्छा हुँदाहुँदै पनि सबै छोडेर एक दिन सबै जानैपर्छ । मामा तपाईँ जानुभयो । हाम्रा भविष्यका सबै योजनाहरू चक्नाचुर भए । तपाईको माया, छाया, मार्ग निर्देशन हाम्रा लागि अनमोल सम्पत्ति थिए । ती सबै अब स्मृतिको पानामा रहने छन् । यता तपाईका केही आभ्यान्तरिक इच्छाहरू हामी सबैद्वारा अवश्य पूुरा हुने नै छन् । तपाईको यस पृथ्वीको कर्ममार्ग जति सफल भयो त्यतिकै देहावसानपछिको उत्तर मार्ग पनि सफल होओस् । हामी सबै विश्वस्त छौँ कि हजुरको आत्माले अवश्य पनि परमपद प्राप्त गरेको छ । ॐ पूर्णमदः पूर्णमिदं पूुणात्पूुर्णमुदच्यते । पूर्णस्य पूुर्णमादाय पूुर्णमेवा वशिष्यते ।। ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।। अस्तु
सल्यान, हाल काठमाडौं ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार