spot_img
Home Blog Page 73

आँखी झ्यालबाट अधिकारी वंशधर नियाल्दा

अधिकारी समाजका पूर्व उपाध्यक्ष समेत रहनुभएका पद्मप्रसाद शर्माले अधिकारी समाजको स्थापना र ऐतिहासिक पृष्ठभूमिलाई समेटेर लेख श्रृङ्खला तयार पार्नुभएको छ । यसलाई क्रमशः प्रकाशित गरिनेछ ।

पद्मप्रसाद शर्मा (अधिकारी)

हालको प्युठान जिल्लामा पर्ने तत्कालिन उदयपुर राज्य (कतै उदैपुर उल्लेख भएको पाइन्छ ) जहाँ ब्राह्मण राजा जसुधर र उनका सन्ततिहरुले सत्र पुस्ता राज्य गरेका थिए । कश्यश्प गोत्रीय यी अधिकारीहरुको त्रिप्रवरमा काश्यप, आवत्सर, असित हो । अधिकारीहरु अनिलो र नुनिलो दुईवटा शाखाका पाइन्छन् । यी उदयपुरे अधिकारीहरुको अनिलो शाखा हो । यी अधिकारीहरुलाई कार्की भनेर पनि चिनिन्छ । मुल थलो जुम्लामा रहँदा जुम्लेली राजाले कर अधिकारीको पद दिएकाले कर अधिकारीलाई कार्की भनिएको हो भन्ने भनाइ पाइन्छ । कतिपय उदयपुरे अधिकारीहरुले अहिले पनि आफ्नो थरको स्थानमा कार्की लेख्ने गर्दछन् । त्यतिमात्र होइन जतिवेला राज्य सञ्चालन गर्दथे त्यतिवेला विभिन्न राज्यबाट प्राप्त पत्रानुसार राजाका नामको पछाडिबाट कार्की उल्लेख गरिएको पाइन्छ । जस्तो हरिप्रसाद उपाध्याय कार्की । कतै हरिप्रसाद कार्की उपाध्याय पनि उल्लेख गरेको पाइन्छ ।

उदैपुर राज्यको अधिकांश भाग हाल प्युठान जिल्लाको माण्डवी गाउँपालिकामा पर्दछ भने केही भाग दाङ जिल्लाको वंगलाचुली गाउँपालिकामार केही भाग देउखुरी उपत्यकाको राप्ती गाउँपालिकामा पर्दछ । कश्यप गोत्रीय यी कार्की अधिकारीहरुको मूल थलो यही उदयपुर हो । हाल देशका विभन्न भागमा छरिएर रहेका छन् । खागगरि प्युठानको रातापानी, मर्कावाङ, तिराम, तिमिले, बाङ्गेसाल , नयाँगाउँ र पहिले राजधानी भएको भूमि उदयपुरकोट (जसलाई धोवाघाटकोटका नामले चिनिन्छ ) आदि स्थानहरुमा अहिले पनि बसोवास रहेको पाइन्छ । यी गाउँ बस्तीहरुमा अहिले पनि अधिकारीहरुको बाक्लो वस्ती रहेको छ । यसका अतिरिक्त दाङ जिल्लाको दाङ उपत्यका र देउखुरी उपत्यकाका विभिन्न गाउँ शहरमा बसोवास गर्ने गर्दछन् । त्यसो त बाँके र बर्दिया जिल्लाका विभिन्न भागमा पनि वसोवास रहेको छ । आजभन्दा साठी वर्ष पहिले ५०० कुरीया कार्की भन्ने गरेको सुनिन्थ्यो । यी अधिकारीहरु उल्लेखित जिल्लाका अतिरिक्त सानो संख्यामा अन्य जिल्लाहरुमा पनि वासोवास गर्ने गर्दछन् । नेपालमा तत्कालिन समयमा रहेका वाइसे चौवेसे राज्यहरुमा उदयपुर राज्य वाहेक अन्य कुनै पनि राज्यमा ब्राह्मण राजा भएको इतिहास पाइदैन । धेरैलाई यी अधिकारीको वारेमा निकै चासो रहेको छ ।ब्राह्मणहरुले राज्य गर्नु र यी अधिकारी थरका हुँदाहुँदै पनि कसैले कार्की लेख्ने र कार्की भनिने हुनाले पनि चासो बढेको हुनसक्छ ।

चासोको कुरा गर्दा नेपालमा राज्य एकीकरण अभियानका क्रममा विक्रम सम्वत १८४३ मा शाहवंशीय सेनाहरु उदयपुरकोटपुगेका थिए । त्यतिवेला राजा इच्छाराम राजा भएको पाइन्छ । त्यतिवेला एकीकरण अभियानको नेतृत्व गरेका काजी दामोदर पाण्डे,जगजित पाण्डे, सरदार प्रवल राना र सुब्बा फौदसिंहले नेतृत्व दलसंग सम्पर्कगरि उदैपुर राज्यमा कुनै सेना नभएको र आफ्नै सिक्का समेत नभएको कुरा दर्शाएर ब्राह्मण राज्य भएकाकारणले हरण गर्न नहुने कुरा राखेपछि अभियानका अभियन्ताहरुले नेपाल सरकारको अधिनमा रहनेगरि उदयपुर राज्य स्विकार गरेको पाइन्छ । हरेक राज्यमा सेना प्रहरीहरु हुने गर्दछन् । तर उदैपुर राज्यमा कुनै सेना प्रहरी थिएनन् । राज्यका वासिन्दहरुआफै अनुशासितभएर नागरिक कर्तव्य पुरा गरेको पाइन्छ । ब्राह्मण राजाहरुले राज्य गर्ने हुनाले यसको राजपाठ अरुको भन्दा भिन्दै, नीतिशास्त्र अनुरुप शासन व्यवस्था सञ्चाचलन भएको थियो भन्ने कुरा पुर्वजहरुबाट सुन्न पाइन्छ । सायद यसरी नीतिशास्त्रबाट राज्य सञ्चालन गर्ने र स्वअनुशासनमा रहेर नागरिकहरुले कार्य गर्ने गरेको यो पहिलो राज्य हुनसक्छ ।
राजा रुद्रमणिको निधन हुँदा उनका छोरा जागेश्वर कम उमेरका भएकोहुनाले तत्कालिन चौतरिया जशोधरलाई राजपाठको हेरचाह गर्ने जिम्मा दिइयो । चौतरिया जशोधरको निधन पछि उनका छोरा मोतिराम चौतरिया भए । बाबुले राज्य सञ्चालन गरेको अनुभव र चौतरिया पदवी आफूले निर्वाह गर्न पाएकाले उनलाई पदको जिम्मेवारी वहन गर्न कुनै गह्रो भएन । चौतरिया मोतीरामका नौ भाइ छोराहरु थिए । त्यस मध्यका जेठा छोरा थिए जगन्नाथ । बाबुको निधन पछि र अर्को हुनेवाला चौतरियाको उमेर नपुगेका कारणले केही समयका लागि जगन्नाथले चौतरियाको जिम्मेवारी पाएका थिए । ति चौतरिया मोतीरामका सन्ततिहरुले आफ्ना पूर्वजहरुको कार्यलाई लिविवद्ध गर्नुका साथै वंश वृतान्त तयार पार्नका लागि साविक ढिकपुर गाविस अस्पारा गाउँमा मोतीरामका सन्ततिहरुको प्रथम भेला २०५५ साल मार्गमा सम्पन्न गरेका थिए । त्यसको दुई महिनापछि अर्थात २०५५मघ महिनामा दोस्रो भेला मोतीरामका कनिष्ठ पुत्रका सन्तति नारायण अधिकारीको निवास अम्वापुरमा सम्पन्न भयो । उक्त भेलाले सम्भव भएसम्म सम्पूणर् अधिकारी वन्धुहरुको भेला गर्ने र वंशावली प्रकाशन गर्ने निणर्यो गर्‍यो । उक्त भेलाको खवर राजा हरिप्रसादका कनिष्ठ पुत्र (राजाबाबु) गजराज समक्ष पुराइयो । सम्पूणर् वन्धुहरुको प्रथम भेला राजाबाबु गजराजको निवास भैसाहीमा सम्पन्न भयो । उक्त भेलाले मासिक रुपमा भेला गर्ने र वंशावलीको लगत लिने निणर्य गर्‍यो । त्यस अघि लामो समय देखि काममा खटेर चौतरिया मोतिरामका सन्तति यादवप्रसाद अधिकारीले वंशावलीको धेरै भाग संकलन गरिसक्नु भएको थियो । पटक पटक भएको जमघटले छुटेका वंश वन्धुहरुको लगत लिने काममा तीव्रता दियो । तेस्रो भेलादेखि पछिका सबै भेला तथा बैठकहरु भैसाही निवासी राजाबाबु गजराजको निवासमा सम्पन्न भएका थिए । वंशावली टिपोटको प्रथम चरणको कार्य सम्पन्न भएको महसुस भएकाले वंशावली प्रकाशनकालागि मिति २०५६साल पौष २७गतेका दिन प्युठान उदयपुरका राजा जशुधर अधिकारी कार्की वंशजहरुको दाङ भैसाहीमा मिलन कार्यक्रम आयोजना गरियो ।

उक्त मिलनकार्यक्रम (भेला) भैसाही निवासी गजराज शर्माको अध्यक्षता, साविक ढिकपुर ५ चयनपुर निवासी भेलाका ज्येष्ठ बन्धु पंं ऋषिराम उपाध्याय अधिकारीको प्रमुख अतिथ्यताममा सञ्चालन भएको थियो भने कार्यक्रमको सहजीकरण साविक ढिकपुर ७ अस्पारा निवासी पद्मप्रसाद शर्माले गर्नु भएको थियो । उक्त भेलाले “उदयपुर राज्यको इतिहास तथा राज्यस्थापना गर्ने प्रथम राजा जसुधर सन्तति अधिकारीहरुको वंशको चिनारी गराउन स्वर्गीय पं. प्रेमनारायण अधिकारीबाट प्रयास भएकोमा उक्त प्रकाशनमा संकलित जसुधर सन्ततिका नाम, स्थान, क्रम तथा राज्यको इतिहास सम्वन्धमा छुटेका कुरा, प्रमाण आदिको थप खोजविन सङ्कलन तथा शुद्धिकरणगरि भावि पिंढीलाई पुर्खाको गौरवपूणर् इतिहासका वारेमा अझ वढी जानकारी गराउन तथा भविश्यमा अग्रिम स्थानमा आफ्नो सक्रिय जीवन लगाउन प्रोत्साहित गर्ने पवित्र उद्देश्य राखि मिति २०५६पुस २७मा दाङ भैसाहीस्थित गजराज शर्माको घरमा भएको वन्धुहरुको भेलाबाट तदर्थरुपमा गठन भई कार्यारम्भ गर्ने तदर्थ कार्यकारी समिति गठन गरियो । ‘उपरोक्त कुरा अधिकारी वंशावली तथा इतिहास २०५८मा उल्लेख गरिएको छ ।) तदर्थ समितिमा अध्यक्ष विष्णुप्रसाद अधिकारी तुलसीपुर, सचिव यादव अधिकारी वेलहरी, सदस्यहरुमा वेदनिधि शर्मा अधिकारी नेपालगञ्ज बाँके, हरिहर शर्मा अधिकारी कोठरी, मोहन अधिकारी दुधरास, हिमालय अधिकारी दुधरास , चूडामणि अधिकारी नारायणपुर, कुलराज अधिकारी गैरागाउँ, शिवकुमार अधिकारी गैरागाउँ, रेशमा अधिकारी जजरागाउँ , भगिरथ अधिकारी जजरागाउँ, यनुप्रसाद अधिकारी भैंसकुर्मा, नारायण अधिकारी अम्वापुर , लोकराज अधिकारी फल्कापुर देउखुरी ,नेत्रमणि अधिकारी कौडिया देउखुरी ,केशव दीपक शर्मा नारेवाङ, गजराज शर्मा अधिकारी भैंसाही ,जगन्नाथ अधिकारी बाँसगढी , रमेश अधिकारी हापुर शिवपुर, माधव अधिकारी नेपालगञ्ज बाँके, रामकृष्ण अधिकारी खुरुरिया देउखुरी रहनुभयो । उक्त भेलामा विभिन्न स्थानबाट १३२ जनाको उपस्थिति रहेको थियो । गठित तदर्थ समितिलेको समय समयमा बैठक गर्नुका साथै आफ्नो तत्काल कार्य आरम्भ गर्‍यो ।

तदर्थ समितिले निकै मेहनतकासाथ वंशावलीको पाण्डुलिपि तयार पारेर छपाइको काममा संलग्न भयो । अन्य कृतिप्रकाशन गरेको भन्दा वंशावलीको काम केही जटिल भएकाले उत्तिकै सजग हुनु पर्ने थियो । समितिले निकै सजगताका साथ सकेसम्म त्रुटी नहोस भन्ने कुरामा सजग रह्यो । समितिमा नरहेर पनि गजराज पुत्र भैसाही निवासी डिल्लीराज अधिकारी र दुधरास निवासी मोहन अधिकारी पुत्र अर्का डिल्लीराज अधिकारीले वंशवृक्ष तयारी,कम्युटर टाइप तथा शुद्धा शुद्धिमा निकै सघाउनु भयो । कम्युटर अवधि र छपाइ अवधिभर राजाबाबु गजराज शर्मा अधिकारी आफै खटेर निकै सहयोग गर्नुभयो । वंशावली संकलनमा यादवप्रसाद अधिकारी वेलहरीको जति ठूलो योगदान रह्यो यसलाई पूणर्ता दिनका लागि राजाबाबु गजराज शर्मा अधिकारीले निकै सघाउनु भयो । यसका अतिरिक्त निकै वन्धुहरुको योगदानले विक्रम सम्वत २०५८सालमा ४१०पृष्ठको आकर्षक वंशावली छपाइ सम्पन्न भइ २०५८साल कार्तिक १२गते कोजाग्रत पूणर्िमाका दिन उक्त वंशावली विमोचन सम्मपन्न गरेको पाइन्छ ।

वंशावली प्रकाशनले जसुसन्ततिहरुले आफ्नो थर, गोत्र, प्रवर र राज्यका वारेमा जान्न सक्ने भएका छन् भने आफु कुन पुस्तामा छु ?कुन व्यक्तिसंग के नातापर्दछ भन्ने कुरा सजिलै जान्नसक्ने भएकाछन् । यसकार्यबाटआफ्ना पुर्वजहरुले गरेका कार्यहरुको वारेमा राम्रो जानकारी लिन सकेकाछन् । कतिपय अधिकारी वन्धुहरुले थरको स्थानमा शर्मा मात्र लेख्ने गरेकाले थर याद नहुँदा केही असहज हुने र आपसमै टाढाको सम्वन्ध भएकोमहसुसबाट वंशावली प्रकाशनले यो सबै दुविधा मेटाएको छ । यसमा कतिपय वन्धुहरु अझै जोडिन सक्नु भएको छैन । आगामी दिनमा सोध खोजबाट यसलाई जोडन आवश्यक छ । पहिले टाढाको महसुस हुने अवस्थाबाट अहिले अधिकारी वन्धुहरु मुक्त भएका छन् ।

वंशावली संकलन तथा प्रकाशन तदर्थ समितिले अधिकारी समाजलाई विधिवत रुपमा दर्तागरी कार्य अगाडि बढाउने उद्देश्यले २०५७ सालमा विधान मस्यौदा समिति गठन गर्‍यो । जसको संयोजकमा विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुर, सदस्यहरुमा नारायण अधिकारी अम्वापुर र पद्मप्रसाद शर्मा अधिकारी अस्पारा रहनु भयो । उक्त विधान मस्यौदा समितिले विधानको मस्यौदा विभिन्न चरणमा कार्य गरेर तयार पार्‍यो । उक्त विधानलाई दर्ता गर्नकालागि पनि केही विधिहरु पुरा गर्नु पर्दथ्यो । विधान मस्यौदा तयार भए पश्चात नयाँ कार्यसमिति तयार नहुँदासम्मकालागि तदर्थसमिति गठन गर्नुपर्ने र उक्त तदर्थसमितिले मस्यौदा विधान तयारगरि जिल्ला प्रशासनकार्यलयमा नियमसंगत बनाउनु पर्ने । साथै तदर्थसमितिले पारितगरि समितिमा रहेका सबैको दस्तखत हुनु पर्ने प्रवधान अनुसार तयार भएको विधानले तल्काल पूणर्ता पाउन सकेन ।

वंशावली प्रकाशन समितिबाट तयार भएको ४१०पृष्ठको वंशावली मिति २०५८साल कात्तिक १२गते कोजाग्रग पूणर्िमाको दिन घोराही स्थित राप्ती सुपरलजको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रम वंशावली प्रकाशन समितिका संयोजक विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुरको अध्यक्षता र ज्येष्ठ वन्धु अनन्तप्रसाद उपाध्याय अधिकारी अस्पाराको प्रमुख अतिथ्यतामा सञ्चालन भयो । जसको सहजिकरण विधान मस्यौदा समितिका सदस्य पद्मप्रसाद शर्मा अधिकारी अस्पाराले गर्नुभयो । भव्य समारोहका वीचमा “उदयपुर राज्यको इतिहास तथा अधिकारी वंशावली”को विमोचन कार्यक्रमका प्रमुख अतिथि अनन्तप्रसाद उपाध्यायले गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि अनन्तप्रसाद उपाध्यायलाई वंशावली प्रकाशन समितिद्वारा सम्मान गरिएको थियो । २०५६साल पौष २७गतेका दिन भैसाहीमा भएको भेला पछिको यो दोस्रो वृहत भेलाथियो ।
राप्ती सुपरलजको उक्त भेलामा वंशावली विमोचन सम्पन्न भए पश्चात अधिकारी समाज नामक एक समिति गठनगरि यसै समाज अर्थात यसै तदर्थ समितिका माध्यमबाट विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्य गर्नका लागि भेलाले “अधिकारी समाज तदर्थ समिति”चयनगर्‍यो । जसको अध्यक्षमा विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुर दाङ, उपाध्यक्ष यादवप्रसाद शर्मा अधिकारी वेलहरी, सचिव पद्मप्रसाद शर्मा अस्पारा, सहसचिव सूर्यप्रकाश शर्मा पाखापानी देउखुरी ,कोषाध्यक्ष दामोदर अधिकारी फुर्सेखाली, सदस्यहरुमा कुलराज अधिकारी गैरागाउँ, लोकराज अधिकारी कौडिया देउखुरी, हिमालयप्रसाद अधिकारी दुधरास रहनु भयो ।

कश्यप गोत्रीय उदैपुरे राजा जसुधरका सन्ततिहरुमा सद्भाव,प्रेमभाव,र सहयोगात्मक स्वभावको विकास गर्न तथा एकै पूर्वजका सन्ततिहरुको स्वाभिमान जगाई आपसमा पहिचान र सद्भाव विकासगर्ने पवित्र उद्देश्यकासाथ अधिकारी समाजको तदर्थसमिति गठन गरिएको थियो । त्यसो त समाज र राष्ट्र उत्थानको निम्ति समाजबाट सक्दो सहयोग पुर्‍याउने र कूलपूजा परंपरालाई निरन्तरता दिन बल पुर्‍याउने समेत यो समितिको उद्देश्य रहेको हो ।

जसुसन्ततिहरुको आपसी मिलनले अन्य क्षेत्रमा समेत सहयोग हुने र पूर्वजहरुको कार्यकूशलताको वारेमा जानकारी दिनु र लिनु सान्दर्भिक हुनेरहेछ । हामीले सामान्यतया हेर्दा एक जात वा जाति वा एउटा थरका मानिसहरु संगठित भएर के हुन सक्छ ? भन्ने प्रश्नगर्न पनि सक्छौं । तर पूर्वजहरुको अध्ययन गर्नु र सकारात्मक कार्यलाई चिरस्थाइ बनाउनु एउटा थर वा जातिबाट पनि सम्भव हुने कुरा हो । राम्रो कामको सिको जसबाट गर्दा पनि हुन्छ । अधिकारी समाजको तदर्थसमिति गठन पश्चात नेपथ्यबाट “अधिकारी समाज गैर सरकारी संस्था बन्ने र स्वदेशी तथा विदेशीआर्थिक सहयोगमा संलग्न रहने ”चिन्ता व्यक्त गरिएका कुरा पनि आएका हुन् । वास्तवमा नेपथ्यबाट आएको जस्तो अधिकारी समाजको चाहना हजारमा एक अंश पनि थिएन । अन्य थर, गोत्र र कश्यप गोत्रीय अधिकारीहरुको इतिहासमा फरक थियो र छ पनि । यो इतिहासले दिएको दायित्व पनि हो । यसैको महत्वलाई बुझेर प्युठान जिल्ला माण्डवी गाउँपालिकाले यो ऐतिहासिक स्थललाई चिरस्थायी बनाइ राख्नका लागि गुरुयोजना तयार गरेर उदैपुरकोट जसलाई घोवाघाटको नामले चिनिन्छ । यो क्षेत्रको विकासको लागि यतिवेलासम्म धेरै कार्यहरु अगाडि बढाएकोछ । धोवाघाटमा रहेको सुन्नानी (कतै सुन्दानी पनि भनिन्छ) मन्दिरको नजिकमा पुरानो दरवारको आकार निर्माणगरि उक्त भवनमा संग्राहलय स्थापना गर्ने । उक्त संग्राहलयमा उदयपुर राज्यमा प्रयोग भएका विभिन्न बस्तुहरुका साथै राजदरवारमा राजारानी, काजी चौतरिया र भाइभारदारहरुले प्रयोग गरेका विभिन्न बस्तुहरु र ऐतिहासिक दस्तावेजहरु समेत रहनेछन् ।

जसको प्राङ्गणमा सत्र पुस्ताका राजाको नाम अंकित स्तम्भ स्थापना गर्ने रहेको छ । त्यसमा राजा जसुका सन्ततिहरुले सत्रपुस्ताका राजाका तस्विरहरु समेत समावेश गर्ने सुझाव दिएकाछन् । संग्राहलयकै नजिकमा पार्क र फोहरा निर्माण गर्ने । साथमा पार्क समेत निर्माण गर्ने । पार्कका लागि सिमाङकन गर्ने र उक्त जमिनमा तारवारको काम सम्पन्न भइसकेको छ । फोहराकोलागि पोखरीको कार्य सम्पन्न भएको छ भने अन्य कार्य अगाडि बढेको छ । धोवाघाटकोटबाट देखिने दृश्य अत्यन्त मनोरम रहेकाले पर्यटकहरुको सुविधाकोलागि भ्यूटावरको पनि योजना रहेको छ । यी पंक्तिहरु तयार पार्दासम्म भ्यूटावरको जग निर्माणको कार्य सम्पन्न भएको छ । वनभोजकालागि वनभोजस्थल समेत निर्माण गर्ने योजना रहेको छ । आजभन्दा निकै वर्ष पहिले निर्माण भएको सुन्नानी देवीको मन्दिर हाल जीणर् अवस्थामा रहेकाले नयाँ मन्दिर निर्माणकोलागि फाउण्डेशनको काम सम्पन्न भएको छ । भ्यूटावरको साथमा सुन्नानी मन्दिर समेत तयार हुने छ । आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षण गर्नकालागि प्युठान रोल्पा सडकमा पर्ने नयाँगाउँबाट यहाँसम्म पुग्नका लागि सुविधायुक्त मार्ग निर्माण भइरहेको छ भने यसमार्गलाई छिट्टै कालोपत्रे गर्ने र घोवाघाटबाट स्वर्गद्वारीसम्म आउन जानकालागि बस सञ्चलन गर्न सकिने मार्गको विकास गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् । बहुवर्षिय योजनामा रहेको हुनाले योजनाका लागि रकम स्थानीय सरकार तथा प्रदेश सरकारबाट उपलब्ध हुनेछ ।

लामो समयसम्म (४००वर्ष भन्दा बढी) राज्य सञ्चालन भएको हुनाले उदैपुर राज्यको वारेमा खोज अनुसन्धान गर्न चाहनेहरुलाई छात्रवृतिको व्यवस्था गर्ने समेत योजनामा रहेको छ ।पहिले राजदरवार भएको स्थानमा हाल कामाक्षी माध्यमिक विद्यालय सञ्चालन भएको छ । यो भूमिको महत्वबुझेर स्थानीय पालिका, प्रदेश सरकार दुबै सरकारबाट यसको स्तर उन्नतिकोलागि सहयोग उपलब्ध भएकोछ । यी पूर्वाधार पुरा गर्नका लागि जग्गा अपुग भएकाले माण्डवी गाउँपालिकाले अधिकारी समाजबाट जग्गा खरिदगरि पालिकालाई प्रदान गरेमा कार्य सम्पन्न गर्न सहजहुने कुरा अनुरोध गरेकाले अधिकारी समाजको अगुवाइमा अधिकारी वन्धुहरुबाट आफूसक्दो सहयोग रकम जुटाइ हाल उक्त जग्गा- जग्गाधनीबाट पासगर्ने कार्य समेत सम्पन्न भएको छ । यसबाट कश्यप गोत्रीय अधिकारीहरुको मूलथलो उदैपुरकोट धोवाघाटकोटमा रचनात्म कार्यहरु शिघ्रनिर्माण भएर यो क्षेत्र अवलोकनकालागि तयारीमा रहनेछ । अहिले पनि आन्तरिक पर्यटकहरु पुग्ने र निर्माणाधिन संरचनाको वारेमा र राजदरवारका वारेमा जानकारी लिने गर्दछन् ।

यसरी आफ्ना पूर्वजहरुको इतिहास सोधखोज गर्नका लागि मूलथलोमा रहेका र त्यहाँबाट बसाई सराइ गरेर अन्य क्षेत्रमा पुगेका अधिकारी वन्धुहरुले वैधानिक रुपमा कार्यअगाडि बढाउन चाहे । सोही अनुसार गठित विधान मस्यौदा समितिले अफ्नो कार्य सम्पन्नगरि वंशावली विमोचनको समय २०५८कात्तिक १२गतेका दिनमा मस्यौदा विधान छलफल गराई आवश्यक सुझाव सहित पारित गर्ने काम भयो । मस्यौदा पारित गराएपछि यसलाई दर्ताको प्रकृयामा जानु पर्दथ्यो । विधान मस्यौदा समिति र अधिकारी समाज अधिवेशन तयारीसमिति दर्ताको तयारीमा लाग्यो । फलस्वरुप जिल्ला प्रशासन कार्यालय दाङमा मिति २०६० साल जेठ ४ गतेका दिन अधिकारी समाजको विधान २०५८दर्ता नम्वर ४३४मा दर्ता भयो । दर्ता विधान अनुसार कश्यप गोत्रीय ,काश्यप , आवत्सार, असित त्रीप्रवर भएका जसु कार्कीका सन्ततिहरु समाजको सदस्यता बन्न सक्ने र यी अधिकारीका सन्तानसंग विवाह भएका स्त्रीहरु पनि यसको सदस्य बन्न सक्ने प्रवधान रहेको हो । विशिष्ठ उद्देश्यकासाथ स्थापना भएको अधिकारी समाजको पहिलो अधिवेशन मिति २०६०साल असोज २३गतेका दिन दाङ घोराही स्थित दाङ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो । अधिवेशनको सभानायकमा तदर्थसमितिका अध्यक्ष विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुर रहनुभयो । उक्त अधिवेशनको प्रमुख अतिथिमा अधिकारी समाजका ज्येष्ठ वन्धु साविक ढिकपुर गाविस ७अस्पारा निवासी अनन्तप्रसाद उपाध्याय रहनुभयो । प्रथम अधिवेशनको उद्घाटन भगवतीको तस्विरमा प्रमुख अतिथिले माल्यार्पण गरेरे उद्घाटन गर्नु भयो भने प्रथम अधिवेशनमा प्युठान तिमिले निवासी १०१ वर्षिय बोधमाया देवी उपाध्याय र सत्रौं पुस्ताका राजा शान्तराजका माइला भाइ ८६ वर्षिय मीनराज अधिकरीलाई अभिनन्दन गरिएको थियो । उक्त प्रथम अधिवेशनमा शुभकामना व्यक्त गर्नेहरुमा प्रमुख अतिथि अनन्त प्रसाद उपाध्याय , अभिनन्दित व्यक्तित्व बोधमाया अधिकारी, गौतम समाजका प्रतिनिधि मीनराज गौतम,आचार्य समाजका प्रतिनिधि लोकमणि आचार्य, अधिकारी समाजको तर्फबाट राजाबाबु गजराज शर्मा अधिकारी भैंसाही हुुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन तदर्थ समितिका सचिव पद्मप्रसाद शर्मा अस्पाराले गर्नु भएको थियो । कार्यक्रमको आरम्भमा तदर्थ समितिका कोषाध्यक्ष दामोदर अधिकारी फूर्सेखालीले उपस्थित सबैलाई शब्दबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा समितिका सदस्य कुलराज अधिकारी गैरागाउँले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त अवसरमा दाङ देउखुरी, बाँके, प्युठान लगायतका बन्धुहरुको उल्लेख्य उपस्थिति हेरेको थियो ।

वन्दसत्र सञ्चालनका लागि कमल अधिकारी तुलसीपुर, दामोदर अधिकारी पनौरा र सानुनारायण अधिकारी देउखुरी(गुलरीया दाङ) लाई अध्यक्ष मण्डलमा चयन गरियो । वन्दसत्रमा सचिव पद्मप्रसाद शर्मा अस्पाराले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष दामोदर अधिकारी फुर्सेखालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सामान्य छलफल पश्चात दुबै प्रतिवेदन पारित गरिएको थियो । वन्दसत्रमै सर्वसम्मत किसिमले नयाँ कार्यसमिति चयन गरिएको थियो ।
padam6100@gmail.com

मास्क लगाउन अनुरोध गर्दै सुरक्षा अधिकारी र व्यवसायी सडकमा

राप्ती पोष्ट
घोराही, असार ।

दाङमा बैशाख १७ गतेदेखि लकडाउन जारी गरिएको थियो । लकडाउन खुकुलो पारिए संगै जिल्लाका बजारहरु बिहान ६ बजेदेखि बेलुकीको ६ बजे सम्म खुल्न थालेका छन् । बजार खुले संगै भिडभाड बढ्न थालेको छ ।

लकडाउनको समयमा सामाजिक दुरी कायम गर्ने मास्क प्रयोग गर्ने भनिए पनि भौतिक दुरी भने कायम गरिएको देखिएको छैन् । बजारका बिभिन्न पसलहरुमा भिडभाड तरिकाले व्यापार भैरहेका छन् । व्यावसायी तथा सेवा ग्राहीले सामाजिक दुरीको ख्याल गरेको पाइएको छैन् । यसै सन्दर्भमा घोराहीमा तपाईको मास्क खोइ ? अभियान संचालन गरिएको छ ।

कोरोना संक्रमणको खतरा कायमै रहेको र नागरिकहरुले लापरवाही गर्न थालेपछि प्रहरी प्रशासनले तपाइको मास्क खोइ अभियान संचालन सुरु गरिएको हो । पहिले पनि संचालन भएको अभियानलाई फेरी सुरु गरिएको हो । तपाईको मास्क खोइ, सामाजिक दुरी कायम गरौँ भन्ने अभियानलाई निरन्तरता दिदै आएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा मास्क खोइ अभियान सञ्चालन गरिएको हो । अभियान प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफलेले, दाङ जिल्ला उद्योग बाणिज्य संघका पदाधिकारीहरुले मास्क नलगाउने लाई मास्क वितरण गर्नुको साथै सचेत बनाएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनभयो । उनीहरुले पसल तथा सडकमा हिडने रहेका नागरिकलाइ मास्क वितरण तथा मास्कको सही प्रयोग गर्न आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नागरिकलाई स्वास्थ्य प्रति सचेत हुन आग्रह गर्नुभएको थियो । आफनो स्वास्थ्य प्रति आफै सचेत हुनु पर्ने उहाँको भनाइ रहेको छ । कोभिड १९ को सङक्रमण बाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने भन्दै सचेतना बनाउने काम गरि राखेको उहाँको भनाइ रहेको छ ।

लकडाउन खुकुलो भए पनि कोरोना सङक्रमणको जोखिम कामय नै रहेकाले सचेत हुनु पर्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताउनुभयो । संघले व्यवसायी तथा नागरिकलाई सचेत बनाउन कार्यलाई निरन्तरता दिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभयो ।

नदीजन्य पदार्थ उत्खनन र ओसार पसारमा संलग्न साधन प्रहरी नियन्त्रणमा

अवैध उत्खनन् रोक्न प्रहरीको सक्रियता

विमला घर्ती /राप्ती पोष्ट

घोराही, २७ असार ।

जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अवैध नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने साधन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अवैध रुपमा उत्खनन्मा प्रयोग गरिएका साधन विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले नदिजन्य पदार्थ दोहन गर्ने आठवटा साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराउनुभयो । उहाँका अनुसार सात वटा ट्याक्टर र एउटा जेसीवीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी इकाइहरु इलाका प्रहरी कार्यालय नारायणपुर, प्रहरी चौकी गोल्टाकुरी, प्रहरी चौकी रामपुर, अस्थाइ प्रहरी पोष्ट पर्सेनी र अम्बिकेश्वरीवाट खटिएको प्रहरी टोलीले अवैध नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गरिरहेको अवस्थामा साधनहरुलाई नियन्त्रणमा दिइएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका साधनहरुमा भे १ क ११६८ नम्बरको स्काभेटर, भे २ त १०९ नम्बरको ट्याक्टर रहेका छन् । यस्तै रा १ त २९५५, भे १ त ९० ६५, रा १ त ७५२, रा १ त ४१७८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । शनिबार राति र आईतबार विहान जिल्लाका विभिन्न प्रहरी टोलीको सहयोगमा ट्याक्टर र जेसिवीलाई नियन्त्रणमा लिएको प्रवक्ता रिजालले बताउनुभयो ।

ट्याक्टर र जेसिवीलाई नियन्त्रणमा लिइ आवश्यक थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । असार १ गतेदेखि कुनै पनि वहानामा नदिजन्य पदार्थको उत्खन्न, डम्बपिङ, विक्री वितरण गरेकोमा कारवाही गरिने निणर्य भएको छ ।

सगरी जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक सुरेश काफलेले अवैध ढुंगा गिट्टी बालुवा उत्खनन् नियन्त्रण गर्ने अभियानमा लागेको बताउनुभयो । केही समय अगाडीको पत्रकार भेटघाटका क्रममा पनि यो कामलाई तत्काल नियन्त्रणका लागि कदम चलाउने बताउनुभएको थियो ।

साथै उहाँले अवैध रुपमा नदि जन्य पदार्थ उत्खनन नगर्न अनुरोध गर्नुभएको छ । अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन्को वारेमा जन गुनासो आएको वताउदै अवैध दोहन हुन नदिने बताउनुभएको हो । नदी जन्य पदार्थ अवैध रुपमा दोहन हुन्छन् भन्ने धेरै गुनासो आएको आएको बताउनुभयो । ‘म आए देखि मेरो कार्यकाल रहदासम्म नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् हुदैन र हुन पनि दिन्न’ उहाँले भन्नुभयो ।

बालवालिकालाई लक्षित गरेर यूरोकिड्स संचालनमा

राप्ती पोष्ट

घोराही, २७ असार ।

घोराही उपमहानगरपालिका १५ रतनपुरमा फरक तयारीका साथ यूरोकिड्स पूर्व प्राथमिक विद्यालय संचालनमा ल्याइएको छ ।
विद्यालयको आइतवार औपचारिक रुपमा उद्घाटन गरिएको थियो । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले विद्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख चौधरीले विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिनुपर्ने भन्दै नयाँ नयाँ हुँदा राम्रो गर्ने तर पछि त्यसलाई कायम गर्न नसक्ने नहोस भन्ने आग्रह गर्नुभयो ।

पछिल्लो समयमा थुप्रै संस्थागत विद्यालयहरु संचालन हुने क्रम बढेको भन्दै गुणस्तरितामा ख्याल गर्न मेयर चौधरीले सुझाव दिनुभयो । उहाँले शिक्षाको क्षेत्रमा गरिएको लगानीले दक्ष जनशक्ति उत्पादन हुनुपर्ने भन्दै युरोकिड्सले साना बालवालिकाहरुलाई राम्रो शिक्षा र संस्कार दिन आग्रह गर्नुभयो ।

हाल भौतिक पुर्वाधारको काम सम्पन्न भएसंगै उद्घाटन गर्ने काम गरिएको स्कुल प्रमुख सुधिर बस्यालले जानकारी गराउनुभयो । यसका साथै शैक्षिक व्यवस्थापनका लागि विदेशवाट जनशक्ति ल्याइएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नंं. १५ का अध्यक्ष रमेश पाण्डे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बालवालिकाका अभिभावहरु, स्थानीय, शिक्षासेवी लगायतको सहभागिता रहेको थियो ।

पत्रकारहरुका लागि आयुर्वेदिक औषधी उपलव्ध

राप्ती पोष्ट

घोराही, २५ असार ।

कोरोना जितेका र संक्रमण नभएका दाङ जिल्लाका पत्रकारहरुलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ ।
राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुरले दाङका कोरोना संक्रमण भएका पत्रकारहरुका लागि आयुर्वेदिक औषधी प्रदान गरेको थियो भने अन्यलाई च्यवनप्राश उपलव्ध गराएको थियो । शुक्रवार पत्रकार महासंघलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर्वेदिक औषधीहरु प्रदान गरिएको थियो ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने च्यवनप्राश, तुलसी चिया लगायत तीन किसिमका सामग्रीहरु प्रदान गरिएको थियो । कार्यक्रममा चिकित्सालयका डां मदन बुढाथोकीले औषधी सेवनको तरिका र फाइदाका बिषयमा जानकारी गराउनुभएको थियो । यो भन्दा अगाडी पनि यस्तो कार्यक्रम गरिएको जानकारी गराउनुभएको थियो । स्वस्थ जीनवका लागि आयुर्वेदिक औषधीको महत्वको विषयमा बताउदै उहाँले सही तरिकाले सेवन गर्न आवश्यक भएको बताउनुभएको थियो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यले पोष्ट कोभिडका विरामीहरुलाईको स्वास्थ्यलाई मध्यनजर गर्दै औषधी वितरणको कार्यक्रम अगाडी बढाइएको जानकारी गराउनुभयो । खासगरी प्रन्टलाइनमा काम गर्नेहरुहरुलाई प्राथमिकता दिएको उहाँको भनाई थियो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले कोरोना संक्रमण भएका पत्रकारहरुको स्वास्थ्यलाई प्राथमिकता दिदैँ औषधी वितरण गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रम पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

लायन्स क्लवहरुमा नेतृत्व परिवर्तन

राप्ती पोष्ट
घोराही, असार ।

दाङ जिल्लामा रहेका एक दर्जन भन्दा धेरै लायन्स क्लवहरुमा नेतृत्व परिवर्तन थालिएको छ । समाज सेवाको क्षेत्रमा कृयाशिल लायन्स क्लवहरुले हरेक बर्ष नेतृत्व परिवर्तन गर्दछन् । लायन्स क्लवको नयाँ कार्यकाल हरेक अंग्रेजी बर्षको जुलाई १ तारेकबाट सुरु हुने गर्दछ ।

लायन्स क्लव घोराही सिटीका अध्यक्ष ललित श्रेष्ठ
लायन्स क्लव दाङका अध्यक्ष गणेश अधिकारी

सोही क्रममा लायन्स क्लव राप्ती इञ्जिनियरिङ, लायन्स क्लव राजविद्या, लायन्स क्लव घोराही सिटी, लायन्स क्लव दाङ लगायत सवैले नयाँ नेतृत्व चयन गरेका छन् । यसैगरी लायन्स क्लव अफ राप्ती इन्जिनियरिङको अध्यक्षमा रेशम गिरी चयन हुनुभएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा मधुसदन वैद्य, द्वितीय उपाध्यक्षमा कर्णबहादुुर पुन, तृतीय उपाध्यक्षमा शरद अधिकारी, सचिवमा कृष्ण बहादुर वली र कोषाध्यक्ष रोसन रानालाई चयन गरिएको छ ।

त्यस्तै क्लव सर्भिस चियरमेनमा लायन डा.शैलेन्द्र गिरी, क्लव एलसीआइएफ कोडिनेटर लायन संगिता गिरी, स्वाथ्य निर्देशकमा लायन सरिता गिरी, शिक्षा तथा वातावरण कार्यक्रम निर्देशकमा लायन खेमराज मल्ल, मेम्बरसिप चिर्यरप्रसन लायन ई.बावुराम जोशी, क्लव निर्देशकमा लायन सन्तोष गिरीलाई चयन गरिएको छ ।

त्यस्तै गरी क्लव मार्केटिङ तथा संचार अध्यक्षमा लायन धनेश्वर चौधरी, सामुदायिक कार्यक्रम निर्देशक लायन हेमराज बैद्य, क्लव मार्केटिङ अध्यक्षमा अशोक गिरी चयन भएका छन् । त्यस्तै गरी सह कोषाध्यक्षमा हिमाली गिरी, समाजसेवा कार्यक्रम निर्देशक लायन शुशिला आचार्य, सह सचिवमा माधव अधिकारी, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विकास निर्देशकमा लायन वयलसन गिरी, वित्तिय निर्देशकमा भुमिका जि.सी., सदस्यता वृद्धि अध्यक्ष विश्वबन्धु थापा, अतिरिक्त क्रियाकलाप निर्देशकमा हेमराज शर्मा, कार्यक्रम व्यवस्थापक निर्देशक लायन करिना खडका र अतिथि सत्कार निर्देशकमा संगीता बुढा चयन हुनुभएको छ ।

घोराहीमा रहेको पुरानो मध्यको लायन्स क्लव घोराही सिटीमा पनि नयाँ नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा ललित श्रेष्ठ, प्रथम उपाध्यक्षमा पवन योगी, द्वितिय उपाध्यक्षमा विवेक आचार्य र तृतिय उपाध्यक्षमा ओविन्द्र बहादुर महरालाई चयन गरिएको छ । यसैगरी सचिवमा पुष्पराज आचार्य र कोषाध्यक्षमा सनत गिरीलाई चयन गरिएको छ ।
उता तुलसीपुरमा रहेको लायन्स क्लव अफ दाङका अध्यक्षमा गणेश अधिकारी चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर डाँगी, प्रथम उपाध्यक्षमा भागवत घिमिरे, द्वितिय उपाध्यक्षमा बिनिल केसी, तृतीय उपाध्यक्षमा लोकबहादुर विष्ट, महासचिवमा भोजराज न्यौपाने, कोषाध्यक्षमा सुमन डाँगी, सह–सचिवमा सिमा बुढाथोकी र सह–कोषाध्यक्षमा गोरख वलीलाई चयन गरिएको छ ।

त्यस्तै मेम्बरसिप डाईरेक्टरमा कोमल डाँगी, टेलटवाइस्टरमा गोपाल रावत, पिआरोमा प्रमोद बस्नेत, टेमरमा केशव भुसाल हुनुभएको छ । सोही क्लवको पहलमा दुईवटा नयाँ क्लव निर्माण गरिएको छ । लायन्स क्लव अफ दाङ कालिका मालिका र लायन्स क्लव अफ् दाङ टिचर गठन गरिएको छ । जसमध्य कालिका मालिकाको अध्यक्षमा बिरेन्द्र खड्का र लायन्स क्लव अफ दाङ टिचरका अध्यक्षमा ठांकुर डाँगीलाई चयन गरिएको छ ।

यस्तै लायन्स क्लब अफ स्वर्गद्वारीमा पनि नयाँ पदाधिकारी चयन गरिएको छ । अध्यक्ष लोकमणि गौतमले लायनबर्ष २०२१÷२०२२ का लागि तारा प्रसाद पोख्रेललाई पद हस्तान्तरण गर्नुभएको थियो ।

 

मोटरसाइकल चोरी गर्ने गिरोह खोज्दै प्रहरी

आठजना जनालाई पक्राउ गरेर सार्वजनिक

राप्ती पोष्ट
घोराही, असार ।

दाङमा मोटरसाइकिल चोरीका घटना बढ्न थालेपछि प्रहरीले चोरीका घट्ना रोक्न सक्रियता बढाएको छ । केही दिन यता दाङ जिल्लामा दैनिक जसो मोटरसाइकिल हराएको उजुरी जिल्ला प्रहरी कार्यालयमा पर्न थालेका थिए ।
दैनिक रुपमा मोटरसाइकिल चोरीका घट्ना हुन थालेपछि अभियान चलाउनु परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ‘दैनिक रुपमा चोरीका घटना हुन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट अभियाननै चलाएर चोरी गर्नेरुलाई पक्राउ गर्न थालिएको हो ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो । सोही क्रममा दाङबाट चोरी गरी रोल्पा र प्युठान पु¥याईएका १३ वटा मोटरसाईकल सहित आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

दाङबाट चोरी गरी रोल्पा र प्युठान पु¥याईएका विभिन्न कम्पनीका १३ वटा मोटरसाईकल सहित चोरी गर्ने गिरोहका नाईकेलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यसरी पक्राउ पर्नेमा एक जना भारतिय नागरिक समेत रहेका छन् । यस्तै पाँच जना रोल्पाका, दाङ र प्युठानका एक÷एक जना रहेका छन् ।

भारत बलरामपुर तुलसीपुर थानाका २२ बर्षिय मोहम्मद रफिक, घोराही उपमहानगरपालिका १९ का १९ बर्षिय जाबेद खान र प्युठान स्वर्गद्धारी नगरपालिका ३ जलुकेका २४ बर्षिय ठगिराम थापालाई पक्राउ गरिएको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभयो । अन्य पक्राउ पर्नेमा रोल्पा सुनिलस्मृती गाउँपालिका ३ सुलिचौरका २८ बर्षिय श्रीजात अन्सारी, लुंग्री गाउँपालिका ४ नम्जाका २६ बर्षिय लेखनाथ विष्ट, वडा नम्बर ५ बडाचौरका २५ बर्षिय टेकेन्द्र बिष्ट, वडा नम्बर ६ गुम्चालका २६ बर्षिय नुमबहादुर रोका क्षेत्री र २२ बर्षिय हिराबहादुर बिष्ट रहेका छन् ।

पक्राउ परेका श्रीजात अन्सारी ग्लोवल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाईकल खरिद गर्न गिरोह परिचालन गरेको प्रबक्ता डिएसपी रिजालको भनाई छ । त्यसैगरी, प्युठान जलुके स्थित थापा अटो पार्टसका सञ्चालक ठगिराम थापाले चोरीका मोटरसाईकल खरिद गर्ने र विक्रि गर्दै आएको अनुुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरीमा दैनिक मोटरसाईकल चोरीका निबेदन आउन थालेपछि प्रहरी सहायक निरिक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभयो ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले कुनै पनि अपराधलाई सामान्य नठान्ने बताउनुभयो । पाँचदिन पहिले दाङमा प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनुभएक्ँ काफ्लेले मोटरसाईकल चोरीका घटना चुनौतीपूर्ण बन्दै गएको पाएपछि मोटरसाईकल खोजी र गिरोह पक्राउमा पहिलो कार्वाही थालेको जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता रिजालले दाङ जिल्लामा यस अघि पनि मोटरसाइकिल हराउने गरेको भएपनि पछिल्लो समय बढी नै संख्यामा मोटरसाइलिक हराइरहेको बताउनुभयो । मोटरसाइकिल चोरी गर्ने गिरोहले पहाडी जिल्लामा लगेर विक्रि गर्ने, मोटरसाइकिलका सामग्री निकालेर अरु मोटरसाइकिलमा प्रयोग गर्ने गरेको पाइन्छ । चोरीका मोटरसाइकिल प्रयोग नगर्न पनि प्रहरी प्रवक्ता रिजालले सवैलाई आग्रह गर्नुभएको छ ।

 

 

 

‘सेटिङ’ मिलाएर जिल्ला बाहिर सवारी संचालन गरिदै

छवी पुरी÷राप्ती पोष्ट
दाङ, असार ।

घोराहीको दोस्रो ठूलो बजारका रुपमा रहेको नारायणपुरबाट घोराही हुँदै बस भरी यात्रु लिएर शुक्रबार दिउँसो करीव ३ बजे यात्रु वाहक बस काठमाडौँ जाँदै थियो । घोराहीको ट्राफिक चोकमा गएर बस पार्किङ गरी केही यात्रु कुरीरहेको बेला एक जना ट्राफिक आएर बसका चालकसँग सोध्नुभयो, बस कहाँ जाँदैछ ? बस चालकले भन्नुभयो, सर हामी काठमाडौका लागि हिँडेको । फेरी ट्राफिक प्रहरीले सोध्नुभयो, सवारी पास त होला नी ? बस चालकले छ भन्नुभयो । उसो भए हेरौँ न भने पछि बस चालकले बसको सहयोगीलाई बोलाउँदै कागज पत्र देखाउन आग्रह गर्नुभयो । कागज पत्र हेर्दा घोराही उपमहानगर पालिका वडा नम्बर १० को वडा कार्यालयले जिल्ला प्रशासनलाई दाङबाट काठमाडौँसम्म कामका लागि जाने १४ जना चढ्ने यात्रु वाहक बसको नम्बरसहित सवारी पास गरेको सिफारिस मात्रै थियो । अनि जिल्ला प्रशासनले दिएको पास खोई भनी सोध्दा बसका सहयोगीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले सवारी पास दिलाई दिन भनी लेखेको अर्को पास देखाए । यो त भएन, सवारी पास बिना त कसरी छाड्ने ? सरकारले नै एक जिल्लाबाट अर्को जिल्ला जान परे सवारी पास अनिवार्य गरेको छ । जिल्लाबाट बाहिरिने बसलाई यसरी छाड्न मिल्दैन भनी जवाफ दिए ।

बसमा ३७ सिट भएपनि ४५ जना भन्दा बढी बसेका थिए । ना ६ ख २४८२ नम्बरको उक्त यात्रु वाहक बसले सवारी पास बिना दाङबाट काठमाडौँसम्म यात्रु लैजान थालेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा आउन बसको कर्मचारीलाई आग्रह गर्नुभयो । केही बेरको कुराकानीपछि उक्त बस गन्तव्यतिर लाग्यो । बस पास बिना कसरी गयो थाहा भएन ।
यस्ता उदाहरण दैनिक जसो हुने गरेको छ । काठमाडौँबाट दाङ आउने र दाङबाट जिल्ला बाहिर जाने बसले पनि बाटोमा ट्राफिकलाई यसै गरी आँखा छलेर यात्रु ओसार्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीलाई पास बिनाको बस यात्रु लिएर काठमाडौँ जान थालेको भन्दै सोध्दा पास बिनाका बस जिल्ला बाहिर नगएको जानकारी दिनुभयो । जबकी उक्त बस उहाँको कार्यालय अगाडी करीव आधा घण्टा भन्दा धेरै समय उभिएको थियो । र, बसका कर्मचारी कागज पत्रको सेटिङ मिलाउन ट्राफिक कार्यालयमा पुगेका थिए ।

घोराही १० को वडा कार्यालयले १४ जनाको पास बनाई दिन सिफारिस गरेको वडा अध्यक्ष चित्रबहादुर डाँगीले बताउनुभयो । यता, घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले बिहीबार दाङबाट काठमाडौंका लागि दुई वटा बसका लागि सवारी पासको लागि जिल्ला प्रशासनमा सिफारिस गरिएको बताउनुुभयो । एउटा बसमा २५ जनाभन्दा बढी यात्रु राख्न नमिल्ने भएकाले सोही आधारमा सिफारिस गरिएको उहाँको भनाई छ ।

प्राय सबै जिल्लामा लकडाउन खुकुलो भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय खुलेका छन् । काम गर्नेहरु गन्तब्यमा पुग्नु पर्ने पनि भएको छ । तर, बस व्यवसायीहरुले सेटिङका आधारमा सरकारले जारी गरेको मापदण्ड उल्लंघन गर्दै बसभरी यात्रु राखेर निर्वाध बस देशैभर गुडाईरहेका छन् । यस तर्फ यातायात व्यवसायीहरुको अभिभावक संस्था पनि मौन देखिन्छ । दाङमा नेपालगंज जाने यात्रु वाहक सवारी सामान्य अवस्थामा जस्तै गुडिरहेका छन् ।

तर, ट्राफिक प्रहरीले जिल्ला बाहिर त्यसरी सवारी नजाने गरेको दावी गर्दै आएको छ । यस्तै, जिल्लाभित्र संचालनमा रहेका यात्रु वाहक बसले साविककै भाडादरमा यात्रु बोक्ने गरेपनि अहिले दाङबाट काठमाडौंको यात्रु भाडा दोब्बर बढी लिने गरेका छन् । साविकको भाडा दर डिलक्स बसमा १ हजार भएपनि अहिले बस भरी यात्रु पनि राख्ने तर भाडा भने २ हजार देखि पच्चीस सयसम्म लिने गरेका छन् । एक यात्रुले भन्नुभयो, ‘ आफुलाई जानै पर्ने अवस्था छ, बसले जति भने पनि तिर्नै पर्यौ के गर्नु, बस भरी यात्रु हालेको छ कोरोनाको जोखिम छ तर बसमा स्वास्थ्य सुरक्षाका केही साधन पनि छैन ।’
उता, वडा प्रहरी कार्यालय लमहीले पूर्वपश्चिम राजमार्ग भएर जिल्ला बाहिरबाट आएका सार्वजनिक सवारीको सवारी पास नियमित जाँच हुने गरेको बताउनुभयो । कतिपय सार्वजनिक बसले बिना पास पनि चलाएको भेटिएको उहाँको भनाई छ । सम्बन्धित स्थानबाट छुटेका बसलाई त्यहीँको प्रहरी प्रशासनले रोक्न नसक्दा बिच बाटोमा यात्रु अलपत्र पार्न पनि नसकिने भन्दै व्यवहारिकता हेरेर चेतावनी दिँदै छाड्ने गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निक्षिक राजन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समस्या छ, लामो बाटो तय गरेर यात्रु लिएर आएका बसहरुलाई के गर्नु व्यवहारिकता हेरेर छाड्नुपर्छ, नियम नमान्ने परिपाटीले समस्या भएको छ’, उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय दाङको सवारी पास वितरण शाखाले बिहीबार प्रशासनबाट १२ वटा मात्रै पास जारी भएको जनाएको छ । पास वितरण शाखाका अधिकृत नवराज शर्माले १२ वटा सवारी पास मध्ये ३ वटा ठूला बसको र ९ वटा साना सवारीको मात्रै रहेको बताउनुभयो । उहाँका अनुसार यात्रु वाहक बसहरुमा हेटौडा, धादिङ र रुकुमका लागि मात्रै पास जारी भएको छ । उहाँले काठमाडौँ जाने बसका लागि पास नदिएको प्रष्ट पार्नुभयो ।

बसका कर्मचारीले पनि काठमाडौंका लागि ललितपुरबाट पनि पास बनाएका थिएनन् । तर, बस भरी यात्रु बोकेर हिँडेको बसले काठमाडौं हिँडेको पाइएको छ । यसले प्रहरी प्रशासनकै खिल्ली उडाएको देखिएको छ । कोरोना महामारीका बेलामा सार्वजनिक यातायात जिल्ला बाहिर संचालनको अनुमति दिइएको छैन । तर, पास लिएर सिमित यात्रु बोक्न सकिने प्रावधान भएपनि यसको पालना हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाबाट जारी हुने पास र अनुगमनको विषय प्रभावकारी रुपमा भईरहेको बताउनुभयो । तर, कार्यान्वयन तहमा यो अभ्यास भने प्रभावकारी रुपमा भएको पाइएको छैन । बस भरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुसँग दोब्बर बढी भाडा असुल्ने काम हुँदा पनि प्रहरी प्रशासनले यातायात व्यवसायीसँग साँठगाँठ गर्दै आवागमनमा सहयोग गररहेको देखिएको छ । दाङमा जिल्लाबाहिरबाट दैनिक कम्तिमा आठ वटाभन्दा बढी सार्वजनिक सवारी आउने गरेका छन् । मापदण्ड अपनाउन नसक्दा र मन लाग्दी जिल्ला बाहिरबाट यसरी यात्रु बोक्दा कोरोनाको जोखिम उच्च रहेकाले बेलैमा स्थानीय प्रशासन र सरोकार निकायले गम्भीर रुपमा यसको नियमन गर्नुपर्ने नागरिकहरुको आग्रह छ ।

 

 

छिटो छरितो मुद्दा फच्र्छ्योट हुँदै

 

जिल्लामा करिव दुई हजार मुद्दा फछर््यौट

विमला घर्ती/राप्ती पोष्ट

घोराही÷असार । दाङ देउखुरी जिल्ला अदालतमा आएका मुद्दाको तत्कालै फछ्यौट हुन थालेका छन् । चालु आर्थिक बर्ष २०७७÷०७८ को असार १५ सम्म एक हजार नौ सय ३९ मुद्दा फछर््यौट गरेर जिल्ला अदालतले उदाहरणिय काम गरेको छ ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाले पछिल्ला समयमा मुद्दाको टुंगो छिटो छरिटो रुपमा गरिदैँ आएको बताउनुभयो ।  उहाँका अनुसार गत बर्षबाट एक हजार चार सय ४८ मुद्दा लगत सरि आएका थिए भने नयाँ दुई हजार दुई सय ३५ मुद्दा दर्ता भएका थिए । अदालतमा तीन हजार छ सय ८३ रहेका थिए । न्यायाधीश थापाका अनुसार अव एक हजार सात सय ४४ मुद्दा टुंगो लाग्न बाँकी रहेका छन् । अदालतमा आएका मुद्दाहरु छिटो भन्दा छिटो टुङ्ग्याउनका लागि लागिरहेको पनि उहाँले बताउनुभयो ।

जिल्ला अदालतको तथ्यांकका आधारमा हेर्ने हो भने तुलनात्मक रुपमा धेरै मुद्दा सम्बन्ध बिच्छेदका आउने गरेका छन् । एक हजार छ मुद्दामा छ सय ७८ फर्छ्यौट भएका छन्, भने तीन सय २८ बाँकी रहेका छन् । यस्तै चार सय १४ अंश सम्बन्धि मुद्दामा एक सय ९१  मुद्दाको टुंगो लगाइएको छ, भने दुई सय २३ बाँकी रहेका छन् ।

लेनदेन सम्बन्धि दुई सय ६९ मुद्दामा एक सय ६२ मुद्दा फर्छ्यौट भएका छन्, भने एक सय सात बाँकी रहेको तथ्यांक छ । लिखित बदर सम्बन्धि तीन सय २८ मुद्दामा एक सय एक फर्छ्यौट गरिएको छ, भने दुई सय २७ बाँकी रहेको छ । यस्तै जबरजस्ती करणी सम्बन्धि एक सय ७८ मुद्दामा ९५फर्छ्यौट गरिएको छ, भने ८३ बाँकी, ज्यान मार्ने उद्योगका एक सय तीन वटा मुद्दा परेका छन् । जसमा ५६ मुद्दाको फर्छ्यौट गरिएको छ, भने ४७ फर्छ्यौट हुन बाँकी रहेको छ ।

यसैगरी कर्तव्य ज्यानका ५९ वटा मुद्दामा ३५ फर्छ्यौट तथा २४ बाँकी छन् । बहु बिवाहका ५५ मुद्दामा २७ फर्छ्यौट तथा २८ बाँकी छन् । बालविवाह सम्बन्धि १२ मुद्दामा सातको फर्छ्यौट गरिएको छ । भने पाँच बाँकी रहेका छन् । लागुऔषध सम्बन्धी ५८ मुद्दामा २६ फर्छ्यौट गरिएको छ, भने ३२ बाँकी छन् । वन र वन्यजन्तु सम्बन्धी ५८ मुद्दा मध्ये ७८ फर्छ्यौट ९१ बाँकी रहेका छन् ।

जालसाज सम्बन्धि दुई सय ७५ मुद्दामा एक सय दुई फर्छ्यौट गरिएको छ, भने एक सय ७३ बाँकी रहेका छन् । चेक अनादर सम्बन्धि एक सय ९८ मुद्दामा एक सय १० फर्छ्यौट गरिएको छ । भने ८८ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । यस्तै घरेलु हिंसाका २७ मुद्दामा १४ को फर्छ्यौट गरिएको छ, भने बाँकी १३ मुद्दा रहेका छन् । न्यायाधीश थापाले कोरोनाका कारणले मुद्दा फैसलामा केही असर गरेको बताउनुभयो ।

 

 

यसैबीच घोराहीमा बिहीबार अदालतमा प्रयोगमा आउने कानुनी शब्द तथा कार्यविधि सम्बन्धि आधारभुत ज्ञानका बिषयमा छलफल गरिएको छ । दाङ जिल्ला अदालतको आयोजना तथा पत्रकार महासंघ दाङको समन्वयमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायधीश रितेन्द्र थापाले कार्यपत्र प्रस्तुत गर्दै कानुनी भाषाका बिषयमा जानकारी गराउनुभएको थियो । कानुनी भाषाको बिषयमा अभ्यस्त हुन नसक्दा कतिपय समाचारहरुमा गलत कुरा प्रकाशित र प्रशारित हुँदै आएकोमा सचेत गराउनुभएको थियो । अदालती बिषयहरु आफैमा जटिल हुने हुँदा रिपोर्टिङ कम हुने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले लोकतन्त्रलाई सबल सक्षम र दिगो बनाउन न्यायलय र मिडियाबीचको सम्बन्ध सुमधुर हुनु पर्ने बताउनुभएको छ । कार्यक्रममा उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र खबरपालिका एक अर्काका परिपूरक भएको उल्लेख गर्नुभयो । उहाँले यी संयन्त्र लोकतन्त्रलाई सबल र दिगो बनाउने राज्यका महत्वपूर्ण अंग भएको धारणा व्यक्त गर्नुभयो ।

गौतमले बदलिँदो परिवेश अनुसार अहिले संचारमाध्यमको विकास सँगसँगै चुनौति थपिँदै गएको पनि बताउनुभयो । जसका लागि संचारमाध्यमले आफुलाई स्वनियमन गर्न सकेमा बेला बेलामा विवादका रुपमा देखा पर्ने समस्या नदोहोरिने तर्क गर्नुभयो । पत्रकार, संचार प्रतिष्ठानले समाचारमा सत्यता, निष्पक्ष र प्रभावकारी बनाउन स्वअध्ययन र सत्यता, निष्पक्षताको आधारमा पुग्न सक्नु पर्ने उहाँको धारणा छ । अदालतले गर्ने आदेश र फैसलालाई राम्रोसँग यकिन गर्न, समाजमा समाचारले पार्ने प्रभाव ख्याल गर्न तथा अदालति समाचारमा कम्तिमा दुई पटक यकिन गरेर समाचार प्रकाशन प्रशारण गरेमा विश्वसनीय र सन्तुलित हुन सक्ने बताउनुभयो । अन्यथा अपूरो अधुरो समाचारले कसैको जीवन मरणको सवाल पनि बन्न सक्ने र न्याय सम्पादनमा अदालतलाई पनि प्रभाव पर्न सक्ने हुँदा थप जिम्मेवार बन्न उहाँको आग्रह थियो । उहाँले समाजमा उत्पन्न हुने समस्यालाई मेलमिलापबाट विवादको टुंगो लगाउन सहयोग पुर्याउन पत्रकारहरु पनि यस तर्फ पनि जिम्मेवार बन्न सक्नु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले अदालतको रिपोर्टिङका विषयमा पत्रकारहरुलाई अदालती ज्ञान बढाउन यस प्रकारका कार्यक्रमले निकै लाभ मिलेको बताउनुभयो । नागरिक समाज दाङका संयोजक केवी मसाललले न्यायपालिका र पत्रकारहरु बीच निष्पक्ष सहकार्य आवश्यक रहेको तर्क गर्नुभयो । अदालतका श्रेस्तेदार धनसिंह गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत राजेन्द्रकुमार शर्माले गर्नुभएको थियो ।

 

 

‘अपराधको जड लागुऔषध र मदिरा’

राप्ती पोष्ट

तुलसीपुर/असार । मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले नेपालको सन्दर्भमा अधिकांश अपराधको जड लागु औषध र मदिरा सेवन भएको बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका सन्दर्भमा बोल्दै अध्यक्ष खनालले यस्तो बताउनुभएकोे हो ।

उहाँले अपराधलाई पूर्ण रुपमा निर्मुल गर्न नसकिएपनि लागु पदार्थको सेवन र मदिरालाई नियन्त्रण गर्न सक्ने हो भने अवराधका घटनाहरुमा पनि स्वतः कमी आउने दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘ मदिरा दुब्र्यसनबाट हुने अपराधको सूचि लामो छ, त्यसैले यसलाई रोक्नका लागि सवै लाग्नुपर्छ ।’ मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्यसमितिले शनिबार लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

हरेक बर्ष जुन २६ को सन्र्दभमा शान्ति समाजले बर्षेनी बिद्यालय, समुदाय र सडक लगायतमा केन्द्रित लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । कोभिड महामारीका कारणले शान्ति समाजले भर्चुअल मार्फत कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा समाजका बरिष्ठ उपसभापति सुशील बस्नेतले नेपालमा अधिकांश सडक दुर्घटनाका पछाडिको कारण अत्यधिक मदिरा सेवन रहेको बताउनुभयो । समाजमा हुने अनेकन खालका झै–झगडा, यौन प्रेरित हमला, डकैती, बलत्कार, घरेलु हिंसा, हत्या, बाल यौन शोषणका घटनाको पछाडि कही न कही मदिरा दुब्र्यसन कारण पनि बस्नेतले बताउनुभयो ।

बस्नेतले घरेलु हिंसाको एक प्रमुख कारण दुब्र्यसन रही आएको बताउँदै बाल दुब्र्यबहार र बाल यौन शोषणका घटना पछाडी दुब्र्यसन एक प्रमुख कारण रहेको उल्लेख गर्नुभयो । समाजमा बढ्दो अपराध रोक्नका लागि लागु पदार्थ र मदिरा सेवनका विरुद्धमा अभियान संचालन गर्नुपर्ने धारणा पनि बरिष्ठ उपसभापति बस्नेतको थियो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय उपसभापति कृष्ण रावल, सचिवद्वय मीना ढकाल, बाबुहरी आचार्य, कोषाध्यक्ष जगननाथ पुडासैनी र चन्द्रमणी बन्जाडाले युवा पुस्तालाई दुब्र्यसनबाट जोगाउने उद्देश्यले तीनवटा क्षेत्र बिद्यालय, समुदाय र कार्यस्थल लक्षित अभियानमा शान्ति समाजले जोड दिएको जानकारी दिनुभयो ।

भर्चुअल अन्तरक्रियामा विभिन्न जिल्लाका सभापतिहरुको सहभागिता थियो । शाखा सभापतिहरुले जिल्लामा लागु औषध सेवनले पारेको असरका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा सुनसरी शाखा सभापति सीताराम कोइराला, नुवाकोट शाखा सभापति नारायण श्रेष्ठ, चितवन शाखा सभापति शम्भु राउत, सुर्खेत शाखा सभापति प्रकाश शाहीले दुब्र्यसनी तथा लागु औषधका कारण ब्यक्ति, परिवार र समाजमा ठुलो असर पार्दै आएको धारणा राख्नुभएको थियो ।
पाठ्यक्रममा समाबेश गरिएको लागु औषध तथा दुब्र्यसनीका बिरुद्ध ब्यापक रुपमा सचेतना अभिबृद्धि गर्नुपर्नेमा बक्ताहरुको जोड थियो । कार्यक्रमको सहजिकरण शान्ति समाजका केन्द्रिय महासचिब रामकृष्ण बरालले गर्नुभएको थियो ।