spot_img
spot_img

मास्क लगाउन अनुरोध गर्दै सुरक्षा अधिकारी र व्यवसायी सडकमा

राप्ती पोष्ट
घोराही, असार ।

दाङमा बैशाख १७ गतेदेखि लकडाउन जारी गरिएको थियो । लकडाउन खुकुलो पारिए संगै जिल्लाका बजारहरु बिहान ६ बजेदेखि बेलुकीको ६ बजे सम्म खुल्न थालेका छन् । बजार खुले संगै भिडभाड बढ्न थालेको छ ।

लकडाउनको समयमा सामाजिक दुरी कायम गर्ने मास्क प्रयोग गर्ने भनिए पनि भौतिक दुरी भने कायम गरिएको देखिएको छैन् । बजारका बिभिन्न पसलहरुमा भिडभाड तरिकाले व्यापार भैरहेका छन् । व्यावसायी तथा सेवा ग्राहीले सामाजिक दुरीको ख्याल गरेको पाइएको छैन् । यसै सन्दर्भमा घोराहीमा तपाईको मास्क खोइ ? अभियान संचालन गरिएको छ ।

कोरोना संक्रमणको खतरा कायमै रहेको र नागरिकहरुले लापरवाही गर्न थालेपछि प्रहरी प्रशासनले तपाइको मास्क खोइ अभियान संचालन सुरु गरिएको हो । पहिले पनि संचालन भएको अभियानलाई फेरी सुरु गरिएको हो । तपाईको मास्क खोइ, सामाजिक दुरी कायम गरौँ भन्ने अभियानलाई निरन्तरता दिदै आएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा मास्क खोइ अभियान सञ्चालन गरिएको हो । अभियान प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफलेले, दाङ जिल्ला उद्योग बाणिज्य संघका पदाधिकारीहरुले मास्क नलगाउने लाई मास्क वितरण गर्नुको साथै सचेत बनाएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनभयो । उनीहरुले पसल तथा सडकमा हिडने रहेका नागरिकलाइ मास्क वितरण तथा मास्कको सही प्रयोग गर्न आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नागरिकलाई स्वास्थ्य प्रति सचेत हुन आग्रह गर्नुभएको थियो । आफनो स्वास्थ्य प्रति आफै सचेत हुनु पर्ने उहाँको भनाइ रहेको छ । कोभिड १९ को सङक्रमण बाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने भन्दै सचेतना बनाउने काम गरि राखेको उहाँको भनाइ रहेको छ ।

लकडाउन खुकुलो भए पनि कोरोना सङक्रमणको जोखिम कामय नै रहेकाले सचेत हुनु पर्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताउनुभयो । संघले व्यवसायी तथा नागरिकलाई सचेत बनाउन कार्यलाई निरन्तरता दिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img