spot_img
spot_img

नदीजन्य पदार्थ उत्खनन र ओसार पसारमा संलग्न साधन प्रहरी नियन्त्रणमा

अवैध उत्खनन् रोक्न प्रहरीको सक्रियता

विमला घर्ती /राप्ती पोष्ट

घोराही, २७ असार ।

जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अवैध नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने साधन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अवैध रुपमा उत्खनन्मा प्रयोग गरिएका साधन विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले नदिजन्य पदार्थ दोहन गर्ने आठवटा साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराउनुभयो । उहाँका अनुसार सात वटा ट्याक्टर र एउटा जेसीवीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी इकाइहरु इलाका प्रहरी कार्यालय नारायणपुर, प्रहरी चौकी गोल्टाकुरी, प्रहरी चौकी रामपुर, अस्थाइ प्रहरी पोष्ट पर्सेनी र अम्बिकेश्वरीवाट खटिएको प्रहरी टोलीले अवैध नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गरिरहेको अवस्थामा साधनहरुलाई नियन्त्रणमा दिइएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका साधनहरुमा भे १ क ११६८ नम्बरको स्काभेटर, भे २ त १०९ नम्बरको ट्याक्टर रहेका छन् । यस्तै रा १ त २९५५, भे १ त ९० ६५, रा १ त ७५२, रा १ त ४१७८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । शनिबार राति र आईतबार विहान जिल्लाका विभिन्न प्रहरी टोलीको सहयोगमा ट्याक्टर र जेसिवीलाई नियन्त्रणमा लिएको प्रवक्ता रिजालले बताउनुभयो ।

ट्याक्टर र जेसिवीलाई नियन्त्रणमा लिइ आवश्यक थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । असार १ गतेदेखि कुनै पनि वहानामा नदिजन्य पदार्थको उत्खन्न, डम्बपिङ, विक्री वितरण गरेकोमा कारवाही गरिने निणर्य भएको छ ।

सगरी जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक सुरेश काफलेले अवैध ढुंगा गिट्टी बालुवा उत्खनन् नियन्त्रण गर्ने अभियानमा लागेको बताउनुभयो । केही समय अगाडीको पत्रकार भेटघाटका क्रममा पनि यो कामलाई तत्काल नियन्त्रणका लागि कदम चलाउने बताउनुभएको थियो ।

साथै उहाँले अवैध रुपमा नदि जन्य पदार्थ उत्खनन नगर्न अनुरोध गर्नुभएको छ । अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन्को वारेमा जन गुनासो आएको वताउदै अवैध दोहन हुन नदिने बताउनुभएको हो । नदी जन्य पदार्थ अवैध रुपमा दोहन हुन्छन् भन्ने धेरै गुनासो आएको आएको बताउनुभयो । ‘म आए देखि मेरो कार्यकाल रहदासम्म नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् हुदैन र हुन पनि दिन्न’ उहाँले भन्नुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img