spot_img
spot_img

बालवालिकालाई लक्षित गरेर यूरोकिड्स संचालनमा

राप्ती पोष्ट

घोराही, २७ असार ।

घोराही उपमहानगरपालिका १५ रतनपुरमा फरक तयारीका साथ यूरोकिड्स पूर्व प्राथमिक विद्यालय संचालनमा ल्याइएको छ ।
विद्यालयको आइतवार औपचारिक रुपमा उद्घाटन गरिएको थियो । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले विद्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख चौधरीले विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिनुपर्ने भन्दै नयाँ नयाँ हुँदा राम्रो गर्ने तर पछि त्यसलाई कायम गर्न नसक्ने नहोस भन्ने आग्रह गर्नुभयो ।

पछिल्लो समयमा थुप्रै संस्थागत विद्यालयहरु संचालन हुने क्रम बढेको भन्दै गुणस्तरितामा ख्याल गर्न मेयर चौधरीले सुझाव दिनुभयो । उहाँले शिक्षाको क्षेत्रमा गरिएको लगानीले दक्ष जनशक्ति उत्पादन हुनुपर्ने भन्दै युरोकिड्सले साना बालवालिकाहरुलाई राम्रो शिक्षा र संस्कार दिन आग्रह गर्नुभयो ।

हाल भौतिक पुर्वाधारको काम सम्पन्न भएसंगै उद्घाटन गर्ने काम गरिएको स्कुल प्रमुख सुधिर बस्यालले जानकारी गराउनुभयो । यसका साथै शैक्षिक व्यवस्थापनका लागि विदेशवाट जनशक्ति ल्याइएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नंं. १५ का अध्यक्ष रमेश पाण्डे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बालवालिकाका अभिभावहरु, स्थानीय, शिक्षासेवी लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img