spot_img
spot_img

लायन्स क्लवहरुमा नेतृत्व परिवर्तन

राप्ती पोष्ट
घोराही, असार ।

दाङ जिल्लामा रहेका एक दर्जन भन्दा धेरै लायन्स क्लवहरुमा नेतृत्व परिवर्तन थालिएको छ । समाज सेवाको क्षेत्रमा कृयाशिल लायन्स क्लवहरुले हरेक बर्ष नेतृत्व परिवर्तन गर्दछन् । लायन्स क्लवको नयाँ कार्यकाल हरेक अंग्रेजी बर्षको जुलाई १ तारेकबाट सुरु हुने गर्दछ ।

लायन्स क्लव घोराही सिटीका अध्यक्ष ललित श्रेष्ठ

लायन्स क्लव दाङका अध्यक्ष गणेश अधिकारी

सोही क्रममा लायन्स क्लव राप्ती इञ्जिनियरिङ, लायन्स क्लव राजविद्या, लायन्स क्लव घोराही सिटी, लायन्स क्लव दाङ लगायत सवैले नयाँ नेतृत्व चयन गरेका छन् । यसैगरी लायन्स क्लव अफ राप्ती इन्जिनियरिङको अध्यक्षमा रेशम गिरी चयन हुनुभएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा मधुसदन वैद्य, द्वितीय उपाध्यक्षमा कर्णबहादुुर पुन, तृतीय उपाध्यक्षमा शरद अधिकारी, सचिवमा कृष्ण बहादुर वली र कोषाध्यक्ष रोसन रानालाई चयन गरिएको छ ।

त्यस्तै क्लव सर्भिस चियरमेनमा लायन डा.शैलेन्द्र गिरी, क्लव एलसीआइएफ कोडिनेटर लायन संगिता गिरी, स्वाथ्य निर्देशकमा लायन सरिता गिरी, शिक्षा तथा वातावरण कार्यक्रम निर्देशकमा लायन खेमराज मल्ल, मेम्बरसिप चिर्यरप्रसन लायन ई.बावुराम जोशी, क्लव निर्देशकमा लायन सन्तोष गिरीलाई चयन गरिएको छ ।

त्यस्तै गरी क्लव मार्केटिङ तथा संचार अध्यक्षमा लायन धनेश्वर चौधरी, सामुदायिक कार्यक्रम निर्देशक लायन हेमराज बैद्य, क्लव मार्केटिङ अध्यक्षमा अशोक गिरी चयन भएका छन् । त्यस्तै गरी सह कोषाध्यक्षमा हिमाली गिरी, समाजसेवा कार्यक्रम निर्देशक लायन शुशिला आचार्य, सह सचिवमा माधव अधिकारी, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विकास निर्देशकमा लायन वयलसन गिरी, वित्तिय निर्देशकमा भुमिका जि.सी., सदस्यता वृद्धि अध्यक्ष विश्वबन्धु थापा, अतिरिक्त क्रियाकलाप निर्देशकमा हेमराज शर्मा, कार्यक्रम व्यवस्थापक निर्देशक लायन करिना खडका र अतिथि सत्कार निर्देशकमा संगीता बुढा चयन हुनुभएको छ ।

घोराहीमा रहेको पुरानो मध्यको लायन्स क्लव घोराही सिटीमा पनि नयाँ नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा ललित श्रेष्ठ, प्रथम उपाध्यक्षमा पवन योगी, द्वितिय उपाध्यक्षमा विवेक आचार्य र तृतिय उपाध्यक्षमा ओविन्द्र बहादुर महरालाई चयन गरिएको छ । यसैगरी सचिवमा पुष्पराज आचार्य र कोषाध्यक्षमा सनत गिरीलाई चयन गरिएको छ ।
उता तुलसीपुरमा रहेको लायन्स क्लव अफ दाङका अध्यक्षमा गणेश अधिकारी चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर डाँगी, प्रथम उपाध्यक्षमा भागवत घिमिरे, द्वितिय उपाध्यक्षमा बिनिल केसी, तृतीय उपाध्यक्षमा लोकबहादुर विष्ट, महासचिवमा भोजराज न्यौपाने, कोषाध्यक्षमा सुमन डाँगी, सह–सचिवमा सिमा बुढाथोकी र सह–कोषाध्यक्षमा गोरख वलीलाई चयन गरिएको छ ।

त्यस्तै मेम्बरसिप डाईरेक्टरमा कोमल डाँगी, टेलटवाइस्टरमा गोपाल रावत, पिआरोमा प्रमोद बस्नेत, टेमरमा केशव भुसाल हुनुभएको छ । सोही क्लवको पहलमा दुईवटा नयाँ क्लव निर्माण गरिएको छ । लायन्स क्लव अफ दाङ कालिका मालिका र लायन्स क्लव अफ् दाङ टिचर गठन गरिएको छ । जसमध्य कालिका मालिकाको अध्यक्षमा बिरेन्द्र खड्का र लायन्स क्लव अफ दाङ टिचरका अध्यक्षमा ठांकुर डाँगीलाई चयन गरिएको छ ।

यस्तै लायन्स क्लब अफ स्वर्गद्वारीमा पनि नयाँ पदाधिकारी चयन गरिएको छ । अध्यक्ष लोकमणि गौतमले लायनबर्ष २०२१÷२०२२ का लागि तारा प्रसाद पोख्रेललाई पद हस्तान्तरण गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img