राप्ती पोष्ट
घोराही, २५ असार ।
कोरोना जितेका र संक्रमण नभएका दाङ जिल्लाका पत्रकारहरुलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ ।
राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुरले दाङका कोरोना संक्रमण भएका पत्रकारहरुका लागि आयुर्वेदिक औषधी प्रदान गरेको थियो भने अन्यलाई च्यवनप्राश उपलव्ध गराएको थियो । शुक्रवार पत्रकार महासंघलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर्वेदिक औषधीहरु प्रदान गरिएको थियो ।
रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने च्यवनप्राश, तुलसी चिया लगायत तीन किसिमका सामग्रीहरु प्रदान गरिएको थियो । कार्यक्रममा चिकित्सालयका डां मदन बुढाथोकीले औषधी सेवनको तरिका र फाइदाका बिषयमा जानकारी गराउनुभएको थियो । यो भन्दा अगाडी पनि यस्तो कार्यक्रम गरिएको जानकारी गराउनुभएको थियो । स्वस्थ जीनवका लागि आयुर्वेदिक औषधीको महत्वको विषयमा बताउदै उहाँले सही तरिकाले सेवन गर्न आवश्यक भएको बताउनुभएको थियो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यले पोष्ट कोभिडका विरामीहरुलाईको स्वास्थ्यलाई मध्यनजर गर्दै औषधी वितरणको कार्यक्रम अगाडी बढाइएको जानकारी गराउनुभयो । खासगरी प्रन्टलाइनमा काम गर्नेहरुहरुलाई प्राथमिकता दिएको उहाँको भनाई थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले कोरोना संक्रमण भएका पत्रकारहरुको स्वास्थ्यलाई प्राथमिकता दिदैँ औषधी वितरण गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रम पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।