spot_img
spot_img

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङद्वारा योग प्रशिक्षण आयोजना

राप्ती पोष्ट

घोराही, भदौ । लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजनामा सात दिनका लागि योग विज्ञान शिविर सुरु भएको छ । पतञ्जली सेवा समितिको सहयोगमा ‘नियमित गरौ योग, सधै रहौ निरोग’ भन्ने मुल नाराका साथ योग विज्ञान शिविर राप्ती इञ्जिनियरिङ कलेजको सभा हलमा आयोजना गरिएको छ ।

योग विज्ञान प्रशिक्षणको शुुक्रबार एक समारोहका बीच लायन्स क्लव इन्टरनेशनल ३२५ एनका प्रथम भाइस गर्भनर लायन मुकुट ढकालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै ढकालले व्यक्तिको सर्वार्णिङ विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले सवैलाई सक्रियताका साथ सहभागि हुन आग्रह गर्नुभयो ।

योग शिविरको उद्घाटन गर्दै लायन्स क्लव इन्टरनेशनल ३२५ एनका प्रथम भाइस गर्भनर मुकुट ढकाल

 

कार्यक्रमका बोल्दै पतञ्जली योग समिति लुम्बिनी पदेशका अध्यक्ष प्रेम शाहले योग विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताउनुभएको थियो । यस्तै घोराही उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तारा बहादुर डि.सी.ले योग विज्ञान शिविरको माध्यामद्वारा मानवमा देखिने सम्पूर्ण समस्याहरुलाई निराकरण गर्न सकिने भएकोले यसलाई सबैले निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया नं २ का अध्यक्ष एवं लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ संस्थापक अध्यक्ष डा.भीमसेन गिरीले स्वागत मन्तव्यका क्रममा नियमित योग गर्नाले हरेक मानिस स्वस्थ रहन सहयोग गर्ने बताउनुभयो । उहाँले कलेजको वरिपरी रहेका टोलमा बसोबास गर्न आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुको स्वास्थ्य स्वस्थ्य राख्नको लागि योग शिविरको आयोजना गरिएको बताउनुभयो ।

लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष पवन योगी, पतञ्जली योग समितिका दाङका अध्यक्ष उदय डाँगी, लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका पूर्व अध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरी, पतञ्जली योग समिति दाङका महासचिव माधव सुवेदी, पतञ्जली योग समिति महिला जिल्ला कोषाध्यक्ष यमा गौतम, पतञ्जली योग समिति नगर मिडिया प्रभारी बसन्ती ढकाल, योग प्रशिक्षक विष्णु ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङका सचिव लायन धनेश्वर चौधरीले गर्नुभएको थियो । योग प्रशिक्षण कार्यक्रममा मुना, शक्ति, सानीअम्बापर, मित्रनगर, सिर्जना, सर्रा र इञ्जिनियरिङ टोलका करिब एक सय २० जना महिला र पुरुषको सहभागिताछ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img