spot_img
Home Blog Page 47

एमाले महासचिवको निर्वाचन क्षेत्रको संकल्प पत्र सार्वजनिक

२३ प्रतिज्ञा र दुई सय २३५ अठोट

राप्ती पोष्ट
घोराही, कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेल उमेदवार बन्नुभएको दाङ निर्वाचन क्षेत्र नं.२ का लागि प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । जसमा आगामी पाँच वर्षका लागि २३ प्रतिज्ञा र दुई सय ३५ अठोट सार्वजनिक गरिएको छ ।


महासचिव तथा उमेदवार शंकर पोखरेल, प्रदेश सभा २(१) प्रदेशसभा सदस्य उम्मेदवार बलिभद्र राना, २(२) प्रदेशसभा सदस्य उम्मेदवार गिरीराज केसी, एमाले पोलिट्व्यूरो सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरी, एमाले पोलिट व्यूरो सदस्य सुजिता शाक्य, नेकपा एमाले केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेश सहइन्चार्ज जीवन गौतमलगायतले संकल्प पत्र सार्वजनिक गर्नुभएको हो ।

जसमा समृद्ध दाङ–एमाले अभियान, भौतिक पूर्वाधार–दाङ समृद्धिको आधार, सहरीकरण तथा वस्ती विकास–समृद्धिको प्रमुख आधार, संस्कृति तथा पर्यटन–आर्थिक विकासको प्रवद्र्धन, दक्ष जनशक्ति र गुणस्तरीय शिक्षा, दङगाली जनताको अपेक्षा, गुणस्तरीय स्वास्थ्य र खाना–निरोगी हुने जनताको चाहना, कृषि र पशुपालन– जीवनस्तर सुधारको माध्यम, औद्योगिक विकास, स्वाधीन अर्थतन्त्रको सर्वोत्तम निकास, विद्युत, जलस्रोत, सिंचाई र खानेपानी, स्वस्थ र समृद्ध जिन्दगानी उल्लेख छन ।

यसैगरी जडीवुटी, वन र वातावरण समुन्नत र दिगो पर्यावरण, भू उपयोगको आधार कृषि र आवासको सुधार, उद्यमशीलता, श्रम र रोजगार जनताको अधिकार, युवा, खेलकुदको विकास, विदेश पलायनविरुद्धको निकास, ज्येष्ठ नागरिकको सम्मान, राष्ट्रको स्वाभिमान, दाङका महिला– विकासमा पहिला, बालवालिकाको अधिकार सबैको सरोकार, हेपिएकालाई मान दलित तथा जनजातिलाई सम्मान, अपाङगको विशेष क्षमता, विकासमा सहभागिता, भूमिहिन, सुकुम्वासीको अपेक्षा हातहातमा लालपूर्जा, सूचना र सञ्चार– समुन्नतिको आधार, भ्रष्टाचारमुक्त प्रशासन– जवाफदेहीता र सुशासन, हाम्रो पहिचान– कला, साहित्यको उन्नयन र विपद व्यवस्थापन–सुरक्षित जीवन भन्ने प्रतिज्ञा उल्लेख गरिएको छ ।

समृद्ध दाङको अभियान अन्तरगत भौतिक पूर्वाधारको विकास दाङको समृद्धिको आधार बनाइएको छ । पूर्वाधार निर्माणमा घोराहीदेखि रोल्पासम्मको शहिद मार्गकको विस्तार गरी डोल्पासम्म जोड्ने, घोराही–प्यूठान सडक कालोपत्रेलाई पूर्णता दिने, लमही–तुलसीपुर सडकलाई विस्तार गर्ने, चुनढुंगा खानीदेखि उद्योगसम्मको वैकल्पिक मार्ग निर्माण गर्ने, घोराही–होलेरी सहिद मार्ग, घोराही–बंगलाचुली र तुलसीपुर–सल्यान,रुकुम राप्ती राजमार्गको स्तरोन्नति गर्ने, घोराही–सिमलतारा–हाँसीपुर–देउखुरीको विपी राजमार्गअन्तर्गत सिमलतारादेखि बाँकी खण्डको निर्माण कार्य आगामी तीनवर्षमै सक्ने एमालले अठोट लिएको छ ।

यसैगरी सहरीकरण तथा वस्ती विकासलाई एमालेले समृद्ध दाङको आधारको रुपमा प्रस्तुत गरेको छ । वस्ती विकासको वैज्ञानिक मापदण्ड र मोडेल निर्माण गरी लागु गर्ने, जिल्लाको एकीकृत विकासको गुरुयोजना तयार गरी आवासीय, औद्योगिक, व्यापारिक, कृषि तथा हरियाली क्षेत्र छुट्याइ व्यवस्थित वस्ती विकास गर्ने, सवारी चाप हुने चोकहरुमा स्काई व्रिज निर्माण गरिने, फोहोरलाई उर्जामा बदलेर ग्याँस वितरण गर्ने, मुख्य बजारलाई आइटी शहर र ग्रामिण बजारहरुलाई मुख्य सहरहरुको स्याटलाईट सहरकारुपमा विकास गर्ने, मुख्य सहर कलर कोडमार्फत बेग्लै पहिचान दिने अठोट एमालेले लिएको छ ।

यसैगरी सस्कृति तथा पर्यटनलाई पनि दाङलाई समृद्ध बनाउने आधारका रुपमा एमालेले अघि सारेको छ । बंगलाचुलीलाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, थारु जातिहरुको पहिचानलाई नेपालको पर्यटनको विकासमा जोडिनेलगायतका छन । यस्तै शैक्षिक विकास, प्राविधिक शिक्षा, आयुर्वेद शिक्षालगायत सवैका लागि गुणस्तरीय शिक्षाको अठोट गरिएको छ । यसैगरी स्वास्थ्यतर्फ लमहीमा ट्रमा सेन्टरको यथाशिघ्र निर्माण, विपन्नलाई निशुल्क स्वास्थ्य सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ सय शैयाको अस्पताल बनाई विएस्सी नर्सिङ र एमडीको पढाइ यथाशिघ्र सुरु गर्ने र प्रादेशिक आयुर्वेद अस्पताल विजौरीलाई पूर्वाधार थप गरी औषधि उत्पादन केन्द्रकोरुपमा विकास गर्ने अठोट एमालेले लिएको छ ।

कृषिमा यान्त्रिकीकरण गर्ने, सिंचाई र समयमा मल, विउ र किसानलाई प्रोत्साहन गर्ने अठोट एमालेले गरेको छ । त्यसका लागि स्मार्ट कृषि गाउँहरुको संख्या विस्तार गर्ने, व्यवसायिक कृषि तथा पशु फर्महरुलाई अनुदानको व्यवस्था गर्नेलगायतका दर्जनौ कार्यक्रम अघि सारिएको छ । यसैगरी वनको संरक्षण गरी काष्ठ तथा जडिवुटी, उत्पादन गर्ने एमालेको अठोट छ । यसैगरी भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिने अठोट एमालेले लिएको छ भने उद्यमशीलता, श्रम र रोजगारको प्रवद्र्धन गर्ने, खेलकुद र खेल पूर्वाधारको विकास, ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता वृद्धि, दलित, जनजाति, अपाङगता भएका एवं पछाडी पारिएकाहरुको विकास, सीप र रोजगारी प्रवद्र्धन गर्ने अठोट एमालेले लिएको छ । एमालेले सुशासन, जवाफदेहीतालाई प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने अठोट लिएको छ ।

नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले प्रतिज्ञापत्र सार्वजनिक गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा एमाले रहेको भन्दै जनताको साथले यो अभियान पुरा हुने बताउनुभयो ।

संकल्प पत्रको पूर्ण पाठका लागि तल क्लिक गर्नुहोस ।

Ghosanapatra Ghosanapatra

 

गठवन्धनका कारण कसरी धरासायी हुँदैछ नेपालको अर्थतन्त्र

राप्ती पोष्ट

दाङ, कात्तिक । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ मा संघीय सांसदका उमेदवार शंकर पोखरेलले बर्तमान गठवन्धन सरकारका कारणले नेपालको अर्थतन्त्र संकटमा पर्दै गएको बताउनुभएको छ । नेकपा एमाले घोराही–१० ले नारायणपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले चलेकै हिसावले सरकार अरु एक बर्ष चल्ने हो भने नेपालको अवस्था श्रीलङ्काको भन्दा पनि जर्जर अवस्थामा पुग्ने दावी गर्नुभयो । मुलुकलाई आर्थिक संकटबाट जोगाउनका लागि पनि आगामी मंसिर ४ गते हुने निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभयो । उहाँले देशव्यापी लहर हेर्दा नेकपा एमालेको एकल बहुमतको सरबार बन्ने अवस्था देखिएको बताउनुभयो । बर्तमान सरकारले बजार नियन्त्रण गर्न नसकेको, पूँजीगत खर्च गर्न नसकेको, विदेशी मुद्रा सञ्चित गर्न नसकेको जस्ता उदारहण दिनुभयो ।

कोरोनाकालमा पूँजीगत खर्च गर्न निकै गाह्रो हुँदा पनि तत्कालिन केपी ओली सरकारले गरेको भन्दा कम पूँजिगत खर्च गरिरहेको उदाहरण दिंदै पोखरेलले अहिले व्यवसायी संकटमा परेको बताउनुभयो । व्याजदर बढेका कारणले गर्दा उद्योगी व्यवसायी डुव्ने अवस्थामा पुगेको भन्दै बर्तमान सरकारलाई यस्ता कुरा नछोएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘यो सरकारलाई देश र जनताको बारेमा कुनै चासो र चिन्ता छैन । यो जनतालाई राहत दिनका लागि आएको होइन, यो सरकार गैरजिम्मेवार सरकार हो ।’

उहाँले आगामी मंसिरको निर्वाचनपछि बलियो राष्ट्रिय शक्तिका रुपमा नेकपा एमाले आउने भन्दै बलियो राष्ट्रिय शक्ति बन्न सक्ने दल नेपाली काँग्रेस रहेको भएपनि अहिले आधा जति क्षेत्रमा उमेदवार उठाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । देशव्यापी रुपमा हेर्दा काँग्रेस निर्वाचन अघि नै आधा संख्यामा खुम्चिएको टिप्पणि उहाँको थियो । साविक राप्ती अञ्चलका पाँच जिल्लाका आठवटा निर्वाचन क्षेत्र मध्य जम्मा एउटा स्थानमा नेपाली काँग्रेसले संघीय संसदका लागि उमेदवार उठाएको प्रशंग उठाउँदै पोखरेलले यसबाट काँग्रेसको हालत कहाँ पुगेछ भन्ने स्पष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘काँग्रेसले आफ्नो आधार क्षेत्रमा नै उमेदवार उठाउन सकेको छैन भने बलियो राष्ट्रिय शक्ति बन्ने कुुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’

निर्वाचन भनेको कुनै पनि पार्टीले आफ्नो नीति बोकेर जनताका बीचमा जाने विधी भएपनि अहिलेको गठवन्धनसंग कुनै नीति नै नभएको दावी गर्नुभयो । निर्वाचनमा गठवन्धनबाट जाने तर घोषणा पत्र फरक ल्याउने कुराले कुन दलले के गर्न खोजेको स्पष्ट नभएको उहाँले बताउनुभयो । अहिले नेकपा एमालेसंग मात्रै देश निर्माणको स्पष्ट भिजन रहेको भन्दै एमालेमाथि जतिनै घेरावन्दी गरिएपनि नेकपा एमाले विजय हुने धारणा पोखरेलले राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेमाथिको घेरावन्दी भनेको मुलुकलाई प्रगतितर्फ जान नदिका लागि गरिएको हो ।’

एमालेमा प्रवेश गर्नेहरु बढ्दै

यसैबीच दाङमा नेपाली कांग्रेस, माओवादी, एकिकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । राजनीतिक दलका नेता तथा कार्यकता र स्वतन्त्र व्यक्तिहरु धमाधम एमालेमा प्रवेश गर्दै आएका छन् ।
सोही क्रममा विहीबार नेकपा माओबादी केन्द्र दाङका नेता केदार आचार्य नेकपा एमालेमा प्रवेश गर्नुभयो । नेकपा एमाले महासचिव शंकर पोख्रेलले आचार्यलाई एमालेमा स्वागत गर्नुभयो । त्यसैगरेर एकिकृत समाजवादीका घोराही उपमहानगरपालिका नगरसचिव तथा नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष गिरु विश्वकर्मा नेकपा एमालेमा फर्कनुभएको छ । विश्वकर्मालाई पनि नेकपा एमाले महासचिव पोख्रेलले स्वागत गर्नुभएको थियो ।

उता बंगलाचुली वडा न. ३ सानो दाङमाङमा विभिन्न पार्टी परित्याग गरी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रेम महरा, पारस मणि जि.सी, भोज राज रोका, सुरवीर महरा, कवि राम महरा, गणेश परियार, डोम बहादुर बुढाथोकी, जेदु जि. सी, मुक्त बहादुर महरा, मदन महरा, पदम जि. सी र गोविन्द महरा नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले दाङका सदस्य विवेक श्रेष्ठले जानकारी दिनुभयो । विगतको स्थानीय चुनावमा गठबन्धनको ‘कोर एरिया’को रुपमा रहेको बंगलाचुलीमा नेकपा माआवादी केन्द्र, नेपाली कांग्रेसको जिम्मेवारीमा बसेर काम गरेका नेताहरुले पार्टी छोडेपछि गठबन्धन कमजोर बन्दै गएको छ ।

यसैगरी विहीबार घोराही–१५ र ६ नम्वर वडाबाट एमालेमा प्रवेश गरेका युवाहरुलाई पार्टी महासचिव पोखरेलले स्वागत गर्नुभएको थियो । दाङ क्षेत्र न २ बाट प्रतिनिधिसभामा नेकपा एमाले महासचिव शंकर पोख्रेल उमेदवार भएपछि नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढेर गएको छ । दाङ क्षेत्र नं. २ अन्तरगत प्रदेशसभामा क्षेत्र न २ (१) मा बलिभद्र राना र २(२)मा गिरिराज केसी उम्मेदवार हुनुहुन्छ ।

अधिकारी पनि एमालेमा

यसैबीच नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सल्लाहकार तथा दाङ निर्वाचन क्षेत्र नम्वर १ (१) को प्रदेश कमिटी संयोजक धर्मराज अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । माओवादी केन्द्रको नीति विचलनको बाटोमा लागेकाले माओवादी केन्द्र परित्याग गरेको विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ । उहाँ विगतमा नेकपा एमालेबाट उमेदवार भएर साविक लालमटिया गाविसको उपाध्यक्ष बन्नुभएको थियो ।

पाँच बर्षमा २० कामको ग्यारेण्टीसहित एमालेले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ)

राप्ती पोष्ट

काठमाडौं, कात्तिक १५ । नेकपा एमालेले पाँच बर्षमा २० काम गर्ने ग्यारेण्टीसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित बिशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

एमालेले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेको छ । कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।

कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवारलाई खाद्यसुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने उल्लेख गरेको छ ।

स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्णसाक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ ।

‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने, ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने लक्ष्यसहित सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ ।

सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने, ‘सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने र प्रतिव्यक्ति आय दोब्बर गर्ने महत्वाकांक्षी योजना पनि एमालेले अघि सारेको छ ।

घोषणा पत्रको पूर्ण पाठ

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

राजधानी दाङ ल्याउने मेरो पहिलो प्रतिवद्धता हो

(कुराकानी)

राजधानी दाङ ल्याउने मेरो पहिलो प्रतिवद्धता हो
बलिभद्र राना
उम्मेदवार नेकपा (एमाले) दाङ क्षेत्रनम्वर २ (१) का उम्मेदवार

नेकपा (एमाले) दाङ क्षेत्रनम्वर २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार बलिभद्र राना विकास निर्माण र समाज सेवाका हिसावल यस क्षेत्रमा प्रिय मानिनुहुन्छ । लामो समयदेखि सामाजिक, राजनीतिक र निर्माणको क्षेत्रमा क्रियाशील राना निकै सरल, सहज, स्पष्ट वक्ता, बोलेका कुरा पुरा गर्ने, जनप्रिय र सबैका लागि साझा ब्यक्तिका रुपमा दाङमा चिनिनु हुन्छ । प्रस्तुत छ, निर्वाचनको सन्दर्भमा रानासँग निर्वाचन केन्द्रित रहेर गरेको कुराकानीः

प्रदेश सभामा यहाँको उम्मेदवारी किन ?

मैले उमेदवारी दिएको निर्वाचन क्षेत्रमा जिल्लाको सबैभन्दा सुगम घोराहीदेखि दुर्गम क्षेत्रका रुपमा रहेको बंगलाचुली गाउँपालिका पर्दछ । सुगम र दुर्गम क्षेत्र मिलेर बनेको निर्वाचन क्षेत्रको विकासका लागि घोषणा पत्र बनाएर मतदाताको घरदैलोमा पुगेका छौं । त्यसमा पनि लुम्बिनी प्रदेशको राजधानीको निर्णय कार्यान्वयन गर्नु र बुटवलमा रहेका प्रदेशका मन्त्रालय र महत्वपूर्ण कार्यालयहरु राजधानीस्थल दाङमा सार्नु नै मेरो पहिलो प्राथमिकताको विषय रहेको छ ।

यहाँको निर्वाचन क्षेत्रमा नेकपा एमालेको अवस्था कस्तो पाउनुभएको छ ?

दाङ जिल्लाको क्षेत्रनम्वर २ मा एमालेको संगठन बलियो रहेको छ । स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा एमालेले विजय हासिल गरेको छ । बिगतमा एमालेको अवस्था कमजोर रहेको बंगलाचुली गाउँपालिकामा पनि एमालेको अवस्था अहिले राम्रो रहेको छ । नेकपा माओवादी केन्द्रका धेरै साथीहरु एमाले प्रवेश गर्नुभएको छ । एमालेले संघ र प्रदेश सरकारमा रहँदा गरेका कामहरुबाट प्रभावित भएर एमालेमा प्रवेश गर्नेहरु बढिरहनुभएको छ । जसले एमालेको विजय सुनिश्चित रहेको छ । एमालेमा देखिएको जनलहरलाई हेर्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभा नेकपा एमालेले जित्ने ढुक्क छौं ।

निर्वाचनको सन्दर्भमा तपाईँका चुनावी एजेण्डाहरु के–के छन् ?

यहाँले अत्यन्तै राम्रो प्रश्न गर्नुभयो । हाम्रो सबैभन्दा प्रमुख एजेण्डा भनेको दाङको समृद्धि नै हो । यो सँगसँगै राजधानीको निर्णय कार्यान्वयन गर्नु पनि हाम्रो चुनावी एजेण्डा हो । ३९ महिना एमाले सरकारमा रहँदा राजधानीका लागि गरेका उपलब्धीहरु गुम्ने अवस्थामा छन् । दाङमा स्थानान्तरण भएका मन्त्रालय र कार्यालयहरु बुटवल फिर्ता भइसकेका छन् । गठबन्धनका नेता तथा बर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनले विजय हासिल गरेमा राजधानी दाङ स्थानान्तर हुन नदिने उद्घोष गरिरहनुभएको छ । यस्तो अवस्थामा हामीले राजधानीको निर्णय कार्यान्वय गर्नुपर्नेछ । यो नै हाम्रो एजेण्डा हो । यसका साथै सामाजिक विकास, भौतिक विकास, स्वास्थ्य–शिक्षाका कुराहरु, बाटोघाटोको कुराहरु, त्यहाँको पर्यटन विकास, सडक सञ्जाल, खानेपानी, अस्पताल, विद्यालय यी कुरालाई हेर्ने हो भने नेकपा एमाले अब्बल सावित भएको छ । जसको प्रमाणित हामीले ३९ महिना प्रदेश सरकारको नेतृत्व गर्दा देखाइसकेका छौं । विकास र समृद्धिको मुद्दामा हामीले अब्बल भएर देखाएका छौं । यही कारण हामीले निर्वाचन जित्छौं ।

आगामी दिनमा कसरी काम गर्ने योजना बनाउनुभएको छ ?

नेकपा एमालेले अघि सारेको घोषणापत्रमा र मेरो आफ्नो प्रतिवद्धता पत्रमा दाङबासी जनताका बीचमा बाचा पेश गरेको छु । मैले घोषणा पत्रमा समेटिएका बाचा पुरा गर्नेछु । दाङका जनताको आवश्यकतालाई मध्येनजर गरेर मैले काम गर्नेछु । उत्पादन बढाउने कुरालाई बढी भन्दा बढी जोड दिएर कृषिमा आधुनिकीकरण गर्नेछौं । राजधानीस्थलमा मन्त्रालय र कार्यालयहरु तत्कालै सार्नेछौं । राजधानीको पूर्वाधार सम्पन्न गर्नेछौं । मेरो निर्वाचन क्षेत्रमा सिमेन्ट उद्योगका कारण प्रदुषण बढिरहेको छ । मैले प्रदुषण न्यूनीकण गर्न भूमिका खेल्नेछु । सिमेन्ट उद्योगदेखि खानी क्षेत्र पुग्ने बैकल्पिक सडक निर्माणका लागि लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोखरेलले बजेट छुट्याउँदा पनि काम हुन सकेन । मैले उक्त कार्यलाई पुरा गर्नेछु । घोराही–लमही सडक दुईतर्फि सडक निर्माण गर्नेछौं । घोराही–रामपुर हुँदै पूर्वतर्फको सडकलाई फास्ट ट्रयाक सडकका रुपमा विकास गर्नेछौं । दामोदर मार्गको बजेट रोकिएको छ त्यसको छ त्यसलाई पूनः वजेट उपलब्ध गराएर समयमै सम्पन्न गर्न भूमिका खेल्नेछौं । फोरलेन सडकलाई समयमै सम्पन्न गर्नेछौं । यी र यस्तै योजनामा हाम्रो ध्यान केन्द्रित हुनेछ । हामीले साना योजनालाई पनि ध्यानमा राखेका छौं भने ठूला योजनाका बारेमा पनि अघि बढ्नेछौं ।

सरकारमा रहँदा नेकपा एमालेले आश्वासन मात्रै बाँड्यो भन्ने आरोपको खण्डन कसरी गर्नुहुन्छ ?

यो सरासर झुठो हो । यसमा सत्यता छैन । खासगरी गठबन्धनका साथीहरुले भ्रम फैलाइरहनुभएको छ । हामी ३९ महिना सरकारमा रहँदा दाङमा अभूतपूर्व विकास भएको छ । सडक दुर्घटनामा परेका व्यक्तिहरुको सघन उपचारको लागि प्रदेश सरकारको लगानीमा लमहीमा अत्याधुनिक ट्रमा सेन्टर निर्माण भइरहेकोे छ । प्रदेशमा स्वास्थ्य पूर्वाधार निर्माण गरेका छौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बृद्धि गर्न हामीले भूमिका खेलेका छौं । प्रतिष्ठानमा अत्यावश्यकीय उपकरण प्रदेश सरकारबाट प्रदान गरेका छौं । कोभिडको समयमा प्रदेश सरकारबाट पिसिआर मेसिन र सञ्चालन गर्न नगद अनुदान मैले पहल गरेर उपलब्ध गराएका थियौं । मेरै पहलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा प्राप्ति भएको छ । कोभिडको समयमा निजी क्षेत्रको सहकार्यमा मैले अक्सिजन सिलिण्डर उपलब्ध गराएको थिएँ । त्यस्तै राप्ती प्रादेशिक अस्पताल र आयुर्वेदिक अस्पताललाई पूर्वाधार सम्पन्न बनाएका छौं । जिल्लालाई खेल पूर्वाधारमा सम्पन्न बनाएका छौं । पर्यटनको विकासमा पनि अभूतपूर्व कार्य गरेका छौं । सडक पूर्वाधारमा हाम्रो कार्यकालमा ऐतिहासिक काम भएको छ । स्थानीय तहका केन्द्रहरु जोड्ने २० वटा पहुँच मार्ग, कृषि मार्ग, पर्यटन मार्ग र प्रदेशस्तरीय सडकहरुको निर्माण कार्य अन्तिम चरणमा छन् । शिक्षामा नमुना विद्यालय, सिचाईका लागि ड्याम बनाएका छौं । त्यस्तै हाम्रो कार्यकालमा १४ वटा पुल निर्माण भएका छन्, भने १० वटा पुलको डिपिआर तयार भई कार्यान्वयनमा आउँदै छन् ।

तपाईले युवालक्षित योजना के कस्ता अघि सार्नुभएको छ ?

यहाँले अत्यन्तै सान्दर्भिक विषय उठाउनुभयो । हामीले चुनावी घोषणा पत्रमा हाम्रा योजना समावेश गरेका छौं । मैले तीन दशक बढी समय सामाजिक क्षेत्रमा गुजारेको छु । मैले मेरो संस्थाको माध्यमबाट हजारौंलाई स्वरोजगार बनाएको छु । युवा रोजगारी हाम्रो प्राथमिकतामा परेको छ । हामीले प्रदेश सरकारको नेतृत्व गरिरहँदा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको माध्यमबाट प्रदेशमा रोजगारी सिर्जना गरेका छौं । जिल्लामा उद्योग सञ्चालनमा ल्याएर युवालाई रोजगारी प्रदान गर्नेछौं । युवाहरुलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने छौं ।
यसका साथै युवाहरुलाई खेलसँग जोड्ने योजना मैले बनाएको छु । प्रदेशको नेतृत्व हामीले गर्दा जिल्लामा प्रशस्त खेल संरचना बनाएका छौं । घोराही १६ मा बहुउद्देश्यीय नेत्रलाल अभागी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेर निर्माण कार्य अगाडि बढाएको समयमा गठबन्धनको सरकारले उक्त रंगशालाको वजेट खोसेर अलपत्र पार्ने काम गरेको छ । मैले उक्त योजनालाई पुरा गर्नेछु । घोराही १७ गुलरियामा रेहको क्रिकेट मैदानमा हामीले प्रदेश सरकारको तर्फबाट लगानी गरेका छौं । उक्त रंगशालाको अझै विकास गर्नुपर्नेछ । मैले त्यसलाई पनि प्राथमिकतामा राखेर काम गर्नेछु । त्यस्तै घोराही १८ नवलपुरमा रहेको फुटबल मैदानलाई व्यवस्थित गर्न भूमिका खेल्नेछु । यसका साथै बंगलाचुली र घोराही १९ मा आवश्यकता र माग अनुसार भलिबल, क्रिकेट, फुटवल मैदान बनाउन भूमिका खेल्नेछु ।

तपाई निर्माण व्यवसायी पनि हो, विकास निर्माणमा भएका ढिलासुस्तीलाई अन्त्य गर्नका लागि तपाईसंग धेरै अपेक्षा रहेको छ कसरी भूमिका खेल्ने सोचमा हुनुहुन्छ ?

बास्तवमा विकास निर्माणका काममा ढिलासुस्ती रहँदै आएका छन्, जसले सरकार र जनप्रतिनिधिहरु जनतामाझ बदनामित बन्नु परिरहेको छ । निर्माण व्यवसायको क्षेत्रमा सरकारले प्रर्याप्त कानुन निर्माण गर्नसकेको छैन । निर्माण व्यवसायीहरुलाई समयमै भुक्तानी दिन नसक्दा काममा गुणस्तर कायम हुन सकेको छैन । सबै निर्माण व्यवसायीहरु एकैनासका छैनन् । समयमै काम सम्पन्न नगरेर अलपत्र पारिरहेका छन्, त्यस्ता निर्माण व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ । मेरै निर्वाचन क्षेत्रमा पर्ने कटुवाखोला पुल एकदशक बित्दासमेत पूर्ण हुन सकेको छैन । निर्माण र विकास नै नबुझेका व्यक्ति र नेताको संलग्नता तथा सरक्षणमा उक्त पुल अलपत्र परेको छ । जसले जनताहरुले शास्ती बेहोरेका छन् । म प्रदेश सभामा निर्वाचित भएपश्चात् निर्माण व्यवसायीहरुलाई खरिद ऐनजस्ता जटिलताका कारण समस्या परिरहेको छ, भने समयमा योजना सम्पन्न नगर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने कानुन निर्माण गर्नेछु । समयमै विकास निर्माण सम्पन्न गर्न भूमिका खेल्नेछु ।

आम मतदातालाई के भन्न चाहनुुहुन्छ ?

समृद्ध दाङका लागि नेकपा एमालेको तर्फबाट दाङ क्षेत्रनम्वर २ (१) मा म उम्मेदवार बनेको छु । राजधानीको निर्णय कार्यान्वयन गर्ने वाचा तपाईँहरु माझ गरेको छु । निर्वाचन जुन जनादेश र परमादेशबीचको एउटा प्रतिस्पर्धा हो । यो जनमत संग्रहमा जनताको पक्षमा उभिएको एकमात्र पार्टी नेकपा एमालेका उम्मेदवारहरूलाई सूर्य चिन्हमा छाप लगाएर विजयी बनाउन अनुरोध गर्दछु । बोलेका कुरा पुरा गर्ने व्यक्तिको छवि मैले बनाएको छु । मैले घोषणा पत्रमा समेटेका विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछु । हामीले दाङलाई लुम्बिनी प्रदेशको राजधानीका रुपमा घोषणा गरेका थियौं । अहिले उक्त निर्णय कार्यान्वयन गर्न एमालेको नेतृत्व आवश्यक रहेको छ । त्यसैले पार्टी र विचार भन्दा माथि उठेर मलाई विजय बनाउन अनुरोध गर्दछु । म विजय भएपश्चात् यहाँको सुझावमा रहेर काम गर्नेछु ।

निर्वाचन जित्ने अभियानमा केसी

राप्ती पोष्ट टिम

दाङ, कात्तिक । कुनै बेला थियो, दाङ जिल्लाका गनिने बामपन्थी अनुहार हुन्थे । पंचायती व्यवस्थाको राप र ताप थियो । त्यतिवेला व्यवस्थाको विरोधमा लाग्नु निकै चुनौतीको कुरा हुन्थ्यो । त्यस्तो चुनौतीलाई चिर्दै बामपन्थी आन्दोलनमा सक्रिय योद्दाको नाम हो गिरिराज केसी । आन्दोलनमा सक्रिय रहने तर अवसर प्राप्तीको लागि मरिहत्ते नगर्ने स्वभावका कारणले केसीलाई संसदीय फाँटमा सक्रिय बनाउन सकेन । २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा केसी दाङको क्षेत्र नंं. ४ बाट उमेदवार बन्नुभएको थियो । धेरैले नेपाली काँग्रेसको दवदवा रहेको र खुमबहादुर खड्का निर्वाचनमा होमिएको बेला किन प्रतिष्पर्धा गरेको होला भनेर निर्वाचनमा नजान भनेका थिए तर केसीलाई पार्टीले भनेपछि ज्यान पनि दिउँ लाग्ने । उहाँ उमेदवार हुनुभयो । यो निर्वाचनमा उहाँ उप विजेता बन्नुभयो ।

२०५६ सालको निर्वाचनमा उहाँ पुनः संसदीय निर्वाचनमा उमेदवार बन्नुभयो । त्यतिवेला उहाँ दाङको क्षेत्र नंं. ३ मा उमेदवार बन्नुभयो । यो निर्वाचन पनि उहाँका लागि सुखद रहेन । बापमन्थी राजनीति गरेपछि कुनै अवसरका लागि होइन जनतालाई व्युताउनका लागि हो भन्ने नेत्रलाल पौडेलको स्कुलिङबाट प्रभावित हुनुभएका केसी दुई पटक निर्वाचनमा होमिनुभयो । दुवै निर्वाचनमा जित हासिल नभएपछि उहाँ लामो समय पार्टी काममा लाग्नुभयो । गाउँ घरमै रहनुभयो । झुपडीमा रमाउनुभयो । किसानसंगै रहनुभयो । राजनीतिक अधिकार प्राप्तीको लागि भएको पछिल्लो जनक्रान्ती २०६२÷०६३ मा पनि सक्रिय रहनुभयो । आन्दोलनमा खट्ने सवालमा केसी कहिल्यै कमजोर हुनुभएन । जहिले पनि डटिरहनुभयो । कुनै बेला यस्तो थियो केसीको नाम लिएपछि जमिन्दारहरु थर्कमान हुन्थे । शोसकहरु झस्कन्थे । केसीले बहुसंख्यक नागरिकको हितमा काम गर्नुभयो ।

संघर्षपूर्ण विगत बनाउनुभएका गिरिराज केसी यतिवेला नेकपा एमालेका तर्फबाट दाङ क्षेत्र नं. २ को (२) मा उमेदवार बन्नुभएको छ । क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल उमेदवार बन्ने चर्चा चलिरहदा प्रदेस सभामा को उमेदवार बन्ला भन्ने धेरैलाई जिज्ञासा थियो । आंकाक्षीहरुको लिष्ट पनि लामै थियो । यसै मेसोमा टिकट केसीले पाउनुभयो । केसीले २(२)बाट टिकट पाएपछि धेरैले केसीमाथि न्याय भएको प्रतिक्रिया दिइरहेका छन । लामो समय अवसरबाट बञ्चित केसीले टिकट पाएको क्षेत्र तुलनात्मक रुपमा बामपन्थीको गढ रहेको क्षेत्र हो । अघिल्लो पटक पनि यो क्षेत्रबाट नेकपा एमालेका उमेदवार नै विजयी भएकाले केसीका लागि निर्वाचन जित्नु त्यति गाह्रो नहुने बुझाइ रहेको छ ।

केसीको जन्म

केसीको जन्म २००९ सालमा भएको थियो । बुवा चक्रबहादुर केसी र आमा धनीदेवी केसीको सन्तानका रुपमा केसीको जन्म भएको थियो । उहाँमा राजनीतिक चेतना आउँदै गर्दा मुलुकमा पंचायती व्यवस्था थियो । पंचायती व्यवस्थाका काला दिनहरु भोग्दै जाने क्रममा उहाँमा राजनीतिक चेतनाको विकास भयो । २०२५ सालमा पार्टीको सम्पर्कमा आउनुभएका केसी २०२६ सालदेखि अनेरास्ववियुमा आवद्ध रहनुभयो । २०३२ सालसम्म अनेरास्ववियुको जिल्ला कमिटी सदस्यका रुपमा काम गर्नु भएका केसीले २०३२ देखि २०३५ सम्म अखिल नेपाल किसान संघको क्षेत्रिय कमिटीको जिम्मेवारी पाउनुभयो । २०२५ सालदेखि राजनीतिक चेतना विकास हुँदै गएको भएपनि केसी २०३५ सालदेखि पार्टीमा पूर्णकालिन जस्तै हुनुभयो । त्यसपछिका दुई बर्ष उहाँले तत्कालिन नेकपा मालेमा आवद्ध भएर क्षेत्रिय कमिटीको संयोजकका रुपमा काम गर्नुभयो ।

राजनीतिक आवद्धता

विद्यार्थी राजनीतिमा लागेको भएपनि केसीले पार्टीको सदस्यता पाउनुभएको थिएन । त्यतिवेला पार्टीको सदस्यता पाउनु नै मुस्कील हुन्थ्यो । निकै फलामे अनुशासनमा बाँधिनुपर्ने अवस्था हुन्थ्यो । केही बर्ष अघि देखि बामपन्थी राजनीतिमा लागिरहेको भएपनि २०३७ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभयो । त्यसको एक बर्षपछि २०३८ सालमा केसी नेकपा मालेको जिल्ला कमिटी सदस्यमा आउनुभयो । नेकपा मालेको जिल्ला कमिटीमा आएपछि उहाँ पूर्णकालिन रुपमा पार्टी काममा लाग्नुभयो ।
जेल यात्रा
पंचायती व्यवस्थाको विरोध गर्नु निकै कठिन कुरा थियो । त्यतिवेला व्यवस्थाको विरोध गर्नेलाई राजकाज र शान्ति सुरक्षा खलवल पु¥याएको आरोप लगाएर पक्राउ गर्ने गरिन्थ्यो । सोही क्रममा उहालाई शान्ति सुरक्षा खलल पु¥याएको भन्दै २०४० सालमा पक्राउ गरियो । त्यतिवेला उहाँ नौ महिना जेल बस्नुभयो । त्यसपछि २०४३ सालमा राजकाज मुद्दामा पुनः उहाँलाई जेल हालियो । २ बर्ष ६ महिना जेल विताएर २०४५ सालमा रिहा भएपछि उहाँ पुनः भूमिगत राजनीतिमा लाग्नुभयो । २०४६ साल चैत २६ गते ऐतिहासिक जनआन्दोलनको सफलता पश्चात उहाँ खुला राजनीतिमा आउनुभयो ।

सामाजिक काममा

राजनीतिक यात्रामा होमिएको भएपनि केसीको योगदान सामाजिक आन्दोलनमा पनि रह्यो । सामाजिक अभियन्ताका रुपमा केसीले विभिन्न आन्दोलनको नेतृत्व गर्नुभयो । २०३४ सालमा नै उहाँले मोही हक हितमा संलग्न रहेर काम गर्नुभएको थियो । यसका साथै विभिन्न विद्यालयहरुको सुधारका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षका साथै अन्य भूमिकामा रहेर काम गर्नुभयो । सडक आयोजना, विद्युत आयोजना, खानेपानीका आयोजना र सडक निर्माणका लागि जिल्ला देखि मन्त्रालयसम्म पुगेर अभियान संचालन गर्नुभयो । सामाजिक रुपमा रहेका समस्याका लागि जुध्ने काम पनि केसीले गर्नुभयो । २०५६ साल देखि २०६४ सालसम्म विभिन्न खोला, कुला र कुलाको बाँध संरक्षणका लागि केसीले भूमिका खेल्नुभयो । प्राकृतिक स्रोत साधनको दुरुपयोग भइरहेको कुरालाई रोक्नका लागि केसीले खेलेको भूमिका कारणले गर्दा दाङका कयौं खोलाहरुको सँरक्षणका लागि योजनाहरु बनाइए ।

हालको भूमिका

लामो समय पार्टी कमिटीमा रहेर भूमिका खेल्नुभएका केसी हाल नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको सदस्यका रुपमा हुनुहुुन्छ । राजनीतिमा लाग्दै गर्दा उहाँले धेरै पटक अरुलाई जिताउनका लागि भूमिका खेल्नुभयो । पटक पटक अरुलाई अघि बढाउनका लागि भूमिका खेल्नुभएका केसी यतिवेला आफै निर्वाचनको मैदानमा हुुनुहुन्छ । दाङ जिल्ला क्षेत्र नंं २ को २ मा उहाँ प्रत्यक्ष तर्फ उमेदवार बन्नुभएको छ । उमेदवार बन्दै गर्दा उहाँका लागि अनुकुल अवस्था पनि देखिएको छ ।
घोराहीतर्फ रहेका आठ वडामध्य तीनवटा वडा बाहेक पाँच वटा वडामा नेकपा एमालेका अध्यक्षहरुले जितेका छन् ।

घोराहीका वडा नं. ६, ७, ८, ११, १२ गएको स्थानीय निर्वाचनमा गठवन्धनका बावजुत पनि नेकपा एमालेले जितेको थियो । वडा नं. १६ मा अध्यक्ष र एउटा सदस्य मात्रै नेपाली काँग्रेसका उमेदवार विजयी भएका थिए । यस्तै वडा नं. १० मा अध्यक्ष र दुईजना सदस्य गठवन्धनबाट निर्वाचित भएका थिए । घोराहीको वडा नंं १६ मा तीनजना र वडा नं. १० मा दुईजना सदस्य नेकपा एमालेका उमेदवार विजयी भएका छन् । यस्तै तुलसीपुर उपमहानगरपालिका अन्तरगत चारवटा वडाहरु रहेका छन् । जसमा दुईवटा वडा अर्थात वडा नं. १८ र १९ मा नेकपा एमालेका उमेदवारहरु अत्यधिक मतका साथमा विजयी भएका थिए । यस्तै वडा नं. १७ मा अध्यक्ष गठवन्धनका तर्फबाट र बाँकी चार जना सदस्य नेकपा एमालेका विजयी भएका थिए भने वडा नं. १६ मा अध्यक्ष स्वतन्त्रबाट विजयी हुँदा चार जना सदस्य नेकपा एमालेका उमेदवारहरु विजयी भएका थिए । यसरी हेर्दा गिरिराज केसी उमेदवार भइरहेको क्षेत्रमा नेकपा एमाले गठवन्धनको तुलनामा निकै अघि देखिएको छ ।

 

हार्न नजानेका पाण्डे पुनः निर्वाचनको मैदानमा

राप्ती पोष्ट

कुनै बेला घनश्याम पाण्डेलाई लाग्दथ्यो, शिक्षण पेशामा जिवन वित्छ । तर एउटा समय यस्तो आइदियो कि जसलाई एउटा विद्यालय र केही विद्यार्थीको मात्रै होइन सिंगो नगरपालिकाको नेतृत् वगर्ने स्थानमा जानुपर्ने भयो । २०५४ सालमा २४ बर्षको उमेर हुँदा तुलसीपुर नगरपालिकाको उपमेयरको जिम्मेवारीमा रहनुपर्ने अवस्था आयो । धेरैलाई त्यतिवेला विश्वास लागेको थिएन कि एउटा केटो जो भर्खर उच्च शिक्षा सकेर विद्यालयमा चक घोट्नमा तल्लिन छ जो कुनै दिन तुलसीपुरको मेयर हुनेछ । विस्तारै लुम्विनी प्रदेशको नेतृत्व गर्ने स्थानमा पुग्नेछ भनेर । तर भयो त्यहि धेरैले विश्वास नगरेको जिम्मेवारीमा पाण्डे पुग्नुभयो । यतिवेला उहाँ आगामी मंसिर ४ गतेका दिन हुने प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ (१)बाट उमेदवार बन्नुभएको छ ।

तुलसीपुरमा रहेको दाङ्ग भ्याली बोर्डिङ्ग स्कुलमा चक घोटिरहेको बेला उहाँ आफैलाई विश्वास लागेको थिएन । जीवनको यात्रा यसरी अघि बढ्छ भनेर उहाँलाई नेकपा एमालेले उपमेयरको उम्मेदवार बनायो । विद्यार्थीकालबाट पार्टीमा लागेको, जुझारु स्वभाव, हरेक परिस्थितिलाई नियन्त्रणमा लिनसक्ने गुण, पढेलेखेको अझ त्यसमा अंग्रेजी मस्तसँग बोल्न जान्ने भएकाले हुनुपर्छै उहाँले निर्वाचन जित्नुभयो । आफ्नो जिम्मेवारीमा खरो उत्रनुभयो । उहाँको कामको सवैले प्रशंसा गरे । २०५४ साल पछि निर्वाचन भएन । उहाँ सामाजिक काममा लाग्नुभयो । सामुदायिक बन महासंघको केन्द्रिय सदस्य हुँदै केन्द्रिय अध्यक्ष मात्रै होइन अन्तर्राष्टिय अध्यक्ष पनि हुनुभयो । जव २०७४ सालमा तुलसीपुर पहिलेको भन्दा फराकिलो भयो । उपमहानगरपालिका भयो । घनश्याम पाण्डेको खोजी भयो । प्रतिष्पर्धा निकै पेचिलो थियो । सांसद भइसकेका व्यक्तिसंग प्रतिष्पर्धा गर्नुपर्ने थियो । तर पनि उहाँले हिम्मत हार्नु भएन । निर्वाचनमा होमिनुभयो । जित्नुभयो । तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा सफल कार्यकाल विताउनुभएका पाण्डे यतिवेला प्रदेश सभामा उमेदवार बन्नुभएको छ ।

२०४/४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२÷६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गर्नुभएको थियो । पदलाई परिणाममा परिणत गर्न सक्ने पाण्डेले तुलसीपुरको अनुहारलाई उपमेयर हुँदा केही बदल्नुभयो । करिब १६ वर्षसम्म तुलसीपुर पाण्डेले कोरेको गोरेटेमा हिडिरह्यो । बसपार्क व्यस्थापन, पुष्पलाल पार्क, बिरुवा रोपेर बजारको सौन्दर्यीकरण लगायतका तुलसीपुरको उज्यालो भविष्यसँग जोडिएका कयौ कामहरु पाण्डेको योजना भइरहे ।

स्थानीय तहको निर्वाचन समयमै हुन नसक्दा नेतृत्वको रिक्तता रह्यो । पाण्डेले सामाजिक अभियन्ताका रुपमा आफुलाई प्रस्तुत गर्नुभयो । नेपालमा सामुदायिक वन विस्तार र विश्व समुदायलाई नेपालको पहलकदमीबारे सुनाउँदा सुनाउँदै उहाँले संसारका धेरै देशमा पाइला राख्नुभयो । अनुभवले खारिएर फेरी उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्नुभयो । जनताले विश्वास पनि गरे, पाण्डेले निर्वाचन जित्नुभयो ।

एउटा हिसावले भन्ने हो भने कहिल्यै हार्न नजानेका पाण्डेमा जित्ने अचुक सुत्र पनि छ । पाँच वर्षमा तुलसीपुरलाई हेर्न, सुन्न र अनुभुत गर्न लायक वनाउनमा उहाँले आफ्नो सारा सामथ्र्य खर्च गर्नुभयो । तुलसीपुर नेपालभरीका स्थानीय तहका लागि सिक्ने पाठशाला बनेको छ । यसमा पाण्डेकै अतुलनिय योगदान मान्न सकिन्छ । उहाँले नेपाल र नेपाल बाहिर विश्वका करिव ५० देशमा सामुदायिक वनको अभियान विस्तार गर्ने, वनमाथि स्थानीय समुदाय र आदिवासी जनजातिको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघदेखि विभिन्न विश्वका मञ्चहरुमा सशक्त भुमिका निभाएको कुरा ताजै छन् ।
यतिवेलाको निर्वाचनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरेर नेकपा एमालेले उहाँलाई दाङ ३ (१)बाट उम्मेदवार बनाएको छ । पाण्डेको लामो राजनीतिक पृष्ठभुमी र आर्थिक, सामाजिक, शैक्षिक, कृषि, सहकारी, वन तथा वातावरण र समावेशी विकासमा महत्वपूर्ण योगदान रहदै आएको छ ।

२०३० भाद्र ८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारामा सामान्य निम्न वर्गिय परिवारमा जन्मिनुभएका पाण्डे सानैदेखि तिक्ष्ण वृद्धि र नेतृत्व क्षमतामा अब्बल हुनुहुन्थ्यो । उहाँले २०४६ सालमा जनता मावि हंशपुरबाट एसएलसी प्रथम श्रेणीमा पास गर्नुभयो । त्यो विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने पाण्डे नै पहिलो विद्यार्थी हुनुहुन्थ्यो । ०४२÷४३ मा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय पाण्डेले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट विएस्सी उत्तिर्ण गर्नुभयो भने सोही क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियुको उपसभापति भएर नेतृत्व समेत गर्नुभयो ।

सामुदायिक वनको अभियानमा स्थानीयस्तरदेखि जोडिनुभएका पाण्डे सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सदस्य हुँदै, केन्द्रीय अध्यक्ष र विश्व सामुदायिक वन सञ्जालको संयोजकको रुपमा भुमिका निर्वाह गरिसकेको अनुभव स्थानीय विकासका लागि काम लागेको छ । अध्ययन, अभियान, अनुसन्धान र सामाजिक रुपान्तरणमा क्रियाशिल भइरहने पाण्डेले यसैबीचमा कानुनमा स्नातक, ग्रामिण विकासमा स्नातकोत्तर गरी हाल चेक गणतन्त्रबाट जैविक अर्थशास्त्रमा विद्यावारिधि गरिरहनुभएको छ ।

२०४२÷४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२÷६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गरेका थिए । सोही क्रममा काठमाडौमा एक महिना विभिन्न राजनीतिक दलका केन्द्रीय नेतासँगै हिरासत बसी सर्वोच्च अदालतको आदेशमा रिहा हुनुभएको थियो । सामुदायिक वन, सहकारी,बैंक तथा वित्तिय संस्था, सामुदायिक रेडियो, युवा उद्यमशिलता अभियान, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा अनुकरणीय काम गरेका पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा समुदायको प्राकृतिक स्रोत उपरको अधिकारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

नगरप्रमुखका रुपमा मेयर पाण्डेले तुलसीपुरको समग्र विकास र समृद्धिका लागि नेपालमै नमुना कामहरु गर्नुभएको छ । प्राविधिक शिक्षाको विकासका लागि मेट्रो कलेज र स्वास्थ्य सेवामा पहुँच र सुनिश्चितताका लागि मेट्रो हस्पिटलको स्थापना, आधुनिक कृषि बजार, अटोभिलेजको निर्माणका साथै महिला शसक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम र सुत्केरी भत्ताका साथै नेपालकै पहिलो उपमहानगरपालिकाका रुपमा खरको छानो विस्थापनका उल्लेख्य भुमिका रहेको छ ।
नेपाल नगरपालिका संघका केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएका पाण्डे नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुुहुन्छ । उहाँलाई नेकपा एमालेले उमेदवार बनाएको छ । दुई पटक नगरपालिकाको सफल नेतृत्व गरेका कारणले पनि यतिवेला पाण्डेको चर्चा चुलिएको छ । विद्यालय शिक्षामा होस चाहे कलेजको शिक्षामा होस पाण्डे सधै उत्कृष्ठ रहनुभयो । यतिवेला तुलसीपुरको मात्रै होइन, समग्र प्रदेशको नेतृत्वगर्ने गरी उहाँ निर्वाचनको मैदानमा उभिरहदा उहाँलाई बधाई र शुभकामना दिनेहरु नै धेरै छन् । निर्वाचनको मिति नजिक हुँदै गर्दा उहाँको विजययात्रा करिव निश्चित जस्तो भइसकेको जानकारहरुको बुझाई छ । नगरपालिका र सामाजिक क्षेत्रमा सफलताका साथ नेतृत्व गर्नुभएका पाण्डेलाई आगामी यात्राका लागि शुभकामना ।

निर्वाचनको समयमा पत्रकार मर्यादित बन्नुपर्ने

राप्ती पोष्ट

दाङ, कात्तिक । निर्वाचनको समयमा पत्रकारले खेल्ने भूमिकाका बारेमा बुधबार घोराहीमा छलफल गरिएको छ । कार्यक्रममा बोल्नेहरुले अन्य समयको तुलनामा संचारको दुरुपयोग हुन सक्ने भएकाले निर्वाचनको समयमा पत्रकारले धैर्यता गुमाउन नहुने धारणा बक्ताहरुले राखेका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्नेहरुले निर्वाचनको समयमा गलत सूचना जाने र त्यसले पत्रकारिताको समग्र बुझाई गलत हुने भएकाले यस्तो बेलामा पत्रकारहरु बढी गम्भिर हुनुपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले निर्वाचन आफैमा संवेदनशिल विषय भएकाले निर्वाचनको समयमा पत्रकारहरु बढी गम्भिर हुनुपर्ने बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले राजनीतिक दलका गतिविधिलाई संकुचित गर्न चाहिरहेका भन्दै पत्रकारहरु राजनीतिक गतिविधि संकुचन गर्ने विषयमा बोल्नुपर्ने बताउनुभयो । अहिले प्रत्यक्ष रुपमा बहस छलफल गर्नुपर्ने समय आएको भएपनि निर्वाचन आयोगले कानेखुसी गरेर घरदैलो गर्नका लागि मात्रै अनुमती दिनुलाई राम्रो मान्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, सभा गर्ने, भेला गर्ने, आफ्नो विचार राख्न पाउने राजनीतिक अधिकारबाट बञ्चित गरेर निर्वाचन आयोगले के गर्न खोजेको हो भन्ने बारेमा बुझ्न सएिको छैन ।’ अव ओपन डिवेट गर्ने कुरालाई अघि बढाउनुपर्छ, उमेदवारसंग कुराहरु लिनुपर्छ, यस्तो भयो भने मात्रै उमेदवारसंग रहेका एजेण्डाका बारेमा आम नागरिकलाई जानकारी हुन सक्छ भन्ने कुरालाई बुझ्न जरुरी रहेको उहाँको धारणा थियो ।

उहाँले निर्वाचनको समयमा राजनीतिक दलले ल्याउने एजेण्डालाई समर्थन वा विरोध गर्न सकिने भन्दै पत्रकारले गाली गलौज र घृृणा फैलाउने अभिव्यक्तिलाई महत्व दिन नहुनेमा जोड दिनुभयो । पछिल्लो समय निर्वाचनको बेलामा मिडियामा आउने विषयका बारेमा बहस छलफल हुन थालेको भन्दै यो राम्रो भएको पनि उहाँले बताउनुभयो । कतिपयले निर्वाचनको समयमा सेल्फ सेन्सरसिपमा जानुपर्ने कुरा गरिरहेको भन्दै सेल्फ सेन्सरसिप राम्रो कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले तयार पारेको आचार संहिता र पत्रकारहरुको आचार संहितालाई पालना गरेर अघि बढ्ने हो भने कुनै समस्या हुँदैन, हामीले सेल्फ सेन्सरसिपमा जानु पनि पर्दैन, यसले मिडियालाई झनै कमजोर बनाउँछ ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले निर्वाचन आयोगले निर्वाचन आचार संहिता र अन्य विषयमा कस्दै लगेको भन्दै कतिपय कुराहरु महासंघलाई मान्य नरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले तयार पारेको आचार संहिता रहेको भन्दै यहि पालना गर्दा पनि हुने भन्ने अभिव्यक्ति दिंदा अघिल्लो निर्वाचनमा महासंघका अध्यक्षलाई नै आयोगले स्पष्टिकरण सोधेर तर्साउन खोजेको स्मरण गर्नुभयो । उहाँले निर्वाचन आयोगले हामीलाई भन्ने भन्दा पनि हामी आफै गम्भिर बन्नुपर्ने अवस्था आएको बताउनुभयो ।

नागरिक समाज दाङका संयोजक तथा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केवी मसालले पत्रकारले लेखेका कुराहरुको मूल्याङ्न पाठक तथा स्रोताले गर्ने भएकाले विश्वसनिय विषय मात्रै दिन आग्रह गर्नुभयो । उहाँले कलम समायपछि नागरिकलाई सत्य र तथ्य कुरा मात्रै दिन्छु भन्ने भावना हुनपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघले निर्वाचनको सन्दर्भमा पत्रकारले उठाउने विषयका बारेमा चासो राख्नु राम्रो पाटो भएको बताउनुभयो ।

यस्तै प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसीले निर्वाचनको बेला कस्ता विषयहरु उठाउने भन्ने बारेमा छलफल चलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पत्रकारले कसैका पक्षमा लेख्दैमा त्यो उमेदवारले जितिहाल्ने भन्ने नहुने भन्दै अहिले कतिपय विषयमा पत्रकार भन्दा पाठक बढी सचेत भएको आफूले पाएको बताउनुभयो । उहाँले निर्वाचनको समयमा राजनीतिक दलले उठाउने विषयमा पनि बहस र छलफल गर्न सकिने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मधुसूदन बैद्यले निर्वाचनको समयमा पत्रकारसंग नागरिकले बढी अपेक्षा गर्ने भन्दै यसका लागि पत्रकारहरु पनि तयार हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले आफ्नो जिम्मेवारीलाई नभूल्ने हो भने समस्या नहुने धारणा राख्नुभयो । कुनै पनि माध्यम कुनै अमुक दलको मुखपत्र बन्नु हुँदैन भन्दै आफूले निर्वाचनको समयलाई पत्रकारको अग्नी परीक्षाका रुपमा लिएको बताउनुभयो ।

प्राध्यायक केवी चौधरीले निर्वाचनको समयमा राजनीतिक दल र उमेदवारले आफ्नो पक्षमा विषयहरु आइदिए हुन्थ्यो भन्ने कुरा स्वभाविक जस्तै भएको बताउनुभयो । उहाँले निर्वाचनको समयमा सस्ता विषयलाई संचारमा ल्याउनुको साटो गाउँघरमा रहेका विषयहरु उजागर गर्नु आवश्यक रहेको बताउनुभयो ।

यस्तै प्रेस सेन्टर लुम्विनी प्रदेशका महासचिव भुपेन्द्र भण्डारीले निर्वाचनको समयमा पत्रकारलाई राजनीतिक दलले प्रयोग गर्न खोज्ने भन्दै यसका लागि पत्रकारहरु स्वयम सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारितालाई विश्वसनिय र निश्पक्ष रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । मिडियालाई सहयोग गरेको भएपनि कुनै बेला राजनीतिक नेतृत्वले नै मिडियालाई लगाम लगाउने काम गर्ने भन्दै यस हिसावले नै संचारकर्मी सचेत हुनुपर्ने बताउनुभयो । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले पत्रकारले उठाएका विषयले पाठकलाई न्याय गरेको छ कि छैन भन्ने बारेमा बुझ्नुपर्ने भन्दै पाठक र स्रोतालाई कस्ता विषय दिने भन्ने बारेमा गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि संचारमाध्यम दलको मुखपत्रका रुपमा जान नहुनेमा जोड दिनुभयो ।

राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदाशीले पत्रकारितमा विश्वसनियताको अभाव हुँदै गएको बताउनुभयो । उहाँले हाम्रा विषयलाई नागरिकले कसरी लिइरहेको छ भन्ने बारेमा आफूले पनि जानकारी लिनुपर्ने बताउनुभयो । निश्पक्षता भयो भने मात्रै विश्वसनियता हुने भन्दै नागरिकको विश्वास जित्ने कुरालाई आफ्नो पूँजीका रुपमा पत्रकारले लिनुपर्नेमा जोड दिनुभयो । रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरीले निर्वाचनको समयमा मिडियाको दुरुपयोग हुन सक्ने भएकाले यो कुरामा सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले दलका विषयलाई कसरी प्रवेश गराउने भन्ने बारेमा बेग्लै संचार नीति बनाएर हिड्न आवश्यक रहेको धारणा पुरीको थियो ।

यस्तै रेडियो हाम्रो पहुँचका स्टेशन मेनेजर बसन्त पौडेलले निर्वाचनको समयमा दलका नेता कार्यकर्ताले मिडियाबाट बढी नै अपेक्षा गर्ने गरेको आफूले पाएको बताउनुभयो । उहाँले के कस्ता विषय दिने भन्ने बारेमा आफूहरुले बेग्लै नी
ित बनाएको जानकारी दिनुभयो । उहाँले पत्रकारिता खत्तम भयो जस्तो आफूलाई नलाग्ने भन्दै अहिले पनि विषय बस्तुका हिसावले सच्चाउन सकिने सम्भावना रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय सन्तोष सुवेदी र बसुन्धरा गौतम, पत्रकारहरु हेमराज शर्मा, रंजिता अधिकारी, रोशनमान श्रेष्ठ, जेएन सागर, आर के शितल, आदिम केसी लगायतले बोल्नुभएको थियो ।

 

दाङमा १२ मतदानस्थल अति संवेदनशील

छबि पुरी /राप्ती पोष्ट

घोराही, असोज । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दाङका एक सय ५३ मतदानस्थल मध्ये १२ मतदान स्थल अति सम्वेदनशील रुपमा पहिचान गरिएको छ । जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थलहरु सुरक्षाका रुपमा अति सम्वेदनशील पहिचान गरिएको निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले राप्ती पोष्टलाई जानकारी दिनुभयो ।

उहाँले अति सम्वेदनशीलमा राखिएको भए पनि सोही अनुसार सुरक्षाकर्मी खटिने भन्दै सुरक्षा प्रत्याभूति दिलाउन आफूहरु तत्पर रहेको विश्वास दिलाउनुभएको छ । यस्तै जिल्लाको एक सय ३० संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको पहिचान गरिएको रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लाको १० वटा पालिकामध्ये खासगरी बबई गाउँपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिकामा रहेका मतदानस्थलहरु अति सम्वेदनशील मानिएका छन् । यसो हुनुमा भौतिक पूर्वाधारको जटिलता र राजनीतिक प्रभाव कारक मानिएको उहाँले बताउनुभयो ।

‘केही दिनअघि आएको बाढी, पहिरोले पनि सुरक्षा सम्वेदनशीलताका पुनर्विचार गर्न बाध्य बनाएको छ, अहिले दुर्गमका मतदान केन्द्र जाने बाटो टुटेको छ’ उहाँले भन्नुभयो, ‘खासगरी बबई, राजपुर, बंगलाचुली, राप्तीको केही ठाउँको भूगोल र सामाजिक परिवेशले अति सम्वेदनशील मतदान स्थल पहिचान गर्नुपरेको हो ।’ खासगरी अहिलेको निर्वाचन गठबन्धन र प्रतिपक्षी एमालेका बीच विशेष रुपमा प्रतिष्पर्धा हुने आँकलन गरिएकाले राजनीतिक कारणले मात्रै नभई अरु विविध कारणले पनि सुरक्षा सम्वेदनशीलता वर्गीकरण गरिएको उहाँले बताउनुभयो ।

‘केहीले तर्साउने होला तर त्यो नै प्रमुख कारक बन्छ जस्तो लाग्दैन, किनकी यो उम्मेदवारको स्वाभावमा भर पर्ने कुरा हो । दलबीच निश्पक्ष प्रतिष्पर्धा हुनुपर्छ’ उहाँले भन्नुभयो ‘बंगलाचुली, बबई र राजपुर अलि बढी संवेदनशील मानिएको छ । तर, गठबन्धन र एमालेको प्रतिष्पर्धा भएकाले राजनीतिक संवेदनशीलता त्यति नहोला भन्ने अनुमान हो ।’ तर ती सबै कुराको अन्तिम टुंगो निर्वाचनको मौन अवधि शुरुभएपछि देखिन शुरु हुने उहाँले बताउनुभयो ।

यसैगरी यो पटक जिल्लामा कोही पनि मतदान गर्नबाट वन्चित नहोऊन भन्ने उद्देश्यका साथ कारागारका कैदीबन्दी, सरकारी कर्मचारीलाई अलग्लै मतदान केन्द्रको व्यवस्था गरी निर्वाचनमा सहभागी गराईने भएको उहाँले बतानुभयो । जसका लागि ३ स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण गरिने भएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारका कैदीबन्दीलाई कारागार परिसरमै तथा जिल्लामा कार्यरत निर्वाचनमा खटिने बाहेक सरकारी कर्मचारी एवम् बाहिरी जिल्ला ठेगाना भएका सरकारी सेवारतलाई घोराहीमा अस्थायी मतदान केन्द्र तोकेर निर्वाचनमा सहभागी गराईने भएको हो ।

आठ हजार जनशक्ति परिचालन हुने

यसैगरी दाङमा मंसीर ४ को निर्वाचनका लागि करीव आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लाका सबै मतदान केन्द्रलाई पुग्ने गरी चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० जना कर्मचारी खटिन लागेका हुन् । जिल्लाको सबै ठाउँको बस्तुस्थिती र सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै जनशक्ति र सुरक्षाकमी परिचालन हुन लागेका हुन् ।

जसमा निर्वाचन अधिकृतदेखि सहायक स्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन् । चार हजार सुरक्षाकर्मी मध्ये एक हजार ९ सय २० जना म्यादी प्रहरी दाङमा परिचालन हुँदैछन् । सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिनेछन् । अति सम्वेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा ३ प्रहरी र ६ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने रेग्मीले बताउनुभयो ।

यसैगरी, दुई सय ५० जनासम्म मतदाता भएको ठाउँमा चार सहायक कर्मचारी र एक कार्यालय सहयोगीसहित प्रति मतदान केन्द्र बराबर एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत खटिने भएका प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

यस्तै, दुई सय ५१ देखि माथि मतदाता भएको ठाउँमा सहायक सहायक कर्मचारी पाँच जना, स्वयम्सेवक १ मतदान केन्द्र बराबर २ जना खटिने भएका छन् भने त्यो भन्दा बढी मतदाता भएको ठाउँमा तीन जना स्वयंसेवक र सोही अनुपातमा कर्मचराी खटिने भएका छन् । जिल्लामा यो पटक एक हजार आठ सय ५४ स्वयंसेवक लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख निर्वाचन अधिकारी भण्डारीले जिल्लाको चार सय ६५ मतदान केन्द्रमा चार सय ६५ जना मतदान अधिकृत र चार सय ६५ जना नै सहायक मतदान अधिकृत खटिने जानकारी दिनुभयो । साथै अन्य सहायक स्तरका कर्मचारी र स्वयम सेवकसमेत खटिने भण्डारीको भनाई छ । उहाँका अनुसार निर्वाचनमा तीन हजार दुई सय कर्मचारी र अपुग हुने भएकाले बाँकी शिक्षकलाई मतदान केन्द्रमा खटाउने तयारी भएको छ ।

यसैबीच, मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले प्रदेश र संघीय निर्वाचनमा उम्मेदवारको संख्याका आधारमा मतपत्र छपाईको काम भईरहेकाले त्यति झन्झटिलो नभएको हुँदा आम नागरिकलाई मतदाता शिक्षा व्यापक बनाउनु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले यो पटक मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिईएको जानकारी गराउनुभयो । यसमा महिला स्वास्थ्य स्वयंसेविकालाई जिम्मेवारी दिईएको उहाँको भनाई छ ।

दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । मंसीर ४ को निर्वाचनका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा भाग लिन मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको संख्या चार लाख १४ हजार नौ सय ५६ जना रहेको छ । जसमध्ये दुई लाख तीन हजार नौ सय आठ पुरुष, दुई लाख ११ हजार ४६ जना महिलाहरु र अन्य दुई जना मतदाता रहेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

यो पटक दाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना प्रदेश सभातर्फ १ का १ मा ९ जना, १ को २ मा ६ जना बीच प्रतिष्पर्धा हुने भएको छ । यसैगरी, संघीय निर्वाचन क्षेत्र नम्बर क्षेत्र नम्बर २ मा १५ जना, २ को १ मा ८ जना र २ को २ मा ५ जना बीच प्रतिष्पर्धा हुने भएको छ । संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा १६ जना बीच प्रतिष्पर्धा हुने भएको छ भने प्रदेश तर्फ ३ को १ मा ९ जना र ३ को २ मा ९ जना गरी संघ र प्रदेश गरेर कुल ९ पदका ८९ जनाबीच प्रतिष्पर्धा हुँदैछ ।

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको आग्रह

राप्ती पोष्ट

काठमाडौं, २८ असोज । आमागी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा राजनीतिक दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

प्रेस काउन्सिलले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ ।

आसन्न निर्वाचनको सन्दर्भमा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले यस्तो आग्रह गरेको हो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘सञ्चार माध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्तिहरू प्राप्त हुन सक्दछन् ।

मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चार माध्यम सदैव सजग हुनुपर्दछ ।’ ‘समाजलाई मार्गप्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकारजगतबाट नै कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, राजनीतिक दल एवम् उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिंँदै शेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालबाट समेत पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचारसंहिताविपरीत हुने हुँदा सञ्चार माध्यम, पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाबाट यसप्रकारका गतिविधि नगर्न÷नगराउन अपिल गरिन्छ’– प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य नगर्न÷नगराउन र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकतासाथ सम्प्रेषण गर्न पनि प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

यस्तै कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा वा सञ्चार माध्यम तथा पत्रकारले पत्रकार आचारसंहिताविपरीत कार्य गरिरहेको पाइएमा वा कुनै जनगुनासो भएमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने व्यवस्था रहेको र आचारसंहिता पालना भए÷नभएको विषयमा सूक्ष्मरूपमा अनुगमन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

लमहीका निवर्तमान मेयर केसीको प्रदेश सभा जित्ने यस्तो छ तयारी

श्रवण बस्नेत/राप्ती पोष्ट

लमही, असोज । २०७४ सालको स्थानीय तह निर्वाचनमा लमही नगरपालिकाको मेयरमा निर्वाचित भएपछि कुलबहादुर केसीको चर्चा चुलिएको थियो । दुईवटा वडामा मात्रै नेकपा एमालेबाट अध्यक्ष निर्वाचित हुँदा पनि केसी मेयरमा निर्वाचित हुुनुभएको थियो । यसबाट पनि केसीको चर्चा चुलिएको थियो । गत बैशाखमा भएको निर्वाचनमा केसी पुनः मेयरको उमेदवार हुने चर्चा थियो तर पार्टीले उहाँलाई उमेदवार बनाएन । उमेदवारका लागि उहाँ दावेदार हुनुहुन्थ्यो । केसीलाई मेयरको उमेदवार नवनाएपछि धेरैले अव संघीय सांसदको वा प्रदेश सभामा उमेदवार बनाउने अनुमान धेरैले गरेका थिए । सोही अनुमान अनुरुप नै केसी यतिवेला दाङ क्षेत्र नं. १ को (२) मा प्रदेश सांसदका रुपमा उमेदवार बन्नुभएको छ ।

यहि क्षेत्रमा अनुराग खड्कालाई नेपाली काँग्रेस–माओवादी गठवन्धनले उमेदवार बनाएको छ । खड्कालाई गठवन्धनले उमेदवार बनाएपछि प्रदेश १(२) मा कसले बाजी मार्ला भनेर चर्चा गर्न थालेका छन् । लमही नगरपालिकाको मेयर हुँदा गरेको नेतृत्वका आधारमा केसीले नै प्रदेश सभामा प्रतिनिधित्व गर्ने अनुमान गर्न थालेका छन् । केही दिन अघि प्रदेश सभा सदस्यका लागि उमेदवारी दर्ता गराएपछि केसी प्रचार प्रसारमा जुट्नुभएको छ । २०७४ सालमा एमालेबाट लमही नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएर गरेको कामको अनुभवका आधारमा अव प्रदेश सभामा पनि केसीले सफल नेतृत्व गर्ने आंकलन गर्न थालिएको छ । नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछी नगरप्रमुखको रुप्मा पाँच बर्षे कार्यकाल सफलताका साथ सम्पन्न गर्नुभएका केसी जनतका बीचमा परिचित भएका कारणले निर्वाचन जित्न सहज हुने बताइन्छ ।
नगरप्रमुखका रुपमा पाँच वर्षको दौरानमा नगरका हरेक बस्तीका जनतासंग प्रत्यक्ष जोडिन पुगेका केसी सबै सामु चिरपरिचित हुनुहुन्छ । यो क्षेत्रमा लमही नगरपालिका, घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ नं. वडाका साथै साविक राजपुर गाविस पर्दछन् । पार्टीमा स्थनीय कमिटी हुँदै जिल्ला कमिटी, क्षेत्रिय संयोजक हुँदै अहिले लुम्विनी प्रदेश कमिटीको सदस्यका रुपमा केसीले जिम्मेवारी प्राप्त गर्नुभएको छ । राजनीतिक वृत्तमा केसीलाई कुसल खेलाडीका रुपमा लिइन्छ । मतदातालाई आकर्षित गर्न सक्ने गज्जवको कला केसीसंग रहेको छ ।

कुलबहादुर केसीको परिचय

कुल बहादुर केसीको जन्म विं.सं. २०२७ साल असार १९ गते बुवा लाल बहादुर खत्री र आमा अमृता खत्रीको कान्छो छोराको रुपमा रोल्पा जिल्ला साविक गौरिगाउँ गाविस –५ हालको त्रिवेणी गाउँपालिका– ७ वर्तिवांगमा भएको थियो । उहाँको प्रारम्भिक शिक्षा श्री शुक्र प्रावि जुङ्लुङ, रोल्पामा भएको थियो । त्यसपछि कक्षा तीन देखि सात सम्म उहाँले नेपाल राष्ट्रिय निमावि हालको अरनिको माध्यामिक विद्यालय नुवागाउँ पढ्नुभएको थियो ।

त्यतिबेलाको कक्षा आठ जिल्ला स्तरीय हुने भएकोले दाङको नारायणपुर आएर सिद्द रत्ननाथ माध्यामिक विद्यालयमा भर्ना भएर कक्षा आठ उत्तिर्ण गर्नुभयो । कक्षा ९ पढ्नका लागि फेरी रोल्पा फर्किनुभयो । रोल्पाको जनजागृति माध्यामिक विद्यालयबाट कक्षा ९ उतिर्ण गरेपछि कुलबहादुर फेरी दाङको नारायणपुर सिद्द रत्ननाथ माविमा भर्ना हुनुभयो । विं.सं. २०४५ सालमा त्यस विद्यालयबाट एसएलसी उतिर्ण गर्नुभयो ।

घरको कान्छो छोराले एसएससी पास गरेपछि परिवार निकै खुसी भएको थियो । बुवा आमा निकै खुसि भएर कान्छाले जता पढ्छु भन्छ उतै पठाउने भनेपछि उहाँले थप अध्ययनका लागि घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । त्यतिवेला राप्ती अञ्चलका सवै जिल्लाका विद्यार्थीहरुले पढ्ने एकमात्र क्याम्पसका रुपमा थियो महेन्द्र क्याम्पस ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दाङ –१ (२) बाट नेकपा एमालेका उम्मेदवार केसीले अर्थशास्त्र विषयमा बिए उतिर्ण गर्नुभएको थियो । उहाँको राजनीतिक यात्रा विं.सं. २०४६ साल फाल्गुन ७ गते जन आन्दोलन शुरुवाटसंगै भएको थियो । त्यतिवेला उहाँ नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौमा आवद्ध रहनुभयो । अनेरास्ववियुमा आवद्ध भएपछि केसीको राजनीतिक यात्रा सुरु भएको थियो । राजनीतिमा सक्रिय भएपछी केसी रोल्पामा नेकपा मालेको नगर सुरक्षा समितिको सचिव भएर आन्दोलनमा सहभागी हुनुभयो ।

बहुदल आएपछि संयुक्त राजनीतिक दलको बिजयी जुलुशको कार्यक्रममा अनेरास्ववियुका तर्फबाट केसीले सम्बोधन गर्ने अवशर प्राप्त गरेका थिए । ‘त्यो बेलाको मेरो भाषणले मेरो राजनीति हाइट बढाएको थियो’– केसी सँझनुहुन्छ । निडर र स्पस्ट बोल्न सक्ने क्षमता भएका केसीले अनेरास्ववियुको साविक राप्ती अंचलको कोषाध्यक्ष भएर काम गर्ने मौका पाउनुभयो । उहाँ २०५४ सालमा नेकपा एमाले रोल्पा जिल्ला कमिटी सदस्य बन्न सफल हुनुभयो । त्यसपछि दाङ बसाई सराइ गरेपछि यता पनि सक्रिय राजनीति गर्ने क्रममा केसी एमाले दाङ जिल्ला कमिटी सदस्य, जिल्ला आर्थिक प्रमुख हुँदै हाल लुम्बिनी प्रदेश कमिटी सदस्य र हाल नेकपा एमाले दाङ –१ को इन्चार्जका रुपमा पनि हुुनुहुन्छ ।

विं.सं. २०४८ सालमा केसी दम्पतिले शिक्षक सेवा आयोगले लिएको परिक्षामा नाम निकाल्न सफल हुनुभयो । तर उहाँ शिक्षण तर्फ नलागेर राजनीतिक यात्रामा होमिनुभयो । यद्दपी केसीको परिवार नै राजनीतिमा होमिएको छ । उहाँका दाजुहरुले अंगाल्दै आएको बाटोलाई पच्छ्याउने क्रममा केसी अघि बढीरहनुभएको छ । लमही नगरपालिकामा नमुना काम गर्न सपल केसीलाई प्रदेस सभा सदस्य भएर विकास निर्माणको काम, सामाजिक क्षेत्रको काम गर्न मन छ । आफू लमहीको मेयर हुँदा गरेका कतिपय नमुना कामहरुलाई सफल बनाउनु आफ्नो योजना रहेको उहाँको भनाई छ ।

केसी मेयर भएकै समयमा लमहीमा बसपार्व व्यवस्थित गरियो । लमहीमा ट्रमा सेन्टर बनाउनका लागि काम थालनी भयो । लमहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनका लागि उहाँको पहल रह्यो । रिहार नेपालका एक सय वटा महत्वपूर्ण पर्यटकिय स्थलमा पर्न सफल भयो । लमहीमा बोटानिकट गार्डेन बनाउने काममा उहाँकै सक्रियता रहयो । लमहीमा खानेपानीका विभिन्न योजना बनाउने देखि लिएर लमही–कोइलाबास सडक निर्माणका लागि केसीको पहल रह्यो । यस्तै लमही नगरपालिकाको भवन जिर्ण रहेकोमा सुविधा सम्पन्न भवन निर्माणको काम पनि केसीले पालामा सफल भयो ।
राजनीतिमा पछाडि फर्केर हेर्नु नपरेकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफू विजय हुने निश्चित रहेको केसीको भनाई छ । दाङको देउखुरी उपत्यका प्रदेशको राजधानी क्षेत्रका रुपमा रहेकाले यसको कार्यान्वयनका लागि दवावमूलक भूमिका खेल्ने योजना केसीको छ । मतदाताले आफूलाई विश्वास गरेमा मतदाताले गरेका अपेक्षा पुरा गरेरै छोड्ने दृढता उहाँको छ । नेकपा एमालेबाट उमेदवार बन्नुभएका केसीको यात्रा प्रदेश सभाका लागि अघि बढ्न सकोस यहि शुभकामना ।