spot_img
spot_img

गठवन्धनका कारण कसरी धरासायी हुँदैछ नेपालको अर्थतन्त्र

राप्ती पोष्ट

दाङ, कात्तिक । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ मा संघीय सांसदका उमेदवार शंकर पोखरेलले बर्तमान गठवन्धन सरकारका कारणले नेपालको अर्थतन्त्र संकटमा पर्दै गएको बताउनुभएको छ । नेकपा एमाले घोराही–१० ले नारायणपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले चलेकै हिसावले सरकार अरु एक बर्ष चल्ने हो भने नेपालको अवस्था श्रीलङ्काको भन्दा पनि जर्जर अवस्थामा पुग्ने दावी गर्नुभयो । मुलुकलाई आर्थिक संकटबाट जोगाउनका लागि पनि आगामी मंसिर ४ गते हुने निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभयो । उहाँले देशव्यापी लहर हेर्दा नेकपा एमालेको एकल बहुमतको सरबार बन्ने अवस्था देखिएको बताउनुभयो । बर्तमान सरकारले बजार नियन्त्रण गर्न नसकेको, पूँजीगत खर्च गर्न नसकेको, विदेशी मुद्रा सञ्चित गर्न नसकेको जस्ता उदारहण दिनुभयो ।

कोरोनाकालमा पूँजीगत खर्च गर्न निकै गाह्रो हुँदा पनि तत्कालिन केपी ओली सरकारले गरेको भन्दा कम पूँजिगत खर्च गरिरहेको उदाहरण दिंदै पोखरेलले अहिले व्यवसायी संकटमा परेको बताउनुभयो । व्याजदर बढेका कारणले गर्दा उद्योगी व्यवसायी डुव्ने अवस्थामा पुगेको भन्दै बर्तमान सरकारलाई यस्ता कुरा नछोएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘यो सरकारलाई देश र जनताको बारेमा कुनै चासो र चिन्ता छैन । यो जनतालाई राहत दिनका लागि आएको होइन, यो सरकार गैरजिम्मेवार सरकार हो ।’

उहाँले आगामी मंसिरको निर्वाचनपछि बलियो राष्ट्रिय शक्तिका रुपमा नेकपा एमाले आउने भन्दै बलियो राष्ट्रिय शक्ति बन्न सक्ने दल नेपाली काँग्रेस रहेको भएपनि अहिले आधा जति क्षेत्रमा उमेदवार उठाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । देशव्यापी रुपमा हेर्दा काँग्रेस निर्वाचन अघि नै आधा संख्यामा खुम्चिएको टिप्पणि उहाँको थियो । साविक राप्ती अञ्चलका पाँच जिल्लाका आठवटा निर्वाचन क्षेत्र मध्य जम्मा एउटा स्थानमा नेपाली काँग्रेसले संघीय संसदका लागि उमेदवार उठाएको प्रशंग उठाउँदै पोखरेलले यसबाट काँग्रेसको हालत कहाँ पुगेछ भन्ने स्पष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘काँग्रेसले आफ्नो आधार क्षेत्रमा नै उमेदवार उठाउन सकेको छैन भने बलियो राष्ट्रिय शक्ति बन्ने कुुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’

निर्वाचन भनेको कुनै पनि पार्टीले आफ्नो नीति बोकेर जनताका बीचमा जाने विधी भएपनि अहिलेको गठवन्धनसंग कुनै नीति नै नभएको दावी गर्नुभयो । निर्वाचनमा गठवन्धनबाट जाने तर घोषणा पत्र फरक ल्याउने कुराले कुन दलले के गर्न खोजेको स्पष्ट नभएको उहाँले बताउनुभयो । अहिले नेकपा एमालेसंग मात्रै देश निर्माणको स्पष्ट भिजन रहेको भन्दै एमालेमाथि जतिनै घेरावन्दी गरिएपनि नेकपा एमाले विजय हुने धारणा पोखरेलले राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेमाथिको घेरावन्दी भनेको मुलुकलाई प्रगतितर्फ जान नदिका लागि गरिएको हो ।’

एमालेमा प्रवेश गर्नेहरु बढ्दै

यसैबीच दाङमा नेपाली कांग्रेस, माओवादी, एकिकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । राजनीतिक दलका नेता तथा कार्यकता र स्वतन्त्र व्यक्तिहरु धमाधम एमालेमा प्रवेश गर्दै आएका छन् ।
सोही क्रममा विहीबार नेकपा माओबादी केन्द्र दाङका नेता केदार आचार्य नेकपा एमालेमा प्रवेश गर्नुभयो । नेकपा एमाले महासचिव शंकर पोख्रेलले आचार्यलाई एमालेमा स्वागत गर्नुभयो । त्यसैगरेर एकिकृत समाजवादीका घोराही उपमहानगरपालिका नगरसचिव तथा नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष गिरु विश्वकर्मा नेकपा एमालेमा फर्कनुभएको छ । विश्वकर्मालाई पनि नेकपा एमाले महासचिव पोख्रेलले स्वागत गर्नुभएको थियो ।

उता बंगलाचुली वडा न. ३ सानो दाङमाङमा विभिन्न पार्टी परित्याग गरी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रेम महरा, पारस मणि जि.सी, भोज राज रोका, सुरवीर महरा, कवि राम महरा, गणेश परियार, डोम बहादुर बुढाथोकी, जेदु जि. सी, मुक्त बहादुर महरा, मदन महरा, पदम जि. सी र गोविन्द महरा नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले दाङका सदस्य विवेक श्रेष्ठले जानकारी दिनुभयो । विगतको स्थानीय चुनावमा गठबन्धनको ‘कोर एरिया’को रुपमा रहेको बंगलाचुलीमा नेकपा माआवादी केन्द्र, नेपाली कांग्रेसको जिम्मेवारीमा बसेर काम गरेका नेताहरुले पार्टी छोडेपछि गठबन्धन कमजोर बन्दै गएको छ ।

यसैगरी विहीबार घोराही–१५ र ६ नम्वर वडाबाट एमालेमा प्रवेश गरेका युवाहरुलाई पार्टी महासचिव पोखरेलले स्वागत गर्नुभएको थियो । दाङ क्षेत्र न २ बाट प्रतिनिधिसभामा नेकपा एमाले महासचिव शंकर पोख्रेल उमेदवार भएपछि नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढेर गएको छ । दाङ क्षेत्र नं. २ अन्तरगत प्रदेशसभामा क्षेत्र न २ (१) मा बलिभद्र राना र २(२)मा गिरिराज केसी उम्मेदवार हुनुहुन्छ ।

अधिकारी पनि एमालेमा

यसैबीच नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सल्लाहकार तथा दाङ निर्वाचन क्षेत्र नम्वर १ (१) को प्रदेश कमिटी संयोजक धर्मराज अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । माओवादी केन्द्रको नीति विचलनको बाटोमा लागेकाले माओवादी केन्द्र परित्याग गरेको विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ । उहाँ विगतमा नेकपा एमालेबाट उमेदवार भएर साविक लालमटिया गाविसको उपाध्यक्ष बन्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img