spot_img
spot_img

हार्न नजानेका पाण्डे पुनः निर्वाचनको मैदानमा

राप्ती पोष्ट

कुनै बेला घनश्याम पाण्डेलाई लाग्दथ्यो, शिक्षण पेशामा जिवन वित्छ । तर एउटा समय यस्तो आइदियो कि जसलाई एउटा विद्यालय र केही विद्यार्थीको मात्रै होइन सिंगो नगरपालिकाको नेतृत् वगर्ने स्थानमा जानुपर्ने भयो । २०५४ सालमा २४ बर्षको उमेर हुँदा तुलसीपुर नगरपालिकाको उपमेयरको जिम्मेवारीमा रहनुपर्ने अवस्था आयो । धेरैलाई त्यतिवेला विश्वास लागेको थिएन कि एउटा केटो जो भर्खर उच्च शिक्षा सकेर विद्यालयमा चक घोट्नमा तल्लिन छ जो कुनै दिन तुलसीपुरको मेयर हुनेछ । विस्तारै लुम्विनी प्रदेशको नेतृत्व गर्ने स्थानमा पुग्नेछ भनेर । तर भयो त्यहि धेरैले विश्वास नगरेको जिम्मेवारीमा पाण्डे पुग्नुभयो । यतिवेला उहाँ आगामी मंसिर ४ गतेका दिन हुने प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ (१)बाट उमेदवार बन्नुभएको छ ।

तुलसीपुरमा रहेको दाङ्ग भ्याली बोर्डिङ्ग स्कुलमा चक घोटिरहेको बेला उहाँ आफैलाई विश्वास लागेको थिएन । जीवनको यात्रा यसरी अघि बढ्छ भनेर उहाँलाई नेकपा एमालेले उपमेयरको उम्मेदवार बनायो । विद्यार्थीकालबाट पार्टीमा लागेको, जुझारु स्वभाव, हरेक परिस्थितिलाई नियन्त्रणमा लिनसक्ने गुण, पढेलेखेको अझ त्यसमा अंग्रेजी मस्तसँग बोल्न जान्ने भएकाले हुनुपर्छै उहाँले निर्वाचन जित्नुभयो । आफ्नो जिम्मेवारीमा खरो उत्रनुभयो । उहाँको कामको सवैले प्रशंसा गरे । २०५४ साल पछि निर्वाचन भएन । उहाँ सामाजिक काममा लाग्नुभयो । सामुदायिक बन महासंघको केन्द्रिय सदस्य हुँदै केन्द्रिय अध्यक्ष मात्रै होइन अन्तर्राष्टिय अध्यक्ष पनि हुनुभयो । जव २०७४ सालमा तुलसीपुर पहिलेको भन्दा फराकिलो भयो । उपमहानगरपालिका भयो । घनश्याम पाण्डेको खोजी भयो । प्रतिष्पर्धा निकै पेचिलो थियो । सांसद भइसकेका व्यक्तिसंग प्रतिष्पर्धा गर्नुपर्ने थियो । तर पनि उहाँले हिम्मत हार्नु भएन । निर्वाचनमा होमिनुभयो । जित्नुभयो । तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा सफल कार्यकाल विताउनुभएका पाण्डे यतिवेला प्रदेश सभामा उमेदवार बन्नुभएको छ ।

२०४/४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२÷६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गर्नुभएको थियो । पदलाई परिणाममा परिणत गर्न सक्ने पाण्डेले तुलसीपुरको अनुहारलाई उपमेयर हुँदा केही बदल्नुभयो । करिब १६ वर्षसम्म तुलसीपुर पाण्डेले कोरेको गोरेटेमा हिडिरह्यो । बसपार्क व्यस्थापन, पुष्पलाल पार्क, बिरुवा रोपेर बजारको सौन्दर्यीकरण लगायतका तुलसीपुरको उज्यालो भविष्यसँग जोडिएका कयौ कामहरु पाण्डेको योजना भइरहे ।

स्थानीय तहको निर्वाचन समयमै हुन नसक्दा नेतृत्वको रिक्तता रह्यो । पाण्डेले सामाजिक अभियन्ताका रुपमा आफुलाई प्रस्तुत गर्नुभयो । नेपालमा सामुदायिक वन विस्तार र विश्व समुदायलाई नेपालको पहलकदमीबारे सुनाउँदा सुनाउँदै उहाँले संसारका धेरै देशमा पाइला राख्नुभयो । अनुभवले खारिएर फेरी उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्नुभयो । जनताले विश्वास पनि गरे, पाण्डेले निर्वाचन जित्नुभयो ।

एउटा हिसावले भन्ने हो भने कहिल्यै हार्न नजानेका पाण्डेमा जित्ने अचुक सुत्र पनि छ । पाँच वर्षमा तुलसीपुरलाई हेर्न, सुन्न र अनुभुत गर्न लायक वनाउनमा उहाँले आफ्नो सारा सामथ्र्य खर्च गर्नुभयो । तुलसीपुर नेपालभरीका स्थानीय तहका लागि सिक्ने पाठशाला बनेको छ । यसमा पाण्डेकै अतुलनिय योगदान मान्न सकिन्छ । उहाँले नेपाल र नेपाल बाहिर विश्वका करिव ५० देशमा सामुदायिक वनको अभियान विस्तार गर्ने, वनमाथि स्थानीय समुदाय र आदिवासी जनजातिको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघदेखि विभिन्न विश्वका मञ्चहरुमा सशक्त भुमिका निभाएको कुरा ताजै छन् ।
यतिवेलाको निर्वाचनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरेर नेकपा एमालेले उहाँलाई दाङ ३ (१)बाट उम्मेदवार बनाएको छ । पाण्डेको लामो राजनीतिक पृष्ठभुमी र आर्थिक, सामाजिक, शैक्षिक, कृषि, सहकारी, वन तथा वातावरण र समावेशी विकासमा महत्वपूर्ण योगदान रहदै आएको छ ।

२०३० भाद्र ८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारामा सामान्य निम्न वर्गिय परिवारमा जन्मिनुभएका पाण्डे सानैदेखि तिक्ष्ण वृद्धि र नेतृत्व क्षमतामा अब्बल हुनुहुन्थ्यो । उहाँले २०४६ सालमा जनता मावि हंशपुरबाट एसएलसी प्रथम श्रेणीमा पास गर्नुभयो । त्यो विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने पाण्डे नै पहिलो विद्यार्थी हुनुहुन्थ्यो । ०४२÷४३ मा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय पाण्डेले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट विएस्सी उत्तिर्ण गर्नुभयो भने सोही क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियुको उपसभापति भएर नेतृत्व समेत गर्नुभयो ।

सामुदायिक वनको अभियानमा स्थानीयस्तरदेखि जोडिनुभएका पाण्डे सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सदस्य हुँदै, केन्द्रीय अध्यक्ष र विश्व सामुदायिक वन सञ्जालको संयोजकको रुपमा भुमिका निर्वाह गरिसकेको अनुभव स्थानीय विकासका लागि काम लागेको छ । अध्ययन, अभियान, अनुसन्धान र सामाजिक रुपान्तरणमा क्रियाशिल भइरहने पाण्डेले यसैबीचमा कानुनमा स्नातक, ग्रामिण विकासमा स्नातकोत्तर गरी हाल चेक गणतन्त्रबाट जैविक अर्थशास्त्रमा विद्यावारिधि गरिरहनुभएको छ ।

२०४२÷४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२÷६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गरेका थिए । सोही क्रममा काठमाडौमा एक महिना विभिन्न राजनीतिक दलका केन्द्रीय नेतासँगै हिरासत बसी सर्वोच्च अदालतको आदेशमा रिहा हुनुभएको थियो । सामुदायिक वन, सहकारी,बैंक तथा वित्तिय संस्था, सामुदायिक रेडियो, युवा उद्यमशिलता अभियान, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा अनुकरणीय काम गरेका पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा समुदायको प्राकृतिक स्रोत उपरको अधिकारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

नगरप्रमुखका रुपमा मेयर पाण्डेले तुलसीपुरको समग्र विकास र समृद्धिका लागि नेपालमै नमुना कामहरु गर्नुभएको छ । प्राविधिक शिक्षाको विकासका लागि मेट्रो कलेज र स्वास्थ्य सेवामा पहुँच र सुनिश्चितताका लागि मेट्रो हस्पिटलको स्थापना, आधुनिक कृषि बजार, अटोभिलेजको निर्माणका साथै महिला शसक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम र सुत्केरी भत्ताका साथै नेपालकै पहिलो उपमहानगरपालिकाका रुपमा खरको छानो विस्थापनका उल्लेख्य भुमिका रहेको छ ।
नेपाल नगरपालिका संघका केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएका पाण्डे नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुुहुन्छ । उहाँलाई नेकपा एमालेले उमेदवार बनाएको छ । दुई पटक नगरपालिकाको सफल नेतृत्व गरेका कारणले पनि यतिवेला पाण्डेको चर्चा चुलिएको छ । विद्यालय शिक्षामा होस चाहे कलेजको शिक्षामा होस पाण्डे सधै उत्कृष्ठ रहनुभयो । यतिवेला तुलसीपुरको मात्रै होइन, समग्र प्रदेशको नेतृत्वगर्ने गरी उहाँ निर्वाचनको मैदानमा उभिरहदा उहाँलाई बधाई र शुभकामना दिनेहरु नै धेरै छन् । निर्वाचनको मिति नजिक हुँदै गर्दा उहाँको विजययात्रा करिव निश्चित जस्तो भइसकेको जानकारहरुको बुझाई छ । नगरपालिका र सामाजिक क्षेत्रमा सफलताका साथ नेतृत्व गर्नुभएका पाण्डेलाई आगामी यात्राका लागि शुभकामना ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img