spot_img
spot_img

बुद्धिजिवीहरुको भूमिका अझै बढाउन सुझाव

राप्ती पोष्ट

दाङ, साउन । नेपालमा लोकतन्त्रमाथिको चुनौति चिर्न बुद्धिजिवीको भूमिका बढाउन सुझाव दिइएको छ । नेपाल बुद्धिजिवी परिषद जिल्ला शाखा दाङले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्नेहरुले लोकतन्त्रलाई समृद्ध बनाउना लागि बुद्धिजिवीको भूमिका बढाउनुपर्ने बताएका थिए ।

नेपाल बुद्धिजिवी परिषद दाङका अध्यक्ष विकास गौतमको अध्यक्षतामा भएको कार्यक्रममा ‘स्थानीय तहको योजना निर्माणमा तथ्याङ्को भूमिका’ र ‘नेपालमा लोकतन्त्रका चुनौतिहरु र बुद्धिजिवीको दायित्व’ विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्यपत्रहरु मध्य तथ्याङ्कको भूमिकाका विषयमा नेपाल बुद्धिजिवी परिषद लुम्विनी प्रदेशका सदस्य ताराप्रसाद भुषालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले कुनै पनि पालिकाको विकासका लागि तथ्याङ्को आवश्यकता पर्ने भन्दै विगतमा के थियो ? अहिले कस्तो अवस्था छ ? र आगामी दिनमा के कस्ता काम गर्ने हो ? भन्ने बारेमा थाहा पाउनका लागि तथ्याङ्क आवश्यक पर्ने बताउनुभयो । उहाँले नीतिले तथ्याङ्क खोज्ने र तथ्याङ्कका आधारमा नीति निर्माण गरिने भएकाले तथ्थाङ्कको खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा काम गर्नका लागि तथ्याङ्क संकलन गर्नु अनिवार्य रहेको बताउनुभयो । भुषालले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक सुदर्शन रिजालले टिप्पणि गर्नुभएको थियो ।

यसैगरी नेपालमा लोकतन्त्रका चुनौतिहरु र बुद्धिजिवीको दायित्व विषयको कार्यपत्र नेपाल संस्कृत विश्व विद्यालयका उप प्राध्यापक महेन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालमा लोकतन्त्र बलियो हुन नसकेको भन्दै यसमा प्रमुख जिम्मेवार निकायका रुपमा राजनीतिक दलहरु, कर्मचारी संयन्त्र, नागरिक समाज रहेको बताउनुभयो । उहाँले संविधानमा लेखिएका कतिपय विषयहरु जनताको सरोकार भन्दा बाहिरका विषय भएकाले समस्या परेको बताउनुभयो ।

निर्वाचन प्रणालीमा रहेको कमजोरी, जसरी पनि निर्वाचन जित्ने मानसिकता, आपेपासेलाई टिकट दिने प्रवृत्ति, भ्रष्टाचार व्याप्त रहनु, सुशासनको अभाव लगायतका कारणले गर्दा लोकतन्त्रप्रति मानिसले टिप्पणि गरिरहेको बताउनुभयो । उहाँले संविधानमा रहेका कतिपय छिद्रलाई टाल्न सक्ने हो भने लोकतन्त्र बलियो बन्दै जाने बताउनुभयो ।

भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाल बुद्धिजिवी परिषदका केन्द्रिय सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक श्याम आचार्यले टिप्पणि गर्नुभएको थियो । उहाँले नेपालमा लोकतन्त्रमाथिको खतरा बाहिर खोज्न नहुने भन्दै खतरा भए आफू भित्रैबाट हुने तर बाहिरबाट भनिएको जस्तो खतरा नरहेको टिप्पणि गर्नुभयो ।

कार्यक्रममा बोल्नेहरुले लोकतन्त्रलाई संस्थागत गर्नका लागि बुद्धिजिवीले भुमिका बढाउनुपर्ने बताएका थिए । राजनीतिक दलले अंगिकार गरेका नीति तथा कार्यक्रमको प्रचार प्रसार गर्ने, अन्तरक्रिया गर्ने, छलफल गर्ने र तथ्याङ्क संकलन गर्ने काम बुद्धिजिवीको दायित्व रहेको धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय सचिव कृष्णकुमार लम्सालले नेकपा एमालेले थालेको मिसन ०८४ लाई सफल बनाउने हो भने बुद्धिजिवीहरुको भूमिका बढाउनुपर्ने बताउनुभयो । उहाँले कतिपय अवस्थामा राज्यले समेत तथ्याङ्क लिंदा गल्ती गरेको उदाहरण प्रस्तुत गर्दै यस्तो अवस्थामा बुद्धिजिवीले तथ्याङ्क संकलन गरेर राज्यलाई सल्लाह सुझाव दिनुपर्ने बताउनुभयो ।

पार्टीलाई बलियो बनाउनका लागि बुद्धिजिवीहरुले निश्पक्ष रुमपा भूमिका खेल्नुपर्ने धारणा लम्सालको थियो । नेपालमा लोकतन्त्र ल्याउनका लागि बुद्धिजिवीहरुको भूमिका पनि निकै महत्वपूर्ण रहेको उहाँको धारणा थियो । नेपालमा बुद्धिजिवीहरु विभिन्न क्षेत्रमा रहेको बताउँदै जुन क्षेत्रको जानकार हुन्छ त्यो नै बुद्धिजिवी रहेको बताउनुभयो । उहाँले किसानको क्षेत्रमा, मजदुरको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, बैंकिग क्षेत्रमा रहेका जानकारहरुलाई बुद्धिजिवी परिषदमा आवद्ध गराउन सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सिता सिग्देल न्यौपानेले स्थानीय विकासका लागि बुद्धिजिवीहरुको रचनात्मक सल्लाह सुझाव आवश्यक पर्ने बताउनुभयो । उहाँले नेकपा एमालेले बुद्धिजिवीको सल्लाह सुझाव लिएर अघि बढीरहेको बताउनुभयो ।

उक्त अवसरमा तुलसीपुर उपमहानपालिकाका प्रमुख टिकाराम खड्का, नेकपा एमाले दाङका सचिव श्याम डाँगी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी लगायतले बोल्नुभएको थियो । जिल्ला सचिव पदम न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा विषयमाथि उपाध्यक्ष तिर्थ न्यौपानेले प्रकाश पार्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार