spot_img
Home Blog Page 34

लायन्स राप्ती इञ्जिनियरिङद्वारा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम

आत्महत्या रोक्न सवैको प्रयास आवश्यक

राप्ती पोष्ट समाचारदाता

घोराही, २५ भदौ । विश्व आत्महत्या विरुद्धको दिवसमा विभिन्न कार्यक्रम गरिएका छन् । सोही क्रममा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयसेर मावि घोराही–६ मा सचेतना कार्यक्रम आयोजना ग¥यो । विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का गरेर करिव दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा आत्महत्या रोकथामका बारेमा जानकारी दिइएको थियो ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा लायन्स क्लव ३२५ एन एरिया नं. २ का एरिया चिफ डा. भिमसेन गिरीको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सुशान्त मिश्रले विश्व र नेपालमा आत्महत्याको अवस्था, आत्महत्याका कारणहरु, समाधानका उपायहरु, परिवारको भूमिका, विद्यालयको भूमिका लगायत हरेक व्यक्तिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी दिनुभएको थियो ।

प्रहरी निरिक्षक मिश्रले आत्महत्यालाई सुन्यमा झान नसकिने भएपनि यसलाई क मगर्न सकिने बताउनुभयो । आत्महत्या कम गर्नका लागि जिल्ला प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिंदै मिश्रले हरेक व्यक्तिलाई भविश्य प्रति भरोसा दिलाउनुपर्ने बताउनुभयो । उहाँले संसार उज्यालो छ भन्ने बोध सवैलाई हुनुपर्ने भन्दै हरेकले आफूप्रति विश्वास लिनुपर्ने बताउनुभयो ।

नेपालमा आत्महत्या गर्नेहरुमा १५ बर्ष देखि ४९ बर्ष उमेर समुहका मानिस धेरै रहेको भन्दै पारिवारिक अवस्था, आर्थिक कारण लगायत अन्य विभिन्न कुराले मानिसले आत्महत्या गर्ने गरेको बताउनुभयो । कसैले पनि आत्मवल कमजोर बनाउन नहुने भन्दै आफूलाई हरेकले व्यस्त राख्नुपर्ने बताउनुभयो । आत्महत्या रोक्नका लागि विद्यालय जाने उमेरका बालवालिकाहरुलाई सचेतना प्रदान गर्नुपर्ने भन्दै उहाँले जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी युनिटले यस्ता कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लायन्सका एरिया चिफ डा. गिरीले आत्महत्याको अवस्था डरलाग्दो भएकाले यसको रोकथामका लागि सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीका माध्यमबाट आत्महत्या रोकथाम गर्न सकिने भएकाले लायन्सले विद्यालयतहमा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक गणेश रिजालले विद्यालयमा आत्महत्या विरुद्धको कार्यक्रम ल्याएर लायन्स क्लवले राम्रो काम गरेको बताउनुभयो । गएको बर्ष विद्यालयमा सात कक्षामा अध्ययन एकजना छात्राले आत्महत्या गरेको प्रशंग निकाल्दै उहाँले विद्यालयमा आयोजना गरिने सचेतनाका कार्यक्रम उपलव्धिमुलक हुने बताउनुभयो । उहाँले अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम आयोजन ागर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी छात्र छात्राहरुले आत्महत्या रोकथामका लागि भइरहेका प्रयास, कानुनी प्रावधान, प्रहरीले गरिरहेको प्रयास, मानिसले आत्महत्यालाई किन रोज्छ भन्ने जस्ता जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लव राप्ती इञ्जिनियरिङका सदस्य सुवास खड्काले गर्नुभएको थियो ।

विद्यार्थीका कवितामा सुनिए ‘विपी कोईराला’

छबि पुरी /राप्ती पोष्ट

घोराही, २५ भदौ । विपी कोईरालाको ११० औं जयन्तीका अवसरमा आईतबार दाङ कांग्रेसले आयोजना गरेको जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगितामा विद्यार्थीहरुले विपीले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका कविता सुनाए ।

उनीहरुले नेपालको भूराजनीतिमा विपीको योगदान, अहिलेको कांग्रेस र विपीले देखेका सपना र आदर्शलाई कवितामार्फत व्यक्त गरे । पछिल्लो पुस्तासँग विपीका विचार जोड्ने उद्देश्यसहित दाङ कांग्रेसले जिल्लाभरका मावि तहका विद्यार्थीलाई एक ठाउँमा राखेर उनीहरुको साहित्य सिर्जनशीलता बुझ्न र विपीको आदर्शलाई ब्युँताउन यस प्रकारको जुक्ति निकालेको हो । जसमा आईतबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाभरबाट सहभागी विद्यार्थी कविहरुले प्रतियोगी कवितामा विपीको राष्ट्रवाद, कांग्रेसको यात्रा र नेपालको समसामयिक राजनीतिलाई शब्दमा उतारेर वाचन गरे ।

अप्ठेरो अवस्थामा देशलाई निकास दिन सक्ने तथा राजनीतिक जीवनमा त्याग, समर्पण, नैतिकताका बारेमा बोध गराउन सक्ने विषयलाई विद्यार्थीहरुले वर्तमान अवस्थामा विपीको आदर्शलाई नेपाली कांग्रेसले कसरी लिएको छ ? नेपाली राजनीतिमा विपीको विचार र चिन्तनलाई कुन ढंगबाट सम्बोधन गर्ने गरिएको छ ? भन्ने विषयलाई रचनात्मक रुपमा कवितामा उतार्न सफल भए । जसमा सरस्वती माध्यामिक विद्यालय गोवरडियामा कक्षा १० मा अध्ययनरत सरु विकले विपीको आदर्श, सिद्धान्त र वर्तमान अवस्थाको नेपालको प्रतिबिम्ब झल्काउँदै प्रस्तुत गरेको कविता प्रथम भयो ।
प्रतियोगितामा सहभागी ५६ जना विद्यार्थीलाई पछि पार्दै सुरु प्रथम हुँदा उहाँले लेखेको कविता नेपाली कांग्रेसको विपीवाद, नवचेतनाको स्तरमा उजागर गर्न लायक थियो ।

प्रतियोगितामा भाग लिनुभएकी ज्ञानोदय माध्यमिक विद्यालय पथरगढवामा कक्षा १० मा अध्ययनरत सुनिता शेर्पाले पनि विपीको सपना, नयाँ नेपालको यात्रा, वर्तमान कांग्रेसलाई सिर्जनात्मक शैलीमा उतारेर काव्य चेतनाबाट कांग्रेसको विपी चिनाउने कोशिस गर्दा द्वितीय हुनुभयो । सोही प्रतियोगितामा गुरुजज्ुर नमूना माध्यमिक विद्यालय रक्षाचौरमा कक्षा १० मा अध्ययनरत छात्रा मुना बुढाथोकीले पनि विपीका सिद्धान्त र वर्तमान नेपालको अवस्थालाई सटिक रुपमा शब्द सिर्जनामा उतारेर पोख्नुभयो र तृतीय स्थान प्राप्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुन सफल सुरुले नगद दश हजारसहित प्रमाणपत्र, द्वितिय स्थान प्राप्त गर्न सफल सुनिताले नगद सात हजारसहित प्रमाणपत्र र तृतीय स्थान प्राप्त गर्ने मुनाले पाँच हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय भेडाबारी मुलावारीमा कक्षा १० मा अध्ययरत बञ्जिता पुन, माउण्डभ्यु बोर्डिङ स्कुल घोराहीमा कक्षा ९ मा अध्ययनरत अतिसा पोख्रेल र गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत आयुष देवकोटा सान्त्वना हुनुभयो । सान्त्वना स्थान प्राप्त गर्नेलाई आयोजकले नगद तीन हजारसहित प्रमाणपत्र प्रदान गर्यो ।

प्रतियोगिताको निर्णाकमा साहित्यकार डा. गोविन्द आचार्य, डा. हिमलाल पन्थी र सन्ध्या रेग्मी रहनुभएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्रसहित यातायातको व्यवस्था नेपाली कांग्रेस दाङले गरेको थियो ।
कविता प्रतियोगिता हुनुअघि आयोजित कार्यक्रममा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिपी कोइरालाले प्रतिपादन गरेका सिद्धान्त र विचारहरुलाई युवा पुस्ताका माझ पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको अन्तरमाध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिताको उद्घाटनसत्रमा बोल्ने मुख्यमन्त्री चौधरीले बिपी कोइरालाको राजनीतिक एवं साहित्यिक योगदानको चर्चा गर्दै उहाँको योगदानलाई नयाँलाई नयाँ पुस्तामाझ बुझाउन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले अहिलेको उपलव्धीको स्थायित्वसँगै कांग्रेसलाई बलियो र संगठित पार्टी बनाउनका लागि बिपीका विचारहरु विद्यार्थीहरुसँगै युवापुस्ता माझ पु¥याउन पार्टीले गरेको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । राजनीति गर्ने नेताहरुले बिपीका बिचार र प्रतिपादन गरेका सिद्धान्तहरु अनुशरण गर्न नसक्दा पार्टी कमजोरसँगै जनतामा वितृष्णा छाउने काम भएको भन्दै उहाँले नेताहरु अध्ययनशिल र विचारहरु अनुशरण गरेको हुनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘राजनीतिक परिवर्तन र पार्टीलाई बलियो बनाउनका लागि बिपीका बिचारहरु नयाँ पुस्ता माझ लैजानुपर्छ । त्यसले नयाँ पुस्तालाई कांग्रेसप्रति आकर्षण गर्ने र पार्टीलाई फाइदा पुग्नेछ ।’ मुख्यमन्त्री चौधरीले राजनीति सेवाभन्दा पनि व्यक्तिगत स्वार्थकेन्द्रीत बन्न खोज्दा जनतामा निराशा छाएको बताउनुभयो । जनतामा छाएको निराशा हटाउँदै गाउँगाउँमा रोजगारीका अवसरहरु सिर्जना गर्नका प्रदेश सरकार लागेको भन्दै यसले रोजगारीका लागि विदेश जाने युवापुस्तालाई रोक्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो । मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘अहिले देशमा रोजगारीका अवसरहरु छैनन्, जस्ले गर्दा युवापुस्ता र महिलाहरुहरु रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ । त्यसलाई रोक्नका लागि प्रदेशले नयाँ कार्यक्रम ल्याउँदैछ । जसले प्रदेशमा प्रसस्त मात्रमा रोजगारीका अवसरहरु सिर्जना गर्नेछ ।’

कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति एवं लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले बिपी कोइरालाले प्रतिपादन गरेका बिचारहरुलाई हरेक व्यक्तिहरुले आफ्नो जीवनमा लागु गर्न आवश्यक रहेको बताउनुभयो । अप्ठेरो अवस्थामा देशलाई निकास दिनसँगै राजनीतिक जीवनमा त्याग, समर्पण, नैतिकतालगायतका धेरै कुराहरु बिपी कोइरालाबाट पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै सर्वसाधारण नागरिकहरुले सिक्न आवश्यक रहेको बताउनुभएको हो ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापतिहरु बिरकेशरी गौतम, कीर्तिबहादुर खड्का, मोहनलाल ओली, नेपाली कांग्रेस दाङ क्षेत्र न २ का सभापति भीमप्रकाश खड्का, कांग्रेसका नेता गोविन्दप्रसाद मजगैया, नेपाली कांग्रेसका प्रदेश सदस्य पुष्पा श्रेष्ठ,लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेललगायतले बोल्नुभएको थियो । उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन योगीले गर्नुभएको थियो ।

नाकाबासीको मागः हामीलाई बाटो र खानेपानी चाहियो

छबि पुरी /राप्ती पोष्ट

राजपुर, भदौ । राजपुर गाउँपालिका वडा नम्बर ५ का कर्ताराम यादवले आफुले वंशजको आधारमा नागरिकता बनाएको भएपनि छोराको नागरिकता बनाउन वडाले सिफारिस दिन नमाने गुनासो पोख्नुभयो । आफुले वंशजको आधारमा नागरिकता बनाएको जानकारी गराउँदै छोरालाई अहिले नागरिकता बनाउन खोज्दा अनेकन बहानाबाजी गरेर वडाले छोराको नाम नागरिकता बनाउन चाहिने वडाको सिफारिस दिन नमानेको गुनासो शुक्रबार राजपुर गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाका जनप्रतिनिधि समक्ष आफ्नो समस्याको गाँठो फुकाउन माग गर्नुभयो । उहाँले भन्नुभयो ‘मेरो पीठमा राखेर छोराको नागरिकता बनाउन किन नपाउने ? अध्यक्ष ज्यू जानकारी पाउँ ।’
आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ४ का लेखराज डाँगीले पालिका अध्यक्षलाई प्रश्न गर्दै पालिकाबासीको गुनासो सुन्न आग्रह गर्नुभयो ।

उहाँले पालिकामा संचालिक विकास निर्माणलगायत योजनाको निष्पक्ष अनुगमन गर्न, वितरिक सामग्रीको सही उपयोग भएनभएको बारेमा स्थलगत अनुगमन निरिक्षण गर्न पालिका अध्यक्ष उपाध्यक्षलाई आग्रह गर्नुभयो । राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ खरदरीयाका मोहम्मद अलीले आफुहरुको धार्मिक कृयाकलाप गर्ने, नवाज पाठ गर्ने गतिलो मसिजद नहुँदा समस्या भईरहेको प्रति जानकारी गराउँदै नयाँ मस्जिद निर्माणका लागि आवश्यक बजेटको माग गर्नुभयो । सोही पालिकाको वडा नम्बर ४ फोहराका निरन्जन यादवले आफु बाल संजालको अध्यक्ष भएकाले बालबालिका, युवाहरुको क्षेत्रमा पालिकाले ठोस पहल गर्नुुपर्ने माग गर्नुभयो । पछिल्लो समय बालबालिकाहरु विभिन्न कुलतको सिकार भईरहेकोले टोल टोलमा सचेतनाका कार्यक्रा संचालन गर्न, सीपमूलक रचनात्मक कार्यक्रलम युवाहरुको पक्षमा काम गर्न ध्यानाकर्षण गराउनुभयो ।

पालिकाका विभिन्न विद्यालयमा प्राध्यापनरत शिक्षकहरुले पालिकाको शैक्षिक उन्नयनका लागि पालिकाको आगामी योजना बारे जानकारी गराउन माग गर्नुभयो । मुंग्रेठा विद्यालयका प्रधानाध्यापक गिरीराज खड्काले नाका क्षेत्रका विद्यालयलाई प्राथमिकता दिन माग गर्नुभयो । उहाँले भन्नुभयो ‘शिक्षाको सुधारका लागि लगानी बढाउन जरुरी छ, यसका लागि नाका क्षेत्रमा रहेका विद्यालयको अवस्था सुधार गरी त्यहाँका बालबालिकाहरुको शिक्षा स्तर सुधारमा ध्यान दिन म पालिकाका सबै जनप्रतिनिधि, सरोकार सबैलाई यध्यानाकर्षण गराउँदछु ।’

सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश जिज्ञासा र प्रश्न पालिको समग्र शिक्षा सुधारको आवश्यकता सम्बन्धी रहेको थियो । यसैगरी, नाका क्षेत्रमा बाह्रै महिना आवतजावत गर्न सक्ने बाटो बनाउन, सुरक्षित खानेपानीको व्यवस्था गर्न, विद्युत सेवा, ईन्टरनेट सेवामा सहज पहुँचका लागि पहल गर्न माग गर्नुभएको थियो ।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले न्यायीक समितिमा आउने देवानी सम्बन्धी उजुरीलाई दुवै पक्षको जीत जीतको वातावरण बनाउँदैै न्याय सम्पादन गर्ने काम गर्दै आएको बताउनुभयो । यसैगरी, पालिकामा भईरहेका र भएका कामको स्थलगत अनुगमन, निरिक्षण गरेर मापदण्डमा रही भुक्तानी दिने काम हुने गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो ‘हामीले प्राप्त गरेको क्षेत्राधिकारभित्र रही कार्य सम्पादन गर्दै आएका छौँ, सीमाभन्दा बाहिर गएर काम गर्न मिल्दैन । त्यसैले पालिकाबासीले पनि यही अनुसार बुझिदिनुपर्छ । हामीले जनताको हीत हुने गरी काम गर्ने हर प्रयास गर्दै आएका छौँ ।’

कार्यक्रममा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव, वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर बिष्टले पनि वडाबासीबाट उठेका प्रश्नको जवाफ दिनुभएको थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेयले पालिकाको कर्मचारी प्रशासनले गर्दै आएका कामको बारेमा जानकारी गराउँदै गत आर्थिक वर्षमा भए गरेका कामको बारेमा पनि जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, पालिकाले गत आर्थिक वर्षमा पालिकाका लागि विनियोजित बजेटको ७८ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनुभयो । उहाँले समृद्ध पालिका बनाउने गरी पालिकाको काम गर्दै आएको हुँदा यसमा पालिकाबासीको पनि उत्तिकै साथ सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले पालिकामा एकीकृत शिक्षा, स्वास्थ्य, खानेपानीमा पहुँच, , उद्यमशीलता विकास, मध्यकालीन खर्च, प्राकृति श्रोत साधनको वैज्ञानिक उपयोगमा पालिकाले काम गर्दै आएको जानकारी गराउनुभयो । राजपुरको समगै विकासका लागि हामीले आन्तरिक श्रोत साधनको अधिकतम उपयोग हुने गरी खेलकूद, कला, भाषा, संस्कृति संरक्षणमा जोड दिँदै सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउन प्रतिवद्ध छौँ, उहाँले भन्नुभयो ‘जटिल भौगोलिक बनावट, सामाजिक परिवेशको अवस्थाका बीच पनि राजपुरबासीलाई समृद्धिको यात्रामा अघि बढाउने हाम्रो हर प्रयास जारी छ ।’

पालिकाबासीका तर्फ आएका सबै प्रश्न र जिज्ञासाको जवाफ दिँदै पालिका अध्यक्ष बुढाथोकीले गाउँपालिकामध्ये जिल्लामै सबैभन्दा ठूलो भुगोल भएको राजपुर गाउँपालिकामा पालिकाले सक्दो प्रयास जारी राखेको बताउनुभयो । उहाँले संघ र प्रदेशबाट प्राप्त बजेट तथा आन्तरिक बजेटबाट दुरदराजका नागरिकलाई सहज सेवा कसरी दिन सकिन्छ भन्ने लक्ष्यका साथ पालिकाले यिमित काम गर्दै आएको बताउनुभयो । ‘सिमित श्रोत साधनबाट पालिकाका रहेक क्षेत्रमा विकास पुर्याउनु छ । सबै काम एकै पटक सम्भव नहुँदो रहेछ, हामीले सबै ठाउँका नागरिकलाई एकै नजरले हेर्ने काम गरिरहेका छौँ तर भुगोल ठूलो छ, यसले गर्दा पनि कतिपय काम चाहेर पनि गर्न सकिरहेका छैनौँ, यसका लागि आगामी दिनमा ती क्षेत्रमा हाम्रो विशेष प्राथमिकता रहन्छ’, गाउँपालिका अध्यक्ष बुढाथोकीले भन्नुभयो ‘नाका क्षेत्रको बारेमा हामी चिन्तित छौँ, वर्षा लाग्यो भने हामीलाई भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, यसका लागि नाका क्षेत्रको सम्पर्क बाह्रै महिना स्थापित गर्न कोईलाबासदेखि भौवा नाकासम्मको बाटो बनाउन विशेष पहल गर्नेछौँ, यो हाम्रो दायित्व पनि हो । यसका लागि हामीले पहल थालनी गरिसकेका छौँ ।’

यसैगरी, उहाँले युवा लक्षित कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आवश्यक योजना लिएर पालिकामा आउन युवाहरुलाई आग्रह पनि गर्नुभयो । पालिकामा रहेका निमावि र मावि तहका १० वटै विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमको लागि सम्बन्धित विद्यालयले आवश्यक प्रस्ताव ल्याएर यस वर्ष विनियोजित १५ लाखको कार्यक्रम गर्न आग्रह गर्नुभयो । उहाँले नाका क्षेत्रका विद्यालयमा कुखुरापालन, यो क्षेत्र बाहेकका विद्यालयमा खुर्सानी खेती र तरकारी खेतीमा विद्यार्थीलाई जोड्ने गरी प्रस्ताव ल्याएर काम गर्न अपिल गर्नुभयो । उहाँले पालिकाभरका ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियमित बैठकलाई निरन्तरता दिने पनि जानकारी गराउनुभयो । यसका लागि अब हरेक ३÷३ महिनामा प्रअ र विव्यसको बैठक बसाल्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले सबैका साथ सहयोगबाट मात्रै पालिका समृद्ध बन्ने हुँदा सकारात्म सल्लाह सुझावको पालिकाबासीबाट अपेक्षा लिएको बताउनुभयो ।

रेडियो साझा आवाज गढवाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकामा रही विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई सेवा क्षेत्रमा गरेको योगदानका आधारमा नगदसहित पुरस्कृत गरिएको थियो । पालिकाले पालिकामा कम्प्युटर अपरेटरका रुपमा कार्यरत महेशकुमार शर्मा, मावि भौवा नाकाका प्रधानाध्यापक लिलाधर बिक, आधारभूत स्वास्थ्य एकाई सिक्टामा कार्यरत अहेव खुमा वली र पालिकामा चौकीदारका रुपमा कार्यरत कान्छा चौधरीलाई नगदसहित पुरस्कृति एवम् सम्मान गरिएको थियो ।

राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा तह र प्रि डिप्लो तहको रिक्त कोटामा पुनः प्रवेश परीक्षा गर्ने

राप्ती पोष्ट समाचारदाता

दाङ, १५ भाद्र । घोराही रहेको स्थापित राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रि डिप्लो तह शैक्षिक कार्यक्रमको रिक्त कोटामा पुनः प्रवेश परीक्षा संचालन गर्ने भएको छ । कलेजले विद्यार्थीहरुको सुविधा र मागलाई ध्यानमा राख्दै यस्तो गर्न थालेको जनाएको छ ।

कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीले शैक्षिक सत्र २०८०÷०८१ का भर्ना क्षमता भएका सिटहरु रिक्त भएपछि कलेजले विद्यार्थी भर्ना गरेर पुनः प्रवेश परीक्षा लिने तयारी गरेको जानकारी दिनुभयो । यसअघि पनि कलेजले भदौ ६ गते प्रवेश परीक्षा लिएको थियो ।

कलेजले डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, १८ महिने सिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रममा पुनः प्रवेश परीक्षा संचालन गर्ने आवेदन माग गरेको छ । इच्छुक विद्यार्थीहरुले आगामी भदौ २७ गते बुधबारभित्र आवेदन दिन सक्ने प्रवन्ध निर्देशक डा. गिरीले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट सम्बन्ध प्राप्त राप्ती इञ्जिनियरिङ कलेजले २०६५ सालदेखि डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, र २०७१ सालदेखि १८ महिने सिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रम संचालन गदै आइरहेको छ ।

कलेजबाट उत्पादित जनशक्ति लुम्बिनी प्रदेशको हरेक सरकारी कार्यालय, गाउँपालिका, नगरपालिका र कलेज विद्यालय लगायत विभिन्न क्षेत्रमा कृयाशिल रहेका छन् । कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीहरु रोजगारीमा रहेको कलेजका सुचना अधिकारी करिना खडकाले बताउनु भयो ।

कलेज यस वर्षको उत्कृष्ट इञ्जिनियरिङ कलेज अवार्ड (२०२२) बाट पुरस्कृत भएको छ । संयुक्त राज्य अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो । यसैगरी कलेजका एकेडेमी कोर्डिनेटर ई.बावुराम जोशीले बिई सिभिल र बिसिए कार्यक्रममा पनि प्रवेश परीक्षा आवेदन फाराम खुल्ला गरेको जानकारी गराउनु भएको छ ।

अधिकारी वंशधर भित्रका केही थप कुरा– ३

पद्मप्रसाद शर्मा

“अधिकारी वंशधर नियाल्दा” उदयपुरे राज्यमा रहेका र पाइएका कुराहरु सोधखोज गर्दा प्राप्त भएजति समेटेर लेखिएको इतिहास हो । यसअघि दुईवटा वंशावली लेखिएका छन् पहिलो वंशावली दाङको शिवपुर निवासी प्रेमनारायण अधिकारीले तयार पार्नु भएको हो भने दोस्रो वंशावली अधिकारी वन्धुहरुको भेलाबाट गठन गरिएको सम्पादन समितिले तयार पारेका तथ्यगत सामग्रीबाट तयार गरिएको हो । वंशावलीमा केही मात्रामा इतिहासका विषय वस्तु रहेकाछन् । यसैगरी तेस्रो कृतिका रुपमा घोराही उपमहानगरपालिका हाल वडानम्वर १७ निवासी राजा हरिप्रसादका कनिष्ठ सुपुत्र गजराज शर्माले विक्रम सम्वत २०७२ सालमा “गोत्र प्रवर निर्णय” (सार संग्रह) नामक कृति प्रकाशन गर्नु भएको छ । यसमा गोत्र प्रवर लगायतका कुराको साथमा उदयपुर राज्यको वारेमा केही चर्चा गरिएकाले यसमा इतिहासका कुराहरु रहेका छन् भन्न सकिन्छ । यस पक्तिकारले तयार गरेको “अधिकारी वंशधर नियाल्दा” विशुद्ध इतिहास मात्र हो । यसमा वंशका कुरा त छन तर वंशावलीको कुरा रहेका छैनन् । सत्र पुस्ताका राजाहरुको नाम देखि वाहेक यसमा वंशवृतान्त रहेको छैन । यसको नाम अधिकारी वंशधर नियाल्दा रहेको हुनाले कतिपय वन्धुहरुले ‘वंशधरको’ अर्थको वारेमा पनि जिज्ञासा राख्नु भएको थियो । वास्तवमा वंशधर भनेको वंशको हितगर्नेवाला भन्ने बुझिन्छ ।

हामीले आफ्ना लागि, आफ्नो परिवारका लागि के कति कार्य गर्दै आयौं ? त्यो हाम्रो साथमा रहेको धन दौलत वा श्री सम्पत्ति र सन्तानको उन्नतिले आफै दर्शाउँछ तर कुल परंपराका लागि वा वंशका निम्ति हामीले के र कति समय वा धन लगानी गरेका छौं ? यो दोस्रो पाटोको विषय हो । विगत देखि हालसम्म अधिकारी वंश भित्र रहेका वन्धुहरुले समाजका निम्ति कसको योगदान कति रहन गयो भन्न्ने कुरा महत्व पूर्ण हो । यही महत्वपूर्ण योगदानको कदर गर्नु पर्दछ । यथासमयमा यस्ताकुराहरु लिपिमा राख्न सकिएन भने कालान्तरमा लोप भएर जाने प्रवल सम्भावना रहन्छ । इतिहास लेख्न तथ्यगत कुराहरु चाहन्छि । यसकारण यसै राप्ती पोष्ट राष्ट्रिय दैनिक पत्रिका मार्फत गत श्रावण २५ र ३२गते दुई अंकमा उक्त इतिहास विमोचन गर्दाका वखतमा उठेका कुरा र इतिहास अध्ययन गरेर आएका सुझावका वारेमा चर्चा चलायौं । अन्य केही जिज्ञासा पनि आएका त हुन् समग्र मूल्यांकन गरेर भन्नु पर्दा केही कुराहरु विना तुकका पनि रहे । उहाँहरु कति तथ्यको नजिक पुग्नु भयो र अग्रजहरुबाट कति जानकारी संकलन गर्नु भयो ? यसको वारेमा वेग्लै वहस चलाउनु पर्दछ । अध्ययनको आधारमा आएका कुरामा बैठकका कुरा धेरै भए कि ? आवरणकलामा अन्य कुनै तस्विर राखेको भए हुन्थ्यो कि ? यस्ता र यस्तै केही कुराहरु आएका हुन हो यस्ता कुरालाई विना तुकका कुरा भन्ने गरिन्छ । आवरण कलामा कश्यप ऋषिको तस्विर रहेको छ । यो भन्दा उपयूक्त तस्विर के हुन्थ्यो ? आगामी दिनमा थप सुझावको अपेक्षा गरिन्छ ।

पाठक वृन्द ! आज केही फरक कुरा उठानगर्ने जमर्को गरिएको छ । हामीले इतिहासका कुरा उठायौं तर वंशधरका कुरा उठाउन सकेनौ भन्ने लाग्दछ । उदयपुर राज्यमा राज्य गरेका जसु सन्ततिहरुको राज्य हरण पश्चात कसरी आफ्नो कार्य सञ्चालन गरिरहेका होलान ? राजा हुने हैसियतका व्यक्तिहरु आज कुन स्तरसम्म पुगेका होलान ? के कस्ता समाजसेवाका काम गरेका होलान ? कोही कसैलाई यसका वारेमा साह्रै जिज्ञासा हुनसक्छ । सामान्य रुपमा यसको जानकारी लिन र दिन जरुरी छ भन्ने लाग्दछ । हिंजोका दिनदेखि आजसम्म जसु सन्ततिहरु हरेक स्थानमा आफ्नो क्षमत र दक्षताको आधारमा पहुँच बढाएको पाइन्छ । शिक्षा स्वास्थ्य,राजनीति, समाजसेवा, सरकारी सेवा, सरकारी सेवामा पनि जंगी निजामति, कानुन, प्रहरी, प्रशासनिक क्षेत्र, वैंकिङ सेवा, कृषि, व्यपार व्यवसाय, निर्माण व्यवसाय, उद्योग, पत्रकारीता,साहित्य कला संस्कृति लगायतका क्षेत्रमा संलग्न रहेको पाइन्छ । राजनीति आस्थाका कुरादेखि राजनीतिक नियूक्ति सम्मका काम कुरामा पाइला अगाडि सरेकाछन् । कोही लामो समयसम्म प्राध्यापन पेशामा साथै क्याम्पस प्रमुखको जिम्मेवारी वहन गरेर केही हाल सेवानिवृत र केही सेवारत अवस्थामा रहनु भएको छ । शिक्षा क्षेत्रमा संलग्नहरु विद्यावारिधि गर्ने देखि लिएर स्वास्थ्य क्षेत्रमा संलग्नहरु एम.वि.विय र अझ उच्च दक्षता र क्षमता हासिल गरेको अवस्थामा हुनुहुन्छ । अधिकारी वन्धुहरु मध्यको एकहिस्सा विशुद्ध कृषि पेशामा संलग्न रहेर देश लागेर नागरिकको दैनिक समस्यामा टेवा दिइ रहनु भएको छ । कृषिमा संलग्न हुनेहरु पशुपालन, पंक्षी पालनतर्फ पनि आकर्षित हुनु भएको छ ।

यसरीहेर्दा अधिकारी वंश भित्रका वन्धुहरु सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च ओहोदामा पुगेर जिम्मेवारी वहन गर्नेहरुको संख्या निकै रहेको छ । सबैका नाम र पद यो सानो आलेखमा उल्लेख गर्न संभव नभएका कारणले केहीको नाममात्र यहाँ उल्लेख गर्ने जमर्को गरिएको हो । आगामी दिनमा सोधखोज गरी तथ्य संकलन गरेर लिपिवद्ध गर्ने जमर्को गरिने छ । यो कसैलाई काखा र कसैलाई पाखा गर्न खोजिएको नभएर एउटा उदाहरण मात्र प्रस्तुत गर्न खोजिएको कुरा निवेदन गर्नु पर्दछ । हुन त वास्तवमा राजाका सन्ततिहरु विगत देखिको लगत सविस्तार दिनसके अति उत्तम हुनेथियो । आगामी दिनमा यसका वारेमा पनि सोधखोज गर्न जरुरी हुन जाला त्यतिवेला एउटा पुस्तक तयार हुने सामग्री संकलन गर्न सकियो भने यो पनि जसु सन्ततिका निम्ति फलदायी हुने छ ।

दाङजिल्लामा सञ्चालित तत्कालिन महेन्द्र संकृत विश्व विद्यालय हालको नेपाल संस्कृत विश्व विद्यालयको संस्थापक कुलसचिवको जिम्मेवारी गर्ने व्यक्तित्व दाङ जिल्ला साविक हापुर गाविस नारेवाङ निवासी गुरुप्रसाद उपाध्यायका ज्येष्ठ पुत्र केशवदीपक शर्मा अधिकारी हुनुहुन्छ । यस्तै हाल सोही विश्व विद्यालयका कुलसचिव पदमा सोही विश्व विद्यालयमा प्रथम श्रेणीमा सेवारत दाङ नारायणपुर निवासी चूडामणि अधिकारीका ज्येष्ठ पुत्र माधवप्रसाद अधिकारी सेवारत हुनुहुन्छ । नेपाल सरकारको सचिव पदमा पुगेर हाल सेवा निवृत रहनु भएका नारेवाङ निवासी गुरुप्रसाद उपाध्यायका मध्यम पुत्र कृष्णप्रसाद अधिकारी हुनुहुन्छ । यस्तै गुरुप्रसादका सबै छोराहरु उच्च पदमा पुगेर हाल सेवा निवृत अवस्थामा हुनुहुन्छ । दाङ डाडागाउँ निवासी पिता विष्णुप्रसाद अधिकारीका ज्येष्ठपुत्र डा.वसन्तराज अधिकारी लामो समय प्राध्यापन पेशामा रहनु भयो भने एक अवधि महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गर्नु भएको हो । उहाँका माइला भाइ तिलक अधिकारी डिभिजनल इन्जिनियर हुनुहुन्छ । हाल उहाँ सेवा निवृत हुनु भएको छ । साविक प्युठान नयाँगाउँ निवासी दुर्गाप्रसाद अधिकारीका कनिष्ठ पुत्र डा.गोपालप्रसाद अधिकारी नेपालगञ्ज बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन पेशामा रहेर एक अवधि उक्त क्याम्पस प्रमुखको जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गर्नु भएको हो । हाल डा.वसन्त अधिकारी दिवंग भइसक्नु भएको छ भने डा. गोपालप्रसाद अधिकारी नेपालगञ्ज भृकुटीनगरमा वसोवास गर्नुहुन्छ । प्युठान जिल्ला हालको माण्डवी गाउँपालिका वडानम्वर १ तिराम निवासी पिता गोकर्णप्रसाद उपाध्याय अधिकारीका ज्येष्ठ पुत्र प्राध्यापक वेदनिधि अधिकारी नेपालगञ्ज क्याम्पसमा लामोसयम प्राध्यापन पेशामा रहेर हाल सेवा निवृत हुनुहुन्छ । हाल उहाँ काठमाडौमा बसोवास गर्नुहुन्छ । उहाँहरु लगायत अन्य निकैजना वन्धुहरु यस्तै क्याम्पसमा प्रध्यापन गर्नेहरु मध्यमा प्राध्यापक, सहप्रध्यापक तथा उपप्रध्यापक लेख्नेहरुको संख्या निकै रहेको छ ।

दाङको गुरगैं निवासी पिता शिवकुमार अधिकारीका पुत्र डा. मिनचन्द्र अधिकारी फिजिसियन डक्टर हुनुहुन्छ । जसु सन्तति अधिकारी वन्धुहरु हाल अत्यधिक संख्यामा शिक्षणपेशामा संलग्नरहनु भएको पाइन्छ । कतिपय वन्धुहरुले प्रधानाध्यापकको जिम्मेवारी लामोसमय वहन गरेर हाल सेवानिवृत हुनु भएको छ भने केही सेवरत हुनुहुन्छ र प्रधानाध्यापकको जिम्मेवारी वहन गरिरहनु भएको छ । देउखुरी गंगापरस्पुर निवासी पिता दिवाकर उपाध्यायका ज्येष्ठ पुत्र हाल तुलसीपुर निवासी विष्णुप्रसाद शर्मा अधिकारी लामो समय प्रधानाध्यापकको जिम्मेवारी वहन गर्ने मध्यमा एक हुनुहुन्छ । प्रहरी सेवामा रहनु भएकाहरु मध्यमा केही प्रहरी नायव उपरीक्षक पदबाट सेवानिवृत हुनु भएको छ भने केही सख्यामा वर्तमान अवस्थामा विभिन्न पदमा सेवारतहुनुहुन्छ ।

राजनीतिमा संलग्न रहनु भएकाहरु मध्यमा हालसम्म दुईजना सभासद भइसक्नु भएको छ । प्युठान जिल्ला माण्डवी गाउँपालिका २ रातापानी मर्कावाङ निवासी पिता शिवप्रसाद अधिकारीका ज्येष्ठ पुत्र नारायण अधिकारी २०६४ सालको संविधानसभाको निर्वाचनमा प्युठान जिल्ला क्षेत्र नम्वर १ बाट निर्वाचित सभासद हुनुहुन्छ । यसैगरी हाल देउखुरी उपत्यका गढवा १ बडहरा निवासी चौतरिया हिमलाल उपाध्याय अधिकारीका कनिष्ठपुत्र रेश्मीराज ‘नेपाली’ अधिकारी २०६४ सालकै सविधानसभाको सभासद हुनुहुन्छ । यस्तै हाल माण्डवी गाउँपालिका वार्ड नम्वर १ तिराम निवासी पिता हुतराज अधिकारीका पुत्र नवराज अधिकारी २०७९सालको स्थानीय निर्वाचनमा माण्डवी गाउँपालिका प्रमुखमा निर्वाचित हुनु भएको छ ।

पाठक वृन्द ! आज यहाँ प्रस्तुत गरिएको एउटा सानो गोरेटो मात्र हो । यसलाई राजमार्ग बनाउन आवश्यक छ । यहाँहरुको घर छेउँमा रहनु भएका अन्य व्यक्तित्वको वारेमा यहाँहरु नै जानकार हुनुहुन्छ । पहिले भने झैं कसैलाई काखा र कसैलाई पाखा पर्ने ध्यय होइन । आगामी दिनहरुमा यहाँहरुबाट थप सुझाव प्राप्त भएमा यसमा थप गर्दै लगिने व्यहोरा निवेदन गर्दछु । धन्यवाद !

जंगली च्याउ खाँदा साउनयता ३० जना बिरामी, दुईजनाको मृत्यु

छबि पुरी /राप्ती पोष्ट

घोराही, २ भदौ । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकै घरका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । अर्का एकजनाको अवस्था गम्भिर छ । साउन २८ गते साँझ बंगलाचुली ४ भित्ताला भन्ने जंगलबाट ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तीन जना मध्ये जना आमाछोरीको ज्यान गएको हो ।

जंगली च्याउ खाएर गम्भिर बिरामी परेकी बंगलाचुली ४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनारको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
यस अघि उहाँको ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३२ गते उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि अवस्था गम्भिर रहेको अस्पतालको भनाई छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।

दाङमा साउनयता जंगली च्याउ खाँदा ३० जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार, यो वर्ष च्याउ खाएर बिरामीको संख्या बढेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, गत असार २८ गते जंगली च्याउ खाँदा राजपुर गाउँपालिका ७ का ६८ वर्षीय महिननाथ कँवर बिरामी पर्नुभयो । जंगलमा भेटिएको च्याउ खाँदा कँवर बिरामी पर्नुभएको हो ।

बंगलाचुली गाउँपालिकामा असार २९ गते शुक्रबार जंगली च्याउ खाँदा दुईजना बिरामी परे । जंगलमा भेटाएको च्याउ खाँदा बंगलाचुली गाउँपालिका–१ स्युजाका ३८ वर्षीया यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकीन वली बिरामी पर्नुभयो । साँझ खानामा च्याउ खाएसँगै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । दुवै जनालाई पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोे थियो । उनीहरूको स्वास्थ्य सुधार आएपछि डिस्चार्ज गरियो ।

जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी परे । साउन २ गते मंगलबार बिहान नजिकैको जंगलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका श्रीमान श्रीमती बिरामी परे । विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी हुन् । दुवैको उपचार गढवा स्वास्थ्य चौकी गढवामा उपचार भएको थियो । पानी पर्नासाथ जंगल जाने र जस्तो पायो सबै च्याउ ल्याएर खाने गर्दा पनि यसको जोखिम बढेको छ । जंगली च्याउ अधिकांश विषालु हुने भएकाले नखान आग्रह गर्दा पनि नागरिकले लापरवाही गर्दै जीउज्याउ नै जोखिममा पारेर जंगली च्याउन खान लालायित हुने गरेका छन् ।
गत आर्थिक वर्षमा जंगली च्याउ खाँदा दाङमा ३७ जना बिरामी परेका थिए । गत वर्षमा तुलसीपुर ३ भट्टेका ५७ वर्षीय दानवीर खड्का सहित जिल्लाका विभिन्न ठाउँका ३७ जना जंगली विषालु च्याउ खाँदा बिरामी भएका हुन् । विषालु च्याउ खाएका मध्ये केही उपचार पश्चात निको भएका थिए ।

छिमेकी जिल्ला रोल्पामा पनि जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गत असार २८ गते जंगलबाट ल्याएको च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । जंगली च्याउ खाएका कारण दुई बालक र उनीहरूकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षीया भीमा गुरूङ उनका ११ वर्षका छोरा सुशील गुरूङ र ६ वर्षका छोरा प्रेम गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशभर गत आर्थिक वर्षमा ९३ जना बिरामी भएका थिए । जसमा रोल्पाका ३ र बाँकेका ३ जना गरी ६ जनाको ज्यान गएको थियो । वर्षायामको समयमा जंगलमा भेटिएका जथाभावी च्याउ टिपेर अकालमै ज्यान जाने गरेको प्रहरीले बताएको छ । जथाभावी रूपमा नचिनेका च्याउ खाँदा अकालमा ज्यान जान सक्ने भन्दै प्रहरी च्याउ नखान अनुरोधसमेत गरेको छ । प्रहरीले च्याउ भाँच्दा चोप निस्कियो भने वा छुँदा त्यसको रङमा परिवर्तन आयो भने त्यस्ता च्याउहरू नखान समेत आग्रह गरेको छ ।

बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउहरू नखान र च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा त्यो पनि विषालु च्याउ हुने भएकाले नखान समेत आग्रह गरेको छ । यस्तै नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र गोबर, काठ, दाउरामा उम्रेका च्याउहरू विषालु हुने प्रहरीको भनाइ छ । विषालु च्याउको वरिपरि कीराहरू नलागेको तर, च्याउहरू देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिने पनि खाना नहुने च्याउ रहेको समेत प्रहरीले जनाएको छ ।

यस्तै च्याउलाई कुखुराको अण्डा एवं दूधमा राख्दा केही समय पश्चात दूध फाटेमा तथा अण्डा जमेमा त्यस्ता च्याउ विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउ नखान र नखुवाउनु आग्रह गरिएको छ । यस्तै कहिलेकाहीँ च्याउ आफैमा विषाक्त नभए पनि संकलन र भण्डारणको कारणले पनि विषाक्त बनाउने हुँदा च्याउलाई प्लास्टिक वा स्टिलको भाँडामा गुम्साएर नराख्ने समेत आग्रह गरिएको छ । यस्तै खाने च्याउलाई समेत संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम र टिनको बाकसहरू प्रयोग नगर्न आग्रह गरिएको छ ।

यसैगरी खान मिल्ने फरक फरक प्रजातिका च्याउहरू समेतसँगै मिसाएर नपकाउन आग्रह गरिएको छ । च्याउ पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउनु आग्रह गर्दै उचाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश नहुने भएको च्याउ खाँदा विशेष सावधानी अपनाउनु प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ । च्याउ विज्ञ गोपालप्रसाद पराजुलीले रातो, सेतो, प्याजी, गुलाबी गाढा रङका तथा धेरै चम्किलो च्याउ खान नमिल्ने जानकारी दिनुभयो । खैरो धर्सो भूत च्याउ, सेतो भूत च्याउ, सेतो कत्ले भूत च्याउजस्ता अत्यधिक विषालु च्याउले ज्यान नै जान सक्ने भएकाले पहिचान नगरी च्यान नखान च्याउ विज्ञ पराजुलीको सुझाव छ । नेपालमा १ हजार ३ सय प्रकारका च्याउ पाइने र ती मध्ये करिब १ सय प्रकारका च्याउ अत्यन्तै विषालु हुने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।

राजनीतिज्ञ लोकमणि आचार्यको संझना

राप्ती पोष्ट समाचारदाता

तुलसीपुर, २ भदौ । राजनीति र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका लोकमणि आचार्यको पाँचौं स्मृति दिवसका अवसरमा शुक्रबार तुलसीपुरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।

पुष्पलाल स्मृति प्रतिष्ठान दाङका अध्यक्ष श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले आचार्यले राजनीतिका माध्यमबाट पु¥याएको योगदानको चर्चा गरेका थिए । लामो समय शिक्षकका रुपमा रहनुभएका आचार्यले भूमिगत अवस्थामा पनि राजनीतिक कृयाकलापमा आफूलाई सक्रिय गराउनुभएको थियो ।

आचार्यले पु¥याएको योगदानको चर्चा गर्दैै बक्ताहरुले दाङ जिल्लाको राजनीतिबाट उहाँको नामलाई कसैले पनि अलग गर्न नसक्ने धारणा राखेका थिए । पंचायती व्यवस्थाको समयमा राजनीति गतिविधि गर्नु आफैमा कठिन भएपनि आचार्यले निर्भिकताका साथ आफूलाई राजनीतिक गतिविधिमा होमेको चर्चा बक्ताहरुको थियो ।

पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले दाङको कम्युनिष्ट आन्दोलमा लोकमणी आचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आचार्यलाई सँझना र सम्मान गर्ने अनेकन पाटो रहेको बताउनुभयो । आचार्यले लामो समय शिक्षाको क्षेत्रमा काम गरेको, साहित्यीक रुपमा योगदान गरेको, समाजसेवाको काम गरेको भन्दै केसीले आचार्यको योगदानको संझना गर्नु आवश्यक रहेको बताउनुभयो ।

बक्ताहरुले आचार्यले गरेको योगदानलाई लिपिवद्ध गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उहाँले पंचायती व्यवस्थाको समयमा गरेको संघर्ष प्रेरक रहेको धारणा राख्दै बक्ताहरुले राजनीतिमा लागेर दुःख पाएकाहरुलाई सम्मान गर्न आवश्यक रहेको बताएका थिए । आचार्य नेकपा माले कालदेखि राजनीतिमा सक्रिय हुनुभएको थियो । यस्तै उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष भएर नेतृत्व गर्नुभएको थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष नवराज लामिछानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्यहरु मिलन चौधरी, विकिरण गौतम, गोविन्द आचार्य, केदार आचार्य, विनोद शर्मा, प्रदेश सल्लाहकार रुद्रमणी शर्मा, नेकपा एमाले दाङका उपाध्यक्ष राममणी पाण्डे, तुलसिपुर नगर कमिटी सचिव रुप बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।

लोकमणी आचार्यका सुपुत्र सुरेश आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमकोे सञ्चालन प्रतिष्ठानका सचिव संगीत बस्यालले गर्नुभएको थियो ।

लायन्स 325 N को प्रथम क्याविनेट बैठक भव्यताका साथ सम्पन्न

राप्ती पोष्ट

घोराही, २१ साउन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एन को प्रथम क्याविनेट बैठक घोराही १० मा रहेको दाङ फन भ्यालीमा शनिबार सम्पन्न भयो । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एन का गभर्नर मुकुट ढकालको अध्यक्षतामा भएको क्याविनेट बैठक र पदभार ग्रहण कार्यक्रमको उद्घाटन लायन्स क्लवका अन्तराष्र्टिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गर्नुभएको थियो ।

नेपालमा रहेका १५ वटा डिष्ट्रिक मध्य सवैभन्दा ठूलो भुगोल र सदस्य संख्या रहेको डिष्ट्रिकका रुपमा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एन रहेको छ । यस डिष्ट्रिकमा पाँचवटा एरिया रहेका छन् । जसमा काठमाडौं क्षेत्रमा रहेका क्लवहरु एरिया नं. १ मा दाङ र राप्ती क्षेत्रमा रहेका क्लवहरु एरिया नं. २ मा, सुर्खेत र कर्णालीमा रहेका क्लवहरु एरिया नं. ३ मा, बाँके बर्दियामा रहेका क्लवहरु एरिया नं. ४ र सुदुरपश्चिमका जिल्लाहरुमा रहेका लायन्स क्लवहरु एरिया नं. ५ अन्तरगत रहेका छन् ।

सवै एरियाका गरेर सात सय भन्दा बढी लायन्स लिडरहरु कार्यक्रममा सहभागि थिए । कार्यक्रममा बोल्दै अन्तराष्र्टि«य निर्देशक बुर्लाकोटीले नेपाल देशको नामको पहिलो अक्षर एन बाट रहेको लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एनलाई अन्तराष्र्टि«यसंग जोड्नका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालमा लायन्सका माध्यमबाट अनेकौं परियोजनाहरु संचालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता परियोजना संचालनका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।

सोही अवसरमा पूर्व अन्तराष्ट्र्रिय निर्देशक संजय खेतानले लायनहरुले खेल्नुपर्ने भूमिका बारेमा जानकारी गराउँदै नेपालमा लायन्सको उपस्थिति संसारका लागि उदाहरणिय रहेको बताउनुभयो । उहाँले विश्वभर संगठन रहेको लायन्समा लागेर सेवाका काम गर्नुपर्ने बताउनुभयो । खेतानले आफूले दक्षिण एसियामा काम गर्ने गरी जिम्मेवारी पाएको बताउँदै दक्षिण एसियामै नेपाललाई उत्कृष्ठ नतिजा दिने बताउने ध्यान आफ्नो रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्मा, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य, लायन्स क्लव इन्टरनेशनलका मल्टिपल चियरप्रसन सिवि चन्द, प्रथम भाइस डिष्ट्रिक गभर्नर विनोद श्रेष्ठ, द्वितिय भाइस डिष्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
उक्त अवसरमा क्याविनेट अफिसरहरुलाई पदस्थापना गराइएको थियो । यस्तै लायन्स क्लव इन्टरनेशनबाट सहयोग लिएर बनाइएको राप्ती आँखा अस्पतालको परियोजना उद्घाटन गरिएको थियो । परियोजनामा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । यस्तै अन्य केही स्थानमा परियोजना घोषणा गरिएको थियो ।

क्याविनेट बैठकका अवसरमा दुई लाख रुपैया दिएर डिष्ट्रिक ट्रष्टीलाई सहयोग गर्नेहरु, एक लाख रुपैया दिएर ट्रष्टिमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । यस्तै यस बर्ष लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एनमा थप एक हजार सदस्य थप्ने योजनाको पनि उद्घाटन गरिएको थियो । यसका साथै लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एनमा थप २७ वटा क्लव खोल्ने घोषणा गरिएको थियो । कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी उमा थापा मगरले आगामी दिनमा गर्ने कार्ययोजना र कोषाध्यक्ष तेजप्रसाद अधिकारीले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

सोही क्याविनेट बैठकमा आगामी दोस्रो क्याविनेटको घोेषणा गरिएको थियो । आगामी क्याविनेट सुर्खेतमा गर्ने घोषणा गरिएको थियो । लायन्स क्लवले हरेक बर्ष चारवटा क्याविनेट बैठक आयोजना गरेर विगतमा गरेका कामको समीक्षा गर्ने र आगामी दिनमा गर्ने कार्यक्रमको योजना बनाउने गरेको छ ।

दाङमा डेंगु संक्रमितहरु बढ्दै

घोराहीमा स्थानीय द्रूत प्रतिकार्य समिति

छबि पुरी/राप्ती पोष्ट

घोराही, १७ साउन । डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि दाङका स्थानीय सरकारले आन्तरिक तयारी तीव्र पारेका छन् । गत वर्ष डेंगुले जिल्लाका अधिकांश पालिकाका नागरिक बिरामी परेपछि यो पटक यसको नियन्त्रण तथा रोकथामको तयारी तीव्र पारिएको हो ।
जिल्लाका बजार क्षेत्रमा यसको असर बढी मात्रा देखिएकाले सावधानी अपनाउनेदेखि सचेतनाका कार्यक्रमहरु तीव्र पारिएको बबताईएको छ । घोराही उपमहानगरपालिकामा विगत वर्षहरुमा डेंगुको जोखिम बढी मात्रामा देखिएकाले यो पटक यसको नियन्त्रण तथा रोकथामका लागि समिति समेत गठन गरिएको छ ।
नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा मंगलबार बसेको पालिकास्तरीय बैठकले द्रूत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समुह परिचालन सम्बन्धी निर्देशिका २०७९ अनुसार स्थानीय द्रूत प्रतिकार्य समिति गठन गरेको छ । स्थानीय द्रूत प्रतिकार्य समितिको संयोजकमा नगरप्रमुख नरुलाल चौधरी रहनुभएको छ । जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, प्रस्तावित लक्ष्मीपुर अस्पतालका डा. रमेश बस्नेत, विपद व्यवस्थापन शाखाका मदनकुमार वली रहनुभएको छ भने सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती रहनुभएको छ ।
यसैगरी, उक्त समितिलाई प्राविधिक सहयोग र समन्वय गर्न स्थानीय द्रूत प्रतिकार्य टोलीमा स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीको संयोजकत्वमा २८ सदस्यीय प्रतिकार्य टोली गठन गरिएको छ । जसको सदस्यमा मेडिकल अधिकृत डा. रमेश बस्नेत, काँडाखुटी स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख बालाराम रोका, रामपुर स्वास्थ्य चौकीका प्रमुख भुवनेश्वर रिजाल, झिङ्गनी स्वास्थ्य केन्द्रका प्रमुख गोपीलाल वली, लक्ष्मीपुर स्वास्थ्य चौकीका प्रमुख सपना पुनमगर, धर्ना स्वास्थ्य चौकीका प्रमुख बहारुलाल चौधरी, फचकपुर स्वास्थ्य केन्द्रका प्रमुख बलराम शाह, सौडियार स्वास्थ्य चौकीका प्रमुख कुमार दुलाल, मर्पाडाँडा स्वास्थ्य केन्द्रका प्रमुख लालबहादुर डिसी, ढिकपुर स्वास्थ्य चौकीका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद न्यौपाने रहनुभएको छ ।
यसैगरी, आन्द्राभरैया स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख युवराज धिताल, नारायणपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराज आचार्य, शिवपुर सहरी स्वास्थ्य केन्द्र प्रमुख ललित बुढाथोकी, हापुर स्वास्थ्य चौकी प्रमुख तुलसीराम गिरी, भ्युडर सहरी स्वास्थ्य केन्द्रका प्रमुख माधव गौतम, कलमघारी सहरी स्वास्थ्य केन्द्र प्रमुख प्रकाश आचार्य, नयाँबजार सहरी स्वास्थ्य केन्द्र प्रमुख प्रभा शर्मा, संस्थागत परिवार नियोजन क्लिनिक प्रमुख राधा पौडेल, उत्साह टोल सहरी स्वास्थ्य केन्द्र प्रमुख हिरण्यराज शर्मा, करौतिडाँडा सहरी स्वास्थ्य केन्द्र प्रमुख राममणि शर्मा, हरिद्वार सहरी स्वास्थ्य केन्द्र प्रमुख चेतप्रसाद लम्साल, घोरदौरा सहरी स्वास्थ्य केन्द्रप्रमुख पम्फा पोख्रेल, हात्तीखर्क सहरी स्वास्थ्य केन्द्र प्रमुख अर्जुनकुमार थापा, सैघा स्वास्थ्य चौकी प्रमुख ज्वलन्त खड्का तथा स्वास्थ्यकर्मी बिमला पौडेल र देवका चौधरी रहनुभएको छ ।
अहिले डेंगुका बिरामीहरू घोराही, तुलसीपुर र राप्तीमा देखा परिसकेका छन् । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार साउन १ गतेयता जिल्लामा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संख्याका हिसावले थोरै मानिएपनि यसले अरुमा संक्रमण फैलाउने जोखिम अत्यधिक रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले दिनुभएको जानकारी अनुसार, घोराहीमा १२ जना, तुलसीपुरमा १३ जना र राप्तीमा एक जनामा डेंगु पुष्टि भएको छ । यसरी संक्रमण पुष्टि भएको अभिलेख सरकारी प्रयोगशालाबाट प्राप्त भएपनि जिल्लामा रहेका निजी प्रयोगशालाको अभिलेख नआएकाले यो संख्या अझ धेरै हुन सक्ने उहाँको अनुमान छ ।
जिल्लाको १० वटै पालिकामा गत वर्ष डेंगुका बिरामी फेला परेका थिए । स्वास्थ्य कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा जिल्लामा दुई हजार चार सय पाँच जना डेंगुका बिरामी भएकोमा २ जनाको मृत्यु भएको थियो । डेंगु लागेर मृत्यु हुनेमा एक जना घोराही र अर्का दंगीशरणका रहेका थिए । तथ्यांक हेर्ने हो भने दाङमा डेंगुको संक्रमण दर गत वर्ष ४ वर्षयताकै उच्च रह्यो ।
आर्थिक वर्ष २०७६–०७७ मा ७१ जनामा डेंगु संक्रमण भएका बिरामी भेटिएका थिए । २०७७ मा ७८ मा १५ मा मात्रै डेंगु संक्रमण देखिएको थियो । २०७८–७९ मा डेगु संक्रमणको संख्या छ जना मात्रै थियो । यो तीन वर्षको तथ्यांकलाई हेर्दा डेंगुको संक्रमण कम भएको देखिन्छ । तर, चौथो वर्षमा भने एकाएक बढेको हो । २०७९–०८० मा दाङमा डेंगुबाट संक्रमित संख्या दुई हजार चार सय पाँच पुग्यो ।
डेंगुका कारण २०७२ सालमा पनि दाङको गढवा गाउँपालिका गोबरडिहामा पनि एक महिलाको मुत्यु भएको स्वास्थ्य कार्यालय दाङको तथ्यांकमा छ । स्वास्थ्य कार्यालयका अनुसार २०७३ सालमा नौ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए । पछिल्ला वर्षहरुमा डेंगुको जोखिम एकाएक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरका अनुसार जिल्लामा महिलाभन्दा पुरूषमा धेरै डेंगुको समस्या देखिने गरेको छ ।
जिल्लाको १० वटै पालिकामध्ये घोराहीमा जोखिम सबैभन्दा बढी हुने गरेको छ । त्यही अवस्था यो वर्षपनि दोहोरिने सम्भावना उच्च रहेको छ । घोराही उपमहानगरपालिका १४ स्थित अटोभिलेजलगायत केही स्थानमा डेंगुको संक्रमणको उच्च जोखिम मानिएको छ । यस वर्षको वर्षायाम शुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेका छन् । जसको नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङले बताएको छ ।
डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन चन्दले बताउनुभयो । यसभन्दा अगाडिका वर्षमा कोरोना र नियमित मौसमी वर्षाका कारण कम संक्रमण देखिएको उहाँले बताउनुभयो । धेरै मानिस खुलेआम हिँड्दा, सरसफाईमा ध्यान नदिँदा डेंगुले धेरैलाई संक्रमित बनाउने हुँदा सरसफाई र सचेतनामा विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई छ ।
डेंगुको संक्रमण बढ्दै गएपछि घोराही उपमहानगर पालिकाले अभियान नै सुरू गर्ने तयारी गरेको छ । खोज र नष्ट गर अभियाननै यसको सबैभन्दा राम्रो विकल्प रहेको बताउँदै पालिकाले वडा स्तरमा यो अभियान तीव्र बनाउने तयारी गरेको हो ।
‘यसको कुनै खोप छैन, त्यसैले जोखिम छ, घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ, लामखुट्टेको टोकाइबाट बच्नुपर्छ,’ घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले भन्नुभयो, ‘डेंगुको संक्रमण बढ्दै गएपछि विगत वर्षदेखि घोराही उपमहानगर पालिकाले अभियान नै सुरू गरेको छ । ‘खोज र नष्ट गर’ अभियाननै यसको सबैभन्दा राम्रो विकल्प हो, योसँगै सावधानी र सचेतना फैलाउन सबै लाग्नुपर्छ र आफुले पनि व्यवहारमा लागू गर्नुपर्छ ।’ डेंगु रोकथाम तथा नियन्त्रणका लागि कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक औषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने काम गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनुभयो ।
यसैगरी, कुनै पनि ठाउँमा पानी जम्न नदिन भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी लार्भा नाशक औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी मानिएकाले यस प्रकारका गतिविधीमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
समुदायमा भित्रभित्रै यो वर्ष पनि डेंगु रोगको संक्रमण फैलिसकेको उहाँले बताउनुभयो । डेंगुको जोखिमबाट बच्न हरेक दिन १० मिनेट सरसफाइमा ध्यान दिन समय निकाल्न स्वास्थ्य कार्यालय दाङले अपिल समेत गरेको छ । सबैको साझा दायित्वका रुपमा लिँदै घर वरपर, समुदायमा, कार्यालयमा, कलकारखाना, ग्यारेजहरुमा पनि पानी जम्न नदिन, सरसफाई नियमति गर्न स्वास्थ्य कार्यालयले अपिल गर्दै आएको छ । ‘औषधि छर्केर डेंगु नियन्त्रण असम्भव छ । डेंगु फैलाउने लामखुट्टेले एक पटकमा ५ सय देखि १ हजार अण्डा पार्छ । उसको जीवनकाल १ महिना हुन्छ । यो बेलामा हामीले पानी जम्ने जुन सुकै ठाउँ, भाँडा सफाइ गर्नुपर्ने हुन्छ, उनीहरुको सम्भावित बासस्थान पहिचान गरी नष्ट गर्नु नै सबैभन्द ा उत्तम विकल्प हो’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दले भन्नुभयो ।
डेंगु लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको छ । मानिसहरुको आवत जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस–१ को संक्रमण अधिकांश रहेको छ ।

 

साउन २० गते हुने लायन्स ३२५ एनको क्याविनेट बैठकको तयारी तिव्र

राप्ती पोष्ट

घोराही, १३ साउन । समाजसेवाको क्षेत्रमा अव्वल संस्थाका रुपमा रहेको लायन्स क्लव इन्टरनेशनल ३२५ एन को पहिलो क्याविनेट बैठक दाङमा हुने भएको छ । नेपालमा रहेका १५ वटा डिष्ट्रिकमध्य सवैभन्दा ठूलो डिष्ट्रिकका रुपमा रहेको एन ले पहिलो क्याविनेट दाङमा गर्न थालेपछि तयारी तिव्र पारिएको छ । आगामी साउन २० गतेका दिन क्याविनेट बैठक दाङमा हुँदैछ ।

सोही क्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ एन अन्तरगत एरिया २ ले पत्रकार सम्मेलन गरेर क्याविनेट बैठकको तयारीका बारेमा जानकारी गराएको थियो । प्रचार प्रसार उप समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा डिष्ट्रिक एक्जुकेटिभ चिफ लव अधिकारीले क्याविनेट बैठकका बारेमा जानकारी दिनुभएको थियो ।

करिव एक हजार जनाको सहभागिता रहने क्याविनेट घोराही १० मा रहेको दाङ फन भ्यालीमा आयोजना गरिनेछ । यस्तै उक्त क्याविनेटमा लायन्स क्लव इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी आउनुहुने भएको छ । आयोजक मुल समितिका संयोजक समेत रहनुभएका लव अधिकारीले दाङ जिल्लाको पर्यटन प्रवद्र्धन समेत गराउने उद्देश्यले क्याविनेट बैठक दाङमा राखिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गाालाल केसी, एरिया चिफ डा. भिमसेन गिरी, डिष्ट्रिक को एक्जुकेटिभ चिफ युवराज थपलिया लगायतले बोल्नुभएको थियो । पत्रकार सम्मेलनको संचालन प्रचार प्रसार समितिका सदस्य आर के शितलले गर्नुभएको थियो ।

लायन्स क्लव ३२५ एनको पहिलो क्याविनेट बैठक सफल पार्नका लागि विभिन्न २५ वटा उप समितिहरु गठन गरिएको छ । यस्तै गभर्नर मुकुट ढकाल, प्रथम डिष्ट्रिक गभर्नर विनोद कुमार श्रेष्ठ, द्वितिय डिष्ट्रिय गभर्नर ज्ञानेन्द्र श्रेष्ठ लगायत रहेको सल्लाहकार समिति चयन गरिएको छ । मुल आयोजक समितिका संयोजकमा लव अधिकारी, सह संयोजकद्वय युवराज थपलिया र धुर्व गौतम, सचिवालय संयोजकमा एरिया नं. २ का चिफ डा. भिमसेन गिरी, सचिव भरतराज देवकोटा र कोषाध्यक्ष रेशम गिरी हुनुहुुन्छ । लायन्स क्लवले हरेक बर्ष चारवटा क्याविनेट बैठक गरेर विगतको समिक्षा र आगामी कार्ययोजना तयार गर्ने गर्दछ ।