spot_img
spot_img

नाकाबासीको मागः हामीलाई बाटो र खानेपानी चाहियो

छबि पुरी /राप्ती पोष्ट

राजपुर, भदौ । राजपुर गाउँपालिका वडा नम्बर ५ का कर्ताराम यादवले आफुले वंशजको आधारमा नागरिकता बनाएको भएपनि छोराको नागरिकता बनाउन वडाले सिफारिस दिन नमाने गुनासो पोख्नुभयो । आफुले वंशजको आधारमा नागरिकता बनाएको जानकारी गराउँदै छोरालाई अहिले नागरिकता बनाउन खोज्दा अनेकन बहानाबाजी गरेर वडाले छोराको नाम नागरिकता बनाउन चाहिने वडाको सिफारिस दिन नमानेको गुनासो शुक्रबार राजपुर गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाका जनप्रतिनिधि समक्ष आफ्नो समस्याको गाँठो फुकाउन माग गर्नुभयो । उहाँले भन्नुभयो ‘मेरो पीठमा राखेर छोराको नागरिकता बनाउन किन नपाउने ? अध्यक्ष ज्यू जानकारी पाउँ ।’
आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ४ का लेखराज डाँगीले पालिका अध्यक्षलाई प्रश्न गर्दै पालिकाबासीको गुनासो सुन्न आग्रह गर्नुभयो ।

उहाँले पालिकामा संचालिक विकास निर्माणलगायत योजनाको निष्पक्ष अनुगमन गर्न, वितरिक सामग्रीको सही उपयोग भएनभएको बारेमा स्थलगत अनुगमन निरिक्षण गर्न पालिका अध्यक्ष उपाध्यक्षलाई आग्रह गर्नुभयो । राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ खरदरीयाका मोहम्मद अलीले आफुहरुको धार्मिक कृयाकलाप गर्ने, नवाज पाठ गर्ने गतिलो मसिजद नहुँदा समस्या भईरहेको प्रति जानकारी गराउँदै नयाँ मस्जिद निर्माणका लागि आवश्यक बजेटको माग गर्नुभयो । सोही पालिकाको वडा नम्बर ४ फोहराका निरन्जन यादवले आफु बाल संजालको अध्यक्ष भएकाले बालबालिका, युवाहरुको क्षेत्रमा पालिकाले ठोस पहल गर्नुुपर्ने माग गर्नुभयो । पछिल्लो समय बालबालिकाहरु विभिन्न कुलतको सिकार भईरहेकोले टोल टोलमा सचेतनाका कार्यक्रा संचालन गर्न, सीपमूलक रचनात्मक कार्यक्रलम युवाहरुको पक्षमा काम गर्न ध्यानाकर्षण गराउनुभयो ।

पालिकाका विभिन्न विद्यालयमा प्राध्यापनरत शिक्षकहरुले पालिकाको शैक्षिक उन्नयनका लागि पालिकाको आगामी योजना बारे जानकारी गराउन माग गर्नुभयो । मुंग्रेठा विद्यालयका प्रधानाध्यापक गिरीराज खड्काले नाका क्षेत्रका विद्यालयलाई प्राथमिकता दिन माग गर्नुभयो । उहाँले भन्नुभयो ‘शिक्षाको सुधारका लागि लगानी बढाउन जरुरी छ, यसका लागि नाका क्षेत्रमा रहेका विद्यालयको अवस्था सुधार गरी त्यहाँका बालबालिकाहरुको शिक्षा स्तर सुधारमा ध्यान दिन म पालिकाका सबै जनप्रतिनिधि, सरोकार सबैलाई यध्यानाकर्षण गराउँदछु ।’

सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश जिज्ञासा र प्रश्न पालिको समग्र शिक्षा सुधारको आवश्यकता सम्बन्धी रहेको थियो । यसैगरी, नाका क्षेत्रमा बाह्रै महिना आवतजावत गर्न सक्ने बाटो बनाउन, सुरक्षित खानेपानीको व्यवस्था गर्न, विद्युत सेवा, ईन्टरनेट सेवामा सहज पहुँचका लागि पहल गर्न माग गर्नुभएको थियो ।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले न्यायीक समितिमा आउने देवानी सम्बन्धी उजुरीलाई दुवै पक्षको जीत जीतको वातावरण बनाउँदैै न्याय सम्पादन गर्ने काम गर्दै आएको बताउनुभयो । यसैगरी, पालिकामा भईरहेका र भएका कामको स्थलगत अनुगमन, निरिक्षण गरेर मापदण्डमा रही भुक्तानी दिने काम हुने गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो ‘हामीले प्राप्त गरेको क्षेत्राधिकारभित्र रही कार्य सम्पादन गर्दै आएका छौँ, सीमाभन्दा बाहिर गएर काम गर्न मिल्दैन । त्यसैले पालिकाबासीले पनि यही अनुसार बुझिदिनुपर्छ । हामीले जनताको हीत हुने गरी काम गर्ने हर प्रयास गर्दै आएका छौँ ।’

कार्यक्रममा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव, वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर बिष्टले पनि वडाबासीबाट उठेका प्रश्नको जवाफ दिनुभएको थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेयले पालिकाको कर्मचारी प्रशासनले गर्दै आएका कामको बारेमा जानकारी गराउँदै गत आर्थिक वर्षमा भए गरेका कामको बारेमा पनि जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, पालिकाले गत आर्थिक वर्षमा पालिकाका लागि विनियोजित बजेटको ७८ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनुभयो । उहाँले समृद्ध पालिका बनाउने गरी पालिकाको काम गर्दै आएको हुँदा यसमा पालिकाबासीको पनि उत्तिकै साथ सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले पालिकामा एकीकृत शिक्षा, स्वास्थ्य, खानेपानीमा पहुँच, , उद्यमशीलता विकास, मध्यकालीन खर्च, प्राकृति श्रोत साधनको वैज्ञानिक उपयोगमा पालिकाले काम गर्दै आएको जानकारी गराउनुभयो । राजपुरको समगै विकासका लागि हामीले आन्तरिक श्रोत साधनको अधिकतम उपयोग हुने गरी खेलकूद, कला, भाषा, संस्कृति संरक्षणमा जोड दिँदै सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउन प्रतिवद्ध छौँ, उहाँले भन्नुभयो ‘जटिल भौगोलिक बनावट, सामाजिक परिवेशको अवस्थाका बीच पनि राजपुरबासीलाई समृद्धिको यात्रामा अघि बढाउने हाम्रो हर प्रयास जारी छ ।’

पालिकाबासीका तर्फ आएका सबै प्रश्न र जिज्ञासाको जवाफ दिँदै पालिका अध्यक्ष बुढाथोकीले गाउँपालिकामध्ये जिल्लामै सबैभन्दा ठूलो भुगोल भएको राजपुर गाउँपालिकामा पालिकाले सक्दो प्रयास जारी राखेको बताउनुभयो । उहाँले संघ र प्रदेशबाट प्राप्त बजेट तथा आन्तरिक बजेटबाट दुरदराजका नागरिकलाई सहज सेवा कसरी दिन सकिन्छ भन्ने लक्ष्यका साथ पालिकाले यिमित काम गर्दै आएको बताउनुभयो । ‘सिमित श्रोत साधनबाट पालिकाका रहेक क्षेत्रमा विकास पुर्याउनु छ । सबै काम एकै पटक सम्भव नहुँदो रहेछ, हामीले सबै ठाउँका नागरिकलाई एकै नजरले हेर्ने काम गरिरहेका छौँ तर भुगोल ठूलो छ, यसले गर्दा पनि कतिपय काम चाहेर पनि गर्न सकिरहेका छैनौँ, यसका लागि आगामी दिनमा ती क्षेत्रमा हाम्रो विशेष प्राथमिकता रहन्छ’, गाउँपालिका अध्यक्ष बुढाथोकीले भन्नुभयो ‘नाका क्षेत्रको बारेमा हामी चिन्तित छौँ, वर्षा लाग्यो भने हामीलाई भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, यसका लागि नाका क्षेत्रको सम्पर्क बाह्रै महिना स्थापित गर्न कोईलाबासदेखि भौवा नाकासम्मको बाटो बनाउन विशेष पहल गर्नेछौँ, यो हाम्रो दायित्व पनि हो । यसका लागि हामीले पहल थालनी गरिसकेका छौँ ।’

यसैगरी, उहाँले युवा लक्षित कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आवश्यक योजना लिएर पालिकामा आउन युवाहरुलाई आग्रह पनि गर्नुभयो । पालिकामा रहेका निमावि र मावि तहका १० वटै विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमको लागि सम्बन्धित विद्यालयले आवश्यक प्रस्ताव ल्याएर यस वर्ष विनियोजित १५ लाखको कार्यक्रम गर्न आग्रह गर्नुभयो । उहाँले नाका क्षेत्रका विद्यालयमा कुखुरापालन, यो क्षेत्र बाहेकका विद्यालयमा खुर्सानी खेती र तरकारी खेतीमा विद्यार्थीलाई जोड्ने गरी प्रस्ताव ल्याएर काम गर्न अपिल गर्नुभयो । उहाँले पालिकाभरका ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियमित बैठकलाई निरन्तरता दिने पनि जानकारी गराउनुभयो । यसका लागि अब हरेक ३÷३ महिनामा प्रअ र विव्यसको बैठक बसाल्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले सबैका साथ सहयोगबाट मात्रै पालिका समृद्ध बन्ने हुँदा सकारात्म सल्लाह सुझावको पालिकाबासीबाट अपेक्षा लिएको बताउनुभयो ।

रेडियो साझा आवाज गढवाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकामा रही विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई सेवा क्षेत्रमा गरेको योगदानका आधारमा नगदसहित पुरस्कृत गरिएको थियो । पालिकाले पालिकामा कम्प्युटर अपरेटरका रुपमा कार्यरत महेशकुमार शर्मा, मावि भौवा नाकाका प्रधानाध्यापक लिलाधर बिक, आधारभूत स्वास्थ्य एकाई सिक्टामा कार्यरत अहेव खुमा वली र पालिकामा चौकीदारका रुपमा कार्यरत कान्छा चौधरीलाई नगदसहित पुरस्कृति एवम् सम्मान गरिएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img