spot_img
spot_img

राजनीतिज्ञ लोकमणि आचार्यको संझना

राप्ती पोष्ट समाचारदाता

तुलसीपुर, २ भदौ । राजनीति र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका लोकमणि आचार्यको पाँचौं स्मृति दिवसका अवसरमा शुक्रबार तुलसीपुरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।

पुष्पलाल स्मृति प्रतिष्ठान दाङका अध्यक्ष श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले आचार्यले राजनीतिका माध्यमबाट पु¥याएको योगदानको चर्चा गरेका थिए । लामो समय शिक्षकका रुपमा रहनुभएका आचार्यले भूमिगत अवस्थामा पनि राजनीतिक कृयाकलापमा आफूलाई सक्रिय गराउनुभएको थियो ।

आचार्यले पु¥याएको योगदानको चर्चा गर्दैै बक्ताहरुले दाङ जिल्लाको राजनीतिबाट उहाँको नामलाई कसैले पनि अलग गर्न नसक्ने धारणा राखेका थिए । पंचायती व्यवस्थाको समयमा राजनीति गतिविधि गर्नु आफैमा कठिन भएपनि आचार्यले निर्भिकताका साथ आफूलाई राजनीतिक गतिविधिमा होमेको चर्चा बक्ताहरुको थियो ।

पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले दाङको कम्युनिष्ट आन्दोलमा लोकमणी आचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आचार्यलाई सँझना र सम्मान गर्ने अनेकन पाटो रहेको बताउनुभयो । आचार्यले लामो समय शिक्षाको क्षेत्रमा काम गरेको, साहित्यीक रुपमा योगदान गरेको, समाजसेवाको काम गरेको भन्दै केसीले आचार्यको योगदानको संझना गर्नु आवश्यक रहेको बताउनुभयो ।

बक्ताहरुले आचार्यले गरेको योगदानलाई लिपिवद्ध गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उहाँले पंचायती व्यवस्थाको समयमा गरेको संघर्ष प्रेरक रहेको धारणा राख्दै बक्ताहरुले राजनीतिमा लागेर दुःख पाएकाहरुलाई सम्मान गर्न आवश्यक रहेको बताएका थिए । आचार्य नेकपा माले कालदेखि राजनीतिमा सक्रिय हुनुभएको थियो । यस्तै उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष भएर नेतृत्व गर्नुभएको थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष नवराज लामिछानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्यहरु मिलन चौधरी, विकिरण गौतम, गोविन्द आचार्य, केदार आचार्य, विनोद शर्मा, प्रदेश सल्लाहकार रुद्रमणी शर्मा, नेकपा एमाले दाङका उपाध्यक्ष राममणी पाण्डे, तुलसिपुर नगर कमिटी सचिव रुप बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।

लोकमणी आचार्यका सुपुत्र सुरेश आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमकोे सञ्चालन प्रतिष्ठानका सचिव संगीत बस्यालले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img