spot_img
Home Blog Page 63

बैचारिक विभाजन रोक्न आध्यात्मिक चिन्तन आवश्यक

छबि पुरी/राप्ती पोष्ट

घोराही, फागुुन । मानव जातिमा बढ्दो असन्तोष, विभाजन रोक्न तथा समाजमा सद्भाव कायम राख्न अध्यात्मवादी चिन्तन नै मानवता देखाउने सर्वोत्तम विकल्प रहेको घोराहीमा आयोजित एक कार्यंक्रमका बक्ताहरुले बताएका छन् ।
शिवरात्रिको अवसर पारेर ब्रह्माकुुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाले सोमबार आयोजना गरेको ८६ औँ त्रिमुर्ती शिव जयन्ती धार्मिक सद्भावना गोष्ठीमा सहभागी विचारकहरुले जतिसुकै भौतिकवादमा लिप्त भएपनि अन्तिममा मानिसले अध्यात्मको बाटो रोज्ने भन्दै मानव धर्मलाई शिरोपर गर्नुपर्नेमा जोड दिएका हुुन् ।

कार्यक्रममा हिन्दुुधर्म, मुस्लिम धर्म, क्रिश्चियन धर्म, वुद्ध धर्म लगायत अन्य धर्म मान्दै आउनुुभएका विचारक एवं प्रवर्तकहरुको सहभागीता थियो । विचार विभाजनले मानिसमा अनेकन असन्तोषी भाव पैदा गर्दै लगेकाले अहिले विश्वमा शक्ति राष्ट्रहरुबीच टकराव बढेको उहाँहरुको भनाई थियो । भौतिकवादमा विवेक शुुन्य हुने हुँदा आध्यात्मिक चिन्तन र दर्शनबाट विवेक प्राप्त गर्नेहरु सन्तोष र सुखी हुने गरेको उदाहरण प्रस्तुुत गर्दै विचार र विवेकको बाटो नै सर्वधर्मको सम्मानको बाटो रहेको जिकिर गर्नुभयो ।

विश्वमा भौतिकवादले गाँज्दै गएको अवस्थामा मानिस मानिसमा भई रहेको टकरावका कारण उत्पन्न विभिन्न नकारात्मक असरलाई रोक्न तथा धर्मका नाममा हुने अनेकन विभाजनलाई कम गर्न सबै धर्मका विचारकलाई एकै थलोमा राखेर विचार प्रवाह गर्दै आध्यात्मिक चिन्तन गर्न सकेमा समाजमा यस प्रकारका कार्यक्रमले ठूूलो योगदान दिने जामा मस्जिद घोराहीका मौलाना मोहम्मद समिमले बताउनुुभयो । ‘हामीले आआफ्नो धर्म माने पनि धर्मको मूल मर्म भनेकै मानवजातिको पहिचान र अस्तित्वको कुरा हो ।

अर्का वक्ता दाङ जिल्ला ईशाई संघका अध्यक्ष अर्जुन गुुरुङले मानवले मानवलाई थिचोमिचो गर्दा नै कमजोर बनाईएकाहरु धर्मान्तरमा लाग्ने समस्या रहेको बताउनुुभयो । यद्यपि, यो सही नभएको उहाँको भनाई थियो । जुन सुुकै धर्म माने पनि यसको अन्तिम विन्दु भनेकै आत्म सन्तुष्टि रहेको उहाँको धारणा थियो ।

बाल ब्रह्माचारिणी गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले संस्कार, शक्ति, समृद्धि र संस्कृतिलाई जोगाई राख्न मानवजातिमा अहिले इमान्दारिता कमजोर बन्दै गएकाले सबै धर्म समुदाय एकै थलोमा बसेर मानवीय चिन्तन, मुल्य मान्यता र आध्यात्मिक विमर्श आवश्यक रहेको बताउनुुभयो । ‘भौतिक विज्ञानले प्रभावित बनाउँदै लगेको समाजमा आध्यामिकतावादी चिन्तन कमजोर हुँदै गएको छ, यो निकै गम्भीर कुरा हो, मानव जातिले मानव धर्म भुल्दै गएको बेलामा मानव एकताको सूूत्रमा बाँध्न सकारात्मक बाटो आफुुलाई हिडाउनुुपर्छ,’ उहाँले भन्नुुभयो ।

कार्यक्रममा ब्रह्माकुुमारी राप्ती क्षेत्रका सचिव शिवलाल महताराले शिव महिमा यस मानव दर्शनका बारेमा कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो । कार्यपत्रमाथि विश्व हिन्दुु महासंघ दाङका संस्थापक अध्यक्ष डा. भोलानाथ योगी र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. गोविन्द आचार्यले टिप्पणी गर्नुभएको थियो ।

सहभागीहरुले पनि आफुुभित्र रहेका जिज्ञासा, द्विविधाहरु राख्नुुभएको थियो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुुर्गालाल केसीलगायतले बोल्नुुभएको थियो । ब्रह्माकुमारी राप्ती क्षेत्रकी सह–संचालिका इन्दिरा दिदीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सञ्चालन ब्रह्माकुमार माधव तिमल्सेनाले गर्नुभएको थियो ।

खुमबहादुर खड्काको स्मृतिमा भलिवल प्रतियोगिता सुरु

राप्ती पोष्ट

घोराही, फागुन । घोराहीमा प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ सुरु भएको छ । जिल्लामै सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै गिरीले खेलले शरीरलाई स्वस्थ, फुर्तिलो र निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुद क्षेत्रको विकासमा सवैले ध्यानदिनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको संम्झनालाई दिर्घायु बनाउन यस्ता खेलकुद कार्यक्रमले सहयोगी बन्ने पनि उहाँले बताउनुभयो । प्रजातन्त्र स्थापनाका लागि नेपालको राजनीतिक इतिहासमा नेता खड्काको योगदानलाई खेलकुद माध्यमबाट सदैव जीवन्त राख्न कांग्रेस दाङले आयोजना गरेको प्रतियोगिता राम्रो कार्य भएको उहाँको भनाई थियो । ‘स्व.खुमबहादुर खड्का विकासप्रेमी मात्र नभएर खेलप्रेमी पनि हुनुन्थ्यो ।’ विगत सम्झदै नेता गिरीले भन्नुभयो–‘खेलकुद क्षेत्रको विकाससँगै उहाँको योगदानलाई जीवन्त राख्न यो खेलकुदको महत्वपूर्ण भूमिका हुनेछ ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व सभासद राजु खनाल, नेपाली काँग्रेस दाङका जिल्ला पूर्व सभापति वीरकेशरी गौतम, क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि सावित्रा रानालगायतका बक्ताहरुले स्वर्गीग नेता खड्काको योगदानलाई नयाँ पुस्तासम्म लग्नेदेखि खेलकुदका माध्यमबाट सवैलाई जोड्न प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति कमानसिंह भारतीले स्वागत र अर्का उपसभापति गिरिराज सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव अर्जुन योगीले गर्नुभएको थियो । कार्यक्रममा खेलकुद प्रतियोगिताका बारेमा खेल संयोजक राजु आचार्य र खेलका नियमका बारेमा सदस्य केदारराज श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

जिल्लामा सर्वाधिक राशीको प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख रुपैया र उपबिजेता हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार प्रदान गरिने भएकोछ । यसअघि बिजेतालाई एक लाख ७५ हजार र उपबिजेतालाई ८७ हजार पाँच सय पुरस्कारको व्यवस्था गरिएपनि उद्घाटन कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री दीपक गिरीले उक्त पुरस्कारमा रकम थप गर्दै प्रथम पुरस्कार दुई लाख र दोश्रो पुरस्कार एक लाख बनाउने घोषणा गर्नुभएको थियो ।

तुलसीपुर र दंगीशरणको जित

यसैबीच प्रतियोगिताको पहिलो खेलमा तुलसीपुर उपमहानगरपालिकाको भलिबल टिम बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राप्ती गाउँपालिकाको टिमलाई २५–१९, २२–२५ र २५–१८ को सेटमा हराउँदै तुलसीपुर उपमहानगरपालिकाको टिम बिजयी भएको हो ।

नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठ र धनबहादुर भट्टसहितको तुलसीपुर उपमहानगरपालिकाको टिमले राप्ती गाउँपालिकाको टिमलाई हराउँदै जित निकालेको हो । राप्ती गाउँपालिकाको टिममा पनि राष्ट्रिय टिमका खेलाडी हरि अधिकारीसहितको टिमले एक सेट जितेपनि दुई सेटमा हार व्यहोर्दा प्रतियोगिताको पहिलो खेलमा पराजित हुन पुगेको थियो ।

त्यसैगरी दोश्रो खेलमा लमही नगरपालिकालाई हराउँदै दंगीशरण गाउँपालिकाको टिम बिजयी भएको हो । पहिलो सेटमा २५–१२ को जित निकालेर दोश्रो सेटमा २३–२५ले हारेको दंगीशरणले तेश्रो सेटमा २८–२६ को जित निकाल्दै बिजयी भएको हो ।

घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणाका लागि अनुगमन

राप्ती पोष्ट

घोराही, फागुन । घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्नकालागि तयारी स्वरुप विभिन्न क्षेत्रको अनुगमन गरिएको छ । घोराही उपमहानगरपालिकाका मेयर उपमेयर लगायतको टोलीले विभिन्न क्षेत्रमा पुगेर अनुगमन गरेको थियो ।

आइतबार टोली वडा नं. १४ को कार्यालयमा पुगेको थियो । वडा नं. १४ ले बालमैत्री घोषणाका लागि गरेका तयारी र प्रयासका बारेमा जानकारी लिइएको थियो । जसमा बालमैत्री फोकल पर्सन निरु डिसीले वडामा बालमैत्री घोषणाका लागि गरिएका कामका बारेमा जानकारी दिनुभयो । उहाँले विभिन्न टोल विकास संस्थाहरु, आमा समुहहरु, युवा र किशोरी समुहहरुका बीचमा छलफल गरिएको जानकारी दिनुभयो ।

यस्तै वडाध्यक्ष शक्तिराम डाँगीले टोल विकास संस्थालाई परिचालन गरेर बालमैत्री घोषणाको कामलाई अघि बढाइएको जानकारी दिनुभयो । उहाँले टोल विकास संस्थाहरु उत्साहका साथ बालमैत्री घोषणामा लागिरहेको भन्दै बालमैत्री घोषणामा सवैको सहभागिता र सक्रियता रहेको बताउनुभयो ।

अनुगमन टोलीले वडा नं. १४ मा रहेको स्वास्थ्य केन्द्रमा पुगेर स्वास्थ्यका क्षेत्रमा भएका कामको जानकारी लिएको थियो । बालवालिकाहरुले खोप पाएको वा नपाएको, आमाहरुले खोप लगाएको वा नलगाएको, आयोडिन युक्त नुनको प्रयोग भएको वा नभएको भन्ने बारेमा जानकारी लिएको थियो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेका दुईवटा टोलको पनि अनुगमन गरिएको थियो । जसमा सरस्वती टोल विकास संस्थाले केही दिन अघि बालमैत्री घोषणा गरेकोमा सुचक पुरा भए÷नभएको बारेमा अनुगमन गरेको थियो । टोल विकास संस्थाकी सचिव भिमकुमारी पुन मगरले टोल विकास संस्थामा बालमैत्रीका अधिकांश सुचक पुरा भएको र केही अपुरा भए त्यसलाई केही दिनमा पुरा गर्ने जानकारी दिनुभयो । उहाँले सवै टोल बासीले बालमैत्री घोषणा कार्यान्वयनका लागि प्रतिवद्धता जनाएको पनि बताउनुभयो ।

यसैगरी घोराही–१४ कै गौतम नगर टोल विकास संस्थामा पुगेर पनि अवस्थाको जानकारी लिइएको थियो । गौतम नगर टोल विकास संस्थामा रहेको सर्वोदय बालक्लवले गरेका कामहरुका बारेमा बालक्लवका सल्लाहकार नविन श्रेष्ठले जानकारी दिनुभएको थियो । बालमैत्री घोषणाका लागि बालक्लले भूमिका खेलिरहेको भन्दै सरसफाईका कार्यक्रमहरु, जन्मदर्ताका अभियानहरु, बालविवाह रोक्नका लागि अभियान संचालन गरिरहेको बताउनुभयो ।

यस्तै घोराही उपमहानगरपालिकाको वडा नं. १४ मा रहेको बाल विकास मावि र वडा नं. १८ मा रहेको मावि रझेनामा पुगेर विद्यालयको अवस्थाका बारेमा अनुगमन गरिएको थियो । विद्यालयको भौतिक संरचना बालमैत्री रहे÷नरहेको, विद्यालयमा शौचालयको अवस्था, विद्यालयमा पानीको व्यवस्था, यातना रहे÷ नरहेको भन्ने बारेमा जानकारी लिएको थियो ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख सिता सिग्देल न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्द रिजाल, बालअधिकारकर्मी विकिरण गौतम लगायतले विभिन्न सुझावहरु दिनुभएको थियो ।

घोराही उपमहानगरपालिकालाई यहि फागुन मसान्त भित्र बालमैत्री घोषणा गर्नका लागि अभियान संचालन गरिरहेको छ । वडा घोषणाका लागि नगरपालिकाले अनुगमन गर्नुपर्ने व्यवस्था अनुसार अनुगमन थालिएको घोराही उपमहानगरपालिका महिला विकास शाखाकी प्रमुख मोती विश्वकर्माले जानकारी दिनुभयो ।

 

पाँच थान रेडपाण्डाको छाला सहित तीनजना पक्राउ

राप्ती पोष्ट

दाङ, फागुन । दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीनजनालाई पक्राउ गरेको छ । रेडपाण्डा हिमाली क्षेत्रमा पाइने बन्य जन्तु हो । दाङको बाटो भएर अनेत्र लग्दै गरेको अवस्थामा प्रहरीले भालुवाङबाट तीनजनालाई पक्राउ गरेको थियो ।

ठूलो मात्रामा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला ल्याएर विक्रि वितरण गर्न लागेको सूचना आधारमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरेर रेडपाण्डा पाँच थान सहित तीनजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सबै रोल्पा जिल्लाका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेका अनुसार पक्राउ गर्नेहरुमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ का राम कुमार पुन मगर रहेका छन् । प्रहरी उपरीक्षक काफ्लेका अनुासर दाङ जिल्ला हुँदै काठमाडौं तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी करिव सात बजेति उनिहरुलाई पक्राउ गरेको थियो ।

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा तीन जनालाई प्रहरीले पाँच थान रेडपाण्डाको छालासहित पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको प्रहरी प्रमुख काफ्ले बताउनुभयो । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँको भनाई थियो ।

बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको पनि उहाँले बताउनुभयो । पक्राउ परेका तीनैजनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि बुझाउने तयारी भइरहेको छ ।

प्रलेस लुम्विनीको अधिवेशन चैत ५ गते हुने

राप्ती पोष्ट

लमही, फागुन । प्रगतिशील लेखक संघ लुम्विनी प्रदेशको दोस्रो अधिवेशन आगामी चैत ५ गते लमहीमा हुने भएको छ । प्रलेस लुम्विनी प्रदेशको शनिबार लमहीमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

प्रलेस लुम्विनी प्रदेशका अध्यक्ष केशव थापाको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन नभएका जिल्लाहरुमा यहि फागुनको २८ गतेभित्र अधिवेशन सक्न निर्देशन दिएको छ । केन्द्रिय समितिले फागुनको अन्तिमसम्म जिल्ला अधिवेशन र चैतको पहिलो साताभित्र प्रदेशको अधिवेशन गर्नका लागि दिएको निर्देशन अनुरुप जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरिएको बताइएको छ ।

बैठकले प्रदेश अधिवेशनको व्यवस्थापनका लागि कोषाध्यक्ष निमबहादुर थापाको संयोजकत्वमा रेशम विसी, छविलाल कोपिला, दशरथ घिमिरे र गुरुप्रसाद कुमाल बुलवुल सदस्य रहेको उपसमिति गठन गरेको छ । बैठकमा प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले तयार पार्नुभएको लुम्विनी प्रदेशको प्रगतिशील साहित्यको इतिहास केन्द्रिय समितिमा पठाउने निर्णय गरेको छ । यस्तै लुम्विनी प्रदेशको प्रलेसको मुखपत्र पनि अधिवेशनकै अवसरमा विमोचन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनका लागि सचिव रामप्रसाद पोखरेललाई सांगठनिक र कोषाध्यक्ष निमबहादुर थापालाई आर्थिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ । यस्तै बैठकमा प्रलेसका प्रदेश अध्यक्ष केशव थापाले आमाको सँझनामा हुमादेवी स्मृति साहित्य पुरस्कार स्थापनाको घोषणा गर्नुभएको थियो । उहाँले ५० हजार रुपैयाको अक्षयकोष राखेर पुरस्कारको सुरुवात गर्ने जानकारी दिनुभयो ।

दोस्रो अधिवेशनका अवसरमा साहित्य र पत्रकारिताको माध्यमबाट योगदान गर्नुभएका प्रलेसका पूर्व केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्मालाई अभिनन्दन गर्ने निर्णय गरेको छ । बैठकमा प्रलेसका केन्द्रिय सदस्य शरद अधिकारी र केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले अधिवेशनको सन्दर्भमा सुझावहरु दिनुभएको थियो ।

 

‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८’ कालागि विभिन्न समिति/उपसमितिहरु गठन

राप्ती पोष्ट

घोराही/दाङ जिल्ला उद्योग बाणिज्य संघले यहि फागुनको २६ गतेदेखि आयोजना गरेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीको तयारीका लागि विभिन्न समिति तथा उप समितिहरु गठन गरेको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीका अनुसार प्रदर्शनीको दिन नजिक आउँदै गर्दा तयारीलाई तिव्रता दिइएको छ । सोही क्रममा उवासंले अध्यक्ष टंकसिंह बुढाथोकीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । यस्तै संघले आर्थिक संकलन समिति, अतिथि सत्कार समिति, संघ संस्था समन्वय समिति, अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ । संघले चारजनालाई सह संयोजकको जिम्मेवारी दिएको छ ।

महासचिव बुढाथोकीका अनुसार निवर्तमान अध्यक्ष नारायणप्रसाद भुषालको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ । पूर्व अध्यक्ष मधुसूदन बैद्यको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ । यस्तै अर्का पूर्व अध्यक्ष चन्द्रराज पन्तको संयोजकत्वमा संघ संस्था समन्वय समिति र पूर्व अध्यक्ष माधवप्रसाद शर्माको संयोजकत्वमा अनुगमन तथा मूल्याङ्ककन समिति गठन गरिएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की, उद्योग उपाध्यक्ष अनिल आचार्य, बाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल र महासचिव महेन्द्र बुढाथोकीलाई सह संयोजकको जिम्मेवारी दिइएको छ । संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, पूर्व अध्यक्षहरु भरत बुढाथोकी, रामदयाल गुप्ता र धु्रवराज श्रेष्ठ भारीलाई सल्लाहकारका रुपमा चयन गरिएको छ ।
दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८ को प्रचार प्रसारका लागि सदस्य एकनारायण पौडेलको संयोजकत्वमा प्रचार प्रसार उप समिति, विष्णुप्रसाद रिजालको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उप समिति, लिलाराम खड्काको संयोजकत्वमा प्राथमिक उपचार व्यवस्थापन उप समिति र विष्णुप्रसाद गौतमको अध्यक्षतामा धार्मिक उप समिति गठन गरिएको छ ।

यस्तै भरतप्रसाद रेग्मीको संयोजकत्वमा भौतिक निर्माण उप समिति, ज्ञानबहादुर फौदारको संयोजकत्वमा स्वयमसेवक परिचालन उप समिति, जुद्धबहादुर घर्तीको संयोजकत्वमा सुरक्षा व्यवस्थपन उप समिति र विनोद पाण्डको संयोजकत्वमा पार्किङ व्यवस्थापन उप समिति गठन गरिएको महासचिव बुढाथोकीले जानकारी दिनुभयो ।
आर्थिक व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी कोषाध्यक्ष सुशिल पोख्रेललाई दिइएको छ भने आर्थिक व्यवस्थापन उप समितिको संयोजकका रुपमा सह कोषाध्यक्ष राजभक्त रानालाई जिम्मेवारी दिइएको छ । टिकट व्यवस्थापन उपसमितिको जिम्मेवारी माधव खनाललाई र खानेपानी तथा सरसफाई उपसमितिको संयोजकको जिम्मेवारी मित्रदेव अधिकारीलाई दिइएको छ ।

संघले सचिव नरेशकुमार श्रेष्ठको संयोजकत्वमा शोभा यात्रा व्यवस्थापन उप समिति, जगतप्रसाद आचार्यको संयोजकत्वमा साहित्य तथा सिर्जना उप समिति, देवकला बस्नेतको संयोजकत्वमा महिला, उद्यमी तथा मञ्च व्यवस्थापन उप समिति र बाल उद्यान व्यवस्थापन उप समितिको संयोजकमा सन्तोषकुमार सोनीलाई चयन गरिएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघले आगामी फागुन २६ गतेदेखि चैतको ८ गतेसम्म घोराहीको झिंगौरामा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८ आयोजना गरेको छ । यस क्षेत्रको उत्पादन र व्यवसायीलाई प्राथमिकता दिइने दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीका लागि तयारीका कामहरु तिव्रताका साथ अघि बढेको महासचिव बुढाथोकीले जानकारी दिनुभयो ।

टुुटेको मनमा आत्म विश्वास जगाउँदै सामी

छबि पुरी/राप्ती पोष्ट

घोराही, फागुन । वैदेशिक रोजगारको सिलसिलामा गत साउन १९ गते मलेसियामा घोराही १४ सुन्दरनगर टोलका आकाश बिकको २२ वर्षको उमेरमा मृत्युु भयो । उहाँ मलेसिया गएको मंसीरमा ४ वर्ष पुुग्दै थियो । कोभिडका कारण असामयिक मृत्युको मुखमा पुुगेका बिकको शव नेपाल ल्याउन सकिएन । छोराको मृत्युको खबर सुनेपछि बुवा रुपलाल बिकलाई छटपटी हुनुु स्वाभाविक थियो । यो बीचमा उहाँलाई छोरा विदेश जाँदा अपनाएको प्रकृया केही थाहा थिएन । संयोगवश एकदिन उहाँ घोराहीस्थित सुरक्षित आप्रवासन परियोजना (सामी)को सम्पर्कमा आउनुुभयो । आफ्नो छोराको घटनाबारे परियोजनालाई जानकारी गराउनुुभयो । त्यसपछि शुुरु भयो, छोराको मृत्युु पश्चात वैदेशिक रोजगार विभाग र बिमा कम्पनबाट पाउनुुपर्ने क्षतिपूर्तिको प्रकृया ।

सामीले ती सबै कागजी प्रकृया पूरा गरिदिएर घटना भएको झण्डै दुई महिनामा क्षति पूर्ति प्राप्त भयो । उहाँलाई बिमा वापतको १३ लाख र वैदेशिक रोजगार प्रवद्र्धधन बोर्डबाट सात लाख गरी २० लाख क्षतिपूर्ति प्राप्त भयो । घोराही १६ सर्राकी चम्फा चौधरीले आफ्नो श्रीमान बेलबहादुर चौधरीलाई एक जना चिनेजानेका दलालमार्फत साउदी अरेयिबा पठाउँदै हुनुुहुुन्थ्यो । चिनजानका आधारमा केही नबुुझी उहाँले एजेन्टलाई पैसा थमाउनुुभयो । तर, लामो समयसम्म श्रीमान विदेश जाने दिन जुुरेन । विभिन्न बहानाबाजी चलिरह्यो । एजेन्टले विभिन्न कुरा गर्दै आलटाल गरेपछि चम्फा पनि सामीको सम्पर्कमा पुुग्नुुभयो । त्यसपछि खोजतलास गर्दै जाँदा अन्ततः गत पुस १७ गतेमात्रै श्रीमानलाई कानूनी रुपमा वैदेशिक रोजगार विभागमार्फत साउदी पठाउन सफल हुुनुुभयो ।

घोराही १७ का निमु सुनारको २०७७ कार्तिक २४ गते कतारमा मृत्यु भयो । अचानकको मृत्युुपछि सुनारकी श्रीमती प्रिया बिक बिछिप्त हुुनुुभयो । घरको सहारा नै परलोक भएपछि उहाँको होस गुम्यो । उहाँमा मानसिक समस्या देखा परपछि अनेकन कष्ट सहनुुपर्यो । मानसिक अवस्था समेत असन्तुलन हुुने क्षणमा पुुगेका बेला सामी परियोजनासँग उहाँको भेट भयो । त्यसपछि प्रियाको जीवनमा आशा पलायो । ‘निरन्तरको मनोपरामर्श सेवा दिँदै गएपछि उहाँको मानसिक र शारीरिक स्वास्थ्यमा क्रमशः सुधार हुँदै गयो,’ घोराहीकी परियोजना प्रमुुख बसन्ती पुनले भन्नुुभयो, ‘शुरुवाती चरणमा उहाँको अवस्था अत्यन्तै भयावह नै थियो ।’ प्रियाको बारेमा जानकारी पाएपछि निरन्तर मनोपरामर्श र श्रीमानको मृत्युु पश्चात पाउनुु पर्ने क्षतिपूर्ति र छोराको छात्रवृत्तिका लागि पहल गरेको पुुनले बताउनुुभयो ।

‘जब मेरो श्रीमानको अवस्था बारे जानकारी पाएँ त्यसपछि त मेरो होस थिएन । तेलले हात धुने, बरालिने, एकोहोरो हुने भएको थिएँ,’ प्रियाले भन्नुुभयो, ‘खाना पकाउने होस पनि थिएन । सबै बर्बाद भएको थियो ।’ तर, अहिले प्रियाको जीवन फेरिँदै गएको छ । उहाँका लागि नयाँ जीवन शुुरु भएको छ । आत्म विश्वास बढेको छ । ज्याला मजदुरी गरेर भएपनि दैनिकी व्यस्त बनाउन थाल्नुुभएको छ । ‘सबैसँग घुलमिल हुुने बोल्ने गर्दा मन एकोहोरो हुुन पाएको छैन, मनका पीर व्यथा पनिभुल्ने वातावरण बनेको छ । मनोपरामर्शले मलाई पूरै आत्म विश्वास जगाएको छ,’ प्रियाले भन्नुुभयो ।

परियोजनाले उहाँको श्रीमानको मृत्युुपश्चात पाउनुु पर्ने क्षतिपूर्तिको पहल पनि गर्यो । उहाँले २१ लाख रुपैयाँ पाउन सफल हुनुुभयो । त्यही पैसाले सानो घर बन्यो, ७ वर्षका छोराको पठनपाठनका लागि छात्रवृत्तिको सिफारिस पनि विभागमा गरिएको छ । सामी परियोजनाले अहिले वैदेशिक राजगारीमा जाने र गएकाहरुको सुखदुखमा साथ दिँदै आएको छ । अहिले पनि अवैध बाटो अपनाउँदै विदेश जानेहरुले दुख पाइरहेकाले सकेसम्म आधिकारीक र प्रकृया पुुर्याएर मात्रै वैदेशिक रोजगारीमा जान तथा सीप सिकेर जान सामीले प्रेरित गर्दै आएको सामी परियोजना व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका घोराही उपमहानगरका नगरप्रमुुख नरुलाल चौधरीले बताउनुुभयो ।

हरेक नागरिक विदेश भन्दा स्वदेशमा नै आर्थिक गतिविधिसँग जोडिँदै उत्पादनमुलक क्षेत्रमा लाग्न परियोजनामार्फत प्रेरित गरिँदै आएको छ । परियोजनाका माध्यमबाट वैदेशिक रोजगारको यात्रा सुरक्षित बनाउन तथा उनीहरुको परिवारमा वित्तिय साक्षरता प्रदान गर्दै आत्मनिर्भर बनाउन थालिएको हो । यो अभियानबाट नागरिकले लाभ उठाइ रहेको हुँदा आगामी दिनमा स्थानीय सरकारलाई थप अधिकारसहित कार्य सम्पादन गर्ने वातावरण मिलाउन आवश्यक रहेका देखिएको छ । बस्ती स्तरमा विदेश जाने र घरबाट पठाउनेहरुले पनि यसको ज्ञानका बारेमा जानकार नहुँदा विभिन्न खालका समस्या भोग्दै आएकाले कम समस्या बनाउन सामीले निरन्तर रुपमा वडास्तरमै पुुगेर वैदेशिक रोजगार सम्बन्धी अभिमुुखीकरण र सचेतनाका कार्यक्रम गर्दै आएको परियोजनाकी सहजकर्ता रीता लामाले बताउनुुभयो ।
जिल्लाको घोराही, तुलसीपुर, लमही र बबई गाउँपालिकामा अहिले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सामी परियोजनाले काम गर्दै आएको छ । परियोजनाले सूूचना तथा परामर्श, सीप तालिम, न्यायमा सहजीकरण, वित्तिय व्यवस्थापन र मनोसामाजिक परामर्शको काम गर्दै आएको छ । यसबाट नागरिकले लाभ उठाउँदै गएको र परियोजना प्रति नागरिकको विश्वास पनि बढ्दै गएको छ ।

सामीले जिल्लामा स्थापना गरेको सुचना तथा परामर्श केन्द्रबाट चालुु आर्थिक वर्षको ६ महिनामा करिव ४ हजार बढीले सुचना सेवा लिन सफल भएका छन् । विदेशमा समस्या परेका, मृत्युभएका, अलपत्र परेका, विरामी परेका, ठगीमा परेकाहरुको उजुरीको आधारमा परियोजनाले सेवा र परामर्शको काम गरिरहेको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र सीपयुुक्त जनशक्ति उत्पादनसँगै वित्तिय व्यवस्थापनमा नागरिकलाई सहभागी बनाउनुु नै परियोजनाको लक्ष्य रहेको घोराही उपमहानगरपालिका नगरप्रमुुख चौधरीले बताउनुुभयो ।

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी मेला फागुन २६ बाट

छवी पुरी/राप्ती पोष्ट

घोराही, फागुन ।

दाङको घोराहीमा यही फागुन २६ गतेबाट दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी मेला लगाउने तयारी भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २६ देखि चैत ८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

कोरोना महामारीका कारण धरासयी बनेको अर्थतन्त्र उत्थान र यस क्षेत्रको कृषि, पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने लक्ष्यका साथ महोत्सव गर्न संचालन गर्न थालिएको आयोजकले जनाएको छ । लुम्बिनी प्रदेश राजधानीका रुपमा रहेका दाङको कृषि, पर्यटन र अन्य क्षेत्रको सम्भावना उजागर गर्न र आर्थिक गतिविधि चलायमान बनाउन मेला आयोजन ागर्न लागिएको संघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिनुुभयो ।

महोत्सवबाट प्राप्त हुने आम्दानीलाई संघको संस्थागत विकास एवं उद्यमी विकासमा उपयोग गरिने, स्वदेशी उत्पादनमा बृद्धिगरी परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पुर्याउने मुल उद्धेश्य राखिएको छ ।

यस अघि संचालित महोत्सवबाट बहुउद्देश्यीय सभा गृह निर्माण र घोराही स्वर्गद्वारी सडक संजाललगायत जिल्लाको आर्थिक समृद्धिमा लगानी गरिएको छ । प्रदर्शनीमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं विक्री, हस्तकला, कृषि, जडिवुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी विशेष प्राथमिकतामा रहेको संघका महासचिव महेन्द्र बुढाथोकीले बताउनुुभयो ।

पत्रकार सम्मेलनमा राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीले जिल्लाको पहिचान झल्कने गरी अहिलेको संघीय संरचना अनुुसार मेला आयोजना गर्न सुुझाव दिनुुभयो । यस्तै, उहाँले जिल्लाको सर्वागिंण विकासका लागि संघले हिजोका दिनमा थालेको कामलाई सफल बनाउन मेलामा आउने दर्शक वा शुुभेच्छुछबाट अभियानका रुपमा रकम संकलन गर्न सके त्यसबाट केही काम गर्न सकिने हुँदा त्यसतर्फ पनि ध्यान दिन आयोजकलाई आग्रह गर्नुभयो ।

महोत्सव दाङको घोराही उपमहानगरपालिका १४ झिँगौरामा आयोजना हुने भएको छ । यस्तै प्रदर्शनी स्थलमा लम्विनी प्रदेशका जिल्लाहरुबाट उत्पादित वस्तुहरुका स्टल रहने जानकारी पनि आयोजकले गराएको छ । महोत्सव सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । जसअनुसार ती उपसमितिले आफ्नो जिम्मेवारी अनुसार काम शुुरु गरिसकेको बताइएको छ ।

लक्ष्मण डाँगी स्मृति कप फुटबल शुुरु

घोराही, फागुन ।

घोराहीमा बिहीबारबाट दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता शुुरु भएको छ । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उदघाटन पूर्व खेलाडी एवं प्राध्यापक नारायण सिंह गुुरुङले गर्नुुभयो ।

वेष्ट नेपाल फुटबल एकेडेमीका अध्यक्ष सन्दीप वलीको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्लाभरका १२ वटा विद्यालयले भाग लिएका छन् । सो अवसरमा प्रमुुख अतिथि गुुरुङले स्वस्थ नागरिक उत्पादनमा खेल क्षेत्रको ठूलो भूमिका रहेकाले खेल अनुुशासनको मर्म बुझेर अघि बढ्न खेलाडीहरुलाई सुुझाव दिनुुभयो ।

आगामी फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका छन् । खेल लिग कम नकआउट आधारमा खेलाइएको उदघाटन खेलमा नेपाल प्रहरी स्कुल घोराही र ज्ञानज्योति तुलसीपुरले गोलरहित बराबरी खैदै अंक बाँडेका छन् । निर्धारित समयमा कुनै टीमले गोल गर्न नसकेपछि १—१ अंक बाँडेका हुन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ रुपैयाँ र द्वितीय हुनेले टिमले २१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने भएका छन् । प्रतियोगिता अन्तर्गत आज शुक्रबार दिउँसो १२ बजे दीपशिखा मावि र सिद्धरत्नाथ माविबीच खेल हुनेछ भने दोस्रो खेल अपरान्ह गोरखा मावि तुलसीपुुर र जनज्योति माविबीच खेल हुने भएको आयोजकले जनाएको छ । २०७५ मंसिर १२ गते घोराही १७ को कृत्रिम जलाशयमा डुबेर ज्यान गुमाएका लक्ष्मण डाँगीको स्मृतिमा प्रतियोगिता गरिएको हो ।

लखन थापाको सँझनामा खेलाइएको फुटवलको उपाधि बडहरा क्बलले हात पार्यो

घोराही, फागुुन ।

प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि बडहरा युुवा क्लबले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा राप्ती गाउँपालिका क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै बडहराले उपाधि जितेको हो ।

नेपाल मगर संघ घोराही नगर कमिटीको आयोजनामा गएको फागुन २ गतेबाट शुुरु भएको नकआउट फुटबल प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको थियो । लखन थापाको १४६औँ स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । बडहराले टरीगाउँलाई हराउँदै फाइनलमा पुुगेको थियो भने राप्तीले मेघालाई हराएर उपाधि नजिक पुुगेपनि आज भएको खेलमा उपविजेतामै सिमित भएको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्ने भएको छ । अन्तिम चारमा पुुगेका २ क्लबले पनि समान साढे १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल मगर संघले अब विजेता, उपविजेता र प्रतियोगिताको अन्तिम चारमा पुुगेको दुुई क्लबलाई फागुुन १५ गते मगर दिवसको अवसरमा पुुरस्कृत गर्ने भएको घोराही नगर अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुुभयो ।

यसैबीच, दोश्रो सेमिफाईनल खेलमा आयोजकले लापरवाही गर्दै बडहराबाट खेलाडी सूचीमा नपरेकालाई खेलाएको भन्दै टरीगाउँ क्लबले आपत्ति जनाएको छ । मंगलबार घोराहीमा पत्रकार सम्मेलन गर्दै खेलाडी सूचीमा नपरेका प्रेम सुनार र सन्देश बोहरालाई अतिरिक्त खेलाडीका रुपमा खेल मैदानमा छिराएर टरीगाउँलाई हराएको क्लबका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले आरोप लगाउनुुभएको छ । उता, आयोजक कमिटी संयोजक मित्रलाल बुढाले टरीगाउँ क्लबले दिएको निवेदनको जवाफ आफुहरुले दिए पनि प्रतिउत्तर नआएको खेल अघि बढाइएको बताउनुुभयो ।