spot_img
spot_img

पाँच थान रेडपाण्डाको छाला सहित तीनजना पक्राउ

राप्ती पोष्ट

दाङ, फागुन । दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीनजनालाई पक्राउ गरेको छ । रेडपाण्डा हिमाली क्षेत्रमा पाइने बन्य जन्तु हो । दाङको बाटो भएर अनेत्र लग्दै गरेको अवस्थामा प्रहरीले भालुवाङबाट तीनजनालाई पक्राउ गरेको थियो ।

ठूलो मात्रामा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला ल्याएर विक्रि वितरण गर्न लागेको सूचना आधारमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरेर रेडपाण्डा पाँच थान सहित तीनजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सबै रोल्पा जिल्लाका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेका अनुसार पक्राउ गर्नेहरुमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ का राम कुमार पुन मगर रहेका छन् । प्रहरी उपरीक्षक काफ्लेका अनुासर दाङ जिल्ला हुँदै काठमाडौं तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी करिव सात बजेति उनिहरुलाई पक्राउ गरेको थियो ।

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा तीन जनालाई प्रहरीले पाँच थान रेडपाण्डाको छालासहित पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको प्रहरी प्रमुख काफ्ले बताउनुभयो । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँको भनाई थियो ।

बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको पनि उहाँले बताउनुभयो । पक्राउ परेका तीनैजनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि बुझाउने तयारी भइरहेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img