spot_img
Home Blog Page 64

उद्योग खोल्ने भन्दै झुक्याएर चुनढुंगा उत्खननको तयारी

छबि पुरी /राप्तीपोष्ट

घोराही, फागुन । सुशीला संघाईले घोराही उपमहानगरपालिका वडा नम्बर १९ सुनालीथान सामुदायिक वन क्षेत्रमा पर्ने चुनढुंगा उत्खननका लागि खानी तथा भूूगर्भ विभागबाट २०७६ असार ३१ गते स्वर्गद्वारी माइन्स तथा मिनरल्स प्रालिका नाममा अनुमति पत्र लिनुभयो । अनुमति लिएको बारेमा स्थानीयलाई कुनै जानकारी भएन । अनुमती लिंदा गलत मनसाय राखिएको र स्थानीयबासीसंग कुनै छलफल नगरिएको भन्दै विरोध भएको छ । अनुमति लिंदा स्थानीय सरकारलाई पनि कुनै जानकारी नभएको पाइएको छ ।

शुुरुवाती चरणमा उद्योग स्थापना गर्न गोदाम बनाउने भन्दै सो क्षेत्रका नागरिकहरुलाई प्रभावित पारी सस्तो मुल्यका पाखोजग्गा पनि मंहगोमा खरीद गरी गलत मनसायका साथ कागजी प्रकृया अघि बढाएको पाईएको छ । २०७६ असार ३१ खानी तथा भुगर्भ विभागबाट सिधै अनुुमति लिएको सो मिनरल्स प्रालिले त्यसै वर्ष कात्तिक ३ गते घोराही १९ को वडा कार्यालयबाट व्यवसाय दर्ता सिफारिस लिन सफल भएको छ । घुमाउरो शैलीमा खानी विभागको अनुमति पत्रको कुरासँग बाझिने गरी स्वर्गद्वारी माईन्स एण्ड मिनरल्स प्रालिका नाममा वडा कार्यालयले गाउँ सर्जमिनको मुचुल्कालाई आधार बनाउँदै व्यवसाय संचालन गर्न दिने गरी घरेलु तथा साना उद्योग कार्यालयलाई वडा अध्यक्ष हर्क घर्तीले सिफारिस गर्नुभएको थियो ।

सोही वर्षको कार्तिक १४ गते सो प्रालिले घरेलुु तथा साना उद्योग कार्यालयमा दर्ता गरी प्रमाण पत्र लिएको छ । जवकी यो प्रकृया नै उल्टो भएको छ । उद्योग संचालन गर्ने कुुनै पनि संघ संस्था वा व्यक्तिले स्थानीयबासीको अनुुमति र सहमति लिएर वडा कार्यालय वा स्थानीय सरकारको सिफारिस लिएपछि जिल्लास्थित उद्योग कार्यालयमा दर्ता गरी केन्द्रमा अनुमतिका लागि जानुपर्ने हो । केन्द्रबाट अनुमति लिएर स्थानीयबासीलाई विभिन्न प्रलोभन देखाउँदै परिबन्धमा पारी गाउँ सर्जमिन उठाएको हुँदा अहिले आफुहरु अन्यायमा परेको सुनालीथान सामुदायिक वन उपभोक्ता समुहका जागेश्वर घर्ती मगर ‘जगत’ले राप्ती पोष्टलाई बताउनुुभयो ।

‘शुरुमा पाखोबारी दिनुस् हामीले यहाँहरुले अपेक्षा गरेभन्दा धेरै मुल्य तिरेर किन्छौँ भने, यसो सोँच्दा ठिकै लाग्यो,’ जागेश्वरले भन्नुुभयो, ‘किन होला भनेर सोध्दा उद्योग खोल्ने योजना हो, हामीले यहाँको विकास गर्न उद्योग खोल्न लागेका छौँ भने, मैले नै पहिलो पटक चार रोपनी जग्गा बेचेँ ।’ उहाँका अनुसार सो क्षेत्रमा रहेको करीव ४० रोपनी पाखोबारी सो प्रालिले यसै गरी पाँचजनासँग खरीद गरेको छ । शुरुवाती चरणमा स्थानीयलाई पनि राम्रै्र कामका लागि उद्योग खुल्न लागेको होला भन्ने लागेको रहेछ । तर, पछिल्लो समय प्रालिले चुुनढुंगा उत्खननका लागि प्रकृया अघि बढाएको थाहा पाएपछि आफुुहरुको निद्रा पनि हराएको स्थानीय विष्णु पुनले बताउनुुभयो ।

‘अहिले चुनढंगा उत्खनन् भएका ठाउँको अवस्था देख्दा हाम्रो सबै भोक प्यास हराएको छ । त्यही हवीगती हाम्रो पनि हुने भयो भन्ने ठानेर स्थानीय वन समुह, टोलबासी विरोधमा उत्रिएका छौँ,’ सुनालीथान सामुदायिक वनका सहसचिवसमेत रहनुुभएका पुनले भन्नुुभयो । भूगर्भ तथाखानी विभाग र घरेलुु तथा साना उद्योग कार्यालयले स्पष्ट रुपमा सो क्षेत्रबाट चुुनढुंगा उत्खनन् गर्ने भनी प्रमाण पत्रमा लेखेको छ । त्यही दर्ताका लागि प्रालिले उद्योग स्थापना गर्न चाहेको चारकिल्ला प्रमाणित गरी सँधियारसँग आफुले केवल उद्योग खा्ेल्न चाहेको भन्दै जालसाजी गरेर सर्जमिन मुचुल्का उठाई दस्तखत गराएको साक्षी बसेकाहरुको भनाई छ ।

तर, यो विषयमा उति बेलै सबै कुरा प्रष्ट रुपमा भनिएको र साक्षी बसी दस्तखत गर्नेले चुुनढुंगा उत्खनन् प्रयोजनमा कुुनै अवरोध नहुने र उनीहरुले यसमा सहमति जनाएको बताइएको छ । उक्त सर्जमिन मुचुल्कामा उद्योग संचालक संघाईले जग्गाधनी तेजबहादुर महराको जग्गासमेत भाडामा लिई स्वर्गद्वारी माईन्स एण्ड मिनरल्स प्रांलि खोल्न लागेकाले यसमा सँधियार, छिमेकी, टोल समाजको तर्फबाट चारकिल्लामा कुनै असर नपर्ने हुँदा घरेलुुमा दर्ता गर्न कुनै फरक नपर्ने पत्रमा लेखिएको छ । सो पत्रमा स्थानीयका तर्फबाट वडा अध्यक्ष हर्क घर्ती, सोही ठाउँका रोम थापा, नमसरी थापा, हरिकला गिरी, देवीबहादुर घर्ती, जग्गाधनी तेजबहादुर महराले २०७६ कात्तिक ३ गते आईतबार दस्तखत गर्नुभएको छ । तर, यो विषयमा आफुुहरुलाई परिबन्धमा पारेर गलत मनसायका साथ फसाइएको अहिले उनीहरुले बताएका छन् ।

चुनढंगा उत्खनन् हुने सामुुदायिक वनमा एक सय २५ घरधुरी आश्रित छन् । यस्तै, सातम, लिथान, मुपुल, दम्ती, दादागाउँ, पाँचपोखरी, गोठीवनलगायतका नागरिक यसबाट प्रत्यक्ष प्रभावित हुने देखिएको छ । यसअघि अनेकन बहानाबाजी गरिएको हुँदा अनभिज्ञ रहेको बताउने गरेको सामुदायिक वन समुहका पदाधिकारीले लामो अध्ययनपछि मात्रै सही प्रमाण जुटाउन सफल भएको बताएका छन् ।

आईतबार मात्रै उनीहरुले सो प्रालिका कागजात र आफुहरुको धारणासहित वडा नम्बर १९ को वडा कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, वन डिभिजन कार्यालयलगायत सरोकार राख्ने संस्थामा चुनढुंगा उत्खनन् कार्य गर्न नदिन र प्रालिका नाममा दर्ता भएको प्रमाण पनि खारेजीको माग सहित ध्यानाकर्षण पत्र बुुझाइएको वन समुहका अध्यक्ष जागेश्वरले बताउनुुभयो ।

पहाडी क्षेत्र भएकाले अहिले घोराही १९ र बंगलाचुलीका अधिकांश पहाड सिमेन्ट उद्योगले यसरी नै खरीद गरेका छन् । वडा नम्बर १९ को पश्चिममा पनि मालारानी सामुदायिक वन, गेरु खोला सामुदायिक वन, बाम्ला साईडमा पनि यसै गरी चुनढुंगा उत्खननका नाममा गिरोह सक्रिय रहेको स्थानीयले बताएका छन् । वन समुुहले वर्षौदेखि बस्दै आएको सो क्षेत्रमा उत्खनन् कार्य गर्दा हजारौँको जीवन र अस्तित्व नै खतरामा पर्ने भएकाले यस्ता गलत काम तत्काल रोक्न माग गरेको छ । उत्खनन् गर्दा जनजीवन प्रभावित हुने, पानीका मुुहान सुक्ने, धुुलो धुुवाँका कारण वनस्पति, घरपालुवा जनावरमा पनि असर पर्ने, उत्पादनमा ह्रास आउनेलगायत धेरै समस्या आउने हुुँदा यस्तो काममा रोक लगाउने आफुहरुले निर्णय गरेको हुँदा निर्णय कार्यान्वयनमा सहयोग गरिदिन स्थानीयबासीले अपिल गरेका छन् ।

लेखक संघद्वारा साहित्यकारहरुलाई सम्मान

दाङ, फागुन । लेखक संघ दाङले २७ औं स्थापना दिवस तथा १४ औं अधिवेशनमा साहित्यकारहरुलाई पुरस्कृत गरेको छ । स्थापना दिवसका अबसरमा पूर्वमन्त्रीदेखि साहित्यका क्षेत्रमा अघि बढ्दै गरेका नवप्रतिभाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहेका बरिष्ठ साहित्यकार बलदेव मजगैया, अधिवक्ता एकराज भण्डारी, लोकदोहरी गायिका टीका सानुदेखि पछिल्लो समयमा साहित्य लेखनमा सक्रिय श्रवण नेपालीसँगै बाल साहित्यकारका रुपमा स्मृति परियार र सितल घर्तिलगायत २७ सष्ठाहरु पुरस्कृत एव सम्मानित भएका हुन ।
कार्यक्रममा नेपाली साहित्यको बिकास र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुर्वमन्त्री मजगैयालाई सम्मान गरिएको थियो । यसैगरी तोयराम–इश्वरादेवी साहित्य पुरस्कार भण्डारीलाई प्रदान गरिएको थियो । नित्यान्नद प्रतिभा साहित्य पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेललाई, यज्ञवहादुर वुढाथोकी स्मृती साहित्य पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा साहित्यकार सुदीप गौतमलाई, बम संकर साहित्य पुरस्कार डा.दधिराम अधिकारीलाई प्रदान गरिएको थियो ।

यस्तै नन्दप्रज्ञा साहित्य पुरस्कार तुलसीराम वस्याल, हरिकला नन्द साहित्य पुरस्कार विना रोका, दुर्गा–चित्रा प्रज्ञा साहित्य पुरस्कार बलदेव रजौरे, मञ्जुराण स्मृति साहित्य पुरस्कार पिताम्वर रिजाललाई, टीकाप्रसाद नारायणी स्मृति साहित्य पुरस्कार देवेन्द्रकुमार रिजाल, कपिलमुनि शिवाकोटी विद्या साधना साहित्य पुरस्कार दामोदर पौडेल, शारदा लोहनी स्मृति साहित्य पुरस्कार रुद्रप्रसाद शर्मालाई प्रदान गरिएको थियो ।

त्यसैगरि फर्साराम–धनकुमारी साहित्य पुरस्कारबाट नेपाल पत्रकार महासंघका दाङ अध्यक्ष दुर्गालाल केसी, मेघराज–लक्ष्मीदेवी प्रज्ञा पुरस्कार डा. प्रेम योगी, अशोक सुभद्रा काव्य पुरस्कार वासुदेव पाण्डेयलाई, धनवाला साहित्य संगीत पुरस्कार लक्ष्मीमान चौधरीलाई, कृष्णमणि इन्दिरा आचार्य साहित्य पुरस्कार भीमप्रसाद न्यौपाने, प्रविण–प्रज्ञा साहित्य पुरस्कारबाट टीका सानु, लक्ष्मण–कला साहित्य पुरस्कार मञ्जु भण्डारी, दामोदर–अम्विका बाल स्मृति पुरस्कार स्मति परियार र सितल घर्तिलाई, पुर्णचन्द्र–नारायणी स्मृती साहित्य पुरस्कार अनिल कोइराला, उमानाथ प्रेमकुमारी स्मृती साहित्य पुरस्कार दिलकुमारी वुढालाई प्रदान गरिएको थियो ।

यस्तै लेखक संघले वामदेव–खिमकुमारी स्मृती साहित्य पुरस्कार अभेष मल्ललाई, भरतमणि–शारदादेवी साहित्य पुरस्कार हेमवहादुर वलीलाई? चक्रमाया स्मती साहित्य पुरस्कार श्रवण नेपालीलाई, इन्द्रदेवका स्मृती प्रज्ञा पुरस्कार ओम पन्छील र जमुना गिरी–गोमा गिरी साहित्य पुरस्कार कमला रिजाललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएकाले साहित्यलाई सामाजिक रूपान्तरन्तरणमा लगाउनुपर्ने बताएका थिए । उनीहरूले समाजका बिकृती, बिसंगतिसगै राजनीतिले बिभाजित मनलाई जोड्नेगरी कलम चलाउन साहित्यकारहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा अधिवक्ता एकराज भण्डारीले साहित्य जीवन भएको भन्दै जीवनलाई सार्थक बनाउन भाषा, कला, साहित्य र सस्कृतीको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्राज्ञ परिषदका पूर्व सदस्य प्राज्ञिक व्यक्तित्व साहित्यकार उत्तमकृष्ण मजगैयाले इमानदार भएर देशका लागि फुटेको मनलाई जोड्ने गरि कलम चलाउनुपर्ने बताउनुभयो । राजनीतिले फुटेको मनलाई साहित्यका माध्यमबाट जोडदै नेपाली भाषा, साहित्यको बिकासका लागि कमल चलाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा लेखक संघ दाङका पूर्व अध्यक्ष शंकर पौडेल, राप्ती साहित्य परिषदका केन्द्रिय उपाध्यक्ष कमलमणि देवकोटा, पुरस्कृत व्यक्तित्वहरु रुद्र शर्मा, डा दधिराम अधिकारी, ओम पन्क्षी, बाशुदेव पाण्डे, साहित्यकार कविता उपाध्याय, पुरस्कार सस्थापकका तर्फबाट देबेन्द्र धिताल, पुरस्कार संस्थापनाकर्ता प्रदीप गौतम, प्राध्यापक प्रेमकुमार आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार डा कृष्णराज डीसीले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार हिमलाल पन्थीले स्वागत गर्नुभएको थियो ।

खगराज न्यौपाने

संघको अध्यक्षमा पुनः न्यौपाने

लेखक संघ दाङको अध्यक्षमा खगराज न्यौपानेलाई चयन गरिएको छ । उहाँ चौथो पटक अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । संघको शनिवार भएको २७ औं साधारणसभा तथा १४ औं अधिबेशनबाट न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभयो । संघको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सरिता देवकोटा, सहसचिवमा संगीता उपाध्याय, कोषाध्यक्ष्मा सन्ध्या रेग्मी, त्यसैगरी सदस्यहरुमा डा.हिमलाल पन्थी, हरिप्रसाद पाण्डेय, भूपेन्द्र सुवेदी, नारदप्रसाद भण्डारी, गोपालप्रसाद भुसाल र कमला रिजाल हुनुहुन्छ । संघको सल्लाहकारमा बलदेव शर्मा मजगैया, उत्तमकृष्ण मजगैया,शंकर पौडेल, प्रा.डा.शिवप्रसाद सुवेदी, बिनोद पोख्रेल र सुशील गौतमलाई चयन गरिएको छ ।

घोराही–तुलसीपुर सडकमा हिड्न सास्ती

छबि पुरी

घोराही, फागुुन । घोराहीदेखि तुुलसीपुर सम्मको २४ किलोमिटर लामो सडक विस्तार गर्नेभन्दै करीव तीन वर्ष अघि कामको थालनी भयो । यो बीचमा केही कामदारले सडक छेउँमा नाला बनाउने, पर्खाल उठाउने काम पनि गरे । शुुरुवाती चरणमा कामको शुरुवात जसरी भयो, त्यो गति धेरै दिन टिकेन । एकाएक कामदार निर्माणाधीन स्थलबाट हराए । बन्दै गरेका संरचना अलपत्र परे । त्यतिवेला घोराही– तुलसीपुर सडक खण्डका धेरै जसो स्थानमा दायाँ बायाँ किनार काटेर खाडल बनाईयो । जुन यतिवेला धरापमा परिणत भएका छन् ।

हिजो आज तिनै खाडलमा प्रायः सवारी दुर्घटना हुने गरेका छन् । शनिबार राप्ती पोष्टकर्मीसहित पत्रकारको टोली घोराहीदेखि तुलसीपुरसम्मको सडक पछिल्लो अवस्थाका बारेमा स्थलगत अध्ययनका लागि जाँदा काम लथालिङ्ग थियो । बन्दै गरेका केही संरचना पनि अहिले जीर्ण बन्न थालेका छन् । वर्षायाममा हिजोको सास्ती खेपेका यात्रुु र सवारी चालकले अब गर्मीयाम शुरु हुन लागेसँगै पश्चिमी हावाले उडाउने धुलो आन बाध्य छन् ।

शनिबार दिनभर जसो चलेको हावाले यात्रा गर्न निकै कठिन भयो । भताभुुङ्गको अवस्थामा रहेको सडकबाट उडेको धुुलोले निकै सास्ती भोग्नु परेको घोराही १४ का रमेश थापाले बताउनुुभयो । उहाँले तुलसीपुरबाट आउँदै गर्दा धुलोले नराम्ररी प्रभाव पारेको बताउनुुभयो । घोराहीबाट दुधरास जाँदै गर्नुभएका उमेश खड्काले आँखा धुलो पसेपछि बाटो हेर्ने समस्या भएको अनुुभव सुनाउनुुभयो । खासगरी, मोटरसाईकल, साईकलमा यात्रा गर्नेलाईं बढी सास्ती भएको छ । ‘वर्षायाममा हिलोले गर्नु गर्यो, अब धुुलोले यसरी बिजोग बनाउन लाग्यो, कहिले बन्ने होला यो सडक ?’ घोराही तुलसीपुर चोकमा व्यवसाय गर्दै आउनुुभएका मनिष थापाले भन्नुुभयो । कामको जिम्मेवारी लिएको निर्माण कम्पनी र पेटी ठेकेदार अहिले गुमानाम छन् । उनीहरुको अत्तोपत्तो छैन ।

बनेको संरचना पनि लथालिङ्ग पारेर जिल्लाबासीलाई दिनुसास्ती दिएका ठेकेदारले काम अघि नबढाउँदा नागरिकलाई चरम सास्ती भएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले केही समयअघि चासो लिए पनि उहाँले पनि हाल कामको बारेमा जानकारी लिन छाड्नुुभएको छ । निर्माण कम्पनीको चरम लापरवाहीले सिंगो प्रंशासनलाई पनि माथ दिएको उहाँको तर्क छ । ‘कानूनभन्दा माथि भएजस्तै निर्माणकर्ताले व्यवहार गर्छन्, नियामक निकायले चाुसो लिँदै काम गर्न निर्देशन दिए पनि अटेर गर्नेका लागि के लाग्दो रहेछ र ?’ उहाँले भन्नुुभयो ।

भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले १४ माघ २०७५ मा सडक निर्माणको काम थालेको थियो । एक करोड २१ लाख लागतमा सो कम्पनीले २०७८ असार साउन २७ गतेसम्म सडक निर्माण गरिसक्ने गरी जिम्मा लिएको थियो । तर, कोभिड–१९ महामारीको बहाना देखाउँदै २७ वैशाख २०७९ सम्म म्याद थप गरिएको छ । यो बीचमा गएको मंसीर १० गते घोराहीमा तामझामका साथ निर्माण कम्पनीले अब काम युद्धस्तरमा हुन्छ भने पनि भालुुलाई पुराण सुनाए जस्तै गरेर जिल्लाबासीलाई जिल्लाई दिएको छ ।

निर्माण कम्पनी तथ्य प्रालिका प्रमुख प्रविन ब्रम्हदेव पाण्डेयले ३ सय ६५ दिनमै वृहत स्तरमा १० वटा चेन बनाएर भव्य रुपमा जनशक्ति र प्रविधि उपकरणसहित काम गर्ने सार्वजनिक वचन दिए पनि भनाई मात्रै भयो । हालसम्म कम्पनीले पेश्की स्वरुप १७ करोड रकम बुझिसकेको छ । आयोजनाका अनुसार बबई नदीदेखि कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दूधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन सडक निर्माण हुने बताईएको छ ।

यस्तै घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तीखौवासम्म ८.३१ किलोमिटर सडक चार लेन बनाउने गरी सम्झौता भएको छ । तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः तीन कम्पनीलाई पेटी ठेक्का दिएर काम गर्ने बताएपनि पेटी ठेकेदार पनि अहिले सम्पर्कमा छैनन् । आफैं निर्माण गर्ने भनिए पनि तीन निर्माण कम्पनीहरुलाई जिम्मा दिएको कम्पनीका प्रतिनिधि विजय पाठकले बताउनुुभयो । उहाँका अनुसार तीन खण्डमा गरी बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिईएको छ ।

जिल्लाको विकास र गौरवका रुपमा समेत रहेको चार लेन सडक निर्माण कार्यमा भईरहेको ढिलाई प्रति संचारमाध्यमले बारम्बार चासो लिँदै समाचार प्रकाशन गरिरहे पनि राजनीतिक, सामाजिक क्षेत्रमा यो विषय पेचिलो नबन्दा काममा प्रभाव परेको धेरैले आँकलन गरेका छन् । राजनीतिक दलको आरक्षणमा निर्माण कम्पनीले काममा ढिला सुस्ती गरेको हुँदा सिंगो जिल्लाको विकासमा असर गरेको नागरिकको दुखेसो छ ।

सडक निर्माण कार्यको ढिलाइले घोराही–तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण मात्रै होईन निर्माण कार्य थालनी गरेको भनिए यता १४ जनाले ज्यान गुमाई सकेका छन् । दुर्घटनका कारण भौतिक क्षति पनि भएको छ । अब गर्मी मौसम शुुरु भएसँगै दैनिक रुपमा बहने हावाका कारण धुलोले नागरिक, व्यवसायीलाई सास्ती दिन थालेको छ । सडकका ठाउँ–ठाउँमा मिटर मिटरमा खाल्डाखुल्डी छन् ।

धुलो उडेर कुइरीमण्डल हुन्छ, बाटो पहिल्याउन पनि कठिन हुुने अवस्थामा पुुगेको यो सडकमा निर्माण काम चाँडो शुरु नगर्ने हो भने यसले आगामी दिनमा नागरिकले अझ सास्ती भोग्नुु पर्ने अवस्था विद्यमान छ । सडकमा ठूला–ठूला खाल्डा हुँदा पनि मर्मत भएका छैनन् । सडकको पाइलैपिच्छे साना–ठूला खाल्डा छन् । धेरैजसो दुर्घटना यिनै खाल्डाखुल्डीका कारण हुने गरेको सवारी चालकको भनाई छ ।

मोबाईलको लतले कसरी विगार्दैछ बालवालिकालाई

छबि पुरी / राप्ती पोष्ट

घोराही, माघ । हिजो आज अधिकांश अभिभावकहरुले आफ्ना बालबालिकाको हात हातमा मोबाईल थमाइदिने गरेका छन् । टेलिभिजन रिमोट, ल्यापटपसँगै अन्य विद्युतीय सामग्रीहरु हिजोआज बालबालिकाको हातमा अक्सर परेकै हुन्छ । बालबालिकालाई भुलाउन तथा आफुलाई उनीहरुसँगै बसेर निगरानी गर्न नपरोस् भनेर यो विधि अपनाउने क्रम बढेको छ ।
कोभिड–१९ महामारीको कारण सबै शैक्षिक संस्थाहरु भौतिक उपस्थितीमा पठनपाठन बन्द भएपछि बालबालिकाहरुमा मोबाईलको पहुँच अस्वाभाविक रुपमा बढेको छ । बालवालिकाहरुले एन्ड्रोइड मोबाइलमा विभिन्न प्रकारका खेल खेल्ने क्रम बढ्दै गएको छ । आफू पनि मोबाइलमा व्यस्त रहने र बच्चालाई पनि मोबाइल खेलाउन दिने धेरै अभिभावकहरु छन । जसले गर्दा बालवालिकाहरु मोबाइलबिना खाना खान नमान्ने, सुत्न नमान्ने, भनेको नमान्ने जस्ता क्रियाकलापहरु गर्ने गरेको पाइन्छन् । मोबाइल र टेलिभिजनमा लत बसेका बालबालिकाले बाहिरी विविध गतिविधिमा घुलमिल हुन रुचाउँदैनन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १२ वर्षीय व्रिजेश कार्की बिहान ७ बजेदेखि अनलाइन कक्षामा बस्छन् । तीन घण्टा उनी ल्यापटपमा बिताउँछन् । पढाइ सकिएपछि उनी दिनभर जसो मोबाइलमा पप जी खेल्छन् । ‘घरमा को आयो को गयो थाहा नै हुँदैन’ व्रिजेशकी आमा मनिषाले भन्नुुभयो, ‘मोबाइल पाएपछि ऊसलाई साथी पनि चाहिँदैन ।’ सुरु सुरुमा यो कुरा मनिषालाई सामान्य लागेको थियो तर अचेल त्यही कारण चिन्तामा बदलिँदै छ । बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने ? भन्ने उहाँको चिन्ता छ ।

घोराही १४ की रमा केसी कार्यालयमा काम गर्नुहुन्छ । उहाँको १० वर्षका छोरा कक्षा ५ मा पढ्छन् । आफु घरमा हुँदासम्म मोबाइल छोराको साथमा हुने गरेको र आफु कार्यालय आए पश्चात ल्यापटपमा नै अलमलिने गरेको उहाँ बताउनुुहुुन्छ । ‘एकैछिन् मोबाइल र इन्टरनेट नहुँदा छटपटिन्छ’, उहाँले भन्नुुुुुुभयो, ‘रोईकराई गरेर खाना खान समेत मान्दैन, समस्या भएको छ ।’

लमही ५ की उमा थपलियाको पनि गुनासो उस्तै छ । उहाँ भन्नुहुुन्छ, ‘बच्चालाई मोबाइलबाट कसरी टाढा राख्ने होला ? परिवारसँग पनि घुलमिल हुँदैन ।’ उहाँको छोराको उमेर झन ८ वर्ष मात्रै छ । बच्चा सानो छँदा आफू कार्यालय पनि जानुपर्ने भएकाले घरधन्दा भ्याउनुपर्ने अवस्था हुँदा बच्चालाई मोबाइल खेलाउन दिएर भुलाउँदा बच्चाको लत मोबाइलमै लागेको उहाँको अनुुभव छ । ‘कोरोना महामारीले गर्दा स्कूल सबै बन्द छ, केटाकेटी भुलाउने बाटो यही एउटा मोबाइल त छ’, उहाँले भन्नुुभयो, ‘आफू कार्यालय जानुपर्छ । हतारमा बच्चालाई भुलाउन भए पनि मोबाइल दिनुपर्ने बाध्यता छ । तर यसरी बच्चाको लत बिग्रिदो रहेछ, यो राम्रो होईन ।’

बेला बेलामा छोराले मानसिक सन्तुलन ठीक नभए जस्तो व्यबहार देखाउने गरेको कतिपय अभिभावकहरुको दुःखेसो आउन थालेको छ । तुलसीपुर ८ का खेमलाल थापाले आफ्ना १४ वर्षीय छोराको पछिल्लो समयमा भएको व्यहार परिवर्तनले चिन्तित हुनुुहुुन्छ । उहाँको छोरा सुवासको अहिले टोलाएर बस्ने, एकहोरिने, बोलाँउदा नबोल्ने र बोलिहाले चिच्याएर बोल्ने बानी भएको छ । छोराको भविस्य राम्रो होला भनेर गाँउ देखी शहर पढाउन ल्याएको छोराको यस्तो व्यबहार देखेर चिन्ता लागेको उहाँ बताउनुुहुन्छ ।

‘अनलाइन पढाई छ भनेपछी बाध्यताले पनि मोबाइल दिन प¥यो पढाईलाई चासो नदिई मोबाइलमा गेम खेलिरहन्छन् यो बानी कसरी हटाउने होला, यसले भोलिको अवस्था झन कस्तो हुने होला भन्ने चिन्ता थपेको छ’ उहाँ भन्नुुहुुन्छ । पहिलेको बच्चाहरु बिहान उठेर हातमुख धोएर, केही समय पढाइलाई, केही समय घरको काममा केन्द्रित हुन्थे तर पछिल्लो समयका बच्चाहरु हरेक महत्वपूर्ण समय मोबाइलमा नै खेर फाल्ने गरेका छन् ।

अभिभावकको व्यस्त जीवनशैली, आमा–बाबा नै कामकाजी भएकाले पनि यसको सिधा असर बालबालिकाको दैनिकीमा परेको अधिकांश अभिभावकहरुको भनाई छ । बालबालिकालाई एकछिन भुलाउन दिइने मोबाइलले उनीहरुको भविष्य बिगार्ने चिन्ता पनि उत्तिकै बढेको उनीहरु सुनाउँछन् । अधिकांश बालबालिका मोबाइलमा बढी ध्यान केन्द्रित गर्दा घरपरिवार, समाज र सामाजिक संस्कृतिबाट टाढा बन्न सक्ने सम्भावना बढेर गएको अध्ययनले देखाएको छ ।
उनीहरु अहिले प्राय एकान्तमा बस्न रुचाउने, अरुका कुरा नसुन्ने प्रवृत्ति बढ्दै गएको मनोचिकित्सकहरुले बताएका छन् । ‘मोबाइल भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, छेउका मान्छेलाई बेवास्ता गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको मनोसामाजिक परामर्शकर्ताको भनाई छ । लगातार रुपमा मोबाईलमा एकोहोरो व्यस्त हुँदा बालबालिकाको मांशपेशी समेत कमजोर हुने र आँखामा समेत समस्या आउन सक्ने अप्ठ्यारा बढ्दै गएको अध्ययनले देखाएको छ । कोभिड १९ ले गर्दा स्कुल जान नपरेका बालबालिकालाई प्रविधिको प्रयोगले लत बसालेको हुँदा यसको असर विस्तारै झन् बढ्ने विज्ञहरुको भनाइ छ । त्यसैले समयमै सचेत हुनुपर्ने पनि विज्ञहरुको जोड छ ।

मोबाइल, इन्टरनेटमा नै घण्टौसम्म अल्मलिने हुँदा परिवार साथीभाईबाट टाढा हुने भएकाले बच्चालाई सामाजिक दुरी मानसिक दबाब पनि बढ्दै गएको छ । पछिल्लो समय बच्चाहरुलाई दिईने अनलाइन शिक्षाले पनि बच्चाहरुको मानसिकतामा केहि असर पर्न गएको विज्ञहरु बताउँछन् । लामो समयसम्म मोबाइल चलाइरहँदा यसले शारीरिकसँगै मानसिक समस्या ल्याउने हुँदा बेलैमा बालबालिकाका अभिभावक र आफन्त सचेत र सजग बन्न जरुरी रहेको मनोचिकित्सकहरुको आग्रह छ ।
निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा आँखा दुख्ने, टाउको दुख्ने, निद्राको समस्या, थकान महसुस हुने, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुने ढाड दुख्ने, घाँटी र गर्दन दुख्ने, खान मन नहुने, तौल घट्ने लगायतका शारीरिक लक्षण देखापर्ने गर्दछ । ‘हामी अहिले अनलाईन कक्षाका कुरा गर्छौ । यसको पनि कति घण्टा पढाउने भन्ने नियम छ, छैन भने हुनुपर्छ ।’
घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले भन्नुुभयोे, ‘हामी भौतिक उपस्थितीसहितको कक्षामा त ब्रेकको कुरा गर्छौ । अनलाईन कक्षामा पनि अब ब्रेक गर्दै पढाउनुपर्छ । लामो समयसम्म अनलाईन कक्षा पढाउँदा त्यसको नकारात्मक असर कलिलो बच्चाहरुमा पर्न गएको छ ।’ कुनै समय पढाईमा अब्बल अनुशासित, लगनशिल र घरपरिवारलाई समेत काममा सघाउने बालबालिका हिजोआज यही मोबाईल लतकै कारण आफ्नो व्यवहारमा परिवर्तन देखाउने गर्दा उनका अभिभावक र घरपरिवारका सदस्य चिन्तित हुन थालेका छन् ।

पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा अनेक समस्याहरु देखिदै गएका छन् । पछिल्लो समय कोरोना संक्रमणका जोखिमका कारण स्कुल बन्द रहदा र कतीपय अवस्थामा अभिभावकलेनै बालबालिकालको हेरचाहमा कम ध्यान दिँदा बालबालिकमा मोबाइलको लत बढ्दै गएको उहाँको भनाई छ । यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने देखिएको छ ।

अभिभावकले आफुसँगै आफ्ना बालबालिकालाई घरायसी काममा लगाउने, फुलबारीमा काम लगाउने, खानाका परिकार बनाउन लगाउने, करेसाबारी काम लगाउने, मठ–मन्दिर, धार्मिक स्थलहरु घुमाउन लैजाने, कुनै कामको जिम्मा दिने, घरपरिवारसँगै बसेर घरका कुरा आदान प्रदान गर्ने र बालबालिकालाई घरयसी काममा व्यस्त गराउने जस्ता कार्य गर्नाले बालबालिकालाई मोबाइलको लतबाट न्युनिकरण गर्न सकिने हुँदा यस्ता कामलाई प्राथमिकता दिनुपर्ने मनोपरामर्शकर्ताहरुको सुुझाव छ । सरकारले पनि यस्ता इन्टरनेट गेमहरु तथा अनावश्यक साईटहरुलाई बन्द गर्नु आवश्यक रहेको कतिपय अभिभावकहरुले बताउन थालेका छन् ।

गणतन्त्रका सुत्रकर्ता उमेशचन्द्र थापाको सँझना

शरद अधिकारी
नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाले बलिदानी प्राप्त गरेको आज माघको २६ गते १६ बर्ष पुगेको छ । तत्कालिन राजा ज्ञानेन्द्रले गराउन थालेको कथित स्थानीय निकायको निर्वाचन बहिस्कारको आह्वान गर्दै हिडेको समयमा उमेशचन्द्र थापामाथि तत्कालिन शाही सेनाले गोली प्रहार गरेको थियो । थापाको निधनपछि आन्दोलनरत राजनीतिक दलहरुले थापालार्ई लोकतात्रिक आन्दोलनका प्रथम सहिद घोषणा गरेका थिए । २०६१ साल माघ १९ गतेका दिन शासन सत्ता हातमा ल्याएका नेपालका अन्तिम राजा ज्ञानेन्द्रले त्यसको एक बर्ष पछि अर्थात् २०६२ साल माघको २६ गतेका दिन कथिन नगर निर्वाचन गराउन थालेका थिए । निर्वाचनमा प्रमुख राजनीतिक दलहरुले सहभागिता जनाएका थिएनन् । राजनीतिक दलहरु निर्वाचनको विरोधमा थिए । त्यहि विरोधको क्रममा उमेशचन्द्र थापाको हत्या गरिएको थियो ।

‘कथित स्थानीय निकाय निर्वाचन बहिस्कार गरौं ।’ भन्ने आह्वानका साथ तत्कालिन सात राजनीतिक दलको आह्वानमा सडकमा उत्रिएका बखत घोराहीको सुपरलज रोड (हालको उमेशमार्ग) मा उहाँमाथि गोली प्रहार गरिएको थियो । उमेशचन्द्र थापालाई हामीले नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम सहिदका रुपमा मानेका छौं । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको झण्डै एक बर्षपछि कथित स्थानीय निकायको निर्वाचन गर्न खोजेका थिए । एकातिर राजाले निर्वाचन गराउने सुर कसेका थिए भने अर्कोतिर सात राजनीतिक दलहरुले निर्वाचन वहिस्कारको घोषणा गरेका थिए । वहुसंख्यक जनता कथित निर्वाचको विरोधमा रहेका थिए । त्यतिवेला घोषणा गरिएको कथित निर्वाचनमा यति थोरै मानिस उपस्थित थिए कि निर्वाचन गराउनका लागि गएका सुरक्षाकर्मी र अन्य कर्मचारी भन्दा पनि कम मानिस मतदान गर्नका लागि गएका थिए । एक हिसावले निर्वाचन नाटक जस्तो भइरहेको थियो । नमूना निर्वाचन जस्तो पनि थिएन त्यो निर्वाचन ।

उमेश थापाको हत्या भएको दिनको सँझना गर्ने हो भने त्यो दिन देशभरका ५८ वटा नगरपालिकामा निर्वाचनको नाटक चलिरहेको थियो । राजनीतिक दलहरुले सवै नगरपालिकाका विरोधमा जुलुस आयोजना गरेका थिए । राजनीतिक दलहरुले निर्णायक आन्दोलन शुरु नगरिहालेको भएपनि विरोधका लागि आन्दोलन गरिरहेका थिए । सोही क्रममा देशभर विरोध जुलुस आयोजना गरिएको थियो । निर्वाचन वहिस्कारको आह्वान गरेर आफूहरु लोकतन्त्रको पक्षमा रहेको उद्घोष गरेका थिए । कथित स्थानीय निकायको निर्वाचन भएको दुई महिना पछि सात राजनीतिक दलको आह्वानमा निर्णायक आन्दोलन शुरु गरिएको थियो । जुन आन्दोलन सफल भयो । नेपाली जनताले राजतन्त्रलाई इतिहासमा मात्र सिमित गरिदिए । नेपाली जनताको क्रान्तिले सफलता पाउनका लागि उमेशचन्द्र थापाको योगदानले महत्वपूर्ण भूमिका खेलेको थियो ।

उमेशचन्द्र थापा आन्दोलनमा लागेकै समयमा मारिनुभयो । परिवर्तनको पक्षमा लाग्दा लाग्दै बलिदानी हुनुभयो । निरङ्कुशताको विरुद्धमा आवाज उठाउँदा उठाउँदै उहाँलाई निरङ्कुश सत्ताले हत्या ग¥यो । तर उमेशचन्द्र थापाको बलिदानी भएको केही महिना पनि नबित्दै ज्ञानेन्द्रको सत्ता पनि ढल्यो । उमेशचन्द्र थापा कुनै बुथमा मत पेटिका कव्जा गर्न जानुभएको थिएन् । निर्वाचनको नाटकका संलग्न भएकाहरुलाई तान्न जानुभएको थिएन । हातमा कुनै हतियार बोक्नुभएको थिएन । तर त्यो दिन सरकारी संचारमाध्यमहरुले उमेशचन्द्र थापाको हत्यालाई बुथ लुट्न गएको समयमा मारिएको भन्ने प्रचार गरेको थियो । त्यो घटनालाई देख्नेहरुले जे कुरा सुने निरङ्कुश सत्ताले आफ्नो सत्ता जोगाउनका लागि कसरी सेतोलाई कालोमा परिणत गर्न खोज्दो रहेछ भन्ने जानकारी पाए ।

त्यो दिनको घटनालाई संझदा अहिले पनि यौटा खालको घृणा पैदा हुन्छ तत्कालिन शासकहरु प्रति । २०६२ माघको २६ गतेका दिन दिउँसोको समय थियो । कथित नगर निर्वाचनको बहिस्कारको आह्वान गर्दै राजनीतिक दलका नेता कार्यकर्ताहरु घोराही बजार परिक्रमा गरिरहेका थिए । सडक विभागनेर रहेको कटहरको बोट (हालको विपी चोक)मा जम्मा भएका राजनीतिक दलका नेता कार्यकर्ताहरु सडक विभागको ओरालो हुँदै गुम्राह चोकबाट मोडिएर निमाहल हुँदै गणेश मन्दीरबाट दामोदर चोकतिर लागेका थिए । त्यसैक्रममा साइमन्दीरनेर उमेशचन्द्र थापा पनि आन्दोलनमा सहभागी हुनुभयो । उमेशचन्द्र थापा अन्य केही आन्दोलनकारीका साथमा जुलुसलाई भेट्न छोटो बाटो त्यसतर्फ जानुभएको थियो । यतिवेला जुलुस बैंक रोड हुदै अघि बढीरहेको थियो । बालमन्दीरमा निर्वाचनको बुथ राखिएको थियो । बालमन्दिरतिर नबढेर जुलुस सोझै तुलसीपुरचोक तर्फ अघि बढ्यो । तुलसीपुर चोकमा आन्दोलनकारीको जम्काभेट प्रहरीसंग भयो । प्रहरीलाई कसैले आन्दोलनकारीहरु काठेकोहलमा रहेको बुथमा जान थालेको भन्ने गलत सूचना दिएको रहेछ । गलत सूचना पाएको प्रहरी पश्चिम तर्फबाट आयो र आन्दोलनकारी माथि आक्रमण गर्न थाल्यो । केही आन्दोलनकारी त्यही घाइते हुनपुग्नुभयो । त्यसपछि जुलुस केही तितर वितर भएको अवस्था उत्पन्न भयो । जुलुस तितर वितर भए पनि यौटा समुह सहिद गेट भए तर्फ आएर कोणसभा गर्न थाल्यो । उमेशचन्द्र थापाहरु तुलसीपुर चोकदेखि दामोदर चोक तर्फ फर्कनुभयो । दामोदर चोक भन्दा केही तलतिर एउटा पेट्रोल पम्प थियो त्यहिँबाट उहाँ लगायत अरु केही अहिलेको उमेशमार्ग तर्फ आउनुभयो । उहाँहरु जब हाल रेडियो मध्यपश्चिम रहेको स्थाननेर आइपुग्नुभएको थियो । ठिक त्यति नै बेला उत्तरबाट आएको आर्मीको गाडीबाट गोली बर्साइयो । उमेश थापा बाटोदेखि पूर्व तर्फ ढल्नुभयो । अर्का आन्दोलनकारी कृष्ण गिरी घाइते हुनुभयो । उहाँको साथमा रहेका अरुहरु पनि भागाभाग गर्नुभयो । अहिले रेडियो मध्यपश्चिम रहेको स्थान देखि पूर्व तर्फको पर्खाल नाघेर जाने क्रममा केही घाइते भएको, हात र खुट्टामा चोट लागेको अवस्थामा पछि भेटिनुभएको थियो ।

उमेशचन्द्र थापाले सहादत प्राप्त गर्नुभएको १६ बर्ष पुगेको छ । उहाँको १६ औं स्मृति दिवसका सन्दर्भमा केही कुरा उठान गर्नै पर्ने हुन्छ । उहाँको निधन भएको घोराहीमा उमेश चन्द्र थापाको सँझनामा एउटा गेट बाहेक अरु कुनै सँरचना बनाइएको छैन । गेट पनि उतिवेलै बनाइएको हो । यद्दपि शहिदहरुलाई सँझनाका लागि गेट बनाउनुपर्छ वा कुनै चोक बनाउनुपर्छ भन्ने छैन । तर अमर सहिद उमेशचन्द्र थापाको सम्मानमा कुनै न कुनै रचनात्मक काम गरिनुपर्दथ्यो । राज्यले नै सँझना गर्नुपर्ने थियो ।

यता हालको सहिद गेटनेर कार्यक्रम गरिरहेका आन्दोलनकारी पनि तितर वितर भए । गोली चलेको, नजिकै रहेको सिमलको रुखमा बसेका चराहरु उडेको आवाजले वरपरको बातावरण तनावपूर्ण भयो । नजिकै रहेको सिमलको रुखमा रहेका चराहरु पनि आतङ्कित भए । तत्कालिन नेपाली सेनाको अर्को गाडीले उमेशचन्द्र थापा र गिरीलाई तत्कालिन महेन्द्र अस्पताल पु¥यायो । त्यतिबेलासम्म थापाले यो मुलुकको निम्ति बलिदानी दिइसक्नु भएको थियो भने गिरी जीवनसंग संघर्ष गरिरहनुभएको थियो । त्यतिवेला उमेशचन्द्र थापाको रगत यो देशका लागि बगेको थियो । परिवर्तनका लागि बगेको थियो । जव गोली चल्यो तव घोराही बजारमा सन्नाटा छायो । घटना भएको नजिक कोही पनि जान सकेन । नजिकैको घरमा रहेकाहरु ढोका बन्द गरेर भित्र छिरे । भागा भागको स्थिति उत्पन्न भयो ।

आन्दोलनमा हिडेको योद्धाले कि मुक्ति रोज्दछ कि मृत्यु । थापाले तत्कालिन सत्ताको बिरोध गर्ने कुरालाई नै आफ्नो उद्देश्य बनाउनुभएको थियो । उमेशचन्द्र थापा नेपालको लोकतान्त्रिक आन्दोलनको प्रथम सहिद बन्नुभयो । उमेशचन्द्र थापालाई हत्या गरिसकेपछि त्यतिबेलाको सुरक्षा अधिकारीले निर्वाचन भइरहेको स्थानमा बुथ लुट्न गएको समयमा भएको झडपमा परेर ज्यान गुमाएको भन्ने गलत प्रचार गरिरह्यो । जिल्लामा रहेका सबै निजी टेलिफोनहरु बन्द गराइएको थियो भने केही सरकारी टेलिफोनमा पनि पहुँच थिएन । यातायातका सबै साधनहरु बन्द गराइएको थियो । यस्तो अवस्थामा गरिएको निर्वाचनको कुनै अर्थ थिएन । निर्वाचन नाटक मात्र थियो । सुरक्षाकर्मीको च्यानलबाट गएको खवरलाई नै आधिकारीक मानेर काठमाडौंका संचारमाध्यमले पनि बुथ लुट्न खोज्ने क्रममा भएको भन्ने आसयका साथ समाचार संप्रेषण गरे ।

उमेशचन्द्र थापाले सहादत प्राप्त गर्नुभएको १६ बर्ष पुगेको छ । उहाँको १६ औं स्मृति दिवसका सन्दर्भमा केही कुरा उठान गर्नै पर्ने हुन्छ । उहाँको निधन भएको घोराहीमा उमेश चन्द्र थापाको सँझनामा एउटा गेट बाहेक अरु कुनै सँरचना बनाइएको छैन । गेट पनि उतिवेलै बनाइएको हो । यद्दपि शहिदहरुलाई सँझनाका लागि गेट बनाउनुपर्छ वा कुनै चोक बनाउनुपर्छ भन्ने छैन । तर अमर सहिद उमेशचन्द्र थापाको सम्मानमा कुनै न कुनै रचनात्मक काम गरिनुपर्दथ्यो । राज्यले नै सँझना गर्नुपर्ने थियो । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिदका रुपमा उहाँ अमर हुनुभएको छ । तर गणतन्त्रका लागि ज्यानको बलिदानी गरेकाहरुको योगदानको कदर राज्यले गरेको छैन । यो कुरा दुःखका साथ भन्नु पर्ने भएको छ । देशका लागि हाँसी हाँसी ज्यानको बलिदानी दिएकाहरुको अवमूल्यन हुने गरेर पछिल्ला दिनमा सहिद घोषणा गर्ने गरिएको छ । उमेशचन्द्र थापा कुनै राजनीतिक दलमा आवद्ध रहेको भए पनि उहाँको योगदानलाई तत्कालिन अवस्थामा सबै राजनीतिक दलले मानेका थिए । आज उमेशचन्द्र थापा लगायतका सहिदहरु राष्ट्रका सहिद बन्न सक्नु भएको छैन । जुन अत्यन्त दुःखको विषय हो । थापाको निधन भएको १६ बर्ष पुरा भएको यो समयमा उहाँको सपना पुरा गराउन तर्फ लाग्नुपर्छ ।

उहाँको एउटै सपना थियो समृद्धिको, विकासको । उहाँको सपना पुरा भएको छैन । यो कुरालाई भने राजनीतिक दलका नेताहरुले बुझ्न जरुरी छ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापालाई संझना र सम्मान गर्दै सवैले एक पटक मुलुकलाई नयाँ तरिकाले अघि बढाउने प्रण गर्नु पर्ने भएको छ । गणतन्त्रका सुत्रकर्ताका रुपमा उमेशचन्द्र थापाले यो देशका लागि रगत बगाउनुभयो । थापाले मुलुकबासीको न्यायका लागि, समानताका लागि, मुलुकबासीको एकताका लागि आफ्नो प्राण त्याग गर्नुभयो । आज राजनीतिक अनेकन बादमा विभाजित छ । आज मुलुक अनेकन सिद्धान्तमा विभाजित छ । सहिदहरु जसले त्यागको मात्रै सिद्धान्त छोडेर गएका छन् । जसले मुलुकको समृद्धिको मात्रै सन्देश दिएर गएका छन् । अव सहिदको सपना साकार पार्ने अभियानमा लाग्नु बाँच्नेहरुको जिम्मेवारी भएको छ ।

नागरिकले गुनासा कहाँ सुनाउने ?

सम्पादकीय

नागरिकले गुनासो सुनाउने ठाउँ कहाँ हो ? नागरिकका गुनासा सुन्ने कसले हो ? नागरिकले आफूलाई परेको मर्काका बारेमा जानकारी गराउने कसलाई हो ? नागरिकले आफ्नो कुरा निर्धक्क भन्न पाउने कि नपाउने ? नागरिकले सेवा सुविधा उपभोग गर्न पाउने कि नपाउने ? आजको २१ औं सताव्दिमा नागरिकले डराएर आफ्ना कुरा भन्न नसक्ने अवस्थाको अन्त्य कहिले हुने ? आफ्नो कोही नहुने नागरिकहरुले नागरिक भएर बाँच्न नपाउने ? आफूलाई परेको मर्माका बारेमा सुनाउन नपाउने ? आफूलाई परेको समस्याका बारेमा सुनिदिने कोही नभएपछि नागरिकको अवस्था के हुन्छ ? नागरिक भएर पनि अनागरिक सरह हुनेहरुका लागि कस्ले कुरा गरिदिन्छ ? आज हामीले नागरिकका मर्का सुन्नुको साटो नागरिकलाई दुःख दिने ? नागरिकका कुरा नसुन्ने ? नागरिकलाई तनावमा राख्ने काम गरिरहेका छौं । खासगरी सेवा लिन आउने नागरिकले उचित रुपमा सेवा पाउन सकिरहेका छैनन ? सेवा प्राप्त गर्नका लागि नागरिकले सोर्स खोज्नुपर्ने ? सेवा पाउने नागरिकको अधिकार हो । सेवा पाउनका लागि नागरिकले जि हजुर गर्नुपर्ने अवस्था यतिवेला पनि रहिरहेको छ । नागरिकलाई सेवा दिनका लागि सरकारी संयन्त्र छन् । नागरिकलाई अनुशासित रुपमा राख्नका लागि विभिन्न निकायहरु रहेका छन् । जहाँ मर्का पार्नेहरु पनि जान्छन । जहाँ मर्का पर्नेहरु पनि जान्छन । कहिलेकाँही मर्कामा पर्नेहरु भन्दा पहिले मर्कामा पार्नेहरु पहिल्यै पुगेका हुन्छन । यस्तो विडम्वनाको अवस्थाका बीच हामी गुज्रिरहेका छौं ।

हामीकहाँ अनेकन खालका निकायहरु छन् । कुनै सेवामुलक छन । कुनै न्यायीक छन ? कुनै अर्धन्यायीक छन् । आफ्ना कुरा कतै पनि सुनुवाई भएन भने मानिसहरु संचारका माध्यममा पुग्छन । आफ्नो कुरा कसैले सुनेन भने संचारमा जाने मानिसको चलन बढेर गएको छ । कतिपय अवस्थामा संचारमा आएका विषयहरु नै दुरुपयोग भएका देखिन्छन । कतिपय अवस्थामा संचारमा पनि मानिसहरु पुग्न सकिरहेका हुँदैनन । संचारमा पुग्न नसक्नेहरुले कहाँ गएर कुरा भन्ने त्यो पनि आफैमा बहसको बिषयका रुपमा रहेको छ । मानिसले आफूलाई मर्का परेको कुरा सकेसम्म भन्न नपरे हुन्थ्यो । कसैको पनि आलोचना गर्न नपरे हुन्थ्यो भन्ने लाग्छ । अरुको बारेमा कुरा गरेर समय खर्च गर्नु राम्रो कुरा होइन । तर कहिँलेकाँही कुरा नगरेर पनि हुँदैन । कुरा गर्नै पर्दछ । जो नागरिक सेवाका लागि जान्छ उसको कुरा सजिलोसंग सुनिएको छ कि छैन ? अवश्य पनि सुनिनुपर्छ तर सुनिएको छैन । आज सामान्य मानिसले आफ्नो कुरा भन्नका लागि अरुको सहारा खोज्नुपर्छ । सोर्स नहुनेको कामै नहुने ? सोर्स हुनेहरुको मात्रै काम हुने ? यस्तो हुनुहुँदैन । कसैले कसैलाई दया गरेर काम गरिदिने होइन ? कसैले कसैलाई खुशी पार्नका लागि काम गरिदिने पनि होइन । नागरिकले सेवा नियमपूर्वक पाउनुपर्छ । नागरिकले न्याय सत्य र तथ्यका आधारमा पाउनुपर्छ ।

केही समय अघि नेपालमा भ्रष्टाचार कम नभएको अन्तर्राष्ट्रिय तथ्याङ्क सार्वजनिक भएको थियो । नेपालमा भ्रष्टाचार हुन थालेको आजबाट होइन । सयौं बर्ष अघि पनि थियो । घुस दिने र लिने दुवै राष्ट्रका शत्रु हुन भनेर पृथ्वीनारायण शाहले उहिल्यै भनेका थिए । काम गराउनका लागि लेनदेनको चलन उहिल्यैबाट आएको रहेछ । यो अहिले झनै बढेर गएको छ । काम गराउनका लागि कि सोर्स हुनुपर्छ । कि आफूसंग पैसा हुनुुपर्छ । अर्को कुरा पैसा नहुनेसंग सोर्स पनि नहुँदो रहेछ । जो आर्थिक रुपमा सम्पन्न छ । जोसंग पद छ उसको मात्रै सोर्स लाग्छ । राजाहरुको समयमा यहि भयो । राणाहरुको समयमा यस्तै भयो । दलिय व्यवस्थामा पनि यहि हुने हो भने हामीले विगतलाई गाली गरेर चोखो हुन सक्दैनौ । एउटा सामान्य मानिस प्रहरी कार्यालयमा गएर आफ्नो कामका बारेमा भन्न सक्दैन । प्रशासन कार्यालयमा गएर भन्न सक्दैन । अदालतमा गएर न्यायाधीशसंग आफ्नो कुरा भन्न सक्दैन । आफूले रोजेको अस्पतालमा गएर उपचार गर्न पाउँदैन । मन्त्रालयमा गएर आफ्नो काम गराउन सक्दैन । नेपालको प्रशासनिक संयन्त्रले नागरिकलाई सेवा दिने कुरालाई आफ्नो मन्त्र बनाउन सक्यो भने नागरिकलो साच्चिकै नागरिक भएको अनुभूति गर्न सक्छ । नागरिकले अनागरिक हुनुपर्ने अवस्थाको अन्त्य गरौं । नागरिकलाई दुःख दिने होइन कि नागरिकका गुनासा सुन्ने, नागरिकका पिर मर्कालाई सम्वोधन गर्ने खालको काम गरौं । नागरिकका नजर पदमा पुगेकाहरु जनताका सहयोगी हुन भन्ने कुरा प्रमाणित गरौं । कृपया नागरिकलाई दुःख दिने काम बन्द गरौं ।

प्रेस चौतारी दाङ हरेक वडामा पुग्ने

दाङ, माघ । प्रेस चौतारी दाङले ‘एक वडा एक चौतारी सदस्य’ अभियान सञ्चालन गर्ने भएको छ । चौतारी दाङको आइतवार बसेको बैठकले अभियान सञ्चालनको लागि जिल्लाका सवै पालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारीले समन्वय लागि बबई, दंगीशरण र शान्तिनगरमा चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जालाई, तुलसीपुर उपमहानगरपालिकामा उपाध्यक्ष सुधासुमन ढकाल, घोराही उपमहानगरपालिकामा सचिव किरण गौतमलाई जिम्मेवारी दिएको छ । त्यसैगरेर लमही नगरपालिका र राप्ती गाउँपालिकामा कोषाध्यक्ष गोकर्ण पौडेल, गढवा र राजपुरको लागि सहसचिव एकराज भण्डारी र बंगलाचुली गाउँपालिकामा सहसचिव चन्द्रप्रकाश नेपालीलाई जिम्मेवारी दिएको छ ।
चौतारीले पार्टीका नेताहरुसंग समन्वय गरेर ‘चौतारी संवाद’ गर्ने समेत निर्णय गरेको छ । बैठकले विगतदेखि वर्तमानसम्म चौतारी दाङको इतिहास तयार पार्नका लागि सचिव गौतमलाई, चौतारी दाङमा स्थापित पुरस्कार र अक्षयकोष दाताको चिनारी तयार पार्न कोषाध्यक्ष पौडेललाई, पुरस्कार मापदण्ड निर्माण तथा पुरस्कार विरतणको अभिलेख तयार पार्न उपाध्यक्ष राम्जा मगरलाई जिम्मेवारी दिएको छ ।

चौतारी दाङको बैठकलाई घुम्ती बैठकमा विस्तार गर्ने र चौतारी राहत कोष स्थापना गर्ने समेत निर्णय बैठकले गरेको छ । त्यसैगरेर बैठकले चौतारी दाङको सल्लाहकारमा निवर्तमान अध्यक्ष जे एन सागर, पूर्व सचिव बसन्त आचार्य र निवर्तमान सल्लाहकार रञ्जिता शर्मालाई चयन गरेको छ । बैठकले जिवन अधिकारी, महेश बस्नेत, नवराज शर्मा, मुना खनाल र अशोक कुमार नेपालीलाई कार्य समितिमा मनोनित गरेको छ ।

त्यसैगरेर बैठकले प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुर्दशन रिजालको संयोजकत्वमा चौतारी तालिम तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको सदस्यहरुमा दुर्गालाल केसी, के.वी चौधरी, प्रवल रेग्मी र रीता लामालाई चयन गरेको छ । बैठकले उपाध्यक्ष सुुधासुुमन ढकाल संयोजक र विमला घर्ती सह–संयोजक रहेको चौतारी दाङको महिला विभाग गठन गरेको र सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।

त्यसैगरेर प्रेस चौतारी नेपालको स्थापना दिवसमा चौतारी दाङले आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउने सवैप्रति धन्यवाद ज्ञापन गरेको छ भने बैठकले पेशागत महासंघ दाङका अध्यक्ष अरुणकुमार शर्माकी आमा र नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसीका बुबाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठक चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा बसेको थियो ।

प्रलेसमा जंगलीको परिवारद्वारा अक्षयकोष स्थापना

घोराही, माघ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखामा साहित्यकार तथा समाजसेवी ऋषिराज जंगलीको परिवारले पुरस्कार स्थापना गरेको छ ।

आइतवार उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं. ६ जन्द्रागाउँमा आयोजित कार्यक्रममा एक लाख रुपैयाको अक्षयकोष सहितको पुरस्कार घोषणा गरिएको हो । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा शरदको अध्यक्षतामा भएको कार्यक्रममा ऋषिराज जंगलीले पुरस्कारको घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा जंगलीले आमा लिलादेवी पौडेल र श्रीमतीहरु फना र बसन्ताको नाममा साहित्यिक पुरस्कार घोषणा गर्नुभएको थियो । पुरस्कारको नाम ‘लिला फना बसन्ता श्रष्ठा सम्मान’ रहनेछ । जसको संरक्षकमा ऋषिराज जंगली रहनुहुनेछ । संस्थापकका रुपमा दुई छोराहरु शिव पौडेल र हेमन्त पौडेल रहने जानकारी दिइएको थियो । साहित्यका जुनसुकै विधामा कलम चलाउनेलाई पुरस्कार दिन सकिने र लुम्विनी प्रदेशका साहित्यकाहरुको प्रकाशित वा अप्रकाशित कृतिलाई पुरस्कार दिन सकिने जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रलेसका केन्द्रिय सल्लाहकार शर्मा, केन्द्रिय सदस्य अधिकारी, प्रलेस दाङका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद जैशी, साहित्यकार हरिप्रसाद पाण्डे, देवेन्द्र रिजाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा ९४ बर्षिय लिलादेवी पौडेलको पनि उपस्थिति थियो । उहाँकै इच्छाअनुसार पुरस्कार स्थापना गरिएको जानकारी छोरा ऋषिराज जंगलीले गराउनुभएको थियो ।

कार्यक्रममा बोल्नेहरुले साहित्यको विकासका लागि जंगलीको परिवारले गरेको कार्य अनुकरणिय रहेको बताउनुभएको थियो । साहित्यकारहरुले लेखेका कतिपय रचनाहरु कृतिका रुपमा आउन नसकिरहेको अवस्थामा जंगलीले स्थापना गर्नुभएको पुरस्कारले कृति प्रकाशनमा पनि सहयोग पुग्ने धारणा बक्ताहरुको थियो ।

धारापानी विकास समितिका सचिव विष्णुराम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद प्रलेसका कोषाध्यक्ष चन्द्रबहादुर थापाले र संचालन धु्रव अधिकारीले गर्नुभएको थियो ।

उपभोक्ताले गुनासो गर्नुपर्नेछैन– पौडेल

लमही खानेपानी उपभोक्ता संस्थाको अधिवेशनको रस्साकस्सी चलिरहेको समयमा अध्यक्षका आकांक्षी सनमकुमार पौडेल के भन्नुहुुन्छ ?

लमही खानेपानीमा तपाईको उमेदवारी किन ?

म लामो समयदेखि लमही खानेपानीसंग जोडिएको छु । विगत तीन बर्ष मैले सचिवका रुपमा कार्यसम्पादन गरें । सचिवका रुपमा जे जति काम गर्न सकियो त्यो आम उपभोक्ताको सामुमा छर्लङ्ग नै छ । अव विगतका अधुरा काम गर्नका लागि अध्यक्षमा उमेदवारी दिएको छु ।

तपाईले जित्ने आधार के हो नि ?

मैले जित्ने आधार भनेको पहिले गरेको काम नै हो । पहिले गरेको कामका आधारमा मैले अध्यक्ष रुपमा राम्रोसंग नेतृत् वगर्न सक्छु भन्ने हो । मलाई जिताउने वा नजिताउने भन्ने अधिकार उपभोक्ताको हातमा रहेको छ । लमहीमा खानेपानीको धेरै समस्यालाई हामीले हल गरेका हौं अव बचेका केही समस्यालाई समाधान गर्नका लागि हामी लाग्नेछौं ।
सनमकुमार पौडेल

विगतमा गरेका कामलाई सँझनुपर्दा ?

विगतमा गरेका कामहरु धेरै नै छन् । हामी नेतृत्वमा आउँदा जे जस्ता समस्या थिए ति समस्या हटेका छन् । खानेपानीका नयाँ आयोजनाहरु अघि बढेका छन् । हामीले विपन्न, दलित, अशक्तलाई निशुल्क रुपमा धारा जडान गर्ने अवधारणा ल्यायौं । आगामी दिनमा यस्ता कार्यक्रमलाई अघि बढाउनेछौं । विगतमा हामीले धारा विस्तार गरौं । ओभरहेट ट्याङ्की निर्माण ग¥यौं । सफा पानी वितरणका लागि योजना ल्यायौं । यस्ता धेरै कामहरु रहेका छन ।

आगामी दिनमा गर्नुपर्ने कामहरु के कस्ता छन नि ?

गर्नुपर्ने कामहरु केही छन । निर्माणाधिन आयोजनाहरुलाई समयमा सक्नुपर्नेछ । खानेपानीको बढ्दो माग र लमही क्षेत्रमा बढीरहेको शहरीकरणले हामीहरुका अघिल्तिर पनि चुनौती थपिदिएको छ । हामीले नयाँ खानेपानी आयोजनाको अध्ययन गर्नुपर्नेछ । लमही नगरपालिका वडा नं. ३ मजगाउँमा निर्माण भइरहेकमो खानेपानी आयोजनालाई आगामी बर्ष २०७९ भित्रै सम्पन्न गर्नुपर्नेछ । हामीसंग पानीका परम्परागत स्रोतहरु रहेका छन् । यस्ता स्रोतको संरक्षण गर्ने कामलाई अघि बढाउनुछ । यसका लागि हामी स्थानीय सरकार, प्रदेश सरकार हुँदै संघीय सरकारसम्म पनि पुग्नेछौं । सामुदायिक बनसंग साझेदारी गरेर बन सँरक्षण गर्ने, विभिन्न खोलामा ड्याम बनाउने, विभिन्न स्थानमा ड्याम बनाएर पोखरी निर्माण गरेर पानीको स्रोतलाई संरक्षण गर्ने जस्ता काम गर्नुपर्नेछ ।

उपभोक्ताको कुरा नेतृत्वले सुन्दैनन भन्ने गुनासो आउँछ नि ?

यस्तो हुँदैन । विगतमा पनि हामीले उपभोक्ताका गुनासा सुनेका हौं । जसले हामीलाई निर्वाचनमा जितायो उसका कुुरा
सनमकुमार पौडेल
नसुन्ने भन्ने कुरै छैन । केही कमजोरी भएका होलान । तर हामीले के विश्वास दिलाउन चाहन्छौं भने लमही क्षेत्रमा शुद्ध पानी आपूर्तिका लागि दिनरात काम गर्नेछौं । उपभोक्तााको घरमा शुद्ध पानी पुराउने भन्दा अरु कुनै स्वार्थ हाम्रो रहेकोछैन ।

अन्त्यमा के भन्नु हुन्छ ?

राप्ती पोष्ट दैैनिकलाई धन्यवाद । निर्वाचनको मुखैमा उपभोक्तासम्म पुग्ने अवसर दिनुभयो । दाङ जिल्लाको तेस्रो ठूलो नगर मात्रै होइन लुम्विनी प्रदेशको राजधानी उपत्यकाका रुपमा पनि रहेको छ । यस हिसावले हामीमाथी राम्रो काम गर्ने दवाव छ । यसपाली हाम्रो टिममा दाङका कुसल पत्रकार दशरथ घिमिरे पनि हुनुुहुन्छ । यसले हामीलाई झनै राम्रो भएको छ । विचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद । सम्पूर्ण मतदातालाई हाम्रो टिमलाई अमूल्य मत दिनका लागि अनुरोध गर्दछु ।

काममा ढीलाई भएपछि कक्रिड लिएर कार्यालय परिसरमा नागरिकहरु

विमला घर्ती/राप्ती पोष्ट

घोराही, माघ । शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङको प्राङ्गणमा मंगलवार ढलान उम्काएका टुक्राहरुको थुप्रो थियो । घोराहीको भरतपुर क्याम्पस रोडमा उम्काएर छरपस्ट पारिएका ढलानका टुक्रा बटुलेर नागरिकले कार्यालयमा ल्याएर थुपारेका थिए । सडक निर्माणको सम्झौता भएको तीन बर्ष हुँदापनि काम सुरु नभएपछि भरतपुरका नागरिकहरु आक्रोशित हुँदै शहरी विकास तथा भवन डिभिजन कार्यालयमा आफ्नो घर अघिल्तिर उप्काइएका ढलानका टुंक्राहरु फालेका हुन् ।

नागरिकले सडकमा जथाभावी रुपमा फालिएका ढलान गरिएका सिमेन्ट, सरिया एक टिप्पर लिएर कार्यालयको गेट भित्र फालिदिएका थिए । २०७७ साल चैत १ गते आत्रेय÷पूर्णचन्द÷बस्नेत जेभी निर्माण कम्पनी संग सडक विभाग रोड देखि तल्लो भरतपुर रोड सम्मको सडक निर्माणको सम्झौता गरिएको थियो । निर्माण सम्झौता भएको चार महिना अर्थात गएको असार अन्तिम सम्ममा निर्माणको काम सक्नुपर्ने थियो । तर कोरोना भाइरसका कारण काम सुरु हुन नसकेपछि प्रदेशको नीति अनुसार यही ०७८ चैत अन्तिम सम्म समय थप गरिएको छ । तर भरतपुरका नागरिकहरुले जथाभावी रुपमा खनेर जोखिमपूर्ण सडक बनाएको भन्दै विरोध स्वरुप कार्यालयमा आएर आक्रोस पोखेका थिए ।

सडकको नालासहित फुटपाट बनाउने जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम नगरेपछि भत्काएर सडकमा छोडेका सामग्री लगेर सहरी विकास तथा भवन कार्यालयको थुपार्नुपरेको माथिल्लो भरतपुर टोल विकास समितिका अध्यक्ष गुरुप्रसाद आचार्यले बताउनुभयो । “भिग्रेली चोक देखि भरतपुर स्कुलसम्म सडकको अवस्था जोखिमपूर्ण छ ।”–उहाँले भन्नुभयो । जथाभाबी खनेर बिगारिएको सडक निर्माणको लागि कार्यालयमा धाउँदा पनि निर्माण कार्य अगाडी नबढेपछि यो कदम उठाउनुपरेको उहाँको भनाई थियो । सडकको दायाबाँया खनेर छोडिएको छ, भने निर्माण सामग्रीहरु जथाभावी रुपमा थुपारिएको छ । जसले सडकलाई साघुँरो बनाएको छ । सडकमा परेका ठुला खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ ।

सडक निर्माण अगाडी बढाउने भन्दै छेउछाउ खनिदा खानेपानीको पाइप काटिएका छन् । “गएको बर्ष बाटो खन्दा पाइपलाइन काटिएका छन्, ती पाइपलाईनहरु बनाइराख्नुपर्ने भएको छ, ट्याक्करको पानी खानुपर्ने स्थिति छ ।”–टोल विकास समितिका अध्यक्ष आचार्यले भन्नुभयो । “काटिएर जोडिएका पाइपलाईन छुट्दा सडकभर पानी बनेर चिप्लो भएको हुन्छ, यसले दुर्घटना समेत बढाएको छ, स्थानीय दीपक आचार्यले भन्नुभयो । ठेकेदारले नाला निर्माण गर्ने भन्दै भएको नाला समेत भत्काएपछि हिडडुल गर्न समस्या भएको उहाँले बताउनुभयो । नाला तथा सडक निर्माणका लागि भन्दै निर्माण व्यवसायीले सडकमा डोजर लगाएपछि बाटोको अवस्था झन बिग्रिएको हो ।

सहरी विकास तथा भवन कार्यालयले भने निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटफाट निर्माणमा समस्या भएको बताएको छ । कार्यालयका इन्जिनियर नारायण ओलीका अनुसार निर्माण कम्पनीले आफ्नै ढंगले काम सुरु गरेको थियो । प्राबिधिकको सल्लाह बिना काम सुरु गर्दा सडक भन्दा माथिल्लो भागबाट नाला निर्माण गर्न सुरु गरेको थियो । तर भवन डिभिजन कार्यालयका प्राबिधिकले निर्माणको काम मापदण्ड अनुसार नभएको भन्दै भत्काउन लगाएपछि निर्माण व्यावसायिकको आलटाल बढेको हो । तर पछिल्लो समयमा निर्माणको काम अगाडी बढाउने प्रतिवद्धता गरेको इन्जिनियर वलीले जानकारी गराउनुभयो । प्रदेश सरकारको योजना अनुसार नाला सहितको फुटपाथ निर्माण गरिनेछ भने घोराही उपमहानगरपालिकाले कालोपत्रे गर्ने गरि निर्माणको सम्झौता भएको छ ।