शरद अधिकारी
नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाले बलिदानी प्राप्त गरेको आज माघको २६ गते १६ बर्ष पुगेको छ । तत्कालिन राजा ज्ञानेन्द्रले गराउन थालेको कथित स्थानीय निकायको निर्वाचन बहिस्कारको आह्वान गर्दै हिडेको समयमा उमेशचन्द्र थापामाथि तत्कालिन शाही सेनाले गोली प्रहार गरेको थियो । थापाको निधनपछि आन्दोलनरत राजनीतिक दलहरुले थापालार्ई लोकतात्रिक आन्दोलनका प्रथम सहिद घोषणा गरेका थिए । २०६१ साल माघ १९ गतेका दिन शासन सत्ता हातमा ल्याएका नेपालका अन्तिम राजा ज्ञानेन्द्रले त्यसको एक बर्ष पछि अर्थात् २०६२ साल माघको २६ गतेका दिन कथिन नगर निर्वाचन गराउन थालेका थिए । निर्वाचनमा प्रमुख राजनीतिक दलहरुले सहभागिता जनाएका थिएनन् । राजनीतिक दलहरु निर्वाचनको विरोधमा थिए । त्यहि विरोधको क्रममा उमेशचन्द्र थापाको हत्या गरिएको थियो ।
‘कथित स्थानीय निकाय निर्वाचन बहिस्कार गरौं ।’ भन्ने आह्वानका साथ तत्कालिन सात राजनीतिक दलको आह्वानमा सडकमा उत्रिएका बखत घोराहीको सुपरलज रोड (हालको उमेशमार्ग) मा उहाँमाथि गोली प्रहार गरिएको थियो । उमेशचन्द्र थापालाई हामीले नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम सहिदका रुपमा मानेका छौं । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको झण्डै एक बर्षपछि कथित स्थानीय निकायको निर्वाचन गर्न खोजेका थिए । एकातिर राजाले निर्वाचन गराउने सुर कसेका थिए भने अर्कोतिर सात राजनीतिक दलहरुले निर्वाचन वहिस्कारको घोषणा गरेका थिए । वहुसंख्यक जनता कथित निर्वाचको विरोधमा रहेका थिए । त्यतिवेला घोषणा गरिएको कथित निर्वाचनमा यति थोरै मानिस उपस्थित थिए कि निर्वाचन गराउनका लागि गएका सुरक्षाकर्मी र अन्य कर्मचारी भन्दा पनि कम मानिस मतदान गर्नका लागि गएका थिए । एक हिसावले निर्वाचन नाटक जस्तो भइरहेको थियो । नमूना निर्वाचन जस्तो पनि थिएन त्यो निर्वाचन ।
उमेश थापाको हत्या भएको दिनको सँझना गर्ने हो भने त्यो दिन देशभरका ५८ वटा नगरपालिकामा निर्वाचनको नाटक चलिरहेको थियो । राजनीतिक दलहरुले सवै नगरपालिकाका विरोधमा जुलुस आयोजना गरेका थिए । राजनीतिक दलहरुले निर्णायक आन्दोलन शुरु नगरिहालेको भएपनि विरोधका लागि आन्दोलन गरिरहेका थिए । सोही क्रममा देशभर विरोध जुलुस आयोजना गरिएको थियो । निर्वाचन वहिस्कारको आह्वान गरेर आफूहरु लोकतन्त्रको पक्षमा रहेको उद्घोष गरेका थिए । कथित स्थानीय निकायको निर्वाचन भएको दुई महिना पछि सात राजनीतिक दलको आह्वानमा निर्णायक आन्दोलन शुरु गरिएको थियो । जुन आन्दोलन सफल भयो । नेपाली जनताले राजतन्त्रलाई इतिहासमा मात्र सिमित गरिदिए । नेपाली जनताको क्रान्तिले सफलता पाउनका लागि उमेशचन्द्र थापाको योगदानले महत्वपूर्ण भूमिका खेलेको थियो ।
उमेशचन्द्र थापा आन्दोलनमा लागेकै समयमा मारिनुभयो । परिवर्तनको पक्षमा लाग्दा लाग्दै बलिदानी हुनुभयो । निरङ्कुशताको विरुद्धमा आवाज उठाउँदा उठाउँदै उहाँलाई निरङ्कुश सत्ताले हत्या ग¥यो । तर उमेशचन्द्र थापाको बलिदानी भएको केही महिना पनि नबित्दै ज्ञानेन्द्रको सत्ता पनि ढल्यो । उमेशचन्द्र थापा कुनै बुथमा मत पेटिका कव्जा गर्न जानुभएको थिएन् । निर्वाचनको नाटकका संलग्न भएकाहरुलाई तान्न जानुभएको थिएन । हातमा कुनै हतियार बोक्नुभएको थिएन । तर त्यो दिन सरकारी संचारमाध्यमहरुले उमेशचन्द्र थापाको हत्यालाई बुथ लुट्न गएको समयमा मारिएको भन्ने प्रचार गरेको थियो । त्यो घटनालाई देख्नेहरुले जे कुरा सुने निरङ्कुश सत्ताले आफ्नो सत्ता जोगाउनका लागि कसरी सेतोलाई कालोमा परिणत गर्न खोज्दो रहेछ भन्ने जानकारी पाए ।
त्यो दिनको घटनालाई संझदा अहिले पनि यौटा खालको घृणा पैदा हुन्छ तत्कालिन शासकहरु प्रति । २०६२ माघको २६ गतेका दिन दिउँसोको समय थियो । कथित नगर निर्वाचनको बहिस्कारको आह्वान गर्दै राजनीतिक दलका नेता कार्यकर्ताहरु घोराही बजार परिक्रमा गरिरहेका थिए । सडक विभागनेर रहेको कटहरको बोट (हालको विपी चोक)मा जम्मा भएका राजनीतिक दलका नेता कार्यकर्ताहरु सडक विभागको ओरालो हुँदै गुम्राह चोकबाट मोडिएर निमाहल हुँदै गणेश मन्दीरबाट दामोदर चोकतिर लागेका थिए । त्यसैक्रममा साइमन्दीरनेर उमेशचन्द्र थापा पनि आन्दोलनमा सहभागी हुनुभयो । उमेशचन्द्र थापा अन्य केही आन्दोलनकारीका साथमा जुलुसलाई भेट्न छोटो बाटो त्यसतर्फ जानुभएको थियो । यतिवेला जुलुस बैंक रोड हुदै अघि बढीरहेको थियो । बालमन्दीरमा निर्वाचनको बुथ राखिएको थियो । बालमन्दिरतिर नबढेर जुलुस सोझै तुलसीपुरचोक तर्फ अघि बढ्यो । तुलसीपुर चोकमा आन्दोलनकारीको जम्काभेट प्रहरीसंग भयो । प्रहरीलाई कसैले आन्दोलनकारीहरु काठेकोहलमा रहेको बुथमा जान थालेको भन्ने गलत सूचना दिएको रहेछ । गलत सूचना पाएको प्रहरी पश्चिम तर्फबाट आयो र आन्दोलनकारी माथि आक्रमण गर्न थाल्यो । केही आन्दोलनकारी त्यही घाइते हुनपुग्नुभयो । त्यसपछि जुलुस केही तितर वितर भएको अवस्था उत्पन्न भयो । जुलुस तितर वितर भए पनि यौटा समुह सहिद गेट भए तर्फ आएर कोणसभा गर्न थाल्यो । उमेशचन्द्र थापाहरु तुलसीपुर चोकदेखि दामोदर चोक तर्फ फर्कनुभयो । दामोदर चोक भन्दा केही तलतिर एउटा पेट्रोल पम्प थियो त्यहिँबाट उहाँ लगायत अरु केही अहिलेको उमेशमार्ग तर्फ आउनुभयो । उहाँहरु जब हाल रेडियो मध्यपश्चिम रहेको स्थाननेर आइपुग्नुभएको थियो । ठिक त्यति नै बेला उत्तरबाट आएको आर्मीको गाडीबाट गोली बर्साइयो । उमेश थापा बाटोदेखि पूर्व तर्फ ढल्नुभयो । अर्का आन्दोलनकारी कृष्ण गिरी घाइते हुनुभयो । उहाँको साथमा रहेका अरुहरु पनि भागाभाग गर्नुभयो । अहिले रेडियो मध्यपश्चिम रहेको स्थान देखि पूर्व तर्फको पर्खाल नाघेर जाने क्रममा केही घाइते भएको, हात र खुट्टामा चोट लागेको अवस्थामा पछि भेटिनुभएको थियो ।
उमेशचन्द्र थापाले सहादत प्राप्त गर्नुभएको १६ बर्ष पुगेको छ । उहाँको १६ औं स्मृति दिवसका सन्दर्भमा केही कुरा उठान गर्नै पर्ने हुन्छ । उहाँको निधन भएको घोराहीमा उमेश चन्द्र थापाको सँझनामा एउटा गेट बाहेक अरु कुनै सँरचना बनाइएको छैन । गेट पनि उतिवेलै बनाइएको हो । यद्दपि शहिदहरुलाई सँझनाका लागि गेट बनाउनुपर्छ वा कुनै चोक बनाउनुपर्छ भन्ने छैन । तर अमर सहिद उमेशचन्द्र थापाको सम्मानमा कुनै न कुनै रचनात्मक काम गरिनुपर्दथ्यो । राज्यले नै सँझना गर्नुपर्ने थियो ।
यता हालको सहिद गेटनेर कार्यक्रम गरिरहेका आन्दोलनकारी पनि तितर वितर भए । गोली चलेको, नजिकै रहेको सिमलको रुखमा बसेका चराहरु उडेको आवाजले वरपरको बातावरण तनावपूर्ण भयो । नजिकै रहेको सिमलको रुखमा रहेका चराहरु पनि आतङ्कित भए । तत्कालिन नेपाली सेनाको अर्को गाडीले उमेशचन्द्र थापा र गिरीलाई तत्कालिन महेन्द्र अस्पताल पु¥यायो । त्यतिबेलासम्म थापाले यो मुलुकको निम्ति बलिदानी दिइसक्नु भएको थियो भने गिरी जीवनसंग संघर्ष गरिरहनुभएको थियो । त्यतिवेला उमेशचन्द्र थापाको रगत यो देशका लागि बगेको थियो । परिवर्तनका लागि बगेको थियो । जव गोली चल्यो तव घोराही बजारमा सन्नाटा छायो । घटना भएको नजिक कोही पनि जान सकेन । नजिकैको घरमा रहेकाहरु ढोका बन्द गरेर भित्र छिरे । भागा भागको स्थिति उत्पन्न भयो ।
आन्दोलनमा हिडेको योद्धाले कि मुक्ति रोज्दछ कि मृत्यु । थापाले तत्कालिन सत्ताको बिरोध गर्ने कुरालाई नै आफ्नो उद्देश्य बनाउनुभएको थियो । उमेशचन्द्र थापा नेपालको लोकतान्त्रिक आन्दोलनको प्रथम सहिद बन्नुभयो । उमेशचन्द्र थापालाई हत्या गरिसकेपछि त्यतिबेलाको सुरक्षा अधिकारीले निर्वाचन भइरहेको स्थानमा बुथ लुट्न गएको समयमा भएको झडपमा परेर ज्यान गुमाएको भन्ने गलत प्रचार गरिरह्यो । जिल्लामा रहेका सबै निजी टेलिफोनहरु बन्द गराइएको थियो भने केही सरकारी टेलिफोनमा पनि पहुँच थिएन । यातायातका सबै साधनहरु बन्द गराइएको थियो । यस्तो अवस्थामा गरिएको निर्वाचनको कुनै अर्थ थिएन । निर्वाचन नाटक मात्र थियो । सुरक्षाकर्मीको च्यानलबाट गएको खवरलाई नै आधिकारीक मानेर काठमाडौंका संचारमाध्यमले पनि बुथ लुट्न खोज्ने क्रममा भएको भन्ने आसयका साथ समाचार संप्रेषण गरे ।
उमेशचन्द्र थापाले सहादत प्राप्त गर्नुभएको १६ बर्ष पुगेको छ । उहाँको १६ औं स्मृति दिवसका सन्दर्भमा केही कुरा उठान गर्नै पर्ने हुन्छ । उहाँको निधन भएको घोराहीमा उमेश चन्द्र थापाको सँझनामा एउटा गेट बाहेक अरु कुनै सँरचना बनाइएको छैन । गेट पनि उतिवेलै बनाइएको हो । यद्दपि शहिदहरुलाई सँझनाका लागि गेट बनाउनुपर्छ वा कुनै चोक बनाउनुपर्छ भन्ने छैन । तर अमर सहिद उमेशचन्द्र थापाको सम्मानमा कुनै न कुनै रचनात्मक काम गरिनुपर्दथ्यो । राज्यले नै सँझना गर्नुपर्ने थियो । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिदका रुपमा उहाँ अमर हुनुभएको छ । तर गणतन्त्रका लागि ज्यानको बलिदानी गरेकाहरुको योगदानको कदर राज्यले गरेको छैन । यो कुरा दुःखका साथ भन्नु पर्ने भएको छ । देशका लागि हाँसी हाँसी ज्यानको बलिदानी दिएकाहरुको अवमूल्यन हुने गरेर पछिल्ला दिनमा सहिद घोषणा गर्ने गरिएको छ । उमेशचन्द्र थापा कुनै राजनीतिक दलमा आवद्ध रहेको भए पनि उहाँको योगदानलाई तत्कालिन अवस्थामा सबै राजनीतिक दलले मानेका थिए । आज उमेशचन्द्र थापा लगायतका सहिदहरु राष्ट्रका सहिद बन्न सक्नु भएको छैन । जुन अत्यन्त दुःखको विषय हो । थापाको निधन भएको १६ बर्ष पुरा भएको यो समयमा उहाँको सपना पुरा गराउन तर्फ लाग्नुपर्छ ।
उहाँको एउटै सपना थियो समृद्धिको, विकासको । उहाँको सपना पुरा भएको छैन । यो कुरालाई भने राजनीतिक दलका नेताहरुले बुझ्न जरुरी छ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापालाई संझना र सम्मान गर्दै सवैले एक पटक मुलुकलाई नयाँ तरिकाले अघि बढाउने प्रण गर्नु पर्ने भएको छ । गणतन्त्रका सुत्रकर्ताका रुपमा उमेशचन्द्र थापाले यो देशका लागि रगत बगाउनुभयो । थापाले मुलुकबासीको न्यायका लागि, समानताका लागि, मुलुकबासीको एकताका लागि आफ्नो प्राण त्याग गर्नुभयो । आज राजनीतिक अनेकन बादमा विभाजित छ । आज मुलुक अनेकन सिद्धान्तमा विभाजित छ । सहिदहरु जसले त्यागको मात्रै सिद्धान्त छोडेर गएका छन् । जसले मुलुकको समृद्धिको मात्रै सन्देश दिएर गएका छन् । अव सहिदको सपना साकार पार्ने अभियानमा लाग्नु बाँच्नेहरुको जिम्मेवारी भएको छ ।