घोराही, फागुुन ।
प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि बडहरा युुवा क्लबले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा राप्ती गाउँपालिका क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै बडहराले उपाधि जितेको हो ।
नेपाल मगर संघ घोराही नगर कमिटीको आयोजनामा गएको फागुन २ गतेबाट शुुरु भएको नकआउट फुटबल प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको थियो । लखन थापाको १४६औँ स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । बडहराले टरीगाउँलाई हराउँदै फाइनलमा पुुगेको थियो भने राप्तीले मेघालाई हराएर उपाधि नजिक पुुगेपनि आज भएको खेलमा उपविजेतामै सिमित भएको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्ने भएको छ । अन्तिम चारमा पुुगेका २ क्लबले पनि समान साढे १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल मगर संघले अब विजेता, उपविजेता र प्रतियोगिताको अन्तिम चारमा पुुगेको दुुई क्लबलाई फागुुन १५ गते मगर दिवसको अवसरमा पुुरस्कृत गर्ने भएको घोराही नगर अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुुभयो ।
यसैबीच, दोश्रो सेमिफाईनल खेलमा आयोजकले लापरवाही गर्दै बडहराबाट खेलाडी सूचीमा नपरेकालाई खेलाएको भन्दै टरीगाउँ क्लबले आपत्ति जनाएको छ । मंगलबार घोराहीमा पत्रकार सम्मेलन गर्दै खेलाडी सूचीमा नपरेका प्रेम सुनार र सन्देश बोहरालाई अतिरिक्त खेलाडीका रुपमा खेल मैदानमा छिराएर टरीगाउँलाई हराएको क्लबका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले आरोप लगाउनुुभएको छ । उता, आयोजक कमिटी संयोजक मित्रलाल बुढाले टरीगाउँ क्लबले दिएको निवेदनको जवाफ आफुहरुले दिए पनि प्रतिउत्तर नआएको खेल अघि बढाइएको बताउनुुभयो ।