spot_img
spot_img

लक्ष्मण डाँगी स्मृति कप फुटबल शुुरु

घोराही, फागुन ।

घोराहीमा बिहीबारबाट दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता शुुरु भएको छ । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उदघाटन पूर्व खेलाडी एवं प्राध्यापक नारायण सिंह गुुरुङले गर्नुुभयो ।

वेष्ट नेपाल फुटबल एकेडेमीका अध्यक्ष सन्दीप वलीको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्लाभरका १२ वटा विद्यालयले भाग लिएका छन् । सो अवसरमा प्रमुुख अतिथि गुुरुङले स्वस्थ नागरिक उत्पादनमा खेल क्षेत्रको ठूलो भूमिका रहेकाले खेल अनुुशासनको मर्म बुझेर अघि बढ्न खेलाडीहरुलाई सुुझाव दिनुुभयो ।

आगामी फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका छन् । खेल लिग कम नकआउट आधारमा खेलाइएको उदघाटन खेलमा नेपाल प्रहरी स्कुल घोराही र ज्ञानज्योति तुलसीपुरले गोलरहित बराबरी खैदै अंक बाँडेका छन् । निर्धारित समयमा कुनै टीमले गोल गर्न नसकेपछि १—१ अंक बाँडेका हुन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ रुपैयाँ र द्वितीय हुनेले टिमले २१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने भएका छन् । प्रतियोगिता अन्तर्गत आज शुक्रबार दिउँसो १२ बजे दीपशिखा मावि र सिद्धरत्नाथ माविबीच खेल हुनेछ भने दोस्रो खेल अपरान्ह गोरखा मावि तुलसीपुुर र जनज्योति माविबीच खेल हुने भएको आयोजकले जनाएको छ । २०७५ मंसिर १२ गते घोराही १७ को कृत्रिम जलाशयमा डुबेर ज्यान गुमाएका लक्ष्मण डाँगीको स्मृतिमा प्रतियोगिता गरिएको हो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार