spot_img
spot_img

प्रलेस लुम्विनीको अधिवेशन चैत ५ गते हुने

राप्ती पोष्ट

लमही, फागुन । प्रगतिशील लेखक संघ लुम्विनी प्रदेशको दोस्रो अधिवेशन आगामी चैत ५ गते लमहीमा हुने भएको छ । प्रलेस लुम्विनी प्रदेशको शनिबार लमहीमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

प्रलेस लुम्विनी प्रदेशका अध्यक्ष केशव थापाको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन नभएका जिल्लाहरुमा यहि फागुनको २८ गतेभित्र अधिवेशन सक्न निर्देशन दिएको छ । केन्द्रिय समितिले फागुनको अन्तिमसम्म जिल्ला अधिवेशन र चैतको पहिलो साताभित्र प्रदेशको अधिवेशन गर्नका लागि दिएको निर्देशन अनुरुप जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरिएको बताइएको छ ।

बैठकले प्रदेश अधिवेशनको व्यवस्थापनका लागि कोषाध्यक्ष निमबहादुर थापाको संयोजकत्वमा रेशम विसी, छविलाल कोपिला, दशरथ घिमिरे र गुरुप्रसाद कुमाल बुलवुल सदस्य रहेको उपसमिति गठन गरेको छ । बैठकमा प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले तयार पार्नुभएको लुम्विनी प्रदेशको प्रगतिशील साहित्यको इतिहास केन्द्रिय समितिमा पठाउने निर्णय गरेको छ । यस्तै लुम्विनी प्रदेशको प्रलेसको मुखपत्र पनि अधिवेशनकै अवसरमा विमोचन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनका लागि सचिव रामप्रसाद पोखरेललाई सांगठनिक र कोषाध्यक्ष निमबहादुर थापालाई आर्थिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ । यस्तै बैठकमा प्रलेसका प्रदेश अध्यक्ष केशव थापाले आमाको सँझनामा हुमादेवी स्मृति साहित्य पुरस्कार स्थापनाको घोषणा गर्नुभएको थियो । उहाँले ५० हजार रुपैयाको अक्षयकोष राखेर पुरस्कारको सुरुवात गर्ने जानकारी दिनुभयो ।

दोस्रो अधिवेशनका अवसरमा साहित्य र पत्रकारिताको माध्यमबाट योगदान गर्नुभएका प्रलेसका पूर्व केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्मालाई अभिनन्दन गर्ने निर्णय गरेको छ । बैठकमा प्रलेसका केन्द्रिय सदस्य शरद अधिकारी र केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले अधिवेशनको सन्दर्भमा सुझावहरु दिनुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img