spot_img
spot_img

खुमबहादुर खड्काको स्मृतिमा भलिवल प्रतियोगिता सुरु

राप्ती पोष्ट

घोराही, फागुन । घोराहीमा प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ सुरु भएको छ । जिल्लामै सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै गिरीले खेलले शरीरलाई स्वस्थ, फुर्तिलो र निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुद क्षेत्रको विकासमा सवैले ध्यानदिनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको संम्झनालाई दिर्घायु बनाउन यस्ता खेलकुद कार्यक्रमले सहयोगी बन्ने पनि उहाँले बताउनुभयो । प्रजातन्त्र स्थापनाका लागि नेपालको राजनीतिक इतिहासमा नेता खड्काको योगदानलाई खेलकुद माध्यमबाट सदैव जीवन्त राख्न कांग्रेस दाङले आयोजना गरेको प्रतियोगिता राम्रो कार्य भएको उहाँको भनाई थियो । ‘स्व.खुमबहादुर खड्का विकासप्रेमी मात्र नभएर खेलप्रेमी पनि हुनुन्थ्यो ।’ विगत सम्झदै नेता गिरीले भन्नुभयो–‘खेलकुद क्षेत्रको विकाससँगै उहाँको योगदानलाई जीवन्त राख्न यो खेलकुदको महत्वपूर्ण भूमिका हुनेछ ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व सभासद राजु खनाल, नेपाली काँग्रेस दाङका जिल्ला पूर्व सभापति वीरकेशरी गौतम, क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि सावित्रा रानालगायतका बक्ताहरुले स्वर्गीग नेता खड्काको योगदानलाई नयाँ पुस्तासम्म लग्नेदेखि खेलकुदका माध्यमबाट सवैलाई जोड्न प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति कमानसिंह भारतीले स्वागत र अर्का उपसभापति गिरिराज सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव अर्जुन योगीले गर्नुभएको थियो । कार्यक्रममा खेलकुद प्रतियोगिताका बारेमा खेल संयोजक राजु आचार्य र खेलका नियमका बारेमा सदस्य केदारराज श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

जिल्लामा सर्वाधिक राशीको प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख रुपैया र उपबिजेता हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार प्रदान गरिने भएकोछ । यसअघि बिजेतालाई एक लाख ७५ हजार र उपबिजेतालाई ८७ हजार पाँच सय पुरस्कारको व्यवस्था गरिएपनि उद्घाटन कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री दीपक गिरीले उक्त पुरस्कारमा रकम थप गर्दै प्रथम पुरस्कार दुई लाख र दोश्रो पुरस्कार एक लाख बनाउने घोषणा गर्नुभएको थियो ।

तुलसीपुर र दंगीशरणको जित

यसैबीच प्रतियोगिताको पहिलो खेलमा तुलसीपुर उपमहानगरपालिकाको भलिबल टिम बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राप्ती गाउँपालिकाको टिमलाई २५–१९, २२–२५ र २५–१८ को सेटमा हराउँदै तुलसीपुर उपमहानगरपालिकाको टिम बिजयी भएको हो ।

नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठ र धनबहादुर भट्टसहितको तुलसीपुर उपमहानगरपालिकाको टिमले राप्ती गाउँपालिकाको टिमलाई हराउँदै जित निकालेको हो । राप्ती गाउँपालिकाको टिममा पनि राष्ट्रिय टिमका खेलाडी हरि अधिकारीसहितको टिमले एक सेट जितेपनि दुई सेटमा हार व्यहोर्दा प्रतियोगिताको पहिलो खेलमा पराजित हुन पुगेको थियो ।

त्यसैगरी दोश्रो खेलमा लमही नगरपालिकालाई हराउँदै दंगीशरण गाउँपालिकाको टिम बिजयी भएको हो । पहिलो सेटमा २५–१२ को जित निकालेर दोश्रो सेटमा २३–२५ले हारेको दंगीशरणले तेश्रो सेटमा २८–२६ को जित निकाल्दै बिजयी भएको हो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img