spot_img
Home Blog Page 25

नारायणपुर उवासंघको अध्यक्षमा बस्नेत विजयी

राप्ती पोष्ट

दाङ, बैशाख । नारायणपुर उद्योग बाणिज्य संघको अध्यक्षमा अनिल बस्नेत विजयी हुनुभएको छ । चार पदमा भएको निर्वाचनमा बस्नेत प्यानलका चारैजना विजयी हुुनु भएको हो ।

अध्यक्षमा बस्नेत निर्वाचित हुँदा लिलाधर शर्मा पराजित हुनुभयो । यस्तै उद्योग उपाध्यक्षमा बसन्त न्यौपाने विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी धरम बस्नेत पराजित हुनुभयो । बाणिज्य उपाध्यक्षमा कुलराज खनाल विजयी हुँदा सनतकुमार आचार्य पराजित हुनुभयो । सचिवमा मीना भण्डारी बिजयी हुँदा तिलक भण्डारी पराजित हुनुभयो ।

नारायणपुर उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानल र अर्को स्वतन्त्र समुह निर्वाचनको मैदानमा थियो । चार पद बाहेक अन्य पदमा सर्वसम्मत भएको थियो ।
अध्यक्ष
अनिलकुमार बस्नेतः ३०८ (बिजयी)
लिलाधर शर्माः ९०
उद्योग उपाध्यक्ष
बसन्त न्यौपानेः २०७(बिजयी)
धरमबहादुर बस्नेतः १८४
वाणिज्य उपाध्यक्ष
कुलराज खनालः २५७(बिजयी)
सनतकुमार आचार्यः १४१
सचिव
मिना भण्डारीः २१०(बिजयी)
तिलकबहादुर भण्डारीः १८२

उता तुलसीपुरमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचनमा दुई हजार आठ सय ८६ मत खसेको छ । निर्वाचन संयोजक प्रविण लम्सालका अनुसार तुलसीपुर उद्योग बाणिज्य संघमा तीन हजार चार सय ७४ जना सदस्य रहेकोमा दुई हजार आठ सय ८६ मत खसेको निर्बाचन संयोजक लम्सालले जानकारी दिनुभयो । तुलसीपुरमा नेपाली काँग्रेसको समर्थनमा विनिल केसीको टिम र संयुक्त व्यवसायीको तर्फबाट ललितजंग शाहको टिम निर्वाचनको मैदानमा थियो ।

बाँसको सामग्री बेचेर आम्दानी

छबि पुरी /राप्ती पोष्ट

घोराही, बैशाख । राप्ती गाउँपालिका वडा नम्बर ५ करंगेका कुलबहादुर गाहा धेरै जसो समय बासको चोयाको काम गर्नुहुन्छ । उहाँले बाँसबाट छिट्वा, नाङ्लो, पेरुङ्गो, टोकरी, डोको, भकारी बनाउन थालेको धेरै वर्ष बितिसक्यो ।
बाउबाजेले गर्दै आएको पेशालाई अहिले उहाँले आम्दानीको श्रोत बनाउनुभएको छ । घरमा काम हुँदा बाहेक अरु समयमा उहाँ बाँसको चोयाबाट यस्ता बस्तु बनाउनु हुन्छ, देउखुरीका विभिन्न गाउँमा गएर बेच्नुहुन्छ । उहाँका पुराना चिनारु छन् । जसले गर्दा यी बस्तु बिक्रि गर्न गाह्रो हुदैन । कुलबहादुर जस्तै गाउँका अरु मानिस पनि यो पेशामा जोडिएका छन् । व्यावसायिक रुपमा काम नगरेपनि घर गुजारा चलाउने गतिलो माध्यम बाँसबाट निर्मित सामग्री हुने गरेको छ ।

घोराही उपमहानगरपालिका १ औलावासका पुनाराम सुनारको दैनिकी पनि बाँसका सामग्री बनाउँदै बिक्री गर्नेमा बित्ने गरेको छ । बाँसका सामग्रीबाट कम लगानीमै राम्रो आम्दानी हुने भएपछि पुनारामले घरमै बसेर बाँसका सामग्री बनाउनेदेखि बिक्री गर्ने काम गर्दै आउनुभएको छ ।

बाँसबाट छिट्वा, नाङ्लो, पेरुङ्गो, टोकरी, डोको, भकारीलगायतका विभिन्न सामग्री बनाउने काम गर्दै आएको उहाँ बताउनुहुन्छ । बाँसबाट बनाएका सामग्रीहरु प्राय गाउँघरतिरै बिक्री हुने गरेको पुनारामको भनाई छ । ‘गाउँघरमा घरायसी कामका लागि बाँसका सामग्री आवश्यक भएपनि बनाउने मानिसहरु छैनन्’,उहाँले भन्नुभयो, ‘त्यसैले गर्दा पनि होला, राम्रै बिक्री भइरहन्छन ।’ गाउँघमा बासँका सामग्री बिक्री नहुँदा घोराही बजारसम्म लगेर पसलमा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिलेको तुलनामा बाँसका सामग्रीको बजार घटेको बताउनुभयो ।

बाँसजन्य सामग्रीलाई आयआर्जनको स्रोत बनाउँदै आउनुभएका पुनारामले पहिलेको जस्तो अहिले बिक्री नभए पनि थोरै बिक्रीबाट आम्दानी भने राम्रै हुने गरेको बताउनुभयो । गाउँघरमा बाँस खरिद गर्ने र त्यहीबाट विभिन्न सामग्री बनाएर बिक्री गरेर आएको पैसाबाट घर व्यवहार चलाउने गरेको बताउनुभयो । ‘घरको कामसँगै बाँसका सामग्री बनाउने गर्दै आएको छु’, उहाँले भन्नुभयोे, ‘परिवारसँग बसेर घरको कामसँगै आफुले जानेको सिपलाई प्रयोग गर्दा राम्रै आम्दानी हुने गरेको छ ।’

यसैगरी घोराही उपमहानगरपालिका १९ निवासी खिमबहादुर मगर विगत दुई दशकदेखि बाँसका सामग्री बनाउने काम गर्दै आउनुभएको छ । परिवारको पुख्र्यौली पेशाका रुपमा रहेको बाँसका सामग्री बनाउने कामबाट राम्रै आम्दानी भएको बताउनुहुन्छ । ‘पहिलेको तुलनामा व्यापार कम भएपनि लगानी अनुसारको आम्दानी ठिकै हुने गरेको छ’ उहाँले भन्नुभयो । बाँसका सामग्रीको तुलनामा बजारमा स्टिल तथा प्लाष्टिकका विभिन्न सामग्रीहरु प्रशस्तै मात्रामा पाइने भएपछि पहिलेको तुलनामा व्यापार आधा कम भएको उहाँले बताउनुभयो ।

‘पहिले घरायसी काममा बाँसबाट भनेका छिटुवा, सुपा, भकारी, डोकोलगायत सामग्रीको धेरै प्रयोग हुने गर्दथ्यो । तर पछिल्लो समय कम लगानीमै राम्रा सामग्री बजार किन्न पाइने भएपछि बिक्री घटेको छ’ उहाँले भन्नुभयो । अहिले पनि तिहारमा रोटी पकाउनेदेखि विवाह, पूजालगायतका धार्मिक कार्यहरु हुँदा बाँसका सामग्रीहरुको खोजी हुने भएकाले बिक्री हुने गरेको बाँसबाट निर्मित सामग्री बनाएर बिक्रि गर्नेहरुको अनुभव छ ।

पछिल्लो समयमा खासगरी पूजा सामग्री बोक्न बाँसको टोकरी, गाउँमा स्याउला बोक्न डोको, माछा मार्ने पेरुंगोलगायत घरायसी काममा प्रयोग हुने सुपा, छिट्ुवा खोज्न घरमै मानिसहरु आउने गरेको उहाँ बताउनुहुन्छ । विभिन्न सामग्री बनाउने कच्चा पदार्थ बाँस भने घरमा पनि भएको र नपुगेको अवस्थामा गाउँघरमै किनेर भएपनि बनाउने गरेको खिमबहादुरले बताउनुभयो ।

‘बर्षभरी नै बाँसका सामग्री उत्पादन गर्ने हुँदैन, खासगरी घरको कामबाट फुर्सद निकालेर सामग्री बनाउने हो’, उहाँले भन्नुभयो ,‘फुर्सदमा बनाएका सामग्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।’ बाँसबाट घरका लागि आवश्यक सामग्री बनाउन दुःख धेरै हुने र त्यसअनुसारको मुल्य नहुँदा पछिल्लो पुस्ताले सिप सिक्न भने जाँगर नगर्ने गरेको पुराना पुस्ताको भनाई छ । बाँसका सामग्रीबाट विभिन्न सामग्री बनाउने तालिम आवश्यक रहेपनि स्थानीयको नजरमा यो पर्न नसकेको उहाँले बताउनुभयो ।

मेरी आमा साँच्ची महान छिन

अनुभूति

बसुन्धरा गौतम
कक्षा ३ पछी कक्षा ४ को पढाए मेरो प्रस्तावित माध्यामिक विद्यालय मौरीघाटमा सुरु भयो । नयाँ विद्यालय नयाँ साथीभाइ सुरु सुरुमा असजिलो लागे पनि विस्तारै रमाइलो लाग्न थाल्यो । कक्षा चारमा ठुलो र सानो ए, वि, सी, डी पढन थालियो । जनतन आफनो नाम वुवाको नाम आमाको नाम अनि विद्यालयको नाम । गाउँको नाम कति कक्षामा पढछु भन्ने कुरा भन्न लेख्न जानियो । साच्चै कम्ता खुशी लाग्ने र अँग्रेजी अक्षर लेख्दा र भन्दाका दिन । हामीलाइ अंग्रेजी अक्षर चिनाउने र पढाउने पुरुषोत्तम पौडेल भन्ने सर हुनुहुन्थ्यो जस्तो लाग्छ । उहाँ निकै कडा स्वभावको तर वुझाएर पढाउने पनि त्यत्तीकै हुनुहुन्थ्यो । उतिवेला घोकन्ते विद्याको खुव चल्ती थियो । पुरै पाठ घोक्न लगाउने गर्नुहुन्थ्यो । गृहकार्य पनि खुवै गर्नुपर्ने । नजाने डस्टर, छडी, पुस्तक के हो केवाट पिटाइ खानुपर्ने । कहीलेकाँही सोधेको नजाने एक आपसमा गालामा चडकन लाउने पनि गर्नुपर्ने । अनि सर कक्षा कोठावाट गएपछि फेरि साथी भाइबीच झगडा सुुरु हुने । झगडाको विषय एउटै हुन्थ्यो, ‘मलाइ कीन वेस्मारी पिटीस ? भन्ने’ जे जस्तो भएपनि एकै छिनमा मिलिहालिन्थ्यो । कहीले काही त नजानेपछि गृहकार्य नगरे केटा होस या केटी नाच्नुपर्ने । मौरीघाट जान थाले पछि खोला नालाको डर पनि भएन अनी वाटोघाटो पनि राम्रै थियो । विद्यालय पनि रमाइलो लाग्न थाल्यो ।
थोरै विद्यार्थी पहिला हाम्रो विद्यालय सात सम्म मात्र थियो । हामीनै त्यो विद्यालयका मा. वि. का पहिलो विद्यार्थी हौ । विद्यालयमा रेकर्ड त छ होला हामीलाइ पढाउने सर कोही कोही वित्नुभयो । कोही कता जानु भो ? विद्यार्थी औलामा गन्न सकिने थियौं हामी । पास हुँदै जाँदा विद्यालय ८, ९, १० हुँदै गएको हो । त्यो विद्यालयलाइ मा. वि. वनाउन विद्यालयका प्रधानाध्यापक चन्द«ीका प्रसाद तिवारी, त्यहा रहेका मुख्य पटवारी, समाजसेवी, अभिभावक वद्धीजिवी सवैको ठुलो देन छ । मौेरीघाटमा गएपछि पानी परे छुट्टी हुने, अनि चुहिने कक्षाकोठावाट पनि मुक्त भइयो । विद्यालय तुलनात्मक राम्रै थियो । कक्षा कोठामा थोरै विद्यार्थी हँुदा सर र विद्यार्थीबीच चिनाजानी राम्रै भयो । म पढ्नलाइ मस्तै जान्नी नभएपनि जान्नी थिए । सर मेडमहरुले माया नै गर्नुहुन्थ्यो । त्यतिबेला मिसहरु हुनुहुन्थेन । नेपाली पढाउने सरस्वती न्यौपाने मेडम, शान्ता अधिकारी, कृष्णा शर्मा लगायत हुनहुन्थ्यो । त्यस्तै गरेर चन्द« जि सी, सुर्यप्रकाश भन्डारी, गोपीकृष्ण चौधरी, नेत्र एटम लगायतका सरहरुले विभिन्न विषय पढाउने गर्नुहुन्थ्यो । विद्यालयमा रमाइला दिनहरु विती रहेका थिए । सायद ०४५÷०४६ सालतिर जस्तो लाग्छ । विद्यालयमा विभिन्न विद्यार्थी संगठनका नेताह्ररु जाने कक्षा कोठामा जम्मा गरेर भाषण गर्ने । राजतन्त्र फाल्ने प्रजातन्त्र ल्याउने कुरा सुनाउने गर्थे । उतिवेला अरु धेरै थाहा पाउँदैन । नेपाल विद्यार्थी संघ अनि अनेरास्ववियू (पाँचौं) यस्तै मात्र नाम सुन्थे मैले । झोला वोकर विद्यालयमा आउने गर्थे अनी हाम्रो पक्षमा लाग भन्थे । म चाँही साथीभाइलाइ भन्थे यि नेताका झोला वोक्ने झोलेको के पछी लाग्नु के हुन्छ भन्थे । तर केटा केटीपन न हो थाहै नपाइ म त कतिबेला ने वि संघ वनिहालेछु । मैले केही न वुझी टाठी वाठी छे भनेर नेता जस्तो अगुवा वनाएको संझना छ । विद्यालयमा ने वि संघका नेताहरु गएका थिए । ठ्याक्कै संझना भएन । एकपटक देशमा राजा फाल्ने र प्रजातन्त्र ल्याउने भन्ने आन्दोलन चल्यो, नेताहरु विद्यालय वन्द गराउदै हिडेका थिए । हाम्रो विद्यालयमा भने पढाइ भैरहेको थियो । राजावादी विद्यालय, राजावादी हेडसर भनेर हाम्रो हेडसर चन्द«ीका प्रसाद तिवारीलाइ लछार पछार गरे । हामी केटाकेटी छ÷ सातमा पढदै गरेका रुदै करायौ । त्यो वेला अति डर पनि लाग्यो । पछी के के भयो । अनि हाम्रो पढाइ फेरि निरन्तर अगाडी वढयो ।
मौरीघाटवाट भानपुर आउनलाइ काठको पुलो थियो । सानो नदीमा ठूलै वाढी आयो भएको पुल भत्कायो । वाटो विग्रीयो । अनी केही समय त विद्यालय हामी काठको डुँगा चढेर आउजाउ गर्नथाल्यौ । एक दिनको कुरा हो विद्यालयबाट घर फर्कीदा त्यस्तै वाढी आयो । डुँगा पनि थिएन । मलाइ पौडी खेल्न पनि नआउने दुइ नदीको बीच टापुमा घर भएपनि खोला जाने खोला तर्ने गरीएन । वर्षा लाग्यो भने विद्यालय जान बाहेक अरुवेला घरवाट निस्कन पाइन्थ्यो । त्यसैले पनि होला नदी तर्ने पौडीने सिप हामी संग थिएन । हाम्रो गाउँ थारुहरुको वाक्लो वस्ती भएको गाउँ थियो आठ, दश घर वाहेक सवै थारुजातीका घर थिए । एकजना दमाइ, एकजना जोगी थरको घर थियो । दुइ,चार घर वाहुन क्षेत्रीका घर थिए । त्यतिवेला हाम्रो गाउँमा अरु जातीको वसोवास थिएन । सवै थारु थारुनै थिए । अहिले जस्तो उतिवेला हाम्रो गाउँमा जातपात यो, त्यो थिएन । एक आपसमा मिलेर वसेको समाज थियो । चाडपर्व वा मर्दा पर्दा, दाउरा पात गर्ने मलामी जाने विवाहवारीमा आउने जाने सव थियो । एकदम राम्रो समाज थियो । थारुको वाक्लो वस्ती भएका कारण पनि विद्यालय आउने जाने थारु जातीका छोरा छोरी साथी थिए । खोला तर्न हामीसंगै खोलामा पस्यौ मलाइ बीचमा हात छोपेर दाँया, वाँया मेरा थारुजातीका केटीहरु अर्थात मेरा साथीहरुले नदी तार्दै थिए । बीचमा गहीरो पानीको सतह रहेछ । उनीहरु मेरो हात छाडेर पौडन थाले मलाइ पौडन आएन तर पनि सवैलाइ आफनो ज्यानै प्यारो हुँदो रहेछ मैले पनि यसो हात फैलाएर उनीहरुलाइ च्याप्प छोपेर माथी तैरन थाले । त्यसो गरेर जेनतेन किनारा लागियो ।
एकपटको अर्को विर्सन नसक्ने घटना भो । हामी विद्यालयवाट आउने वाटोमो सानो नदी राप्तीको एउटा भंगालो थियो । मान्छे मरे पछि कतीले त्यही जलाउथे कतीले राप्ती नदीमा नै लान्थे । एकपटक विद्यालयवाट आउँदा हाम्रो अघि अघि एउटा मलामी को लस्कर आयौ केटा केटी पन पछी पछी लागेर घाटमै पुगेछम । वेलुका घर आएपछि आमाले, दिदीहरुले थाहा पाउनु भो गाली गर्नु भो डर पनि देखाइदिनुभो । अव राती मरेको मान्छे आउँछ भनेर म त कतिदिनसम्म सिरकभित्रै मुख नदेखाइ डराइ डराइ सुतें । केटाकेटी दिनमा वाटामा फलेका काँचो मेवा, मकै, काँक्रा, वदाम, वेलाउती, आँप जामुनाका फल फुल केही छाडिन्थ्यो । चोरेर खाने । त्यतिमात्र काँ हो र ? उतीवेला पैसा कहिलेकाँही मात्रै पाइन्थ्यो । कहीलेकाँही अर्था औसी, सक्रान्ती, एकादशी, दशै तिहार र श्राद्धमा । त्यसबेला बढीमा पाँच रुपैया पाइयो होला । यसरी पाएको पैसाले किनेर खाने भनेको लमचुस, चटनी चकलेट, पार्लेजी विस्कुट यस्तै हो खाने । वन नजिक भएका साथीहरुले दालचीनीको पात वोक्रा इमलची लान्थे स्कुलमा । किन्नलाई पैसा नहुने । पैसाको कारोवार विद्यायमा नहुने । अनि हामीले कपीको बीचलाई एकतौवा भन्थिम त्यहि निकाल्ने अनि त्यसैमा राखेर साटासाटा गरेर खाने गर्थिम ।
त्यो जमानामा पनि आमाले हामीलाइ कृष्णनगरको वढनी वजारवाट लेख्नलाइ चिल्लो कपी, मसी ल्याइलिने गर्नुहुन्थ्यो । साठी पानाको कपी हुन्थ्यो । तर त्यो कपी दिन दिनै दुव्लाउदै जान्थ्यो । कारण थियो इमलची, दालचीनीको पात साटेर खाने । कहीले काँही समय भन्दा अगाडी कपी मागे आमाले सोध्नु हुन्थ्यो कपी खै ? भनेर अनी हेर्ने पनि गर्नुहुन्थ्यो । अनी कपीको अवस्था देख्दा संझाउदै गाली पनि गर्नुहुन्थ्यो । आमाले आफ्नो जमानाका कुरा सुनाउनु हुन्थ्यो । भन्नुहुन्थ्यो, ‘मैले वाँसको कलमले लेखेर पछि लेखेको कपीलाई पानीले धोएर सुकाएर पुनः लेख्थे ।’ ‘कति दुःख थियो कपीको अहिले च्यातेर खेर फाल्छौ ।’ भन्नुहुन्थ्यो । एक दुइ दिन साटन छाडिन्थ्यो अनि लागेको वानी केही गरे नजाने फेरि उही क्रम चल्ने । मेरी आमा उ वेला पनि पढेलेखेकी हुनुहुन्थ्यो । कक्षा ८ पास गर्नुभएको थियो । आमाको ९ वर्षमै आँवैले विवाह गरिदिनु भो र वुवा ११ वर्षको । आमा चाही ९ वर्षकी अरे । पछि विद्यालयको नजीक भनेर वुवा आँवैको घरमा वसेर पढन थाल्नु भो । विवाहपछि पनि मेरी हजुरआमा यानेकी आवैले आमालाइ पढाउन छाढनु भएन । आमाले महीनाको एक रुपिया ‘फि’ तिर्नुपर्ने, अनि आमाका वुवा सानैमा वित्नु भएछ । अनी सवै जिम्मा आवैको काँधमा परेछ । पैसा भनेको वेला नहुने । एकदिन शिक्षकले आमालाइ समयमा ‘फि’ नल्याएको भनेर हपारेछन । फिस ल्याउनु नत्र स्कुल नआउए हुन्छ भनेछन । आमालाइ चोट परेछ त्यसपछि आमा स्कुलै जान छाडनु भएको रे । उतिवेला आठ कक्षा पढेकाले सामान्य तालिम लिएपछि शिक्षक बन्न पाइन्थ्यो रे । आमाले पनि त्यसै गरेर केही वर्ष शिशिका वनेर विद्यालयमा पढाउनु भएछ । पछी आमाले १५ वर्षमै सन्तान पाउनु भो रे । अनी छोरा खोज्न उ वेलाको समाज, वुवा आमाको चाहाना त दुइ सन्तान मात्र गराउने थियो अरे । तर वुवा पनि घरको एकलो छोरा, आमा झन माइतमा एक्ली सन्तान । आवैहरुले मानेन अरे अनि छोराको आसै आसमा आमाले आठ वहीनी छोरी जन्माउनु भएछ अनी तीन भाइ छोरा । यो बीचमा सन्तान वर्षेनी भएपछी आमाले पछी पढाउने पेशा छाड्नु भएछ । वुवा पनि पेशाले शिक्षक हुनुहुन्थ्यो अरे पछी वुवाले पनि छाडनु भो अरे । हामी आमाका आठ छोरी अनी तीन भाइ छोरा गरि ११ सन्तान थियौ । छोराको पर्खाइमा आमा वुवाले ११ सन्तान जन्माउनुभयो । हामी सानै छँदै वुवाको स्वर्गबास हुनुभयो । नारायणपुर आफन्तिकोमा आएको समयमा बुवा एक्कासी वित्नु भएछ । पछि आमालाइ विरामी भनेर वोलाएर आउनु भएको रे । आउँदा त वुवा वितीसकेको लास भेटनु भो । उ वेलाको सोझो जमाना हामी केटा केटी साना वुवाका न भाइ न दाइ आमाको पनि न दाइ न भाइ त्यसैले पनि होला के कसरी भन्ने उजुर वाजुर गर्ने कोही भएन । वुवा के कति कारणले वित्नु भयो थाहा भएन । वुवा वित्दा दुइ दिदी वहीनीको विहे भएको थियो वाँकी हामी नौ सन्तानलाइ पढाउने लेखाउने हुर्काउने विहेवारी सव व्यवहार आमाको काँधमा प¥यो । आमाले हामीलाइ कहीले वुवाको कमी हुन दिनु भएन हामीलाइ शिक्षा दिने, लालनपालन गर्ने कुरामा केही कसर वाँकी राख्नु भएन । आफुले एक रुपीया भनेको समयमा दिन नसक्दा विद्यालय छाडेकी मेरी आमाले कहीले फि तिर्नलाई भोली भन्नुभएन । शिक्षामा आमाले लगानी नगर्न कहीले भन्नु भएन । आज हामी सवै सन्तान सकुशल छौ शिक्षित छौं यो सव आमाको देन हो । आमाको लालनपालन हो ।
आमा वेला वेलामा भन्ने गर्नुहुन्थ्यो । मैले जागीर नछाडेको भए छोराछोरीलाइ तिमिहरुका बुवाले छाडेर गएपनि सजिलै पाल्थे होला । छोरा होस या छोरी आफै सक्षम वन्नु पर्छ । आफनो खुटामा उभिनुपर्छ । हिम्मत हार्नु हुन्न । जस्तो परिस्थिती आएपनि सामान गर्नुपर्छ । जिवनमा हरेस कहिले नखानु । हिम्मत कहीले नहार्नु । भन्ने आमाको कुरा आज पनि जिवनमा काम आइरहन्छ । अप्ठेरो परे यही कुरालाइ मनन गरेर अगाडी वढने कोशीस गर्छु । धेरै छोरी भएपनि आमा छोरीको विहे गर्न कहिले हतारो गर्नुभएन । उ वेला पनि आमाले स्नातक तह पास गरेर मात्र छोरीहरुको विहे गरिदिनु भो । अरुले जे भनेपनि चरित्रमाथी दाग लाग्ने काम कहिले नगर्नु हर क्षेत्रमा अगाडी वढनु भन्नुहुन्थ्यो आमा । मेरो पत्रकारिताको श्रेय पनि म मेरी आमालाइ दिन्छु । आमा सधै हामीलाइ वोलेर पढन लगाउनु हुन्थ्यो ता की खाना वनाउदै गर्दा घरधन्दा गर्दै गर्दा पनि छोरा छोरीले पढेको सुनेर गलत भए सच्याउन सकु भन्ने आमा सोच्नु हुन्थ्यो । पछि बोलेर पढने वानीको विकासले पनि होला मलाइ रेरियो पत्रकारितामा सहज भो । हुन त सवैका आमा सवैका लागि महान हुन्छन नै तै पनि म अझ विशेष देख्छु मेरी आमा । नौ वर्षमा विवाह गर्नु भो । ३९ वर्षमा ११ सन्तान सकुशल जन्माउनु भो । ४० वर्षमै विधवा हुनु भो । छोरा छोरीको लालन पालन शिक्षा दिक्षा विवाह जिम्मेवारी अन्य व्यवहार चानचुने कुरा थिएन । साँच्ची मेरी आमा देवि हुन । सरस्वती हुन । भाग्यमानीले मात्रै पाउछन होला मेरी आमा जस्तो महान आमा ।

घोराहीमा हजारौं जनता उतार्ने तयारीमा एमाले दाङ

राप्ती पोष्ट

दाङ, वैशाख । नेकपा एमाले दाङले आगामी जेठ ६ गते हुने १४ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बढी भन्दा बढी जनसहभागिता गराउने तयारीमा लागेको छ । नेकपा एमाले दाङका उपाध्यक्ष तथा जनपरिचालन उपसमितिका संयोजक राममणि पाण्डेयले उक्त दिन हजारौंको सहभागिताका सभा गरिने बताउनुभयो ।
‘नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा हजारौं नागरिकको सहभागिता गर्ने गरि तयारी गरिएकोछ ।’– पाण्डेले भन्नुभयो । सोही क्रममा जनपरिचालन उपसमितिका संयोजक समेत रहनुभएका पाण्डेको अध्यक्षतामा बसेको बैठकले दाङका सवै वडाबाट समर्थक तथा शुभेच्छुकलाई सहभागि गराउने निर्णय गरेको थियो ।

सभाको तयारी बारे छलफल गर्नका लागि आयोजना गरिएको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे अर्का केन्द्रिय सदस्य केन्द्रीय सदस्य सिता सिग्देल न्यौपाने र नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यको उपस्थिती थियो । बैठकमा जेठ ६ गतेको कार्यक्रममा कसरी बढी भन्दा बढी जनसहभागिता गराउने भन्ने बारेमा छलफल भएको थियो । बैठकमा सहभागि अतिथिहरुले विगतका अनुभवका आधारमा जनपरिचालन गर्नुपर्ने बताउनुभएको थियो ।

नेकपा एमाले दाङले हरेक बर्ष जेठ ६ गतेका दिन नेत्रलाल स्मृति दिवसका अवसरमा बृहत जनसहभागिता सहितको कार्यक्रम गर्दै आइरहेको छ । यस बर्ष जिल्ला अधिवेशन उद्घाटन समेत रहेका पार्टी अध्यक्ष ओली स्वयम आउन थाल्नुभएको छ । पार्टी अध्यक्ष स्वयम आउने भएकाले कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि जिल्ला कमिटीको व्यापक परिचालन गर्ने तयारी गरिएको जनपरिचालन संयोजक पाण्डेले बताउनुभयो ।

कार्यक्रममा ५० हजार नागरिकको सहभागिता गराउने गरी तयारी गरिएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार उक्त दिन दाङका एक सय वटै वडाबाट जनउपस्थिति गराइने छ । यसका साथै दाङ जिललका दशवटै पालिकामा स्वागतद्वार निर्माण गरिने छ । जिल्लाका १० वटै पालिकाबाट मौलिक झाँकी प्रदशृन गरिनेछ । उद्घाटन कार्यक्रममा गर्नुपूर्व घोराही १७ गुलरियामा रहेको नेत्रलाल अभागीको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रम घोराही १४ मा रहेको सभागृहमा गर्ने तयारी गरिएको भएपनि शिलत हुने अन्य स्थानको खोजी भइरहेको पनि पाण्डेले बताउनुभयो । अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम खुल्ला स्थानमा गर्ने बारेमा छलफल गरिएको भएपनि बन्द सत्रको कार्यक्रम सभागृहमा गरिनेछ । जनपरिचालन उपसमितिका संयोजक पाण्डेले अधिवेशनलाई उत्सवमय बनाउने गरी तयारी थालिएको बताउनुभयो । नयाँ नेतृत्व चयन समेत गर्ने गरेर हुन थालेको अधिवेशनमा जिल्लाका नेता कार्यकर्ताको पनि चासो बढेर गएको छ ।

नयाँ नेतृत्व चयन गर्दा सर्वसम्मत रुपमा गर्नुपर्छ भन्ने मत बलियो रहेको भएपनि निर्वाचन गरेर कार्यसमिति चयन गर्नुपर्ने आवाज जोडदार रुपमा उठ्न थालेको छ । नेकपा एमाले दाङले यस अघिका दुईवटा अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको थियो । बहुपदमा गएपछि २०६६ र २०६९ सालमा निर्वाचन भएको थियो भने २०७३ र २०७८ मा निर्वाचन भएको थिएन ।

ठाउँमै पुगेर न्याय दिँदै न्यायीक समिति

छबि पुरी/राप्ती पोष्ट

घोराही,  बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर–८ सौरी र वडा नम्बर–७ जबरपुरका गाउँलेले सेवार खोलाको पानी संयुक्त रुपमा प्रयोग गरेर खेतीपाती गर्दै आएका थिए । खोलाको पानीलाई दुई गाउँको सिमानाबाट कुलो निकालेर बाउ बाजेको पालादेखि प्रयोग गर्दै आएका थिए । खोलातिरको भाग वडा नम्बर –८ सौरीका किसानको हो ।
कुलो बनाईएको भाग वडा नम्बर –७ जबरपुरको । खेतीपाती गर्दा त्यही कुलाको पानी हालेर बाउबाजेको पालादेखि दुवै गाउँका स्थानीय कृषकले उब्जनी लिए । अहिले त्यही कुलोको पानी वडा नम्बर ७ जबरपुरका गाउँबासीले मात्रै प्रयोग गछौँ भन्न थालेपछि सौरीका किसान आफुहरु मारमा परेको दुखेसो लिएर घोराहीको न्यायीक समिति गुहारेका छन् ।
गत वर्षसम्म सामान्य कुलो भएकाले खेतमा पानी चाहार्न दुवै तिरका गाउँलेलाई सजिलो थियो । तर, यो वर्ष वडा नम्बर ७ जबरपुरका गाउँलेले वृहत सिंचाई आयोजनाबाट १० लाख बजेट पारेर सोही कुलोमापक्की नहर बनाएपछि समस्या निम्तियो । एक सय ८० मिटर लामो पक्की नहर बनेपछि जबरपुरबासीले सौरीका किसानलाई कुलोको पानी नदिने अडान लिएपछि समस्या सतहमा आएको हो । सौरीका किसान सुनिता चौधरीले सेवारखोलाबाट ल्याईएको कुलो आफुहरुको जग्गाबाट ल्याएको भन्दै अहिले पानी प्रयोग गर्न नदिनु अन्याय हुने बताउनुभयो ।

पक्की नहर बनेपछि पानी पाउनबाट वन्चित भएको भन्दै न्यायका लागि आफुहरु लागि परेको सौरीका किसान बताउँछन् । सौरीका अर्का किसान गोविन्दप्रसाद चौधरीले परापूर्वकालदेखि प्रयोग गर्दै आएको कुलोको प्रयोग सबैले गर्न पाउनुपर्ने बताउनुहुन्छ । पक्की नहर बनाउँदा भएको श्रमको लागत सहभागीताको खर्च आफुहरुले व्यहोर्न तयार रहेको बताउनुभयो । उता, जबरपुरबासीले आफुले प्रयोग गर्दै आएको कुलोको वडा नम्बर ७ मा पर्ने हुँदा सौरीका किसानलाई दिन इच्छुक छैनन् । कुलो बगेको क्षेत्र ७ नम्बर वडामा रहेको र आफुहरुले संरक्षण गरेर बनाएको कुलो पक्की नहर बनेपछि नदिने अडानमा उनीहरु छन् । वडा नम्बर ७ जबरपुरका मंगलप्रसाद चौधरीले हिजोका दिनमा आफुहरुले सहानुभूति देखाउँदै सौरीका किसानलाई कुलोको पानी दिएको भएपनि अब दिन नसक्ने बताउनुभयो । पक्की नहर बनाउने बेलामा पनि सौरीका किसानलाई बोलाएको तर उनीहरुले चासो नलिएको तर्क गर्नुभयो ।

कुलोको पानी नपाए आफुहरुको खेत बाँझै रहने भन्दै सौरीका करीव २० परिवारका किसानले न्याय पाउनुपर्ने माग गर्दै निवेदन दिएपछि न्यायीक समितिले स्थलगत रुपमा पुगेर समाधानको प्रयास गरेको छ । बुधबार बिहान पालिकाको न्यायीक समिति समस्या भएको क्षेत्रमा पुग्दा जबरपुरबासी र सौरीका किसान एकै ठाउँमा भेला भएका थिए । दुवै पक्षले न्यायीक समिति समक्ष आफ्नो भनाई राखेका छन् । न्यायीक घुम्ती शिविरमार्फत स्थलगत रुपमा पुगेर न्यायीक समितिले थालेको यो प्रयासलाई दुवै पक्षले सकारात्मक रुपमा लिएका छन् । ‘समस्याका बारेमा ठाउँमा पुगेर अवस्था बुझ्ने अनि कुरा सुनेर न्यायका लागि छिनोफानो गर्ने तरिका नौलो मात्रै होईन निकै राम्रो लाग्यो’ स्थानीय महाबीर चौधरीले भन्नुभयो । स्थलगत रुपमा अवस्था बुझेर पक्ष–विपक्षको कुरा सुनेको न्यायीक समितिले दुवैलाई न्याय हुने गरी निर्णय गर्छ भन्नेमा दुवै गाउँका किसान विश्वस्त छन् । न्यायीक समिति संयोजक एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीसहितको टोलीले स्थलगत रुपमा अध्ययन गरेर दुवै पक्षलाई न्यायीक इजलासमा बोलाएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र मा रहेका न्याय सम्पादन गर्ने गरेको छ । जबरपुर र सौरीका किसानका बीच उत्पन्न विवाद उपदफा १ अनुसार आलीबाँध, पानी कुलोको रहेकाले सोही अनुसार न्याय निरुपण हुने घोराही उपमहानगरपालिका कानूनी सल्लाहकार भुपबहादुर केसीको भनाई छ ।

‘अहिलेको अवस्थामा दुवै पक्षले जे जस्तो अडान राखे पनि कानूनले दिएको अधिकारलाई टेकेर न्याय दिने काम हुनेछ’, उहाँले भन्नुभयो ‘विवादको समाधान गरेर दुवै पक्षले न्याय पाउनु हुनेछ ।’ न्यायीक समिति संयोजक डिसीले आफुले अधिकार माग्दै गर्दा अरुको अधिकारका बारेमा सबैले मनन् गरिदिने हो भने समस्याको समाधान त्यहीँबाट निस्कने बताउनुभयो । कुलो पानीको विवादलाई समाधान गर्न दुवै पक्ष लचिलो हुनुपर्ने उहाँको आग्रह छ । ‘विगतदेखि वर्तमान अवस्थासम्म आईपुग्दाको बिस्तृत अध्ययन गरेर न्यायीक इजलासमार्फत मुद्धा फछ्र्यौट गर्नेछौँ’, उहाँले भन्नुभयो ‘स्थलगत रुपमा अवस्थाबारे जानकारी भएको छ, दुवैका कुरा ठाउँमै आएका सुनेका छौँ । अब न्यायीक इजलासमा दुवै पक्षलाई बोलाएर कानून अनुसारको प्रकृया अघि बढाउने छौँ ।’

समुदाय स्तरमा पुगेर न्यायीक समितिले काम गर्दै न्याय निरुपण हुँदा आम नागरिकलाई यो पक्षले विश्वास जित्दै गएको छ । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले न्याय निरुपणको काम गर्दा धेरैले सहज रुपमा घर आँगनमै न्याय पाईरहेको अनुभति गर्ने गरेका छन् । फौजदारी अभियोगबाहेक देवानी सम्बन्धि मुद्धाको विषयमा न्यायीक समितिले काम गर्दै आएको छ । २०७४ असार १४ गते जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि २०७४ भदौ २ गते घोराही उपमहानगर कार्यपालिकाको पहिलो नगर सभाबाट न्यायीक समितिले आफ्नो औपचारिक रुपमा जिम्मेवारी पाएपछि हालसम्म बरिव एक हजार दुई सय परेकामा एक हजार एक सय पचास बढी उजुरीको मिलापत्र गरिसकेको छ ।

घोराही उपमहानगरपालिकाको न्यायीक समितिले यस अवधिसम्ममा ९५ प्रतिशत बढी उजुरी उपर छलफल गरी मिलापत्र गराउन सफल भएको छ । न्यायीक समिति संयोजक डिसीले समितिमा परेको निवेदनलाई निकै गम्भीरतापूर्वक गोपनीयता कायम गरी छलफलका माध्यमबाट टुंगो लगाउने काम गरेकाले छिटो छरितो भएको बताउनुुहुन्छ । न्याय निरुपणको कामको प्रगतिको अवस्था बारे न्यायीक समितिले हरेक ३–३ महिनामा पत्रकार सम्मेलन गरेर जानकारीसमेत गराउँदै आएको छ ।

ठेकेदारको बदमासीले घोराही उपमहानगरको प्रशासनिक भवन अलपत्र

राप्ती पोष्ट

घोराही, बैशाख । घोराही उपमहानगरपालिकाको प्रशासनिक भवन बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनीले पालिकालाई नराम्ररी फसाएको छ । २० करोड पाँच लाख ९२ हजार आठ सय ९२ रुपैयाँमा घोराही उप महानगरपालिका परिसरमा निर्माणाधीन प्रशासनिक भवन सम्झौता भए अनुसार काम भएको भए सेवा प्रवाह यहि भवनबाट हुनुपर्ने थियो । काम सकिएर सेवा थालनी भई सक्नुपर्ने बेला अझै पिलर उठाउने काम भएको छैन ।

गत बर्ष वैशाख ३१ गतेभित्रै काम सक्ने गरी सम्झौता भएको छ तर अहिलेसम्म पनि जगको काम मात्रै भएको छ । सम्झौता अनुसारको समयमा काम नभएपछि म्याद थपेर असार मसान्तसम्म समय दिइएको थियो । तत्पश्चात थपेको म्यादमा पनि काम हुन सकेन । मंसीरताका केही दिन काम गरेर हराएको ठेकेदार कम्पनी लामो समयदेखि निर्माण स्थलमा देखिएको छैन । दुई वर्ष बिताएर काम नगरेको निर्माण कम्पनीलाई जसरी पनि काम गराउनुपर्छ भनेर उपमहानगरपालिकाले म्याद थपेको थियो । तर, अटेरी ठेकेदारको अघि पालिकाको के लाग्थ्यो र ? सिंगो स्थानीय सरकारलाई एऊटा निर्माण व्यवसायीले नराम्ररी नचाई रहेको छ ।

अन्डरग्राउण्ड पार्किङबाहेक पाँच तलाको भवन बनाउने गरी सम्झौता भएको छ । लिफ्टसहितको सुविधासम्पन्न प्रशासनिक भवन ठेक्का सम्झौताअनुसार भवन निर्माण २०८० वैशाख ३१ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेमा अहिलेसम्म भौतिक प्रगति करिब १५ प्रतिशतमात्रै भएको उपमहानगरको पूर्वाधार महाशाखाले जनाएको छ ।

२०७८ वैशाख ६ गते ठेक्का सम्झौता भएको प्रशासनिक भवन बनाउने गौरी–पार्वती÷भुसाल बस्नेत जेभी २०७९ साउन १५ गतेदेखि सम्पर्कविहीन बनेको थियो । म्याद थप्नकै लागि साइटमा देखिएको निर्माण कम्पनीले म्याद थपेकोमा पटक पटक आग्रह गर्दा पनि काम हुन सकेन । अहिले पनि ठेकेदारले काम नगरेपछि भवनको विषय उपमहानगरपालिकाको टाउको दुखाइ बनेको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेलको भनाई छ । कयौँ पटक पत्र पठाउँदा काममा नफर्किएका गौरी–पार्वती÷भुसाल बस्नेत जेभीका तीनजना प्रोप्राइटर म्याद सकिने बेला म्याद थपकै लागि साइटमा आउने अनि काम गर्ने वाचा गरेर पछि फेरी धोका दिने काम गर्दै आएका पालिकाको भनाई छ ।

घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाको रेकर्डमा गौरी–पार्वतीका विशाल थापा, भूसालका आकाश भुसाल र बस्नेत जेभीका प्रोप्राइटर ऋतु बस्नेतका नाममा कैयौँ पत्र काटिएको देखिन्छ । जगको काम समयमै नसक्दा भवन निर्माणका लागि खनेको खाल्डोमा पानी जमेर पिलर बनाउन प्रयोग भएका छड खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको थियो । पत्र पठाउँदा समेत काममा नफर्किने अटेरी व्यवसायीका कारण पालिका आफैले डन्डी बचाउन केमिकल र सिमेन्टको घोल हाल्न बाध्य भएको पूर्वाधार महाशाखाका इन्जिनियर सन्दीप घिमिरेले बताउनुभयो ।

काम अलपत्र पारेको निर्माण कम्पनीलाई पटकपटक लिखित, मौखिक ताकेता गर्दा पनि अटेरी गरेको र सम्पर्कमै नआएको भन्दै घोराही उपमहानगरले अब ठेक्का तोड्ने चेतावनीसहित ठेकेदार कम्पनीको नाममा सूचना जारी गरेको छ । निर्माण कार्य अगाडि बढाउन कुनै सक्रियता नदेखाएको, निर्माण व्यवसायी सम्पर्कविहीन रहेकाले उक्त निर्माण ठेक्का किन तोड्ने मनसायका साथ सूचनामा निकालिएको छ । निर्माण कम्पनीलाई ठेक्का नतोड्नुपर्ने विश्वसनीय कारणसहित सात दिनभित्र सम्पर्कमा आउन पनि उपमहानगरले आग्रह गरेको छ । सम्झौताअनुसार काम नभएपछि दोस्रोपटक चैत मसान्तसम्म म्याद थपिएको थियो । काम गर्छु भनेर दोस्रो पटक थपिएको म्याद पनि चैतमै सकिएको उपमहानगरको पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेलले बताउनुभयो । यतिका समयसम्म पनि तल्लो बेसमेन्ट बाहेकको अरु काम हुन नसकेको उहाँको भनाई छ । करिब चार करोड रुपैयाँ पेश्की लिएर पनि काम नगरेपछि ठेक्का तोड्न सूचना जारी गरिएको उपमहानगरले जनाएको छ ।

राप्ती प्रादेशिक अस्पतालमा नागरिक समाजको अनुगमन

अस्पतालको सेवा अस्तव्यस्त

छबि पुरी /राप्ती पोष्ट

तुलसीपुृर, बैशाख । साविक राप्ती अञ्चलको सदरमुकाम हो, तुलसीपुर । अहिले पनि प्रशासनिक केन्द्रका रुपमा तुलसीपुर क्षेत्रबाट काम हुने गरेको छ । पश्चिम दाङसहित सल्यान, रुकुम, रोल्पाका नागरिक स्वास्थ्य उपचारदेखि अरु कामका लागि तुलसीपुर पुग्नुपर्ने अवस्था छ । नागरिकको बढ्दो चापका बीच सहज स्वास्थ्य उपचारका लागि स्थापना गरिएको तुलसीपुरमा रहेको लुम्बिनी प्रदेश स्तरीय राप्ती प्रादेशिकअस्पतालको अवस्था भने सन्तोषजनक हुन सकेको छैन ।

बढ्दो गर्मीका बेला बिरामीको चाप अत्यधिक बढेको छ । यो बेलामा बिरामीले सहज स्वास्थ्य उपचार सेवा पाउनु पर्ने हो तर, राप्ती प्रादेशिक अस्पतालले सेवा भन्दा बढी सास्ती दिने काम गरेको बिरामीहरुको दुखेसो छ । सोमबार नागरिक समाजसहितको एक टोलीले राप्ती प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा, प्रशासनिक अवस्थाका बारेमा गरेको स्थलगत अनुगमन निरिक्षण गर्दा उपचार सेवा सन्तोषजनक नरहेको भेटाएको हो ।

अस्पतालले प्रदान गर्ने सेवा प्रवाहका विषयमा नागरिक तहबाट गुनासोहरु आएपछि सरोकारवाला निकायबाट संयुक्तरुपमा अनुगमन गरिएको हो । अनुगमनमा बिरामीहरुको भीडभाड व्यवस्थापन हुन नसकेको, खरिद भएका औषधिको स्टक व्यवस्थापन भद्रगोल अवस्थामा रहेको, कुनै कार्यकक्षमा डाक्टरहरुको उपस्थित नै नभएकोलगायत विभिन्न प्रकारका समस्या देखिएको नागरिक समाजका पूर्वसंयोजक चन्द्रराज पन्तले जानकारी दिनुभयो ।

अस्पताल जस्तो गम्भीर र जिम्मेवार संस्था चुस्त दुरुस्त हुनुपर्नेमा बिरामीको उपचारमा पनि ध्यान नपुगेको बताउनुभयो । ‘प्रदेश तहको अस्पतालको अवस्था जुनरुपमा हुनुपर्ने हो, त्यस्तो मानिएन, दयनीय नै देखियो । अस्पताल विकास समितिले पदीय जिम्मेवारी अनुसार काम गर्न नसकेको जस्तो छ, जिम्मेवार ठाउँमा बसेपछि जिम्मेवारी वहन गर्न सक्नुपर्छ’ उहाँले भन्नुभयो ‘हामीले यो विषयलाई निकै गम्भीरतापूर्णक लिएका छौँ, नजिकको सरकारका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्कासँग पनि अस्पतालको सेवाका बारेमा कुरा राख्यौं तर उहाँले अस्पतालमा राजनीतिकरण हाबी भएका कारण काम गर्न अप्ठ्यारो भएको गुनासो सुनाउनुभयो । अस्पतालजस्तो संवेदनशील ठाउँ राजनीतिको चक्रव्युहमा फस्दा बिरामीले सहजै सेवा नपाउने अवस्था बनेको छ । यो असाध्यै गम्भीर कुरा हो, निकास दिनुपर्छ ।’

अस्पतालमा उपचारका लागि आउनुभएकी लमही नगरपालिका वडा नम्बर ६ का शिवा बुढाथोकीले सेवामा विश्वास बढ्दै गएपनि केहि ढिलासुस्ती हुने गरेको बताउनुभयो । उहाँले अस्पतालको सेवा थप सुधार गर्नुपर्ने सुझाव दिनुभयो । अनुगमनको क्रममा अस्पतालको डायलाइसीस सेवा भने प्रभावकारी देखिएको छ । अस्पतालमा थोरै जनशक्ति र थोरै मेसिनका बावजुद पनि सेवा प्रभावकारी भएको डायलाइसिस गराइरहेका बिरामीका आफन्तले बताएका छन् ।
मानवअधिकार एलायन्सका कार्यवाहक अध्यक्ष श्रीमन न्यौपानले सरकारले पूर्णरुपमा चासो नदिएका कारण र अस्पताल विकास समिति नै राजनीतिकरणको सिकार हुँदा भरपर्दो सेवा प्रवाह हुन नसकेको र अस्पतालका कर्मचारीहरु समेत मर्कामा परेको बताउनुभयो । अस्पतालका कार्यरत कर्मचारीले लामो समयसम्म तलब नपाएको जस्ता गुनासोसमेत गरेका छन् । एकातिर अस्पतालको स्वास्थ्य सेवा बिस्तार गर्दै बिरामीको सहज उपचारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ भने अर्कातिर कार्यरत कर्मचारीहरुको पारिश्रमिक समयमा भुक्तानी गर्ने वातावरण पनि मिलाउनु पर्ने अवस्था रहेको अनुगमन टोलीको ठहर छ ।

‘एक वर्षसम्म पनि अस्पताल विकास समितिका बैठक बस्न सकेको छैन । डाक्टर तथा कर्मचारीले ६ महिनादेखि तलब नपाएको अवस्था रहेछ । स्वास्थ्यकर्मीको दरबन्दी पनि पर्याप्त छैन । डायलासिस मेसिन छ, समस्या आउँदा मर्मत गर्ने जनशक्ति छैन । अनि कसरी हुन्छ, यस्तो अवस्थामा चुस्तदुरुस्त सेवा प्रवाह गर्न कठिन हुन्छ’ मानवअधिकार समाजका सदस्य न्यौपानले भन्नुभयो ‘ जिम्मेवार ठाउँमा बसेर पदीय दायित्व ह्वहन गर्नुपर्छ । सकेसम्म छिटो नभए पनि महिनामा १ पटक भए पनि अस्पताल विकास समितिको बैठक बसेको हुनुपर्ने हो ।

उता, नागरिकको अपेक्षाअनुसार सेवा हुन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट हेमराज शर्माले बताउनुभयो । राप्ती प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा विगतभन्दा सुधार हुँदै गएको भएपनि अझै धेरै काम हुन नसकेको उहाँको स्वीकारोक्ति थियो । उहाँले भन्नुभयो, ‘भीड व्यवस्थापनका लागि टोकन सिस्टम लागू गरेका छौं । अस्पतालको सबै क्षेत्रमा जनशक्ति अभाव छ । बिरामी तथा बिरामीका आफन्तहरु टिकट लिंदा भिडभाड नगरेरै लाइनबद्ध भएर बसिदिए पनि त भिडभाड कम देखिन्छ तर त्यसो गर्नुहुन्न’ उहाँले भन्नुभयो ‘रातको समयमा रेस्पोन्स हुँदैन भन्ने गुनासो छ । त्यो केही हदसम्म सत्य पनि हो । किन भने डाक्टरको दरबन्दी पर्याप्त छैन । एउटा डाक्टरले दिनरात कसरी हेर्न सक्छ ? आइसियु कक्ष तयार छ तर जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन सकेका छैनौं । समस्या अनेक छन्, यसको समाधान कसरी गर्ने भन्ने नै चुनौति रहेको छ’

यहाँको अवस्थाअनुसार दुई सय बेडको स्तरोन्नति आवश्यक छ । अस्पतालमा अहिले ५० शैयाको दरबन्दी हो तर त्यसअनुसारको डाक्टर छैनन् । त्यसमाथि पनि बिरामीको चापलाई मध्येनजर गरेर अस्पतालले ७४ बेडको सेवा प्रवाह गरिरहेको डाक्टर शर्माले जानकारी दिनुभयो । सोमवार अनुगमनका क्रममा सरोकारवालाहरुसँग डाक्टर शर्माले अस्पतालको तर्फबाट यी समस्याहरु राख्नुभएको थियो । अनुगमन टोली तुलसीपुरको नापी तथा मालपोत कार्यालयमा बेतिथि भइरहेको गुनासो पनि आएकोले जुनसुकै बेला यी कार्यालयहरुमा अनुगमनका लागि पुग्ने नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले सरकार फेरबदलको असर अस्पतालको व्यवस्थापनमा पर्ने गरेको तर्क गर्नुभयो । उहाँले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष सरकारले पठाउने भएका कारणले सरकार छिटोछिटो परिवर्तन हुँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय करिब १ वर्षदेखि अस्पतालको बैठक समेत नियमित हुन नसकेको जानकारी गराउनुभयो । स्थानीय सरकारले गर्नुपर्ने सहजीकरणमा आफुहरु सदैव सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

नागरिक समाजका पूर्वसंयोजक चन्द्रराज पन्त, सचिव नारायणप्रसाद श्रेष्ठ, कोषाध्यक्ष बसन्तराज भट्ट र सदस्य निर्मला गौतम, मानवअधिकार एलायन्सका श्रीमन न्यौपाने तथा स्तम्भकार समाजको तर्फबाट नारायणप्रसाद भण्डारी, मानवअधिकार तथा शान्ति समाजको तर्फबाट निवर्तमान केन्द्रीय उपसभापति सुशील बस्नेत लगायतले अस्पतालको सेवा प्रवाहबारे अनुगमन, निरिक्षण गर्नुभएको थियो ।

 

दाङमा एमालेको नेतृत्व र आगामी कार्यभारहरु –२

शरद अधिकारी

जेठको ६ गते दङालीहरुले भूल्नै नसक्ने दिन हो । नेत्रलाल पौडेल अभागीले सहादत प्राप्त गरेको दिनका रुपमा हामी यो दिनलाई लिने गर्दछौं । दङाली कम्युनिष्ट आन्दोलनका सतिसालका रुपमा अभागीको नाम सुनौलो अक्षरमा लेखिएको छ । आगामी जेठ ६ गतेका दिन हुने नेकपा एमाले दाङको चौधौं अधिवेशनबाट आउने नेतृत्वले गर्नुपर्ने केही महत्वपूर्ण कार्यभार रहेका छन् । दाङ जिल्लालाई कम्युनिष्टको किल्ला बनाउने हो भने पुनः एकपटक साझा संकल्प सहित जाने प्रतिवद्धता गर्नुपर्ने अवस्था आएको छ । तर दाङ जिल्लामा कस्तो प्रवृत्ति छ ? भन्ने बारेमा चर्चा गरिदैन । नेतृत्वमा रहेको मानसिकताका कारणले गर्दा नै समस्या भएको हो भन्ने कुरा खुलेर भन्न सकिदैन । अहिले पनि समस्या मुलमा छ । मुल सफा भयो भने तल सफा हुन्छ भन्ने सार्वमौम सत्य कुरा हो । मुलको समस्यालाई नजरअन्दाज गरेर बहावमा समाधान खोजिरहेका छौं । दाङ जिल्लामा नेकपा एमालेले कुनै बेला राम्रो नतिजा निकालेको थियो । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा १० पालिकामध्य दुईवटा पालिकामा मात्रै प्रमुख र उपप्रमुख जित्ने कुरालाई परिणाम मान्न सकिन्न । नेकपा एमालेको आगामी नेतृत्वमा को व्यक्ति ल्याउने वा को व्यक्ति आउने भन्ने बारेमा चर्चा ज्यादा हुने गरेको छ । को व्यक्तिले विगतमा के काम गरेको थियो ? आगामी दिनमा त्यसले के काम गर्न सक्छ ? भन्ने बारेमा धेरै चर्चा हुने गरेको छैन । गणेश प्रवृत्ति बोकेकाहरुले आन्दोलनलाई सफल हुन दिएका छैनन् । संसदीय प्रणालीमा निर्वाचन आफैमा आन्दोलनको मोर्चा हो । पाँच बर्षमा चार बर्ष तीन सय ६५ दिनसम्म नेकपा एमाले बनेर वा एमाले भनेर हिड्ने तर मतदान गर्ने दिन एमालेको निर्वाचन चिन्ह भन्दा अनेत्र छाप लगाउने प्रमुख कारणले एमालेले हार्ने गरेको छ ।

समीक्षाको अभाव

दाङ जिल्लाको कुरा गर्दा सवैभन्दा पहिले एउटा कुरा आउँछ कि दाङ जिल्लामा समीक्षा राम्रोसंग हुँदैन । समीक्षा गर्ने भनेको जित्दा वा हार्दा दुवै परिवेशमा हुनुपर्छ । नेकपा एमाले दाङमा न जित्दा समीक्षा हुन्छ । न हार्दा समीक्षा हुन्छ । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पार्टीको नतिजा राम्रो नआएपछि तत्कालिन सचिव शोभाराम बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । त्यसपछि पार्टी सचिवका रुपमा भागवत विश्वासी आउनुभएको थियो । त्यो भन्दा पछि जति निर्वाचन भए ति निर्वाचनमा समीक्षा गरिएन । २०६६ देखि २०७८ सालसम्म जिल्ला कमिटीको सदस्यका रुपमा रहदा कुनै दिन पनि गम्भिर तरिकाले निर्वाचनको समीक्षा भएको सुन्न पाइएन । २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा तत्कालिन अवस्थामा पार्टी सचिवको भूमिकामा रहनुभएका शंकर पोखरेलले निर्वाचन हार्नुभयो । २०६५ सालमा बुटवलमा भएको महाधिवेशनबाट सचिवको भूमिकामा आउनुभएका पोखरेलले दाङ क्षेत्र नं. ४ मा कमजोर मानिनुभएका बुद्धिराम भण्डारीसंग निर्वाचन हार्दा समेत जिल्ला नेतृत्वले समीक्षा गरेको थिएन । यसपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । यो निर्वाचनमा जिल्लाका १० पालिकामध्य ६ वटा पालिकामा प्रमुख र चारवटा पालिकामा प्रमुख तथा उपप्रमुख जितियो । छ वटै पालिकामा प्रमुख जित्दा उपप्रमुख जितेको भए त्यतिवेला जिल्ला समन्वय समिति एकल रुपमा बन्ने थियो । पालिका छ वटा जित्नु आफैमा उपलव्धि थियो । त्यसपछि भएको निर्वाचन अर्थात २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको अवस्था नाजुक भयो । पहिलेको तुलनामा वडा धेरै जितियो भनेर छाती पिट्नेहरुलाई भन्नु केही छैन तर पहिले जितेका पालिकाहरुलाई किन गुमाइयो । त्यसका बारेमा समीक्षा गर्नु अनिवार्य थियो । जसको समीक्षा गरिएन । कसका कारणले हारियो ? कसले कस्तो भूमिका खेले ? जवसम्म निर्वाचनको समीक्षा गरिदैन, कसले के भूमिका खेलेको थियो भन्ने मूल्याङ्कन गरिदैन, पुरस्कार र दण्डको व्यवस्था गरिदैन तवसम्म पार्टीले जित हासिल गर्न सक्दैन । निर्वाचनमा हराउन भूमिका खेल्ने व्यक्तिलाई नै रातो कार्पेटमा पार्टीमा भित्राउने परिपाठीको अन्त्य हुन सकेको छैन । राम्राहरुको पहिचान गर्न नसक्ने, नराम्रालाई छोडन् नसक्ने प्रवृत्ति अन्त्य नभएसम्म पार्टीको साख उठ्न गाह्रो हुनेछ ।

भातृ संगठनको परिचालन

केही बर्ष भयो नेकपा एमाले दाङका भातृसंगठनहरुको परिचालन व्यवस्थित रुपमा हुन सकेको छैन । भातृसंगठन भनेका पार्टीका जरा जस्ता हुन । जरा जोगाउन सकियो भने विरुवाले फैलने मौका पाउँछ । जरारुपी भातृसंगठनहरुको अवस्था छन या छैनन् भन्नेमा पुगेको छ । कुनै बेला अखिलको जिल्ला कमिटीको सदस्य भन्दा गर्व लाग्ने अवस्था थियो । युवा संघ, महिला संघ, किसान संघ लगायत अन्य विभिन्न जनवर्गिय संगठनमा आवद्ध रहेकाहरुको पहिचान बेग्लै हुन्थ्यो । यस्ता संगठनमा आवद्ध रहनेहरुको राजनीतिक व्यक्तित्व निर्माण भएको हुन्थ्यो । अहिले कुन कमिटीमा बस्ने, कुन कमिटीमा नवस्ने त्यसको कुनै स्पष्ट मान्यता छैन । जो जहाँ पनि बस्न सक्छ । आज आउन सक्छ । भोली निस्कन सक्छ । एक हिसावले भन्ने हो कमिटी प्रणाली नै ध्वस्त भएको अवस्था छ । २०७४ सालमा भएको निर्वाचन अघि भातृसंगठनको परिचालन यति व्यवस्थित तरिकाले गरिएको थियो त्यहि कारणले परिणाम हासिल भएको थियो । आज भातृसंगठन कहाँ छन भनेर खोज्दा भेटिदैनन् । पार्टीका लागि उद्योगका रुपमा भातृसंगठनको जनशक्ति हुन्छ । पार्टीमा आउने शक्ति कहाँबाट आउँछ भन्दा भातृसंगठनबाट आउँछ । अझ भन्ने हो भने युवासंघ र विद्यार्थी संगठन नै प्रमुख रुपमा हुन । यि संगठनको परिचालन पार्टीले ठिक तरिकाले गर्न सकेको छैन । जवसम्म यि संगठनको परिचालन ठिक तरिकाले गर्न सकिदैन तवसम्म परिणाम निकाल्न सकिदैन । यो कुरामा नेतृत्वले बुझ्ुपर्ने हो ।

नेताको नजिक हुने चाहना

हामी सवैलाई के कुरा थाहा छ भने ‘सहि विचार पराजित हुँदा गलत विचारले विजय हासिल गर्दछ ।’ आज नेताको नजिक हुने लालसाले गर्दा पार्टीका गतिविधिहरु ओझेलमा परेका छन् । नेताको नजरमा देखिए पुग्छ भन्ने प्रवृत्ति बढेको छ । हामीले दाङ जिल्लाका १० पालिकाका प्रमुखहरुलाई एउटा सुत्रमा राखेर हरेक दिन उहाँले के काम गर्नुभयो भन्ने रेकर्ड राखेका छौं ? एक सय वडा वडाका प्रमुखहरुले हरेक दिन के गरे ? कहाँ गएर को संग भेट गरे ? पार्टी काम के गरे ? सामाजिक काम के गरे ? पार्टीको पक्षमा के कस्ता काम गरे भनेर रेकर्ड राख्ने गरेका छौं । प्रविधीको जमानमा यस्ता काम हरेक साता हुनुपर्ने हो । नभए १५ दिनमा एक पटक रिपोर्टिङ गर्नुपर्ने हो । हामीले परिभाषित काममा मानिसलाई खटाउन सकेका छैनौं । परिभाषित काममा खटाउन नसकेपछि अपेक्षा भने ठूलै गर्दछौं । मानिसलाई काम दिनुप¥यो । कामको जिम्मेवारी दिनुप¥यो । के गर्ने ? के नगर्ने भन्नु प¥यो । तर यस्तो काम गर्न सकेका छैनौं । नेताको नजिक भएपछि पद पाइहालिन्छ भन्ने प्रवृत्ति हावी हुँदै गएको छ । तहगत रुपमा कमिटीमा काम गर्ने बानी हराइसकेको छ । कतिसम्म भने वडा कमिटीमा भएको व्यक्ति एकै पटक जिल्ला कमिटीमा वा त्यो भन्दा पनि माथिल्लो कमिटीमा पुगेका घटना कति छन कति । कर्मचारीतन्त्रमा यस्तो भन्ने गरिन्छ कि, सचिवसंग निकट रहेको सुव्वा छ भने उसले सह सचिव भएको भएपनि सिडियोलाई टेर्दैन ।’ राजनीतिमा यस्तै भइरहेको छ । माथिल्लो पदमा रहेको व्यक्तिसंग चिनजान, हिचमिच वा नाता पर्ने छ भने अरुको योगदानको कदर हुँदैन । भनिन्छ ‘सामुहिक नेतृत्व र व्यक्तित्व उत्तरदायित्व पार्टी संचालनको मान्यता हो ।’ तर दाङ जिल्लामा यो कुरामा व्यापक कमी देखिन्छ । नेताको नजिक भएपछि पुग्यो भन्ने भाष्य स्थापित भएको छ । पार्टीको काम गर्ने भनेको के हो ? पार्टीको काम गर्ने भनेको जनताको दैनिक आवश्यकताका विषयमा चासो राख्ने कुरा हो कि होइन ? पानीको कुरा, सडकको कुरा, प्रहरीसंगको समन्वय, प्रशासनमा पर्ने समस्या, बनको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा यस्ता धेरै विषयमा राजनीति गर्नेहरुको चासो जानु पर्दछ कि पर्दैन ? अवश्य पनि जानुपर्छ । तर यहाँ गणेश प्रवृत्ति हावी भइरहेको हुन्छ । नेताको वरीपरी घुमेर सकृयता देखाउने कुराको अन्त्य जवसम्म गरिदैन तवसम्म एमाले दाङमा सुधार हुनै सक्दैन ।

योजना र कार्यान्यनको कमी

नेतृत्वको काम भनको योजना ल्याउने र कार्यान्वयन गराउने हो । केन्द्र वा प्रदेशले ल्याएका योजना वा अभियानमा सहभागिता जनाउने तर जिल्ला आफैले योजना वा अभियान संचालन गरेको देखिदैन । जिल्लागत रुपमा कार्यउक्रम बनाएर जाने हो भने स्थानीय रुपमा सकृयता बढछ । बार्षिक रुपमा बनाइएको क्यालेण्डर किन लागु हुँदैन ? बार्षिक रुपमा बनाइएका क्यालेण्डर लागु हुँदैन भने अरु काम कसरी भइरहेको होला ? यस बाहेक विभिन्न रचनात्मक कृयाकलाप गर्न सकिन्छ । श्रमका काम गर्न सकिन्छ । योगदानका काम गर्न सकिन्छ । प्रशिक्षणका कार्यक्रमहरु गर्न सकिन्छ । अहिले हरेक नेता कार्यकर्ताहरु उत्पादनबाट टाढा भइरहेको अवस्था छ । हामी आर्थिक क्रान्तिको कुरा गर्दछौं । आर्थिक रुपमा समृद्धिको कुरा गर्दछौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा जिल्ला कमिटीका लागि हो कि होइन ? जिल्ला कमिटीले योजना बनाएर यो काम गर्न सक्छ कि सक्दैन ? पक्कै पनि नेपालमा रहेका अन्य राजनीतिक दल भन्दा नेकपा एमाले फरक रहेको भनेर चर्चा गर्ने गरिन्छ । कार्यकर्ताका आधारित पार्टी नेकपा एमाले हो भनिन्छ । तर कार्यकर्ताहरु कहाँ काम गरिरहेका छन् ? के काम गरिरहेका छन् ? नेकपा एमालेका कार्यकर्ताहरु एमालेको पहुँच वा नियन्त्रणमा छन कि छैनन् ? यो महत्वपूर्ण कुरा हो । नेकपा एमालेका कार्यकर्ताहरुलाई पूर्ण रुपमा काममा खटाउने हो भने योजना ल्याउनुपर्छ र ति योजना कार्यान्यनमा ल्याउनुपर्छ ।

पदिय गरिमा जोगाउने क्षमता अभाव

पदमा जाँदैमा कोही क्षमताबान भइहाल्दैन । कोही व्यक्ति पदमा पुगेको छैन भने त्यो व्यक्तिमा क्षमता छैन भनेर दावी गर्न सकिन्न । पद पाउनेले पद धानेर खानुपर्छ । नेपाली विषय पढेको शिक्षकले नेपाली विषयमा जति राम्रोसंग पढाउन सक्नुहोला अँग्रेजी पढेकाले नेपाली पढाउन सक्नुहुन्न । अँग्रेजी पढेको व्यक्तिलाई सोही अनुसारको विषयका बारेमा जानकारी हुन्छ । जसको जे कुरामा क्षमता हुन्छ त्यहि बिषयमा काम दिनुपर्छ । जानकारी नभएको विषयमा विज्ञता छाँट्नु हुँदैन । पद पाउने सवैले नेतृत्वगर्न सक्दैनन् । हरेकसंग फरक क्षमता रहेको छ । कोही कुनै विषयमा जानकार होला त्यो अर्को विषयमा जानकार नहुन सक्छ । यसर्थ व्यक्तिलाई पदिय जिम्मेवारी दिंदा निकै ख्याल गर्नुपर्छ । हामीकहाँ वडाकमिटीमा बसेको व्यक्तिलाई मनोनित गरेर एकै पटक जिल्ला कमिटीमा वा त्यो भन्दा पनि माथिल्लो कमिटीमा लैजाने प्रवृत्ति यहाँ देखिएको छ । निर्वाचनको बेलामा वा अधिवेशनको समयमा प्रतिष्पर्धा गरेर आउने कुरा एउटा हो । तर व्यक्तिलाई टपक्कै टिपेर स्थापित गर्ने चाहनाले पार्टी बलियो हुँदैन । पदिय गरिमा जोगाउन नसक्नेहरुलाई सोही अनुसार भूमिका दिनुपर्छ ।

अध्ययन र अन्तरक्रियाको अभाव

अहिलेको अवस्थामा अध्ययन महत्वपूर्ण पाटो हो । विगत अध्ययन गर्नुप¥यो । बर्तमान अध्ययन गर्नुप¥यो । पार्टीका दस्तावेजमा लेखिएका कुराहरु अध्ययन गर्नुप¥यो । पार्टीले लिइरहेको बाटो के हो ? पार्टी कसरी अघि बढीरहेको छ त्यो कुरा थाहा पाउनुप¥यो । संचारमा आएका विषयलाई विचार बनाएर यो वा त्यो भनेर टिका टिप्पणि गर्ने कारणले पार्टी खुइलिने मात्रै हुन्छ । थाहा नपाएको कुरामा चुप लाग्ने, अध्ययन गर्ने, नेताहरुले के भनिरहेकाा छन् सोका बारेमा जानकारी लिने गर्नुपर्छ । पछिल्लो समय अध्ययन गर्ने संस्कृतिको अभाव हुँदै गएको छ । पार्टीले आयोजनागर्ने प्रशिक्षण र भेलाहरुमा पनि सहभागि नहुने, सहभागि भइहालेमा सक्रियताका साथ नवस्ने, छलफलमा सहभागी नहुने परिपाठी रहेको छ । जिल्लाका सवै तहले आफ्नो अस्तित्व स्थापित गर्न सकेका छैनन् । सवै तहले बेग्ला बेग्लै कार्यक्रम बनाउने, त्यसका लागि जिल्ला कमिटीे सहजिकरण गर्ने हो भने धेरै काम हुन सक्छ ।

पैसाको मोह र उत्पादनबाट टाढा

पैसा सवैलाई चाहिन्छ । यो कुरा सवैलाई थाहा भएको कुरा हो । पूँजीवादी दुनियामा पैसा नभएर केही पनि हुँदैन । खानेकुरा खानका लागि पैसा चाहिन्छ । लगाउनका लागि पैसा चाहिन्छ । केटा केटी पढाउनुप¥यो त्यहा पनि पैसा नै चाहिन्छ । पैसा चाहिन्छ भनेर पैसाको पछि मात्रै दगुर्ने हो कि ? पैसालाई साधनका रुपमा लिने हो ? अहिले जसरी हुन्छ पैसा आर्जन गर्ने मोहमा उत्पादनबाट नेता कार्यकर्ता सवै टाढा भएको अवस्था छ । पैसा हुनेलाई नेताले काखी च्याप्ने, जसको गाडी छ । जो संग सुविधा छ । जो संग सम्पन्नता छ त्यस्तालाई विश्वास गर्ने परिपाठी बढीरहेको छ । कम्युनिष्ट पार्टी गरीवको पार्टी हो भनेर भन्न नसक्ने अवस्था आइसकेको छ । श्रमजिवी बर्ग कहाँ छ ? मजदुर कहाँ छन् ? किसान कहाँ छन् ? जसको बलले कम्युनिष्ट पार्टीको यात्रा यहाँसम्म आइपुगेको छ त्यहि पार्टीमा शोषित पीडित र उत्पीडितहरुका लागि स्थान छैन भने कम्युनिष्ट पार्टीले संसदीय राजनीतिमा आफूलाई अव्वल कसरी सावित गर्न सक्छ र ? नेकपा एमालेले दाङ जिल्लामा आफूलाई स्थापित गर्ने हो भने नेतृत्व गरिरहेकाहरुले सोच्नुपर्छ । जसका कारणले गर्दा परिणाम निस्किएको छैन उसले बाटो छोडिदिनुपर्छ । अर्कोलाई सहयोग गर्नुपर्छ । यस्तो भयो भने मात्रै राम्रो हुन्छ ।

एक्लै हिड््ने चाहना

जव नेतृत्वमा एक्लै हिड्ने चाहना हुन्छ तव कुनै संघ संस्था वा पार्टी सफल हुन सक्दैन । यतिवेला नेकपा एमाले दाङका कार्यकर्ताहरुले इलाममा एमालेले जित्यो रे, बझाङमा जित्यो रे भनेर खुसी हुनुपर्ने अवस्था आएको छ । नेकपा एमाले दाङकमा आम कार्यकर्ताहरु कहिले खुसी हुन पाउँछन् । नेतृत्वगर्ने मानिसमा सवैलाई समेट्ने चाहना हुनुपर्छ । एकजना विद्वानले भनेको कुरा सँझन्छु ‘जो एक्लै हिड्छ त्यो टाढा पुग्छ ।’ हामीलाई टाढा पुग्ने नेतृत्व चाहिएको छ । धेरै परसम्मको विषय अनुमान गर्न सक्ने, समाजको समस्या पर्गेल्न सक्ने नेतृत्व चाहिएको छ । तर एक्लै हिड्ने नेतृत्व चाहिएको छैन । नेतृत्व गर्नेले सवैलाई विश्वास गर्न सक्नुपर्छ । कसैलाई पनि विश्वास नगर्ने, आफू मात्रै कुद्ने बानी हुने व्यक्तिले आफूले त जित्दैन अरुलाई जिताउन सक्दैन ।

नेकपा एमालेमा आस्थावान रहेका र दाङ जिल्लामा रहेका नेता कार्यकर्ताहरुले बुझ्नुपर्ने कुरा के हो भने यतिवेला नेकपा एमालेमा विचारको कुनै लडाइ छैन । गुटको लडाइ छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल रहेको नेकपा एमाले छ । तर यहाँ अनेकन धु्रव खडा गर्ने कोशिस भइरहेको छ । नेपालको सवैभन्दा ठूलो राजनीतिक दल, सवैभन्दा ठूलो कम्युनिष्ट पार्टी, समानुपातिकमा धेरै मत ल्याउने पार्टी तर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नसकिरहेको अवस्था छ । नेकपा एमालेले देशभर जित्दा पनि दाङ जिल्लामा किन जित्न सक्दैन । एउटा पनि क्षेत्र जित्न नसक्नु के हो ? भन्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलेको जिल्ला भन्ने । तर महासचिवलाई जिताउन नसक्ने भनेर बाहिर मुख देखाउन गाह्रो हुने अवस्था रहेको छ । महासचिवको जिल्लाका एमालेका नेता कार्यकर्ताहरुलाई गएको निर्वाचनले पछिसम्म झस्काउने छ । हातमा आएको माछो फुत्काएर दुलोमा हात हाल्नुको कुनै अर्थ हुँदैन रे । दाङ जिल्लामा त्यहि भइरहेको छ । २०७० सालमा संविधान सभाको निर्वाचन भइरहेको समयमा भावि अर्थमन्त्री भनेर तत्कालिन सचिव शंकर पोखरेललाई पराजित गरेका थिए । गएको निर्वाचनमा भावि प्रधानमन्त्री भनेर प्रचार गरियो । भावि प्रधानमन्त्री हो भने सोही अनुसार तयारी गनुपर्छ । कार्यकर्ताको परिचालन सोही अनुसार गर्नुपर्छ । तुलनात्मक रुपमा कमजोर मानिएका उमेदवारसंग भिड्दा पनि हार व्यहार्ने भनेको सामान्य विषय होइन । यो विषयमा गम्भिरताका साथ समीक्षा गरिएन भन्ने कुरा मैले माथि उल्लेख गरिसकेको छु । हारको गम्भिर समीक्षा गर्न छोडेर पराजयका सारथीहरुलाई पुरस्कृत गर्ने काम कदापी गर्नु हुँदैन । गम्भिर रुपमा समीक्षा गरिएको भए कमजोरीको तथ्य पत्ता लाग्ने थियो । अहिले म होइन उ, म होइन उ भन्दै दोषारोपण गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा जुन गठवन्धन थियो त्यहि गठवन्धन संसदीय निर्वाचनको समयमा थियो । केही महिनाको मात्रै फरक थियो । एमालेले जितेका वडाहरु नै धेरै थिए तर किन निर्वाचन हारियो । यो प्रश्नको जवाफ नआउने हो भने आगामी दिन सहज हुने छैनन् भन्ने बुझ्नुपर्छ । (बाँकी आगामी सोमवार)

‘राजनीतिक अस्थिरताले व्यवसायी संकटमा’

राप्ती पोष्ट

नारायणपुर, बैशाख । नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राजनीतिक अस्थिरताका कारणले व्यवसायी संकटमा परेको बताउनुभएको छ । नारायणपुर उद्योग बाणिज्य संघको २० औं साधारण सभा तथा नवौं अधिवेशन उद्घाटन समारोहमा बोल्दै शर्माले यस्तो बताउनुभयो ।

‘चार चार महिनामा सरकार फेरिन्छन, सरकार फेरिएसंगै नीति पनि फेरिन्छ, यस्तोमा व्यवसायीको हितका लागि कसरी काम हुन सक्छ र ?’ शर्माले भन्नुभयो । उहाँले व्यवसायीलाई जोगाउने गरी सरकारले योजना ल्याउन नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँले बैंकबाट ऋण ल्याएर कारोवार व्यवसाय गर्न समस्या उत्पन्न भइरहेको भन्दै सरकारले पूँजीगत खर्च बढाउन नसकेका कारणले गर्दा बजार चलायमान हुन नसकेको बताउनुभयो ।

सरकारले बजार चलायमान गराउने हो भने पूँजीगत खर्च बढाउने योजना ल्याउनुपर्ने भन्दै उहाँले भन्नुभयो, बजार चलायमान बनाउने जिम्मेवारी राज्यको हो ।’ नेपालको आर्थिक विकासका लागि पर्यटनलाई महत्व दिनुपर्ने भन्दै उहाँले पर्यटन व्यवसाय नेपालका लागि सवैभन्दा राम्रो व्यवसायका रुपमा रहेको बताउनुभयो । अर्को प्रशंगमा बोल्दै उहाँले नारायणपुर उद्योग बाणिज्य संघ लगायतका उद्योग बाणिज्य संघलाई केन्द्रिय महासंघमा मान्यता दिलाउने बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले यसका लागि विधान संशोधन गरेर अघि बढ्ने बारेमा योजना बनिरहेको जानकारी दिनुभयो ।

नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले व्यवसायीहरु दिनप्रतिदिन पलायन भइरहेको बताएका थिए । हिजोका दिनमा सटर भाडामा पाउन गाह्रो हुने बजारमा अहिले सटरहरु व्यापक रुपमा खाली भइरहेको धारणा बक्ताहरुले राखेका थिए । कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशीले घोराही बजारमा मात्रै साढे चार सय भन्दा बढी व्यवसायीहरु विस्थापित भइसकेको तथ्याङ्क प्र्रस्तुत गर्नुभयो । उहाँले दाङ जिल्लाको विकासका लागि एयरपोर्ट बनाउनुपर्ने, औद्योगिक क्षेत्र बनाउनुपर्ने, पर्यटनमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल उद्योेग बाणिज्य महासंघका केन्द्रिय सदस्य उज्ज्वल कसजुले व्यवसायीहरुको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको बताउनुभयो । व्यवसायीहरु आफू कसरी बाँच्ने, परिवारलाई कसरी बचाउने भन्ने समस्या आइरहेको भन्दै उहाँले यस्तोमा व्यवसायीको अभिभावकका रुपमा रहेको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रेस युनियनका लुम्विनी प्रदेश अध्यक्ष सुदीप गौतम, विजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण), उद्योग बाणिज्य संघ नारायणपुरका संस्थापक अध्यक्ष बलदेव शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी घोराही–१०का अध्यक्ष कृष्ण न्यौपाने, हार्डवेयर व्यवसायी अनिल बस्नेले बोल्नुभएको थियो ।

साधारण सभामा सचिव बसन्त न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रेखा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत बाणिज्य उपाध्यक्ष तिलक महराले र धन्यवाद मानार्थ सदस्य माधव पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा अघिल्लो बर्ष एसइइमा राम्रो नतिजा ल्याएका सामुदायिक विद्यालय निघुवारका सुनिल चौधरी र मावि लमडरुवाका रोशनी घर्तीलाई नगद सहित सम्मान गरिएको थियो । यस्तै नीजि तर्फ पशुपति विद्याश्रमका प्रयत्न लम्साल र प्रशंसा शर्मा, स्वर्गद्वारी बोर्डिङका आशिष चौधरी र लिटिल माविका आदर्श रावतलाई नगद सहित सम्मान गरिएको थियो । यसैगरी शिक्षाको क्षेत्रबाट, सामाजिक क्षेत्रबाट र संस्थापक रुपमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने भएको छ । निर्वाचनको प्रक्रिया अघि बढेको भएपनि सर्वसम्मतीको बातावरण बनेको अध्यक्ष अभियान बस्नेतले जानकारी दिनुभयो ।

स्मारिका विमोचन

सोही कमार्यक्रममा नारायणपुर उद्योग बाणिज्य संघले पहिलो पटक प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो । नारायणपुर उद्योग बाणिज्य संघ स्थापना भएको २० बर्ष पुगेको अवसरमा पहिलो पटक स्मारिका प्रकाशन गरिएको थियो । आगामी दिनमा पनि स्मारिकालाई निरन्तरता दिन बक्ताहरुले सुझाव दिएका थिए ।

डा. गिरीलाई आइसीटी एक्सिलेन्स अवार्ड

राप्ती पोष्ट

दाङ, बैशाख । सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले डा. शैलेन्द्र गिरीलाई आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरेको छ । पुरस्कारको राशी एक लाख रुपैया रहेको छ ।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गिरीलाई आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मान गर्नुभएको थियो । प्युठानमा जन्मिएर दाङ जिल्लालाई कर्मथलो बनाएर आइसिटीको क्षेत्रमा योगदान गर्नुभएका डा. गिरी राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक हुनुहुुन्छ । गिरीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको साविकको कर्मचारी प्रशिक्षण प्रतिष्ठान (पिटीए) र स्थानीय विकास तालिम प्रतिष्ठान(एलडीटिए)मा छ वर्षसम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्युठान जिल्लाको झिमरुक गाउँपालिका दहखाेलाका स्थायी निवासी डा. गिरीले कम्प्युटर विज्ञानमा पीएचडी गर्नुभएको छ । ई–गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर नीति तथा कानून, आर्टिफिसियल इन्टेलिजेन्स, अनलाइन शिक्षा, प्रविधि व्यवस्थापन, सूचना प्रविधि सम्बन्धी उद्यम लगायतका क्षेत्रमा उहाँले स्वदेश तथा विदेशमा धेरै जर्नल लेख प्रकाशित गर्नुभएको छ । डा. गिरीको ‘डाइमेन्सन अफ ई–लर्निङ’ नामक अनुसन्धान पुस्तक प्रकाशित भएको छ । त्यसैगरी, गिरी कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ । सूचना तथा सञ्चार प्रविधिमा योगदान पु¥याएबापत विभिन्न सात क्षेत्रका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो ।