spot_img
spot_img

घोराहीमा हजारौं जनता उतार्ने तयारीमा एमाले दाङ

राप्ती पोष्ट

दाङ, वैशाख । नेकपा एमाले दाङले आगामी जेठ ६ गते हुने १४ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बढी भन्दा बढी जनसहभागिता गराउने तयारीमा लागेको छ । नेकपा एमाले दाङका उपाध्यक्ष तथा जनपरिचालन उपसमितिका संयोजक राममणि पाण्डेयले उक्त दिन हजारौंको सहभागिताका सभा गरिने बताउनुभयो ।
‘नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा हजारौं नागरिकको सहभागिता गर्ने गरि तयारी गरिएकोछ ।’– पाण्डेले भन्नुभयो । सोही क्रममा जनपरिचालन उपसमितिका संयोजक समेत रहनुभएका पाण्डेको अध्यक्षतामा बसेको बैठकले दाङका सवै वडाबाट समर्थक तथा शुभेच्छुकलाई सहभागि गराउने निर्णय गरेको थियो ।

सभाको तयारी बारे छलफल गर्नका लागि आयोजना गरिएको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे अर्का केन्द्रिय सदस्य केन्द्रीय सदस्य सिता सिग्देल न्यौपाने र नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यको उपस्थिती थियो । बैठकमा जेठ ६ गतेको कार्यक्रममा कसरी बढी भन्दा बढी जनसहभागिता गराउने भन्ने बारेमा छलफल भएको थियो । बैठकमा सहभागि अतिथिहरुले विगतका अनुभवका आधारमा जनपरिचालन गर्नुपर्ने बताउनुभएको थियो ।

नेकपा एमाले दाङले हरेक बर्ष जेठ ६ गतेका दिन नेत्रलाल स्मृति दिवसका अवसरमा बृहत जनसहभागिता सहितको कार्यक्रम गर्दै आइरहेको छ । यस बर्ष जिल्ला अधिवेशन उद्घाटन समेत रहेका पार्टी अध्यक्ष ओली स्वयम आउन थाल्नुभएको छ । पार्टी अध्यक्ष स्वयम आउने भएकाले कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि जिल्ला कमिटीको व्यापक परिचालन गर्ने तयारी गरिएको जनपरिचालन संयोजक पाण्डेले बताउनुभयो ।

कार्यक्रममा ५० हजार नागरिकको सहभागिता गराउने गरी तयारी गरिएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार उक्त दिन दाङका एक सय वटै वडाबाट जनउपस्थिति गराइने छ । यसका साथै दाङ जिललका दशवटै पालिकामा स्वागतद्वार निर्माण गरिने छ । जिल्लाका १० वटै पालिकाबाट मौलिक झाँकी प्रदशृन गरिनेछ । उद्घाटन कार्यक्रममा गर्नुपूर्व घोराही १७ गुलरियामा रहेको नेत्रलाल अभागीको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रम घोराही १४ मा रहेको सभागृहमा गर्ने तयारी गरिएको भएपनि शिलत हुने अन्य स्थानको खोजी भइरहेको पनि पाण्डेले बताउनुभयो । अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम खुल्ला स्थानमा गर्ने बारेमा छलफल गरिएको भएपनि बन्द सत्रको कार्यक्रम सभागृहमा गरिनेछ । जनपरिचालन उपसमितिका संयोजक पाण्डेले अधिवेशनलाई उत्सवमय बनाउने गरी तयारी थालिएको बताउनुभयो । नयाँ नेतृत्व चयन समेत गर्ने गरेर हुन थालेको अधिवेशनमा जिल्लाका नेता कार्यकर्ताको पनि चासो बढेर गएको छ ।

नयाँ नेतृत्व चयन गर्दा सर्वसम्मत रुपमा गर्नुपर्छ भन्ने मत बलियो रहेको भएपनि निर्वाचन गरेर कार्यसमिति चयन गर्नुपर्ने आवाज जोडदार रुपमा उठ्न थालेको छ । नेकपा एमाले दाङले यस अघिका दुईवटा अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको थियो । बहुपदमा गएपछि २०६६ र २०६९ सालमा निर्वाचन भएको थियो भने २०७३ र २०७८ मा निर्वाचन भएको थिएन ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img