spot_img
spot_img

नारायणपुर उवासंघको अध्यक्षमा बस्नेत विजयी

राप्ती पोष्ट

दाङ, बैशाख । नारायणपुर उद्योग बाणिज्य संघको अध्यक्षमा अनिल बस्नेत विजयी हुनुभएको छ । चार पदमा भएको निर्वाचनमा बस्नेत प्यानलका चारैजना विजयी हुुनु भएको हो ।

अध्यक्षमा बस्नेत निर्वाचित हुँदा लिलाधर शर्मा पराजित हुनुभयो । यस्तै उद्योग उपाध्यक्षमा बसन्त न्यौपाने विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी धरम बस्नेत पराजित हुनुभयो । बाणिज्य उपाध्यक्षमा कुलराज खनाल विजयी हुँदा सनतकुमार आचार्य पराजित हुनुभयो । सचिवमा मीना भण्डारी बिजयी हुँदा तिलक भण्डारी पराजित हुनुभयो ।

नारायणपुर उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानल र अर्को स्वतन्त्र समुह निर्वाचनको मैदानमा थियो । चार पद बाहेक अन्य पदमा सर्वसम्मत भएको थियो ।
अध्यक्ष
अनिलकुमार बस्नेतः ३०८ (बिजयी)
लिलाधर शर्माः ९०
उद्योग उपाध्यक्ष
बसन्त न्यौपानेः २०७(बिजयी)
धरमबहादुर बस्नेतः १८४
वाणिज्य उपाध्यक्ष
कुलराज खनालः २५७(बिजयी)
सनतकुमार आचार्यः १४१
सचिव
मिना भण्डारीः २१०(बिजयी)
तिलकबहादुर भण्डारीः १८२

उता तुलसीपुरमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचनमा दुई हजार आठ सय ८६ मत खसेको छ । निर्वाचन संयोजक प्रविण लम्सालका अनुसार तुलसीपुर उद्योग बाणिज्य संघमा तीन हजार चार सय ७४ जना सदस्य रहेकोमा दुई हजार आठ सय ८६ मत खसेको निर्बाचन संयोजक लम्सालले जानकारी दिनुभयो । तुलसीपुरमा नेपाली काँग्रेसको समर्थनमा विनिल केसीको टिम र संयुक्त व्यवसायीको तर्फबाट ललितजंग शाहको टिम निर्वाचनको मैदानमा थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img