spot_img
spot_img

मेरी आमा साँच्ची महान छिन

अनुभूति

बसुन्धरा गौतम
कक्षा ३ पछी कक्षा ४ को पढाए मेरो प्रस्तावित माध्यामिक विद्यालय मौरीघाटमा सुरु भयो । नयाँ विद्यालय नयाँ साथीभाइ सुरु सुरुमा असजिलो लागे पनि विस्तारै रमाइलो लाग्न थाल्यो । कक्षा चारमा ठुलो र सानो ए, वि, सी, डी पढन थालियो । जनतन आफनो नाम वुवाको नाम आमाको नाम अनि विद्यालयको नाम । गाउँको नाम कति कक्षामा पढछु भन्ने कुरा भन्न लेख्न जानियो । साच्चै कम्ता खुशी लाग्ने र अँग्रेजी अक्षर लेख्दा र भन्दाका दिन । हामीलाइ अंग्रेजी अक्षर चिनाउने र पढाउने पुरुषोत्तम पौडेल भन्ने सर हुनुहुन्थ्यो जस्तो लाग्छ । उहाँ निकै कडा स्वभावको तर वुझाएर पढाउने पनि त्यत्तीकै हुनुहुन्थ्यो । उतिवेला घोकन्ते विद्याको खुव चल्ती थियो । पुरै पाठ घोक्न लगाउने गर्नुहुन्थ्यो । गृहकार्य पनि खुवै गर्नुपर्ने । नजाने डस्टर, छडी, पुस्तक के हो केवाट पिटाइ खानुपर्ने । कहीलेकाँही सोधेको नजाने एक आपसमा गालामा चडकन लाउने पनि गर्नुपर्ने । अनि सर कक्षा कोठावाट गएपछि फेरि साथी भाइबीच झगडा सुुरु हुने । झगडाको विषय एउटै हुन्थ्यो, ‘मलाइ कीन वेस्मारी पिटीस ? भन्ने’ जे जस्तो भएपनि एकै छिनमा मिलिहालिन्थ्यो । कहीले काही त नजानेपछि गृहकार्य नगरे केटा होस या केटी नाच्नुपर्ने । मौरीघाट जान थाले पछि खोला नालाको डर पनि भएन अनी वाटोघाटो पनि राम्रै थियो । विद्यालय पनि रमाइलो लाग्न थाल्यो ।
थोरै विद्यार्थी पहिला हाम्रो विद्यालय सात सम्म मात्र थियो । हामीनै त्यो विद्यालयका मा. वि. का पहिलो विद्यार्थी हौ । विद्यालयमा रेकर्ड त छ होला हामीलाइ पढाउने सर कोही कोही वित्नुभयो । कोही कता जानु भो ? विद्यार्थी औलामा गन्न सकिने थियौं हामी । पास हुँदै जाँदा विद्यालय ८, ९, १० हुँदै गएको हो । त्यो विद्यालयलाइ मा. वि. वनाउन विद्यालयका प्रधानाध्यापक चन्द«ीका प्रसाद तिवारी, त्यहा रहेका मुख्य पटवारी, समाजसेवी, अभिभावक वद्धीजिवी सवैको ठुलो देन छ । मौेरीघाटमा गएपछि पानी परे छुट्टी हुने, अनि चुहिने कक्षाकोठावाट पनि मुक्त भइयो । विद्यालय तुलनात्मक राम्रै थियो । कक्षा कोठामा थोरै विद्यार्थी हँुदा सर र विद्यार्थीबीच चिनाजानी राम्रै भयो । म पढ्नलाइ मस्तै जान्नी नभएपनि जान्नी थिए । सर मेडमहरुले माया नै गर्नुहुन्थ्यो । त्यतिबेला मिसहरु हुनुहुन्थेन । नेपाली पढाउने सरस्वती न्यौपाने मेडम, शान्ता अधिकारी, कृष्णा शर्मा लगायत हुनहुन्थ्यो । त्यस्तै गरेर चन्द« जि सी, सुर्यप्रकाश भन्डारी, गोपीकृष्ण चौधरी, नेत्र एटम लगायतका सरहरुले विभिन्न विषय पढाउने गर्नुहुन्थ्यो । विद्यालयमा रमाइला दिनहरु विती रहेका थिए । सायद ०४५÷०४६ सालतिर जस्तो लाग्छ । विद्यालयमा विभिन्न विद्यार्थी संगठनका नेताह्ररु जाने कक्षा कोठामा जम्मा गरेर भाषण गर्ने । राजतन्त्र फाल्ने प्रजातन्त्र ल्याउने कुरा सुनाउने गर्थे । उतिवेला अरु धेरै थाहा पाउँदैन । नेपाल विद्यार्थी संघ अनि अनेरास्ववियू (पाँचौं) यस्तै मात्र नाम सुन्थे मैले । झोला वोकर विद्यालयमा आउने गर्थे अनी हाम्रो पक्षमा लाग भन्थे । म चाँही साथीभाइलाइ भन्थे यि नेताका झोला वोक्ने झोलेको के पछी लाग्नु के हुन्छ भन्थे । तर केटा केटीपन न हो थाहै नपाइ म त कतिबेला ने वि संघ वनिहालेछु । मैले केही न वुझी टाठी वाठी छे भनेर नेता जस्तो अगुवा वनाएको संझना छ । विद्यालयमा ने वि संघका नेताहरु गएका थिए । ठ्याक्कै संझना भएन । एकपटक देशमा राजा फाल्ने र प्रजातन्त्र ल्याउने भन्ने आन्दोलन चल्यो, नेताहरु विद्यालय वन्द गराउदै हिडेका थिए । हाम्रो विद्यालयमा भने पढाइ भैरहेको थियो । राजावादी विद्यालय, राजावादी हेडसर भनेर हाम्रो हेडसर चन्द«ीका प्रसाद तिवारीलाइ लछार पछार गरे । हामी केटाकेटी छ÷ सातमा पढदै गरेका रुदै करायौ । त्यो वेला अति डर पनि लाग्यो । पछी के के भयो । अनि हाम्रो पढाइ फेरि निरन्तर अगाडी वढयो ।
मौरीघाटवाट भानपुर आउनलाइ काठको पुलो थियो । सानो नदीमा ठूलै वाढी आयो भएको पुल भत्कायो । वाटो विग्रीयो । अनी केही समय त विद्यालय हामी काठको डुँगा चढेर आउजाउ गर्नथाल्यौ । एक दिनको कुरा हो विद्यालयबाट घर फर्कीदा त्यस्तै वाढी आयो । डुँगा पनि थिएन । मलाइ पौडी खेल्न पनि नआउने दुइ नदीको बीच टापुमा घर भएपनि खोला जाने खोला तर्ने गरीएन । वर्षा लाग्यो भने विद्यालय जान बाहेक अरुवेला घरवाट निस्कन पाइन्थ्यो । त्यसैले पनि होला नदी तर्ने पौडीने सिप हामी संग थिएन । हाम्रो गाउँ थारुहरुको वाक्लो वस्ती भएको गाउँ थियो आठ, दश घर वाहेक सवै थारुजातीका घर थिए । एकजना दमाइ, एकजना जोगी थरको घर थियो । दुइ,चार घर वाहुन क्षेत्रीका घर थिए । त्यतिवेला हाम्रो गाउँमा अरु जातीको वसोवास थिएन । सवै थारु थारुनै थिए । अहिले जस्तो उतिवेला हाम्रो गाउँमा जातपात यो, त्यो थिएन । एक आपसमा मिलेर वसेको समाज थियो । चाडपर्व वा मर्दा पर्दा, दाउरा पात गर्ने मलामी जाने विवाहवारीमा आउने जाने सव थियो । एकदम राम्रो समाज थियो । थारुको वाक्लो वस्ती भएका कारण पनि विद्यालय आउने जाने थारु जातीका छोरा छोरी साथी थिए । खोला तर्न हामीसंगै खोलामा पस्यौ मलाइ बीचमा हात छोपेर दाँया, वाँया मेरा थारुजातीका केटीहरु अर्थात मेरा साथीहरुले नदी तार्दै थिए । बीचमा गहीरो पानीको सतह रहेछ । उनीहरु मेरो हात छाडेर पौडन थाले मलाइ पौडन आएन तर पनि सवैलाइ आफनो ज्यानै प्यारो हुँदो रहेछ मैले पनि यसो हात फैलाएर उनीहरुलाइ च्याप्प छोपेर माथी तैरन थाले । त्यसो गरेर जेनतेन किनारा लागियो ।
एकपटको अर्को विर्सन नसक्ने घटना भो । हामी विद्यालयवाट आउने वाटोमो सानो नदी राप्तीको एउटा भंगालो थियो । मान्छे मरे पछि कतीले त्यही जलाउथे कतीले राप्ती नदीमा नै लान्थे । एकपटक विद्यालयवाट आउँदा हाम्रो अघि अघि एउटा मलामी को लस्कर आयौ केटा केटी पन पछी पछी लागेर घाटमै पुगेछम । वेलुका घर आएपछि आमाले, दिदीहरुले थाहा पाउनु भो गाली गर्नु भो डर पनि देखाइदिनुभो । अव राती मरेको मान्छे आउँछ भनेर म त कतिदिनसम्म सिरकभित्रै मुख नदेखाइ डराइ डराइ सुतें । केटाकेटी दिनमा वाटामा फलेका काँचो मेवा, मकै, काँक्रा, वदाम, वेलाउती, आँप जामुनाका फल फुल केही छाडिन्थ्यो । चोरेर खाने । त्यतिमात्र काँ हो र ? उतीवेला पैसा कहिलेकाँही मात्रै पाइन्थ्यो । कहीलेकाँही अर्था औसी, सक्रान्ती, एकादशी, दशै तिहार र श्राद्धमा । त्यसबेला बढीमा पाँच रुपैया पाइयो होला । यसरी पाएको पैसाले किनेर खाने भनेको लमचुस, चटनी चकलेट, पार्लेजी विस्कुट यस्तै हो खाने । वन नजिक भएका साथीहरुले दालचीनीको पात वोक्रा इमलची लान्थे स्कुलमा । किन्नलाई पैसा नहुने । पैसाको कारोवार विद्यायमा नहुने । अनि हामीले कपीको बीचलाई एकतौवा भन्थिम त्यहि निकाल्ने अनि त्यसैमा राखेर साटासाटा गरेर खाने गर्थिम ।
त्यो जमानामा पनि आमाले हामीलाइ कृष्णनगरको वढनी वजारवाट लेख्नलाइ चिल्लो कपी, मसी ल्याइलिने गर्नुहुन्थ्यो । साठी पानाको कपी हुन्थ्यो । तर त्यो कपी दिन दिनै दुव्लाउदै जान्थ्यो । कारण थियो इमलची, दालचीनीको पात साटेर खाने । कहीले काँही समय भन्दा अगाडी कपी मागे आमाले सोध्नु हुन्थ्यो कपी खै ? भनेर अनी हेर्ने पनि गर्नुहुन्थ्यो । अनी कपीको अवस्था देख्दा संझाउदै गाली पनि गर्नुहुन्थ्यो । आमाले आफ्नो जमानाका कुरा सुनाउनु हुन्थ्यो । भन्नुहुन्थ्यो, ‘मैले वाँसको कलमले लेखेर पछि लेखेको कपीलाई पानीले धोएर सुकाएर पुनः लेख्थे ।’ ‘कति दुःख थियो कपीको अहिले च्यातेर खेर फाल्छौ ।’ भन्नुहुन्थ्यो । एक दुइ दिन साटन छाडिन्थ्यो अनि लागेको वानी केही गरे नजाने फेरि उही क्रम चल्ने । मेरी आमा उ वेला पनि पढेलेखेकी हुनुहुन्थ्यो । कक्षा ८ पास गर्नुभएको थियो । आमाको ९ वर्षमै आँवैले विवाह गरिदिनु भो र वुवा ११ वर्षको । आमा चाही ९ वर्षकी अरे । पछि विद्यालयको नजीक भनेर वुवा आँवैको घरमा वसेर पढन थाल्नु भो । विवाहपछि पनि मेरी हजुरआमा यानेकी आवैले आमालाइ पढाउन छाढनु भएन । आमाले महीनाको एक रुपिया ‘फि’ तिर्नुपर्ने, अनि आमाका वुवा सानैमा वित्नु भएछ । अनी सवै जिम्मा आवैको काँधमा परेछ । पैसा भनेको वेला नहुने । एकदिन शिक्षकले आमालाइ समयमा ‘फि’ नल्याएको भनेर हपारेछन । फिस ल्याउनु नत्र स्कुल नआउए हुन्छ भनेछन । आमालाइ चोट परेछ त्यसपछि आमा स्कुलै जान छाडनु भएको रे । उतिवेला आठ कक्षा पढेकाले सामान्य तालिम लिएपछि शिक्षक बन्न पाइन्थ्यो रे । आमाले पनि त्यसै गरेर केही वर्ष शिशिका वनेर विद्यालयमा पढाउनु भएछ । पछी आमाले १५ वर्षमै सन्तान पाउनु भो रे । अनी छोरा खोज्न उ वेलाको समाज, वुवा आमाको चाहाना त दुइ सन्तान मात्र गराउने थियो अरे । तर वुवा पनि घरको एकलो छोरा, आमा झन माइतमा एक्ली सन्तान । आवैहरुले मानेन अरे अनि छोराको आसै आसमा आमाले आठ वहीनी छोरी जन्माउनु भएछ अनी तीन भाइ छोरा । यो बीचमा सन्तान वर्षेनी भएपछी आमाले पछी पढाउने पेशा छाड्नु भएछ । वुवा पनि पेशाले शिक्षक हुनुहुन्थ्यो अरे पछी वुवाले पनि छाडनु भो अरे । हामी आमाका आठ छोरी अनी तीन भाइ छोरा गरि ११ सन्तान थियौ । छोराको पर्खाइमा आमा वुवाले ११ सन्तान जन्माउनुभयो । हामी सानै छँदै वुवाको स्वर्गबास हुनुभयो । नारायणपुर आफन्तिकोमा आएको समयमा बुवा एक्कासी वित्नु भएछ । पछि आमालाइ विरामी भनेर वोलाएर आउनु भएको रे । आउँदा त वुवा वितीसकेको लास भेटनु भो । उ वेलाको सोझो जमाना हामी केटा केटी साना वुवाका न भाइ न दाइ आमाको पनि न दाइ न भाइ त्यसैले पनि होला के कसरी भन्ने उजुर वाजुर गर्ने कोही भएन । वुवा के कति कारणले वित्नु भयो थाहा भएन । वुवा वित्दा दुइ दिदी वहीनीको विहे भएको थियो वाँकी हामी नौ सन्तानलाइ पढाउने लेखाउने हुर्काउने विहेवारी सव व्यवहार आमाको काँधमा प¥यो । आमाले हामीलाइ कहीले वुवाको कमी हुन दिनु भएन हामीलाइ शिक्षा दिने, लालनपालन गर्ने कुरामा केही कसर वाँकी राख्नु भएन । आफुले एक रुपीया भनेको समयमा दिन नसक्दा विद्यालय छाडेकी मेरी आमाले कहीले फि तिर्नलाई भोली भन्नुभएन । शिक्षामा आमाले लगानी नगर्न कहीले भन्नु भएन । आज हामी सवै सन्तान सकुशल छौ शिक्षित छौं यो सव आमाको देन हो । आमाको लालनपालन हो ।
आमा वेला वेलामा भन्ने गर्नुहुन्थ्यो । मैले जागीर नछाडेको भए छोराछोरीलाइ तिमिहरुका बुवाले छाडेर गएपनि सजिलै पाल्थे होला । छोरा होस या छोरी आफै सक्षम वन्नु पर्छ । आफनो खुटामा उभिनुपर्छ । हिम्मत हार्नु हुन्न । जस्तो परिस्थिती आएपनि सामान गर्नुपर्छ । जिवनमा हरेस कहिले नखानु । हिम्मत कहीले नहार्नु । भन्ने आमाको कुरा आज पनि जिवनमा काम आइरहन्छ । अप्ठेरो परे यही कुरालाइ मनन गरेर अगाडी वढने कोशीस गर्छु । धेरै छोरी भएपनि आमा छोरीको विहे गर्न कहिले हतारो गर्नुभएन । उ वेला पनि आमाले स्नातक तह पास गरेर मात्र छोरीहरुको विहे गरिदिनु भो । अरुले जे भनेपनि चरित्रमाथी दाग लाग्ने काम कहिले नगर्नु हर क्षेत्रमा अगाडी वढनु भन्नुहुन्थ्यो आमा । मेरो पत्रकारिताको श्रेय पनि म मेरी आमालाइ दिन्छु । आमा सधै हामीलाइ वोलेर पढन लगाउनु हुन्थ्यो ता की खाना वनाउदै गर्दा घरधन्दा गर्दै गर्दा पनि छोरा छोरीले पढेको सुनेर गलत भए सच्याउन सकु भन्ने आमा सोच्नु हुन्थ्यो । पछि बोलेर पढने वानीको विकासले पनि होला मलाइ रेरियो पत्रकारितामा सहज भो । हुन त सवैका आमा सवैका लागि महान हुन्छन नै तै पनि म अझ विशेष देख्छु मेरी आमा । नौ वर्षमा विवाह गर्नु भो । ३९ वर्षमा ११ सन्तान सकुशल जन्माउनु भो । ४० वर्षमै विधवा हुनु भो । छोरा छोरीको लालन पालन शिक्षा दिक्षा विवाह जिम्मेवारी अन्य व्यवहार चानचुने कुरा थिएन । साँच्ची मेरी आमा देवि हुन । सरस्वती हुन । भाग्यमानीले मात्रै पाउछन होला मेरी आमा जस्तो महान आमा ।
spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार