spot_img
Home Blog Page 68

नदीजन्य पदार्थ उत्खनन र ओसार पसारमा संलग्न साधन प्रहरी नियन्त्रणमा

अवैध उत्खनन् रोक्न प्रहरीको सक्रियता

विमला घर्ती /राप्ती पोष्ट

घोराही, २७ असार ।

जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अवैध नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने साधन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अवैध रुपमा उत्खनन्मा प्रयोग गरिएका साधन विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले नदिजन्य पदार्थ दोहन गर्ने आठवटा साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराउनुभयो । उहाँका अनुसार सात वटा ट्याक्टर र एउटा जेसीवीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी इकाइहरु इलाका प्रहरी कार्यालय नारायणपुर, प्रहरी चौकी गोल्टाकुरी, प्रहरी चौकी रामपुर, अस्थाइ प्रहरी पोष्ट पर्सेनी र अम्बिकेश्वरीवाट खटिएको प्रहरी टोलीले अवैध नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गरिरहेको अवस्थामा साधनहरुलाई नियन्त्रणमा दिइएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका साधनहरुमा भे १ क ११६८ नम्बरको स्काभेटर, भे २ त १०९ नम्बरको ट्याक्टर रहेका छन् । यस्तै रा १ त २९५५, भे १ त ९० ६५, रा १ त ७५२, रा १ त ४१७८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । शनिबार राति र आईतबार विहान जिल्लाका विभिन्न प्रहरी टोलीको सहयोगमा ट्याक्टर र जेसिवीलाई नियन्त्रणमा लिएको प्रवक्ता रिजालले बताउनुभयो ।

ट्याक्टर र जेसिवीलाई नियन्त्रणमा लिइ आवश्यक थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । असार १ गतेदेखि कुनै पनि वहानामा नदिजन्य पदार्थको उत्खन्न, डम्बपिङ, विक्री वितरण गरेकोमा कारवाही गरिने निणर्य भएको छ ।

सगरी जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक सुरेश काफलेले अवैध ढुंगा गिट्टी बालुवा उत्खनन् नियन्त्रण गर्ने अभियानमा लागेको बताउनुभयो । केही समय अगाडीको पत्रकार भेटघाटका क्रममा पनि यो कामलाई तत्काल नियन्त्रणका लागि कदम चलाउने बताउनुभएको थियो ।

साथै उहाँले अवैध रुपमा नदि जन्य पदार्थ उत्खनन नगर्न अनुरोध गर्नुभएको छ । अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन्को वारेमा जन गुनासो आएको वताउदै अवैध दोहन हुन नदिने बताउनुभएको हो । नदी जन्य पदार्थ अवैध रुपमा दोहन हुन्छन् भन्ने धेरै गुनासो आएको आएको बताउनुभयो । ‘म आए देखि मेरो कार्यकाल रहदासम्म नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् हुदैन र हुन पनि दिन्न’ उहाँले भन्नुभयो ।

बालवालिकालाई लक्षित गरेर यूरोकिड्स संचालनमा

राप्ती पोष्ट

घोराही, २७ असार ।

घोराही उपमहानगरपालिका १५ रतनपुरमा फरक तयारीका साथ यूरोकिड्स पूर्व प्राथमिक विद्यालय संचालनमा ल्याइएको छ ।
विद्यालयको आइतवार औपचारिक रुपमा उद्घाटन गरिएको थियो । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले विद्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख चौधरीले विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिनुपर्ने भन्दै नयाँ नयाँ हुँदा राम्रो गर्ने तर पछि त्यसलाई कायम गर्न नसक्ने नहोस भन्ने आग्रह गर्नुभयो ।

पछिल्लो समयमा थुप्रै संस्थागत विद्यालयहरु संचालन हुने क्रम बढेको भन्दै गुणस्तरितामा ख्याल गर्न मेयर चौधरीले सुझाव दिनुभयो । उहाँले शिक्षाको क्षेत्रमा गरिएको लगानीले दक्ष जनशक्ति उत्पादन हुनुपर्ने भन्दै युरोकिड्सले साना बालवालिकाहरुलाई राम्रो शिक्षा र संस्कार दिन आग्रह गर्नुभयो ।

हाल भौतिक पुर्वाधारको काम सम्पन्न भएसंगै उद्घाटन गर्ने काम गरिएको स्कुल प्रमुख सुधिर बस्यालले जानकारी गराउनुभयो । यसका साथै शैक्षिक व्यवस्थापनका लागि विदेशवाट जनशक्ति ल्याइएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नंं. १५ का अध्यक्ष रमेश पाण्डे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बालवालिकाका अभिभावहरु, स्थानीय, शिक्षासेवी लगायतको सहभागिता रहेको थियो ।

पत्रकारहरुका लागि आयुर्वेदिक औषधी उपलव्ध

राप्ती पोष्ट

घोराही, २५ असार ।

कोरोना जितेका र संक्रमण नभएका दाङ जिल्लाका पत्रकारहरुलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ ।
राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुरले दाङका कोरोना संक्रमण भएका पत्रकारहरुका लागि आयुर्वेदिक औषधी प्रदान गरेको थियो भने अन्यलाई च्यवनप्राश उपलव्ध गराएको थियो । शुक्रवार पत्रकार महासंघलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर्वेदिक औषधीहरु प्रदान गरिएको थियो ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने च्यवनप्राश, तुलसी चिया लगायत तीन किसिमका सामग्रीहरु प्रदान गरिएको थियो । कार्यक्रममा चिकित्सालयका डां मदन बुढाथोकीले औषधी सेवनको तरिका र फाइदाका बिषयमा जानकारी गराउनुभएको थियो । यो भन्दा अगाडी पनि यस्तो कार्यक्रम गरिएको जानकारी गराउनुभएको थियो । स्वस्थ जीनवका लागि आयुर्वेदिक औषधीको महत्वको विषयमा बताउदै उहाँले सही तरिकाले सेवन गर्न आवश्यक भएको बताउनुभएको थियो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यले पोष्ट कोभिडका विरामीहरुलाईको स्वास्थ्यलाई मध्यनजर गर्दै औषधी वितरणको कार्यक्रम अगाडी बढाइएको जानकारी गराउनुभयो । खासगरी प्रन्टलाइनमा काम गर्नेहरुहरुलाई प्राथमिकता दिएको उहाँको भनाई थियो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले कोरोना संक्रमण भएका पत्रकारहरुको स्वास्थ्यलाई प्राथमिकता दिदैँ औषधी वितरण गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रम पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

लायन्स क्लवहरुमा नेतृत्व परिवर्तन

राप्ती पोष्ट
घोराही, असार ।

दाङ जिल्लामा रहेका एक दर्जन भन्दा धेरै लायन्स क्लवहरुमा नेतृत्व परिवर्तन थालिएको छ । समाज सेवाको क्षेत्रमा कृयाशिल लायन्स क्लवहरुले हरेक बर्ष नेतृत्व परिवर्तन गर्दछन् । लायन्स क्लवको नयाँ कार्यकाल हरेक अंग्रेजी बर्षको जुलाई १ तारेकबाट सुरु हुने गर्दछ ।

लायन्स क्लव घोराही सिटीका अध्यक्ष ललित श्रेष्ठ
लायन्स क्लव दाङका अध्यक्ष गणेश अधिकारी

सोही क्रममा लायन्स क्लव राप्ती इञ्जिनियरिङ, लायन्स क्लव राजविद्या, लायन्स क्लव घोराही सिटी, लायन्स क्लव दाङ लगायत सवैले नयाँ नेतृत्व चयन गरेका छन् । यसैगरी लायन्स क्लव अफ राप्ती इन्जिनियरिङको अध्यक्षमा रेशम गिरी चयन हुनुभएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा मधुसदन वैद्य, द्वितीय उपाध्यक्षमा कर्णबहादुुर पुन, तृतीय उपाध्यक्षमा शरद अधिकारी, सचिवमा कृष्ण बहादुर वली र कोषाध्यक्ष रोसन रानालाई चयन गरिएको छ ।

त्यस्तै क्लव सर्भिस चियरमेनमा लायन डा.शैलेन्द्र गिरी, क्लव एलसीआइएफ कोडिनेटर लायन संगिता गिरी, स्वाथ्य निर्देशकमा लायन सरिता गिरी, शिक्षा तथा वातावरण कार्यक्रम निर्देशकमा लायन खेमराज मल्ल, मेम्बरसिप चिर्यरप्रसन लायन ई.बावुराम जोशी, क्लव निर्देशकमा लायन सन्तोष गिरीलाई चयन गरिएको छ ।

त्यस्तै गरी क्लव मार्केटिङ तथा संचार अध्यक्षमा लायन धनेश्वर चौधरी, सामुदायिक कार्यक्रम निर्देशक लायन हेमराज बैद्य, क्लव मार्केटिङ अध्यक्षमा अशोक गिरी चयन भएका छन् । त्यस्तै गरी सह कोषाध्यक्षमा हिमाली गिरी, समाजसेवा कार्यक्रम निर्देशक लायन शुशिला आचार्य, सह सचिवमा माधव अधिकारी, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विकास निर्देशकमा लायन वयलसन गिरी, वित्तिय निर्देशकमा भुमिका जि.सी., सदस्यता वृद्धि अध्यक्ष विश्वबन्धु थापा, अतिरिक्त क्रियाकलाप निर्देशकमा हेमराज शर्मा, कार्यक्रम व्यवस्थापक निर्देशक लायन करिना खडका र अतिथि सत्कार निर्देशकमा संगीता बुढा चयन हुनुभएको छ ।

घोराहीमा रहेको पुरानो मध्यको लायन्स क्लव घोराही सिटीमा पनि नयाँ नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा ललित श्रेष्ठ, प्रथम उपाध्यक्षमा पवन योगी, द्वितिय उपाध्यक्षमा विवेक आचार्य र तृतिय उपाध्यक्षमा ओविन्द्र बहादुर महरालाई चयन गरिएको छ । यसैगरी सचिवमा पुष्पराज आचार्य र कोषाध्यक्षमा सनत गिरीलाई चयन गरिएको छ ।
उता तुलसीपुरमा रहेको लायन्स क्लव अफ दाङका अध्यक्षमा गणेश अधिकारी चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर डाँगी, प्रथम उपाध्यक्षमा भागवत घिमिरे, द्वितिय उपाध्यक्षमा बिनिल केसी, तृतीय उपाध्यक्षमा लोकबहादुर विष्ट, महासचिवमा भोजराज न्यौपाने, कोषाध्यक्षमा सुमन डाँगी, सह–सचिवमा सिमा बुढाथोकी र सह–कोषाध्यक्षमा गोरख वलीलाई चयन गरिएको छ ।

त्यस्तै मेम्बरसिप डाईरेक्टरमा कोमल डाँगी, टेलटवाइस्टरमा गोपाल रावत, पिआरोमा प्रमोद बस्नेत, टेमरमा केशव भुसाल हुनुभएको छ । सोही क्लवको पहलमा दुईवटा नयाँ क्लव निर्माण गरिएको छ । लायन्स क्लव अफ दाङ कालिका मालिका र लायन्स क्लव अफ् दाङ टिचर गठन गरिएको छ । जसमध्य कालिका मालिकाको अध्यक्षमा बिरेन्द्र खड्का र लायन्स क्लव अफ दाङ टिचरका अध्यक्षमा ठांकुर डाँगीलाई चयन गरिएको छ ।

यस्तै लायन्स क्लब अफ स्वर्गद्वारीमा पनि नयाँ पदाधिकारी चयन गरिएको छ । अध्यक्ष लोकमणि गौतमले लायनबर्ष २०२१÷२०२२ का लागि तारा प्रसाद पोख्रेललाई पद हस्तान्तरण गर्नुभएको थियो ।

 

मोटरसाइकल चोरी गर्ने गिरोह खोज्दै प्रहरी

आठजना जनालाई पक्राउ गरेर सार्वजनिक

राप्ती पोष्ट
घोराही, असार ।

दाङमा मोटरसाइकिल चोरीका घटना बढ्न थालेपछि प्रहरीले चोरीका घट्ना रोक्न सक्रियता बढाएको छ । केही दिन यता दाङ जिल्लामा दैनिक जसो मोटरसाइकिल हराएको उजुरी जिल्ला प्रहरी कार्यालयमा पर्न थालेका थिए ।
दैनिक रुपमा मोटरसाइकिल चोरीका घट्ना हुन थालेपछि अभियान चलाउनु परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ‘दैनिक रुपमा चोरीका घटना हुन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट अभियाननै चलाएर चोरी गर्नेरुलाई पक्राउ गर्न थालिएको हो ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो । सोही क्रममा दाङबाट चोरी गरी रोल्पा र प्युठान पु¥याईएका १३ वटा मोटरसाईकल सहित आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

दाङबाट चोरी गरी रोल्पा र प्युठान पु¥याईएका विभिन्न कम्पनीका १३ वटा मोटरसाईकल सहित चोरी गर्ने गिरोहका नाईकेलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यसरी पक्राउ पर्नेमा एक जना भारतिय नागरिक समेत रहेका छन् । यस्तै पाँच जना रोल्पाका, दाङ र प्युठानका एक÷एक जना रहेका छन् ।

भारत बलरामपुर तुलसीपुर थानाका २२ बर्षिय मोहम्मद रफिक, घोराही उपमहानगरपालिका १९ का १९ बर्षिय जाबेद खान र प्युठान स्वर्गद्धारी नगरपालिका ३ जलुकेका २४ बर्षिय ठगिराम थापालाई पक्राउ गरिएको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभयो । अन्य पक्राउ पर्नेमा रोल्पा सुनिलस्मृती गाउँपालिका ३ सुलिचौरका २८ बर्षिय श्रीजात अन्सारी, लुंग्री गाउँपालिका ४ नम्जाका २६ बर्षिय लेखनाथ विष्ट, वडा नम्बर ५ बडाचौरका २५ बर्षिय टेकेन्द्र बिष्ट, वडा नम्बर ६ गुम्चालका २६ बर्षिय नुमबहादुर रोका क्षेत्री र २२ बर्षिय हिराबहादुर बिष्ट रहेका छन् ।

पक्राउ परेका श्रीजात अन्सारी ग्लोवल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाईकल खरिद गर्न गिरोह परिचालन गरेको प्रबक्ता डिएसपी रिजालको भनाई छ । त्यसैगरी, प्युठान जलुके स्थित थापा अटो पार्टसका सञ्चालक ठगिराम थापाले चोरीका मोटरसाईकल खरिद गर्ने र विक्रि गर्दै आएको अनुुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरीमा दैनिक मोटरसाईकल चोरीका निबेदन आउन थालेपछि प्रहरी सहायक निरिक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभयो ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले कुनै पनि अपराधलाई सामान्य नठान्ने बताउनुभयो । पाँचदिन पहिले दाङमा प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनुभएक्ँ काफ्लेले मोटरसाईकल चोरीका घटना चुनौतीपूर्ण बन्दै गएको पाएपछि मोटरसाईकल खोजी र गिरोह पक्राउमा पहिलो कार्वाही थालेको जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता रिजालले दाङ जिल्लामा यस अघि पनि मोटरसाइकिल हराउने गरेको भएपनि पछिल्लो समय बढी नै संख्यामा मोटरसाइलिक हराइरहेको बताउनुभयो । मोटरसाइकिल चोरी गर्ने गिरोहले पहाडी जिल्लामा लगेर विक्रि गर्ने, मोटरसाइकिलका सामग्री निकालेर अरु मोटरसाइकिलमा प्रयोग गर्ने गरेको पाइन्छ । चोरीका मोटरसाइकिल प्रयोग नगर्न पनि प्रहरी प्रवक्ता रिजालले सवैलाई आग्रह गर्नुभएको छ ।

 

 

 

‘सेटिङ’ मिलाएर जिल्ला बाहिर सवारी संचालन गरिदै

छवी पुरी÷राप्ती पोष्ट
दाङ, असार ।

घोराहीको दोस्रो ठूलो बजारका रुपमा रहेको नारायणपुरबाट घोराही हुँदै बस भरी यात्रु लिएर शुक्रबार दिउँसो करीव ३ बजे यात्रु वाहक बस काठमाडौँ जाँदै थियो । घोराहीको ट्राफिक चोकमा गएर बस पार्किङ गरी केही यात्रु कुरीरहेको बेला एक जना ट्राफिक आएर बसका चालकसँग सोध्नुभयो, बस कहाँ जाँदैछ ? बस चालकले भन्नुभयो, सर हामी काठमाडौका लागि हिँडेको । फेरी ट्राफिक प्रहरीले सोध्नुभयो, सवारी पास त होला नी ? बस चालकले छ भन्नुभयो । उसो भए हेरौँ न भने पछि बस चालकले बसको सहयोगीलाई बोलाउँदै कागज पत्र देखाउन आग्रह गर्नुभयो । कागज पत्र हेर्दा घोराही उपमहानगर पालिका वडा नम्बर १० को वडा कार्यालयले जिल्ला प्रशासनलाई दाङबाट काठमाडौँसम्म कामका लागि जाने १४ जना चढ्ने यात्रु वाहक बसको नम्बरसहित सवारी पास गरेको सिफारिस मात्रै थियो । अनि जिल्ला प्रशासनले दिएको पास खोई भनी सोध्दा बसका सहयोगीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले सवारी पास दिलाई दिन भनी लेखेको अर्को पास देखाए । यो त भएन, सवारी पास बिना त कसरी छाड्ने ? सरकारले नै एक जिल्लाबाट अर्को जिल्ला जान परे सवारी पास अनिवार्य गरेको छ । जिल्लाबाट बाहिरिने बसलाई यसरी छाड्न मिल्दैन भनी जवाफ दिए ।

बसमा ३७ सिट भएपनि ४५ जना भन्दा बढी बसेका थिए । ना ६ ख २४८२ नम्बरको उक्त यात्रु वाहक बसले सवारी पास बिना दाङबाट काठमाडौँसम्म यात्रु लैजान थालेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा आउन बसको कर्मचारीलाई आग्रह गर्नुभयो । केही बेरको कुराकानीपछि उक्त बस गन्तव्यतिर लाग्यो । बस पास बिना कसरी गयो थाहा भएन ।
यस्ता उदाहरण दैनिक जसो हुने गरेको छ । काठमाडौँबाट दाङ आउने र दाङबाट जिल्ला बाहिर जाने बसले पनि बाटोमा ट्राफिकलाई यसै गरी आँखा छलेर यात्रु ओसार्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीलाई पास बिनाको बस यात्रु लिएर काठमाडौँ जान थालेको भन्दै सोध्दा पास बिनाका बस जिल्ला बाहिर नगएको जानकारी दिनुभयो । जबकी उक्त बस उहाँको कार्यालय अगाडी करीव आधा घण्टा भन्दा धेरै समय उभिएको थियो । र, बसका कर्मचारी कागज पत्रको सेटिङ मिलाउन ट्राफिक कार्यालयमा पुगेका थिए ।

घोराही १० को वडा कार्यालयले १४ जनाको पास बनाई दिन सिफारिस गरेको वडा अध्यक्ष चित्रबहादुर डाँगीले बताउनुभयो । यता, घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले बिहीबार दाङबाट काठमाडौंका लागि दुई वटा बसका लागि सवारी पासको लागि जिल्ला प्रशासनमा सिफारिस गरिएको बताउनुुभयो । एउटा बसमा २५ जनाभन्दा बढी यात्रु राख्न नमिल्ने भएकाले सोही आधारमा सिफारिस गरिएको उहाँको भनाई छ ।

प्राय सबै जिल्लामा लकडाउन खुकुलो भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय खुलेका छन् । काम गर्नेहरु गन्तब्यमा पुग्नु पर्ने पनि भएको छ । तर, बस व्यवसायीहरुले सेटिङका आधारमा सरकारले जारी गरेको मापदण्ड उल्लंघन गर्दै बसभरी यात्रु राखेर निर्वाध बस देशैभर गुडाईरहेका छन् । यस तर्फ यातायात व्यवसायीहरुको अभिभावक संस्था पनि मौन देखिन्छ । दाङमा नेपालगंज जाने यात्रु वाहक सवारी सामान्य अवस्थामा जस्तै गुडिरहेका छन् ।

तर, ट्राफिक प्रहरीले जिल्ला बाहिर त्यसरी सवारी नजाने गरेको दावी गर्दै आएको छ । यस्तै, जिल्लाभित्र संचालनमा रहेका यात्रु वाहक बसले साविककै भाडादरमा यात्रु बोक्ने गरेपनि अहिले दाङबाट काठमाडौंको यात्रु भाडा दोब्बर बढी लिने गरेका छन् । साविकको भाडा दर डिलक्स बसमा १ हजार भएपनि अहिले बस भरी यात्रु पनि राख्ने तर भाडा भने २ हजार देखि पच्चीस सयसम्म लिने गरेका छन् । एक यात्रुले भन्नुभयो, ‘ आफुलाई जानै पर्ने अवस्था छ, बसले जति भने पनि तिर्नै पर्यौ के गर्नु, बस भरी यात्रु हालेको छ कोरोनाको जोखिम छ तर बसमा स्वास्थ्य सुरक्षाका केही साधन पनि छैन ।’
उता, वडा प्रहरी कार्यालय लमहीले पूर्वपश्चिम राजमार्ग भएर जिल्ला बाहिरबाट आएका सार्वजनिक सवारीको सवारी पास नियमित जाँच हुने गरेको बताउनुभयो । कतिपय सार्वजनिक बसले बिना पास पनि चलाएको भेटिएको उहाँको भनाई छ । सम्बन्धित स्थानबाट छुटेका बसलाई त्यहीँको प्रहरी प्रशासनले रोक्न नसक्दा बिच बाटोमा यात्रु अलपत्र पार्न पनि नसकिने भन्दै व्यवहारिकता हेरेर चेतावनी दिँदै छाड्ने गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निक्षिक राजन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समस्या छ, लामो बाटो तय गरेर यात्रु लिएर आएका बसहरुलाई के गर्नु व्यवहारिकता हेरेर छाड्नुपर्छ, नियम नमान्ने परिपाटीले समस्या भएको छ’, उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय दाङको सवारी पास वितरण शाखाले बिहीबार प्रशासनबाट १२ वटा मात्रै पास जारी भएको जनाएको छ । पास वितरण शाखाका अधिकृत नवराज शर्माले १२ वटा सवारी पास मध्ये ३ वटा ठूला बसको र ९ वटा साना सवारीको मात्रै रहेको बताउनुभयो । उहाँका अनुसार यात्रु वाहक बसहरुमा हेटौडा, धादिङ र रुकुमका लागि मात्रै पास जारी भएको छ । उहाँले काठमाडौँ जाने बसका लागि पास नदिएको प्रष्ट पार्नुभयो ।

बसका कर्मचारीले पनि काठमाडौंका लागि ललितपुरबाट पनि पास बनाएका थिएनन् । तर, बस भरी यात्रु बोकेर हिँडेको बसले काठमाडौं हिँडेको पाइएको छ । यसले प्रहरी प्रशासनकै खिल्ली उडाएको देखिएको छ । कोरोना महामारीका बेलामा सार्वजनिक यातायात जिल्ला बाहिर संचालनको अनुमति दिइएको छैन । तर, पास लिएर सिमित यात्रु बोक्न सकिने प्रावधान भएपनि यसको पालना हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाबाट जारी हुने पास र अनुगमनको विषय प्रभावकारी रुपमा भईरहेको बताउनुभयो । तर, कार्यान्वयन तहमा यो अभ्यास भने प्रभावकारी रुपमा भएको पाइएको छैन । बस भरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुसँग दोब्बर बढी भाडा असुल्ने काम हुँदा पनि प्रहरी प्रशासनले यातायात व्यवसायीसँग साँठगाँठ गर्दै आवागमनमा सहयोग गररहेको देखिएको छ । दाङमा जिल्लाबाहिरबाट दैनिक कम्तिमा आठ वटाभन्दा बढी सार्वजनिक सवारी आउने गरेका छन् । मापदण्ड अपनाउन नसक्दा र मन लाग्दी जिल्ला बाहिरबाट यसरी यात्रु बोक्दा कोरोनाको जोखिम उच्च रहेकाले बेलैमा स्थानीय प्रशासन र सरोकार निकायले गम्भीर रुपमा यसको नियमन गर्नुपर्ने नागरिकहरुको आग्रह छ ।

 

 

छिटो छरितो मुद्दा फच्र्छ्योट हुँदै

 

जिल्लामा करिव दुई हजार मुद्दा फछर््यौट

विमला घर्ती/राप्ती पोष्ट

घोराही÷असार । दाङ देउखुरी जिल्ला अदालतमा आएका मुद्दाको तत्कालै फछ्यौट हुन थालेका छन् । चालु आर्थिक बर्ष २०७७÷०७८ को असार १५ सम्म एक हजार नौ सय ३९ मुद्दा फछर््यौट गरेर जिल्ला अदालतले उदाहरणिय काम गरेको छ ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाले पछिल्ला समयमा मुद्दाको टुंगो छिटो छरिटो रुपमा गरिदैँ आएको बताउनुभयो ।  उहाँका अनुसार गत बर्षबाट एक हजार चार सय ४८ मुद्दा लगत सरि आएका थिए भने नयाँ दुई हजार दुई सय ३५ मुद्दा दर्ता भएका थिए । अदालतमा तीन हजार छ सय ८३ रहेका थिए । न्यायाधीश थापाका अनुसार अव एक हजार सात सय ४४ मुद्दा टुंगो लाग्न बाँकी रहेका छन् । अदालतमा आएका मुद्दाहरु छिटो भन्दा छिटो टुङ्ग्याउनका लागि लागिरहेको पनि उहाँले बताउनुभयो ।

जिल्ला अदालतको तथ्यांकका आधारमा हेर्ने हो भने तुलनात्मक रुपमा धेरै मुद्दा सम्बन्ध बिच्छेदका आउने गरेका छन् । एक हजार छ मुद्दामा छ सय ७८ फर्छ्यौट भएका छन्, भने तीन सय २८ बाँकी रहेका छन् । यस्तै चार सय १४ अंश सम्बन्धि मुद्दामा एक सय ९१  मुद्दाको टुंगो लगाइएको छ, भने दुई सय २३ बाँकी रहेका छन् ।

लेनदेन सम्बन्धि दुई सय ६९ मुद्दामा एक सय ६२ मुद्दा फर्छ्यौट भएका छन्, भने एक सय सात बाँकी रहेको तथ्यांक छ । लिखित बदर सम्बन्धि तीन सय २८ मुद्दामा एक सय एक फर्छ्यौट गरिएको छ, भने दुई सय २७ बाँकी रहेको छ । यस्तै जबरजस्ती करणी सम्बन्धि एक सय ७८ मुद्दामा ९५फर्छ्यौट गरिएको छ, भने ८३ बाँकी, ज्यान मार्ने उद्योगका एक सय तीन वटा मुद्दा परेका छन् । जसमा ५६ मुद्दाको फर्छ्यौट गरिएको छ, भने ४७ फर्छ्यौट हुन बाँकी रहेको छ ।

यसैगरी कर्तव्य ज्यानका ५९ वटा मुद्दामा ३५ फर्छ्यौट तथा २४ बाँकी छन् । बहु बिवाहका ५५ मुद्दामा २७ फर्छ्यौट तथा २८ बाँकी छन् । बालविवाह सम्बन्धि १२ मुद्दामा सातको फर्छ्यौट गरिएको छ । भने पाँच बाँकी रहेका छन् । लागुऔषध सम्बन्धी ५८ मुद्दामा २६ फर्छ्यौट गरिएको छ, भने ३२ बाँकी छन् । वन र वन्यजन्तु सम्बन्धी ५८ मुद्दा मध्ये ७८ फर्छ्यौट ९१ बाँकी रहेका छन् ।

जालसाज सम्बन्धि दुई सय ७५ मुद्दामा एक सय दुई फर्छ्यौट गरिएको छ, भने एक सय ७३ बाँकी रहेका छन् । चेक अनादर सम्बन्धि एक सय ९८ मुद्दामा एक सय १० फर्छ्यौट गरिएको छ । भने ८८ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । यस्तै घरेलु हिंसाका २७ मुद्दामा १४ को फर्छ्यौट गरिएको छ, भने बाँकी १३ मुद्दा रहेका छन् । न्यायाधीश थापाले कोरोनाका कारणले मुद्दा फैसलामा केही असर गरेको बताउनुभयो ।

 

 

यसैबीच घोराहीमा बिहीबार अदालतमा प्रयोगमा आउने कानुनी शब्द तथा कार्यविधि सम्बन्धि आधारभुत ज्ञानका बिषयमा छलफल गरिएको छ । दाङ जिल्ला अदालतको आयोजना तथा पत्रकार महासंघ दाङको समन्वयमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायधीश रितेन्द्र थापाले कार्यपत्र प्रस्तुत गर्दै कानुनी भाषाका बिषयमा जानकारी गराउनुभएको थियो । कानुनी भाषाको बिषयमा अभ्यस्त हुन नसक्दा कतिपय समाचारहरुमा गलत कुरा प्रकाशित र प्रशारित हुँदै आएकोमा सचेत गराउनुभएको थियो । अदालती बिषयहरु आफैमा जटिल हुने हुँदा रिपोर्टिङ कम हुने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले लोकतन्त्रलाई सबल सक्षम र दिगो बनाउन न्यायलय र मिडियाबीचको सम्बन्ध सुमधुर हुनु पर्ने बताउनुभएको छ । कार्यक्रममा उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र खबरपालिका एक अर्काका परिपूरक भएको उल्लेख गर्नुभयो । उहाँले यी संयन्त्र लोकतन्त्रलाई सबल र दिगो बनाउने राज्यका महत्वपूर्ण अंग भएको धारणा व्यक्त गर्नुभयो ।

गौतमले बदलिँदो परिवेश अनुसार अहिले संचारमाध्यमको विकास सँगसँगै चुनौति थपिँदै गएको पनि बताउनुभयो । जसका लागि संचारमाध्यमले आफुलाई स्वनियमन गर्न सकेमा बेला बेलामा विवादका रुपमा देखा पर्ने समस्या नदोहोरिने तर्क गर्नुभयो । पत्रकार, संचार प्रतिष्ठानले समाचारमा सत्यता, निष्पक्ष र प्रभावकारी बनाउन स्वअध्ययन र सत्यता, निष्पक्षताको आधारमा पुग्न सक्नु पर्ने उहाँको धारणा छ । अदालतले गर्ने आदेश र फैसलालाई राम्रोसँग यकिन गर्न, समाजमा समाचारले पार्ने प्रभाव ख्याल गर्न तथा अदालति समाचारमा कम्तिमा दुई पटक यकिन गरेर समाचार प्रकाशन प्रशारण गरेमा विश्वसनीय र सन्तुलित हुन सक्ने बताउनुभयो । अन्यथा अपूरो अधुरो समाचारले कसैको जीवन मरणको सवाल पनि बन्न सक्ने र न्याय सम्पादनमा अदालतलाई पनि प्रभाव पर्न सक्ने हुँदा थप जिम्मेवार बन्न उहाँको आग्रह थियो । उहाँले समाजमा उत्पन्न हुने समस्यालाई मेलमिलापबाट विवादको टुंगो लगाउन सहयोग पुर्याउन पत्रकारहरु पनि यस तर्फ पनि जिम्मेवार बन्न सक्नु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले अदालतको रिपोर्टिङका विषयमा पत्रकारहरुलाई अदालती ज्ञान बढाउन यस प्रकारका कार्यक्रमले निकै लाभ मिलेको बताउनुभयो । नागरिक समाज दाङका संयोजक केवी मसाललले न्यायपालिका र पत्रकारहरु बीच निष्पक्ष सहकार्य आवश्यक रहेको तर्क गर्नुभयो । अदालतका श्रेस्तेदार धनसिंह गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत राजेन्द्रकुमार शर्माले गर्नुभएको थियो ।

 

 

‘अपराधको जड लागुऔषध र मदिरा’

राप्ती पोष्ट

तुलसीपुर/असार । मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले नेपालको सन्दर्भमा अधिकांश अपराधको जड लागु औषध र मदिरा सेवन भएको बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका सन्दर्भमा बोल्दै अध्यक्ष खनालले यस्तो बताउनुभएकोे हो ।

उहाँले अपराधलाई पूर्ण रुपमा निर्मुल गर्न नसकिएपनि लागु पदार्थको सेवन र मदिरालाई नियन्त्रण गर्न सक्ने हो भने अवराधका घटनाहरुमा पनि स्वतः कमी आउने दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘ मदिरा दुब्र्यसनबाट हुने अपराधको सूचि लामो छ, त्यसैले यसलाई रोक्नका लागि सवै लाग्नुपर्छ ।’ मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्यसमितिले शनिबार लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

हरेक बर्ष जुन २६ को सन्र्दभमा शान्ति समाजले बर्षेनी बिद्यालय, समुदाय र सडक लगायतमा केन्द्रित लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । कोभिड महामारीका कारणले शान्ति समाजले भर्चुअल मार्फत कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा समाजका बरिष्ठ उपसभापति सुशील बस्नेतले नेपालमा अधिकांश सडक दुर्घटनाका पछाडिको कारण अत्यधिक मदिरा सेवन रहेको बताउनुभयो । समाजमा हुने अनेकन खालका झै–झगडा, यौन प्रेरित हमला, डकैती, बलत्कार, घरेलु हिंसा, हत्या, बाल यौन शोषणका घटनाको पछाडि कही न कही मदिरा दुब्र्यसन कारण पनि बस्नेतले बताउनुभयो ।

बस्नेतले घरेलु हिंसाको एक प्रमुख कारण दुब्र्यसन रही आएको बताउँदै बाल दुब्र्यबहार र बाल यौन शोषणका घटना पछाडी दुब्र्यसन एक प्रमुख कारण रहेको उल्लेख गर्नुभयो । समाजमा बढ्दो अपराध रोक्नका लागि लागु पदार्थ र मदिरा सेवनका विरुद्धमा अभियान संचालन गर्नुपर्ने धारणा पनि बरिष्ठ उपसभापति बस्नेतको थियो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय उपसभापति कृष्ण रावल, सचिवद्वय मीना ढकाल, बाबुहरी आचार्य, कोषाध्यक्ष जगननाथ पुडासैनी र चन्द्रमणी बन्जाडाले युवा पुस्तालाई दुब्र्यसनबाट जोगाउने उद्देश्यले तीनवटा क्षेत्र बिद्यालय, समुदाय र कार्यस्थल लक्षित अभियानमा शान्ति समाजले जोड दिएको जानकारी दिनुभयो ।

भर्चुअल अन्तरक्रियामा विभिन्न जिल्लाका सभापतिहरुको सहभागिता थियो । शाखा सभापतिहरुले जिल्लामा लागु औषध सेवनले पारेको असरका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा सुनसरी शाखा सभापति सीताराम कोइराला, नुवाकोट शाखा सभापति नारायण श्रेष्ठ, चितवन शाखा सभापति शम्भु राउत, सुर्खेत शाखा सभापति प्रकाश शाहीले दुब्र्यसनी तथा लागु औषधका कारण ब्यक्ति, परिवार र समाजमा ठुलो असर पार्दै आएको धारणा राख्नुभएको थियो ।
पाठ्यक्रममा समाबेश गरिएको लागु औषध तथा दुब्र्यसनीका बिरुद्ध ब्यापक रुपमा सचेतना अभिबृद्धि गर्नुपर्नेमा बक्ताहरुको जोड थियो । कार्यक्रमको सहजिकरण शान्ति समाजका केन्द्रिय महासचिब रामकृष्ण बरालले गर्नुभएको थियो ।

नियम विपरित चलेको भन्दै ट्राफिक प्रहरीद्वारा सयौं अटो नियन्त्रणमा

छवि पुरी/राप्ती पोष्ट

घोराही/ कोरोना महामारी बढेको भढेको भन्दै दाङमा जारी लकडाउनका बीच नियम मिचेर अटो रिक्सा चलाएको भन्दै ट्राफिक प्रहरीले दाङका विभिन्न स्थानबाट सयौँ अटो रिक्सा नियन्त्रणमा लिएको छ ।

आईतबार जिल्लाका विभिन्न स्थानबाट नियम मिचेर जबरजस्ती अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिनुभयो ।

सरकारले लकडाउनका बेला अत्यावश्यक बाहेकका सवारी चलाउन रोक लगाएको बेलामा यात्रु बोकेर चलाएको भन्दै नियम उल्लंघन भएको भन्दै नियन्त्रणमा लिनु परेको कार्यालय प्रमुख जिसीको भनाई छ । उहाँका अनुसार लकडाउनमा भीडभाड हुने गरी अटो चलाएको, मनलाग्दी यात्रु ओसारेको तथा सवारी चालक अनुमति बिना सवारी चलाएको भन्दै चलाउन रोक लगाईएको हो ।

जिल्लाका विभिन्न स्थानबाट यात्रु बोकेर आएका ती अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि चालकहरु अन्योलमा परेका थिए । यो अवस्थामा सकेसम्म नचलाउन आग्रह गर्दै पहिलोपटकलाई सम्झाई बुझाई बिना जरिवाना अपरान्ह सबै अटो रिक्सा चालकलाई प्रतिवद्धता व्यक्त गर्न लगाएर छाडिएको उहाँको भनाई छ । आइन्दा अटेरी गरेर नियम मिचेर अटो रिक्स चलाएमा कडा कारवाही गर्ने चेतावनी दिइएको उहाँले बताउनुभयो ।

उहाँले आफुहरुलाई अटो चलाउनु पर्ने वा मानिस, समान बोक्नु पर्ने अवस्था आएमा तत्काल ट्राफिक प्रहरीमा समन्वय गरी सञ्चालन गर्न आग्रह गर्नुभएको छ । जिल्लामा जारी लकडाउन असार १५ गते बेलुकी ६ बजेसम्म लागू भएको छ । दाङमा करीव ८ सय अटो रिक्सा संचालनमा रहेको ट्राफिक प्रहरीको भनाई छ ।

मामा हजुरमा शव्द श्रद्धाञ्जली

डा. मधूसुदन लामिछाने
पीडा भोगिरहेछ चातक बरा पानी सुक्यो मूुलको
बाँच्ने हो कसरी ? बढ्यो छटपटी के दोष हो मेघको ?
कल्ले सक्छ र रोक्न झिम्झिम झरी पानी पुग्यो लौ भनी
कल्ले सक्छ र मेट्न ? कर्मगति त्यो हा राम जान्छन्मरी ।।

हामी जे नहोओस् भनेर रातदिन कामना गर्दछौँ त्यही हुन्छ । जे होओस् भनी सदैव प्रार्थना गर्दछौँ त्यो हुँदै हुँदैन । दुःखको मूुल कारण पनि यही हो जस्तो लाग्छ मलाई । जो अस्ति छँदै थिएन, आज छ र भोलि रहनेवाला छैन । यो निश्चय हो प्राणीहरू मर्नका लागि जन्मन्छन् । उदय हुनु अस्ताउनका लागि हो । जाग्न वा उम्रनु ढल्नका लागि हो । बग्दैजानु वर्षा हुनका लागि हो । आराम गर्नै पाउँदैन रातदिन बग्ने नदीले । सानो खोल्सा साना नदीमा पुग्न पाउँदा आनन्द मान्दछन् । सानो नदी ठूलो नदीलाई भेट्टाउन निकै हतार गर्छ र पुग्दछ पनि । अब त मेरो स्वरूप विशाल भयो आराम हुन्छ होला है भनेको त झन दुःखी हुँदै सागर भेट्न दौडन्छन् नदीहरू । सागरमा के आनन्द हुन्थ्यो, उनीहरू त महासागरतिर लम्केका देखिन्छन् । सहायद लाग्दो हो महासागरमा पुगपछि परमानन्द होला । ओहो ! के आनन्द हुन्थ्यो त्यहाँ ? हो त्यहाँ त भित्र निकै पोल्दो हो । भित्रको त्यो तापमा बिचरो हिमगङ्गाबाट बगेको शक्तिशाली भ्रुणजस्तो महासागरको त्यो बडबानलमा के सुख पाउँथ्यो र । हे ईश्वर ! यो पीडाबाट छिटै मुक्त हुन पाउँ भनी कामना गरेको जस्तो अनुभूुति हुन्छ ।
आप्mनो स्थान कसलाई मन पर्दैन र । हिमालका शिरबाट बगेको नदी पुनः बाफ बनी आकातिरको यात्रा आरम्भ गर्दछ । बाफ बादलमा रूपान्तरण भई आकाश मार्गको बिशाल यात्रा पार गर्दै पुनः त्यो हिमालकै शिरमा हिउँ बनी वर्षा हुन्छ । यो प्राकृतिक नियम हो । यो कसैको अधिनमा छैन । आजको वैज्ञानिक युगमा मानिसले जतिसुकै भौतिक उन्नति गरे पनि प्रकृतिका नियमहरूलाई आप्mनो वशमा पारेको देखिदैन । पानी एक तरल पदार्थले त आप्mनो जन्मस्थानको खोज गर्दै अन्त्यमा त्यही हिमालमा झरेर क्षणिक परमानन्दको अनुभव ग¥यो । सदैव आनन्द त कहाँ पो पाइन्थ्यो र । पुनः दुःखको यात्रा त आरम्भ भयो नै ।

आगाका झिल्काहरू पनि आकाश ताक्दै बिलाउँछन् । बलेको दियोको ज्योति पनि आकाश ताक्दै समाप्त हुन्छ । माटाका भाँडाहरू प्याट्ट फुटे भने यही माटामै मिल्दछन्। धुँवा वायुसँगै आकाशतिर गइरहेको हामीले देखेका छौँ । वायुले विश्राम गरेको कतै पनि देखिदैन । हो हामीले माया गरेर सजाएको घैटो प्याट्ट फुट्यो भने एकछिन त अवश्य पनि दुःख लाग्दछ । तर यसो गहिरिए विचार गर्दा न त माटो मेरो हो न घडा । के बिग्रेको छ र माटोबाट बनेको घडा माटैमा मिलेको छ । आकाशबाट आएका सूुर्यका किरणहरू हामीलाई न्यानो प्रवाह गरी आकासतिरै फर्कन्छन् । आँपको वगैचामा गएर एकछिन्राम्ररी रूखतिर नियाल्यौँ भने पनि त कति आनन्द आउँछ । रूखले निकै स्वादिला आँप फलायो । पकायो तर के गर्ने धर्तीबाट उम्रेको वीजले पुन धर्ती नै खोज्यो । जति बल लगाए पनि आप्mनो सन्तान आँपका दानालाई रूखले आपूmुमै समाहित गरिरहन सकेन । आँप पाकेर धर्तीमा प्यात्त खस्दा सहायद रूखलाई एकछिन त आप्mनो सन्तान गुमाउँदा दुःख नै लाग्यो होला । अनि एकछिनपछि सम्झन्छ होला के फरक पर्छ र ? पुनः जागेर फेरि पक्कै फल दिन्छ । यी सबैका लागि सामान्य कुरा हुन् तर गहिएर हेर्नै हो भने यहाँ श्रीमद्भगवत्गीताको दर्शन छ ।

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूुयः
अजो नित्यः शाश्वतोयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। श्रीमद्भगवत् गीता ( ३.२०)
समस्त जीवहरूभित्र अवस्थित आत्मा कहिले जन्मदैन र मर्दैन पनि । शरीर मर्छ र जन्मन्छ । शरीरको नाश भए पनि जन्महीन, विनाशरहित, अविकृत र नित्य आत्माको नाश हुँदैन । उत्पत्ति र विनाश गरी शरीरका दुई विकार छन् भने आत्माका यस्ता विकार हुँदैनन् । नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। श्रीमद्भगवत्गीता (२.२३) अर्थात्आत्मालाई शस्त्रहरूले काट्न सक्दैनन् । आगोले पनि डढाउन सक्दैन । पानीले भिजाउन सक्दैन र न वायुले सुकाउन सक्छ । यहाँ के भन्न सकिन्छ भने आत्मालाई कुनै विकारले पनि स्पर्श गर्नै सक्दैन । हामीले नयाँ लुगा किनेर पुरानो लुगा फालेभैंm आत्माले यो शरीरलाई त्याग गरेको हो भन्ने कुरामा पूुर्वीय चिन्तकहरू विश्वास गर्दछन् ।

मैले यी गन्थन गर्नाको यौटै कारण छ, त्योहो हाम्रा श्रद्धेय माइला मामा उमाभक्त दहालको देहावसान । आषाढ १ गते साँझ ५.१५ बजे मामाले आप्mनो पाञ्चभौतिक देह विसर्जन गर्नुभयो । २००६ सालमा सल्यान जिल्लाको झिम्पे मूुलखोलामा जन्मनु भएका उमाभक्त दहालले एस.एल.सी उत्तीर्ण पश्चात्सरकारी सेवामा प्रवेश गरी जागिरी आरम्भ गर्नुभयो । सबैका मनमा बस्न सफल, परोपकारी, ज्ञानी र सत्कर्मी व्यक्तित्वको दैहिक अवसानले धेरैलाई पीडाबोध गरायो । सुर्खेत, दाङको जिल्ला अस्पत्ताल घोराही, कोलेनिका मुसिकोट रुकुम, जिल्ला शिक्षा कार्यालय दाङ जस्तो विविध स्थानमा नेपाल सरकारको लेखा क्षेत्रको कर्मचारीका रूपमा रहेर लामो समयसम्म सेवा गरी उमेरका कारणले सेवानिवृत्त हुनु भएका उमाभक्त दहाल एक इमान्दार कर्तव्यनिष्ठ, राष्ट्रसेवकका रूपमा रहनु भयो । आप्mनै हाकिमले तपाईले यो हिसाव गर्नैपर्छ चेक तयार गर्नुहोस् भनी अनियमित हिसावकितावमा दबाफ दिएपछि मेरो नैतिकता र धर्मले यस्तो हिसाब गर्न दिंदैन भन्दै हाकिमको आज्ञालाई अवज्ञा गरेका उदाहरणहरू हामीले सुन्थ्यौँ । हाकिम रिसाएपछि गरिदिएको ग्रेड घटुवाको पीडा सहेर बरु बस्नु भयो गलत व्रिmयाकलाप कहिल्यै गर्नु भएन । आर्थिक क्षेत्रमा सदा पारदर्शिताको कलम चलाउने व्यक्तित्व उमाभक्त दहाल सबैको आँखाको नानी बन्न पुग्नु भयो । त्यसैले आज वहाँको देहावशानमा उहाँका सहकर्मी साथीहरूले पनि पीडाबोध गरेका छन्। त्याग र समर्पणको भाव भएकै कारण उहाँ सबैका माझ श्रद्धेय र प्रशंसनीय व्यक्तित्वका रूपमा रहन सक्नुभयो । भोगभन्दा दानलाई प्राथमिकता दिने स्वभाव भएकाले आज बन्धुबान्धव, इष्टमित्र, सहकर्मी साथीभाइ र छरछिमेकमा उहाँबिना सबैले शून्यबोध गरेको बुझिन्छ ।

उमाभक्त दहाल

बिहान उठेर नित्यकर्म पश्चात् आपूmलाई ब्रह्मचिन्तनमा समाहित गरेर नित्य विष्णुसहस्रणाम, गीता, श्रीमद्भागवत र वेदजस्ता पौरस्त्य ग्रन्थहरूको पाठ, मनन, चिन्तन गरेर मात्रै भोजन गर्ने, अतिथिको निकै स्वागत्र सेवा गर्ने, सेवानिवृत्त भए पनि ७२ वर्षसम्मको बुढेसकालमा आपैmले कम्प्युटर चलाएर अडिट गर्दै हिड्ने कर्मयोगी, देवयज्ञ, पितृयज्ञ र भूतयज्ञमा आपूmुलाई समाहित गर्ने, अहिलेको प्रविधि र विधिमा आपूmुलाई सव्रिmय बनाउने, समाज, देश र विदेशमा कहाँ के भइरहेको छ चासो राखी अध्ययन गर्ने, समाजमा परेका समस्याहरूमा अग्रसर भई समाधानका उपायहरू निकाल्ने, सत्य र न्यायलाई पहिलो प्राथमिकतामा राख्ने जस्ता उहाँका वैयक्तिक विशेषताहरू हाम्रा लागि सदा मार्ग निर्देशन बन्ने छन् ।

तीर्थब्रत गर्न र दानधर्म गर्न निकै रुचाउने मामा उमाभक्तका निर्देशनमा मैले बाआमाका साथ उत्तरापन्थका चारधाममा तीर्थ गर्ने मौका पाएको थिएँ । आज एकादशी हो, आज पूुर्णिमा हो, आज मेरो ब्रत हो भन्दै ती दिनहरूमा तीर्थमा सबैलाई आप्mनै पैसाबाट भोजन गराउँने, गर्मीले पीडित भएका बेला सर्वत पिलाउने, जाडो भएको समयमा तोतो दूध पिलाउने, निकै प्रसन्न भएर सबै खर्च आपूmुले मात्र गर्ने पाउँदा सुखी हुने स्वभाव भएका व्यक्तित्व मामा उमाभक्तका जीवनबाट हामीले धेरै कुराहरू सिक्नु आवश्यक छ । सात्विक विचारधाराका मानिसहरूको अन्त्य पनि सुखद नै हुँदो रहेछ । आषाढ १ गते उहाँको देहावसान भयो । एक दिन अगाडि अर्थात् ३१ गते मात्रै उहाँसँग फोन सम्पर्क भएको थियो । मृत्युशैयामा छटपटाइरहेको बेला पनि उहाँले विष्णुसहस्रनाम पाठ गरिरहनु भएको थियो । देवीभागवत्का पद्यहरू सुनाउँदै हुनुहुन्थ्यो । मैले फोनमा मामा सन्चो लाग्छ नआत्तिनु होला भन्दा उहाँले बडो धैर्यताका साथ खुसी हुँदै सन्चो लाग्ला भान्ज भन्नु भएको थियो । सन्चो नभए पनि ………….छदैछ नि भन्नु भयो । मलाई यसबेला बालकृष्ण समको ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ भन्ने भनाइको याद आयो । मलाई लाग्छ उहाँ विषयभन्दामाथि उठेर अर्थात्बाँच्न पाउँभन्नु भन्दा पनि मुक्तिको चाहनामा समाधिस्थ हुनुहुन्थ्यो । उहाँ सुप्त समाधिमा रहेको अवस्थाको विवरण मलाई उहाँकी जेठी छोरी नर्मदाले दिएकी थिइन् । साथमा रहेर सेवामा समर्पित छोरी नर्मदाले आमालाई, भाइलाई, मामालाई, बहिनीहरूलाई, ज्वाइहरूलाई बोलाऊँ बुवा भनी सोधेको प्रश्नमा ओठ चलाइरहेको अवस्थामा हातले नाई भनेर सङ्केत गर्नु नै विषयभन्दा माथि उठ्नु हो । उहाँहरूलाई देखेपछि मनमा उदाउने विषयात्मक भावनाले अन्तिम अवस्थाको चिन्तन र चेतनामा फरक पार्न सक्दछ भन्ने ज्ञान उहाँमा थियो । भान्ज अब त मुक्तिका लागि गर्ने हो, यहाँ जे जति गरियो गरियो । अब लोभ गरेर पनि केही काम छैन, अघिपछि पनि भन्नुहुन्थ्यो । शारीरिक अवस्था अलि जटिल हुँदै गएको जस्तो देखेपछि भान्ज वासुदेवले,“मामा केही भन्नु छ ? ” भनी सोधेको प्रश्नमा मामाले, “मेरो के छ र भान्ज, सबै उहाँकै हो । केही भन्नु छैन, मेरो भाग्यले तपाई आउनु भएको छ ।” उहाँका अन्तिम अवस्थाका यी शब्दहरूले पनि यही सङ्केत गरेको छ कि भौतिक चाहनाभन्दा आत्मिक चाहना ठूुलो हो । मन्दगतिमा ओठ चलाइरहने कार्यले पनि पुष्टि गरेको देखिन्छ ।

सधैं गीता पाठ गर्ने मामालाई यो कुरा थाहा थियो कि अन्तकाले च मामेव स्मरन्मुत्वा कलेवरण । यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ।। ( श्रीमद्भगवत्गीता ८.५.) अर्थात् मरणावस्थामा मलाई नै याद गर्दै जुन मानिसले शरीर त्याग्दछ त्यसले वैष्णव तत्व प्राप्त गर्दछ । भगवान् श्रीकृष्णको मुखारविन्दबाट निस्केका यो महावाणीहरूलाई मामाले राम्ररी बुभ्mनु भएको थियो । मलाई मानिसको मायाभन्दा परमेश्वरको माया चाहिएको छ भन्ने कुरामा विश्वस्त भएर उहाँ सुप्त समाधिमा हुनुहुन्थ्यो ।

एक दिन त जसरी भएपनि यो पाञ्च भौतिक शरीर छोड्नु नै छ । रुख जतिसुकै बलियो भए पनि शिशिर ऋतुमा आप्mना पात आपूmसँग राख्न सक्दैन । पाकेका फल हाँगाले आपूmुसँग राख्न सक्दैन । जति रोक्न खोजेपनि बाँध फोरेर नदी आप्mनो बाटो बनाउँदै बग्दछन् । हामीलाई न्यानो चाहियो भनेर हुँदैन, सूुर्य अवश्य पनि अस्ताउँछ । बाल्यावस्था, कुमारावस्था, युवावस्था, रोक्नै सकिदैन, नचाहँदा नचाहँदै पनि वृद्धावस्थाले छुन्छ । यति विशाल भौतिक सुखसुविधा भोग्ने इच्छा हुँदाहुँदै पनि सबै छोडेर एक दिन सबै जानैपर्छ । मामा तपाईँ जानुभयो । हाम्रा भविष्यका सबै योजनाहरू चक्नाचुर भए । तपाईको माया, छाया, मार्ग निर्देशन हाम्रा लागि अनमोल सम्पत्ति थिए । ती सबै अब स्मृतिको पानामा रहने छन् । यता तपाईका केही आभ्यान्तरिक इच्छाहरू हामी सबैद्वारा अवश्य पूुरा हुने नै छन् । तपाईको यस पृथ्वीको कर्ममार्ग जति सफल भयो त्यतिकै देहावसानपछिको उत्तर मार्ग पनि सफल होओस् । हामी सबै विश्वस्त छौँ कि हजुरको आत्माले अवश्य पनि परमपद प्राप्त गरेको छ । ॐ पूर्णमदः पूर्णमिदं पूुणात्पूुर्णमुदच्यते । पूर्णस्य पूुर्णमादाय पूुर्णमेवा वशिष्यते ।। ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।। अस्तु
सल्यान, हाल काठमाडौं ।