spot_img
spot_img

घोराहीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राप्ती पोष्ट

घोराही, फागुुन । घोराही उपमहानगरपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । घोराही उपमहानगरपालिकाकाको वडा नं. १८ रझेना आयोजक रहेको प्रतियोगिता वडा नम्बर १८ मै रहेको नवलपुरस्थित खेल मैदानमा आयोजना गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य भरतमणि अर्यालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले गर्नुभएको थियो ।

उहाँले उपमहानगरपालिकाले विभिन्न खेललाई महत्व दिएको बताउनुभयो । खेल क्षेत्र मानव स्वास्थ्य र अनुशासन कायम गर्न मार्गनिर्देश गर्ने प्रमुख आधार रहेकाले बालबालिकाहरुलाई खेलमा सहभागि गराउनु अनिवार्य रहेको बताउनुुभयो । विद्यालय स्तरबाट खेलकुुदमा जोड्दै स्वस्थ नागरिक उत्पादनमा पालिकाले लगानी गर्दै आएको उहाँको भनाई थियो ।

प्रतियोगिता उद्घाटन गर्दै घोराही उपहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने

खेलकुद मानव स्वास्थ्यका लागि अपरिहार्य बताउँदै विद्यालय तहबाटै यसको आकर्षण बढाउन यस प्रकारका प्रतियोगिता निरन्तर आवश्यक रहेकोमा जोड दिनुभयो । खेल क्षेत्रबाटै खेलाडीले आफ्ना नाम देश विदेशमा स्थापित गराउन सक्ने हुँदा यो राष्ट्रको पहिचानसँग जोडिने विषय रहेको चर्चा गर्दै घोराही उपमहानगरले एक वडा एक खेल मैदान बनाएर खेल प्रति युवाहरुको आकर्षण बढाउने काम गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद महाशाखाका अधिकृत नारायणप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक उद्दव न्यौपाने, विद्यालयका शिक्षक अभिभाबक संघका सदस्य मातृका पाण्डेले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा खेल प्रतिको आकर्षण बढ्ने र मेलमिलापको समेत विकास हुने बताउनुभयो । फागुन २१ गते सम्म चल्ने प्रतियोगितामा घोराही उपमहानगरपालिकाका सवैजसो वडाका दुई दर्जन बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिवल, कवड्डी र एथलेक्टिसका खेलहरु हुनेछन् ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img