spot_img
Home Blog Page 54

राप्ती नदीमा विपत विरुद्धको अभ्यास

राप्ती पोष्ट

भालुवाङ, असार । विपदबाट बच्न र बचाउनका लागि देउखुरीको राप्ती नदीमा कृतिम उद्धार अभ्यास गरीएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङको समन्वयमा ससत्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर १ को नेपाल राष्ट्रिय मावि भालुवाङको ठिक पछाडि रहेको राप्ती नदीमा मनसुन एवम् विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको हो ।

 

नेपालमा मनसुन भित्रन लागेको र त्यसले विपद निम्ताउन सक्ने भन्दै पुर्व तयारी स्वरूप कृतिम घटना अभ्यास गरिएको ससत्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति एवम् ससत्र प्रहरी नायव महानिरिक्षक कुलबहादुर नेम्वाङले जानकारी दिनुभयो । बर्षात शुरु पुर्व नै विपद्का बेला उद्धार गर्न सहजताका लागि नमुना अभ्यास गरिएको छ । अभ्यासका क्रममा नदीमा कृतिम उद्दार अभ्यासको लागि सशस्त्र प्रहरीहरु राप्ती नदीमा बगेका थिए ।

विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र उद्दार टोलीले डुङ्गा मार्फत उक्त राप्ती नदीमा तैरीरहेका सशस्त्र प्रहरीको खोजी पछि जिवितै उद्दार गरेका थिए । घाइतेहरुलाई नदीबाट उद्दार गरि बाहिर निकालिसकेपछी के कसरी व्यवस्थापन गरिन्छ भनेर कृतिम उद्दार अभ्यासमा देखाइएको थियो भने विपद्का बेला आईपर्ने समस्या, उद्दार, बैठक अनुगमन, प्राथमिक उपचार, रेफर र राहतका विषयमा अभ्यास गरिएको थियो ।

कृतिम घटना अभ्यासमा नदीमा मान्छे बगेकाहरूको खोज तथा उद्दार, प्राथमिक उपचार, सुचना दिने काम देखाइएको थियो । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, सहायक बाहिनीपति कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, पत्रकार, अन्य सुरक्षा निकायका प्रमुख, समाजसेवी तथा बुद्धिजीवी, शिक्षक, राष्ट्र सेवक कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

दाङमा यस अघि नेपाली सेनाले पनि अर्जुन खोलामा विपतको समयमा कसरी बच्ने, कसरी उद्दार गर्ने भन्ने बारेमा अभ्यास गरेको थियो । देउखुरीमा बर्षाद्को समयमा विपत्को समस्या धेरै आउने भएकाले सुरक्षा निकायले यस्तो अभ्यास गर्ने गरेका छन् । दाङ जिल्लाका नदी तटिय क्षेत्रहरु जोखिमको क्षेत्रका रुपमा रहेका छन् ।

2079-3-2

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सातै प्रदेशद्वारा बजेट सार्वजनिक

राप्ती पोष्ट

दाङ, असार । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । यसै ऐन अनुसार सातै प्रदेशले बुधबार बजेट सार्वजनिक गरेका छन् ।

प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ । यो बजेट वर्तमान संसद आएपछि गठन भएका प्रदेश सरकारहरुको अन्तिम बजेट हो । आगामी आर्थिक वर्षमा प्रदेशमा निर्वाचन हुनेछ । प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबै जसोको प्राथमिकतामा छ ।

सोही क्रममा प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्ग्बोले आगामी आर्थिक वर्षका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण तीन अर्ब १५ करोड १५ लाख रुपैयाँ रहेको जानकारी दिनुभयो ।

मन्त्री आङ्ग्बोले संघीय अनुदान बचत फिर्तातर्फ दुई अर्ब रहेको बताउनुभयो । बजेट सार्वजनिक गर्दै मन्त्री आङ्ग्बोले वर्षको अनुमानित खर्च ब्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारले आन्तरिक राजस्वमा चार अर्ब ९८ करोड ३५ लाख रुपैयाँ रहने जानकारी दिनुभयो । जसमा राजस्व बाँडफाँटतर्फ ११ अर्ब ८८ करोड २४ लाख रुपैया, संघतर्फ वित्तीय समानिकरणमा नौ अर्ब ८२ लाख, ससर्त अनुदान आठ अर्ब ६९ करोड, समपूरकबाट ९२ करोड, विशेष अनुदानबाट ४७ करोड ५० लाख रहने उहाँले बताउनुभयो ।

सोही क्रममा राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख ब्यहोर्न सरकारले जनाएको छ । यसमा अपुग रकम नगद मौज्दात तीन अर्ब ५१ करोड र वैदेशिक अनुदानमा २५ करोड ६८ लाख रहेन सरकारले जनाएको छ ।
यसैगरी मधेस प्रदेश सरकारले झण्डै ४७ अर्बको बजेट ल्याएको छ । बुधवार मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभयो । मन्त्री साहले चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६.४४ प्रतिशत, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार दुई सय अर्थात् ०.३५ प्रतिशत बजेट विनियोजन गर्नुभयो ।

मधेस प्रदेशको अर्थतन्त्रको मूल आधारका रूपमा कृषि क्षेत्रको समष्टिगत विकासको सम्भावना, विकास तथा प्रवद्र्धन, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषिमा आत्मनिर्भर हुनुका साथै निर्यात प्रवद्र्धन समेतको लागि प्रादेशिक कृषि गुरुयोजना तयार गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण गर्न १७ करोड ८४ लाख, किसानलाई सरल र सहज रूपमा उन्नत जातको बिउ विजन, मल र सहुलियत कर्जा प्रदान, कृषि तथा पशुविमाको विस्तार तथा प्रभावकारी कार्यान्वयन, कृषि सडक निर्माण, कृषि उत्पादन संकलन केन्द्र निर्माण, कृषि उपजको प्रशोधन र भण्डारण एवं बिक्री–वितरणका लागि आवश्यक बजार समेतको व्यवस्थापन गर्न २८ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बागमती प्रदेशले सात प्रदेशमध्य सवैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँ रहेको छ ।

प्रदेशसभाको बुधबारको वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब दुई करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात आठ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट छ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब छ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्मकट्टेलले बताउनुभयो ।
यता लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा बैठकमा गत वर्षको भन्दा करिब दुई खर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिएको छ ।

यस्तै एक स्थानीय तहः एक खेदकुद संरचना, एक स्थानीय तहः एक नमुना उत्पादन, एक जिल्लाः एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तहः एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।

उता कर्णाली प्रदेश सरकारले सवैभन्दा कम अंकको बजेट सार्वजनिक गरेको छ । कर्णालीले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान बिष्टले प्रदेश संसद्मा बुधबार बजेट प्रस्तुुत गर्नुभयो । कुल खर्च मध्य प्रदेशले गर्ने चालुुतर्फको बजेट नौ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात् २८ दशमलव ११ प्रतिशत छ भने पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार अर्थात् ५९ दशमलव ५८ प्रतिशत छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले ०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री प्रकाश रावलले सो बजेट विनियोजन गरिएको बताउनुभयो । जसमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात् ३३ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात् ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै, अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात् ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको बताउनुभयो । बजेटमा सुदूरपश्चिममा सडक पूर्वाधारका लागि ५ अर्ब ६० करोड, सहिद परिवार ता जनयुद्ध प्रभावितका लागि १२ करोड, मल खरिद गर्न १ करोड,खानेपानी संरचना निर्माण गर्न १ अर्ब ६७ करोड, स्वास्थ्य क्षेत्रमा १ अर्ब ६ करोड बजेट बिनियोजन गरिएको आर्थिक मामिलामन्त्री रावलले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।

 

भुमे पर्व मनाउन सुरु

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको आयोजनामा भुमे पर्व सुरु भएको छ । पाँच दिनसम्म मनाइने पर्वको पूर्व सभामुख ओनसरी घर्तीले बुधबार उद्घाटन गर्नुभयो । पर्व उद्घाटन गर्दै घर्तीले नेपालको लोकतान्त्रिक संविधान जारी भएको लामो समय भईसक्दा पनि पूर्ण कार्यान्वयनमा आउन नसक्नु दुखद रहेको बताउनुभयो ।

नेपालको बहुल जाति, भाषा, धर्म संस्कृतिको जगमा स्थापित संविधानको उपभोगका लागि नेपाली जनताले गरेको त्याग तपस्या र बलिदानीको सम्मानका लागि पनि संविधान पूर्ण कार्यान्वयन हुनुपर्ने भएपनि त्यसो हुन नसक्नु्मा देशीविदेशी तत्वहरुको हस्तक्षेप भएको दावी गर्नुभएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले भूमे पर्वको अवसरमा बुधबार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले नेपाली जनताले चाहेको नेपाल बनाउने अभियान स्वरुप स्थापित संविधान पूर्ण कार्यान्वय नहोस् भन्ने अदृश्य शक्तिकै कारण नेपालमा बारम्बार विभिन्न खालका चलखेल भईरहेकाले सबै चनाखो बन्नु पर्ने बताउनुभयो । ‘हामीले लामो संघर्षपछि संविधान सभाबाट अग्रगामी संविधान जारी गर्न सफल भएका छौँ,’ उहाँले भन्नुभयो, ‘तर, कार्यान्वयमा अझै अनेकन चुनौति देखा परेको छ, यसमा देशीविदेशी अदृश्य शक्ति केन्द्रहरु लागि परेका छन् ।’

उहाँले भूमे पर्व मगर जातिको पहिचान भएकाले यसको महत्वलाई आगामी पुस्तासम्म जोड्न सबै लाग्नुपर्ने बताउनुभयो । मगर जातिको पहिचान र अस्तित्वका रुपमा रहेको भूमे पर्व आफैमा विशाल महत्व बोकेको हुँदा राज्यले पनि यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । ‘पहिले पहिले हामीले लगाउने गादो भांग्रोको निकै उपेक्षा गर्दथे, अहिले यसकै महत्व बढेर गएको छ । गादो भांग्रो लगाएको देखे गवाँर भन्ने गर्दथे’ उहाँले भन्नुभयो, ‘अहिले यसको महत्व कति रहेछ भन्ने सबैले बुझ्दै गएका छन् । वास्तवमा मगर जातिको पहिचान पनि यही नै हो, अहिले हरेक गतिविधिमा यही पोशाकको प्रयोग बढेको छ ।’

जेठ महिनाको मसान्तको अन्तिम दिन बुकी फुल्ने लेकमा गएर विधि बन्धनका साथ टिपेको बुकी फुल र भेडाको बली दिइ पुजा गरेपछि मात्र नाचगान सुरु गर्ने गरेको भन्दै उहाँले आफ्नो बाल्यकाल पनि स्मरण गर्नुभयो । रोल्पाको थवाङ भूमे पर्वको विशेष थलो भएको बताउँदै उहाँले आफ्नो विगतका अनुभव पनि सुनाउनुभयो ।

भूमे नाचमा दमाह, सहनाइ, ट्याम्की, छिल्लर र नरसिंहा बाजा बजाउँदै स्यामुनाको लयमा गीत गाउँदै नाच्ने गरेकोमा आफु पनि त्यसमा हिस्सा लिएको बताउनुभयो । यस्तै, संगठनात्मक रुपमा २०६५ सालदेखि यसको बिस्तारमा आफु लागेको अवगत गराउनुभयो । कार्यक्रममा विभिन्न जिल्लाबाट पनि मगर समुदायका व्यक्तिहरु भूमे पर्व मनाउन दाङ आउनुभएको छ । औपचारिक कार्यक्रममा उहाँहले आआफ्नो भनाई राख्नुभएको थियो ।

यसैबीच, दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइदैछ । बुधबारदेखि पाँच गतेसम्म यो पर्व मनाउने गरी योजना बनेको नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन मगरले जानकारी दिनुभयो । कोरोनाका कारण २ वर्ष यता मनाउन नपाइएको भूमे पर्व यसबर्ष भव्य कार्यक्रम गरेर मनाईएको छ । अब पर्वको असार पाँच गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समापन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, नेपाल मगर संघ दाङले भुमे पर्वको अवसरमा आज भूमे नाच प्रतियोगिताको आयोजना गरेको छ । चार समुहमा बिभाजन गरेर आयोजना गरिने भएको छ । १४ वर्ष भन्दा कम उमेर समूहको एउटा, १५ देखि २५ वर्ष उमेरका समुह, २६ देखि ६० वर्ष उमेर समुहका र ६१ देखि माथिका उमेर समूह बनाएर प्रतियोगिता गरिएको हो । मगर संघका जिल्ला उपाध्यक्ष डिल्ली घर्तीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन सचिव मुक्त बुढाले गर्नुभएको थियो ।

 

तेक्वान्दो पुम्सेमा विष्टलाई दोहोरो सफलता

राप्ती पोष्ट

दाङ,  जेठ । प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा तेक्वान्दो खेलाडी सुनिता विष्टले दोहोरो सिल्भर पदक जित्न सफल हुनुभएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा काठमाडौंको सातदोबाटोमा भएको प्रतियोगितामा दाङ घोराहीकी खेलाडी विष्टले दुई पटक जित्न सफल हुनुभएको हो । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट प्रतियोगितामा सिंगलतर्फ २२–२५ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्नुभएकी बिष्ट दोश्रो स्थान सुरक्षित गर्न सफल हुनुभएको हो ।

उक्त समूहमा मुलपानीकी चन्द्र शाही प्रथम र नेपाल आर्मीकी कोपिला बोहरा तेश्रो हुनुभयो । त्यसैगरी विष्टले जोडी अन्तर्गत सोही उमेर समूहमा पनि दोश्रो हुन सफल हुनुभएको छ । डवलतर्फ विष्ट र नरेन्द्र केसीले प्रतियोगितामा प्रतिष्पर्धा गर्नुभएको थियो ।

त्यसैगरी घोराहीका काशिष पुन, बालिका वली र अस्मिता चन्दले पनि प्रतियोगितामा मेडल जित्नुभयो । यहि जेठको २८ र २९ गते दुई दिन चलेको प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता रहेको थियो ।

भूमे पर्व पाँच दिनसम्म मनाइने

राप्ती पोष्ट

घोराही, जेठ । दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइने भएको छ । नेपाल मगर संघ दाङ शाखाले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजनामा असार १ गतेदेखि पाँच गतेसम्म मनाउन थालेको पर्वको बारेमा जानकारी दिएको हो ।

कोरोनाका कारण २ वर्षयता स्थगित भएको भूमे पर्व यस वर्ष भने भव्य कार्यक्रमको आयोजना गरेर मनाउन थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आज बुधवार असार १ गते विहान साढे ११ बजेदेखि कार्यक्रमका लागि सहिद लखन थापा पार्कबाट ¥याली निकालिने भएको छ ।

भुमे पर्वको बुधवार दिउँसो १ बजे नेपाल मगर संघको पाङ्गणमा पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार पर्वको असार पाँच गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समापन गर्ने तय भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश वरिष्ठ उपाध्यक्ष सितलाल पुनले खासगरी १८ मगरातहरुमा पुर्खादेखि मनाउदै आएको पर्व भएको जानकारी दिनुभयो । रोल्पाको माथिल्लो भेग र रुकुम पूर्वमा परापूर्वकालदेखि नै भूमे पर्व मनाउने गरिए पनि दाङमा २०६२ सालदेखि मात्र मनाउन थालिएको हो । रोल्पा रुकुमवाट बसाइसराई गरी दाङमा आएका मगर समुदायले आफ्नो संस्कृति बचाउन पर्व मनाउन सुरु गरेका हुन् ।

पहिले मगर समुदायको पर्वका रुपमा चिनिने भूमे पर्व अहिले अन्य समुदायको पनि आर्कषण देखिएको उहाँले बताउनुभयो । पत्रकार भेटघाटमा नेपाल मगर संघ दाङका सचिव मुक्त बुढामगरले भूमे पर्वको अवसरमा रुकुम पूर्वमा विदा दिइएको भएपनि दाङमा विदा नदिइएको प्रति गुनासो गर्नुभयो । उहाँले भुमे पर्वको समयमा बालबालिकाहरु विद्यालय जाने र उनीहरुलाई संस्कृतिको विषयमा जानकारी दिन समस्या हुने भएकाले सार्वजनिक विदाको समेत माग गर्नुभयो ।

यसैबीच, नेपाल मगर संघ दाङले भुमे पर्वको अवसरमा असार १ गते भूमे नाच प्रतियोगिताको आयोजना गरेको छ । चार समुहमा विभाजन गरेर आयोजना गरिने भएको छ । १४ वर्ष भन्दा कम उमेर समूहको एउटा, १५ देखि २५ वर्ष उमेरका समुह, २६ देखि ६० वर्ष उमेर समुहका र ६१ देखिमाथिकाको उमेर समूह बनाएर प्रतियोगिता गर्न थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिनुभयो ।

महिला र बच्चालाई कुटेपछि प्रदेश मन्त्रि प्रहरी नियन्त्रणमा

महिला र बच्चालाई कुटेपछि प्रदेश मन्त्रि प्रहरी नियन्त्रणमा

राप्ती पोष्ट

तुलसीपुर, जेठ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की मीना भण्डारीमाथि हातपात गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली

तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । वली बस्नेतको घरमा पुगेर मीनालाई कुटपिट गर्दा कपडा समेत च्यातिएको छ ।

दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले मन्त्री वलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको बताउनुभयो । ‘महिलासँग झगडा गरेपछि स्थानीय नियन्त्रणमा लिएका रहेछन् । हामीलाई खबर गरेपछि प्रहरी पुगेर उहाँले भन्नुभयो ।

प्रेस चौतारी दाङको घुम्ती बैठक राप्तीमा

ओमप्रकाश गुप्ता/राप्ती पोष्ट

भालुवाङ,  जेठ । प्रेस चौतारी नेपाल दाङले घुम्ती बैठक थालेको छ । सोही क्रममा पहिलो घुम्ति बैठक राप्तीबाट थालिएको छ । पहिले सदरमुकाम घोराहीमा मात्रै बैठक बस्ने गरिएकोमा घुम्ति बैठक बस्न थालिएको हो ।

चौतारीका दाङ जिल्ला अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा बसेको बैठकमा हालै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको समीक्षा गरेको छ । बैठकले निर्वाचनमा विजय भएका उम्मेदवारलाई बधाई दिदै पराजय भएको पालिकामा थप सुधार गर्न र संगठनलाई बलियो बनाउनु पर्ने निर्णय गर्दै आगामी प्रदेश र संघिय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजय बनाउन चौतारीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले प्रेस चौतारी नेपाल राप्ती गाउँपालिकाको रिक्त अध्यक्ष पदमा हुमा सुनारलाई चयन गरेको छ । अध्यक्ष अंशु बोहरा विवाह गरेर जिल्ला बाहिर गएपछि रिक्त रहेको अध्यक्ष पदमा सुनारलाई चयन गरेको हो ।

यस्तै प्रेस चौतारी दाङले स्थानीय तह सदस्य निर्वाचनमा देउखुरी क्षेत्रका निर्वाचित सुर्यध्वजा वाहक जनप्रतिनिधिहरूलाई शनिबार राप्ती गाउँपालिका ३ मसुरीयामा स्वागत तथा सम्मान गरेको छ । एमालेबाट निर्वाचित राप्ती, गढवा र राजपुरका जनप्रतिनिधिहरूलाई टीका र खाँदा लगाएर चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज टीका बस्नेतले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, नेकपा एमाले राप्तीका इन्चार्ज हरि बेल्वासे, केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चौतारीका दाङ जिल्ला सहसचिव चन्द्रप्रकाश नेपालीले धन्यवाद र उपाध्यक्ष प्रेम राम्जाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गर्नुभएको थियो ।

व्यवसायीलाई सामाजिक सेवामा लाग्न आग्रह

नारायणपुर उवासंघको १८ औं साधारण सभा

राप्ती पोष्ट

दाङ, जेठ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशोर आचार्यले व्यवसायीहरूलाई नाफामात्रै नहेरेर सामाजिक उत्तरदायी राखेर काम गर्न आग्रह गर्नुभएको छ । नारायणपुर उद्योग वाणिज्य संघको १८ औं साधारणसभामा बोल्दै आचार्यले यस्तो बताउनुभएको हो । उहाँले व्यवसायीहरूलाई नाफाका लागि मात्रै काम गर्दछन भन्ने आरोप लाग्ने गरेको छ त्यसलाई चिर्दै सामाजिक हितका लागि पनि काम गर्न गर्न आग्रह गर्नुभयो । ‘व्यवसायीको काम सामाजिक उत्तरदायित्व बहन गर्नुपनि हो ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै आचार्यले आगामी बर्षका लागि आएको बजेटले निजी क्षेत्रको मागलाई सम्वोधन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको बजेटले निजी क्षेत्रलाई सम्बोधन गरेको छैन । बजेटले निजी क्षेत्रलाई छुन नसक्नु दुःखदायी कुरा हो । हामी सरकारसँग बारम्बार बजेट र निजी क्षेत्रका सम्बन्ध र सन्तुलनका बारेमा सङ्घर्षरत छौँ ।’ बजार अनुगमनका नाममा सरकारले उद्योगी, व्यवसायीहरूलाई अनावश्यक दुःख दिएको बताउँदै फर्म दर्ता र नवीकरणमा समेत झन्झटिलो प्रक्रिया बनाएको उहाँले बताउनुभयो । व्यवसायी तथा उद्योगीहरूका हक हितका लागि संघ सधैं सरकारसँग विचार विमर्श गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा अझै सशक्त रूपमा व्यवसायी हकहितका मुद्दा उठाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, घोराही उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष दिपक पाण्डे, चेम्बर अफ् कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महरा, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बलदेव शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, संघका मानार्थ सदस्य माधव पाण्डेले बोल्नुभएको थियो ।

यसैगरी दाङ चेम्बर अफ कमर्सका अध्यक्ष वलदेव योगी, सिद्ध रत्न नाथ माविका प्राचार्य उत्तम खनाल, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे, महतवा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी, व्यवसायी शरद पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा महासचिव बसन्त न्यौपानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रेखा केसीले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

सम्मान तथा पुरस्कार

दसौ साधारणसभाको अवसरमा संघले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । थारू संस्कृति संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पु¥याए बापत चन्द्रप्रकाश चौधरीलाई सम्मान गरिएको थियो । औद्योगिक क्षेत्रमा योगदान पु¥याए बापत श्री गणपती भेनियरका सञ्चालक गेहेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो ।

संघले नारायणपुर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आएको छ । २०७७ को एसइइ परीक्षामा उत्कृष्ट भएका छात्र छात्रालाई पनि सम्मान गरेको छ । संस्थागत विद्यालयबाट उत्कृष्ट हुने स्वर्गद्वारी इङलिस बोर्डिङ स्कुलका छात्र होहोराज केसी र छात्रा दिपिका डाँगीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

सामुदायिक विद्यालयबाट उत्कृष्ट हुने सिद्ध रत्न नाथ नमुना माविका छात्रा अन्जना चौधरी र छात्र बिमल बिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिलक महराले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव बसन्त न्यौपानेले गर्नुभएको थियो ।

पालिका जितेर पनि दाङमा कसरी खस्कीयो काँग्रेस

राप्ती पोष्ट

दाङ, जेठ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा देशभर जस्तै दाङमा पनि प्रमुख र उपप्रमुखमा राम्रो नतिजा निकाल्न सफल भयो । पालिकाका प्रमुख र उपप्रमुखमा पहिलेको भन्दा राम्रो नतिजा निकाल्दै गर्दा काँग्रेसले समग्र मत र वडामा भने कमजोर भएको छ । दाङका दुईवटा उपमहानगरपालिका सहित अन्य कतिपय पालिकामा काँग्रेसको अवस्था पहिलेको भन्दा कमजोर देखिएको छ ।

दाङका १० पालिका मध्य ववई, शान्तिनगर, दंगिशरण, राजपुर गाउँपालिका र लमही नगरपालिका काँग्रेसले प्रमुख उपप्रमुख दुवै जितेका पालिका हुन । बंगलाचुली र गढवामा उपप्रमुख जित्दा काँग्रेसले अघिल्लो पटकको भन्दा प्रमुख र उपप्रमुखमा चारजना बढी जितेको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसले दाङका शान्तिनगर, राजपुर, राप्ती गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो भने लमही र दंगिशरणमा उपप्रमुख मात्रै जितेको थियो । अघिल्लो पटक जितेको राप्ती गाउँपालिकामा काँग्रेस तेस्रो स्थानमा पुगेको छ । वडाध्यक्षमा समेत राम्रो नतिजा निकाल्न सकेको छैन ।
राप्ती गाउँपालिकामा माओवादीले प्रमुख र एमालेले उपप्रमुख जितेका छन् । अघिल्लो पटकको निर्वाचनमा बहुमत वडामा जितेको काँग्रेसले यसपाली एउटा मात्रै वडा जितेको छ । काँग्रेसले राप्तीमा वडा नं. ३ मा मात्रै जित निकालेको छ । यस्तै गढवा गाउँपालिकामा उपप्रमुख जितेपनि वडामा काँग्रेस कमजोर देखिएको छ । काँग्रेसले गढवामा वडा नं. ५ र ७ मा मात्रै जित हासिल गर्न सकेको छ । गढवामा प्रमुखमा माओवादीले र उपप्रमुखमा काँग्रेसले जितेका छन् । अघिल्लो पटकको तुलनामा वडामा काँग्रेसको नतिजा राम्रो रहेको छैन ।

राजपुर गाउँपालिकामा अघिल्लो पटक जस्तै यसपटक पनि प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । उपप्रमुखमा अघिल्लो पटक निर्वाचित धनपतीदेवी यादव निर्वाचित हुनुभयो । प्रमुख र उपप्रमुखमा जित हासिल गरेको भएपनि काँग्रेसले दुईवटा वडामा मात्रै जित हासिल गरेको छ । वडागत रुपमा काँग्रेसले वडा नं. २ र ४ मा मात्रै जित हासिल गर्न सकेको छ ।

दाङका १० पालिकामध्य सवैभन्दा राम्रो नतिजा निकालेको पालिका लमही नगरपालिका हो । लमही नगरपालिकाका नौवटा वडामध्य आठवटा वडामा काँग्रेसले जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा उपप्रमुखमा चित्त बुझाएको काँग्रेसले यसपटक प्रमुखमा पनि जित हासिल गरेको छ । अघिल्लो पटक दुईवटा वडा र प्रमुखमा जित हासिल गरेको एमालेले लमहीमा एउटा पनि वडामा जित हासिल गर्न सकेन । लमहीका नौ वटा वडामध्य वडा नं. ५ बाहेक सवैमा काँग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।

दंगिशरण गाउँपालिकामा उपप्रमुखमा चित्त बुझाएको काँग्रेसले यसपटक प्रमुख पनि जितेको छ । प्रमुख र उपप्रमुखमा जित हासिल गर्दा काँग्रेसले तीनवटा वडामा मात्रै जित हासिल गरेको छ । काँग्रेसले वडा न. १, ३ र ६ मा मात्रै जित हासिल गरेको छ । दंगिशरणमा प्रमुख गुमाएको एमालेले अघिल्लो पटकको भन्दा बढी वडामा जित हासिल गरेको छ । एमालेले चारवटा वडामा जितेको छ ।

काँग्रेसलाई फाइदा भएको अर्को पालिका बंगलाचुली हो । अघिल्लो पटकको निर्वाचनमा एउटा मात्रै वडा जितेको काँग्रेसले माओवादीसंग गठवन्धन गरेपछि उपप्रमुख र चारवटा वडामा जित हासिल गरेको छ । दाङ जिल्लामा दुई उपमहानगर र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीको बीचमा तालमेल भएको थियो । बंगलाचुलीमा उपप्रमुख सहित वडा नं. १, २, ४ र ६ मा काँग्रेसले जित निकालेको छ ।

ववई गाउँपालिकामा पनि काँग्रेसले पहिलेको तुलनामा राम्रो नतिजा निकालेको छ । अघिल्लो निर्वाचनमा दुईवटा मात्रै वडा जितेको काँग्रेसले यसपटक प्रमुख, उप प्रमुख र चारवटा वडामा जित हासिल गरेको छ । तीनवटा वडामात्रै जितेको नेकपा एमालेले गाउँ कार्यपालिकामा सवै आफ्ना उमेदवार जिताएपछि काँग्रेस ववईमा खटपट सुरु भएको छ । उपप्रमुखलाई कारवाही गर्नेसम्मको योजनामा बवई काँग्रेस अघि बढेको छ । गाउँ सभामा एमालेका १७ र काँग्रेसका २०जना सदस्य थिए । १७ सदस्य रहेको एमालेले जितेपछि प्रमुख र उपप्रमुख जित्दा पनि ववईको गाउँ कार्यपालिकामा काँग्रेस कमजोर भएको छ ।

शान्तिनगर गाउँपालिकामा काँग्रेसले खासै प्रगति गर्न सकेको छैन । अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख जितेको शान्तिनगरमा यसपटक पनि प्रमुख र उपप्रमुमा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा एउटा मात्रै वडा जितेको एमालेले यसपटक दुईवटा वडामा जित हासिल ग¥यो । काँग्रेसले प्रमुख र उपप्रमुख सहित वडा नं. ३, ५ र ७ मा जित हासिल गरेको छ ।

गठवन्धन गरेपछि फाइदा हुने देखेको काँग्रेसलाई सवैभन्दा ठूलो मर्का दुईवटै उपमहानगरपालिकामा परेको छ । काँग्रेसले घोराहीमा माओवादीलाई प्रमुख दिएर उपप्रमुखमा चित्त बुझाएको थियो । दाङमा शेरवहादुर देउवा र पुष्पकमल दाहाल आउँदा घोराहीमा जस्तो तालमेल अनेत्र नभएको भन्दै प्रशंसा गर्नुभएको थियो । घोराहीमा अघिल्लो पटकको निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख सहित १० वडा जितेको थियो । एकजना वडाध्यक्षको निधन भएपनि रिक्त अध्यक्षमा काँग्रेसले जित हासिल गरेको थियो । यसरी काँग्रेसले ८ वटा वडामा जित हासिल गरेको थियो ।

अहिले गठवन्धन गर्दा पनि काँग्रेस पाँचवटा वडामा सिमित भएको छ । तिमध्य एउटा वडामा वडाध्यक्ष र एउटा सदस्यले मात्रै जितेका छन् । अर्को वडामा वडाध्यक्षले मात्रै जितेको अवस्था छ । एउटा वडामा केही माओवादीका सदस्य छन् । घोराहीमा वडा नं. १०, १३, १५, १६ र १९ मा काँग्रेसका वडाध्यक्ष रहेका छन् । काँग्रेसको एकलौटी वडाका रुपमा वडा नं. १५ मात्रै रहेको छ । अन्य वडामा अन्य राजनीतिक दलका सदस्यहरुले पनि जितेका छन् । माओवादीलाई प्रमुख दिएको काँग्रेसले धेरै वडामा आफ्ना उमेदवार उठाएको थियो । प्रमुखमा एमालेले जितेपनि उपप्रमुखमा आफूले जित्ने हिसाव किताव काँग्रेसले गरेको थियो । काँग्रेसले गठवन्धन गर्दा घोराहीमा वडा समेत गुमाएको छ ।

अघिल्लो निर्वाचनमा काँग्रेसले दाङमा ४२ वटा वडामा जित हासिल गरेको थियो । यसपटक ३७ वडामा जितेको छ । यस हिसावले काँग्रेसलाई ५ वडा घाटा लागेको छ । त्यसको क्षतिपूर्ती काँग्रेसले एकलौटी जिसस बनाएर गर्न सक्ने देखिन्छ । काँग्रेस एक्लैको १२ सदस्य रहेको छ । तुलसीपुरमा अघिल्लो निर्वाचनमा १० वटा वडामा जित हासिल गरेको काँग्रेसको अवस्था नाजुक भएको छ । माओवादी र समाजवादीसंग गठवन्धन गर्दा पनि काँग्रेसले पाँचवटा वडा गुमाएको छ । काँग्रेसले वडा नं. ५, ७, ९, १४ र १७ मा मात्रै जित हासिल गरेको छ । यिमध्य वडा नं. १७ मा अध्यक्षको मात्रै जित भएको छ । ९७ सदस्यीय नगर सभामा काँग्रेसको उपस्थिती २३ जनाको रहेको छ । तुलसीपुरमा नगरकार्यपालिकामा एमालेका तर्फबाट आठ जना निर्विरोध निर्वाचित भएका छन् ।

दाङ जिल्लालाई काँग्रेसको गढ भनिएपनि यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुख धेरै जित्दा पनि काँग्रेसको मत कम आएको छ । एमालेले करिव एक लाख मत ल्याउँदा काँग्रेसको मत ९० हजारको हाराहारीमा रहेको देखिन्छ ।उपमहानगरपालिकामा काँग्रेस कमजोर भएपछि यसको परिणाम आगामी निर्वाचनमा काँग्रेसलाई असर पर्ने जानकारहरु बताउँछन् ।