spot_img
spot_img

प्रेस चौतारी दाङको घुम्ती बैठक राप्तीमा

ओमप्रकाश गुप्ता/राप्ती पोष्ट

भालुवाङ,  जेठ । प्रेस चौतारी नेपाल दाङले घुम्ती बैठक थालेको छ । सोही क्रममा पहिलो घुम्ति बैठक राप्तीबाट थालिएको छ । पहिले सदरमुकाम घोराहीमा मात्रै बैठक बस्ने गरिएकोमा घुम्ति बैठक बस्न थालिएको हो ।

चौतारीका दाङ जिल्ला अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा बसेको बैठकमा हालै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको समीक्षा गरेको छ । बैठकले निर्वाचनमा विजय भएका उम्मेदवारलाई बधाई दिदै पराजय भएको पालिकामा थप सुधार गर्न र संगठनलाई बलियो बनाउनु पर्ने निर्णय गर्दै आगामी प्रदेश र संघिय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजय बनाउन चौतारीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले प्रेस चौतारी नेपाल राप्ती गाउँपालिकाको रिक्त अध्यक्ष पदमा हुमा सुनारलाई चयन गरेको छ । अध्यक्ष अंशु बोहरा विवाह गरेर जिल्ला बाहिर गएपछि रिक्त रहेको अध्यक्ष पदमा सुनारलाई चयन गरेको हो ।

यस्तै प्रेस चौतारी दाङले स्थानीय तह सदस्य निर्वाचनमा देउखुरी क्षेत्रका निर्वाचित सुर्यध्वजा वाहक जनप्रतिनिधिहरूलाई शनिबार राप्ती गाउँपालिका ३ मसुरीयामा स्वागत तथा सम्मान गरेको छ । एमालेबाट निर्वाचित राप्ती, गढवा र राजपुरका जनप्रतिनिधिहरूलाई टीका र खाँदा लगाएर चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज टीका बस्नेतले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, नेकपा एमाले राप्तीका इन्चार्ज हरि बेल्वासे, केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चौतारीका दाङ जिल्ला सहसचिव चन्द्रप्रकाश नेपालीले धन्यवाद र उपाध्यक्ष प्रेम राम्जाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img