राप्ती पोष्ट
दाङ, जेठ । प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा तेक्वान्दो खेलाडी सुनिता विष्टले दोहोरो सिल्भर पदक जित्न सफल हुनुभएको छ ।
नेपाल तेक्वान्दो संघको आयोजनामा काठमाडौंको सातदोबाटोमा भएको प्रतियोगितामा दाङ घोराहीकी खेलाडी विष्टले दुई पटक जित्न सफल हुनुभएको हो । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट प्रतियोगितामा सिंगलतर्फ २२–२५ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्नुभएकी बिष्ट दोश्रो स्थान सुरक्षित गर्न सफल हुनुभएको हो ।
उक्त समूहमा मुलपानीकी चन्द्र शाही प्रथम र नेपाल आर्मीकी कोपिला बोहरा तेश्रो हुनुभयो । त्यसैगरी विष्टले जोडी अन्तर्गत सोही उमेर समूहमा पनि दोश्रो हुन सफल हुनुभएको छ । डवलतर्फ विष्ट र नरेन्द्र केसीले प्रतियोगितामा प्रतिष्पर्धा गर्नुभएको थियो ।
त्यसैगरी घोराहीका काशिष पुन, बालिका वली र अस्मिता चन्दले पनि प्रतियोगितामा मेडल जित्नुभयो । यहि जेठको २८ र २९ गते दुई दिन चलेको प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता रहेको थियो ।