spot_img
Home Blog Page 37

घोराहीमा नीति तथा कार्यक्रम सार्वजनिक

घोराहीमा नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, शिक्षा, सामाजिक विकास र पूर्वाधार प्राथमिकतामा

छवि पुरी /राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विगत वर्षहरु जस्तै पालिकाले यो पटक पनि कृषि, शिक्षा, सामाजिक विकास र पूर्वाधारमा नागरिकको पहुँच प्राथमिकता राख्दै बुधबार १३ औँ नगरसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरसभाको १३ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले घोराहीलाई हरित उपमहानगर बनाउन र कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष योजनासहितको कार्यक्रम ल्याएको र कृषकलाई दिईदै आएको अनुदानलाई निरन्तरता दिने व्यवस्था गरेको बताउनुुभयो । किसानलाई नियमित प्राविधिक सेवा एवं व्यवस्थापकीय टेवा पु¥याउन उनीहरुलाई परिचयपत्र लागु गरिने उहाँले उल्लेख गर्नुभयो । व्यवस्थित तरकारी बजार एवं विक्रि कक्षको व्यवस्था मिलाईने र कृषि योग्य भुमिको नियमित माटो परिक्षण गरिने भएको नीति तथा कार्यक्रममा छ । कृतिम गर्भाधान र प्राकृतिक गर्भाधान माध्यमबाट पशुहरुको नश्ल सुधारगरि पशुुहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गरिने भएको छ ।

मुल तथा उन्नत बिउ जस्तै, धान, मकै, गँहु, तोरी, मसुरो, प्याज, र आलुमा कृषकलाई दिइदै आएको अनुदानलाई निरन्तरता दिने ब्यवस्था मिलाइने भएको छ । वर्षे फलफुल आँप, लिचि, कटहर, अम्बामा समूह सहकारीलाई अनुदानमा विरुवा वितरण गरिने भएको छ । कुल ३० पृष्ठमा रहेको र दुई सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा नगर प्रमुख चौधरीले स्वस्थ पशु स्वच्छ उत्पादन अन्तर्गत पशु उपचार, पशु स्वास्थ्य शिवीर र वाझोपन निवारण जस्ता डोर टु डोर किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने स्वच्छ दुग्ध उत्पादन संरक्षण प्रबद्र्धन बजारिकरणका लागि चिलिङ भ्याट स्थापना गरी मिल्कक्यान वितरण कार्यक्रमलाई निरन्तरता दिइने विषय उल्लेख गर्नुभयो । उहाँले तीन बर्षमा घोराहीलाई दुधमा आत्म निर्भर बनाउने कुरा समेट्नु भएको छ ।

यस्तै, शिक्षा तर्फ गुणस्तरीय शिक्षाको आधार प्रारम्भिक बाल कक्षाको सुधारको नारासहितको कार्यक्रम नीति तथा कार्यक्रममा रार्खिकोछ । सहकारीमार्फत बढ्दो बेरोजगारी कम गर्न पहल गर्ने, जेष्ठ नागरिक सम्मान, स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विद्यालय परिसरलाई वातावरणमैत्री बनाउन परिसर वरिपरि हरियाली प्रवद्र्धन कार्यक्रम संचालन गरिने भएको छ । नगरप्रमुख चौधरीले स्तरीय सडक, भवन, आवास क्षेत्र, औद्योगिक क्षेत्र, खेलकुद मैदान, ग्रामिण सडकहरुलाई जुनसुकै समयमा पनि संचालन योग्य बनाउन पुल, झोलङु्गे पुल तथा कल्भर्ट निमार्णलाई निरन्तरता दिईएको जानकारी गराउनुुभयो ।

वडाहरुमा जन चेतनामुलक कार्यक्रम, व्यायामशाला तथा योगा, आरोग्य केन्द्र र योग केन्द्रहरु स्थापना गर्न प्रोत्साहित गरिने भएको छ । साथै पंचकर्म तथा शिरोधारा सहितको आयुर्बेद स्वास्थ्य सेवालाई बिस्तार गरिनेछ । विभिन्न संघ संस्था सचारकर्मी, टोलविकास संस्थालाई परिचालन गरी सवै वडाका टोल टोलमा लैगिक तथा घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा टोल विकास संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम गोष्ठी, अभिमुखीकरण, चेतनामूलक अभियान सम्बन्धी कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिने भएको छ ।

हाल नेपालभर गाई÷भैसीमा फैलिरहेको लम्पिस्किन तथा सुगुर बंगुरमा फैलिएको अफ्रिकन स्वाईनफिबरको नमुना संकलन गरि रोग निदान तथा न्यूनीकरणको लागि सचेतना अभिवृद्धी गरी रोकथाम तथा उपचारको आवश्यक व्यवस्था गरिने भएको छ । पशुपन्छीमा देखिने संक्रामक सरुवा रोग विरुद्ध पिपिआर भ्यागुते, चरचरे खोरेत स्वाईनफिबर र कुकुरहरुमा रेविज विरुद्धको खोप निःशुल्क प्रदान गरी पूर्ण खोपको सुनिश्चितता गरिने भएको छछ ।

“गोठ देखी ओठसम्म” स्वच्छ उत्पादन उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई ध्यान दिंदै पशुमा लाग्ने रोगहरुको निदान पालिकामा नै गर्नको लागि डिस्पेन्सरी सहितको प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका नागरिक गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलरी परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ । साथै खेतिबालीमा अर्गानिक मलको प्रयोग बढाउन गाई÷भैसीको भकारो सुधार कार्यक्रम संचालन गरिने भएको छ ।

पाँच वर्ष मुनिका उमेर समूहका सवै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर प्रदान गर्न विद्यालय संरचना भित्र प्रारम्भिक बालशिक्षा संचालन गरिनेछ । कक्षा १ भन्दा मुनि कम्तिमा दुई कक्षा नघट्ने गरी अभिभावकहरुसँगको आपसी समझदारीमा प्रारम्भिक बाल शिक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ । प्रोत्साहनमूलक कार्यक्रम, विभिन्न छात्रवृति वितरण, १२ कक्षासम्म निःशुल्क पाठ्यपुस्तक वितरण, निःशुल्क सेनेटरी प्याड वितरण, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा पुस्तकालय स्थापना गर्ने लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिईने भएको छ । बेरोजगार तथा सिप सिकेर स्वरोजगार बन्न चाहने युवाहरुलाई १० महिने कार्यगत अभ्यास सहितको तालिमलाई निरन्तरता दिईने भएको छ ।

घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिलाई प्रभावकारी बनाई खेलकुद कार्यक्रमलाई वडास्तरसम्म सञ्चालन गर्दै लगिने भएको छ । प्रत्येक वडामा वडास्तरीय युवा क्लवहरु गठन गरी नगरस्तरीय युवा संजालनिर्माण तथा युवाहरुको क्षमता विकासलाई प्राथमिकता दिइने भएको छ । आधारभूत तहको स्वीकृत स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागु गरिने भएको छ । स्थानीय पाठ्यक्रम तथा थारु भाषाको कक्षा १–३ को पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरिने भएको छ ।

राष्ट्रिय शिक्षा नितिले सम्बोधन गरे बमोजिम ५ वर्षे नगर शिक्षायोजना तयार गरि नगरस्तरीय संस्थागत तथा सामुदायिक विद्यालयको समग्र वस्तुस्थिती स्पष्ट देखिने गरी विद्यालय प्रोफाइल तयार गरिने भएको छ । लागुऔषध दुव्र्यसनबाट व्यक्ति परिवार तथा समाजमा नकरात्मक असर परेकोले दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरी वडाहरुलाई क्रमशः लागु औषधमुक्त वडा घोषणा गर्दै आगामी तीन वर्षभित्र लागु औषध दुर्व्यसनी मुक्त नगर घोषणा गरिने भएको छ ।
उपप्रमुख प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत पाठेघर बचाउँ अभियान मार्फत पाठेघरको भिआईए स्क्रिनिङ्ग गरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच गरिने भएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभाबकारी बनाउन बिमाकर्ताहरुलाई घरदैलोमै खटाईने बिमा कार्यक्रममा सहभागि गराई स्वास्थ्य सेवाको सुनिश्चितता गरिने छ, यौन हिंसामा परेका द्धन्दपिडीत नागरिकलाई निःशुल्क बीमाको ब्यबस्था गरिने छ ।

सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम समुदाय, पिछडावर्ग, सीमान्तकृत, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न नागरिकको अभिलेख राखि संरक्षण र सशक्तिकरणमा जोड दिईने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

घोराही उपमहानगरपालिका नेपालको पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा भएकोले बालमैत्री कार्यक्रमलाई निरन्तरता र प्रभावकारीताका लागि बालश्रम मुक्त नगरतथा बालविवाह न्यूनिकरण गर्न बिहेवारी बीस वर्ष पारी भन्ने अभियानलाई वडा तथा नगरका विभिन्न महाशाखा÷शाखाका कार्यक्रमहरुमा सुचक सहित अन्तरआवद्ध गरी कार्यान्वयन गरिने भएको छ । सन् २०२६ सम्म घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रितनगरपालिका घोषणा गर्न लैंगिक हिंसा निवारणका लागि निरोधात्मक प्रवर्द्धनात्मक एवं संरक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । आगामी तीन वर्ष भित्रनगर भित्र रहेका खरका छाना हटाइ खरका छाना मुक्तनगर घोषणा गरिने भएको छ । उपमहानगरपालिका अन्तर्गत सवै वडा कार्यालयहरुमा बाह्रै महिना संचालन हुने गरी सडक स्तरोन्नती तथा कालोपत्रे गरिने भएको छ ।

फोहोर मैला व्यवस्थापन लाई प्रभवकारी बनाउन स्रोतमा नै फोहोर वर्गीकरण गर्ने कार्यलाई अनिवार्य गरी आगामी वर्ष भित्र पूर्ण फोहोर वर्गीकरण नगर घोषणा गरिनेछ । यसका लागि २०८० साउन देखि हरेक महिनामा साप्ताहिक रुपमा फोहोर वर्गीकरण कार्यक्रम अभियाका रुपमा संचालन गरिने भएको छ । वडा नम्बर १६ मा निर्माण भइ सकेको बायो ग्याँस प्लान्टलाई पूर्णरुपले सञ्चालन हुने वातावरण बनाई कम्तिमा ७ सय ५० घरमा पाइपलाइनबाट बायो ग्यास पुर्याइ बाह्य उर्जा खपतलाई न्यूनिकरण गरिने भएको छ ।

पर्यटन तथा संस्कृति प्रवर्द्धनको लागि अध्ययन अनुसन्धान सम्बन्धी कार्यमा प्राथमिकता दिंदै पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारमा जोड दिइने भएको छ । नगरभित्र निर्मित जलाशयहरुलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न निजीक्षेत्रको सहकार्यमा व्यवसायिक क्रियाकलाप सञ्चालन गरिने भएको छ । वडा नम्बर ५ पाण्डवेश्वर धाम परिसरमा निर्माण भएको कोशेली घर सञ्चालनमा ल्याइ स्थानीय उत्पादनको बिक्रिलाई प्रोत्सहान गरी अन्य स्थानमा साझा सुविधा केन्द्र (उद्यम घर) तथा कोसेली घर स्थापना तथा संचालन गर्न पहल गरिने भएको छ ।

राष्ट्रिय भूमि आयोगको प्रणालीमा लगत प्रविष्टिगर्ने काम संगसंगै नापनक्शाका लागि प्रक्रिया अगाडी बढाईने भएको छ । नगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको लगत तयार गरी संरक्षण गरिनेछ र जग्गा प्लटिङ्ग कार्यलाई नियमन गरी अनाधिकृत जग्गा प्लटीङ्गलाई निरुत्साहीत गरी कृषी योग्य जग्गाको संरक्षण गरिने लगागत विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज बिहीबार दिउँसो १ बजे बस्ने नगर सभाबाट पारित भएपछि आगामी १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने छ । जिल्लाको राप्ती गाउँपालिकाले यसअघि आफ्नो नीति तथा कार्यक्रम ल्याईसकेको छ भने अन्य बाहेक अन्य पालिकाले पनि चाँडै नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सकियो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव 

राप्ती पोष्ट समाचारदाता

दाङ, असार । असार १ गतेदेखि दाङको घोराहीमा सुरु भएको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सकिएको छ ।  चलचित्र विकास बोर्डको आयोजनामा नेपालमा पहिलो पटक सुरु भएको बाल चलचित्र महोत्सव आइतवार सम्पन्न भएको हो । महोत्सवको समापनमा बोल्दै पूर्व सभामुख कृष्णबहादुर महराले महोत्सवले बालबालिका तथा किशोरकिशोरीमा चलचित्र सम्बन्धी साक्षरता बढाउन भूमिका खेल्ने बताए । उनले महोत्सवले बालबालिकामा फिल्म क्षेत्रप्रति अभिरुची बढाउँने भूमिका खेल्ने बताए ।

बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव गरेको हो । असार १ गतेदेखि सुरु भएकाे महोत्सव तीनदिनसम्म चलेको थियो ।
महोत्सवमा बालबालिका सम्बन्धी बनेका तथा एतिहासिक नेपाली फिल्महरु प्रर्दशनी गरिएको थियो । बालबािलका सम्बन्धी बनेका ‘ऐना झ्यालको पुतली, टिचर,  छाया  र एतिहासिक फिल्म आमा, कुमारी र ‘के घर के डेरा’ प्रर्दशन गरिएको हो । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका थिए । महोत्सवमा करिब तीन हजार बढी बालबालिका सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

महोत्सवको नायक एवं बोर्डका अध्यक्ष भुवन केसीले बालबालिकासँग अन्तरक्रिया पनि गरे । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे कुराकानी गरे । बोर्डका अध्यक्ष समेत रहेका नायक केसीले बालबालिकासँग फिल्म क्षेत्र प्रति उनीहरुको बुझाई, सिकाईकाबारे पनि संवाद गरे । बालबालिकाले  नायक केसीसँग सिनेमा क्षेत्रसँग सम्बन्धी आफ्नो जिज्ञशाहरु राखे । जसमा नायक केसीले बालबािलकाको जिज्ञाशा मेट्दै बालबालिकलाई आफ्नो रुचीको क्षेत्र काम गर्न हौसला दिए ।

फिल्म प्रर्दशनी

महोत्सवमा फिल्महरु प्रर्दशनी समेत प्रर्दशनी गरिएको थियो । बालबालिका सम्बन्धी बनेका तथा एतिहासिक चलचित्रहरु प्रर्दशनी गरिएको हो । महोत्सवमा ‘ऐना झ्यालको पुतली, टिचर,  छाया, एतिहासिक चलचित्र आमा, कुमारी र के घर के डेरा पर्दशन गरिएको हो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका थिए । महोत्सवमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।
बाल महोत्सवले सिनेमा संस्कृति प्रवद्धर्न गर्न भूमिका खेलेको बोर्डका प्रवक्ता एवं महोत्सवका संयोजक बुढाथोकीले बताए । उनले महोत्सवले बालबालिकामा सिनेमा सम्बन्धी साक्षरता र ज्ञान बढाएको बताए । ‘विदेशी फिल्महरुको प्रभाव परिरहेको बेला बालबालिकाहरुमा नेपाली फिल्मप्रति आर्कषण बढाउँन पनि महोत्सवले भुमीका रह्ययाे ।’ उनले भने । बोर्डका अध्यक्ष भुवन केसीले बाल महोत्सवहरुले बालबालिका सम्बन्धी फिल्म साक्षरता, चलचित्रसम्बन्धी ज्ञान र चेतना बढाउँने भन्दै बोर्डले बाल महोत्सवहरु जारी राख्ने बताए । ‘नेपालमा पनि बाल महोत्सवहरु गराइनुपर्छ’ उनले भने, ‘बालबालिकाले चलचित्र हेर्न र आफ्नो कथा भन्ने वातावरण तयार गर्न बोर्ड लाग्नेछ ।’
महोत्सवमा अन्तर्गत भएको चलचित्र नृत्य प्रतियोगितामा गोदावरी इङ्लिस मिडियम स्कुल प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल द्वितीय र राजविद्या पाठशाला तृतीय भएका छन् । त्यस्तै मेचीकाली सेकेन्डरी स्कुल, ग्लोबल एकेडेमी र मदन भण्डारी मेमोरियल स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु २० हजार र प्रमाण पत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रु १५ हजार र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५/५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै चलचित्र हाजिरी जवाफमा मेचीकाली सेकेन्डरी स्कुल प्रथम, गोदावरी इङ्लिस मिडियम स्कुल द्वितीय र गोरखा यन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल तृतीय भएका थिए । साथै दीपशिखा मावि र पश्चिम दाङबाट प्रतिनिधित्व गरेको समूह सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई २० हजार र प्रमाण पत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रु १५ हजार र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५/५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चलचित्रकर्मीलाई सम्मान

लामो समयदेखि चलचित्र क्षेत्र तथा कला संस्कृतिको प्रवद्धनमा भुमिका खेल्ने पु¥याउने व्यक्तित्वलाई बोर्डले सम्मान गरेको छ । सम्मानित हुनेमा खड्ग बुढाथोकी, महेन्द्र बुढाथोकी, कमल गाउँले, चन्द्रप्रकाश चौधरी, जुनु मगर, छविलाल कोपिला, शक्तिराम डाँगी रहेका छन् । साथै दाङमा २०४३ सालमा राप्ती चलचित्र मन्दिर स्थापना गरेका स्व। गिरीराज पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

१० प्रतिशतमा ‘सिकलसेल एनिमिया’को लक्षण

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शनिबार गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी निशुल्क शिविरमा परिक्षणका लागि पुगेको ४ सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ ।

स्क्रिनिङ गरिएका चार सय १२ जनामध्ये करीव १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएपछि सो क्षेत्रमा थप संक्रमित हुन सक्ने आशंका गरिएको स्वास्थ्य कार्यालय दाङले बताएको छ । स्क्रिनिङ गर्दा चार जना पुरुष र ३७ जना महिलामा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल हुने आयोजकले जनाएको छ । समुदायमा सिकलसेलकै कारण कैयौले उपचारका क्रममा ठूलो धनराशी खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामा समेत सक्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न थालिएको हो । यसअघि जिल्लाको सात वटा पालिकाहरु घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकामा रगत परीक्षण गरिएकोमा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएका थियो । कुल दुई हजार ८ सय २ जनाको परिक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार राप्तीमा चार सय १८ जनाको परिक्षण गर्दा ५४ जना, गढवामा चार सय २१ जनाको परिक्षण गर्दा ४१ जना, लमही नगरपालिकामा चार सय १६ जनाको परिक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । यसैगरी, राजपुर गाउँपालिकामा १ सय ३ जनाको परिक्षण गर्दा १० जना, दंगीशरणमा चार सय पाँच जनाको परिक्षण गर्दा ६६ जना, तुलसीपुर उपमहानगरमा चार सय ५४ जनाको परिक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा चार सय ५२ जनाको परिक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

जिल्लाका सबै पालिकाका वडा वडामा सिकलसेल एनिमिया पहिचान गरी रोकथामका लागि धेरै जनाको स्क्रिनिङ हुनुपर्ने देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताउनुभयो । निःशुल्क शिविर उदघाटनमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले रोग लुकाएर बस्न नहुने भन्दै आफ्नो र आउने पुस्ताका लागि स्वास्थ्य परिक्षण अनिवार्य भएको बताउनुभयो । सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिती नहोस् भन्ने उद्देश्यका साथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेट लाईफ नेपालका असिस्टेन्ट प्रेसिडेन्ट तथा चिफ डिस्ट्रिव्युसन अफिसर अरुण बस्नेतले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य क्षेत्र यस प्रकारको अभियान ल्याएको बताउनुभयो । आगामी दिनमा पनि यहाँको माग र आवश्यकता भएमा कार्यक्रम गरिने जानकारी गराउनुभयो । वडा नम्बर १० का कार्यवाहक अध्यक्ष केशरी विश्वकर्माले वडाबासीलाई स्वस्थ बनाउने अभियान अन्तरगत गरिएको कार्यक्रमले वडाबासीलाई लाभ मिलेको बताउनुभयो । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले रोग पालेर, लुकाएर होईन पहिचान गरेर उपचार गर्न तर्फ सबै नागरिक जागरुक हुनुपर्ने बताउनुभयो । सिकलसेल एनिमियाकै कारण अरु रोग लागेर ज्यान जाने खतरा भएको, सिकलसेलको उपचारमा ठूलो धनराशी खर्च हुने गरेको, पुस्ता दरपुस्तासम्म यसको जोखिम हुने भएकाले वंशाणुगत रोग नियन्त्रणका लागि रोग पहिचान गरी उपचार गर्ने योजनाका साथ पालिका अघि बढेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले स्वस्थ नागरिक उत्पादनमा यस प्रकारका कार्यक्रम, अभियान निरन्तर हुनुपर्ने भन्दै नागरिकमा स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । शिविरमा सिसहनिया स्वास्थ्य चौकी, लक्ष्मीपुर स्वास्थ्य केन्द्र, नारायणपुर स्वास्थ्य प्रवर्धन केन्द्र, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखालगायतको स्वास्थ्यकर्मी टोलीले सहयोग गरेको थियो ।

अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी मेट लाईफ नेपालका आर्थिक सहयोगमा गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविर गर्दा वडाबासीको उल्लेख्य सहभागीता रहेको थियो । घोराही १० नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्र प्रमुख डिल्लीराज आचार्यको स्वागत एवम् विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सञ्चालन ग्रामीण महिला उत्थान केन्द्रका पार्वती बस्नेतले गर्नुभएको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्क्रिनिङका लागि मेसिन भएपनि जिल्लाभर यसको पहुँच बिस्तार हुनसकेको छैन । सिकलसेल एनिमिया जाँच आफैमा पनि महंगो हुने भएकाले परिक्षणका लागि जानेको सख्ंया कम हुने गरेको छ । अस्पतालहरुमा उपचारका लागि पुग्ने बिरामीको शंका लागेमा नमूना संकलन गरी प्रादेशिक अस्पताल पुर्याउने गरिएको छ । अब घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सिकलसेल एनिमिया रोग पहिचान मेसिन राख्ने गरी घोराही उपमहानगरपालिकाले सोँच बनाएको छ । उता, देउखुरी क्षेत्रमा पनि प्रदेश सरकारले मेशिन राख्ने योजना बनाएको छ ।

पहिचान भएका सिकलसेलका बिरामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटे औषधि खाइरहेका छन् । प्रतिष्ठानकी सामाजिक सेवा इकाइले सेवा व्यवस्थापन हेर्दै आउनुभएकी शोभा पोख्रेलका अनुसार सरकारले बिरामीका लागि उपलब्ध गराउँदै आएको फोलिक एसिड, हाईड्रोक्सिेरिया दिने गरिएको बताउनुभयो । उपचारका लागि आउने बिरामीमध्ये घोराही १७ का एकै परिवारका चार जनामा सिकलसेल एनिमियाको जटिल समस्या छ । उहाँहरुलाई चौबिसै घण्टा सेवा दिनुपर्ने अवस्था भएकाले जतिबेला पनि सेवाका लागि तत्परता लिने गरिएको बताउनुभयो । सरकारले १ साउन २०७२ देखि सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था गरेको छ । यो पटक प्रदेश सरकारले सिकलसेल एनिमियाका बिरामीलाई दुई करोड बजेट विनियोजन गरेको जनाएको छ ।

साइवर सुरक्षा अहिलेको चुनौती

राप्ती पोष्ट समाचारदाता

घोराही, असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ । घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रूपमा देखा परेको बताउनुभएको हो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको छ । तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको छ। यसलाई रोक्नुपर्ने चुनौती छ ।’ साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माण लागेको बताउनुभएको थियो ।

मन्त्री शर्माले भन्नुभयो,‘साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुने डर छ । त्यसलाई नियन्त्रणका लागि सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणमा लागेको छ ।’ सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो ।

गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गाउँगाउँमा इन्टरनेट र हातहातमा मोबाइल पुगेको छ । तर यसको कसरी प्रयोग गर्ने भन्ने कमै मानिसलाई मात्रै थाहा छ । जसले गर्दा धेरै मानिसले अनाहकमा दुःख पाइरहनुभएको छ । त्यो दुःखबाट मानिसलाई रोक्नका लागि सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतना आवश्यक छ ।’ मन्त्री शर्माले सामाजिक सञ्जालको गलत प्रयोगको सिकार महिला हुनुपरेको भन्दै सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा महिला सचेत हुनुपर्ने बताउनुभएको थियो ।

मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो । त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने बताउनुभयो । सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषय सम्बन्धी राष्ट्रिय सम्मेलनलमा सञ्चार, साबर सुरक्षा नीति, कानुनलगायतका विषयमा छलफल गरिएको थियो ।

सम्मेलनमा डा. शैलेन्द्र गिरी, इञ्जिनियर चिन्तामणि बराल, डा. विमल आचार्य र शिवराज खनाल, विजय कुमार राय, प्रेम शरण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

लायन्स क्लवका पदाधिकारीलाई अभिमूखिकरण

राप्ती पोष्ट समाचारदाता

घोराही, २० जेठ । लायन्स क्लव ३२५‘N’ अन्तरगत एरिया नं. २ का क्लवका पदाधिकारीहरुका लागि अभिमूखिकरण कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भयो । लायन्स क्लव ३२५‘N’ एरिया २ का चिफ ध्रुव गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ३२५‘N’का लागि सन् २०२३÷२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले गर्नुभएको थियो ।

अभिमूखिकरण कार्यक्रममा एरिया नं. २ अन्तरगत रहेका विभिन्न क्लवहरुका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यहरुको सहभागिता थियो । आगामी बर्ष सन् २०२३÷२०२४ का लागि नेतृत्वमा छनौट भएकाहरुलाई क्लव संचालनको तरिका, लायन अन्तराष्र्टियमा रिपोर्टिङ गर्ने तरिका, अध्यक्षको काम कर्तव्य र अधिकार, सचिवले गर्नुपर्ने काम र कोषाध्यक्षले गर्ने कामका बारेमा जानकारी गराइएको थियो ।

उक्त अभिमूखिकरण कार्यक्रममा बोल्दै सन् २०२३÷२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले लायन्सको अभियान विश्वव्यापी रहेको भन्दै सेवाका हातहरु असहायहरुका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा एक सय पाँच बर्ष अघि देखि सुरु भएको लायनको अभियान नेपालमा ५२ बर्ष अघि अर्थात सन् १९७१ बाट सुरु भएको जानकारी दिनुभयो ।

नेपालमा लायन्स क्लवका माध्यमबाट ठूला परियोजना संचालन गरिएको जानकारी दिदैं अहिले पनि लायन्स क्लव ३२५ एन अन्तरगत विभिन्न परियोजनाका लागि प्रस्ताव पठाइएको बताउनुभयो । राप्ती आँखा अस्पतालका लागि करिव डेढ करोडको मेसिन आएको, प्युठान अस्पतालमा डायलासिसका लागि मेसिन आउन थालेको जानकारी दिनुभयो । नियमित रुपमा अनेकौं कामहरु भइरहेको उहाँको भनाई थियो । उहाँले सेवाका लागि लायन्सको स्थापना भएको भन्दै आफ्नो कार्यकालमा बृद्ध बृद्धाहरुका लागि सेवाको विशेष कार्यक्रम संचालन गर्न माथहतका क्लवहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा लायन बर्ष २०२३÷२०२४ का भाइस डिष्ट्रिक गभर्नर विनोद श्रेष्ठ, सचिव उमा थापा मगर, कोषाध्यक्ष तेजप्रसाद अधिकारी, एक्जुकेटिभ चिफ लव अधिकारी, को एक्जुकेटिभ चिफ् युवराज थपलिया लगायतले बोल्नुभएको थियो । लायन्स क्लव ३२५ एन अन्तरगत २४ वटा क्लवहरु रहेका छन् ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङको समन्वयमा आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा एरिया चिफ डा. भिमसेन गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव भरतराज देवकोटाले गर्नुभएको थियो ।

प्रजनन स्वास्थ्यमा महिलाहरुको अवस्था जटिल

राप्ती पोष्ट

घोराही, जेठ । महिलाहरुमा प्रजनन स्वास्थ्यको समस्या जटिल देखिएको छ । दाङको शान्तिनगर गाउँपालिकामा केही दिन अघि संचालन गरिएको महिला स्वास्थ्य शिविरमा आएका महिलाहरुको स्वास्थ्य जाँच गर्दा पाठेघरको समस्या जटिल रुपमा देखिएको पाइएको हो ।

शान्तिनगर गाउँपालिका, महिला पुनःस्थापना केन्द्र (ओरेक) र नेपाल परिवार नियोजन संघ दाङले संयुक्त रुपमा आयोजना गरेको महिला स्वास्थ्य शिविरको प्रतिवेदन सार्वजनिक गर्दै महिलाहरुको स्वास्थ्य अवस्थाका बारेमा गरिएको अध्ययनका बारेमा शुक्रबार जानकारी गराइएको थियो । महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्य समस्या समाधानका लागि सहजिकरण गर्न आयोजना गरिएृको महिला स्वास्थ्य शिविरमा तीन सय ४१ जनाले सेवा लिएका थिए ।

ओरेककी दिपा धितालले दिएको जानकारी अनुसार महिलाहरुमा आफूलाई परेको समस्या खुलेर राख्न नसक्ने समस्या देखिएको छ । शिविरमा आएका महिलाहरुमा पाठेघरको मुख सुन्नीएको, पिसावको संक्रमण, पाठेघरको मुखमा घाउ, यौनी चिलाउने, संक्रमण, महिनावारी गडवड, रगत बग्ने, पाठेघरको पहिलो डिग्री, पाठेघरको दोस्रो डिग्री, पाठेघरको तेस्रो डिग्री, रक्त अल्पता, ढाड कमर दुख्ने, सेतो पानी बग्ने जस्ता समस्या देखिएका थिए ।

शिविरमा १९ बर्ष सम्मका २५ जना, २९ बर्ष सम्मका ६७, ३९ बर्ष सम्मका ९३, ४९ बर्ष सम्मका ७५ र ५० बर्ष माथिका ८० गरेर जम्मा तीन सय ४१ ज्नाले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा आएका मध्य १६ जनालाई थप उपचारका लागि रिफर गरिएको जानकारी पनि धितालले दिनुभयो ।

ग्रामिण क्षेत्रमा महिलाहरुले रोग लुकाउने कारणले गर्दा पाठेघरको समस्या हुँदा पनि लुकाएर बस्ने गरेको पाइएको छ । परिवार नियोजन संघ दाङका प्रवन्धक बसन्त खनालले दाङ लगायत नेपालभर महिलाहरुमा यस्तो खालको समस्या रहेको बताउनुभयो । उहाँले महिलाहरुले आफूलाई परेको समस्या भन्नका लागि परिवार नै बाधक रहेको बताउनुभयो ।
ओरेकमा कार्यरत सुनिता मैनालीले महिलाहरुमा देखिएको समस्याका विविध पाटो अध्ययनको आवश्यकता रहेको बताउनुभयो । उहाँले महिलाहरुले अनेकन कारणले गर्दा आफूलाई परेको समस्या भन्न नसक्ने कारणले गर्दा रोग पालिरहने समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा ओरेककी कार्यसमिति सदस्य पद्मा चौधरीले दाङ जिल्लाका सवै पालिकामा महिलाहरुका लागि प्रजनन स्वास्थ्य शिविर संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाले यो विषयमा उदाशिनता देखाएको पनि बताउनुभयो । पालिकाहरुमा आएको बजेट खर्च हुन नसक्नु दुखद भएको बताउनुभयो ।

रोटरीद्वारा शान्तिनगरको विद्यालयमा विभिन्न सामग्री हस्तान्तरण

राप्ती पोष्ट

तुलसीपुर, जेठ । रोटरी क्लब अफ तुलसीपुर सिटिले एक कार्यक्रमकाबीच पश्चिम दाङको शान्तिनगर गाउपालिका वडा न। ५ स्थित श्री आदर्श माध्यमिक विद्यालय काशिपुरमा शुक्रवार १० सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

क्लबका भाबी अध्यक्ष पबन कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउपालिका वडा न। ५ का अध्यक्ष ओपेन्द्र बहादुर रावतले राज्यको निकायले गर्नुपर्ने यस्ता कार्यहरुलाई रोटरी क्लब अफ तुलसीपुर सिटिले प्राथमिकतामा राखेर सहयोगी हात बढाएकोमा खुशी व्यक्त गर्नु भयो ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक बिजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केसीले यस विद्यालयको आवश्यकतालाई सधैं वोध गरेको बताउदै विगतमा पनि उक्त विद्यालयमा कम्प्युटर, खानेपानी ट्यान्की निर्माण गर्नुका साथै शैक्षिक सामाग्री पनि बितरण गरिएको जानकारी दिनुभयो । साथै उहाँले अमेरिकामा बसोबास गरिरहेका आप्रबासी नेपालीहरुको आर्थिक सहयोगमा डेस्क बेन्च र खेलकुदका सामाग्री हस्तान्तरण गर्न सम्भब भएकोले ती सहयोगी दाताहरु भोजराज भट्ट, विदुर खतिवडा, देवराज न्यौपाने, गेहेन्द्र केसी, गोपाल रेग्मी, कुलराज न्यौपाने, लीला बहादुर केसी, लीला डाँगी, शिव न्यौपाने, सुधिर रजौरे, टोप बहादुर डाँगी र यज्ञ भण्डारीलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा श्री आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष द्रोण बहादुर केसी, विद्यालयका प्रधान अध्यापक बिनोद डाँगी, आरसीसी भिलेज काशिपुरका अध्यक्ष फत्ते बहादुर खड्का, शान्तिनगर उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, रोटरी क्लब अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्ष देव बहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्लबका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो । क्लबले यस अघि शान्तिनगर गाउपालिकाकै वडा न। ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय केराघारीमा पनि १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

क्रिकेट खेलाडीलाई वल्र्ड लिंकको जर्सी

राप्ती पोष्ट

घोराही, जेठ । वर्ड लिंक कम्युनिकेशन घोराहीले घोराही उपमहानगरपालिका वडा नं. १ का खेलाडीलाई जर्सी प्रदान गरेको छ ।

विहीबार देखि प्रारम्भ भएको घोराही उपमहानगरपालिका स्तरिय क्रिकेट प्रतियोगितामा सहभागीता जनाएका खेलाडीहरुका लागि जर्सी प्रदान गरिएको हो । वर्ड लिंकका शाखा प्रमुख विरबहादुर बडुवालले क्रिकेटको विकासका लागि खेलाडीहरुलाई जर्सि प्रदान गरिएको बताउनुभयो ।

वर्ड लिंकले क्रिकेट मैदान क्षेत्रमा निशुल्क इन्टरनेट पनि जडान गरिदिएको छ । दाङ जिल्ला क्रिकेट संघ संग भएको सँझौत अनुसार त्यस क्षेत्रमा इन्टरनेट जडान गरिएको बडुवालले जानकारी दिनुभयो । नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको र क्रिकेट खेलाडीहरुले पनि राम्रो गरिरहेकाले सामाजिक कार्यको हेतु जर्सी प्रदान गरिएको बडुवालले बताउनुभयो ।

लायन्स राप्ती इञ्जिनियरिङमा पदाधिकारी चयन

राप्ती पोष्ट

घोराही, जेठ । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङमा बर्ष २०२३/२०२४का लागि पदाधिकारी चयन गरिएको छ । लायन बर्ष २०२२/०२३का अध्यक्ष मधुसूदन बैद्यले नयाँ कार्यसमितिका बारेमा जानकारी गराउनुभयो ।

बैद्यकै अध्यक्षता एवं लायन्स क्लव बर्ष २०२३/२०२४ का एरिया चिफ डा. भिमसेन गिरीको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष बैद्यले आगामी बर्षका लागि कार्यसमिति चयन गरिएको जानकारी गराउनुभयो । २०२३/२०२४का लागि लायन्स क्लव राप्ती इञ्जिनियरिङको अध्यक्षमा शरद अधिकारीलाई चयन गरिएको छ ।

उहाँका अनुसार आगामी बर्षका लागि डा. भिमसेन गिरीलाई चार्टर प्रेसिडेन्ट, निवर्तमान अध्यक्षका रुपमा मधुसूधन बैद्य, रेशम गिरीलाई पूर्व अध्यक्ष, कर्ण बहादुर पुनलाई प्रथम उपाध्यक्ष, धनेश्वर चौधरीलाई द्वितिय उपाध्यक्ष र बावुराम जोशीलाई तृतिय उपाध्यक्ष चयन गरिएको छ ।

यसैगरी इञ्जिनियर शर्मिला चौधरी सचिव, संगीता गिरी कोषाध्यक्ष, सरिता तामाङ गिरी सह सचिव, विश्ववन्धु थापा सह कोषाध्यक्ष, डा. शैलेन्द्र गिरी सर्भिस चियरप्रशन, खेमराज मल्ल शैक्षिक निर्देशक, सुशिला आचार्य सामाजिक सेवा कार्यक्रम निर्देशक, डा. हिरा गिरी स्वास्थ्य निर्देशक, विनु दहाल संचार प्रमुख, फणाधर भुषाल बातावरण कार्यक्रम निर्देशक, विल्सन गिरी अन्तराष्र्टिय सम्वन्ध निर्देशकका रुपमा चयन गरिएको छ ।

पदाधिकारी चयन कार्यक्रममा बोल्दै एरिया चिफ डा. गिरीले सामाजिक सेवाको काममा लायनले अरु भन्दा उत्कृष्ठ कार्य गरिरहेको बताउनुभयो । उहाँले आगामी बर्ष लायन्स क्लव राप्ती इञ्जिनियरिङलाई व्यापक रुपमा लैजाने योजना रहेको बताउनुभयो । तत्कालै लियो क्लव गठन गरेर विद्यार्थी भाइवैनीहरुलाई पनि संगठित गरेर लैजाने योजना रहेको पनि उहाँले सुनाउनुभयो ।

कार्यक्रममा लायन्स क्लव ३२५ ‘एन’ का कोषाध्यक्ष रेशम गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संगीता पुरीले ध्वजाको अभिभावदन गराउनुभएको थियो भने प्रथम उपाध्यक्ष कर्णबहादुर पुनले स्वागत र कार्यक्रमको संचालन सचिव धनेश्वर चौधरीले गर्नुभएको थियो ।

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् ।

अर्थमन्त्री डा. महतले संघीय संसदको संयुक्त बैठकमा बजेट विनियोजन गरेका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन गरेको बताए ।

उनले खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी रहेको बताए । उनले कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड विनियोजन रहेको बताए ।

उनले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड न्युन हुने बताए । उनले न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड जुटाइने र राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताए ।

अर्थमन्त्री महतले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।

जसमध्ये चालूतर्फ ४२ प्रतिशत अर्थात ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पूँजीगततर्फ २१.२ प्रतिशत अर्थात ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २४ प्रतिशत अर्थात ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ थियो ।

यस्ताे छ पूर्णपाठ :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab