spot_img
spot_img

प्रजनन स्वास्थ्यमा महिलाहरुको अवस्था जटिल

राप्ती पोष्ट

घोराही, जेठ । महिलाहरुमा प्रजनन स्वास्थ्यको समस्या जटिल देखिएको छ । दाङको शान्तिनगर गाउँपालिकामा केही दिन अघि संचालन गरिएको महिला स्वास्थ्य शिविरमा आएका महिलाहरुको स्वास्थ्य जाँच गर्दा पाठेघरको समस्या जटिल रुपमा देखिएको पाइएको हो ।

शान्तिनगर गाउँपालिका, महिला पुनःस्थापना केन्द्र (ओरेक) र नेपाल परिवार नियोजन संघ दाङले संयुक्त रुपमा आयोजना गरेको महिला स्वास्थ्य शिविरको प्रतिवेदन सार्वजनिक गर्दै महिलाहरुको स्वास्थ्य अवस्थाका बारेमा गरिएको अध्ययनका बारेमा शुक्रबार जानकारी गराइएको थियो । महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्य समस्या समाधानका लागि सहजिकरण गर्न आयोजना गरिएृको महिला स्वास्थ्य शिविरमा तीन सय ४१ जनाले सेवा लिएका थिए ।

ओरेककी दिपा धितालले दिएको जानकारी अनुसार महिलाहरुमा आफूलाई परेको समस्या खुलेर राख्न नसक्ने समस्या देखिएको छ । शिविरमा आएका महिलाहरुमा पाठेघरको मुख सुन्नीएको, पिसावको संक्रमण, पाठेघरको मुखमा घाउ, यौनी चिलाउने, संक्रमण, महिनावारी गडवड, रगत बग्ने, पाठेघरको पहिलो डिग्री, पाठेघरको दोस्रो डिग्री, पाठेघरको तेस्रो डिग्री, रक्त अल्पता, ढाड कमर दुख्ने, सेतो पानी बग्ने जस्ता समस्या देखिएका थिए ।

शिविरमा १९ बर्ष सम्मका २५ जना, २९ बर्ष सम्मका ६७, ३९ बर्ष सम्मका ९३, ४९ बर्ष सम्मका ७५ र ५० बर्ष माथिका ८० गरेर जम्मा तीन सय ४१ ज्नाले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा आएका मध्य १६ जनालाई थप उपचारका लागि रिफर गरिएको जानकारी पनि धितालले दिनुभयो ।

ग्रामिण क्षेत्रमा महिलाहरुले रोग लुकाउने कारणले गर्दा पाठेघरको समस्या हुँदा पनि लुकाएर बस्ने गरेको पाइएको छ । परिवार नियोजन संघ दाङका प्रवन्धक बसन्त खनालले दाङ लगायत नेपालभर महिलाहरुमा यस्तो खालको समस्या रहेको बताउनुभयो । उहाँले महिलाहरुले आफूलाई परेको समस्या भन्नका लागि परिवार नै बाधक रहेको बताउनुभयो ।
ओरेकमा कार्यरत सुनिता मैनालीले महिलाहरुमा देखिएको समस्याका विविध पाटो अध्ययनको आवश्यकता रहेको बताउनुभयो । उहाँले महिलाहरुले अनेकन कारणले गर्दा आफूलाई परेको समस्या भन्न नसक्ने कारणले गर्दा रोग पालिरहने समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा ओरेककी कार्यसमिति सदस्य पद्मा चौधरीले दाङ जिल्लाका सवै पालिकामा महिलाहरुका लागि प्रजनन स्वास्थ्य शिविर संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाले यो विषयमा उदाशिनता देखाएको पनि बताउनुभयो । पालिकाहरुमा आएको बजेट खर्च हुन नसक्नु दुखद भएको बताउनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img