राप्ती पोष्ट समाचारदाता
दाङ, असार । असार १ गतेदेखि दाङको घोराहीमा सुरु भएको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सकिएको छ । चलचित्र विकास बोर्डको आयोजनामा नेपालमा पहिलो पटक सुरु भएको बाल चलचित्र महोत्सव आइतवार सम्पन्न भएको हो । महोत्सवको समापनमा बोल्दै पूर्व सभामुख कृष्णबहादुर महराले महोत्सवले बालबालिका तथा किशोरकिशोरीमा चलचित्र सम्बन्धी साक्षरता बढाउन भूमिका खेल्ने बताए । उनले महोत्सवले बालबालिकामा फिल्म क्षेत्रप्रति अभिरुची बढाउँने भूमिका खेल्ने बताए ।
बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव गरेको हो । असार १ गतेदेखि सुरु भएकाे महोत्सव तीनदिनसम्म चलेको थियो ।
महोत्सवमा बालबालिका सम्बन्धी बनेका तथा एतिहासिक नेपाली फिल्महरु प्रर्दशनी गरिएको थियो । बालबािलका सम्बन्धी बनेका ‘ऐना झ्यालको पुतली, टिचर, छाया र एतिहासिक फिल्म आमा, कुमारी र ‘के घर के डेरा’ प्रर्दशन गरिएको हो । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका थिए । महोत्सवमा करिब तीन हजार बढी बालबालिका सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।
महोत्सवको नायक एवं बोर्डका अध्यक्ष भुवन केसीले बालबालिकासँग अन्तरक्रिया पनि गरे । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे कुराकानी गरे । बोर्डका अध्यक्ष समेत रहेका नायक केसीले बालबालिकासँग फिल्म क्षेत्र प्रति उनीहरुको बुझाई, सिकाईकाबारे पनि संवाद गरे । बालबालिकाले नायक केसीसँग सिनेमा क्षेत्रसँग सम्बन्धी आफ्नो जिज्ञशाहरु राखे । जसमा नायक केसीले बालबािलकाको जिज्ञाशा मेट्दै बालबालिकलाई आफ्नो रुचीको क्षेत्र काम गर्न हौसला दिए ।
फिल्म प्रर्दशनी
महोत्सवमा फिल्महरु प्रर्दशनी समेत प्रर्दशनी गरिएको थियो । बालबालिका सम्बन्धी बनेका तथा एतिहासिक चलचित्रहरु प्रर्दशनी गरिएको हो । महोत्सवमा ‘ऐना झ्यालको पुतली, टिचर, छाया, एतिहासिक चलचित्र आमा, कुमारी र के घर के डेरा पर्दशन गरिएको हो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका थिए । महोत्सवमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।
![](https://www.eraptipost.com/wp-content/uploads/2023/06/20180912121819_IMG_6789-300x200.jpg)