spot_img
spot_img

रोटरीद्वारा शान्तिनगरको विद्यालयमा विभिन्न सामग्री हस्तान्तरण

राप्ती पोष्ट

तुलसीपुर, जेठ । रोटरी क्लब अफ तुलसीपुर सिटिले एक कार्यक्रमकाबीच पश्चिम दाङको शान्तिनगर गाउपालिका वडा न। ५ स्थित श्री आदर्श माध्यमिक विद्यालय काशिपुरमा शुक्रवार १० सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

क्लबका भाबी अध्यक्ष पबन कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउपालिका वडा न। ५ का अध्यक्ष ओपेन्द्र बहादुर रावतले राज्यको निकायले गर्नुपर्ने यस्ता कार्यहरुलाई रोटरी क्लब अफ तुलसीपुर सिटिले प्राथमिकतामा राखेर सहयोगी हात बढाएकोमा खुशी व्यक्त गर्नु भयो ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक बिजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केसीले यस विद्यालयको आवश्यकतालाई सधैं वोध गरेको बताउदै विगतमा पनि उक्त विद्यालयमा कम्प्युटर, खानेपानी ट्यान्की निर्माण गर्नुका साथै शैक्षिक सामाग्री पनि बितरण गरिएको जानकारी दिनुभयो । साथै उहाँले अमेरिकामा बसोबास गरिरहेका आप्रबासी नेपालीहरुको आर्थिक सहयोगमा डेस्क बेन्च र खेलकुदका सामाग्री हस्तान्तरण गर्न सम्भब भएकोले ती सहयोगी दाताहरु भोजराज भट्ट, विदुर खतिवडा, देवराज न्यौपाने, गेहेन्द्र केसी, गोपाल रेग्मी, कुलराज न्यौपाने, लीला बहादुर केसी, लीला डाँगी, शिव न्यौपाने, सुधिर रजौरे, टोप बहादुर डाँगी र यज्ञ भण्डारीलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा श्री आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष द्रोण बहादुर केसी, विद्यालयका प्रधान अध्यापक बिनोद डाँगी, आरसीसी भिलेज काशिपुरका अध्यक्ष फत्ते बहादुर खड्का, शान्तिनगर उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, रोटरी क्लब अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्ष देव बहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्लबका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो । क्लबले यस अघि शान्तिनगर गाउपालिकाकै वडा न। ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय केराघारीमा पनि १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img