spot_img
spot_img

घोराहीमा नीति तथा कार्यक्रम सार्वजनिक

घोराहीमा नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, शिक्षा, सामाजिक विकास र पूर्वाधार प्राथमिकतामा

छवि पुरी /राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विगत वर्षहरु जस्तै पालिकाले यो पटक पनि कृषि, शिक्षा, सामाजिक विकास र पूर्वाधारमा नागरिकको पहुँच प्राथमिकता राख्दै बुधबार १३ औँ नगरसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरसभाको १३ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले घोराहीलाई हरित उपमहानगर बनाउन र कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष योजनासहितको कार्यक्रम ल्याएको र कृषकलाई दिईदै आएको अनुदानलाई निरन्तरता दिने व्यवस्था गरेको बताउनुुभयो । किसानलाई नियमित प्राविधिक सेवा एवं व्यवस्थापकीय टेवा पु¥याउन उनीहरुलाई परिचयपत्र लागु गरिने उहाँले उल्लेख गर्नुभयो । व्यवस्थित तरकारी बजार एवं विक्रि कक्षको व्यवस्था मिलाईने र कृषि योग्य भुमिको नियमित माटो परिक्षण गरिने भएको नीति तथा कार्यक्रममा छ । कृतिम गर्भाधान र प्राकृतिक गर्भाधान माध्यमबाट पशुहरुको नश्ल सुधारगरि पशुुहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गरिने भएको छ ।

मुल तथा उन्नत बिउ जस्तै, धान, मकै, गँहु, तोरी, मसुरो, प्याज, र आलुमा कृषकलाई दिइदै आएको अनुदानलाई निरन्तरता दिने ब्यवस्था मिलाइने भएको छ । वर्षे फलफुल आँप, लिचि, कटहर, अम्बामा समूह सहकारीलाई अनुदानमा विरुवा वितरण गरिने भएको छ । कुल ३० पृष्ठमा रहेको र दुई सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा नगर प्रमुख चौधरीले स्वस्थ पशु स्वच्छ उत्पादन अन्तर्गत पशु उपचार, पशु स्वास्थ्य शिवीर र वाझोपन निवारण जस्ता डोर टु डोर किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने स्वच्छ दुग्ध उत्पादन संरक्षण प्रबद्र्धन बजारिकरणका लागि चिलिङ भ्याट स्थापना गरी मिल्कक्यान वितरण कार्यक्रमलाई निरन्तरता दिइने विषय उल्लेख गर्नुभयो । उहाँले तीन बर्षमा घोराहीलाई दुधमा आत्म निर्भर बनाउने कुरा समेट्नु भएको छ ।

यस्तै, शिक्षा तर्फ गुणस्तरीय शिक्षाको आधार प्रारम्भिक बाल कक्षाको सुधारको नारासहितको कार्यक्रम नीति तथा कार्यक्रममा रार्खिकोछ । सहकारीमार्फत बढ्दो बेरोजगारी कम गर्न पहल गर्ने, जेष्ठ नागरिक सम्मान, स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विद्यालय परिसरलाई वातावरणमैत्री बनाउन परिसर वरिपरि हरियाली प्रवद्र्धन कार्यक्रम संचालन गरिने भएको छ । नगरप्रमुख चौधरीले स्तरीय सडक, भवन, आवास क्षेत्र, औद्योगिक क्षेत्र, खेलकुद मैदान, ग्रामिण सडकहरुलाई जुनसुकै समयमा पनि संचालन योग्य बनाउन पुल, झोलङु्गे पुल तथा कल्भर्ट निमार्णलाई निरन्तरता दिईएको जानकारी गराउनुुभयो ।

वडाहरुमा जन चेतनामुलक कार्यक्रम, व्यायामशाला तथा योगा, आरोग्य केन्द्र र योग केन्द्रहरु स्थापना गर्न प्रोत्साहित गरिने भएको छ । साथै पंचकर्म तथा शिरोधारा सहितको आयुर्बेद स्वास्थ्य सेवालाई बिस्तार गरिनेछ । विभिन्न संघ संस्था सचारकर्मी, टोलविकास संस्थालाई परिचालन गरी सवै वडाका टोल टोलमा लैगिक तथा घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा टोल विकास संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम गोष्ठी, अभिमुखीकरण, चेतनामूलक अभियान सम्बन्धी कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिने भएको छ ।

हाल नेपालभर गाई÷भैसीमा फैलिरहेको लम्पिस्किन तथा सुगुर बंगुरमा फैलिएको अफ्रिकन स्वाईनफिबरको नमुना संकलन गरि रोग निदान तथा न्यूनीकरणको लागि सचेतना अभिवृद्धी गरी रोकथाम तथा उपचारको आवश्यक व्यवस्था गरिने भएको छ । पशुपन्छीमा देखिने संक्रामक सरुवा रोग विरुद्ध पिपिआर भ्यागुते, चरचरे खोरेत स्वाईनफिबर र कुकुरहरुमा रेविज विरुद्धको खोप निःशुल्क प्रदान गरी पूर्ण खोपको सुनिश्चितता गरिने भएको छछ ।

“गोठ देखी ओठसम्म” स्वच्छ उत्पादन उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई ध्यान दिंदै पशुमा लाग्ने रोगहरुको निदान पालिकामा नै गर्नको लागि डिस्पेन्सरी सहितको प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका नागरिक गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलरी परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ । साथै खेतिबालीमा अर्गानिक मलको प्रयोग बढाउन गाई÷भैसीको भकारो सुधार कार्यक्रम संचालन गरिने भएको छ ।

पाँच वर्ष मुनिका उमेर समूहका सवै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर प्रदान गर्न विद्यालय संरचना भित्र प्रारम्भिक बालशिक्षा संचालन गरिनेछ । कक्षा १ भन्दा मुनि कम्तिमा दुई कक्षा नघट्ने गरी अभिभावकहरुसँगको आपसी समझदारीमा प्रारम्भिक बाल शिक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ । प्रोत्साहनमूलक कार्यक्रम, विभिन्न छात्रवृति वितरण, १२ कक्षासम्म निःशुल्क पाठ्यपुस्तक वितरण, निःशुल्क सेनेटरी प्याड वितरण, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा पुस्तकालय स्थापना गर्ने लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिईने भएको छ । बेरोजगार तथा सिप सिकेर स्वरोजगार बन्न चाहने युवाहरुलाई १० महिने कार्यगत अभ्यास सहितको तालिमलाई निरन्तरता दिईने भएको छ ।

घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिलाई प्रभावकारी बनाई खेलकुद कार्यक्रमलाई वडास्तरसम्म सञ्चालन गर्दै लगिने भएको छ । प्रत्येक वडामा वडास्तरीय युवा क्लवहरु गठन गरी नगरस्तरीय युवा संजालनिर्माण तथा युवाहरुको क्षमता विकासलाई प्राथमिकता दिइने भएको छ । आधारभूत तहको स्वीकृत स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागु गरिने भएको छ । स्थानीय पाठ्यक्रम तथा थारु भाषाको कक्षा १–३ को पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरिने भएको छ ।

राष्ट्रिय शिक्षा नितिले सम्बोधन गरे बमोजिम ५ वर्षे नगर शिक्षायोजना तयार गरि नगरस्तरीय संस्थागत तथा सामुदायिक विद्यालयको समग्र वस्तुस्थिती स्पष्ट देखिने गरी विद्यालय प्रोफाइल तयार गरिने भएको छ । लागुऔषध दुव्र्यसनबाट व्यक्ति परिवार तथा समाजमा नकरात्मक असर परेकोले दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरी वडाहरुलाई क्रमशः लागु औषधमुक्त वडा घोषणा गर्दै आगामी तीन वर्षभित्र लागु औषध दुर्व्यसनी मुक्त नगर घोषणा गरिने भएको छ ।
उपप्रमुख प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत पाठेघर बचाउँ अभियान मार्फत पाठेघरको भिआईए स्क्रिनिङ्ग गरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच गरिने भएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभाबकारी बनाउन बिमाकर्ताहरुलाई घरदैलोमै खटाईने बिमा कार्यक्रममा सहभागि गराई स्वास्थ्य सेवाको सुनिश्चितता गरिने छ, यौन हिंसामा परेका द्धन्दपिडीत नागरिकलाई निःशुल्क बीमाको ब्यबस्था गरिने छ ।

सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम समुदाय, पिछडावर्ग, सीमान्तकृत, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न नागरिकको अभिलेख राखि संरक्षण र सशक्तिकरणमा जोड दिईने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

घोराही उपमहानगरपालिका नेपालको पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा भएकोले बालमैत्री कार्यक्रमलाई निरन्तरता र प्रभावकारीताका लागि बालश्रम मुक्त नगरतथा बालविवाह न्यूनिकरण गर्न बिहेवारी बीस वर्ष पारी भन्ने अभियानलाई वडा तथा नगरका विभिन्न महाशाखा÷शाखाका कार्यक्रमहरुमा सुचक सहित अन्तरआवद्ध गरी कार्यान्वयन गरिने भएको छ । सन् २०२६ सम्म घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रितनगरपालिका घोषणा गर्न लैंगिक हिंसा निवारणका लागि निरोधात्मक प्रवर्द्धनात्मक एवं संरक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । आगामी तीन वर्ष भित्रनगर भित्र रहेका खरका छाना हटाइ खरका छाना मुक्तनगर घोषणा गरिने भएको छ । उपमहानगरपालिका अन्तर्गत सवै वडा कार्यालयहरुमा बाह्रै महिना संचालन हुने गरी सडक स्तरोन्नती तथा कालोपत्रे गरिने भएको छ ।

फोहोर मैला व्यवस्थापन लाई प्रभवकारी बनाउन स्रोतमा नै फोहोर वर्गीकरण गर्ने कार्यलाई अनिवार्य गरी आगामी वर्ष भित्र पूर्ण फोहोर वर्गीकरण नगर घोषणा गरिनेछ । यसका लागि २०८० साउन देखि हरेक महिनामा साप्ताहिक रुपमा फोहोर वर्गीकरण कार्यक्रम अभियाका रुपमा संचालन गरिने भएको छ । वडा नम्बर १६ मा निर्माण भइ सकेको बायो ग्याँस प्लान्टलाई पूर्णरुपले सञ्चालन हुने वातावरण बनाई कम्तिमा ७ सय ५० घरमा पाइपलाइनबाट बायो ग्यास पुर्याइ बाह्य उर्जा खपतलाई न्यूनिकरण गरिने भएको छ ।

पर्यटन तथा संस्कृति प्रवर्द्धनको लागि अध्ययन अनुसन्धान सम्बन्धी कार्यमा प्राथमिकता दिंदै पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारमा जोड दिइने भएको छ । नगरभित्र निर्मित जलाशयहरुलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न निजीक्षेत्रको सहकार्यमा व्यवसायिक क्रियाकलाप सञ्चालन गरिने भएको छ । वडा नम्बर ५ पाण्डवेश्वर धाम परिसरमा निर्माण भएको कोशेली घर सञ्चालनमा ल्याइ स्थानीय उत्पादनको बिक्रिलाई प्रोत्सहान गरी अन्य स्थानमा साझा सुविधा केन्द्र (उद्यम घर) तथा कोसेली घर स्थापना तथा संचालन गर्न पहल गरिने भएको छ ।

राष्ट्रिय भूमि आयोगको प्रणालीमा लगत प्रविष्टिगर्ने काम संगसंगै नापनक्शाका लागि प्रक्रिया अगाडी बढाईने भएको छ । नगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको लगत तयार गरी संरक्षण गरिनेछ र जग्गा प्लटिङ्ग कार्यलाई नियमन गरी अनाधिकृत जग्गा प्लटीङ्गलाई निरुत्साहीत गरी कृषी योग्य जग्गाको संरक्षण गरिने लगागत विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज बिहीबार दिउँसो १ बजे बस्ने नगर सभाबाट पारित भएपछि आगामी १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने छ । जिल्लाको राप्ती गाउँपालिकाले यसअघि आफ्नो नीति तथा कार्यक्रम ल्याईसकेको छ भने अन्य बाहेक अन्य पालिकाले पनि चाँडै नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img