spot_img
Home Blog Page 76

राजनीतिको कोेर्ष

 

सम्पादकीय

यतिवेला विश्व कोरोनाको महामारीबाट जुधिरहेको छ । यस्तो अवस्थामा कुनै पनि सरकारको पहिलो कर्तव्य आफ्ना देशका जनतालाई जोगाउनु हो । राजनीतिक दलको पहिलो कर्तव्य पनि यहि हो । संसारभर राजनीतिक दलले सरकार संचालन गर्दछन् । कुनै राजनीतिक दलले सधैभरी सत्ता चलाउन पाउँदैन । पाएपनि व्यक्ति एउटै हुँदैन । व्यक्ति एउटै भएपनि राष्टिय अन्तर्राष्टिय परिस्थिति फरक हुन्छ । सधै सोचेको जस्तो हुँदैन । नेपालको राजनीतिमा भने लामो समयदेखि एउटै विडम्वनाको स्थिती देखिन्छ । जहिले पनि सत्तादेखी सत्तासम्म । जसरी हुन्छ सत्तामा जाने । सुखभोग गर्ने । सत्तामा जाने भनेको जनताको काम गर्नका लागि हो । जनताको मुहारमा हाँसो ल्याउनका लागि हो । नेपालको राजनीति यो भन्दा अपवाद भएको छ । जहिले पनि सत्ताका लागि छिनाझप्टी गर्ने चलन रोकिएको छैन । जनता यतिवेला दुःखमा छन् । कष्टमा छन् । कोरोनाको कहरबाट कसरी बच्ने भन्ने सोच्न सकिरहेका छैनन् । तर राजनीतिक दलहरुले भने यसलाई कुनै विषय बनाँएका छैनन् । एउटै काम भनेको सत्तामा जानकालागि अनेकन जालझेल गर्ने, षडयन्त्र गर्ने काम भएको छ ।

आधुनिक नेपालको सुरुवात भएको समय २००७ पछिलाई मानिन्छ । त्यतिवेला राजा र जनता मिलेर राणाहरुलाई सत्ताबाट च्यूत गरेका थिए । राजाहरु पनि कसैलाई शक्तिका आडमा सत्ताच्यूत गरेर आएका थिए । प्रजातन्त्र आएपछि राणाहरुलाई खुवै गाली गरियो । राणाहरुले काम गरेनन् भनेर भनियो । १० बर्षसम्म प्रजातन्त्र के चलिरहेको थियो राजालाई त्यो पाच्य भएन । जनताबाट निर्वाचित संरचनालाई हस्तक्षेप गरे । जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई समेत जेल हाले । एक हिसावले नेपाललाई अध्यारो तर्फ लगे । पञ्चायती व्यवस्थाको ३० बर्षमा पनि नेपाली जनताको जीवनस्तरमा परिवर्तन भएन । त्यहि भएर बहुदलिय व्यवस्था स्थापना गरियो । बहुदलले पनि पुगेन राजा फालियो । गणतन्त्र ल्याइयो । व्यवस्थालाई गाली गर्दै गइयो तर पहिलेको भन्दा नयाँ व्यवस्थामा बेथिती बढीरह्यो । जनताले चाहेको सुशासनको कुरा हुन सकेन । भ्रष्टाचार अन्त्य हुन सकेन । स्वास्थ्य, शिक्षामा केही प्रगति भयो तर त्यो पनि प्रयाप्त हुन सकेन् । हामी कुन अवस्थामा छौं भन्ने कुरा यतिवेला हामीले भोगिरहेको विपत्ती सामनाको अवस्थाले देखाउँछ । आज किन यस्तो अवस्था आयो भन्ने कुरा त स्पष्ट छ हिजो ठिक तरिकाले काम गरिएन । हिजो काम नगरेका कारणले आज दुःख पाइएको हो । अहिले पनि काम नगर्ने हो भने पनि यो भन्दा ठूलो दुःख पाउने निश्चित छ । आजको दिन बर्तमानलाई गाली गरेर हुँदैन । विगतलाई धारे हात लगाएर पनि हुँदैन । बर्तमानलाई कसरी सहज बनाउने भन्ने बारेमा सवैले सोच्नुपर्छ । सत्तामा जान नपाएका कारणले हो भनेर भन्ने भने नेपालमा पछिल्लो ३० बर्षमा कतिजना मन्त्री भए । कुन मन्त्रिले के गरे । कस्तो काम गरे । जनतालाई सवै थाहा छ । अव विगतलाई धारे हात होइन बर्तमानलाई समृद्ध बनाउने बारेमा सोच्ने बेला हो ।

यतिवेला नेपालको राजनीति नयाँ कोर्षमा अघि बढेको छ । राजनीतिमा लामो समयदेखि देखिएको गञ्जागोल अव रोकिने अवस्थामा पुगेको छ । नेपालको राजनीतिमा जुन गञ्जागोल देखिएको थियो त्यसलाई अन्त्य गर्ने अचुक माध्यम भनेको निर्वाचन हो । नेपाली जनताले जसलाई निर्वाचित गर्दछन् उसैले आगामी दिनमा नेतृत्व गर्दछ । नेपाली जनताको मत लिएर सरकार संचालन गर्ने, सरकारमा गएर आमुल परिवर्तनका काम गर्न कसैलाई पनि रोकेको छैन । मुलुक मध्यावधि निर्वाचनमा जाँदा कुनै आकाश खस्दैन । धर्ति भासिदैन । विश्वमा प्रजातान्त्रिक मुलुकमा निर्वाचन हुने कुरा नियमित कुरा हो । नेपालमा मात्रै यो अचम्मको बिषयका रुपमा प्रस्तुत गरिन्छ । निर्वाचनका लागि गत पुसमा प्रधानमन्त्रीले पहल गर्नुभएको थियो । त्यतिवेला सर्वोच्चले संसदबाट नयाँ सरकार गठनको विकल्प रहेसम्म निर्वाचनमा जान हुँदैन भन्ने निर्णय गर्यो । निर्वाचनमा जानका लागि दलहरु तयार थिएनन् । संसद पुनःस्थापना हँुँदा पनि संसदमा हालत देखियो । जसले संसद चाहियो भनेर आन्दोलन गरे तिनै संसद छोडेर हिडे । संसद नै अनिर्णयको बन्दी बन्यो । संसदलाई अनिर्णयको बन्दी बनाउनु भन्दा निर्वाचन नै उपयुक्त विकल्पका रुपमा आएको छ । राजनीति जुन कोर्षमा अघि बढेको छ यसलाई सहज तरिकाले लिएर ताजा जनादेश लिने कुरालाई राजनीतिक दलहरुले आफ्नो अभिष्ठ बनाउनुपर्छ । जनतामा विश्वास नभएकाहरुले मात्रै अव निर्वाचनको विरोध गर्न सक्छन् ।

सचेतक चौधरीद्वारा सुविधाको गाडी फिर्ता

शान्ता चौधरी

राप्ती पोष्ट
दाङ, ९ जेठ । नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले सुविधाको गाडी फिर्ता गर्नुभएको छ । सांसदको जिम्मेवारीबाट मुक्त भएपछि त्यसवापत प्राप्त सुविधा फिर्ता गरेको उहाँले बताउनुभएको छ ।

दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेख्नुभएको छ । उहाँले पहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र पछि एमालेको संसदीय दलको सचेतकको रूपमा तीन वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको पनि बताउनुभएको छ ।

चौधरीले लेख्नुभएको छ । ‘जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ,’ जिम्मेवारीले धेरै कुरा सिकाउँदो रहेछ, सिक्दै दायित्व निर्वाह गरेँ । धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।’ पार्टीले जिम्मेवारी दिएकै कारण मैले अनुभव प्राप्त गरें, अनुभवकै कारण जिम्मेवारी बहन गर्न सकें । काम गर्दा कमजोरी पनि भए होलान् । सवै अनुभवको संगालो म संग छ । म फेरि पनि आभारी छु । पार्टी नेतृत्व, सवै नेता गण र माननीय ज्युहरुप्रति ।’

चौधरी २०६४ सालको संविधान सभामा पनि सदस्यका रुपमा हुुनुहुन्थ्यो । यसैगरी २०७४ सालको निर्वाचनपछि पनि समानुमातिक सदस्यका रुपमा संसदमा प्रतिनिधित्व गर्नुभएको थियो ।

पत्रकारका घर दैलोमा पत्रकार महासंघ दाङ

राप्ती पोष्ट
दाङ, ८ जेठ । कोरोना संक्रमणबाट प्रभावित भएका तथा निको भएकाहरुलाई भेटेर सान्त्वना दिन थालेको नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लाका करिव दुई दर्जन पत्रकारलाई भेट गरेको छ ।

केही दिन अघि देखि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्षद्वय सन्तोष सुवेदी र बसुन्धरा गौतम, सचिव आर के शितल, सह सचिव दशरथ घिमिरे र कोषाध्यक्ष शरद रेग्मी लगायतको टोलीले संक्रमित पत्रकारहरुलाई भेट गरेको थियो ।

संक्रमित पत्रकारलाई भेट्न जाँदा स्वास्थ्य लाभको कामना सहितको पत्र, मास्क र स्यानेटाइजरका साथै एक क्यारेट अण्डा समेत दिइएको अध्यक्ष केसीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण दाङ जिल्लामा दुई जना पत्रकारको ज्यान गइसकेको छ भने करिव दुई दर्जन भन्दा बढी संक्रमित भएका छन् । संक्रमित भएका र निको भएकाहरुलाई हौसला प्रदान गर्नका लागि आफूहरुले घर भेट कार्यक्रम गरेको अध्यक्ष केसीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले थालेको यो अभियानको सवैले प्रशंसा गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले संक्रमित पत्रकारहरुलाई लक्षित गरेर शाखामै आइशोलेसनको तयारी गरेको छ । आइशोलेसनमा हालसम्म कोही पनि नआएको भएपनि आवश्यक परेको खण्डमा आफूहरु तयारी अवस्थामा रहेको पनि अध्यक्ष केसीले बताउनुभयो ।

ओली र देउवा दुवैको दावी नपुगेको राष्ट्रपतिको ठहर

मुलुक मध्यावधिमा जाने संम्भावना

राप्ती पोष्ट

दाङ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्नका लागि दिएको समयमा दावी प्रस्तुत गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको दावी नपुगेको राष्ट्रपति कार्यालयले शुक्रबार राती जानकारी दिएको छ । दुवैले बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर राष्ट्रपतिले गरेपछि अब मुलुक मध्यावधितिर गएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ । शुक्रबार शेरबहादुर देउवाले १४९ सांसदको समर्थन रहेको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा दावी पेश गर्नुभएको थियो । यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको भन्दै दावी पेश गर्नुभएको थियो ।

शेरबहादुर देउवालाई नेकपा माधवकुमार नेपालको पनि समर्थन रहेको थियो । माधव नेपाल पक्षका २६ सांसदले गरेको हस्ताक्षर बुझाइएको भएपनि केही सांसदहरुले आफूहरुले हस्ताक्षर नगरेको बताएका थिए । यस्तै जनता समाजवादीले पनि १२ सांसदहरुले पार्टीको निर्णय नमानेको भन्दै कारवाही गर्ने तयारी गरिएको भन्दै पत्र राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।

राष्ट्रपति कार्यालयले जारी गरेको यस्तो पत्र पछि मध्यरातमा मन्त्रिपरिषदको बैठक बसेको थियो । बैठकमा तत्कालको परिस्थिती अनुसार केही निर्णयहरु हुन सक्ने अनुमान गरिएको छ ।

 

जिल्लामा थपिने र निको हुने कोरोना संक्रमितको संख्या उस्तै उस्तै

राप्ती पोष्ट
दाङ, ७ जेठ । देशभर कोरोना संक्रमितको संख्या कम हुन नसकेको अवस्थामा दाङ जिल्लामा भने संक्रमितको संख्या कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर एक सय ७९ जना नयाँ संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन मात्रै दुई सय ४५ जना संक्रमित थपिएका थिए ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार पछिल्लो २४ घण्टामा दाङका एक सय ७६ जना कोरोनाका विरामी निको भएका छन् । केही दिन यता निको हुने संक्रमितको संख्या बढीरहेको छ । अघिल्लो दिन मात्रै जिल्लाभर चार सय ५८ जना संक्रमित निको भएका थिए ।

दाङ जिल्लामा गत बैशाख यता तीन हजार छ सय भन्दा बढी निको भएका छन् । वितेको ३८ दिनमा तीन हजार छ सय ४३ जना संक्रमण मुक्त भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जानकारी दिएको छ । केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा आज एक सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई सय ५० जनाको स्वाब परिक्षण गर्दा ९५ जना महिला र ८४ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै गत बैशाख १ गते यता जिल्लामा छ हजार ५४ जनामा संक्रमण पुष्टि भएको छ । अहिले संक्रिय संक्रमितको संख्या दुई हजार चार सय ११ जना रहेको छ । कोरोनाका सक्रिय विरामीमध्ये अहिले अधिकांश संक्रमित घरमै रहेका छन् ।
अहिले जिल्लाका एक सय ६८ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने दुई हजार दुई सय ४३ जना संक्रमित घरमै बसेका छन । यस्तै कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५३ जना उपचाररत रहेका छन ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २९ जना बिरामी भर्ना भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रोसिटि अस्पतालमा २७ जनाको उपचार भईरहेको छ । यता लमहीको रातोडाँडामा सञ्चालन गरिएको अस्पतालमा १७ जना, राप्ति गाउँपालिकाले सञ्चालन गरेको आईशोलेशन सेन्टरमा १५, दंगिशरणमा ११, शान्तिनगर, बबई र बंग्लाचुलमा ४÷४ जनाको र गढवामा एक जना कोरोनाका विरामीको उपचार भैरहेको छ ।

यस्तै वितेको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा तुलसीपुर र राप्ती गाउँपालिकाका १÷१ जना कोरोनाका विरामी रहेका छन् । कोरोना बिशेष अस्पताल वेलझुण्डीमा उपचाररत तुलसीपुर १३ का ७३ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै राप्ती गाउँपालिका वडा नंम्बर ५ का ५८ वर्षिय पुरुषको गाउँपालिकाले सञ्चालन गरेको आईशोलेशनमै मृत्यु भएको होे । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४८ पुगेको छ ।

प्रधानमन्त्रीमा ओली र देउवाको दावी, १५३ VS १४९

राप्ती पोष्ट

काठमाडौं, ८ जेठ । राष्ट्रपतिले संविधानको धारा ७६ (४) बमोजिम सरकार गठनका लागि दिएको समय भित्र दुईजनाको दावी परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बेग्ला बेग्लै दावी राष्ट्रपति समक्ष पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गर्नुभयो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमालेका १२१ र जसपाका ३२ सांसदसहित १५३ जनाको समर्थन आफूलाई रहेको दाबीसहित ओलीले सरकारमा आफ्नो दाबी पेश गर्नुभएको छ ।

नेकपा एमालेका माधव नेपाल पक्षसहित १४९ जना सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेको विपक्षी टोलीअगावै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा दाबी पेश गरेर फर्कनुभएको थियो । ओलीले बुझाएको हस्ताक्षरमा जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पनि ओलीलाई समर्थन गरेको पत्र राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

प्रधानमन्त्री भन्दा केही पछि पुगेका काँग्रेस, माओवादी लगायतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका थिए । देउवाको पक्षमा १४९ सांसदले हस्तक्षर गरेको दावी गरिएको छ ।

शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने बारेमा सहमति भएको थियो । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ –एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन् ।

माधवकुमार नेपाल पक्षका केही सांसदहरुले देउवालाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेर हस्ताक्षर नगरेको बताएका छन् । नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् । राष्ट्रपतिले दिएको समयमा दुवैले दावी गरेको भएपनि नेपालको राजनीतिमा यस्तो दुर्लभ घटना आज भएको छ ।

दाङमा निको हुने कोरोना संक्रमितको संख्या बढ्यो

 

राप्ती पोष्ट
दाङ, ६ जेठ । मुलुकभर कोरोना संक्रमितहरुको संख्या कमि नआइरहेको समयमा दाङ जिल्लामा भने संक्रमितको तुलनामा निको हुनेहरुको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४५ जना नयाँ संक्रमित थपिदा निको हुनेको संख्या झण्डै दोव्वर रहेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा चार सय ५८ जना संक्रमितले कोरोनालाई जितेका छन् ।
पछिल्लो एक महिनामा दाङ जिल्लामा तीन हजार पाँच सय भन्दा धेरै जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङका अनुसार बैशाखयता तीन हजार चार सय ६७ जना संक्रमण मुक्त भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दाङ जिल्लामा नयाँ दुई सय ४५ जना संक्रमित थपिएका छन् । तर जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले भने दाङका एक सय ९० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै बैशाख १ गते यता अहिलेसम्म जिल्लाभर पाँच हजार आठ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । अहिले संक्रिय संक्रमितको संख्या दुई हजार चार सय आठ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले अधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ सय ६० जना संस्थागत आईशोलेशनमा बसेका छन् भने दुई हजार दुई सय ४८ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन ।

जिल्लामा पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा घोराही र तुलसीपुरका ३÷३, लमही र शान्तिनगरका १÷१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाको पछिल्लो कहरसंगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ ।

थपिए आठ हजार तीन सय
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । गत २४ घण्टामा मात्र ८ हजार ३ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा आठ हजार तीन सय पाँच जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट आठ हजार दुई सय २७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन् । देशभर थप १९० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा पाँच हजार आठ सय ४७ जना संक्रमितको मृत्यु भएको छ भने देशभर छ हजार पाँच सय ४३ जना संक्रमित निको भएका छन् ।

राष्ट्रिय सभामा निर्दलिय उमेदवार देवकोटाको जित

मतदान नगर्नेहरुप्रति गम्भिर हुने एमालेको निर्णय
राप्ती पोष्ट
दाङ, ६ जेठ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा भएको निर्वाचनमा निर्दलिय उमेदवार खिमलाल देवकोटा विजयी बन्नुभएको छ । जसमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा प्रतिष्पर्धामा हुनुहुुन्थ्यो ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक÷एक जना उमेदवार थिए भने काँग्रेस, माओवादी, मधेशवादी र नेकपा एमालेका असन्तुष्ट माधव झलनाथ समुहको समर्थन देवकोटालाई थियो ।
देवकोटाले पाएको मतभार ५०८८ रहेको छ भने पराजित थापाले ४०४१ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनमा देवकोटाको निर्वाचन चिन्ह कलम थियो भने थापाको सुर्य चिन्ह थियो ।

निर्वाचन परिणाम आउनु अघि नै बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उमेदवारलाई मतदान नगर्ने कुरालाई गम्भिरताका साथ लिने निर्णय गरेको थियो । नेकपा एमालेको स्थायी कमिटी बैठकले बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशन विपरीत मतदान गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिएको बताएको छ ।

बैठकका बारेमा जानकारी दिंदै प्रवक्ता प्रदीप ज्ञवालीले राष्ट्रिय सभा निर्वाचनमा आधिकारीक उमेदवारलाई मतदान नगर्ने कुरा गम्भिर भएको बताउनुभयो । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोडिभविरुद्ध भएका प्रयास, पछिल्लो संक्रमणका विरुद्धमा सरकारले गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो । यस्तै उहाँले आगामी दिनमा कसरी जुध्ने भन्नेबारे पनि प्रधानमन्त्री ओलीले तयारी सुनाउनुभएको थियो ।

के होला राष्ट्रिय सभा निर्वाचन परिणाम

राप्ती पोष्ट
दाङ, ६ जेठ । माओवादी केन्द्रबाट राष्ट्रिय सभामा पुग्नुभएका नेता रामबहादुर थापा (बादल) कारवाहीमा परेपछि रिक्त राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन सुरु भएको छ । पार्टीले कारवाही गरेपछि रिक्त पदमा थापा पुनः उमेदवार बन्नुभएको छ । उहाँ नेकपा एमालेको सूर्य चिन्ह प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी एकजना निर्दलिय उमेदवार र अर्का एकजना मजदुर किसान पार्टीबाट उमेदवार बन्नुभएको छ ।

उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनमा निर्दलिय उमेदवारका रुपमा खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् । मुख्य प्रतिस्पधा भने बादल र देवकोटाका बीचमा हुनेछ । नेकपा एमालेमा देखिएको तिक्तता र झण्डै विभाजनको अवस्थाका कारणले यो निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

माओवादीबाट एमालेमा प्रवेश गरेका बादलको सूर्य निर्वाचन चिह्न रहेको छ भने नेकपा एमालेका संगठित सदस्य समेत रहेका देवकोटालाई कलम चुनाव चिह्न प्रदान गरिएको छ ।
परिणाम आजै आउने
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै निकाल्ने गरी काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ’,
उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वागमती प्रदेशसभा सदस्य एक सय १० जना छन् । प्रदेशका १३ जिल्लाका एक सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३८ जना छन् । यसरी जम्मा मतदाता तीन सय ४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भइसकेको छ । अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।

यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।

यता राष्ट्रियसभामा रिक्त अर्को एक पदका लागि लुम्बिनी प्रदेशमा यही जेठ १७ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी–५ का चन्द्रबहादुर खड्का र दृघनारायण पाण्डे प्रतिस्पर्धामा छन् ।

ram bahadur thapa

सतिसालमात्र ठिङ्ग उभिन सक्छ । -नेत्रलाल अभागी

नेत्रलाल अभागी

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडिमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।

(आज जेष्ठ ६, कम्युनिष्ट आन्दोलनका प्रेरक व्यक्तित्व कमरेड नेत्रलाल अभागीकाे स्मृति दिबश । राजनिति, साहित्य र शिक्षाको क्षेत्रमा दङालिले कहिल्यै नभुल्ने नाम हाे नेत्रलाल । उहाँ प्रति श्रद्धासुमन।)