spot_img
spot_img

दाङमा निको हुने कोरोना संक्रमितको संख्या बढ्यो

 

राप्ती पोष्ट
दाङ, ६ जेठ । मुलुकभर कोरोना संक्रमितहरुको संख्या कमि नआइरहेको समयमा दाङ जिल्लामा भने संक्रमितको तुलनामा निको हुनेहरुको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४५ जना नयाँ संक्रमित थपिदा निको हुनेको संख्या झण्डै दोव्वर रहेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा चार सय ५८ जना संक्रमितले कोरोनालाई जितेका छन् ।
पछिल्लो एक महिनामा दाङ जिल्लामा तीन हजार पाँच सय भन्दा धेरै जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङका अनुसार बैशाखयता तीन हजार चार सय ६७ जना संक्रमण मुक्त भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दाङ जिल्लामा नयाँ दुई सय ४५ जना संक्रमित थपिएका छन् । तर जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले भने दाङका एक सय ९० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै बैशाख १ गते यता अहिलेसम्म जिल्लाभर पाँच हजार आठ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । अहिले संक्रिय संक्रमितको संख्या दुई हजार चार सय आठ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले अधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ सय ६० जना संस्थागत आईशोलेशनमा बसेका छन् भने दुई हजार दुई सय ४८ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन ।

जिल्लामा पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा घोराही र तुलसीपुरका ३÷३, लमही र शान्तिनगरका १÷१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाको पछिल्लो कहरसंगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ ।

थपिए आठ हजार तीन सय
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । गत २४ घण्टामा मात्र ८ हजार ३ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा आठ हजार तीन सय पाँच जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट आठ हजार दुई सय २७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन् । देशभर थप १९० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा पाँच हजार आठ सय ४७ जना संक्रमितको मृत्यु भएको छ भने देशभर छ हजार पाँच सय ४३ जना संक्रमित निको भएका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img