spot_img
spot_img

राजनीतिको कोेर्ष

 

सम्पादकीय

यतिवेला विश्व कोरोनाको महामारीबाट जुधिरहेको छ । यस्तो अवस्थामा कुनै पनि सरकारको पहिलो कर्तव्य आफ्ना देशका जनतालाई जोगाउनु हो । राजनीतिक दलको पहिलो कर्तव्य पनि यहि हो । संसारभर राजनीतिक दलले सरकार संचालन गर्दछन् । कुनै राजनीतिक दलले सधैभरी सत्ता चलाउन पाउँदैन । पाएपनि व्यक्ति एउटै हुँदैन । व्यक्ति एउटै भएपनि राष्टिय अन्तर्राष्टिय परिस्थिति फरक हुन्छ । सधै सोचेको जस्तो हुँदैन । नेपालको राजनीतिमा भने लामो समयदेखि एउटै विडम्वनाको स्थिती देखिन्छ । जहिले पनि सत्तादेखी सत्तासम्म । जसरी हुन्छ सत्तामा जाने । सुखभोग गर्ने । सत्तामा जाने भनेको जनताको काम गर्नका लागि हो । जनताको मुहारमा हाँसो ल्याउनका लागि हो । नेपालको राजनीति यो भन्दा अपवाद भएको छ । जहिले पनि सत्ताका लागि छिनाझप्टी गर्ने चलन रोकिएको छैन । जनता यतिवेला दुःखमा छन् । कष्टमा छन् । कोरोनाको कहरबाट कसरी बच्ने भन्ने सोच्न सकिरहेका छैनन् । तर राजनीतिक दलहरुले भने यसलाई कुनै विषय बनाँएका छैनन् । एउटै काम भनेको सत्तामा जानकालागि अनेकन जालझेल गर्ने, षडयन्त्र गर्ने काम भएको छ ।

आधुनिक नेपालको सुरुवात भएको समय २००७ पछिलाई मानिन्छ । त्यतिवेला राजा र जनता मिलेर राणाहरुलाई सत्ताबाट च्यूत गरेका थिए । राजाहरु पनि कसैलाई शक्तिका आडमा सत्ताच्यूत गरेर आएका थिए । प्रजातन्त्र आएपछि राणाहरुलाई खुवै गाली गरियो । राणाहरुले काम गरेनन् भनेर भनियो । १० बर्षसम्म प्रजातन्त्र के चलिरहेको थियो राजालाई त्यो पाच्य भएन । जनताबाट निर्वाचित संरचनालाई हस्तक्षेप गरे । जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई समेत जेल हाले । एक हिसावले नेपाललाई अध्यारो तर्फ लगे । पञ्चायती व्यवस्थाको ३० बर्षमा पनि नेपाली जनताको जीवनस्तरमा परिवर्तन भएन । त्यहि भएर बहुदलिय व्यवस्था स्थापना गरियो । बहुदलले पनि पुगेन राजा फालियो । गणतन्त्र ल्याइयो । व्यवस्थालाई गाली गर्दै गइयो तर पहिलेको भन्दा नयाँ व्यवस्थामा बेथिती बढीरह्यो । जनताले चाहेको सुशासनको कुरा हुन सकेन । भ्रष्टाचार अन्त्य हुन सकेन । स्वास्थ्य, शिक्षामा केही प्रगति भयो तर त्यो पनि प्रयाप्त हुन सकेन् । हामी कुन अवस्थामा छौं भन्ने कुरा यतिवेला हामीले भोगिरहेको विपत्ती सामनाको अवस्थाले देखाउँछ । आज किन यस्तो अवस्था आयो भन्ने कुरा त स्पष्ट छ हिजो ठिक तरिकाले काम गरिएन । हिजो काम नगरेका कारणले आज दुःख पाइएको हो । अहिले पनि काम नगर्ने हो भने पनि यो भन्दा ठूलो दुःख पाउने निश्चित छ । आजको दिन बर्तमानलाई गाली गरेर हुँदैन । विगतलाई धारे हात लगाएर पनि हुँदैन । बर्तमानलाई कसरी सहज बनाउने भन्ने बारेमा सवैले सोच्नुपर्छ । सत्तामा जान नपाएका कारणले हो भनेर भन्ने भने नेपालमा पछिल्लो ३० बर्षमा कतिजना मन्त्री भए । कुन मन्त्रिले के गरे । कस्तो काम गरे । जनतालाई सवै थाहा छ । अव विगतलाई धारे हात होइन बर्तमानलाई समृद्ध बनाउने बारेमा सोच्ने बेला हो ।

यतिवेला नेपालको राजनीति नयाँ कोर्षमा अघि बढेको छ । राजनीतिमा लामो समयदेखि देखिएको गञ्जागोल अव रोकिने अवस्थामा पुगेको छ । नेपालको राजनीतिमा जुन गञ्जागोल देखिएको थियो त्यसलाई अन्त्य गर्ने अचुक माध्यम भनेको निर्वाचन हो । नेपाली जनताले जसलाई निर्वाचित गर्दछन् उसैले आगामी दिनमा नेतृत्व गर्दछ । नेपाली जनताको मत लिएर सरकार संचालन गर्ने, सरकारमा गएर आमुल परिवर्तनका काम गर्न कसैलाई पनि रोकेको छैन । मुलुक मध्यावधि निर्वाचनमा जाँदा कुनै आकाश खस्दैन । धर्ति भासिदैन । विश्वमा प्रजातान्त्रिक मुलुकमा निर्वाचन हुने कुरा नियमित कुरा हो । नेपालमा मात्रै यो अचम्मको बिषयका रुपमा प्रस्तुत गरिन्छ । निर्वाचनका लागि गत पुसमा प्रधानमन्त्रीले पहल गर्नुभएको थियो । त्यतिवेला सर्वोच्चले संसदबाट नयाँ सरकार गठनको विकल्प रहेसम्म निर्वाचनमा जान हुँदैन भन्ने निर्णय गर्यो । निर्वाचनमा जानका लागि दलहरु तयार थिएनन् । संसद पुनःस्थापना हँुँदा पनि संसदमा हालत देखियो । जसले संसद चाहियो भनेर आन्दोलन गरे तिनै संसद छोडेर हिडे । संसद नै अनिर्णयको बन्दी बन्यो । संसदलाई अनिर्णयको बन्दी बनाउनु भन्दा निर्वाचन नै उपयुक्त विकल्पका रुपमा आएको छ । राजनीति जुन कोर्षमा अघि बढेको छ यसलाई सहज तरिकाले लिएर ताजा जनादेश लिने कुरालाई राजनीतिक दलहरुले आफ्नो अभिष्ठ बनाउनुपर्छ । जनतामा विश्वास नभएकाहरुले मात्रै अव निर्वाचनको विरोध गर्न सक्छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img