spot_img
spot_img

सतिसालमात्र ठिङ्ग उभिन सक्छ । -नेत्रलाल अभागी

नेत्रलाल अभागी

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडिमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।

(आज जेष्ठ ६, कम्युनिष्ट आन्दोलनका प्रेरक व्यक्तित्व कमरेड नेत्रलाल अभागीकाे स्मृति दिबश । राजनिति, साहित्य र शिक्षाको क्षेत्रमा दङालिले कहिल्यै नभुल्ने नाम हाे नेत्रलाल । उहाँ प्रति श्रद्धासुमन।)

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img