spot_img
spot_img

धर्मेन्द्र झाको यात्रा संस्मरणको दाङमा चर्चा

राप्ती पोष्ट

दाङ, २८ चैत । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) को यात्रा संस्मरण ‘जगन्मुक्ति’को शनिबार घोराहीमा चर्चा गरियो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं बरिष्ठ पत्रकार तथा साहित्यकार विनोद पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्नेहरुले कृतिले दिएको सन्देशको चर्चा गरेका थिए ।

कार्यक्रममा लेखक धर्मेन्द्र झाले यात्राका क्रममा भोगेका विषयलाई पुस्तकका रुपमा उतारेको बताउनुभयो । उहाँले साहित्यकारले लेख्ने विषय र पत्रकारले लेख्ने विषयमा केही फरक हुने भएपनि यात्रा संस्मरणमा विविध विषयहरु उठान गरिएको बताउनुभयो । उहाँले हिमाल पार देखि समुन्द्रको तटसम्मको यात्रा विवरणलाई कृतिमा समेटिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विनोद पोख्रेलले साहित्यमा यात्रा विधा निकै महत्वपूर्ण विधा भएको बताउनुभयो । उहाँले हरेक पत्रकार आफैमा साहित्यकार पनि हुने भन्दै पत्रकारिताका क्रममा लेखिएका विषयलाई समेटेर कृति तयार गर्न पनि सकिने बताउनुभयो ।

उहाँले यात्रा संस्मरणमा भुगोलको विवरण मात्रै होइन मानिसको भावनाका विषयलाई पनि उल्लेख गरिएको हुन्छ भन्ने धारणा राख्नुभयो । उहाँले मानिसले गर्ने व्यवहारले यात्रा प्रभावित हुने भन्दै धर्मेन्द्र झाका अन्य कृतिहरुले पनि सामाजिक रुपमा राम्रो सन्देश दिइरहेको बताउनुभयो ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोखरेलले आफूले कृति पढदा जे सोचेर पढेको हो त्यो भन्दा निकै फरक पाएको अनुभव सुनाउनुभयो । उहाँले धर्मेन्द्र झा पत्रकारितामा एउटा राम्रो गरेको पत्रकार रहेको भन्दै साहित्यको क्षेत्रमा पनि राम्रो गरेको बताउनुभयो । उहाँले मैथली साहित्यमा योगदान प्रशंसनिय रहेको चर्चा गर्नुभयो ।

उक्त अवसरमा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरु केवी मसाल र के एल पीडित, सिस्नुपानी दाङका अध्यक्ष लोकराज पराजुली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन टिका बस्नेतले गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार