spot_img
spot_img

सचेतक चौधरीद्वारा सुविधाको गाडी फिर्ता

शान्ता चौधरी

राप्ती पोष्ट
दाङ, ९ जेठ । नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले सुविधाको गाडी फिर्ता गर्नुभएको छ । सांसदको जिम्मेवारीबाट मुक्त भएपछि त्यसवापत प्राप्त सुविधा फिर्ता गरेको उहाँले बताउनुभएको छ ।

दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेख्नुभएको छ । उहाँले पहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र पछि एमालेको संसदीय दलको सचेतकको रूपमा तीन वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको पनि बताउनुभएको छ ।

चौधरीले लेख्नुभएको छ । ‘जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ,’ जिम्मेवारीले धेरै कुरा सिकाउँदो रहेछ, सिक्दै दायित्व निर्वाह गरेँ । धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।’ पार्टीले जिम्मेवारी दिएकै कारण मैले अनुभव प्राप्त गरें, अनुभवकै कारण जिम्मेवारी बहन गर्न सकें । काम गर्दा कमजोरी पनि भए होलान् । सवै अनुभवको संगालो म संग छ । म फेरि पनि आभारी छु । पार्टी नेतृत्व, सवै नेता गण र माननीय ज्युहरुप्रति ।’

चौधरी २०६४ सालको संविधान सभामा पनि सदस्यका रुपमा हुुनुहुन्थ्यो । यसैगरी २०७४ सालको निर्वाचनपछि पनि समानुमातिक सदस्यका रुपमा संसदमा प्रतिनिधित्व गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार