spot_img
Home Blog Page 58

२०७९।०१।२२

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

तुलसीपुरमा एमालेको घरदैलो अभियान व्यापक

राप्ती पोष्ट

तुलसीपुर, बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तुलसीपुरमा नेकपा एमालेले अभियान व्यापक बनाएको छ । हरेक दिन तुलसीपुरमा दर्जनौ सभाहरु भइरहेका छन् । जसमा नेकपा एमालेका केन्द्रिय नेताहरु, उमेदवारहरुले सम्वोधन गरिरहनुएको छ ।

सोही क्रममा बुधबार मात्रै तुलसीपुर ९ मा नेकपा एमालेले आयोजना गरेको सभामा कांग्रेस र माओवादी केन्द्र परित्याग गरि दुई दर्र्जन भन्दा धेरै नेकपा एमालेमा प्रबेश गरेकाहुन् । सल्लीवनमा आयोजित सभामा पार्वति कुमारी वली, गोरख दमाई, खुमबहादुर केसी, सरला बुढा लगायतको टोलीलाई केन्द्रीय सदस्य कोमल वली र एमाले जिल्ला उप सचिव कृष्ण भुषालले स्वागत गर्नुभएको थियो ।

२०७४ चुनावमा काँग्रेसलाई जिताएका उनिहरुले आश्वासनमात्रै पाएको बताएका थिए । निर्वाचन परिचालन कमिटीका संयोजक संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पदका उम्मेदवार टिकाराम खड्काले सल्लीबनको विकासको लागि नेकपा एमालेलाई जिताउन आग्रह गर्नुभएको थियो । मेयरमा आफु निर्वाचित भएपछि सडक र कृषिमा उल्लेख्य सुधार ल्याउने र जनतामा आर्थिक क्रान्ती हुने बताउनुभयो ।

यसैगरी उपमेयरका उम्मेदवार श्यानी चौधरीले जनताको जिवनयापन परिवर्तनका लागि नेकपाले जित्नुको विकल्प नरहेको बताउनुभयो । त्यसैगरी वडाध्यक्ष पदका उम्मेदवार बामदेव न्यौपानेले एउटा नमूना वडाका रुपमा विकास गर्नकालागि आफ्नो उम्मेदवारी रहेको बताएका थिए । चुनावि सभाको सञ्चालन नेकपा एमाले नगर सचिव रुप बहादुर खत्रिले गरेका थिए । यसैगरी स्थानीय तह निर्वाचनमा नेकपा एमालेले १९ वटै वडामा घरदैलो कार्यक्रम जारी राखेको छ । बैशाख १२ गते मनोेनयन दर्ता गरे सगैं एमालेले प्रचारको अभियानलार्ई अघि बढाएको हो । कतै घरदैलो र टोल टोलमा सभाको समेत आयोजना गरेका छन । यसैक्रममा नेकपा एमाले तुलसीपुर ११ नम्बर वडा समितिले बेलगनारी क्षेत्रमा घरदैलो गरेको छ । एमालेको राम्रै संगठन विस्तार भएको बेलगानरीमाअध्यक्षकाउम्मेदवार मानबहादुर रावत नेतृत्वका उम्मेदवारलाई जनताले स्वागत गरेकाथिए ।

यसै क्रममा नेकपा एमाले तुलसीपुर १४ मा भएको कार्यक्रममा माओवादी पार्टी परित्याग गरि वडा कमिटी उपाध्यक्ष डम्मर कुवर र सचिब अशोक चौधरी लगायत ३२ जना नेकपा एमालेमा समाहित भएका छन । यस्तै, तुलसीपुर ५ मा अध्यक्षका उमेदवार पदमपोख्रेल नेतृत्वका उम्मेदवारहरु बजार ब्यवस्थित बनाउने योजना सहित घरदैलोमा पुग्नुभएको छ । यस्तै वडा नम्बर ६ काअध्यक्षका उम्मेदवार दुजमान भण्डारी बर्षात नेतृत्वका उम्मेदवारहरु पनि प्रचार प्रसारमा ब्यस्त रहेका छन ।
यसैबीच एमालेबाट प्रमुखका उम्मेदवार टिकाराम खड्काले समृद्ध नगर बनाउनकालागि मत दिन अपिल गरेका छन । तुलसीपुर ४ को आयोजनामा रक्षाचौरमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकाहुन । त्यसैगरी उपमेयरका उम्मेदवार स्यानी चौधरीले संघर्षमय जिवनयापन गरेकोले जनताको समस्यामा आफु हरदम रहने भएकोले मतदिन अपिल गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्षका उम्मेदवार बालकृष्ण रानाले वडामा अझै थुप्रै योजना पुरा गर्न आग्रह गर्नुभएको थियो । चुनावि सभामा कार्यकर्तालाई थप हौसला प्रदान गर्न एमाले केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे, कोमलवली लगायतका नेताहरुले सम्वोधन गर्नुभएको थियो ।

मतदाता हामीलाई जिताउन आतुर हुनुहुन्छ ।

 

हुमा डिसी

उपप्रमुखका उमेदवार घोराही उपमहानरपालिका

 

मुलुकमा संविधान सभाले संविधान बनाएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । अघिल्लो पटकबाट संविधानमै प्रमुख पदमा एकजना महिला उमेदवार अनिवार्य गरेको छ । यद्दपि यतिवेला गठवन्धनका नाममा महिलाहरुको उमेदवारीलाई कम बनाएको छ । गठवन्धन भएका अधिकांश स्थानमा महिलालाई उमेदवार नबनाएको अवस्थामा नेकपा एमालेले घोराहीमा सामाजिक अभियानबाट खारिएकी हुमा डिसीलाई उपप्रमुखको उमेदवार बनाएको छ । संघर्षशिल परिचय बनाउनुभएकी डिसीसंग निर्वाचनको सन्दर्भमा गरिएको कुराकानी (सम्पादक)

निर्वाचन नजिक आएको छ व्यस्तता बढेको होला ?

हजुर व्यस्तता निकै बढेको छ । यतिवेला म दुईवटा कामले व्यस्त छु । एउटा विभिन्न स्थानमा घरदैलो भइरहेको छ । घरदैलोमा सहभागि भएर आमा बुवा, दाजु भाईका दिदीबहिनीका कुरा सुन्ने र आशिर्वाद लिने काम गरिरहेको छु । अर्को विभिन्न स्थानमा चुनावी सभा भइरहेका छन् । चुनावी सभामा सहभागि भएर आफ्ना कुराहरु राखिरहेका छौं । आगामी दिनमा गर्ने कामका बारेमा जानकारी दिइरहेका छौं ।

चुनावी अभियान कसरी अगाडि बढीरहेको छ त ?

यतिवेला देशव्यापी रुपमा नेकपा एमालेको पक्षमा माहौल देखिएको छ । २०७४ सालको निर्वाचनमा पनि नेकपा एमाले स्थानीय तहमा पहिलो शक्तिका रुपमा थियो । यतिवेला पनि हामी जनताको बीचमा विकास र समृद्धिका कुराहरु सहित गइरहेका छौं । नेकपा एमाले पहिले पनि जनताको बीचमा थियो । अहिले पनि जनताको बीचमा छ । अहिले निर्वाचनको सन्दर्भमा जनताको बीचमा जाने कुरा सुन्ने, कुरा भन्ने काम भइरहेको छ । नेकपा एमालेले मलाई विश्वास गरेर घोराही उपमहानगरपालिकाको उप प्रमुखको उमेदवार बनाएको छ । यसैले गर्दा निर्वाचन केन्द्रित भएर हिडिरहेको छु । कार्यक्रम मिलाउने काम पार्टीले गरिरहेको छ ।

मतदाताको उत्साह कस्तो पाउनुभएको छ ?

निकै उत्साहित पाएको छु । मतदाताले अहिले नै हामीलाई विजयी बनाइसक्नुभएको छ । जहाँ गएका छौं जनताको अपार माया पाएका छौं । जहाँ पुगेका छौ त्यहाँ सम्मान पाएका छौं । विगतमा गरेका कामका कारणले गर्दा पनि अव काम गर्ने भन्ने एमाले मात्रै हो भन्ने स्पष्ट भइसकेको छ । मतदाताहरु बैशाख ३० गतेका दिन कहिले आउला र एमालेलाई पुनः विकास र समृद्धिको जिम्मेवारी दिन पाइएला भनेर आतुर हुनुहुुन्छ ।

तपाई त विगतमा सामाजिक क्षेत्रमा लागेको व्यक्ति, अहिले निर्वाचनमा जाँदा कस्तो लागिरहेको छ ?

म राजनीतिक दलमा लागेको पनि धेरै भयो । म अहिलेको जस्तो उमेदवार भएर हिड्न परेको थिएन । यद्दपि विभिन्न संघ संस्थामा मैले नेतृत्व गरेको थिए । घोराहीमा रहेको पद्मोदय पव्लिक माविको व्यवस्थापन समितिमा रहेर काम गरेको अनुभव छ । कहाँ कसरी काम गर्नुपर्छ भन्ने राम्रो अनुभव म संग रहेको छ । हिजो विधवाको अधिकारका लागि लड्दा निकै गाह्रो भएको थियो । त्यतिवेला मिडियाले राम्रो सपोर्ट गरेको थियो । पहिले अधिकारका लागि संघर्ष गरियो अहिले निर्वाचित भएपछि अधिकार दिलाउने ठाउँमा पुग्छु जस्तो लागेको छ । निर्वाचनमा जाँँदा कस्तो लागिरहेको छ भन्ने जुन प्रश्न छ मलाई निकै रमाइलो लागिरहेको छ । म निकै उत्साहित भएको छु । पार्टीले मलाई जुन विश्वास गरेर जिम्मेवारी दिएको छ यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने मेरो योजना छ ।

सामाजिक क्षेत्रमा लागेको मान्छे राजनीतिमाआउनु भएको छ ? जनतालाई कसरी आश्वस्त पारिरहनुभएको छ नि ?

हिजो सामाजिक क्षेत्रमाथुप्रै काम गरेको छु । वडा नागरिक समितिदेखि काम सुरु गरेको हिंसा पीडित महिलाको लागि सुरक्षित आवासगृह सञ्चालन गरेको अनुभव छ । विकास निमार्णका अनेकौं काममा मैले नेतृत्व गरें । एउटी महिला भएर मैले जुन संघर्षकासाथ काम गरे त्यो धेरैका लागि उदाहरणिय छ भन्ने लाग्छ । मैले सानो देखि ठूला कामहरु गरेको छु । गाउँमा खानेपानीकालागि कुवा खन्ने, ह्युमपाइप, विद्युत नभएका ठाँउमा विद्युत पु¥याउने काम गरेँ । हिंसामा परेका महिलाहरुका लागि काम गरे । बिधवामहिलालाई रंग भेदको कुरालाई मेरो नेतृत्वमाआवाज उठाएका कारण आज सहज रुपमा रातो लगाउने कामभएको छ ।

स्थानीयतहमा गएर सबै नागरिकको सेवागर्नु पर्छ भन्ने मान्यताले गर्दा म अगाडि आएको छु । घोराही उपमहानगरपालिकामा आएर कुनै पनिनागरिकलाई निराश बनाउने छैन । म जहाँ काम गरें त्यहाँ इमान्दारिताका साथ गरें । म घोराहीको उपप्रमुख भएर काम गर्दा इमान्दारिताका साथ काम गर्नेछु । अहिले जुन अवसर मेरा लागि आउँदैछ यसले मैले केही गरेर देखाउन पर्छ भन्ने लागेको छ ।

तपाईहरुले घोषणा पत्रमा के कुरा लिएर आउनु भएको छ ?

महिलालाई राज्यले दिएको कुराबाट बन्चित गराउनु हुँदैन । समान सहभागिता हुनुपर्छ । महिलाहरुलाई हरेक क्षेत्रमा सक्षम र सबल बनाउने छौँ । समृद्ध घोराही र सुखी जनता बनाउने कुरालाई प्राथमिकतामा राखेका छौँ । खानेपानी, सडक र शिक्षा, स्वास्थ्य र सिँचाइलाई सबै नागरिको पहुँचमा पु¥याउने छौँ । आर्थिक समृद्धि, पूर्वाधार, विकास निमार्णकाकाम पूरा गर्ने छौँ । समग्रमा सबै नागरिकको हितहुने कामगर्ने छौँ । यिनै संकल्पका साथहामी अघि बढेका छौँ ।

घोराही उपमहानगरपालिकाका बासिन्दाको मुहार फेर्न कस्तो योजना बनाएर अगाडि बढ्नु भएको छ ?

घोराही उपमहानगरपालिका देशकै ठूलो उपमहानगरपालिका हो । यो सम्भावना भएको पालिका पनि हो । विगतमा जे गरियो त्यसलाई निरन्तरता दिंदै घोराही उपमहानगरपालिकामा सुशासन कायम गर्ने, विकास र समृद्धिको अभियानलाई अघि बढाउने छौं । घोराहीमा रहेका अभावका कुरा पुरा गर्ने योजना छ । स्वास्थ्यको सेवा बृद्धि गर्ने कुरा, सवैको घरमा खानेपानी पु¥याउने कुरा र विद्युत सवैको घरमा पुराउने कुरालाई नै जोड दिइरहेका छौं । समग्रमा नागरिकको आर्थिक स्तर बृद्धि गर्ने कुरा हाम्रो प्राथमिकताको विषय हो । म आफू महिला भएका कारणले गर्दा महिलाका मुद्धालाई प्राथमिकतामा राखेर कामगर्ने छौ । मैले ग्रामीण क्षेत्रका महिलाको आवश्यकतालाई राम्रोसँग बुझेको छु त्यसैले महिलाको मुद्दालाई प्राथमिकतामा राखेर कामगर्ने छु ।

उम्मेदवारसँग कुसुन्डा समुदायको मागः एकीकृत बस्ती

छबि पुरी/राप्ती पोष्ट

घोराही २० बैशाख । थायी घर र बसोबास नभए पनि कुसुन्डा जातिहरू आफ्नो मौलिकताका धनी मानिन्छन् । उनीहरुको आफ्नै मौलिकता, कला, संस्कृति र संस्कार छ । आफूलाई ‘वनराजा’ भन्दै हिँड्ने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आए । वनका उत्पादन नै उनीहरूको खाद्यान्न र बासस्थान थियो । ईतिहासको कुनै कालखण्डमा फिरन्ते जीवन बाँचेका कुसुन्डा जातिको जीवन पहिले जंगलमै बिताए पनि अहिले उनीहरुको जीवन फेरिएको छ ।

अहिले कुसुन्डा समुदायको परिस्थिती र परिवेश धेरै फेरिएको छ । उनीहरुको लवाईखवाई, उठबस, रहनसहन धेरै परिवर्तित भईसके । अहिले कुसुन्डा जाति वनमा फिरन्ते जीवन बिताउँदैनन् । गाउँ समाजमा बस्न थालिसकेका छन् । गाउँको बसाइँसँगै उनीहरूको भाषा, संस्कृति, संस्कार भने हराउँदै गइरहेको छ । पहिचान नै जोखिममा पर्ने अवस्था आउन थालेपछि अहिले आफ्ना मौलिकता, भाषा, कला, संस्कृति संरक्षण गर्न कुसुन्डा समुदायले एकीकृत बस्ती विकास गरिदिएर सबैलाई एकै थलोमा बसालेर समुदायको उत्थानमा ध्यान दिन अपिल गरिरहेका छन् ।

राप्ती पोष्टले स्थानीय निर्वाचन लक्षित कार्यक्रम अनुसार स्थानीय स्तरमा रहेका विभिन्न क्षेत्रमा  पुगेर उनीहरुको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने र प्राप्त गरेको सेवा र  उपलब्धीका बारेमा बुझ्ने काम गरेको छ । देशमै लोपान्मुख अवस्थामा रहेका वनराजाले परिचित कुसुन्डा जातिको उत्थानका लागि सरकारले थालेको काम र स्थानीय सरकारले पछिल्लो समय उनीहरुको अपेक्षा अनुसार काम नभएको गुनासो गर्छन् ।

घोराही उपमहानगरपालिका–१८ अम्बापुरका प्रेमबहादुर शाहीले कुसुन्डाहरूको आफ्नै संस्कृति बचाउन समस्या भएको हुँदा सरकारले ध्यान दिनुपर्ने बेला आएको बताउनुहन्छ । लोपोन्मुख जातिका रूपमा मासिक सामाजिक सुरक्षा भत्ता पाएपनि यो पर्याप्त नरहेको उहाँको भनाई छ । ‘यसबाट दैनिक जीवन सञ्चालन गर्न पनि केही सहज भएको छ तर यतिले मात्रै पुग्दैन । भाषा, कला र संस्कारलाई संरक्षण गर्दै जीवनयापन सहज हुने उपाय खोज्नुपर्छ’ उहाँले भन्नुभयो ।

कुसुन्डा जातिको भाषा बोल्न सक्ने एक मात्र व्यक्ति कमला कुसुन्डा आफ्नो शेषपछि कसले भाषालाई बचाउने हो भन्नेमा चिन्तित हुनुहुन्छ । विश्वमै आफुमात्रै कुसुन्डा भाषा बोल्ने व्यक्ति रहेको बताउँदै यसको संरक्षण र उत्थानमा सरकारले चासो लिनुपर्ने आवाज उठाउनुहुन्छ ।  कुनै बेला फिरन्ते जीवन बाँचेका कुसुन्डा जाति निकै थोरै भएपनि देशमा विभिन्न भूभागमा रहेका छन् । ‘एकीकृत बस्ती भएमा भाषा संरक्षण हुन्छ । संस्कृति र परम्पराको अभ्यास हुन्छ,’ उहाँले भन्नुभयो ‘जातिको पहिचान पनि कायम रहन्छ ।’  घोराही १८ सुपैलाखुटीकी सर्मिला कुसुन्डा आफ्नो समुदायको उत्थानमा स्थानीय सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । छरिएर बसेका कुसुन्डाहरुलाई एकीकृत रुपमा राख्न सकिए भाषा, कला, संस्कृति बच्ने उहाँको भनाई छ । ‘मेरो आफ्नो समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि राज्यले अनिवार्य रूपमा एकीकृत बस्ती निर्माण गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।

सोही ठाउँकी अर्की कमला कुसुन्डाले घरमा आफुआफुबीच कहिले कसो कुसुन्डा भाषामा कुराकानी गरेपनि अरु ठाउँमा जाँदा नेपाली भाषामै बोल्नुपर्ने अवस्था रहेकाले कसुन्डा जातिलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्नुहुन्छ । यो पटकको स्थानीय निर्वाचनमा भोट माग्न आउने हरेक उम्मेदवारलाई आफुहरुको उत्थानका लागि गम्भीर बनिदिन आग्रह गर्ने उनीहरुले निधो गरेका छन् । ‘हामीलाई थोरै जनसंख्या भनेर अटेर गरेको पनि हुन सक्छ, तर, हामी त लोप हुने अवस्थामा पुगेका छौँ, हाम्रो अस्तित्व बचाउने गरी योजना हामी दिन्छौँ, त्यो योजना कार्यान्वयन गर्ने उम्मेदवारलाई हामी भोट दिने हो,’ कमलाले भन्नुभयो ।

कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार देशभर कुसुन्डा जातिको संख्या १ सय ५४ जना मात्रै छ । अत्यन्तै लोप हुने अवस्थामा पुगेको यो समुदायको उत्थानका लागि स्थानीय सरकारले अहिलेसम्म ठोस योजनासहित काम नगरेको उहाँको दुखेसो छ । भाषा संरक्षणका लागि केही प्रयास भएपनि अरु संस्थागत विकासमा योगदान नभएको उहाँको धारणा छ । अब भोट माग्न आउने उम्मेदवारसँग आफुहरुले बारम्बार उठाउँदै आएको साझा मागलाई सम्बोधन गराउन तर्फ केन्द्रित हुने उहाँको भनाई छ । ‘यो पटक त हामी निकै गम्भीर रुपमा हाम्रो सिंगो समुदायको उत्थानका लागि योजनावद्ध रुपमा माग राखेर सम्बोधन हुनुपर्छ भन्ने अडानमा छौँ, जसले काम गर्छ, उसैलाई हाम्रो भोट,’ उहाँले भन्नुभयो ।

कुसुन्डा जातिको बसोबास दाङको घोराही, तुलसीपुर, कपिलवस्तु, मकवानपुर, रोल्पा, रुकुम, प्यूठान र सुर्खेतमा छ । एकै ठाउँमा यो समुदायको बसोबास नरहेकाले पनि उनीहरुको बसाई व्यवस्थापनमा समस्या भएको स्थानीय पालिकाको भनाई छ । आगामी दिनमा उनीहरुको सिंगो समुदायको उत्थान कसरी गर्न सकिन्छ भनेर नीतिगत रुपमा काम गर्न सकिने अवस्थामा भने स्थानीय सरकार अघि बढेको छ । भाषा आयोगले कुसुन्डा जातिको भाषा संरक्षणका लागि निरन्तर भाषा कक्षा संचालन गर्दै आएको छ भने स्थानीय सरकारले पनि केही बजेट विनियोजन गरेर उनीहरुको नयाँ पुस्तालाई शिक्षा, दिक्षामा सहुलियत प्रदान गर्दै आएको छ ।

अहिले नयाँ पुस्ताले आफ्नो पुर्खाको भाषा, कला, संस्कृतिका बारेमा चासो लिँदै भाषा सिक्ने काम गर्दै आएका छन् । तर, पर्याप्त हुन सकेको छैन । त्यसैले सिमित जनसंख्या रहेको कुसुन्डा समुदायलाई एकीकृत बस्ती विकास गरी एकै थलोमा बसाल्न सकेको खण्डमा धेरै फाईदा हुने साझा आवाज उनीहरुको छ ।

उर्मिला कुसुन्डा कुसुन्डा समुदायमा पढेलेखेकी व्यक्ति हुनुहुन्छ । आफुहरुको शैक्षिक योग्यता अनुसार सरकारले रोजगारीको अवसर दिनुपर्ने उहाँको जोड छ । अहिले विभिन्न संघसंस्थाको पहलमा समुदायले आफ्ना कुरा बाहिर ल्याउन सक्ने भएको बताउनुभयो । यस्तै, सर्मिला कुसुन्डाले कुसुन्डा समुदायको नाममा एक धुर पनि लालपूर्जावाला जग्गा नभएको भन्दै राज्यले दिने सेवा सुविधामा पनि धेरै असर गरेको बताउनुहुन्छ ।

आदिमकालदेखि जंगलमै जीवन बिताएको कुसुन्डा समुदायको उत्थानका लागि यो वा त्यो बहानामा विभेद गर्न नहुने कुसुन्डा समाजका अध्यक्ष अध्यक्ष धनबहादुर कुसुन्डाको भनाई छ । घोराही उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि रहनुभएका उहाँ आफ्नो जातिको उत्थानका लागि हरदम लागि पर्नुभएको छ । ‘शिक्षा, स्वरोजगार केही छैन, सरकारले हामीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याएर हाम्रो अस्तित्व जोगाउनुपर्ने बेला आएको छ । जसका लागि एकीकृत बस्तीबाट मात्रै सम्भव छ, यो अनिवार्य माग हो’ उहाँले भन्नुभयो ।

आत्मर्निभर बन्ने खालका कार्यक्रममा जोड्न, वचत गर्ने बानीको विकास गर्न, भाषा, कला संस्कृति, रीतिरिवाजका असल अभ्यासलाई निरन्तरता दिन नयाँ पुस्तामा सीप हस्तान्तरण अपरिहार्य रहेकाले यसतर्फ पनि सिंगो समुदायले सोँच्नुपर्ने बेला आएको सरोकारवालाको भनाई छ । ज्ञानीमैयाँ कुसुन्डाको निधन पछि अहिले भाषा संरक्षणमा कमला कुसुन्डालाई जिम्मेवारी थपिएको छ । भाषा प्रंशिक्षणमा उहाँ निकै खटिनुभएको छ । केही भाषा अहिलेका युवा पुस्ताले बुझिसकेका छन् । यसका लाथि थप प्रोत्साहनको खाँचो रहेको उहाँ बताउनुहन्छ ।

दंगीशरणमा नाच्दै गाउँदै एमालेको घरदैलो

राप्ती पोष्ट

दंगीशरण, बैशाख । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन नजिकीँदै गर्दा दंगीशरणमा सवै राजनीतिक दलहरु चुनावी प्रचारमा जुटेका छन् । अन्य राजनीतिक दलको तुलनामा एमालेको चुनावी प्रचार प्रसार तिव्र रुपमा अघि बढेको पाइएको छ ।

सोही क्रममा मंगलबार नेकपा एमालेले दंगीशरणमा नाच्दै गाउँदै घरदैलो गरेको छ । नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल वली दंगीशरण पुगेपछि घरदैलोमा नाचगान गरिएको थियो । गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेद्वारा मेघनाथ (एम.एन) शाहको टिमलाई जिताउन भईरहेको घरदैलो कार्यक्रममा महिला, युवा देखि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

अध्यक्ष पदका उम्मेद्वार शाह, उपाध्यक्ष बुधनी चौधरी ‘विजया’, वडा न. ३ का वडा अध्यक्ष पदका उम्मेद्वार तक बहादुर चौधरी, वडा न. ६ का वडा अध्यक्ष पदका उम्मेद्वार लिलाधर वली, वडा न.७ का वडा अध्यक्ष पदका उम्मेद्वार रेशम वली र सदस्यहरुको घरदैलोमा सहभागिता थियो ।

सोमबार वडा न. ३ हेकुली, वडा न. ६ को श्रीगाउँ, थपगाउँ लगायत वडा न. ७ का विभिन्न टोल तथा गाउँमा चुनावी घरदैलो सम्पन्न भएको छ ।

गठवन्धनलाई मत माग्नै समस्या छ

 

टिकाराम खड्का
मेयरका प्रत्यासी, तुलसीपुर उपमहानगरपालिका नेकपा एमाले

निर्वाचनको अभियान कसरी चलिरहेको छ ?

यतिवेला विभिन्न स्थानमा सभाहरु भइरहेका छन् । वडा वडामा गएर मतदातालाई भेट गर्ने काम भइरहेको छ । घरदैलो अभियान पनि चलाएका छौं । सकेसम्म सवै मतदातासंग गएर भोटको अपिल गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ । निर्वाचन आउन अव धेरै दिन बाँकी छैन । सवैमा उत्साह देखिरहेको छु । पार्टीका नेता कार्यकर्तामा व्यापक उत्साह छ । यस्तै कार्यकर्तामा उत्साह छ । आम मतदाताहरुमा व्यापक उत्साह देखिरहेको छु ।

मतदाताहरुले के भनिरहनुभएको छ ।
यतिवेला देशव्यापी रुपमा नेकपा एमालेप्रति आकर्षण बढेको छ । नेकपा एमालेले मात्रै समृद्धिको नेतृत्वगर्न सक्छ भन्ने आम नागरिकको विश्वास रहेको छ । व्यक्तिगत रुपमा भन्ने हो भने मप्रति निकै सहानुभूति व्यक्त गरिरहनुभएको छ । आम मतदाताहरुसमक्ष जाँदा निकै खुशी व्यक्त गर्नुभएको छ । म तुलसीपुरका लागि परिचित हुँ । राजनीतिमा पहिलेदेखि नै दुःख गर्दैै आएको मान्छे हुँ । अहिलेसम्म कामको जिम्मेवारी नपाएको व्यक्तिका रुपमा मलाई सवैले चिन्नहुुन्छ । मतदाताले तपाईको जित निश्चित छ भनिरहनुभएको छ । मलाई हौसला दिनुभएको छ ।

उत्साह कस्तो छ ?
नेकपा एमालेका नेता कार्यकर्ता मात्रै होइन आम मतदाताहरु उत्साहित हुनुहुुन्छ । सवै उत्साहित हुनुभएको छ । दिनरात नभनेर काममा खटिनुभएको छ । नेकपा एमालेले निर्वाचन जित्दा फेरि पनि खुशीयाली छाउनेछ ।

तपाईको प्रतिष्पर्धी पुरानै हुुनुहुन्छ कस्तो छ अवस्था ?
मेरो नभनौं, नेकपा एमालेको भनौं । पहिले एक्ला एक्लै लडेका थियौं र अहिले उहाँ गठवन्धनबाट आउनुभएको छ । मलाई मात्रै होइन सवैलाई के लागिरहेको छ भने यो गठवन्धनको कुनै अर्थ छैन । यो गठवन्धन कुन विचारको जगमा छ र ? गठवन्धनका उमेदवारलाई कुन दलको विचारका आधारमा भोट माग्ने जाने भन्ने समस्या छ । । गठवन्धमा निरासा मात्रै छ । नेतादेखि कार्यकर्ता र जनतामा पनि निरासा छ । अघिल्लो पटक अर्थात २०७४ सालमा संघीय र प्रदेशको निर्वाचनको समयमा मत माग्न जाँदा सामान्य भन्दा सामान्य मानिस कति खुसी भएका थिए । अव नेपालमा कम्युनिष्टहरुको बहुमतको सरकार बन्ने भयो । हाम्रा दुःखका दिन जाने भ एभनेर खुसी भएका थिए तर अहिले ति सवैमा निरासा मात्रै छ । पहिले उहाँले किन हार्नुभयो ? उहाँले जनताको सेवा गर्न सक्नुहुन्न । अहिले त झन गठवन्धन छ । कुन पार्टीको विचार बोकेर अघि जाने हो त्यहि समस्या छ ।

एमालेमा उत्साह छ भन्नुभयो गठवन्धनसंग डर लागेको छैन ?
मैले भने नि यतिवेला नेकपा एमालेमा मात्रै उत्साह रहेको छ । एमालेको नारा समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा रहेको छ । यो नारा देशको नारा हो । हामी यहि नारालाई साकार पार्नका लागि लागिरहेका छौं । मेरो विचारमा अहिले गठवन्धन भनेर भोट आउनेवाला छैन । अहिले पार्टीगत रुपमा भोट एमालेलाई मात्रै आउँछ । गठवन्धन भन्दैमा हुँदैन । यतिवेला नेकपा एमाले र टिकाराम खड्काप्रति न्याय दिनुपर्छ भन्नुभएको छ । पार्टीको बन्धन तोडेर मतदाताहरु अघि आउनुहुन्छ भन्ने लाग्छ । यो गठवन्धनले मलाई कुनै असर गर्दैन । अहिले पनि वडामा समानान्तर उमेदवारहरु छन् । काँग्रेसमा विद्रोह भएको छ । माओवादीमा विद्रोह भएको छ । विचार विहीन कार्यदिशामा चेतनशिल व्यक्ति कहिल्यै लाग्दैन । यो अपवित्र गठवन्धन हो । यो महाअभियानमा एमालेको पक्षमा जित निश्चित छ ।

तुलसीपुरलाई कस्तो बनाउने सोच्नुभएको छ ?
तुलसीपुर राम्रो सम्भावना भएको शहर हो । यो शहरले आकार ग्रहण गरेको छ । अव यसलाई व्यवस्थित गर्नुपर्नेछ । यो काम हामीले गर्नेछौं । तुलसीपुरमा गर्नुपर्ने कामहरु धेरै छन । कतिपय काम अधुरा रहेका छन् । तुलसीपुरमा रहेको एयरपोर्टलाई नियमित रुपमा सञ्चालन गर्नुपर्नेछ । तुलसीपुरमा डम्पिङ साइटलाई व्यवस्थित गर्नुपर्नेछ । तुलसीपुरको बस्तीलाई व्यवस्थित गर्नुपर्नेछ । यहाँका कृषकको भावना अनुसार काम गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा गर्नुपर्ने कामहरु छन् । स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने कामहरु छन् । यि सवै काम गर्नका लागि म संग योजना रहेको छ । मेरो पार्टीसंग रहेको दक्ष जनशक्तिलाई प्रयोग गरेर तुलसीपुरलाई कसरी समृद्ध बनाउन सकिन्छ ? कसरी हराभरा बनाउन सकिन्छ । कसरी बालमैत्री बनाउन सकिन्छ । कसरी बृद्ध बृद्धामैत्री बनाउन सकिन्छ भन्ने बारेमा सोच्नेछु । तुलसीपुरलाई हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर बनाउने योजना रहेको छ ।

तपाईलाई किन जिताउने ?
म सेवक हुँ । म मालिक होइन । म आफूलाई सेवकका रुपमा प्रस्तुत गरिरहेको छु । मैले सर्वहाराको प्रतिनिधित्व गरिरहेको छु । मैले गरीवको प्रतिनिधित्व गरिरहेको छु । यो पदमा सामान्य मानिस पुग्नै नसकिने जस्तो देखिन्छ । म संग निर्वाचनमा खर्च गर्ने पैसा छैन । साथिभाईले खर्च गरिरहनुभएको छ । म त सामान्य मानिस हुँ । अहिले जसरी प्रचारमा खर्च भइरहेको छ यो मेरालागि निकै गाह्रो भइरहेको छ । म जस्ता मानिसका लागि पनि यो पद हो भन्ने कुरा मतदाताले बुझ्नुभएको छ । मलाई जिताउनुभयो भने जहिले पनि मलाई जनताको बीचमा भेट्नुहुनेछ । म जनताको गुनासो सुन्ने ठाउँमा हुनेछु । मैले अहिलेसम्म आर्जन गरेको प्रतिष्ठालाई तलमाथी हुन दिनेछैन । मैले राजनीतिमा लागेर ४० बर्ष भन्दा बढी समय जसरी विताए त्यो अव जनताको सेवामा लगाउन चाहन्छु ।

अन्त्यमा के भन्नुहुुन्छ ?
मलाई मतदाताले अगाध माया र विश्वास गर्नुभएको छ । जनताले गरेको विश्वासलाई अविश्वासमा परिणत हुन दिने छैन । मैले सानो उमेरमा आमा गुमाए । अलि बुझ्ने भएपछि बुवा गुमाए । म भोकसंग लडें । प्यास संग लडें । म जनताको आँगनमा हुर्किए । मैले जिते भने तुलसीपुरका जनतालाई निरास हुने दिनेछैन । मैले जिते भने तुलसीपुरको विकासको मुहार फेर्नेछु । भूमिहिनको पक्षमा काम गर्नेछु । गरीवको पक्षमा काम गर्नेछु । म मिडियामैत्री हुनेछु । सवैको कुरा सुनेर निर्णय गर्नेछु । मलाई विचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।

समाजसेवामा अव्वल जेठुकान्छु

वडाको विकासमा नमूना काम गर्ने घोषणा

राप्ती पोष्ट

तुलसीपुर, ५ का उमेदवार पदम पोख्रेल (जेठुकान्छु)

तुलसीपुर, बैशाख । युवा उमेरमा नै समाजसेवामा ख्याती कमाएका पदम पोख्रेल (जेठुकान्छु)तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा अध्यक्षको उमेदवार बनेपछि थप चर्चामा आउनुभएको छ । तुलसीपुरको मुख्य बजारलाई व्यवस्थित गराउनकालागि विभिन्न योजनाहरु सार्वजनिक गरेपछि पोख्रेल थप चर्चामा आउनुभएको हो ।

नेकपा एमालेबाट उमेदवार बन्नुभएका पोखरेलले तुलसीपुरको मुख्य बजारको विकास, विभिन्न स्थानमा आकाशे पुल, अरनिको मैदानमा अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने सम्मको महत्वकांक्षी योजना सहितको सार्वजनिक गर्नुभएको हो । तुलसीपुर बजारका विभिन्न स्थानमा आवागमनका लागि निकै समस्या भएकाले आकाशे पुल बनाउनैपर्ने अवस्था आएको भन्दै पोख्रेलले पाँच बर्षमा तुलसीपुरको मुख्य बजारको मुहार फेर्ने गरी काम गर्ने बताउनुभयो ।

घरदैलोमा मत माग्दै

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै पोखरेलले तुलसीपुरमा बढदै गएको अव्यवस्थीत पार्कीङलाई व्यवस्थीत गर्दै अरनिको मैदानलाई अन्डरग्राउन्ड पार्किङ सहितको मिनी रंगशाला, जहाँ क्षति त्यहाँ गति भन्ने नाराका साथ क्षति भएको सडकहरुको २४ घण्टाभित्र मर्मत, वजार क्षेत्रमा कौशी खेति गर्नेलाई प्रोत्साहन उल्लेख छ । पोख्रेलले आफुहरुको जितेमा पातुखोला किनार क्षेत्रमा रहेको करिडोरमा वृक्षारोपन, गरी हरियाली पार्कका रुपमा विकास गर्ने, ऐलानी अव्यवस्थीतलाई लालपूर्जा वितरण, अभिभावकविहिन अतिविपन्न बालबालिकाहरुको शिक्षाको जिम्मा लिइने देखि सुत्केरी र जेष्ठ नागरिकहरुलाई अस्पतालसम्म जानका लागि निशुल्क घुम्ती अटो सेवा प्रदान गर्ने सम्मको प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।

तुलसीपुरमा रहेर विगतमा अटो भिलेजलाई व्यवस्थित गराउनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरेलले तुलसीपुरको पातु खोलामा रहेको बस्तीका बासिन्दालाई लालपुर्जाको अधिकार दिलाउनका लागि भूमिका खेल्नुभएको हो । यस्तै तुलसीपुरको बसपार्कलाई व्यवस्थित गराउनकालागि पनि उहाँले भूमिका खेल्नुभएको थियो ।

गत बर्ष कोरोनाको समयमा विरामीका घरमा अक्सिजन सिलिण्डर पुराउँदै ।

गत बर्ष कोरोनाको समयमा विरामीका लागि अक्सिसन पुराउने अभियानको नेतृत्व गर्नुभएका पोखरेललाई वडाध्यक्षको उमेदवारका रुपमा पाएपछि स्थानीय पनि खुशी देखिएका छन् । जनताको सुखदुखमा साथ दिएको पहिले नै देखिसकेका वडाबासीले पोखे्रलले जितेमा वडाको विकास अघि बढ्ने विश्वास गरेका छन् । तुलसीपुरको वडा नं. ५ मा युवराज नेपाली, रिखिराम खरेल, महिला सदस्यमा लालमती भण्डारी र दलित महिला सदस्यमा राधिका नेपाली चुनावी मैदानमा हुनुहुन्छ ।

 

शहरभन्दा गाउँमा चुनावी रौनक बढी

शहरभन्दा गाउँमा चुनावी रौनक बढी

छबि पुरी/राप्ती पोष्ट

घोराही, बैशाख । राप्ती गाउँपालिका वडा नम्बर ६ की ५५ वर्षीया नैना चौधरी अघिल्लो पटकको स्थानीय निर्वाचनमा भाग लिन पाउनुभएन । मतदाता परिचय पत्र नहुँदा उहाँ मतदान गर्नबाट वञ्चित हुनुपरेको थियो । यो पटक उहाँको हातमा मतदाता परिचय पत्र छ । बैशाख ३० गतेको पर्खाईमा नैना घरमै बस्नुभएको छ ।

राप्ती गाउँपालिका वढा नम्बर ८ का २१ वर्षका रमेश चौधरी पहिलो पटक मतदानमा सहभागी हुन लाग्नुभएको छ । उहाँका लागि यो अवसर पहिलो पटक हुन लागेकाले निकै उत्साहित हुनुहुन्छ । घोराही ५ नैनवारकी सुनिता चौधरीका लागि यो पटकको मतदान तेश्रो हुनेछ । यसअघि उहाँले दुई पटक मतदान गरेकोमा अहिले कसलाई मतदान गर्ने होला भन्ने विचार गर्दै बस्नुभएको छ ।

गढवा ५ का मनिष थापा उमेरले भर्खर २० वर्षको हुनुभयो । उहाँका लागि पनि जीवनकै पहिलो मतदान हुनेछ । लमही ३ की ७५ वर्षीया सुकमति चौधरी यसअघि ४ पटक निर्वाचनमा सहभागी भईसक्नुभएको छ । नेपालमा बहुदल आएपछि उहाँले पटक पटक आवधिक निर्वाचनमा भाग लिनुभएको छ । मुलुक संघीयतामा गएपछि हुन लागेको यो दोश्रो पटकको स्थानीय तह निर्वाचनमा दाङका १० वटा पालिकामा केही ठाउँमा पुरानै अनुहार उम्मेदवारका रुपमा आएका छन् भने केही ठाउँमा नयाँलाई अघि सारिएको छ । यो अवस्थामा काममा अधिकतम सन्तोष गर्न लायक बनाएका जनप्रतिनिधि दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् भने नयाँ अनुहारका रुपमा उम्मेदवार बनेकाहरु पालो पर्खेका वा कडा प्रतिष्पर्धा हुने स्थानका रहेका छन् ।

बैशाख ११ र १२ गते निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएसँगै विभिन्न दलका उम्मेदवार अहिले आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरघरमा पुग्ने काम गरिरहेका छन् । बैशाखको यो उखर्माउलो गर्मीमा पनि उनीहरु दलबलका साथ माईकिङ्ग गर्दै प्रचारप्रसारमा व्यस्त छन् ।

राजनीतिक दलका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिईरहँदा मतदाताहरु उनीहरुको चुनावी नारासँगै कुरा सुन्न व्यस्त भएका छन् । आफ्ना उम्मेदवारलाई जिताउन चुनाव प्रचार अभियानलाई तीव्रगतिमा अघि बढाएको राजनीतिक दलहरु अहिले शहर बजारमा भन्दा गाउँबस्ती कुना कन्दराहरुमा दिनरात नभनी पुगिरहेका छन् ।
मतदाताका घरदैलोमा पुग्न थालेसँगै यो बेलामा गाउँघरमा चहलपहल निकै बढेको छ । दशैँतिहारभन्दा अझ बढी रौनक यो स्थानीय निर्वाचनको छेकोमा आएको छ । जिल्लाका स्थानीय तहका उम्मेदवारलाई आ–आफ्नो स्थानीय तह र वडामा सामूहिक रूपमा घरदैलो अभियान गरी मतदाताका समस्या बुझ्न र आफ्ना कुरा राख्न गाउँगाउँमा खटाएकाले पनि उम्मेदवारहरु गाउँबस्ती केन्द्रित बनेका छन् ।

उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्षरूपमा भेटघाट गरेर आफू र टिमलाई जिताउन भोट दिन मतदातका सामु अपिल गर्दै हिडिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यसका लागि चहलपहल तिब्र रुपमा बढेपछि घरघरमा चुनावको चर्चा चुलिएको छ । यो पटक कुन ठाउँमा को बलियो, को कमजोर जस्ता कुराहरु चोक चौतारोमा बढीमात्रामा हुन थालेको छ ।

उता, हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा निरन्तर खटिएका छन् । जिल्लाका सबै ठाउँमा दलका उम्मेदवारहरु भने निकै सौहार्द पूर्ण वातावरणमा मतदाताको घरघरमा पुग्ने गरेका छन् । कुनै दल पुगेको टोलमा अर्को उम्मेदवार पालो मिलाएर जाने गरेकाले सहज बनेको पाइएको छ । ‘हामी दिनभर घरमै हुन्छौँ, दिनभर आलोपालो उम्मेदवार आउँछन्, आफ्ना कुरा राख्छन्, जान्छन्,’ राप्ती गाउँपालिका ६ की सौमती चौधरीले भन्नुभयो, ‘हामीलाई त दशैँतिहार आए जस्तो पो लागेको छ ।’

खासगरी प्रमुख राजनीतिक दलबाट उम्मेदवार बनेकाहरु बीच कडा प्रतिष्पर्धा हुने भएकाले घरदैलोमा सक्रियता देखिएको हो । शनिबार दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले आधिकारिक रुपमा चुनाव चिन्ह पाएपछि आफ्नो चुनावी अभियान अझ बढाएका छन् ।

आफुलाई मत माग्न, जनताको अपेक्षा र समस्या पहिल्याउन आफुहरु जनताको घरदैलोसम्म जाने गरेको राप्ती गाउँपालिका वडा नम्बर ६ को नेकपा एमालेबाट वडा अध्यक्षकाका प्रत्यासी हरिषचन्द्र चौधरीले बताउनुभयो , मतदाताले राखेको अपेक्षा के हो रु भनेर बुझ्नलाई आफुहरु जनताको ढोका ढोकामा आईपुगेका र उनीहरुको गुनासो सम्बोधनका लागि आगामी कार्यकालको जनप्रतिनिधि बनाउन भोट गर्न अपिल गर्ने गरेको बताउनुभयो ।

नेताका कुरा अनेकन भए पनि मतदाताहरु अहिले आफ्नो मनोविज्ञान भने बनाई रहेका छन् । कसैले यसअघिका जनप्रतिनिधिका काम रुचाएका छन् भने धेरैले उनीहरुको काम प्रति असन्तुष्टि पोखेका छन् । विगतका जनप्रतिनिधिहरुले गरेका राम्रा कामको आधारमा केही ठाउँमा मतदाताहरुले सकारात्मक धारणा बनाउने गरेका छन् भने विपक्षी दललाई समर्थन गर्ने मतदाताहरु भने आफुले रुचाएको दलका उम्मेदवार आए राम्रो हुने बताउँछन् ।
यसले गर्दा सबै मतदाताको धारणा ठाउँ परिवेश अनुसार फरक फरक देखिएको छ । निर्वाचनको मिति नजिकिएला उम्मेदवार दिनरात नभनी अहिले हरेक मतदातासँग प्रत्यक्ष भेटघाट गर्नेदेखि लिएर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने काम गरिरहेका छन् ।

चौधरी भन्नुहुन्छ– आगामी दिनमा विकासको रफ्तार चल्नेछ

चौधरी भन्नुहुन्छ– आगामी दिनमा विकासको रफ्तार चल्नेछ

नरुलाल चौधरी, मेयरका उमेदवार, घोराही उपमहानगरपालिका

आगामी बैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचनलाई सवैले चासोका साथ हेरेका छन् । मुलुकमा रहेका ११ वटा उपमहानगरपालिका मध्य सवैभन्दा ठूलो र धेरै जनसंख्या भएको उपमहानगर हो घोराही । घोराहीमा २०७४ सालमा मेयरमा विजयी हुनुभएका नरुलाल चौधरी यस पटक पुनः प्रतिष्पर्धामा हुनहुुन्छ । उहाँ किन पुनः मेयरको उमेदवार बन्नुभयो भन्ने सन्दर्भमा रहेर गरिएको कुराकानी ।

निर्वाचन नजिक आइरहेको छ कस्तो छ माहौल ?

पाँच बर्ष अघि जे कुरा लिएर जनताको बीचमा गएको थिए आज पुरा भएका कुराको जानकारी दिंदै मतदाताका बीचमा गइरहेको छु । संगै आगामी ५ बर्षमा गर्ने कामको जानकारी पनि दिइरहेको छु । निर्वाचन नजिक आउँदै गर्दा अभियान तिव्र हुँदै गएको छ । यतिवेला हामी जहाँ पुगेका छौं त्यहाँ निकै राम्रो माहौल पाएका छौं । एक हिसावले भन्दा अघिल्लो पटकको भन्दा बढी उत्साहको बातावरण रहेको छ ।

चुनावी अभियान कसरी चलाइरहनु भएको छ ?

निर्वाचनको मिति नजिक आउदै गर्दा विबिध ढंगले चुनावी अभियानलाई अघि बढाईरहेका छौं । पार्टी कमिटीले कार्यक्रमको योजना बनाउने गरेको छ । अहिले विभिन्न वडामा, विभिन्न टोलमा र व्यक्तिगत भेटघाटका काम भइरहेका छन् । अव केही दिनमा वडामा ठूला सभा गर्ने कार्यक्रम रहेको छ । हामी सकेसम्म सवै गाउँ बस्तीमा, सवै मतदाताका बीचमा पुग्ने योजनामा रहेका छौं । विभिन्न स्थानमा चुनावीसभाहरु मार्फत मतदाताहरुलाई भेट्ने र मत माग्ने काम भैरहेको छ ।

मतदाताहरुको भनाई के छ नि ?

चुनाव भनेकै पहिलेको बाचामा जनताको अभिमत बुझ्ने माध्यम हो । पहिले हामी जे कुरा लिएर गएका थियौं ति मध्य सवैजसो पुरा भएका कारणले गर्दा जनतामा उत्साहको बातावरण छ । आगामी दिनमा गर्ने कामका लागि मतदाताहरुको सुझाबलाई ग्रहण गर्दै र आफ्नो भावी योजनाहरु सुनाउने काम भैरहेको छ । हामीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं । ठूला योजना पनि त्यसमा समेटेका छौं । केही नीतिगत कुराहरु राखिएका छन् । हामीले समेट्न नसकेका कतिपय साना साना योजनाका बारेमा मतदाताले भनिरहनुभएको छ । निर्वाचित भएपछि गर्ने कामको सूचिमा त्यस्ता कामलाई राख्ने काम भएको छ ।

नेकपा एमालेमा प्रवेशको लहर चलेको छ त ?

अहिले दाङमा मात्रै होइन देशभर लाखौंको संख्यामा नेकपा एमालेमा आउनेको संख्या रहेको छ । अघिल्लो निर्वाचनको भन्दा यसपटक लाखौंको संख्यामा नेकपा एमालेमा दाजु भाई दिदी बहिनीहरु प्रवेश गरिरहनुभएको छ । अव मुलुकमा नेकपा एमालेले मात्रै विकास र समृद्धिको नेतृत्व गर्न सक्छ । अरु राजनीतिक दलले विकास र समृद्धिको नेतृत्व गर्न सक्दैनन् भन्ने पुष्टि जस्तै भइसकेको छ । त्यसैले पनि यतिवेला विभिन्न पार्टीहरुबाट नेकपा एमालेमा समाहित हुन आउनेहरुको बढीरहेको छ । उहाँहरु सँग छलफल गर्ने र पार्टीमा स्वागत गर्ने काममा पनि व्यस्त छु । समग्रमा चुनावी सरगर्मी निकै बढेको छ र अब नगरलाई कसरी संबृद्ध बनाउन सकिन्छ भन्ने सोच र मतदाताहरुको सुझाब ग्रहण गर्ने कामबाट चुनावी अभियान चलाईरहेको छु ।

निर्वाचनमा के विषयलाई उठाउँदै हुनुुहुन्छ ?

२०५४ सालमा तत्कालिन रामपुर गाविसको अध्यक्षका रुपमा काम गरेको मेरो अनुभव थियो । २०७४ सालमा निर्वाचित भएपछि काम गर्न सजिलो भयो । निर्वाचनमा होमिनका लागि केही दिन अघि मात्रै मैले उपमहानगरपालिकाबाट विदा लिएको थिए । पहिले जसरी नगरबासीहरुले अमूल्य मत दिएर नगर प्रमुखको जिम्मेवारीमा पुराउनुभयो उहाँहरुकै सल्लाह सुझाब र मागका आधारमा योजनाहरु बनाएर काम गरेको थिए । घोराहीमा गर्नुपर्ने अनेकन काम भएपनि केही दिर्घकालिन महत्वका काम गरिएको छ । पाँच बर्षको अवधिमा भौतिक, सामाजिक, आर्थिक, साँस्कृतीक क्षेत्रको रुपान्तरणमा उल्लेख्य काम गर्न सफल भएका छौ । अवको एक कार्यकालका लागि मेरो पनि इच्छा र पार्टीले पनि दिएको जिम्मेवारीलाई अब जनताको संबृद्धी र आर्थिक परिबर्तनमा केन्द्रीत गरेर काम गर्ने सोच बनाएको छु । पाँच बर्षमा विकासको आधार तयार भएको छ अव आर्थिक समृद्धिको कुरालाई स्थापित गर्नेगरी जाने योजना रहेको छ । घोराहीलाई देशकै उत्कृष्ठ उपमहानगरपालिका बनाएर जाने योजना रहेको छ । निर्वाचनमा पहिले गरिएका कामका बारेमा जानकारी दिंदै आगामी पाँच बर्षमा गर्न सक्ने कामका बारेमा जानकारी दिंदैछौं ।

खास के कुरामा ध्यान दिने योजनामा हुनुुहुन्छ ?

विषेश गरी नागरिकहरुको जिवनस्तर उठाउने नै महत्वपूर्ण कुरा हो । सडक, भवन, सिंचाई, यातायात, सञ्चार, कुलानाला, शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन आमूल परिबर्तन गरेका छौ । यसलाई थप गुणस्तरीय बनाउदै नागरिकहरुको आयआर्जन सँग जोडिने खालका कार्यक्रमहरु गर्नुपर्छ भन्ने नै हो । अब स्वरोजगार बन्ने, कृषि, पशुपालनलाई आधुनिकिकरण, यान्त्रिकीकरण गर्दै व्यावसायीक बनाउन तर्फ मेरो ध्यान जान्छ । सामुदायिक विद्यालयहरुको सिकाई क्रियाकलापलाई थप गुणस्तरीय बनाउने, विषयगत शिक्षकहरुको व्यवस्थापन गर्ने, स्वास्थ्य संस्थाहरुलाई स्तरबृद्धी गरी सर्भसुलभ तरिकाले गुणस्तरीय र बिषेशज्ञ स्वास्थ्य सेवामा रुपान्तरण गर्ने योजना छ । समग्रमा भन्नुपर्दा अब नागरिकहरुको आयस्तर बढाउने र सामाजिक क्षेत्रको दिगो विकास गर्ने नै हो ।

पुनः जित्ने आधार के हुन ?

जित्ने आधारहरु प्रशस्त छन । एक कार्यकाल नगरको नेतृत्व गर्ने जुन जिम्मेवारी पाए त्यो जिम्मेवारी मैले कुशलतापूर्वक निर्बाह गरेको छु भन्ने मेरो दावी छ । म मेयर हुँदा कोही नागरिकले मैले मेयरलाई गुनासो सुनाउन पाइन भन्ने अवस्था रहेन । जो सुकैलाई पनि मैले स्वागत गरे । समस्या सुनें । यो नगरबासीले पनि अनुभूती गर्नुभएको छ । कहिकतै विबादमा नआई नगरबासीको हितमा काम गरेको छु । शहर बजार देखि गाउँ जोड्ने सबै बस्तीमा सडक पुराएको छु । कालोपत्रे सडकहरु शहर देखि गाउँ गाउँमा पुगेका छन् । किसानहरुलाई खेतीमा सहयोग पुराउन ३ दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेका छौ । सबै वडाबाट आधारभूत स्वास्थ्य सेवा छ । सामुदायिक विद्यालयमा दरबन्दी मिलान पछि विद्यार्थीको भरिभराउ र शिक्षण सिकाईमा परिबर्तन आएको छ । मानसिक सन्तुलन गुमाएर सडकमा आउनेहरुको उपचार र व्यवस्थान भएको छ । नगरलाई हरभार बनाउने अभियान चलिरहेको छ भने छाडा पशुचौपायको उचित व्यवस्थापन भएको छ । बालमैत्री नगर घोषणा गरेका छौ । जेष्ठ नागरिक सम्मान कार्यक्रम मार्फत घरमै उपचार, मोतिया विन्दुको निशुल्क अप्रेशन, सुत्केरीलाई निशुल्क रगत, सिकलसेलका विरामीको निशुल्क उपचार, आमा र बच्चाको पोषणलाई खुत्रुके कार्यक्रम, खेलकुद तर्फ रंगशालाहरुको निर्माण जारी छ भने १९ वटै वडामा खेलकुद मैदान बनेका छन् । फोहोरबाट ग्यास उत्पादन गरेका छौ र नगल्ने फोहोर समेत विक्रि गर्दै छौ । ८३ वटा कानुनहरु आफै बनाएर नागरिकहरुको सेवामा केन्द्रित भयौँ । यसरी हामीले नमूना कामहरु धेरै गरेका छौ । र जनताले पनि बिश्वास गर्नुभएको छ । एक कार्यकाल फेरी मलाई नै भोट दिएर जिताउनु हुनेछ भन्ने बिश्वास लिएको छु ।

घोराहीमा आगामी दिनमा गर्नुपर्ने के कस्ता समस्या देख्नुभएको छ ?

यहाँ ठूला समस्या केही छैनन् । समाधान गर्न नसक्ने केही छैन । घोराहीमा पानीको समस्या छ यसका लागि हामी लागिरहेका छौं । ड्याम बनाएर पानी संकलन गरेका छौं । सडकको समस्या अलिकलि रहेको छ । केन्द्र सरकारको मातहतमा पर्ने मुख्य सडकहरु लथालिंग हुँदा हामीले आलोचला खेप्नु परेको छ । भूगोल हाम्रोमा पर्ने तर क्षेत्राधिकार हाम्रोमा नपर्दा काम गर्न अप्ठेरो भयो । सडक कार्यालय र फोरलेनले विभिन्न बहानामा आलटाल गर्ने र निर्माण व्यवसायीले समेत लापर्वाही गर्दा घोराही लमही, घोराही तुलसीपुर सडक घोराही मुर्कुटी, घोराही होलेरी सडकमा नागरिकले सास्ती पाउनुभएको छ । हामीले पटक पटक खबरदारी गरेका छौ । तर उनिहरुले काम गर्दैनन् र हाम्रो बदनाम गर्न खोज्दैछन् । हामी ग्राभेल गरेर केही सहज त बनाएका छौ तर मुख्य जिम्मेवारी भएका निकाय गैरजिम्मेवार बन्दा यो समस्या आएको हो । यस्तै प्रदेशको बजेट र नगरको बजेटबाट घोराहीका धारापानी, जिल्ला प्रशसान, जिल्ला प्रहरी कार्यालयको रोडमा पिच पूर्वको काम प्रदेशले गर्ने र कालोपत्रे नगरले गर्ने थियो । तर उनिहरुले काममा ढिलाई गर्दा पनि हामीलाई कालोपत्रे गर्न केही समस्या भएको छ । यसबाहेक खेलकुद मैदानको काम भएको छ । सडक राम्रा हुँदैछन् । सेवा सुविधा राम्रो भएको छ । प्रविधिमैत्री सेवा दिइरहेका छौं । केही काम बाँकी छन जसलाई अवको दिनमा पुरा गर्नेछौं ।

घोेराही कस्तो उपमहानगर बनोस भन्ने चाहनुहुन्छ ?

घोराहीलाई संबृद्ध र स्मार्ट उपमहानगर बनाउने मेरो र पार्टीको पहिलो सोच छ । पूर्वाधारमा सबल, अर्थतन्त्रमा सक्षम र सामाजिक क्षेत्रमा अब्बल नगर बनाउने हाम्रो योजना छ । नागरिकहरुको जिवन स्तरलाई उच्च बनाउन उद्यम र व्यवसायलाई प्रबद्र्धन गर्ने । कृषि तथा पशु पालन लगायतका व्यवसायका माध्यमबाट नागरिकलाई स्वरोजगार बनाउने, सबै बालबालिकालाई शिक्षित बनाउदै लैजाने, युवाहरुलाई सिप युक्त बनाउने योजना छ । घोराही उपमहानगरपालिका भन्दा सबै क्षेत्रले परिचय दिन सकिने खालको नगर बनाउने हाम्रो उद्देश्य हो ।

अन्त्यमा के भन्नुहुुन्छ ?

घोराही उपमहानगरपालिकालाई कसरी राम्रो, सफा, सुन्दर, हराभरा, बातावरणमैत्री, लैंगिकमैत्री, जेष्ठनागरिक मैत्री, युवा मैत्री बनाउने भन्ने हाम्रो योजना छ । आगामी पाँच बर्षका लागि पुनः निर्वाचित गराउनका लागि आम मतदाता दाजुभाई दिदी बहिनीसमक्ष आग्रह गर्दछु । वितेको पाँच बर्षमा पछुताउने गरी केही काम गरिएको छैन । कसैले ठाडो औंलो उठाउने गरी काम गरिएको छैन । बुवा आमाहरुले स्यावास भन्ने गरी काम गरिएको छ भन्ने लाग्छ । युवाहरुका लागि, बालवालिकाहरुका लागि खेलाडीका लागि, संचारका लागि अर्थात सवैका लागि काम गरिएको छ । आगामी दिनमा थप काम गर्नका लागि सवैको कुरा सुनेर विकास र समृद्धिको यात्रालाई अघि बढाउने हाम्रो योजना छ । यसमा संचारको पनि सहयोग हामीलाई चाहिएको छ । विचार राख्न दिनुभएकोमा राप्ती पोष्ट दैनिकलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

गठवन्धन जनचाहना विपरित–पोखरेल

दाङको विकट बंगलाचुलीमा एमालेको चुनावी सभा

राप्ती पोष्ट

बंगलाचुली, बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको चाहना विपरित सत्ता गठवन्धन बनेको भन्दै अहिलेको सत्ता गठवन्धनबाट देशलाई हित हुने कुनै काम नहुने बताउनुभएको छ । विकासको नेतृत्व गरेको नेकपा एमालेको सरकारलाई ढालेर बनेको नयाँ सरकारले विकास निर्माणको कामलाई अघि बढाउन नसकेको भन्दै विकास र समृद्धिकालागि नेकपा एमालेको सरकार अपरिहार्य रहेको बताउनुभयो ।

नेकपा एमाले बंगलाचुली गाउँपालिका वडा नं. ७ ले विर्खेमा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश तथा सभालाई सम्वोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले आफूले प्रदेश सरकारको नेतृत्व गरेको समयमा बंगलाचुलीको विकासका लागि धेरै काम गरेको भन्दै अव स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गरेर विकास र समृद्धिको यात्रालाई अघि बढाउने बताउनुभयो । नेपालमा अहिले अग्रगमन र पश्चगमनका बीचमा लडाइ चलिरहेको भन्दै नेकपा एमालेले अग्रगमनको नेतृत्व गरिरहेको बताउनुभयो ।

नेकपा एमाले बंगलाचुली वडा नं. ७ का अध्यक्ष खोपीराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव पोखरेलले नेपालको इतिहासमा बलियो सरकार केपी ओली नेतृत्वको सरकार रहेको भन्दै बलियो सरकार ढालेर विदेशीलाई अनुकुल हुनेगरी कम्फरटेवल सरकार गठन गरिएको बताउनुभयो । जनताले पाँच बर्षका लागि भनेर म्याण्डेड दिएका भएपनि पार्टीमा रहेका केही नेताले सरकार ढाल्नका लागि पार्टी विभाजन गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सांसद शान्ता चौधरीले गरीव जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले रहेको बताउनुभयो । उहाँले नेकपा एमालेले मात्रै देशको नेतृत्व गर्न सक्ने भन्दै एक पटक देशले नेकपा एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिकाका उमेदवार भेषराज खत्री, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले बोल्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस त्यागेका करिव एक सय जनालाई पार्टी महासचिव पोखरेलले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन तन बहादुर अधिकारीले गर्नुभएको थियो ।