spot_img
spot_img

दंगीशरणमा नाच्दै गाउँदै एमालेको घरदैलो

राप्ती पोष्ट

दंगीशरण, बैशाख । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन नजिकीँदै गर्दा दंगीशरणमा सवै राजनीतिक दलहरु चुनावी प्रचारमा जुटेका छन् । अन्य राजनीतिक दलको तुलनामा एमालेको चुनावी प्रचार प्रसार तिव्र रुपमा अघि बढेको पाइएको छ ।

सोही क्रममा मंगलबार नेकपा एमालेले दंगीशरणमा नाच्दै गाउँदै घरदैलो गरेको छ । नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल वली दंगीशरण पुगेपछि घरदैलोमा नाचगान गरिएको थियो । गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेद्वारा मेघनाथ (एम.एन) शाहको टिमलाई जिताउन भईरहेको घरदैलो कार्यक्रममा महिला, युवा देखि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

अध्यक्ष पदका उम्मेद्वार शाह, उपाध्यक्ष बुधनी चौधरी ‘विजया’, वडा न. ३ का वडा अध्यक्ष पदका उम्मेद्वार तक बहादुर चौधरी, वडा न. ६ का वडा अध्यक्ष पदका उम्मेद्वार लिलाधर वली, वडा न.७ का वडा अध्यक्ष पदका उम्मेद्वार रेशम वली र सदस्यहरुको घरदैलोमा सहभागिता थियो ।

सोमबार वडा न. ३ हेकुली, वडा न. ६ को श्रीगाउँ, थपगाउँ लगायत वडा न. ७ का विभिन्न टोल तथा गाउँमा चुनावी घरदैलो सम्पन्न भएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार